21.09.25 Avyakt Bapdada Nepali Murli 02.02.2007 Om Shanti Madhuban
परमात्म प्राप्तिहरूले
सम्पन्न आत्माको निसानी– होलिएस्ट , हा इ एस्ट र रिचेस्ट
आज विश्व परिवर्तक
बापदादा आफ्ना साथी बच्चाहरूसँग मिल्न आउनुभएको छ। हरेक बच्चाको मस्तकमा तीन
परमात्म विशेष प्राप्तिहरू देखिरहनुभएको छ। एक हो– होलिएस्ट (परम पवित्र), २-
हाइएस्ट (सर्वोच्च) र ३- रिचेस्ट (सबैभन्दा धनी)। यो ज्ञानको फाउन्डेसन नै हो होली
अर्थात् पवित्र बन्नु। त्यसैले हरेक बच्चा होलिएस्ट छ, पवित्रता केवल ब्रह्मचर्य
होइन तर मन-वाणी-कर्म, सम्बन्ध-सम्पर्कमा पवित्रता। तिमीले हेर, तिमी परमात्म
ब्राह्मण आत्माहरू आदि-मध्य-अन्त्य तीनै कालमा होलिएस्ट रहन्छौ। पहिला सुरुमा आत्मा
परमधाममा रहँदा त्यहाँ पनि होलिएस्ट हुन्छौ फेरि आदिमा आउँदा आदिकालमा पनि
देवतारूपमा होलिएस्ट आत्मा रह्यौ। होलिएस्ट अर्थात् पवित्र आत्माको विशेषता हो–
प्रवृत्तिमा रहेर सम्पूर्ण पवित्र रहनु। अरू पनि पवित्र बन्छन् तर तिम्रो पवित्रताको
विशेषता हो– स्वप्न मात्र पनि अपवित्रताले मन-बुद्धिमा स्पर्श नगरोस्। सत्ययुगमा
आत्मा पनि पवित्र बन्छ र तिम्रो शरीर पनि पवित्र बन्छ। आत्मा र शरीर दुवैको पवित्रता
जुन देव आत्मा रूपमा रहन्छ, त्यो श्रेष्ठ पवित्रता हो। जति होलिएस्ट बन्छौ, त्यति
नै हाइएस्ट पनि बन्छौ। सबैभन्दा उच्चभन्दा उच्च ब्राह्मण आत्माहरू र उच्चभन्दा उच्च
बाबाका बच्चा बनेका छौ। आदिमा परमधाममा पनि हाइएस्ट अर्थात् बाबाको साथसाथै रहन्छौ।
मध्यमा पनि पूज्य आत्माहरू बन्छौ। कति सुन्दर मन्दिर बन्छन् र कति विधिपूर्वक पूजा
हुन्छ। जति विधिपूर्वक तिमी देवताहरूको मन्दिरमा पूजा हुन्छ त्यति अरूका मन्दिर
बन्छन् तर विधिपूर्वक पूजा तिम्रो देवता रूपको हुन्छ। त्यसैले होलिएस्ट पनि छौ र
हाइएस्ट पनि छौ साथै रिचेस्ट पनि छौ। दुनियाँमा भनिन्छ– रिचेस्ट इन द वर्ल्ड (विश्वमा
सबैभन्दा धनी) तर तिमी श्रेष्ठ आत्माहरू रिचेस्ट इन कल्प छौ। सारा कल्प रिचेस्ट छौ।
आफ्नो खजाना स्मृतिमा आउँछ, कति खजानाका मालिक छौ! अविनाशी खजाना जुन यो एक जन्ममा
प्राप्त गर्छौ त्यो अनेक जन्म चल्छ। अरू कसैका पनि खजाना अनेक जन्म चल्दैनन्। तर
तिम्रो खजाना आध्यात्मिक हो। शक्तिहरूको खजाना, ज्ञानको खजाना, गुणहरूको खजाना,
श्रेष्ठ सङ्कल्पको खजाना र वर्तमान समयको खजाना, यी सर्व खजाना जन्म जन्म चल्छन्।
एक जन्ममा प्राप्त भएका खजाना साथमा चल्छन् किनकि सर्व खजानाका दाता परमात्मा
बाबाद्वारा प्राप्त हुन्छन्। त्यसैले यो नशा छ– हाम्रो खजाना अविनाशी छ?
यो आध्यात्मिक
खजानालाई प्राप्त गर्नको लागि सहजयोगी बनेका छौ। यादको शक्तिबाट खजाना जम्मा गर्छौ।
यस समयमा पनि यी सर्व खजानाहरूले सम्पन्न बेफिक्र बादसाह छौ, कुनै फिक्र छ? छ फिक्र?
किनकि जति पनि यी खजाना छन् यिनलाई न चोरले लुट्न सक्छ, न राजाले खान सक्छ, न पानीले
डुबाउन सक्छ, त्यसैले बेफिक्र बादसाह हौ। त्यसैले यी खजाना सदा स्मृतिमा रहन्छन्
नि! र याद पनि सहज किन छ? किनकि सबैभन्दा धेरै यादको आधार हुन्छ एक सम्बन्ध र अर्को
प्राप्ति। जति प्यारो सम्बन्ध हुन्छ त्यति याद स्वतः आउँछ किनकि सम्बन्धमा स्नेह
हुन्छ र जहाँ स्नेह हुन्छ, स्नेहीलाई याद गर्न मुस्किल हुँदैन, बरु भुल्न मुस्किल
हुन्छ। त्यसैले बाबाले सर्व सम्बन्धको आधार बनाइदिनुभएको छ। सबैले आफूलाई सहजयोगी
अनुभव गर्छौ? वा मुस्किल योगी हौ? सहज छ? कि कहिले सहज छ, कहिले मुस्किल हुन्छ?
बाबालाई सम्बन्ध र स्नेहले याद गर्छौ भने याद गर्न मुस्किल हुँदैन र प्राप्तिहरूलाई
याद गर्छौ। सर्व प्राप्तिहरूका दाताले सर्व प्राप्तिहरू गराइदिनुभयो। त्यसैले
आफूलाई सर्व खजानाहरूले सम्पन्न अनुभव गर्छौ? खजानाहरूलाई जम्मा गर्ने सहज विधि पनि
बापदादाले सुनाउनुभयो– जे जति अविनाशी खजानाहरू छन् ती सबै खजानाहरूलाई प्राप्त
गर्ने विधि हो– बिन्दी। जसरी विनाशी खजानाहरूमा पनि बिन्दी लगाउँदै गयौ भने बढ्दै
जान्छ नि। त्यसैगरी अविनाशी खजानाहरूलाई जम्मा गर्ने विधि हो बिन्दी लगाउनु। तीन
बिन्दीहरू छन्– एक म आत्मा बिन्दी, बाबा पनि बिन्दी र ड्रामामा जे जति बित्छ त्यो
फुल स्टप अर्थात् बिन्दी। त्यसैले बिन्दी लगाउन आउँछ? सबैभन्दा धेरै सहज मात्रा कुन
हो? बिन्दी लगाउनु हो नि! त्यसैले आत्मा बिन्दी हुँ, बाबा पनि बिन्दी हुनुहुन्छ, यो
स्मृतिबाट स्वतः नै खजाना जम्मा हुन्छ। त्यसैले बिन्दीलाई सेकेन्डमा याद गर्नाले कति
खुसी हुन्छ! यी सर्व खजाना तिम्रो ब्राह्मण जीवनका अधिकार हुन् किनकि बच्चा बन्नु
अर्थात् अधिकारी बन्नु। र विशेष तीन सम्बन्धको अधिकार प्राप्त हुन्छ– परमात्मालाई
बाबा पनि बनाएका छौ, शिक्षक पनि बनाएका छौ र सदगुरु पनि बनाएका छौ। यी तीनै
सम्बन्धबाट पालना, पढाइबाट सोर्स अफ इनकम र सद्गुरुबाट वरदान मिल्छ। कति सहजै वरदान
मिल्छ? किनकि बच्चाको जन्मसिद्ध अधिकार हो बाबाको वरदान प्राप्त गर्नु।
बापदादाले हरेक
बच्चाको जम्माको खाता चेक गर्नुहुन्छ। तिमीहरू सबैले पनि आफ्नो हरेक समयको जम्माको
खाता चेक गर। जम्मा भयो वा भएन, त्यसको विधि हो– जे जति कर्म गऱ्यौ, त्यो कर्ममा
स्वयं पनि सन्तुष्ट र जसको साथमा कर्म गऱ्यौ ऊ पनि सन्तुष्ट। यदि दुवैमा सन्तुष्टता
छ भने सम्झ– कर्मको खाता जम्मा भयो। यदि स्वयंमा वा जससँग सम्बन्ध छ, त्यसमा
सन्तुष्टता आएन भने जम्मा हुँदैन।
बापदादाले सबै
बच्चाहरूलाई समयको सूचना पनि दिइरहनुहुन्छ। यो वर्तमान सङ्गमको समय सारा कल्पमा
सर्वश्रेष्ठ समय हो किनकि यो सङ्गम नै श्रेष्ठ कर्मको बीज रोप्ने समय हो। प्रत्यक्ष
फल प्राप्त गर्ने समय हो। यो सङ्गम समयमा एक एक सेकेन्ड श्रेष्ठभन्दा श्रेष्ठ छ। सबै
एक सेकेन्डमा अशरीरी स्थितिमा स्थित हुन सक्छौ? बापदादाले सहज विधि सुनाउनुभएको छ–
निरन्तर यादको लागि एक विधि बनाऊ– सारा दिनमा दुई शब्द सबैले भन्छौ र अनेकपटक भन्छौ
ती दुई शब्द हुन् “म” र “मेरो”। त्यसैले म शब्द भन्नुपर्दा बाबाले परिचय दिनुभएको
छ– म आत्मा हुँ। त्यसैले जहिले पनि म शब्द बोल्छौ त्यतिबेला यो याद गर– म आत्मा
हुँ। एक्लै म नसोच, म आत्मा हुँ, आत्मासँगै म शब्द सोच किनकि तिमीलाई त थाहा छ नि–
म श्रेष्ठ आत्मा हुँ, परमात्म पालनामा रहने आत्मा हुँ र मेरो शब्द बोल्दा सम्झ मेरो
को हुनुहुन्छ? मेरो बाबा अर्थात् बाबा परमात्मा। त्यसैले जहिले पनि म र मेरो शब्द
बोल्छौ त्यस समयमा यो पनि थप गर, म आत्मा र मेरो बाबा। जति बाबामा मेरोपन ल्याउँछौ,
त्यति याद सहज हुँदैजान्छ किनकि मेरो कहिल्यै भुलिँदैन। सारा दिनमा हेर मेरै याद
आउँछ। त्यसैले यो विधिबाट सहजै निरन्तर योगी बन्न सक्छौ। बापदादाले हरेक बच्चालाई
स्वमानको सिटमा बसाउनुभएको छ। स्वमानको लिस्ट यदि स्मृतिमा ल्यायौ भने कति लामो
हुन्छ! किनकि स्वमानमा स्थित भयौ भने देह अभिमान आउन सक्दैन। कि देह अभिमान हुन्छ
कि स्वमान हुन्छ। स्वमानको अर्थ नै हो– स्व अर्थात् आत्माको श्रेष्ठ स्मृतिको स्थान।
त्यसैले सबै आफ्नो स्वमानमा स्थित छौ? जति स्वमानमा स्थित हुन्छौ त्यति स्वतः नै
अरूलाई सम्मान दिन सकिन्छ। त्यसैले स्वमानमा स्थित रहन कति सहज छ!
त्यसैले सबै प्रसन्न
रहन्छौ? किनकि प्रसन्न रहनेले अरूलाई पनि प्रसन्न बनाइदिन्छ। बापदादाले सदा
भन्नुहुन्छ– सारा दिनमा खुसी कहिल्यै नगुमाऊ। किन? खुसी यस्तो चीज हो जहाँ एउटै
खुसीमा स्वास्थ्य पनि छ, सम्पन्नता पनि छ र सुख पनि छ। खुसी छैन भने जीवन नीरस
हुन्छ। खुसीलाई नै भनिन्छ– “खुसी जस्तो कुनै खजाना छैन।” जतिसुकै खजाना भए पनि खुसी
छैन भने खजानाबाट पनि प्राप्ति गर्न सक्दैनौ। खुसीको लागि भनिन्छ– “खुसी जस्तो कुनै
खुराक छैन।” त्यसैले स्वस्थ्य पनि खुसी हो र खुसी स्वस्थ्य पनि हो र नाम नै खुसी हो
भने सुख त भइ नै हाल्छ। त्यसैले खुसीमा तीनै चीज छन्। र बाबाले अविनाशी खुसीको खजाना
दिनुभएको छ, बाबाको खजाना गुमाउनुहुँदैन। त्यसैले सदा खुसी रहन्छौ?
बापदादाले होमवर्क
दिनुभएको छ भने खुसी रहनुछ र खुसी बाँड्नुछ किनकि खुसी यस्तो चीज हो जुन जति बाँड्छौ
त्यति बढ्छ। अनुभव गरेर हेरेका छौ! गरेका छौ नि अनुभव? यदि खुसी बाँड्यौ भने
बाँड्नुभन्दा पहिला आफ्नै खुसी बढ्छ। जसलाई खुसी गराइन्छ ऊ भन्दा पहिला स्वयं खुसी
हुन्छौ। त्यसैले सबैले होमवर्क गरेका छौ? गरेका छौ? जसले गरेका छौ उनले हात उठाऊ।
जसले गरेका छौ– तिमीहरू खुसी हुनुछ, कारण होइन निवारण गर्नुछ, समाधानस्वरूप बन्नुछ।
हात उठाऊ। अहिले यो त भन्दैनौ नि– यो भयो! बापदादाको पासमा कति बच्चाहरूले आफ्नो
रिजल्ट पनि लेखेका छन्– हामी कति पर्सेन्ट ओ.के. रहेका छौँ। र लक्ष्य राख्यौ भने
लक्ष्यबाट लक्षण स्वतः नै आउँछ। अच्छा।
डबल विदेशी भाइ
बहिनीहरूसँग:–
विदेशीहरूलाई आफ्नो ओरिजिनल विदेश त भुलिँदैन होला। ओरिजिनल तिमी कुन देशका हौ, त्यो
त याद रहन्छ नि त्यसैले सबैले तिमीलाई भन्छन्– डबल विदेशी। केवल विदेशी होइनौ, डबल
विदेशी। त्यसैले तिमीले आफ्नो स्वीट होम परमधाम कहिल्यै भुल्दैनौ होला। त्यसैले कहाँ
रहन्छौ? बापदादाको दिलतख्तनसिन छौ नि। बापदादा भन्नुहुन्छ– जहिलेसुकै पनि कुनै पनि
सानो-ठुलो समस्या आए पनि त्यो समस्या होइन तर पेपर हो अगाडि बढाउनको लागि। त्यसैले
बापदादाको दिलतख्त त तिम्रो अधिकार हो। दिलतख्तनसिन बन्यौ भने समस्या खेलौना बन्छ।
समस्याबाट डराउँदैनौ, खेल्छौ। खेलौना हो। सबै उड्तीकलाका हौ नि? तिम्रो उड्तीकला छ?
वा चल्नेहरू हौ? उड्नेवाला हौ वा चल्नेहरू हौ? जो उड्नेवाला हुन् उनीहरूले हात उठाऊ।
उड्नेहरू। आधा आधा हात उठाइरहेका छन्। उड्नेवाला हौ? अच्छा। कहिलेकाहीँ उड्न छोड्छौ
कि? चलिरहेका छौ होइन, कतिले बापदादालाई भन्छन्– बाबा हामी धेरै राम्रो चलिरहेका
छौँ। बापदादा भन्नुहुन्छ– चलिरहेका छौ वा उडिरहेका छौ? अहिले चल्ने समय होइन, उड्ने
समय हो। उमङ्ग-उत्साहका, हिम्मतका पङ्ख लागेका छन्। त्यसैले पङ्खबाट उड्नुहुन्छ।
त्यसैले दिनहुँ चेक गर, उड्तीकलामा उडिरहेका छौ? राम्रो छ, रिजल्टमा बापदादाले
हेर्नुभएको छ– सेन्टरहरू विदेशमा पनि बढिरहेका छन्। र बढ्दै जानु नै छ। जसरी डबल
विदेशी हौ त्यसैगरी डबल सेवा मनसा पनि, वाचा पनि साथसाथै गर्दै जाऊ। मनसा
शक्तिद्वारा आत्माहरूको आत्मिक वृत्ति बनाऊ। वायुमण्डल बनाऊ। अहिले दु:ख बढ्दै गएको
देखेर रहम आउँदैन? तिम्रो जड चित्रको अगाडि चिच्याइरहन्छन्, कृपा गर, कृपा गर, अब
दयालु कृपालु रहमदिल बन। आफैमाथि पनि रहम र आत्माहरूमाथि पनि रहम। राम्रो छ– हरेक
सिजनमा, हरेक टर्नमा आउँछौ। यसमा सबैलाई खुसी हुन्छ। त्यसैले उड्दै जाऊ र उडाउँदै
जाऊ। राम्रो छ, रिजल्टमा बापदादाले देख्नुभएको छ– अहिले आफूलाई परिवर्तन गर्नमा पनि
फास्ट गइरहेका छौ। त्यसैले स्वको परिवर्तनको गतिले विश्व परिवर्तनको गति बढाउँछ।
अच्छा।
जो पहिलो पटक आएका छ
ौ उनी हरू उठ:–
तिमीहरू सबैलाई ब्राह्मण जन्मको बधाई छ। अच्छा मिठाई त मिल्छ तर बापदादाले दिलखुश
मिठाई खुवाइरहनुभएको छ। पहिलो पटक मधुबन आउनुको यो दिलखुश मिठाई सदा याद राख्नु।
त्यो मिठाई त मुखमा हाल्यो र खतम हुन्छ तर यो दिलखुश मिठाई सदा साथ रहन्छ। राम्रै
भयो आयौ, बापदादा र देश विदेशका सारा परिवार तिमी आफ्ना भाइ बहिनीहरूलाई देखेर खुसी
भइरहेका छन्। सबैले हेरिरहेका छन्, अमेरिकाकाले पनि हेरिरहेको छ भने अफ्रिकाकाले पनि
हेरिरहेका छन्, रसियाकाले पनि हेरिरहेका छन्, लन्डनकाले पनि हेरिरहेका छन्, ५
खण्डकाले नै हेरिरहेका छन्। त्यसैले तिमीहरू सबैलाई त्यहाँ बसेरै जन्मदिनको बधाई
दिइरहेका छन्। अच्छा।
बापदादाको रुहानी
ड्रिल याद छ नि! अहिले बापदादाले हरेक बच्चासँग चाहे नयाँ हुन्, चाहे पुराना हुन्,
चाहे साना हुन् चाहे ठुला हुन्, साना अझै छिटो बाबासमान बन्न सक्छन्। त्यसैले अहिले
सेकेन्डमा जहाँ मन लगाउन चाहन्छौ त्यहाँ मन एकाग्र होस्। यो एकाग्रताको ड्रिल सदैव
गर्दै जाऊ। अहिले एक सेकेन्डमा मनको मालिक बनेर म र मेरो बाबा संसार हुनुहुन्छ,
दोस्रो न कोही, यो एकाग्र स्मृतिमा स्थित होऊ। अच्छा!
चारैतिरका सर्व तीव्र
पुरुषार्थी बच्चाहरूलाई, सदा उमङ्ग-उत्साहका पङ्खले उड्तीकलाका अनुभवीमूर्त
बच्चाहरूलाई, सदा आफ्नो स्वमानको सिटमा सेट रहने बच्चाहरूलाई, सदा रहमदिल बनेर
विश्वका आत्माहरूलाई मनसा शक्तिद्वारा सुख-शान्तिको केही न केही अञ्जुली दिने दयालु,
कृपालु बच्चाहरूलाई, सदा बाबाको स्नेहमा समाहित भएका दिलतख्तनसिन बच्चाहरूलाई,
बापदादाको यादप्यार एवं नमस्ते।
अच्छा– सबै
धेरै-धेरै-धेरै खुसी छौ, खुसी छौ! धेरै खुसी छौ? कति धेरै? त्यसैले सदा यस्तै रहने
गर। जेसुकै होस् हुन देऊ, अहिले खुसी रहनुछ। हामी उड्नुछ, कसैले तल ल्याउन सक्दैन।
पक्का! पक्का प्रतिज्ञा हो? कति पक्का? बस्, खुसी होऊ सबैलाई खुसी देऊ। कुनै पनि
कुरा राम्रो लागेन भने पनि खुसी नगुमाऊ। कुरा जाओस्, खुसी नजाओस्। कुरा त खतम हुनु
नै छ तर खुसी त साथै रहनुछ नि! त्यसैले जो साथै रहनेवाला छ त्यसलाई छोडिदिन्छौ र जो
छुट्नेवाला छ त्यो छोड्नेवालालाई राखिदिन्छौ। यस्तो नगर। अमृतवेला दिनहुँ पहिला
आफूलाई खुसीको खुराक खुवाऊ। अच्छा।
वरदान:–
स्वीट
साइलेन्सको लवलीन स्थितिद्वारा नष्टोमोहा समर्थस्वरूप भव
देह, देहका सम्बन्ध,
देहका संस्कार, व्यक्ति वा वैभव, वायुमण्डल, भाइब्रेसन सबै हुँदाहुँदै पनि तिनले
आफूतिर आकर्षित नगरून्। मानिसहरू चिच्याइरहुन् र तिमी अचल होऊ। प्रकृति, माया सबैले
लास्ट दाउ लगाउनको लागि जतिसुकै आफूतिर खिचुन् तर तिमी न्यारा र बाबाको प्यारा बन्ने
स्थितिमा लवलीन होऊ, यसलाई भनिन्छ देखेर पनि नहेर, सुनेर पनि नसुन। यही स्वीट
साइलेन्सस्वरूपको लवलीन स्थिति हो, यस्तो स्थिति बनेपछि मात्र भनिन्छ नष्टोमोहा
समर्थस्वरूपको वरदानी आत्मा।
स्लोगन:–
होली हंस बनेर
अवगुणरूपी पत्थरलाई छोडेर विशेषतारूपी मोती टिप्दै जाऊ।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
ज्वालारूप बन्नको लागि
यही धुन सदा रहोस्– अब फर्केर घर जानुछ। जानुछ अर्थात् उपराम। आफ्नो निराकारी घर
जानुछ त्यसैले आफ्नो भेष पनि त्यस्तै बनाउनुछ। त्यसैले जानुछ र सबैलाई फर्काएर
लैजानुछ– यो स्मृतिबाट स्वतः नै सर्व सम्बन्ध, सर्व प्रकृतिको आकर्षणबाट उपराम
अर्थात् साक्षी बन्छौ। साक्षी बन्नाले सहजै बाबाको साथी वा बाबासमान बन्छौ।
सूचना:– आज
अन्तर्राष्ट्रिय योग दिवस हो, सबै राजयोगी तपस्वी भाइ-बहिनीहरूले साँझ ६:३० देखि
७:३० बजेसम्म, विशेष योग अभ्यासको समयमा आफ्नो आकारी फरिस्ता स्वरूपमा स्थित भएर,
भक्तहरूको पुकार सुनेर उपकार गर्नुहुनेछ।