21.03.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
आफ्नो योगबलबाट सारा सृष्टिलाई पावन बनाउनुछ। तिमी योगबलबाट नै मायामाथि विजय पाप्त
गरेर जगतजित बन्न सक्छौ।”
प्रश्न:–
बाबाको पार्ट
के हो, त्यस पार्टलाई तिमी बच्चाहरूले कुन आधारमा जानेका छौ?
उत्तर:–
बाबाको पार्ट
हो– सबैको दु:ख हरेर सुख दिनु, रावणको जन्जिरबाट छुटाउनु। जब बाबा आउनुहुन्छ तब
भक्तिको रात पूरा हुन्छ। बाबाले तिमीहरूलाई स्वयं आफ्नो र आफ्नो जायदादको परिचय
दिनुहुन्छ। तिमीले एक बाबालाई चिन्नासाथ सबै कुरा जानेका छौ।
गीत:–
तुम्हीं हो
माता पिता तुम्हीं हो...
ओम् शान्ति ।
बच्चाहरूले ओम्
शान्तिको अर्थ बुझेका छन्, बाबाले सम्झाउनुभएको छ, हामी आत्मा हौं यस सृष्टि
ड्रामामा हाम्रो मुख्य पार्ट छ। कसको पार्ट छ? आत्माले शरीर धारण गरेर पार्ट खेल्छ।
अब बच्चाहरूलाई आत्म अभिमानी बनाइरहेको छु। यति समयसम्म देह अभिमानी थियौ। अब
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। हाम्रा बाबा आउनुभएको छ ड्रामा योजना
अनुसार। बाबा आउनु पनि हुन्छ रात्रिमा, कहिले आउनुहुन्छ त्यसको कुनै तिथि-मिति छैन।
तिथि-मिति उनको हुन्छ जसले लौकिक जन्म लिन्छन्। उहाँ त हुनुहुन्छ पारलौकिक बाबा।
उहाँको लौकिक जन्म छैन। श्रीकृष्णको तिथि, मिति, समय आदि सबै दिन्छन्। उहाँको त
भनिन्छ दिव्यजन्म। बाबा यिनमा प्रवेश गरेर बताउनुहुन्छ– यो बेहदको ड्रामा हो। त्यसमा
आधाकल्प हुन्छ रात। जब रात अर्थात् घोर अन्धकार हुन्छ तब म आउँछु। तिथि-मिति कुनै
छैन। यस समयमा भक्ति पनि तमोप्रधान छ। आधा कल्प हुन्छ बेहदको दिन। बाबा स्वयं
भन्नुहुन्छ– मैले यिनमा प्रवेश गरेको छु। गीतामा छ भगवानुवाच तर मनुष्य भगवान
हुनसक्दैन। श्रीकृष्ण पनि दैवी गुणधारी हुन्। यो मनुष्यलोक हो। यो देवलोक होइन।
गायन पनि छ ब्रह्मा देवताय नम:.... उनी हुन् सूक्ष्मवतनवासी। बच्चाहरूलाई थाहा छ–
त्यहाँ हाडमासु हुँदैन। त्यो हो सूक्ष्म सेतो छायाँ। जब मूलवतनमा हुन्छ तब आत्मामा
न सूक्ष्म शरीरको छायाँ हुन्छ, न त हाडमासु नै हुन्छ। यी कुरा कुनै पनि मानिसहरूले
जानेका छैनन्। बाबा नै आएर सुनाउनुहुन्छ, ब्राह्मणले नै सुन्छन्, अरू कसैले
सुन्दैनन्। ब्राह्मण वर्ण हुन्छ नै भारतवर्षमा त्यो पनि तब हुन्छ जब परमपिता
परमात्माले प्रजापिताद्वारा ब्राह्मण धर्मको स्थापना गर्नुहुन्छ। अब यिनलाई रचयिता
पनि भनिँदैन। कुनै नयाँ रचना रच्नुहुन्न। केवल परिवर्तन गर्नुहुन्छ। बोलाउँछन् पनि–
हे बाबा पतित दुनियाँमा आएर हामीलाई पावन बनाउनु होस्! अहिले तिमीलाई पावन
बनाइरहनुभएको छ। तिमीले फेरि योगबलबाट यस सृष्टिलाई पावन बनाइरहेका छौ। मायामाथि
विजय पाएर तिमी जगतजित बन्छौ। योगबललाई विज्ञानको शक्ति पनि भनिन्छ। ऋषिमुनि आदि
सबैले शान्ति चाहन्छन् तर शान्तिको अर्थ त जानेका छैनन्। यहाँ त अवश्य पार्ट
खेल्नुछ नि। शान्तिधाम हो स्वीट साइलेन्स होम्। तिमी आत्माहरूलाई अब यो कुरा थाहा
भएको छ– हाम्रो घर शान्तिधाम हो। यहाँ हामी पार्ट खेल्न आएका छौं। बाबालाई पनि
बोलाउँछन्– हे पतित-पावन, दु:खहर्ता, सुखकर्ता आउनुहोस्, हामीलाई यस रावणको
जन्जिरबाट छुटाउनुहोस्! भक्ति हो रात ज्ञान हो दिन। रात मुर्दाबाद हुन्छ फेरि ज्ञान
जिन्दाबाद हुन्छ। यो खेल हो सुख र दु:खको। तिमीलाई थाहा छ– पहिला हामी स्वर्गमा थियौं
फेरि उत्रिँदा उत्रिँदा तल नर्कमा पुगेका छौं। कलियुग कहिले खतम हुन्छ फेरि सत्ययुग
कहिले आउँछ, यो कसैले पनि जानेका छैनन्। तिमीले बाबालाई चिनेपछि बाबाद्वारा सबै कुरा
जान्यौ। मानिसहरूले भगवानलाई खोज्नको लागि कति धक्का खान्छन्। बाबालाई चिनेकै छैनन्।
बाबा आएर आफ्नो र जायदादको परिचय दिएपछि मात्र बाबालाई चिनेका छन्। वर्सा बाबाबाट
नै मिल्छ आमाबाट मिल्दैन। यिनलाई मम्मा पनि भनिन्छ तर यिनीद्वारा वर्सा मिल्दैन,
यिनलाई याद पनि गर्नुपर्दैन। ब्रह्मा, विष्णु, शङ्कर पनि शिवका बच्चाहरू हुन्– यो
पनि कसैले जान्दैन। बेहदको सारा दुनियाँका रचयिता एउटै बाबा हुनुहुन्छ। बाँकी सबै
हुन् उनका रचना वा हदका रचयिता। अब तिमी बच्चाहरूलाई बाबा भन्नुहुन्छ– मलाई याद
गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। मानिसहरूले बाबालाई चिनेका छैनन् त्यसैले
कसलाई याद गर्ने? त्यसैले बाबा भन्नुहुन्छ– कति अनाथ बनेका छन्। यो पनि ड्रामामा
निश्चित छ।
भक्ति र ज्ञान दुवैमा
सबैभन्दा श्रेष्ठ कर्म हो– दान गर्नु। भक्तिमार्गमा ईश्वर अर्थ दान गर्छन्। के को
लागि? कुनै कामना त अवश्य हुन्छ। सम्झन्छन्– जस्तो कर्म गरिन्छ त्यसको फल अर्को
जन्ममा पाइन्छ, यस जन्ममा जे गर्छन् त्यसको फल अर्को जन्ममा पाउँछौं। जन्मजन्मान्तर
पाउँदैनन्। एक जन्मको लागि फल मिल्छ। सबैभन्दा सर्वोच्च कर्म हो दान। दानीलाई
पुण्यात्मा भनिन्छ। भारतवर्षलाई महादानी खण्ड भनिन्छ। भारतवर्षमा जति दान हुन्छ
त्यति अरू कुनै खण्डमा हुँदैन। बाबा पनि आएर बच्चाहरूलाई दान गर्नुहुन्छ, बच्चाहरूले
फेरि बाबालाई दान गर्छन्। भन्छन् बाबा हजुर आउनुभयो भने हामीले आफ्नो तन-मन-धन सबै
हजुरलाई सुम्पिन्छौं। बाबा बाहेक हाम्रो अरू कोही छैन। बाबा पनि भन्नुहुन्छ– मेरा
लागि तिमी बच्चाहरू नै हौ। मलाई भनिन्छ नै हेविनली गड फादर अर्थात् स्वर्गको स्थापना
गर्नेवाला। म आएर तिमीलाई स्वर्गको बादसाही दिन्छु। बच्चाहरूले मेरो लागि सबै कुरा
दिन्छन्, बाबा सबै चीज हजुरको हो। भक्तिमार्गमा पनि भन्थे– बाबा, यो सबै हजुरले
दिनुभएको हो। फेरि त्यो गयो भने दु:खी हुन्छन्। त्यो हो भक्तिको अल्पकालको सुख।
बाबाले सम्झाउनुहुन्छ– भक्तिमार्गमा तिमीले मलाई दानपुण्य गर्छौ अप्रत्यक्ष, त्यसको
फल त तिमीलाई मिलिरहन्छ। अब यस समयमा म बसेर तिमीलाई कर्म-अकर्म-विकर्मको रहस्य
सम्झाउँछु। भक्तिमार्गमा तिमीले जस्तो कर्म गर्छौ त्यसको अल्पकालको सुख पनि मद्वारा
तिमीलाई मिल्छ। यी कुरा दुनियाँमा कसैलाई थाहा छैन। बाबा नै आएर कर्मको गति
सम्झाउनुहुन्छ। सत्ययुगमा कहिल्यै कसैले नराम्रो कर्म गर्दैनन्। सदैव सुख नै सुख
हुन्छ। याद पनि गर्छन् सुखधाम, स्वर्गलाई। अहिले तिमी बसेका छौ नर्कमा। फेरि पनि
भन्छन्– फलानो स्वर्ग गयो। आत्मालाई स्वर्ग कति राम्रो लाग्छ। आत्माले नै भन्छ–
फलानो स्वर्ग गयो। तर तमोप्रधान भएको कारण उनीहरूलाई स्वर्ग के हो, नर्क के हो? केही
पनि थाहा हुँदैन। बेहदका बाबा भन्नुहुन्छ– तिमीहरू सबै कति तमोप्रधान बनेका छौ।
ड्रामालाई त जानेका छैनन्। सम्झन्छन् पनि, सृष्टिको चक्र घुमिरहन्छ भने अवश्य हुबहु
घुम्छ होला नि। उनीहरूले केवल भन्न मात्र भन्छन्। अहिले यो हो सङ्गमयुग। यस एउटै
सङ्गमयुगको गायन छ। आधा कल्प देवताहरूको राज्य चल्छ फेरि त्यो राज्य कहाँ गयो, कसले
जित्यो? यो पनि कसैलाई थाहा छैन। बाबा भन्नुहुन्छ– रावणले जित्छ। उनीहरू बसेर फेरि
देवता र असुरहरूको लडाइँ देखाएका छन्।
अब बाबा
सम्झाउनुहुन्छ– ५ विकाररूपी रावणसँग हार्छन् फेरि रावणमाथि विजय पनि प्राप्त गर्छन्।
तिमी त पूज्य थियौ फेरि पुजारी पतित बन्छौ त्यसैले रावणसँग हार्यौ नि। यो तिम्रो
दुस्मन हुनाको कारण तिमीले सदैव जलाउदै आएका छौ। तर तिमीलाई थाहा छैन। अब बाबा
सम्झाउनुहुन्छ रावणको कारण तिमी पतित बनेका हौ। यी विकारलाई नै माया भनिन्छ।
मायाजित, जगतजित। यो रावण सबैभन्दा पुरानो दुस्मन हो। अहिले श्रीमतबाट तिमीले यी ५
विकारहरूमाथि विजय प्राप्त गर्छौ। बाबा आउनुभएको छ विजय प्राप्त गराउन। यो खेल हो
नि। मायासँग हार्यो भने हार मायासँग जित्यो भने जित। विजय बाबाले नै प्राप्त
गराउनुहुन्छ, त्यसैले उहाँलाई सर्वशक्तिमान् भनिन्छ। रावण पनि कम शक्तिमान् छैन। तर
उसले दु:ख दिन्छ त्यसैले उसको गायन छैन। रावण धेरै दुष्ट छ। तिम्रो राज्यभाग्य नै
छिनेर लिन्छ। अहिले तिमीले बुझिसकेका छौ– हामीले कसरी हार्छौं फेरि कसरी विजय
प्राप्त गर्छौं? आत्माले चाहन्छ पनि, हामीलाई शान्ति चाहिन्छ। हामी आफ्नो घरमा जाऊँ।
भक्तले भगवानलाई याद गर्छन् तर पत्थरबुद्धि हुनाको कारण बुझ्दैनन्। भगवान बाबा
हुनुहुन्छ, त्यसैले बाबाबाट अवश्य वर्सा मिल्छ होला। मिल्छ पनि अवश्य। तर कहिले
मिल्छ फेरि कसरी गुमाउँछन् यो जानेका छैनन्। बाबा भन्नुहुन्छ– म बसेर यस ब्रह्मा
तनद्वारा तिमीलाई सम्झाउँछु। मलाई पनि कर्मेन्द्रिय त चाहिन्छ नि। मेरा त आफ्ना
कर्मेन्द्रियहरू छैनन् नि। सूक्ष्मवतनमा पनि कर्मेन्द्रियहरू हुन्छन्।
हिँड्दा-डुल्दा जसरी मौन चलचित्र (मुवी) हुन्थ्यो, यो आवाजमा चलचित्र निस्केकोले
बाबालाई सम्झाउन पनि सजिलो भएको छ। उनीहरूको हो बाहुबल, तिम्रो हो योगबल। उनीहरू
दुई भाइ पनि यदि आपसमा मिले भने विश्वमाथि राज्य गर्न सक्छन्। तर अहिले त फुट परेको
छ। तिमी बच्चाहरूमा शान्तिको शुद्ध घमण्ड हुनुपर्छ। तिमी मनमनाभवको आधारबाट
साइलेन्सद्वारा जगतजित बन्छौ। उनीहरू हुन् साइन्स घमण्डी, तिमी साइलेन्स घमण्डीले
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्छौ। यादबाट तिमी सतोप्रधान बन्छौ। धेरै सजिलो
उपाय बताउनुहुन्छ। तिमीलाई थाहा छ– शिवबाबा आउनुभएको छ हामी बच्चाहरूलाई फेरि
स्वर्गको वर्सा दिन। तिम्रो जुन पनि कलियुगी कर्मबन्धन छन्, बाबा भन्नुहुन्छ–
तिनलाई भुल। ५ विकार पनि मलाई दानमा देऊ। तिमीले जुन मेरो मेरो भन्दै आएका छौ मेरो
पति, मेरो फलाना, यो सबै भुल्दै जाऊ। सबै देखेर पनि त्यसबाट ममत्व मेटाऊ। यो कुरा
बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। जसले बाबालाई चिनेका छैनन्, उनीहरूले त यस भाषालाई
पनि बुझ्न सक्दैनन्। बाबा आएर मनुष्यबाट देवता बनाउनुहुन्छ । देवताहरू हुन्छन् नै
सत्ययुगमा । कलियुगमा हुन्छन् मानिसहरू। अहिलेसम्म पनि उनका निसानी छन् अर्थात्
चित्र छन्। मलाई भन्छन् नै पतित-पावन। म त डिग्रेड (पतित) बन्दिनँ। तिमीहरू भन्छौ–
हामी पावन थियौं फेरि डिग्रेड भएर पतित बनेका छौं। अब हजुर आएर पावन बनाउनुहोस्
त्यसपछि हामी आफ्नो घरमा जान्छौं। यो हो आध्यात्मिक ज्ञान। अविनाशी ज्ञान रत्न हो
नि। यो हो नयाँ ज्ञान। अहिले यो ज्ञान सिकाइरहेको छु। रचयिता र रचनाको
आदि-मध्य-अन्यको रहस्य बताउँछु। अहिले यो हो पुरानो दुनियाँ। यसमा तिम्रा जति पनि
मित्र सम्बन्धी आदि छन्, देह सहित सबैबाट ममत्व निकाल।
अहिले तिमी बच्चाहरूले
आफ्ना सबै चीज बाबालाई सुम्पिन्छौ। बाबाले फेरि २१ जन्मको लागि तिमीहरूलाई स्वर्गको
बादसाही सुम्पिनुहुन्छ। लेनदेन त हुन्छ नि। बाबाले तिमीलाई २१ जन्मको लागि
राज्य-भाग्य दिनुहुन्छ। २१ जन्म, २१ पीँढीको गायन छ अर्थात् २१ जन्म पूरा जीवन चल्छ।
बीचमा कहिल्यै शरीर छुट्दैन। अकालमा मृत्यु हुँदैन। तिमी अमर बनेर अमरपुरीको मालिक
बन्छौ। तिमीलाई कहिल्यै कालले खानसक्दैन। अहिले तिमीले मर्नको लागि पुरुषार्थ
गरिरहेका छौ। बाबा भन्नुहुन्छ– देहसहित देहका सबै सम्बन्ध छोडेर एक बाबासँग सम्बन्ध
राख्नुछ। अब जानु नै छ सुखको सम्बन्धमा। दु:खको बन्धनलाई भुल्दै जान्छौ। गृहस्थ
व्यवहारमा रहेर पवित्र बन्नुछ। बाबा भन्नुहुन्छ– मामेकम याद गर, साथसाथै दैवी गुण
पनि धारण गर। यी देवताहरूजस्तो बन्नु छ– यो हो लक्ष्य-उद्देश्य। यी लक्ष्मी-नारायण
स्वर्गका मालिक थिए। यिनीहरूले कसरी राज्य पाए, फेरि कहाँ गए, यो कसैलाई थाहा छैन।
अब तिमी बच्चाहरूले दैवीगुण धारण गर्नुछ। कसैलाई पनि दु:ख दिनुछैन। बाबा हुनुहुन्छ
नै दु:खहर्ता, सुखकर्ता। त्यसैले तिमीले पनि सबैलाई सुखको मार्ग बताउनुछ अर्थात्
अन्धाहरूको लट्ठी बन्नुछ। अहिले बाबाले तिमीलाई ज्ञानको तेस्रो नेत्र दिनुभएको छ।
तिमीलाई थाहा छ– बाबाले कसरी पार्ट खेल्नुहुन्छ। अहिले बाबाले तिमीलाई जुन पढाइ
पढाइरहनु भएको छ फेरि यो पढाइ प्राय: लोप हुन्छ। देवताहरूमा यो ज्ञान हुँदैन। तिमी
ब्रह्मा मुखवंशावली ब्राह्मणहरूले नै रचयिता र रचनाको ज्ञान जानेका छौ। अरू कसैले
पनि जान्न सक्दैनन्। यी लक्ष्मी-नारायण आदिमा पनि यदि ज्ञान भएको भए परम्परादेखि
चल्दै आउँथ्यो। त्यहाँ ज्ञानको आवश्यकता नै हुँदैन किनकि त्यहाँ हुन्छ नै सद्गति।
अहिले तिमीहरूले सबैथोक बाबालाई दान दिन्छौ फेरि बाबाले तिमीलाई २१ जन्मको लागि
सबैथोक दिनुहुन्छ। यस्तो दान कहिल्यै हुँदैन। तिमीलाई थाहा छ– हामीले सर्वांश दिन्छौं,
बाबा यो सबै कुरा हजुरको हो। हजुर नै हाम्रो सबथोक हुनुहुन्छ। त्वमेव माताश्च पिता....।
पार्ट त खेल्नुहुन्छ नि। बच्चाहरूलाई गोदमा पनि लिनुहुन्छ फेरि स्वयंले नै
पढाउनुहुन्छ। फेरि स्वयं नै गुरु बनेर सबैलाई लिएर जानुहुन्छ। भन्नुहुन्छ– तिमीले
मलाई याद गर्यौ भने पावन बन्छौ फेरि तिमीलाई साथमा लिएर जान्छु। यो यज्ञ रचिएको छ।
यो हो शिव ज्ञानयज्ञ, यसमा तिमीले तन-मन-धन सबै स्वाहा गरिदिन्छौ। खुसीले सबै अर्पण
हुनजान्छ। बाँकी आत्मा रहन्छ। बाबा, अब हामी हजुरको श्रीमतमा नै चल्छौं। बाबा
भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर पवित्र बन्नु छ। ६० वर्षको उमेर भएपछि वानप्रस्थ
अवस्थामा जाने तयारी गर्छन् तर उनीहरूले कुनै फर्केर जानको लागि कहाँ तयारी गर्छन्।
अहिले तिमीले सद्गुरुको मन्त्र लिन्छौ मनमनाभव। भगवानुवाच– तिमीले मलाई याद गर्यौ
भने तिम्रो विकर्म विनाश हुन्छ। सबैलाई भन– अहिले हामी सबैको वानप्रस्थ अवस्था हो।
शिवबाबालाई याद गरौं। अब जानु छ आफ्नो घर। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कलियुगी सबै कर्मबन्धनहरूलाई बुद्धिबाट भुलेर, ५ विकारको दान गरेर आत्मालाई
सतोप्रधान बनाउनुछ। एक मात्र साइलेन्सको शुद्ध घमण्डमा रहनुछ।
२) यस रुद्र यज्ञमा
खुसीसँग आफ्नो तन-मन-धन सबै अर्पण गरेर सफल गर्नुछ। यस समयमा सबै कुरा बाबालाई
सुम्पेर बाबाबाट २१ जन्मको बादसाही लिनुछ।
वरदान:–
क्रोधको अंशको
पनि त्याग गर्ने स्वमानधारी पुण्य आत्मा भव
स्वमानधारी बच्चाहरू
सबैलाई मान दिने दाता हुन्छन्। दाता अर्थात् रहमदिल। उनीहरूमा कहिल्यै कुनै पनि
आत्माप्रति सङ्कल्प मात्र पनि क्रोध (रोब) हुँदैन। यो यस्तो किन? यस्तो गर्नुहुँदैन,
हुनुहुँदैन, ज्ञानले यो भन्छ र?... यो पनि सूक्ष्म क्रोधको अंश हो। तर स्वमानधारी
पुण्य आत्माहरूले गिरेकालाई उठाउँछन्, सहयोगी बनाउँछन्, उनीहरूले कहिल्यै यो
सङ्कल्प पनि गर्नसक्दैनन्– यिनीहरूले त आफ्नो कर्मको फल भोगिरहेका छन्, गरे भने
अवश्य पाउनेछन्... यिनीहरू गिर्नु नै पर्छ...। यस्ता सङ्कल्प तिमी बच्चाहरूको
हुनसक्दैन।
स्लोगन:–
सन्तुष्टता र
प्रसन्नताको विशेषताले नै उड्तीकलाको अनुभव गराउँछ।
सूचना: – आज मधुवनमा
अव्यक्त बापदादा मिलनको शुभ दिन हो।