21.06.26 Avyakt Bapdada Nepali Murli 15.11.2010 Om Shanti Madhuban
“ स्व - परिवर्तनको
गतिलाई तीव्र बनाए र स्वभाव , संस्कार को समाप्तिको समारोह मनाऊ , हर सङ्कल्प , बोल
ी र कर्ममा ब्रह्माबाबा लाई अनुसरण गर।”
आज बापदादाले सबै
बच्चाहरूको मस्तकमा चम्किरहेका तीन भाग्यका निसानीहरू देखिरहनुभएको छ। एउटा हो
बाबाद्वारा पालनाको भाग्य, अर्को हो शिक्षकको रूपमा शिक्षाको भाग्य, अनि अर्को हो
सद्गुरुद्वारा वरदानहरूको भाग्य। बापदादाले बच्चाहरूका तीनै भाग्य चम्किरहेको
देखिरहनुभएको छ। हरेकको मस्तक तीनै भाग्यले चम्किरहेको छ। यस्तो भाग्य अरू कसैको
मस्तकमा चम्किरहेको देखिँदैन। तर तिमी सबैको मस्तक भाग्यले चम्किरहेको छ। तिमी सबैले
पनि आ-आफ्नो भाग्यलाई देखिरहेका छौ नि! बापदादाले देख्नुभयो भाग्य त सबैलाई मिलेको
छ तर भाग्यको चमक सबैको समान रूपको छैन। कसैको चमक धेरै तेज छ, कसैको चमक अलिकति कम
देखिन्छ। हुन त बापदादाले सबैलाई एकैपटक समान रूपको भाग्य नै दिनुभएको छ। पढाइ एउटै
पढाउनुहुन्छ। पालना समान रूपले दिनुभएको छ र वरदान पनि सबैलाई समान दिनुभएको छ। आदि
रत्न वा पछि आउने सबैलाई एउटै मुरलीद्वारा पालना मिल्छ, पढाइ मिल्छ। वरदान पनि
सबैलाई एउटै मिल्छ। आदि रत्नहरूको मुरली अलग्गै हुँदैन, एउटै हुन्छ। तर भाग्य
नम्बरवार चम्किरहेको देखिइरहेको छ। बाबाको प्यारको पालना सबैलाई समान रूपले
मिलिरहेको छ। हरेकको मुखबाट यही निस्कन्छ “मेरो बाबा”, चाहे पहिला आउनेहरू, चाहे पछि
आउनेहरू तर हरेकले आफ्नो अधिकारले भन्छन् “मेरो बाबा”। कसैसँग पनि बाबासँगबाट कति
प्यार मिलेको छ? भनेर सोध्यौ भने शुद्ध नशाले भन्छौ मलाई बाबाको प्यार सबैभन्दा धेरै
मिलेको छ। यसरी मेरो बाबा दिलैदेखि भन्ने बच्चाहरूले कति शुद्ध नशाले मेरो प्यार
सबैभन्दा धेरै छ भन्छन्? बाबाको प्यार पहिला मसँग छ भन्छन् किनकि प्यार नै बाबाको
पालना हो। यसरी मेरो बाबा मानेपछि तिमी बाबाको बन्यौ र बाबा तिम्रो बन्नुभयो।
आज तिमीहरू सबै आएका
छौ तिमीहरू सबै स्नेहको प्लेनमा आएका हौ नि! सबैलाई प्यारले तानेर यहाँ ल्याएको छ।
सबै प्यारले आरामसँग आइपुग्यौ। यो परमात्म प्यार केवल अहिले सङ्गममा प्राप्त हुन्छ।
भविष्यमा देव आत्माहरूको प्यार प्राप्त हुन्छ तर परमात्म प्यार यस एक जन्ममा मात्र
प्राप्त हुन्छ। त्यसैले बापदादाले पनि यस्ता सुपात्र आत्माहरूलाई देखेर के
भन्नुहुन्छ? वाह बच्चाहरू वाह! तिमी नै करोडौँमा कोही सतपात्र बनेका छौ र हरेक कल्प
तिमी नै सुपात्र बन्छौ। हिँड्दाडुल्दा यस्तो नसा रहन्छ नि! तिम्रो दिलले पनि यो गीत
गाउँछ वाह मेरो भाग्य! यो गीत गाइरहन्छौ नि! बाबालाई पनि खुसी हुन्छ– यी सबै
बच्चाहरू अधिकारी हुन्। आफूलाई कसैले पनि परमात्म प्यारमा कम सम्झँदैनौ। प्यारमा सबै
पास छौ। बापदादा सोध्नुहुन्छ– सबैभन्दा धेरै प्यार कसको छ? कसले भन्लान्? सबैलाई
थाहा छ, हाम्रो प्यार कम छैन, बाबाले पनि भन्नुहुन्छ– प्यारको विषयमा सबै पास छन्
त्यसैले त मेरो बाबा भन्छन्। बच्चाहरूको बाबासँग कति प्यार छ, त्यो हरेक बच्चालाई
थाहा छ। त्यसैले बापदादाले देख्नुभयो, प्यारमा त सबै बच्चाहरू पास छन् तर अब समय
अनुसार स्वपरिवर्तन गर्नु, यसको पनि आवश्यकता छ। केवल स्वपरिवर्तन, विशेष
सुनाउनुभएको पनि थियो– यस समयमा स्वपरिवर्तनमा विशेष संस्कार परिवर्तन, स्वभाव
परिवर्तन, यसको आवश्यकता छ।
अब स्व-परिवर्तनको गति
तीव्र हुनुपर्छ। तीव्र गतिले पुरुषार्थ गर्छौ पनि, अटेन्सन पनि छ तर अब तीव्र गतिको
पुरुषार्थ हुनुपर्छ। बापदादालाई याद छ पहिला पनि बाबासँग वाचा गरेका छौ– नयाँ वर्षमा
स्वपरिवर्तन, संस्कार परिवर्तन गर्नु नै छ तर बापदादाले देख्नुभयो, संस्कार
परिवर्तनमा जति तिब्र पुरुषार्थ हुनुपर्छ, त्यसको लागि पुरुषार्थको गति अझ तीव्र
बनाउनुपर्छ। तिमी सबैले के सम्झन्छौ– समय अनुसार पुरुषार्थको गति जति तीव्र
हुनुपर्छ त्यस अनुसार हरेकको पुरुषार्थ तीव्र छ वा पुरुषार्थ अझ तीव्र बनाउनुपर्छ?
किनकि समय अनुसार, समयमा तीव्र गतिमा परिवर्तन भइरहेको छ त्यसैले सङ्कल्प गर्छौ अनि
परिवर्तन भयो, यस्तो भएपछि मात्र तिम्रो पनि तीव्र परिवर्तन हुन्छ। अयथार्थ सङ्कल्प
यसरी समाप्त हुनुपर्छ जसरी कुनै कागजमा बिन्दु लगाउँछौ। कति समय लाग्छ? अयथार्थ
अर्थात् फालतु सङ्कल्प, यति तीव्र गतिमा परिवर्तन हुनुपर्छ। के यसरी जुन गतिमा
बापदादाले चाहनुहुन्छ त्यसरी नै यो परिवर्तन गर्न सक्छौ? छ हिम्मत? जसले सम्झन्छौ–
अबदेखि यति रफ्तारले बिन्दु लगाउन सक्छौँ, हिम्मते बच्चे मददे बाप, तिमीहरूले हात
उठाऊ। बापदादाले बच्चाहरूको दृढ सङ्कल्प देखेर बच्चाहरूलाई बधाई दिनुहुन्छ।
बापदादाले पहिला पनि सुनाउनुभएको छ– दृढ सङ्कल्पको सङ्कल्प हो– गर्नु नै छ। त्यसैले
आजको सभामा सबैले यो दृढ सङ्कल्प गरेका छौ नि! तिमीले देख्यौ, दादीहरूले देख्नुभयो,
सबैले, धेरैजसोले हात उठाए। देख्यौ! त्यसैले भोलिदेखि स्वभाव संस्कार समाप्तिको
समारोह मनाउनुपर्छ। मनाउने हो? जसले हात उठायौ तिमीहरूले हात उठाइराख, समारोह मनाउने
हो? यसको समारोह त धेरै धुमधामले मनाउनुछ। जसरी हिम्मतिलो लक्ष्य राखेका छौ त्यसरी
नै लक्षण पनि हिम्मतिलो राख्यौ भने कुनै ठुलो कुरा होइन। लक्ष्य नै बाबासमान बन्ने
हो भने अहिले लक्ष्य र लक्षण समान बनाउनुछ। फलो ब्रह्माबाबा। जुनसुकै सङ्कल्प, बोली,
कर्म गर्दा पनि पहिला ब्रह्मा बाबासँग मिलाऊ, ब्रह्मा बाबाको जस्तो बनाऊ। नक्कल (कपि)
गर। दुनियाँमा नक्कल गर्न मनाही छ, तर बापदादा भन्नुहुन्छ ब्रह्माबाबाको नक्कल गर।
निराकार बाबाको लागि त भन्छन् उहाँको देह छैन, त्यसैले देहभान के हो र! तर
ब्रह्माबाबा देहधारी हुनुभएको छ। वास्तवमा हेर तिमी जो सरेन्डर भयौ, सरेन्डर
हुनेहरूले हात उठाऊ, जो सरेन्डर भएका छौ तिमीहरूले हात उठाऊ। सरेन्डर हुँदा के
सङ्कल्प गरेका थियौ? बाबा यो तन, मन, धन सबै हजुरको। यसरी नै गरेका हौ नि! यसरी नै
गरेका हौ? गरेका थियौ? यसमा हात उठाऊ। त्यसैले अहिले सरेन्डर गरेका छौ मेरो होइन,
तन पनि मेरो होइन, धन पनि मेरो होइन, जसरी ब्रह्माबाबाले बाबालाई सेवार्थ शरीर
दिनुभयो, त्यसैगरी ब्रह्माबाबालाई थाहा थियो– यो शरीर मेरो होइन, सेवार्थ हो।
त्यसैले तिमीले तन, मन, धन तीनै अर्पण गरेका छौ भने तिम्रो शरीर बाबाको सेवार्थ
निमित्त हुन्छ। जसरी ब्रह्माबाबाको शरीर सेवा अर्थ रह्यो। तिम्रो शरीर तिम्रो होइन,
सेवार्थ हो। त्यसैले यी जुन देह अभिमान वा देहभानका संस्कार छन्, यी संस्काहरू
हामीसँग हुनुपर्छ? यदि यो स्मृतिमा राख्यौ भने– यो तन विश्व सेवा अर्थ हो, मेरो
होइन, बाबाले तिमीलाई सेवार्थ दिनुभएको छ। त्यसैले देहभान वा देह अभिमान, यसमा देह
अभिमानले धेरै नोक्सान पार्छ। देहभान त्योभन्दा हल्का छ, तर दुवै अभिमान दियौ, फारम
भर्दा के लेख्छौ? टिचरहरूले फारम भराउँछौ नि, फारम भराउँदा के भराउँछौ? यो मेरो
जीवन अहिले सेवाप्रति हो। जति पनि ब्राह्मण बनेका छौ तिमीहरू सबैको बाबासँग वाचा छ–
तन, मन, धन बाबाको, मेरो होइन। जसमा यी देह भान र देह अभिमानका संस्कार पैदा हुन्छन्
तिनीहरू देहभान वा देह अभिमानमा हुन्छन् त्यसैले जुन आज पनि संस्कार समाप्तिको वाचा
गरेका छौ, किनकि जुन अभिमान र भानले बाबालाई प्रत्यक्ष गर्नमा विघ्न पार्छन्,
सबैलाई यो उमङ्ग छ, बापदादाले सुनिरहनुहुन्छ, भनिरहन्छौ पनि– बाबालाई प्रत्यक्ष
गर्नुछ। अहिलेसम्म ब्रह्माकुमारीहरू, ब्रह्माकुमारहरू प्रत्यक्ष भएका छन्, भगवान
बाबा आउनुभयो, यो बाबाको प्रत्यक्षता गुप्त छ। पुरुषार्थ गरिरहेका छौ तर यो
प्रत्यक्ष आवाज फैलियोस्, हाम्रो बाबा आउनुभयो, भगवानुवाच हो, न कि
ब्रह्माकुमारीहरूले भनेका हुन्। अब यो प्रत्यक्षता हुनु नै छ, यो स्वभाव संस्कार
परिवर्तन भएपछि तिमी एक एकको अनुहार र चालचलनबाट प्रत्यक्ष हुन्छ। बाबालाई
प्रत्यक्ष गर्नुछ, गरिरहेका छौ तर सबैको कानमा यो आवाज गुञ्जियोस् भगवान आउनुभयो,
बाबा आउनुभयो, यो प्रत्यक्षता हुनुछ नि! हुनुछ भन्नेले हात उठाऊ, हुनुछ? हात त धेरै
राम्ररी उठायौ। बापदादा खुसी हुनुहुन्छ– सबैको मनमा लगन छ र हुनु नै छ। यसको लागि
जसरी भोलिदेखि संस्कार स्वभावलाई परिवर्तन गर्छौ त्यसरी नै त्यसको साधन हो– हरेक जति
पनि ब्राह्मण छन्, हरेक ब्राह्मणले आफ्नो चार्टमा शुभभावना, शुभकामनाको विशेष
अटेन्सन राख्नुपर्छ। जसरी दुनियाँका मानिसहरूलाई यो शुभकामना दिने काम दियौ भने
उनीहरूले कति समय शुभभावना, शुभकामना राख्न सक्छन्, उनीहरूलाई राख्न सक्छन् भन्छौ
भने तिमीले त यो शुभकामना शुभभावना राख्न सक्छौ नै! कुनै पनि समयमा कसैको पनि
स्वभाव संस्कारले त्यतिबेला अवरोध गर्छ जुनबेला त्यस आत्माप्रति त्यस समयमा शुभभावना,
शुभकामना हुँदैन। त्यसैले तिमीले पनि यदि अमृतवेलादेखि– मैले हरेक आत्माप्रति
शुभभावना शुभकामना राख्नु नै छ भन्ने यो सङ्कल्प गरेमा जुन सङ्कल्प गर्छौ, परिवर्तन
गर्नु नै छ, त्यो पूरा गर्न सक्नेछौ। कुराहरू आउँछन्, कुराहरूको काम हो आउनु, माया
हो नि! अनि तिम्रो काम हो विजय प्राप्त गर्नु। त्यसैले भोलि आपसमा समुह बनाएर जो
निमित्त छन् उनीहरूले आपसमा रुहरिहान गरेर जुन सङ्कल्प गरेका छौ, त्यसलाई अगाडि
व्यवहारमा कसरी ल्याउने, त्यसमा रुहरिहान गर्नु। समाप्त भयो, बिन्दु लगाइदिनु। हात
त उठाएका छौ नि! अगाडि बस्नेहरूले हात उठाए। त्यसैले तिमी निमित्त बन्नुपर्छ। जसरी
पहिला सुरुमा ब्रह्माबाबाको अगाडि कस्ता संस्कार भएकाहरू आए, आरम्भमा ब्रह्माबाबाले
कति संस्कारहरूको खेल देख्नुभयो। तर बाबाको सहयोगले अगाडि बढ्दै अरूलाई पनि बढाउँदै
जानुभयो, जसको रिजल्टमा आज बाबाका बच्चाहरूको सङ्ख्या कति पुगेको छ। विचलित हुने
कुराहरू आउँदा पनि अचल रहनुभयो। त्यसको परिणाम कति सेन्टर खुले, कति कार्यक्रम
भइरहेका छन्।
आजकाल कति कार्यक्रम
भइरहेका छन्? भएका छन् नि! यो सारा रिजल्ट ब्रह्माबाबाको हिम्मत, पहिला एक्लै
ब्रह्माबाबा हुनुहुन्थ्यो, तिमी पछि आएका हौ तर ब्रह्मा बाबाले एक्लै हिम्मत राखेर
अगाडि बढ्नुभयो। रिजल्टमा व्यावहारिक प्रमाण तिमी सबै साथी हौ। त्यसैले तिमीहरूको
पनि हिम्मत छ नि! ब्रह्माबाबाले एक्लै हिम्मत राख्नुभयो, तिमीहरू त धेरै साथी छौ।
त्यसैले फलो फादर। सबैले आफूलाई ब्रह्माबाबाका बच्चा, साथी बच्चा सम्झन्छौ नि, साथै
छौँ साथै जान्छौँ र ब्रह्मा बाबाको साथमा राज्यमा आउनेछौँ। त्यसैले अझै समय छ, जसरी
ब्रह्माबाबाले हिम्मत राख्नुभयो, रिजल्ट देखिरहेका छौ त्यसरी नै यति सङ्गठनमा
हिम्मतको पाइला राख्यौ भने के हुन सक्दैन! कल्प कल्प सफल भएको छ, हुनु नै छ।
त्यसैले अहिले बाबा
के चाहनुहुन्छ, त्यो सुनाउनुभयो। केवल तिमीहरू सबैले एउटा कुरा गर, त्यो एउटा कुरा
हो साधारण पुरुषार्थलाई तीव्र पुरुषार्थमा परिवर्तन गर। बापदादाले देख्नुभयो कहीँ
कहीँ लापरबाही देखिन्छ, भइहाल्छ, विजय त हाम्रो जन्मसिद्ध अधिकार हो, यसरी ज्ञानको
हिसाबले निश्चित छ तर लापरबाहीमा पनि यही शब्द आउँछन् हाम्रो विजय त छँदै छ, भइ नै
सकेको छ। कुनै काम रोकिएको छैन, हुनु नै छ। एउटा हो पुरुषार्थको यो शब्द, अर्को
लापरबाही हुँदा पनि यही शब्द भन्छन्। कुनै काम रोकिनेछैन, हुनु नै छ... त्यसैले यो
लापरबाही हो, यो संस्कार पनि चेक गर्नुछ। लापरबाहीको निसानी हो– उनीहरूको जीवनमा
साना साना कुराहरूमा थकावट देखिनेछ। अनुहारमा त्यो खुसीको झलक देखिनेछैन, सेवाबाट
पुण्य बनिरहेको छ भने, अनुहारमा खुसी हुनुपर्छ। कुनै न कुनै प्रकारको थकाइको कारण
कुनै न कुनै कुराको लापरबाही हो। गर्नु नै छ भने खुसीले गर। अनुहारले तिम्रो सेवा
गरोस्, चालचलनले तिम्रो सेवा गरोस्। त्यसैले आज धेरैजसोको संस्कार समाप्तिको हात
देखेर बापदादाले बारम्बार बधाई दिइरहनुभएको छ।
अच्छा, यस समुहमा जो
पहिलोपटक आएका छौ तिमीहरू उठ। देख्यौ कति छन्? धेरै छन्। हात हल्लाऊ। जो पहिलो पटक
आएका छौ, तिमीहरूलाई आफ्नो बाबासँग मिलेकोमा बधाई छ। त्यसैले विशेष समय अनुसार अहिले
तिमीहरूले तीव्र पुरुषार्थ गर्नुपर्छ र बापदादाको यो भनाइ छ– जसले तीव्र पुरुषार्थ
गर्छ, ढिलोढालो होइन, ऊ लास्ट सो फास्ट र फास्ट सो फस्ट हुनेछ। यस्तो कमाल गर्नुछ।
चान्स छ। यस्तो नसम्झ हामी त आएकै लास्ट हौँ, होइन, तिमीहरू पनि फास्ट जान सक्छौ।
तर हर समय तीव्र पुरुषार्थ गर्नु नै छ। परिवर्तन गर्नु नै छ। नेछौँ नेछौँ नभन्नु,
हेर्ने छौँ, सोच्ने छौँ... नेछौँ नेछौँ नभन्नु। तिम्रो घर मधुबन राम्रो छ, दाताको
घर राम्रो लाग्यो नि! त्यसैले सबै भाइबहिनीहरूले पनि तिम्रो स्वागत गरेका छन्। अच्छा।
अहिले चारैतिरका
ब्राह्मण बच्चाहरूलाई बापदादाको स्नेह भरिएको याद प्यार स्वीकार होस्, बापदादालाई
थाहा छ टाढा बसेर पनि कतिपय बच्चाहरूले देखिरहेका पनि छन्, मिलन पनि मनाइरहेका छन्,
ती चारैतिरका बच्चाहरूलाई बापदादा यही भन्नुहुन्छ जसरी अहिले सबै धेरैजसोले हात
उठायौ, अब त्यो संस्कार समाप्त गर, अहिले तिमी सबैले पनि मिलेर एउटै सङ्कल्परूपी
हात उठाइ नै रहेका छौ – हामी सबै मिलेर समाप्तिको समयलाई समीप ल्याउनको लागि यो
सङ्कल्प गरिरहेका छौँ र चारैतिर सम्पूर्ण समय हुँदा ब्रह्माबाबा र शिवबाबा दुवैलाई
प्रत्यक्ष गर्छौं– हाम्रो बाबा आउनुभयो। सबैको मुखमा बाबाको प्रत्यक्षता होस्, अब
यस वर्षमा यही दृढ सङ्कल्प राख– बाबालाई प्रत्यक्ष गर्नु नै छ। आधा काम त बाबाले
गर्नुभएको छ, बच्चाहरूलाई बाबाले विश्वको अगाडि प्रत्यक्ष गर्नुभएको छ, अब
बच्चाहरूको काम हो भगवान आउनुभयो, यो आवाज विश्वको एक एक बच्चासम्म पुगोस्। त्यसैले
सबैलाई देखेर बापदादाले हरेक बच्चालाई दिलको स्नेह, दिलको प्यार, दिलको उमङ्ग
उत्साहसहित याद-प्यार दिइरहनुभएको छ। अच्छा।
सेवाको टर्न कर्नाटक
क्षेत्रको हो:– सेवाको चान्स लिनु अर्थात् बाबाको समीप आउने चान्स मिल्नु। हेर,
सेवाको कारण कति मानिसहरूलाई आउने चान्स मिल्छ। सबैको आशीर्वाद तिमी निमित्त
टिचरहरूलाई मिल्छ किनकि सेवाको लागि हिम्मत राख्यौ र यति धेरैलाई चान्स मिल्यो।
बापदादाले देख्नुभयो नयाँ नयाँ पनि पहिलोपटक धेरै आएका छन्, जुन कर्नाटकका बच्चहरू
पहिलोपटक आएका छौ, तिमीहरूले पुरै हात उठाऊ। पहिलोपटक पनि धेरै आएका छौ। राम्रो छ।
कर्नाटकमा राम्रो वृद्धि भएको छ, अहिले जसरी वृद्धि भएको छ त्यसरी नै तीव्र
पुरुषार्थको विधि, यसको लहर पनि चारैतिर फैलाऊ। नम्बर लेऊ। संस्कार समाप्तिको नम्बर
लेऊ। लिन सक्छौ? जसले सम्झन्छौ हामीले पहिलो नम्बर लिन सक्छौँ, तिमीहरूले हात उठाऊ।
राम्रो छ। आपसमा सङ्गठन यस्तो बनाएर कार्यक्रम बनाऊ, सबै एक हुन्। भिन्न भिन्न
स्थान छन् तर हुन् एक। यो कमाल गरेर देखाऊ। छ नि हिम्मत? हिम्मत छ? बापदादाकहाँ
समाचार त आइरहन्छ। त्यसैले मधुबनमा हरेक महिना आफ्नो परिवर्तनको समाचार लेख्नुछ।
लेख्छौ नि! हरेक महिना समाचार। जे भयो भयो, बितेको कुरा बित्यो, अब नम्बरवन भएर
देखाऊ। राम्रो छ। बापदादाले देख्नुभयो सेवा राम्रो छ, अब सङ्गठन हेर्न चाहनुहुन्छ।
उदाहरण बन। तयार। तयार छौ? हात उठाऊ। तिमीले हेर, एक महिनामा रिजल्ट आउनेछ। अच्छा,
धेरै धेरै विशेष याद-प्यार। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
वरदान:–
सम्पूर्ण
समर्पणको विधिद्वारा आफ्नोपनको अधिकार समाप्त गर्ने समान साथी भव
जुन वाचा छ– साथै
रहन्छौँ, साथै जान्छौँ र साथमा नै राज्य गर्छौं– साथी समान बनेपछि मात्र यस वाचालाई
पूरा गर्न सक्छौ। समानता आउँछ समर्पणताबाट। सबैथोक समर्पण गरिदियौ भने आफ्नो वा
अरूको अधिकारको भाव समाप्त हुन्छ। कसैको पनि अधिकार रहिरहेसम्म सर्व समर्पणमा कमी
हुन्छ अनि समान बन्न सक्दैनौ। त्यसैले साथै रहन, साथ उड्नको लागि छिटो छिटो समान बन।
स्लोगन:–
आफ्नो समय,
श्वास र सङ्कल्पलाई सफल गर्नु नै सफलताको आधार हो।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
जो सरल स्वभावका
हुन्छन् उनीहरूमा समेट्ने शक्ति स्वतः हुन्छ। सरल स्वभावको व्यक्ति सबैको सहयोगी र
स्नेही पनि हुन्छ र जति सरल स्वभावको हुन्छ त्यति मायाले कम अवरोध गर्छ। सरल
स्वभावको व्यक्तिको व्यर्थ सङ्कल्प चल्दैन। उसको समय पनि व्यर्थ जाँदैन। उनीहरूको
बुद्धि विशाल र दूरदर्शी हुन्छ, त्यसैले उनीहरूको अगाडि कुनै पनि समस्याले अवरोध
गर्न सक्दैन।
विशेष सूचना:– महिनाको
तेस्रो आइतबारको योग अभ्यास
आज महिनाको तेस्रो
आइतबार हो, सबै भाइबहिनीहरू सङ्गठित रूपमा एकत्रित भएर बेलुका ६:३० देखि ७:३०
बजेसम्म आफ्नो फरिस्ता स्वरूपद्वारा भट्किरहेका दुःखी अशान्त आत्माहरूलाई सुख
शान्तिका पवित्र किरणहरू दिएर उनीहरूलाई सहारादाता परमात्मा बाबाको स्मृति दिलाउने
सेवा गर्नुहुनेछ।