21.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– देवता बन्नु भन्दा पहिला तिमी ब्राह्मण अवश्य बन्नुपर्छ। ब्रह्मा मुख सन्तान नै सच्चा ब्राह्मण हुन् , जो राजयोगको पढाइबाट देवता बन्छन्।

प्रश्न:–
अरू सबै सतसङ्ग भन्दा तिम्रो यो सतसङ्ग कुन कुरामा निराला छ?

उत्तर:–
अरू सतसङ्गमा कुनै पनि लक्ष्य-उद्देश्य हुँदैन, धनदौलत आदि सबैथोक गुमाएर अझै भट्किरहन्छन्। यस सतसङ्गमा तिमी भट्किँदैनौ। यो सतसङ्गको साथसाथै स्कुल पनि हो। स्कुलमा पढ्नु पर्ने हुन्छ, भट्किँइदैन। पढाइ अर्थात् कमाइ। जति तिमीले पढेर धारण गर्छौ अनि गराउँछौ, त्यति कमाइ हुन्छ। यस सतसङ्गमा आउनुको मतलब हो फाइदा नै फाइदा।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। रुहानी बच्चाहरूले नै यी कानद्वारा सुन्छन्। बेहदका बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। यो घरी घरी सुनेपछि बुद्धि भट्कन बन्द भएर स्थिर हुन्छ। आफूलाई आत्मा सम्झेर बस्नेछ। बच्चाहरूले बुझेका छौ– यहाँ हामी आएका हौं देवता बन्नको लागि। हामी गोदमा लिइएका बच्चा हौं। हामी ब्राह्मणहरूले पढ्छौं। किन पढ्छौं? ब्राह्मणबाट देवता बन्न बन्छौं। जसरी कुनै बच्चाहरू कलेजमा गए भने सम्झन्छन्– हामी अब पढेर इञ्जिनियर, डाक्टर आदि बन्नेछौं। जाने बित्तिकै बुझिहाल्छन्। तिमी ब्रह्माका बच्चाहरू पनि ब्राह्मण बन्छौ, तब सम्झन्छौ– हामी नै ब्राह्मण सो देवता बन्नेछौं। गायन पनि छ– मनुष्यबाट देवता... तर को बन्छन्? हिन्दुहरू सबै त देवता बन्दैनन्। वास्तवमा हिन्दु त कुनै धर्म होइन। आदि सनातन कुनै हिन्दु धर्म होइन। कसैसँग पनि सोध्न सक्छौ– हिन्दु धर्म कसले स्थापना गरेको हो? अनि अलमलिन्छन्। यो अज्ञानले गर्दा नाम राखिदिएका हुन्। हिन्दुस्तानमा बस्नेले आफूलाई हिन्दु भन्छन्। वास्तवमा यसको नाम भारतखण्ड हो, नकि हिन्दुस्तान। भारतखण्ड भनिन्छ, नकि हिन्दुस्तान खण्ड। हो नै भारतखण्ड। यो कुनचाहिँ खण्ड हो, उनीहरूलाई यो पनि थाहा छैन। अपवित्र हुनाको कारण आफूलाई देवता त मान्न सक्दैनन्। देवी-देवता पवित्र थिए। अहिले त्यो धर्म नै छैन। अरू सबै धर्म चल्दै आउँछन्– बुद्धको बौद्ध धर्म, इब्राहमको इस्लाम, क्राइस्टको क्रिश्चियन। बाँकी हिन्दु धर्मको त कोही छैन। यो हिन्दुस्तान नाम त विदेशीहरूले राखेका हुन्। पतित हुनाको कारण आफूलाई देवता धर्मको सम्झदैनन्। बाबाले सम्झाउनु भएको छ– आदि सनातन हो सबै भन्दा पुरानो देवी-देवता धर्म। सुरुको धर्म कुनचाहिँ हो? देवी-देवता। हिन्दु भनिदैन। तिमी ब्रह्माका गोदमा लिइएका बच्चाहरू ब्राह्मण भयौ। ब्राह्मणबाट देवता बन्नको लागि पढ्छौ। यस्तो होइन, हिन्दुबाट देवता बन्नको लागि पढ्छौ। ब्राह्मणबाट देवता बन्छौ। यो राम्रोसँग धारण गर्नु छ। अहिले त हेर कति धेरै धर्म छन्। थपिदै जान्छन्। कहीँ भाषण आदि गर्दा यो सम्झाउनु राम्रो हुन्छ। अहिले हो कलियुग, सबै धर्म अहिले तमोप्रधान छन्। चित्रमा तिमीले सम्झायौ भने फेरि उनीहरूको त्यो घमण्ड हट्नेछ– म फलानो हुँ, यो हुँ...। सम्झछन्– हामी त तमोप्रधान छौं। सुरु सुरुमा बाबाको परिचय दिएर फेरि देखाउनु पर्छ यो पुरानो दुनियाँ परिवर्तन हुँदै छ। दिनप्रतिदिन चित्र पनि सुन्दर हुँदै जान्छन्। जसरी विद्यालयमा बच्चाहरूको बुद्धिमा नक्शा हुन्छ। तिम्रो बुद्धिमा फेरि यो हुनुपर्छ। नम्बरवन चित्र (म्याप) यो हो माथि त्रिमूर्ति, सृष्टि चक्र पनि छ, सत्ययुग र कलियुग। अहिले हामी पुरुषोत्तम सङ्गमयुगमा छौं। यो पुरानो दुनियाँ विनाश हुन्छ। एक आदि सनातन देवी-देवता धर्म स्थापना भइरहेको छ। तिमी हौ आदि सनातन देवी-देवता धर्मका। हिन्दु धर्म हुँदै होइन। जसरी संन्यासीहरूले ब्रह्म, बस्ने स्थानलाई ईश्वर सम्झेका छन्, त्यस्तै हिन्दुस्तानमा बस्नेले हिन्दु धर्म सम्झेका छन्। तिनीहरूको पनि फरक छ। तिम्रो पनि फरक हो। देवी-देवता नाम त धेरै श्रेष्ठ छ। भन्ने पनि गरिन्छ, यो त देवता जस्तै छ। कसैमा राम्रो गुण छन् भने भनिन्छ– यसमा देवताको जस्ता गुण छन्।

तिमीहरूलाई थाहा छ– यी राधा-कृष्ण नै स्वयम्वर भएपछि लक्ष्मी-नारायण बन्छन्, उनलाई विष्णु भनिन्छ। चित्र सबैका छन् तर कसैले जान्दैनन्। तिमी बच्चाहरूलाई अब बाबा बसेर सम्झाउनु हुन्छ, बाबालाई नै सबैले याद गर्छन्। यस्तो कोही मानिस छैन होला जसको मुखमा भगवान हुँदैन। तर भगवानलाई भनिन्छ निराकार। निराकारको पनि अर्थ जान्दैनन्। अहिले तिमीहरूले सबै कुरा जान्दछौ। पत्थरबुद्धिबाट पारसबुद्धि बन्छौ। यो ज्ञान तिम्रो लागि नै हो, नकि अरू धर्महरूको लागि हो। तर यो सम्झाउन सक्छौ– यति वृद्धि कसरी हुन्छ, अरू खण्ड आउँदै गएका हुन्। त्यहाँ त भारतखण्ड बाहेक अरू कुनै खण्ड हुँदैन। अहिले त्यो एक धर्म छैन, बाँकी सबै खडा छन्। वरको रुखको उदाहरण एक्युरेट छ। आदि सनातन देवी-देवता धर्मको फाउण्डेसन छैन, बाँकी सारा वृक्ष खडा छ। त्यसैले भनिन्छ आदि सनातन देवी-देवता धर्म थियो, नकि हिन्दु धर्म। तिमी अहिले ब्राह्मण बनेका छौ, देवता बन्नको लागि पहिला ब्राह्मण अवश्य बन्नु पर्ने हुन्छ। शूद्र वर्ण र ब्राह्मण वर्ण भनिन्छ। शूद्र राजवंश भनिदैन। राजा-रानीहरू हुन्छन्। पहिला देवी-देवता महाराजा-महारानी थिए। यहाँ हिन्दु महाराजा-महारानी। स्थान त एउटै हो फेरि त्यो अलग-अलग कसरी हुन गयो? उनीहरूको नामनिसान नै गुम गरिदिएका छन्, केवल चित्रहरू छन्। नम्बरवन हो सूर्यवंशी। अहिले तिमी आएका छौ सूर्यवंशी बन्नको लागि, नकि चन्द्रवंशी बन्नको लागि। यो राजयोग हो। तिम्रो बुद्धिमा छ हामी यी लक्ष्मी-नारायण बन्नेछौं। दिलमा खुसी हुन्छ– बाबाले हामीलाई पढाउनु हुन्छ, महाराजा-महारानी बनाउन। सत्य नारायणको सच्चा सच्चा कथा यो हो। पहिला जन्मजन्मान्तर तिमीहरूले सत्य नारायणको कथा सुन्थ्यौ। तर त्यो कुनै सच्चा कथा होइन। भक्तिमार्गमा कहिल्यै मनुष्यबाट देवता बन्न सकिँदैन। मुक्ति जीवनमुक्ति प्राप्त गर्न सकिँदैन। सबै मानिसहरूले मुक्ति जीवनमुक्ति अवश्य प्राप्त गर्नेछन्। सबै बन्धनमा छन्। माथिबाट आज पनि आत्मा आए भने जीवनमुक्तिमा आउँछन्, नकि जीवन बन्धमा। आधा समय जीवनमुक्ति, आधा समय जीवनबन्धमा जान्छन्। खेल यस्तै बनेको छ। यो बेहदको खेलका हामी सबै कलाकार हौं, यहाँ आउँछौं पार्ट खेल्नको लागि। हामी आत्माहरू यहाँका निवासी होइनौं। कसरी आउँछौं– यो सबै कुरा सम्झाइन्छ। कति धेरै आत्माहरूले यहाँ नै पुनर्जन्म लिइरहन्छन्। सुरु देखि लिएर अन्त्यसम्मको सारा विश्वको इतिहास-भूगोल तिमी बच्चाहरूको बुद्धिमा छ। बेहदका बाबा माथि बसेर के गर्नुहुन्छ, केही पनि जान्दैनन्। त्यसैले उनीहरूलाई भनिन्छ तुच्छ बुद्धि। तिमीहरू पनि तुच्छ बुद्धि थियौ। अहिले बाबाले तिमीलाई रचयिता र रचनाको आदि, मध्य, अन्त्यको रहस्य सम्झाउनु भएको छ। तिमी गरिब, साधारणले सबै कुरा जान्दछौ। तिमी हौ स्वच्छ बुद्धि। स्वच्छ पवित्रलाई भनिन्छ। तुच्छ बुद्धि अपवित्र ठहरिए। अहिले हेर तिमी के बनिरहेका छौ! स्कुलमा पनि पढाइबाट उच्च पद प्राप्त गर्न सक्छन्। तिम्रो पढाइ हो श्रेष्ठ भन्दा श्रेष्ठ, जसबाट तिमीले रजाइँ पद प्राप्त गर्छौ। उनीहरूले त दानपुण्य गरेर राजाहरूको पासमा जन्म लिन्छन्, फेरि राजा बन्छन्। तर तिमीहरू यस पढाइबाट राजा बन्छौ। बाबाले नै भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई राजयोग सिकाउँछु। बाबा सिवाय अरू कसैले राजयोग सिकाउन सक्दैन। बाबाले नै तिमीहरूलाई राजयोगको पढाइ पढाउनु हुन्छ। तिमीले फेरि अरूलाई सम्झाउँछौ। बाबाले राजयोग सिकाउनु हुन्छ ताकि तिमी पतितबाट पावन बन्न सक्नेछौ। आफूलाई आत्मा सम्झेर निराकार बाबालाई याद गर्यौ भने तिमी पवित्र बन्छौ अनि चक्रलाई जानेपछि सत्ययुगमा चक्रवर्ती राजा बन्छौ। यो सम्झाउन त धेरै सहज छ। अहिले देवता धर्मको कोही पनि छैन। सबै परिवर्तन भएका छन् अरू अरू धर्महरूमा। तिमीले कसैलाई पनि सम्झायौ भने सुरु सुरुमा बाबाको परिचय देऊ। बाबाले सम्झाउनु हुन्छ, अरू धर्महरूमा कति गएका छन्। बौद्धी, मुसलमान आदि धेरै भएका छन्। तरवारको बलले पनि मुसलमान बनेका छन्। बौद्धी पनि धेरै बनेका छन्। एक पटकको प्रवचनले नै हजारौं बौद्धी बने। क्रिश्चियनहरूले पनि यसरी नै आएर प्रवचन गर्छन्। सबै भन्दा धेरै जनसंख्या यतिबेला यिनीहरूको छ। अहिले तिमी बच्चाहरूको बुद्धिमा सारा सृष्टि चक्र घुम्छ, त्यसैले बाबा भन्नुहुन्छ– तिमी स्वदर्शन चक्रधारी हौ। स्वदर्शन चक्र विष्णुलाई देखाइदिन्छन्। विष्णुलाई किन दिइएको हो? मानिसहरूले यो जान्दैनन्। स्वदर्शन चक्रधारी कृष्ण वा नारायणलाई भन्छन्। उनीहरूको आपसमा के सम्बन्ध छ, यो पनि बुझ्नुपर्छ। यी तीनै एउटै हुन्। वास्तवमा यो स्वदर्शन चक्र त तिमी ब्राह्मणहरूको लागि हो। स्वदर्शन चक्रधारी ज्ञानबाट बन्छौ। बाँकी स्वदर्शन चक्र कुनै मार्न काट्नको लागि होइन। यो ज्ञानको कुरा हो। जति तिम्रो यो ज्ञानको चक्र घुम्नेछ, त्यति तिम्रो पाप भस्म हुन्छ। बाँकी शिर काट्ने कुरा होइन। चक्र कुनै हिँसाको होइन। यो चक्रले त तिमीलाई अहिँसक बनाउँछ। कहाँको कुरा कहाँ लिएर गएका छन्। बाबा सिवाय अरू कसैले सम्झाउन सक्दैन।

तिमी प्यारा बच्चाहरूलाई अथाह खुसी हुन्छ। अहिले तिमीले जान्दछौ– हामी आत्मा हौं। पहिला तिमीले आफूलाई आत्मा हुँ भन्ने पनि बिर्सियौ भने घर पनि बिर्सियौ। आत्मालाई त फेरि पनि आत्मा नै भन्छन्। परमात्मालाई त ढुङ्गामुढामा हुनुहुन्छ भनिदिएका छन्। आत्माहरूको पिताको कति ग्लानि गरेका छन्। बाबा फेरि आएर आत्माहरूलाई ज्ञान दिनुहुन्छ। ढुङ्गामुढा, कण कणमा छ भनेर आत्माको लागि कहिल्यै भनिदैन। पढाइ आदि मानिसहरूको लागि नै हुन्छ। अहिले तिमीले बुझेका छौ, हामी यति जन्म यो यो बन्यौं। ८४ जन्म पूरा गर्यौ। वास्तवमा ८४ लाख त होइन। मानिसहरू कति अज्ञान अन्धकारमा छन्। त्यसैले भनिन्छ– ज्ञान सूर्य प्रगटा...। आधाकल्प द्वापर कलियुगमा अन्धकार, आधाकल्प सत्ययुग त्रेतामा प्रकाश। दिन अनि रात, प्रकाश अनि अन्धकारको यो ज्ञान हो। यो बेहदको कुरा हो। आधाकल्प अन्धकारमा कति ठक्कर खाइन्छ, धेरै भट्किनु पर्छ। जसले स्कुलमा पढ्छन्, उनलाई भट्किनु भनिदैन। सतसङ्गहरूमा मानिसहरू कति भट्किन्छन्। फाइदा केही पनि हुँदैन, झन् घाटा हुन्छ। त्यसैले त्यसलाई भट्किनु भनिन्छ। भट्किँदा भट्किँदा धनदौलत आदि सबै गुमाएर कङ्गाल बन्छन्। अब यस पढाइमा जसले जति जति राम्रोसँग धारण गर्छन्, अनि गराउँछन्, तिनलाई फाइदा नै फाइदा छ। ब्राह्मण बन्नु अर्थात् फाइदा नै फाइदा। तिमीलाई थाहा छ– हामी ब्राह्मण नै स्वर्गवासी बन्छौं। स्वर्गवासी त सबै बन्छन्। तर तिमीले त्यसमा उच्च पद प्राप्त गर्ने पुरुषार्थ गर्छौ।

अहिले तिमीहरू सबैको वानप्रस्थ अवस्था हो। तिमीले स्वयं भन्छौ– बाबा, हामीलाई वानप्रस्थ वा पवित्र दुनियाँमा लैजानुहोस्, त्यो हो आत्माहरूको दुनियाँ। निराकारी दुनियाँ कति सानो हुन्छ। यहाँ त घुम्नफिर्नको लागि कति धेरै जमीन छ। त्यहाँ यो कुरा हुँदैन, शरीर हुँदैन, पार्ट हुँदैन। तारा जसरी आत्माहरू एकै ठाउँमा रहन्छन्। यो कुदरत (प्रकृतिको लीला) हो नि। सूर्य, चन्द्रमा, ताराहरू कसरी अडिएर रहन्छन् आत्माहरू पनि ब्रह्म तत्त्वमा आफ्नो आधारमा स्वाभाविक रूपमा अडिएर रहन्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) ज्ञानको स्मरण गरेर स्वदर्शन चक्रधारी बन्नु छ। स्वदर्शन चक्र घुमाएर पाप काट्नु छ। डबल अहिँसक बन्नु छ।

२) आफ्नो बुद्धिलाई स्वच्छ, पवित्र बनाएर राजयोगको पढाइ पढ्नु छ, उच्च पद प्राप्त गर्नु छ। दिलमा सदा यही खुसी रहोस्– सत्य नारायणको सच्चा सच्चा कथा सुनेर हामी मनुष्यबाट देवता बन्नु छ।

वरदान:–
मन बुद्धिलाई आज्ञा अनुसार विधिपूर्वक कार्यमा लगाउने निरन्तर योगी भव

निरन्तर योगी अर्थात् स्वराज्य अधिकारी बन्ने विशेष साधन मन र बुद्धि हुन्। मन्त्र नै मनमनाभवको छ। योगलाई बुद्धियोग भनिन्छ। त्यसैले यो विशेष आधार स्तम्भ आफ्नो अधिकारमा छ अर्थात् आज्ञा अनुसार विधिपूर्वक कार्य गर्छ। जस्तो जति बेला सङ्कल्प गर्न चाह्यो, त्यस्तै सङ्कल्प गर्न सकियोस्, जहाँ बुद्धिलाई लगाउन चाह्यो त्यहाँ लगाउन सकियोस्, बुद्धिले तिमी राजालाई नभट्काओस्। विधिपूर्वक कार्य गरेमा भनिन्छ– निरन्तर योगी।

स्लोगन:–
मास्टर विश्व शिक्षक बन, समयलाई शिक्षक नबनाऊ।