21.09.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– कल्प
कल्प बाबा आएर तिमी बच्चाहरूलाई आफ्नो परिचय दिनुहुन्छ , तिमीहरूले पनि सबैलाई
बाबाको यथार्थ परिचय दिनुपर्छ।”
प्रश्न:–
बच्चाहरूको
कुन प्रश्नलाई सुनेर बाबा आश्चर्य मान्नुहुन्छ?
उत्तर:–
बच्चाहरूले
भन्छन्– बाबा हजुरको परिचय दिन धेरै मुस्किल छ। हामीले हजुरको परिचय कसरी दिने? यो
प्रश्न सुनेर बाबालाई पनि आश्चर्य लाग्छ। जब तिमीलाई बाबाले आफ्नो परिचय दिनुभएको छ
भने तिमीले पनि अरूलाई परिचय दिन सक्छौ, यसमा मुस्किलको कुरै छैन। यो त धेरै सहज छ।
हामी सबै आत्माहरू निराकार हौं भने अवश्य नै आत्माहरूका पिता पनि निराकार हुनुहुन्छ।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले जानेका छौ– बेहदका बाबा साथमा बस्नु भएको छ। यो पनि जानेका छौ
बेहदका बाबा यस रथमा नै आउनु हुन्छ। जब बापदादाले भन्नुहुन्छ, यो त जानेका छौ–
शिवबाबा हुनुहुन्छ र उहाँ यो रथमा बस्नुभएको छ। आफ्नो परिचय दिइरहनु भएको छ।
बच्चाहरूले जानेका छौ, बाबाले मत दिनुहुन्छ– रुहानी बाबालाई याद गर्यौ भने पाप भस्म
हुन्छ, जसलाई योगअग्नि भनिन्छ। अहिले तिमीले बाबालाई त चिनेका छौ। त्यसैले कहिल्यै
यस्तो कहाँ भनिन्छ र, अरूलाई बाबाको परिचय कसरी दिऊँ? तिमीलाई पनि बेहदका बाबाको
परिचय छ, त्यसैले अवश्य पनि अरूलाई परिचय दिन पनि सक्छौ। परिचय कसरी दिने, यो त
प्रश्नै उठ्न सक्दैन। जसरी तिमीले बाबालाई चिनेका छौ, त्यसैगरी तिमीले भन्न सक्छौ–
हामी आत्माहरूका पिता त एउटै हुनुहुन्छ, यसमा अल्मलिने आवश्यकता नै हुँदैन। कसैकसैले
भन्ने गर्छन्– बाबा हजुरको परिचय दिन धेरै कठिन हुन्छ। अरे, बाबाको परिचय दिनु– यसमा
त मुस्किलको कुनै कुरा नै छैन। जनावरले पनि इसाराबाट बुझ्न सक्छ– म फलानाको बच्चा
हुँ। तिमीले पनि जानेका छौ– हामी आत्माहरूका उहाँ पिता हुनुहुन्छ। म आत्मा अहिले यो
शरीरमा प्रवेश गरेको छु। जसरी बाबाले सम्झाउनु भएको छ– आत्मा अकालमूर्त हो। यस्तो
होइन उसको कुनै रूप छैन। बच्चाहरूले चिनेका छौ– बिल्कुल साधारण कुरा हो। आत्माहरूको
एउटै निराकार पिता हुनुहुन्छ। हामी सबै आत्माहरू भाइ भाइ हौं। बाबाका सन्तान हौं।
बाबाबाट हामीलाई वर्सा मिल्छ। यो पनि जानेका छौ– यस दुनियाँमा यस्तो कुनै बच्चा छैन
होला, जसले आफ्नो पिता र उहाँको रचनालाई नजानेको होस्। बाबासँग के खजाना छ, त्यो सबै
जानेका छन्। यो हो नै आत्मा र परमात्माको मेला। यो कल्याणकारी मेला हो। बाबा
हुनुहुन्छ नै कल्याणकारी। धेरै कल्याण गर्नुहुन्छ। बाबालाई चिनेपछि सम्झन्छौ– बेहदका
बाबाबाट हामीलाई बेहदको वर्सा मिल्छ। ती जो संन्यासी गुरु छन्, उनका शिष्यहरूलाई
गुरुको वर्साको बारेमा थाहा हुँदैन। गुरुसँग के सम्पत्ति छ, यो कुरा कुनै शिष्यले
मुस्किलले जान्दछ। तिम्रो बुद्धिमा त छ– उहाँ शिवबाबा हुनुहुन्छ, सम्पत्ति पनि
पितासँगै हुन्छ। बच्चाहरूले जानेका छौ, बेहदका बाबासँग भएको सम्पत्ति हो– विश्वको
बादसाही स्वर्ग। यो कुरा तिमी बच्चाहरू सिवाय अरू कसैको बुद्धिमा छैन। लौकिक
पितासँग के सम्पत्ति हुन्छ, त्यो उनका बच्चाहरूले नै जानेका छन्। अहिले तिमीले भन्छौ–
हामी जीवन छँदै पारलौकिक बाबाको बनेका छौं। उहाँबाट के मिल्छ, त्यो पनि जानेका छौं।
हामी पहिला शूद्र कुलमा थियौं, अहिले ब्राह्मण कुलमा आएका छौं। यो ज्ञान भएको छ–
बाबा यस ब्रह्मा तनमा आउनु हुन्छ, यिनलाई प्रजापिता ब्रह्मा भनिन्छ। उहाँ त
हुनुहुन्छ सबै आत्माहरूका पिता। यिनलाई ग्रेट-ग्रेट ग्रेण्ड फादर (आदि पिता) भनिन्छ।
अहिले हामी यिनका बच्चा बनेका छौं। शिवबाबालाई त भन्छन्– हजुर हाजिर हुनुहुन्छ। सबै
कुरा जान्नेवाला हुनुहुन्छ। अहिले तिमीले यो पनि जानेका छौ– कसरी उहाँले रचनाको आदि,
मध्य, अन्त्यको ज्ञान दिनुहुन्छ। उहाँ सबै आत्माहरूको पिता हुनुहुन्छ, उहाँलाई
नाम-रूपबाट भिन्न भन्नु त झुटो हो। उहाँको नाम-रूप पनि याद छ। रात्रि पनि मनाउँछन्,
जयन्ती त मनुष्यको हुन्छ। शिवबाबाको रात्रि भन्ने गर्छन्। बच्चाहरूले जानेका छौ–
रात्रि केलाई भनिन्छ। रातमा घोर अन्धकार हुन्छ। अज्ञान अन्धकार छ नि। ज्ञान सूर्य
प्रगटा अज्ञान अन्धेर विनाश– अहिले पनि गायन गर्छन् तर अर्थ केही पनि बुझ्दैनन्।
सूर्य को हुनुहुन्छ, कहिले प्रकट हुनुहुन्छ, केही पनि बुझ्दैनन्। बाबाले सम्झाउनु
हुन्छ ज्ञान सूर्यलाई ज्ञान सागर पनि भनिन्छ। बेहदका बाबा ज्ञानका सागर हुनुहुन्छ।
संन्यासी, गुरु, गोसाईं आदिले आफूलाई शास्त्रका ज्ञाता सम्झन्छन्, त्यो सबै हो भक्ति।
धेरै वेद-शास्त्र पढेर विद्वान् हुन्छन्। त्यसैले बाबाले बसेर रुहानी बच्चाहरूलाई
सम्झाउनु हुन्छ, यसलाई भनिन्छ आत्मा र परमात्माको मेला। तिमीले जान्दछौ बाबा यस रथमा
आउनुभएको छ। यस मिलनलाई नै मेला भनिन्छ। जब हामी घर जान्छौं अनि त्यतिबेला पनि मेला
हुन्छ। यहाँ बाबा स्वयं बसेर पढाउनु हुन्छ, उहाँ पिता पनि हुनुहुन्छ, शिक्षक पनि
हुनुहुन्छ। यो एउटै प्वइन्ट राम्ररी धारण गर, नबिर्स। बाबा त हुनुहुन्छ निराकार,
उहाँको आफ्नो शरीर छैन, त्यसैले अवश्य पनि सापटी लिनुपर्छ। त्यसैले स्वयं
भन्नुहुन्छ– मैले प्रकृतिको आधार लिन्छु। नत्र बोलुँ कसरी? शरीर विना त बोलिँदैन।
बाबा यस तनमा आउनु हुन्छ, यिनको नाम राख्नु भएको छ ब्रह्मा। हामी पनि शूद्रबाट
ब्राह्मण बन्यौं, त्यसैले नाम त परिवर्तन हुनै पर्छ। नाम त तिम्रो राखिएको थियो। तर
त्यसमा पनि अहिले हेर कति छँदै छैनन्, त्यसैले ब्राह्मणहरूको माला हुँदैन। भक्तमाला
र रुद्रमालाको गायन गरिएको छ। ब्राह्मणहरूको माला हुँदैन। विष्णुको माला त चल्दै
आएको छ। पहिलो नम्बरमा मालाको दाना को हो? भनिन्छ युगल। त्यसैले सूक्ष्मवतनमा पनि
युगल देखाइएको छ। विष्णु पनि ४ भुजावाला देखाइएको छ। दुई भुजा लक्ष्मीका, दुई भुजा
नारायणका।
बाबाले सम्झाउनु
हुन्छ– म धोबी हुँ। मैले योगबलले तिमी आत्माहरूलाई शुद्ध बनाउँछु, फेरि पनि तिमी
विकारमा गएर आफ्नो शृङ्गार नै गुमाइदिन्छौ। बाबा आउनु हुन्छ सबैलाई शुद्ध बनाउन।
आएर आत्माहरूलाई सिकाउनु हुन्छ, त्यसैले सिकाउनेवाला पनि अवश्य यहाँ हुनुपर्छ नि।
पुकार्छन् पनि– आएर पावन बनाउनुहोस्। कपडा पनि मैलो भयो भने त्यसलाई धोएर शुद्ध
बनाइन्छ। तिमीले पनि पुकार्छौ– हे पतित-पावन बाबा, आएर पावन बनाउनुहोस्। आत्मा पावन
बन्यो भने शरीर पनि पावन मिल्छ। त्यसैले पहिलो मूल कुरा हुन्छ बाबाको परिचय दिनु।
बाबाको परिचय कसरी दिने, यो त प्रश्न सोध्न सक्दैनौ। तिमीलाई पनि बाबाले परिचय
दिनुभएको छ, त्यसैले त तिमी आएका हौ नि। बाबाको पासमा आउँछौ, बाबा कहाँ हुनुहुन्छ?
यस रथमा। यो हो अकाल तख्त। तिमी आत्मा पनि अकालमूर्त हौ। यी सबै तिम्रा तख्त हुन्,
जसमाथि तिमी आत्माहरू विराजमान छौ। त्यो अकाल तख्त त जड भयो नि। तिमीले जानेका छौ–
म अकालमूर्त अर्थात् निराकार, जसको साकार रूप छैन। म आत्मा अविनाशी हुँ, मेरो
कहिल्यै विनाश हुन सक्दैन। एक शरीर छोडेर अर्को लिन्छु। म आत्माको पार्ट अविनाशी
रूपमा निश्चित भएको छ। आज भन्दा ५ हजार वर्ष पहिला पनि मेरो यस्तै पार्ट सुरु भएको
थियो। एक एक सम्वतदेखि हामी यहाँ पार्ट खेल्न घरबाट आउँछौं। यो हो नै ५ हजार वर्षको
चक्र। उनीहरूले त लाखौं वर्ष भनिदिन्छन्, त्यसैले थोरै वर्ष हो भन्ने विचारमा
आउँदैन। बच्चाहरूले मैले कसैलाई कसरी बाबाको परिचय दिऊँ भनेर भन्न सक्दैनन्। यस्ता
प्रकारका प्रश्न सोधे भने आश्चर्य लाग्छ। अरे, तिमी बाबाको बनेका छौ, फेरि बाबाको
परिचय किन दिन सक्दैनौ! हामी सबै आत्माहरू हौं, उहाँ हाम्रा पिता हुनुहुन्छ। सबैको
सद्गति गर्नुहुन्छ। सद्गति कहिले गर्नुहुन्छ, यो पनि तिमीलाई अहिले थाहा भएको छ।
कल्प कल्प, कल्पको सङ्गमयुगमा आएर सबैको सद्गति गर्नुहुन्छ। उनीहरूले त सम्झन्छन्–
अझै ४० हजार वर्ष बाँकी छ, पहिलादेखि नै भन्ने गर्छन्– नाम-रूपबाट भिन्न हुनुहुन्छ।
तर नाम-रूपबाट भिन्न कहाँ कुनै चीज हुन्छ र! पत्थरको पनि नाम हुन्छ नि। त्यसैले बाबा
भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! तिमी आएका छौ बेहदका बाबाको पासमा। बाबाले पनि
जान्नुहुन्छ, कति धेरै बच्चाहरू छन्। बच्चाहरूलाई अब हद र बेहद भन्दा पनि पर जानु
छ। सबै बच्चाहरूलाई हेर्नुहुन्छ, जान्नुहुन्छ म यी सबै जनालाई लिन आएको छु।
सत्ययुगमा त धेरै कम हुन्छन्। कति स्पष्ट छ, त्यसैले चित्रहरूमा सम्झाइन्छ। ज्ञान त
बिल्कुलै सहज छ। तर यादको यात्रामा समय लाग्छ। यस्ता बाबालाई त कहिल्यै बिर्सिनु
हुँदैन। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने पावन बन्छौ। म आउँछु नै पतितबाट
पावन बनाउन। तिमी अकालमूर्त आत्माहरू सबै आ-आफ्नो तख्तमा विराजमान छौ। बाबाले पनि
यस तख्तलाई लोनमा लिनुभएको छ। यस भाग्यशाली रथमा बाबा प्रवेश गर्नुहुन्छ। कोहीले
भन्छन् परमात्माको नाम-रूप छैन। यो त हुनै सक्दैन। उहाँलाई पुकार्छन्, महिमा गायन
गर्छन्, त्यसैले अवश्य पनि कुनै चीज हुनुपर्छ नि। तमोप्रधान भएका हुनाले केही पनि
बुझ्दैनन्। बाबाले सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यति धेरै ८४ लाख योनिहरू त
कसैको हुन सक्दैन। हुन्छ नै ८४ जन्म। पुनर्जन्म पनि सबैको हुन्छ। यस्तो कहाँ
ब्रह्ममा गएर लीन हुन्छन् वा मोक्ष हुन्छन् र! यो त बनिबनाऊ ड्रामा हो। अलिकति पनि
कम बेसी हुन सक्दैन। यस अनादि अविनाशी ड्रामाबाट फेरि साना साना ड्रामा वा नाटक
बन्छन्। ती हुन् विनाशी। अहिले तिमी बच्चाहरू बेहदमा खडा छौ। तिमी बच्चाहरूलाई यो
ज्ञान प्राप्त भएको छ– हामीले कसरी ८४ जन्म लिएका हौं। अहिले बाबाले बताउनु भएको छ,
पहिला कसैलाई पनि थाहा थिएन। ऋषिमुनिहरूले पनि भन्थे– हामीले जान्दैनौं। बाबा आउनु
हुन्छ नै सङ्गमयुगमा, यो पुरानो दुनियाँलाई परिवर्तन गर्न। ब्रह्माद्वारा नयाँ
दुनियाँको स्थापना फेरि गर्नुहुन्छ। उनीहरूले त लाखौं वर्ष भनिदिन्छन्। कुनै कुरा
पनि याद आउन सक्दैन। कुनै महाप्रलय पनि हुँदैन। बाबाले राजयोग सिकाउनु हुन्छ, फेरि
तिमीले राज्य पाउँछौ। यसमा त संशयको कुनै कुरा छैन। तिमीले जानेका छौ– पहिलो नम्बरमा
सबैभन्दा प्यारो बाबा हुनुहुन्छ अनि त्यसपछि अर्को प्यारा छन् श्रीकृष्ण। तिमीले
जानेका छौ– श्रीकृष्ण हुन् स्वर्गको पहिलो राजकुमार, नम्बरवन। उनैले फेरि ८४ जन्म
लिन्छन्। उनैको अन्तिम जन्ममा म प्रवेश गर्छु। अब तिमी पतितबाट पावन बन्नु छ।
पतित-पावन बाबा नै हुनुहुन्छ, पानीका नदीहरूले कहाँ पावन बनाउन सक्छन् र! यी नदीहरू
त सत्ययुगमा पनि हुन्छन्। त्यहाँ त पानी धेरै शुद्ध हुन्छ। फोहरमैला आदि केही पनि
हुँदैन। यहाँ त कति फोहरमैला परिरहन्छ। बाबाले देख्नुभएको छ, त्यतिबेला त ज्ञान
थिएन। अहिले आश्चर्य लाग्छ पानीले कसरी पावन बनाउन सक्छ?
बाबाले सम्झाउनु
हुन्छ– मीठे बच्चे, कसरी बाबालाई याद गर्ने भनेर कहिल्यै पनि अल्मलिनु छैन। अरे,
तिमीले बाबालाई याद गर्न सक्दैनौ! तिनीहरू हुन् कोखका सन्तान, तिमी हौ गोदमा लिइएका
बच्चाहरू। गोदमा लिइएका बच्चाहरूले जुन पिताबाट सम्पत्ति मिल्छ उहाँलाई बिर्सिन
सक्छन् र? बेहदका बाबाबाट बेहदको सम्पत्ति मिल्छ भने उहाँलाई कहाँ भुल्न हुन्छ!
लौकिक बच्चाहरूले पितालाई बिर्सिन्छन् र! तर यहाँ मायाको अवरोध हुन्छ। मायाको युद्ध
चल्छ, सारा दुनियाँ कर्मक्षेत्र हो। आत्माले यस शरीरमा प्रवेश गरेर यहाँ कर्म गर्छ।
बाबाले कर्म-अकर्म-विकर्मको रहस्य बताउनु हुन्छ। यहाँ रावण राज्यमा कर्म विकर्म
बन्छ। त्यहाँ रावण राज्य नै हुँदैन त्यसैले कर्म अकर्म हुन्छ, कुनै विकर्म हुँदैन।
यो त धेरै सहज कुरा हो। यहाँ रावण राज्यमा कर्म विकर्म हुन्छ त्यसैले विकर्मको दण्ड
भोग्नुपर्छ। रावण अनादि हो, यस्तो कहाँ भनिन्छ र। होइन, आधा कल्प हुन्छ रावण राज्य,
आधा कल्प हुन्छ रामराज्य। तिमी जब देवता थियौ तब तिम्रो कर्म अकर्म हुन्थ्यो। यो हो
ज्ञान। बच्चा बनेका छौ, त्यसैले फेरि पढाइ पनि पढ्नुपर्छ। फेरि अरू धन्दा आदिको
ख्याल पनि आउनु हुँदैन। तर गृहस्थ व्यवहारमा रहेर धन्दा आदि पनि गर्नेवाला हौ,
त्यसैले बाबा भन्नुहुन्छ कमल फूल समान पवित्र बन। तिमी यस्ता देवता बन्नेवाला हौ।
त्यो निसानी विष्णुलाई दिइएको छ किनकि तिमीलाई सुहाउँदैन। उनलाई सुहाउँछ। तिनै
विष्णुका दुई रूप लक्ष्मी-नारायण बन्ने छन्। उनी हुन् नै अहिँसा परमो देवी-देवता
धर्म। न कुनै काम कटारीको विकार हुन्छ, न कुनै लडाइँझगडा आदि हुन्छ। तिमी डबल
अहिँसक बन्छौ। सत्ययुगको मालिक थियौ। नाम नै छ गोल्डेन एज, कञ्चन दुनियाँ। आत्मा र
काया (शरीर) दुवै कञ्चन बन्छन्। कञ्चन काया कसले बनाउँछ? बाबाले। अहिले त आइरन एज
हो नि। अहिले तिमीले भन्छौ सत्ययुग बितेर गयो। हिजो सत्ययुग थियो नि! तिमीले राज्य
गर्थ्यौ। तिमी ज्ञानसागर बन्दै जान्छौ। सबै उस्तै बन्दैनन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) म आत्मा अकाल तख्तनसीन हुँ, यस स्मृतिमा रहनु छ, हद र बेहदबाट पर जानु छ त्यसैले
हदमा बुद्धि फसाउनु छैन।
२) बेहदका बाबाबाट
बेहदको सम्पत्ति मिल्छ, यस नसामा रहनु छ। कर्म-अकर्म-विकर्मको गतिलाई जानेर
विकर्मबाट बच्नु छ। पढाइको समयमा धन्दा आदिबाट बुद्धि निकाल्नु छ।
वरदान:–
श्रीमतको
लगामलाई टाइट गरेर मनलाई वश गर्ने बालक सो मालिक भव
दुनियाँवालाले भन्ने
गर्छन्– मन घोडा हो जुन धेरै तेज दौडन्छ, तर तिमीहरूको मन यता उता भाग्न सक्दैन
किनकि श्रीमतको लगाम बलियो छ। जब मन-बुद्धि बाहिरी दृश्यलाई देख्नतिर लाग्छ अनि
लगाम लुज भएपछि मन चञ्चल हुन्छ। त्यसैले जब-जब कुनै कुरा हुन्छ, मन चञ्चल भयो भने
श्रीमतको लगाम टाइट गर अनि लक्ष्यमा पुग्नेछौ। बालक सो मालिक हुँ– यस स्मृतिद्वारा
अधिकारी बनेर मनलाई आफ्नो वशमा राख।
स्लोगन:–
सदा निश्चय
रहोस्– जे भइरहेको छ त्यो पनि राम्रो, जे हुनेवाला छ त्यो अझै राम्रो, अनि अचल-अडोल
रहनेछौ।