21.06.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीलाई स्मृति आयो– हामीले ८४ जन्मको चक्र पूरा गर्यौँ , अब जान्छौँ आफ्नो घर शान्तिधाम , घर जान बाँकी थोरै समय छ।”

प्रश्न:–
जुन बच्चाहरूलाई घर जाने स्मृति हुन्छ, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
उनीहरूले यो पुरानो दुनियाँलाई देख्दा पनि देख्दैनन्। उनीहरूलाई बेहदको वैराग्य हुन्छ, कामकाजमा रहँदा पनि हल्का रहन्छन्। यताउता परचिन्तनको कुरामा आफ्नो समय बर्बाद गर्दैनन्। आफूलाई यो दुनियाँमा मेहमान (पाहुना) सम्झन्छन्।

ओम् शान्ति ।
केवल तिमी सङ्गमयुगी ब्राह्मण बच्चाहरूलाई मात्र थाहा छ– हामी केही समयको लागि यो पुरानो दुनियाँका मेहमान हौँ। तिम्रो सच्चा घर हो शान्तिधाम। मनलाई शान्ति मिलोस् भनेर त्यसैलाई मानिसहरूले धेरै याद गर्छन्। तर मन के हो, शान्ति के हो, हामीलाई शान्ति कहाँबाट मिल्छ, केही पनि बुझ्दैनन्। तिमीलाई थाहा छ– अहिले आफ्नो घर जानको लागि बाँकी थोरै समय छ। सारा दुनियाँका मनुष्य मात्र नम्बरवार त्यहाँ जान्छन्। त्यो हो शान्तिधाम र यो हो दुःखधाम। यो याद गर्न त सहज छ नि। कोही वृद्ध होऊन् वा जवान होऊन्, यो त याद गर्न सक्छौ नि। यसमा सारा सृष्टिको ज्ञान आउँछ। सारा डिटेल (विस्तार) बुद्धिमा आउँछ। अहिले तिमी सङ्गमयुगमा बसेका छौ, यो बुद्धिमा हुन्छ– हामी गइरहेका छौँ शान्तिधाम, ड्रामा योजना अनुसार। यो बुद्धिमा हुँदा तिमीलाई खुसी हुन्छ, स्मृति हुन्छ। हामीलाई आफ्नो ८४ जन्मको स्मृति आएको छ। त्यो भक्तिमार्ग अलग हो, यो हो ज्ञानमार्गको कुरा। बाबाले सम्झाइरहनुभएको छ– प्यारा बच्चाहरू! अहिले आफ्नो घर याद आउँछ? कति सुनिरहन्छौ, यति धेरै कुरा सुन्छौ। पहिलो कुरा हो– अहिले हामी शान्तिधाम जान्छौँ फेरि सुखधाम आउँछौँ। बाबा आउनुभएको नै पावन दुनियाँमा लैजानको लागि हो। सुखधाममा पनि आत्माहरू सुख र शान्तिमा रहन्छन्। शान्तिधाममा केवल शान्ति छ, यहाँ त धेरै हङ्गामा छ नि। यहाँ मधुबनबाट तिमी आफ्नो घरमा जान्छौ अनि बुद्धि परचिन्तन, आफ्नो कामधन्दातिर जान्छ। यहाँ त त्यो झन्झट हुँदैन। तिमीलाई थाहा छ– हामी आत्माहरू शान्तिधामका निवासी हौँ। यहाँ हामी पार्टधारी बनेका छौँ, अरू कसैलाई यो थाहा छैन– हामी पार्टधारी कसरी हौँ! तिमी बच्चाहरूलाई नै बाबा आएर पढाउनुहुन्छ, करोडौँमा कसैले पढ्छन्। सबैले त पढ्दैनन्। तिमी अहिले कति समझदार बन्छौ। पहिला बेसमझ थियौ। अहिले त हेर कति लडाइँझगडा आदि छ, यसलाई के भन्ने? हामी आपसमा भाइ भाइ हौँ, त्यो बिर्सेका छन्। भाइले भाइको कहिल्यै हत्या गर्छन् र? हो, हत्या गर्छन् भने केवल सम्पत्तिको लागि गर्छन्। अहिले तिमीलाई थाहा छ– हामी सबै एक बाबाका सन्तान भाइ भाइ हौँ। तिमीले यथार्थमा बुझेका छौ, हामी आत्माहरूलाई बाबा आएर पढाउनुहुन्छ। ५ हजार वर्ष पहिला जस्तै हामीलाई पढाउनुहुन्छ किनकि उहाँ ज्ञानको सागर हुनुहुन्छ, यो पढाइ अरू कसैलाई पनि थाहा छैन। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– बाबा नै स्वर्गको रचयिता हुनुहुन्छ। सृष्टिको रचयिता भनिँदैन। सृष्टि त अनादि छँदैछ। स्वर्गको रचयिता भनिन्छ, त्यहाँ स्वर्गमा अरू कुनै खण्ड थिएन। यहाँ त धेरै खण्ड छन्। कुनै समय थियो जब एउटै धर्म थियो, एउटै खण्ड थियो। पछि फेरि भेराइटी (विभिन्न प्रकारका) धर्म आएका छन्।

अहिले बुद्धिमा बसेको छ– भेराइटी धर्म कसरी आउँछन्। पहिला सुरुको आदि सनातन देवी-देवता धर्म हो, यहाँ सनातन धर्म पनि भन्छन्। तर अर्थ त केही बुझ्दैनन्। तिमीहरू सबै आदि सनातन देवी-देवता धर्मका हौ, केवल पतित बनेका छौ, सतोप्रधानबाट सतो-रजो-तमो हुँदै गएका छौ। तिमीले बुझेका छौ– आदि सनातन देवी-देवता धर्मका हौँ, हामी धेरै पवित्र थियौँ, अहिले पतित बनेका छौँ। तिमीले बाबाबाट पवित्र दुनियाँको मालिक बन्ने वर्सा लिएका थियौ। सम्झन्छौ– हामी सबैभन्दा पहिला पवित्र गृहस्थ धर्मका थियौँ, अहिले ड्रामाको प्लान अनुसार रावण राज्यमा हामी पतित प्रवृत्ति मार्गका बनेका छौँ। तिमीले नै पुकार्छौ– हे पतित-पावन हामीलाई सुखधाममा लैजानुहोस्। हिजोको कुरा हो। हिजो तिमी पवित्र थियौ, आज अपवित्र बनेर पुकार्छौ। आत्मा पतित भएको छ। आत्माले पुकार्छ– बाबा आएर हामीलाई फेरि पावन बनाउनुहोस्! बाबा भन्नुहुन्छ– अहिले यो अन्तिम जन्म पवित्र बन्यौ भने तिमी २१ जन्मको लागि धेरै सुखी हुन्छौ। बाबाले त धेरै राम्रा कुरा सुनाउनुहुन्छ। नराम्रो कुरा छुटाउनुहुन्छ, तिमी देवता थियौ नि। अब फेरि बन्नुछ। पवित्र बन। कति सहज छ। कमाइ धेरै ठुलो छ। तिमी बच्चाहरूको बुद्धिमा छ– शिवबाबा आउनुभएको छ, हरेक ५ हजार वर्षपछि आउनुहुन्छ। पुरानो दुनियाँबाट नयाँ अवश्य हुन्छ। यो अरू कसैले बताउन सक्दैन। शास्त्रहरूमा कलियुगको अवधि धेरै लामो बनाइदिएका छन्। यो सबै ड्रामाको भावी हो।

अहिले तिमी बच्चाहरूले पापबाट मुक्त हुने पुरुषार्थ गर्छौ, ध्यान रहोस् अरू कुनै पाप नहोस्। देह अभिमानमा आउनाले नै फेरि अरू विकार आउँछन्, जसबाट पाप हुन्छ त्यसैले भूतहरूलाई भगाउनुपर्ने हुन्छ। यो दुनियाँको कुनै पनि चिजमा मोह नहोस्। यो पुरानो दुनियाँबाट वैराग्य होस्। हुन त देख्छौ, पुरानो घरमा बसिरहेका छौ तर बुद्धि नयाँ दुनियाँमा लागेको छ। नयाँ घरमा गइसकेपछि नयाँलाई नै देख्छौँ। जबसम्म यो पुरानो घर खतम हुँदैन तबसम्म आँखाले पुरानोलाई देखेर पनि नयाँलाई याद गर्नुछ। कुनै पनि यस्तो काम गर्नुछैन जसले गर्दा फेरि पछुताउनु परोस्। आज फलानालाई दुःख दिएँ, यो पाप गरेँ, बाबासँग सोध्न सक्छौ– बाबा यो पाप हो? किन अलमलिनुपर्छ र। सोधेनौ भने अलमलिइरहन्छौ। बाबासँग सोध्यौ भने बाबाले तुरुन्तै हल्का बनाइदिनुहुन्छ। तिमी धेरै बोझमा छौ। पापको बोझ धेरै ठुलो छ। २१ जन्म फेरि पापबाट हल्का हुन्छौ। शिरमा जन्मजन्मान्तरको बोझ छ। जति यादमा रहन्छौ, त्यति हल्का हुँदै जान्छौ। खाद निस्कँदै जान्छ र खुसी चढ्दै जान्छ। सत्ययुगमा तिमी धेरै खुसीमा थियौ फेरि घट्दै घट्दै तिम्रो सारा खुसी हराउँदै गएको छ। सत्ययुगदेखि लिएर कलियुगसम्म यो यात्रामा ५ हजार वर्ष लागेको छ। स्वर्गबाट नर्कमा आउने यात्रा अहिले थाहा भएको छ– हामी स्वर्गबाट नर्कमा कसरी आयौँ। अहिले फेरि तिमी नर्कबाट स्वर्गमा जान्छौ। एक सेकेन्डमा जीवनमुक्ति। बाबालाई चिन्यौ। बाबा आउनुभएको छ भने अवश्य हामीलाई स्वर्गमा लैजानुहुन्छ। बच्चा जन्मियो र सम्पत्तिको मालिक बन्यो। बाबाको बनेपछि फेरि नशा चढ्नुपर्छ नि। किन झर्नु पर्यो र। तिमी त ठुला छौ नि। बेहदका बाबाका बच्चा बनेका छौ भने बेहदको राजधानीमा तिम्रो हक छ त्यसैले गायन पनि छ– अतीन्द्रिय सुख सोध्नुछ भने गोपी वल्लभका गोप-गोपिनीहरूसँग सोध। बल्लभ बाबा हुनुहुन्छ नि, उहाँसँग सोध। नम्बरवार पुरुषार्थ अनुसार नै खुसीको पारा चढ्छ। कसैले त तुरुन्तै आफूसमान बनाइदिन्छन्। बच्चाहरूको काम नै यो हो, सबै कुरा भुलाएर आफ्नो राजधानीको याद दिलाउनु।

तिमी त स्वर्गका मालिक थियौ। अहिले कलियुग पुरानो दुनियाँ हो फेरि नयाँ दुनियाँ हुन्छ। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– हरेक ५ हजार वर्षपछि बाबा भारतवर्षमा नै आउनुहुन्छ। यहीँ उहाँको जयन्ती पनि मनाउँछन्। तिमीलाई थाहा छ– बाबा आएर हामीलाई राजधानी दिएर जानुहुन्छ फेरि याद गर्न आवश्यक नै हुँदैन, फेरि भक्ति सुरु भएपछि याद गर्छन्। आत्माले कुनै माल खाएको छ, त्यसैले याद गर्छ– बाबा फेरि आएर हामीलाई शान्तिधाम, सुखधाममा लैजानुहोस्। अहिले तिमी बच्चाहरूले बुझेका छौ– उहाँ हाम्रो बाबा हुनुहुन्छ, टिचर (शिक्षक) पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको चक्र, ८४ जन्मको ज्ञान तिम्रो बुद्धिमा छ। अनगिन्ती पटक ८४ जन्म लिएका छौ र लिइरहन्छौ। यसको इन्ड (अन्त्य) कहिल्यै हुँदैन। तिम्रो बुद्धिमा मात्रै यो चक्रको ज्ञान छ, स्वदर्शन चक्र घरी घरी याद आउनुपर्छ। यही मनमनाभव हो, जति बाबालाई याद गर्छौ त्यति पाप भस्म हुन्छन्।

तिमी कर्मातीत अवस्थाको समीप पुगेपछि तिमीबाट कुनै पनि विकर्म हुँदैन। अहिले अलिअलि विकर्म भइहाल्छन्। सम्पूर्ण कर्मातीत अवस्था अहिल्यै कहाँ बनेको छ र। यी बाबा पनि तिमीसँगै स्टुडेन्ट (विद्यार्थी) छन्। पढाउनेवाला शिवबाबा हुनुहुन्छ। हुन त यिनमा प्रवेश गर्नुहुन्छ, यिनी पनि स्टुडेन्ट हुन्। यी हुन् नयाँ नयाँ कुरा। अब केवल तिमीले बाबालाई र सृष्टिचक्रलाई याद गर। त्यो हो भक्तिमार्ग, यो हो ज्ञानमार्ग। रातदिनको फरक छ! त्यहाँ कति मुजुरा, घन्टा आदि बजाउँछन्। यहाँ केवल यादमा रहनुछ। आत्मा त अमर छ, अकाल तख्त पनि हो। यस्तो होइन– अकालमूर्त केवल बाबा हुनुहुन्छ। तिमी पनि अकालमूर्त हौ। अकालमूर्त आत्माको यो भृकुटी तख्त हो। आत्मा अवश्य भृकुटीमा नै बस्छ। पेटमा कहाँ बस्छ र। अहिले तिमीलाई थाहा छ– हामी अकालमूर्त आत्माको तख्त कहाँ छ। यो भृकुटीको बीचमा आफ्नो तख्त छ। अमृतसरमा अकालतख्त छ नि। अर्थ केही पनि बुझ्दैनन्। महिमा पनि गाउँछन् अकालमूर्त। उहाँको अकाल तख्तको विषयमा कसैलाई थाहा छैन। अहिले तिमीलाई थाहा भयो, तख्त त यही हो, जसमा बसेर सुनाउनुहुन्छ। आत्मा अविनाशी छ, शरीर विनाशी छ। आत्माको यो अकालतख्त हो, सदैव यो अकालतख्त रहन्छ। यो तिमीले बुझेका छौ। उनीहरूले फेरि त्यो तख्त बनाएर नाम राखिदिएका छन्। वास्तवमा अकाल आत्मा त यहाँ बसेको छ। तिमी बच्चाहरूको बुद्धिमा अर्थ छ, एको ओंकार... यसको अर्थ तिमीले बुझेका छौ। मानिसहरू मन्दिरमा गएर भन्छन् अच्युतम् केशवम्... अर्थ केही थाहा छैन। त्यसै स्तुति गरिरहन्छन्। अच्युतम् केशवम् राम नारायणम्... अब राम कहाँ, नारायण कहाँ। बाबा भन्नुहुन्छ– त्यो सबै भक्तिमार्ग हो। ज्ञान त धेरै सिम्पल (सरल) छ, अरू कुनै कुरा सोध्नुभन्दा पहिला बाबा र वर्सालाई याद गर्नुछ, त्यो मेहनत कसैबाट हुँदैन, बिर्सन्छन्। एउटा नाटक पनि छ– माया ऐसे करती, भगवान ऐसे करते हैं। तिमीले बाबालाई याद गर्छौ, मायाले तिमीलाई अझै तुफानमा लैजान्छ। मायाको आदेश छ– पहलमानसँग पहलमान भएर लड, तिमीहरू सबै लडाइँको मैदानमा छौ। थाहा छ– यसमा कुन कुन प्रकारका योद्धा छन्। कोही त धेरै कमजोर छन्, कोही मध्यम कमजोर छन्, कोही त फेरि तीक्ष्ण छन्। सबै मायासँग युद्ध गर्नेवाला हुन्, अन्डरग्राउन्ड (भूमिगत)। उनीहरूले पनि अन्डरग्राउन्ड बमको ट्रायल (परीक्षण) गर्छन्। यो पनि तिमी बच्चाहरूलाई थाहा छ, आफ्नो मृत्युको लागि सबैले कुरा गरिरहेका छन्। तिमी बिल्कुल शान्तिमा बसेका छौ, उनीहरूको साइन्स (विज्ञान) बल छ। प्राकृतिक प्रकोपरू पनि धेरै हुन्छन्। त्यसमा त कसैको वश चल्न सक्दैन। अहिले झुटो वर्षाको लागि पनि कोसिस गर्छन्। झुटो वर्षा पर्यो भने फेरि अन्न धेरै हुन्छ। तिमी बच्चाहरूलाई त थाहा छ– जतिसुकै वर्षात भए पनि प्राकृतिक प्रकोपहरू अवश्य हुनुछ। मुसलधारे वर्षा पर्छ फेरि के गर्न सक्छन् र। यिनलाई भनिन्छ प्राकृतिक प्रकोपहरू। सत्ययुगमा यी हुँदैनन्। यहाँ हुन्छन् जसले फेरि विनाशमा मद्दत गर्छन्।

तिम्रो बुद्धिमा छ– हामी सत्ययुगमा हुँदा यमुनाको किनारमा सुनका महल हुन्छौँ। हामी धेरै कम त्यहाँका रहन्छौँ। कल्प कल्प यस्तै भइरहन्छ। पहिला थोरै हुन्छन् फेरि वृक्ष बढ्छ, त्यहाँ कुनै पनि गन्दा चिज हुँदैहुँदैन। यहाँ त हेर चराले पनि फोहोर गरिरहन्छ, त्यहाँ फोहोरको कुरा हुँदैन, त्यसलाई भनिन्छ नै हेभिन (स्वर्ग)। अहिले तिमीले बुझेका छौ– हामी यी देवता बन्छौँ भने भित्र कति खुसी हुनुपर्छ। मायारुपी जिन्नबाट बच्नको लागि बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू यो रुहानी धन्दामा लाग। मनमनाभव। बस् यसमा नै जिन्न बन। जिन्नको उदाहरण दिन्छन् नि। भन्यो काम दिनुहोस्... त्यसैले बाबाले पनि काम दिनुहुन्छ। नत्र मायाले खाइदिन्छ। बाबाको पूरा मददगार बन्नुछ। एक्लै बाबाले त गर्नुहुन्न। बाबाले त राज्य पनि गर्नुहुन्न। तिमीले सर्भिस गर्छौ, राजधानी पनि तिम्रो लागि नै हो। बाबा भन्नुहुन्छ– म पनि मगध देशमा आउँछु। माया पनि गोही हो, कति महारथीहरूलाई निलेर खाइदिन्छ। यी सबै दुस्मन हुन्। जस्तो भ्यागुताको दुस्मन सर्प हुन्छ नि। तिमीलाई थाहा छ, त्यस्तै तिम्रो दुस्मन माया हो। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) स्वयंलाई पापबाट मुक्त गर्ने पुरुषार्थ गर्नुछ, कहिल्यै देह अभिमानमा आउनुछैन। यो दुनियाँको कुनै पनि चिजमा मोह राख्नुन।

२) मायारुपी जिन्नबाट बच्नको लागि बुद्धिलाई रुहानी धन्दामा व्यस्त राख्नुछ। बाबाको पूरा पूरा मददगार बन्नुछ।

वरदान:–
सर्व खजानालाई समयमा प्रयोग गरेर निरन्तर खुसीको अनुभव गर्ने खु श न सी ब आत्मा भव

बापदादाद्वारा ब्राह्मण जन्म हुनासाथ सारा दिनको लागि अनेक श्रेष्ठ खुसीका खजाना प्राप्त हुन्छन् त्यसैले तिम्रो नामबाट नै अहिलेसम्म अनेक भक्त अल्पकालको खुसीमा आउँछन्, तिम्रा जड चित्रहरूलाई देखेर खुसीमा नाच्न लाग्छन्। यस्ता तिमीहरू सबै खुशनसीब (सौभाग्यशाली) छौ, धेरै खजाना मिलेका छन् तर केवल समयमा प्रयोग गर। चाबीलाई सदैव अगाडि राख अर्थात् सदैव स्मृतिमा राख र स्मृतिलाई स्वरूपमा ल्यायौ भने निरन्तर खुसीको अनुभव भइरहन्छ।

स्लोगन:–
बाबाका श्रेष्ठ आशाहरूको दीपक जगाउनेहरू नै कुलदीपक हुन्।