21.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– आफूभन्दा ठुलाबडाको आदर गर्नु यो पनि दैवीगुण हो , जो राम्रोसँग सम्झाउने होसियार बच्चाहरू छन् , उनीहरूलाई अनुसरण गर्नु छ।”

प्रश्न:–
सत्ययुगमा कुनै पनि भक्तिको रीतिरिवाज हुँदैन– किन?

उत्तर:–
किनकि ज्ञान सागर बाबाले ज्ञान दिएर सद्गतिमा पठाइदिनुहुन्छ। उनीहरूलाई भक्तिको फल मिल्छ। ज्ञान मिलेपछि मानौँ भक्तिको सम्बन्ध विच्छेद (डाइभोर्स) हुन्छ। त्यो समय नै ज्ञानको प्रारब्धको समय हो भने त्यहाँ स्वर्गमा भक्ति, तप, दान, पुण्य गर्नुपर्ने आवश्यकता नै के छ र! त्यहाँ यो कुनै पनि त्यस्तो रीति हुन सक्दैन।

ओम् शान्ति ।
पतितपावन शिव भगवानुवाच। अब बाबा बसेर बच्चाहरूलाई ज्ञान सुनाउनुहुन्छ। तिमी बच्चाहरूलाई सम्झाइएको छ, म यहाँ आएपछि पतितहरूलाई पावन बनाउनको लागि मैले ज्ञान सुनाउँछु, अरू कसैले यो ज्ञान सिकाउन सक्दैन। उनीहरूले पनि भक्ति नै सिकाउँछन्। ज्ञान केवल तिमी बच्चाहरूले सिक्छौ जसले आफूलाई ब्रह्माकुमार-कुमारी मान्छौ। देलवाडा मन्दिर तिम्रो सामुन्ने उभिएको छ। त्यहाँ पनि राजयोगको तपस्यामा बसेका देखिन्छन्। जगदम्बा पनि छिन्, प्रजापिता पनि छन्। कुमारी कन्या, अधर कुमारी पनि छन्। बाबाले राजयोग सिकाइरहनुभएको छ। माथि राजधानीका चित्रहरू पनि रहेका छन्। बाबाले कुनै भक्ति सिकाउनुहुन्न। भक्ति पनि उहाँको गर्छन् जसले सिकाएर जानुभएको हो। तर उनीहरूलाई थाहा छैन, कसले राजयोग सिकाएर राजधानी स्थापन गरेर जानुभएको हो। तिमी बच्चाहरूलाई अहिले थाहा भएको छ, भक्ति भिन्नै कुरा हो, ज्ञान भिन्नै कुरा हो। ज्ञान सुनाउने एक बाबा मात्र हुनुहुन्छ, अरू कसैले सुनाउन सक्दैन। ज्ञानका सागर एक बाबा मात्र हुनुहुन्छ। उहाँ नै आएर ज्ञानद्वारा पतितहरूलाई पावन बनाउनुहुन्छ। जति पनि अरू सतसङ्ग छन्, तिनबाट कसैले पनि ज्ञान सिकाउन सक्दैनन्। भन्न त आफूलाई श्री श्री १०८ जगद्गुरु, भगवान पनि भन्छन् तर यस्तो कसैले भन्दैनन्– म सबैको परमपिता ज्ञान सागर हुँ, उनीहरूलाई त कसैले परमपिता भन्दै भन्दैनन्। यो कुरा त उनीहरूलाई थाहा नै छ, परमपिता पतितपावन हुनुहुन्छ। यी प्वइन्टहरू राम्रोसँग बुद्धिमा राख्नु छ। मानिसहरूले भन्छन्, यी ब्रह्माकुमारीहरूले त भक्तिलाई छोडिदिन्छन्। तर ज्ञान मिलिसकेपछि त भक्तिलाई छोडिदिनु नै छ। यस्तो होइन, भक्तिमा जानेबेलामा यो थाहा हुन्छ– हामीले ज्ञानलाई छोडिदिन्छौँ। होइन, उनीहरू त स्वतः रावण राज्यमा आउँछन्। अहिले तिमीले समझ पाएका छौ, बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ। यो राजयोगको ज्ञान हो, यसलाई भक्ति भनिँदैन। भगवान ज्ञान सागर हुनुहुन्छ, उहाँले कहिल्यै भक्ति सिकाउनुहुन्न। भक्तिको फल नै ज्ञान हो। ज्ञानबाट सद्गति हुन्छ। कलियुगको अन्त्यमा सबै दुःखी छन्, त्यसैले यो पुरानो दुनियाँलाई दुःखधाम भनिन्छ। यी कुराहरू अहिले तिमीले बुझेका छौ। बाबा भक्तिको फल अर्थात् सद्गति दिन आउनुभएको छ। बाबाले राजयोग सिकाइरहनुभएको छ। यो पुरानो दुनियाँ हो, जसको विनाश हुनु छ। हामीलाई नयाँ दुनियाँमा राज्य भाग्य चाहिएको छ। यो राजयोगको ज्ञान हो। ज्ञान सिकाउने एक मात्र परमपिता परमात्मा शिव हुनुहुन्छ। उहाँलाई नै ज्ञान सागर भनिन्छ, श्रीकृष्णलाई भनिँदैन। श्रीकृष्णको महिमा नै छुट्टै छ। पक्कै पनि अघिल्लो जन्ममा यस्तो कर्तव्य गरेका होलान्, जसले गर्दा राजकुमार बनेका हुन्। अहिले तिमीलाई थाहा छ, हामीले राजयोगको ज्ञान लिएर नयाँ दुनियाँमा स्वर्गका राजकुमार-राजकुमारी बन्छौँ। स्वर्गलाई सद्गति, नर्कलाई दुर्गति भनिन्छ। हामीले आफ्नै लागि राज्य स्थापन गरिरहेका छौँ। बाँकी जसले यो ज्ञान लिँदैनन्, पावन बन्दैनन् उनीहरू राजधानीमा आउन सक्दैनन् किनकि सत्ययुगमा देवताहरू धेरै कम हुन्छन्। कलियुगको अन्त्यमा जति यति अनेक मानिसहरू छन्, तिनीहरू पक्कै पनि मुक्तिधाममा हुन्छन्। गुम हुँदैनन्, सबै घर जान्छन्। अहिले त बच्चाहरूलाई घरको याद हुन्छ– अब ८४ जन्मको चक्र पूरा हुन्छ। नाटक पूरा हुन्छ। अनेकपटक चक्कर लगाएका छौ। यो तिमी ब्राह्मण बच्चाहरूलाई नै थाहा छ। ब्राह्मण त बन्दै जान्छन्। १६१०८ को माला हुन्छ। सत्ययुगमा त धेरै देवताहरू हुँदैनन्। सत्ययुगको मोडल रूप पनि देखाउँछन् नि! ठुलो कुराको मोडल सानो हुन्छ। जस्तै सुनको द्वारिका देखाउँछन्। भनिन्छ– द्वारिकामा श्रीकृष्णको राज्य थियो। अब द्वारिकामा भन्ने कि दिल्लीमा भन्ने? यमुनाको किनार त यता दिल्लीमा छ। त्यहाँ त सागर छ। यो त तिमी बच्चाहरूले बुझेका छौ, यमुनाको किनार राजधानी (क्यापिटल) थियो। द्वारिका राजधानी होइन। दिल्ली प्रसिद्ध छ। यमुना नदी पनि हुनुपर्छ। यमुनाको महिमा छ। परिस्तान दिल्लीलाई नै भनिन्छ। ठुलो गद्दी दिल्लीमा नै हुन्छ। अब त तिमी बच्चाहरूले बुझेका छौ, भक्तिमार्ग खतम भएर ज्ञानमार्ग हुन्छ। यो दैवी राजधानी स्थापन भइरहेको छ। बाबा भन्नुहुन्छ– को को कति पास हुन्छन्, पछि गएर तिमीलाई सबै थाहा हुनेछ। स्कुलमा पनि थाहा हुन्छ, फलाना फलाना यति नम्बर पाएर पास भएका छन्। अब माथिल्लो क्लासमा जान्छन्। अन्तिम समयमा धेरै थाहा हुनेछ। को को पास हुन्छन्, जो फेरि माथिल्लो क्लासमा जान्छन्। यो क्लास त ठुलो हुन्छ नि! यो बेहदको क्लास हो। सेन्टरहरू दिनप्रतिदिन बढ्दै जान्छन्। राम्रोसँग कसैले आएर ७ दिनको कोर्स लिनेछन्। एक-दुई दिनको कोर्स पनि कम होइन। देख्छन्, कलियुगको विनाश सामुन्ने उभिएको छ, अब सतोप्रधान बन्नु छ। बाबाले भन्नुभएको छ, बुद्धियोग मसँग लगायौ भने सतोप्रधान बन्छौ। पवित्र दुनियाँमा आउँछौ, पार्ट त पक्कै खेल्नु नै छ। जसरी ड्रामामा कल्प पहिला पार्ट खेलिसकिएको छ। तिमीहरूले नै राज्य गर्थ्यौ, फेरि वृद्धि भएको छ। वृक्ष वृद्धि हुँदैजान्छ। तिमीहरू देवीदेवता धर्मका हौ। तर पावन नभएका हुनाले ती पावन देवताहरूलाई पुज्छौ। जसरी क्रिस्चियनहरूले क्राइस्टलाई पुज्छन्। आदि सनातन देवीदेवता धर्म हुन्छ– सत्ययुगमा। बाबाले सत्ययुगको स्थापना गर्नुहुन्छ। अवश्य सत्ययुगमा यी देवताहरूको राज्य थियो। त्यसैले पक्कै पनि एक जन्म पहिला यिनीहरूले पुरुषार्थ गरेका होलान्। पक्कै पनि त्यो सङ्गम नै होला। त्यतिबेला पुरानो दुनियाँ परिवर्तन भएर नयाँ दुनियाँ हुन्छ। कलियुग परिवर्तन भएर सत्ययुग आउनु छ भने कलियुगमा पतित हुन्छन्। बाबाले सम्झाउनुभएको छ, यो लक्ष्मीनारायणको चित्र बनायौ वा पत्रपत्रिका (लिटरेचर) मा छपायौ भने त्यसमा लेखिदिनुपर्छ– यिनीहरूले यो सहज राजयोगको ज्ञानद्वारा अघिल्लो जन्ममा यो पुरुषार्थ गरेका हुन्। केवल राजारानी त हुँदैनन्। प्रजा पनि त बन्छन् नि! अज्ञानमा त मानिसहरूलाई केही पनि थाहा हुँदैन, केवल पूजा गरिरहन्छन्। अहिले तिमीले बुझेका छौ, उनीहरूले पूजा गर्छन् त्यसैले केवल लक्ष्मीनारायणलाई नै हेरिरहन्छन्। ज्ञान केही पनि हुँदैन। मानिसहरूले सम्झन्छन्, भक्तिविना भगवान नै मिल्नुहुन्न। तिमीले कसैलाई भगवान आउनुभएको छ भन्यौ भने तिमीलाई हाँसोमा उडाउँछन्। भगवान त कलियुगको अन्त्यमा आउनुहुन्छ, अनि अहिले कहाँबाट आउनुभयो! कलियुगको अन्त्यमा पनि किन भन्छन्, यो पनि बुझ्दैनन्। उनीहरूले त श्रीकृष्णलाई द्वापरमा लगेका छन्। मानिसहरूलाई जे आउँछ त्यही नबुझिकनै भनिदिन्छन्, त्यसैले बाबा भन्नुहुन्छ– तिमी एकदमै समझविहीन बनेका छौ। बाबालाई सर्वव्यापी भनिदिन्छन्। भक्ति बाहिरबाट त धेरै सुन्दर देखिन्छ। भक्तिको चमक कति छ! तिमीसँग त केही पनि छैन। अरू कतै पनि सतसङ्ग आदिमा गयौ भने त्यहाँ पक्कै आवाज हुन्छ। गीत गाउँछन्। यहाँ त बाबाले रेकर्ड (गीत) पनि मन पराउनुहुन्न। पछि गएर सायद यो पनि बन्द हुन्छ।

बाबा भन्नुहुन्छ– यी गीत आदि सबैको सार तिमीलाई सम्झाउँछु। तिमीलाई यिनको अर्थ थाहा छ। यो पढाइ हो। तिमी बच्चाहरूलाई थाहा छ, हामीले राजयोग सिकिरहेका छौँ। कम पढ्यौँ भने हामी प्रजामा जान्छौँ, त्यसैले जो धेरै होसियार छन्, उनीहरूलाई अनुसरण गर्नुपर्छ किनकि उनीहरूको पढाइमा धेरै अटेन्सन हुन्छ, त्यसैले त्यसबाट फाइदा हुन्छ। जसले राम्रोसँग सम्झाउँछन्, उनीहरूबाट सिक्नुपर्छ। जसले राम्रोसँग सम्झाउँछन्, उनीहरूलाई सेन्टरहरूमा याद गर्छन् नि! सेन्टरहरूमा ब्रह्माकुमारी त बसेकी हुन्छन्, तैपनि भन्छन् फलानी आए हुन्थ्यो। सम्झन्छन्, यिनी धेरै होसियार छिन्। त्यसो हो भने फेरि उनको आदर पनि गर्नुपर्छ। ठुलाबडाको फेरि त्यसै पनि आदर गर्नुपर्छ। यिनी ज्ञानमा हामीभन्दा तीक्ष्ण छिन्, पक्कै यिनलाई उच्च पद मिल्छ, यसमा अहङ्कार आउनुहुँदैन। ठुलाको ठुलै इज्जत हुन्छ। राष्ट्रपति (प्रेसिडेन्ट) को इज्जत पक्कै धेरै हुन्छ। हरेकको नम्बरवार इज्जत हुन्छ। एकअर्काले आदर त गर्छन् नि! वकिलमा पनि नम्बरवार हुन्छन्। ठुलो मुद्दामा धेरै होसियार वकिल राख्छन्। कोही कोहीले त मुद्दा हेरेको लाख रुपैयाँको पनि लिन्छन्। नम्बरवार पक्कै हुन्छन्। कोही हामीभन्दा होसियार छन् भने आदर गर्नुपर्छ। सेन्टर सम्हाल्नु छ। सबै काम पनि गर्नु छ। बाबालाई सारा दिन विचार आइरहन्छ नि! प्रदर्शनी कसरी लगाउने, यसमा पूरा अटेन्सन दिनु छ। हामी तमोप्रधानबाट सतोप्रधान कसरी बन्ने। बाबा आउनुभएकै सतोप्रधान बनाउनको लागि हो। पतितपावन बाबा मात्रै हुनुहुन्छ। यहाँ फेरि भन्छन् गङ्गा पतितपावनी हुन्, त्यसमा जन्मजन्मान्तर स्नान गर्दै आएका छन्। पावन त कोही पनि बनेको छैन। यो सबै भक्ति हो। यतिबेला भन्छन् हे पतितपावन आउनुहोस्! उहाँ त पक्कै सङ्गममा आउनुहुन्छ र एकैपटक आउनुहुन्छ। हरेकको आआफ्नो रीतिरिवाज छ। जसरी नेपालमा महाअष्टमीमा बलि चढाउँछन्। सानो बच्चाको हातमा बन्दुक दिएर चलाउन लगाउँछन्। उसले पनि बलि चढाउँछ। ठुलो भएपछि एकै छप्कामा बोकालाई काटिदिन्छ। कसैले सुस्त छप्का हान्यो, एकै छप्कामा मरेन भने त्यो बलि भएन, त्यो बलि देवीलाई चढाउँदैनन्। यो सबै भक्तिमार्ग हो। हरेकको आआफ्नो कल्पना छ। कल्पनामा अनुयायी (फलोअर) बन्छन्। यहाँ फेरि यी नयाँ कुराहरू छन्। उहाँ बाबालाई त बच्चाहरूले नै चिन्न सक्छन्। एक मात्र बाबाले बसेर सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। तिमीलाई खुसी हुन्छ, हामी स्वदर्शन चक्रधारी हौँ, यो कुरा अरू कसैले बुझ्न सक्दैनन्। सभामा मैले तिमीलाई भन्छु– सर्वोत्तम ब्राह्मण कुल भूषण, स्वदर्शन चक्रधारी, अनि यसको अर्थ तिमीले बुझ्नेछौ। नयाँ कोही रहेछ भने अलमलिन्छ– यो के भनेको? स्वदर्शन चक्रधारी त विष्णु हुन्। यो नयाँ कुरा हो नि! त्यसैले तिम्रो लागि भन्छन् बाहिर मैदानमा आऊ अनि थाहा हुन्छ।

तिम्रो ज्ञानमार्ग हो। तिमीहरूले ५ विकारहरूमाथि विजय प्राप्त गर्छौ। यी असुरहरू (५ विकार) सँग तिम्रो लडाइँ छ। फेरि तिमी देवता बन्छौ, अरू कुनै लडाइँको कुरा हुँदैन। जहाँ असुर हुन्छन्, त्यहाँ देवताहरू हुँदैनन्। तिमीहरू ब्राह्मण हौ, देवता बन्छौ, जसले पुरुषार्थ गरिरहेका छौ। रुद्र ज्ञान यज्ञमा ब्राह्मण पक्कै चाहिन्छ। ब्राह्मणहरूविना यज्ञ हुँदैन। रुद्र शिव हुनुहुन्छ, फेरि श्रीकृष्णको नाम कहाँबाट आयो। तिमी दुनियाँभन्दा एकदमै न्यारा छौ। अनि तिमी छौ कति थोरै। चराहरूले सागरलाई निले। शास्त्रहरूमा दन्त्यकथाहरू कति छन्। बाबा भन्नुहुन्छ– अब ती सबै कथाहरूलाई भुलेर म एकलाई याद गर। आत्माले नै बाबालाई याद गर्छ। बाबा त एक हुनुहुन्छ नि! हे परमात्मा वा प्रभु भन्छन्, त्यसबेला लिङ्ग पनि याद आउँदैन। केवल ईश्वर वा प्रभु भनिदिन्छन्। आत्मालाई बाबाबाट आधा कल्पको सुख मिलेको छ, त्यसैले फेरि भक्तिमार्गमा आत्माले बाबालाई याद गर्छ। अहिले तिमीलाई ज्ञान मिलेको छ– आत्मा के हो, परमात्मा के हुनुहुन्छ। हामी सबै आत्माहरू मूलवतनमा रहन्छौँ, त्यहाँबाट नम्बरवार पार्ट खेल्न आउँछौँ। पहिला आउँछन् देवीदेवताहरू। भन्छन्, क्राइस्टभन्दा पहिला देवीदेवता धर्म थियो। ५ हजार वर्षको कुरा हो। उनीहरूले भनिदिन्छन्, यो ५० हजार वर्षको पुरानो कुरा हो। तर ५० हजार वर्ष पुरानो कुनै कुरा हुन सक्दैन। ड्रामा हुन्छ नै ५ हजार वर्षको। मुख्य धर्म नै यी हुन्। यिनै धर्मावलम्बीहरूकै भवन आदि हुन्छन्। पहिला सुरुमा त रजोगुणी बुद्धिका थिए। अहिले त झन् तमोगुणी बुद्धिका छन्। प्रदर्शनीमा कति सम्झाउँछन्। कसैको समझमा कहाँ आउँछ र! ब्राह्मणहरूको नै कलमी लाग्नु छ। त्यसैले बच्चाहरूलाई सम्झाइएको छ– ज्ञान अलग कुरा हो, भक्ति अलग कुरा हो। ज्ञानबाट सद्गति हुन्छ, त्यसैले भन्छन् पनि हे पतितपावन आउनुहोस्, दुःखबाट मुक्त (लिबरेट) गर्नुहोस्, फेरि मार्गदर्शक (गाइड) बनेर साथमा लैजानुहुनेछ! बाबा आएर आत्माहरूलाई लैजानुहुन्छ। शरीर त सबै खतम हुन्छन्। विनाश हुनेछ नि! शास्त्रहरूमा एउटै महाभारतको लडाइँ हुन्छ भनिएको छ। भन्छन् पनि यो त्यही महाभारतको लडाइँ हो। त्यो त हुनु नै छ। सबैलाई बाबाको परिचय दिइराख। तमोप्रधानबाट सतोप्रधान बन्ने उपाय त एउटै छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन् र आत्मा मसँग जानेछ। सबैलाई सन्देश दिइराख, अनि धेरैको कल्याण हुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) जो पढाइमा होसियार छन्, राम्रोसँग सम्झाउँछन्– उनीहरूकै सङ्गत गर्नु छ, उनीहरूलाई आदर गर्नु छ। कहिल्यै पनि अहङ्कारमा आउनु छैन।

२) ज्ञानका नयाँ नयाँ कुराहरूलाई राम्रोसँग बुझ्नु वा सम्झाउनु छ। यही खुसीमा रहनु छ– हामी स्वदर्शन चक्रधारी हौँ।

वरदान:–
न्यारा र प्यारापनको योग्यताद्वारा लगावमुक्त बन्ने सहजयोगी भव

सहजयोगी जीवनको अनुभव गर्नको लागि ज्ञानसहित न्यारा बन, केवल बाहिरबाट न्यारा बन्ने होइन तर मनको लगाव नहोस्। जति जो न्यारा बन्छ, उति प्यारो अवश्य बन्छ। न्यारा अवस्था प्यारो लाग्छ। जो बाहिरको लगावबाट न्यारा छैनन्, उनीहरू प्यारा बन्नुको सट्टा हैरान हुन्छन्, त्यसैले सहजयोगी अर्थात् न्यारा र प्यारापनको योग्यता भएका, सबै लगावहरूबाट मुक्त।

स्लोगन:–
स्व-पुरुषार्थ र सेवाको सन्तुलनद्वारा बन्धन, सम्बन्धमा परिवर्तन हुनेछ।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

दाताका बच्चाहरूले हर पल हर सङ्कल्पमा दिनु छ। दाताको मुख्य गुण उदारचित्त हो। उनीहरू अरूको उद्धारको निमित्त बन्छन्। त्यसैले सदैव सम्झ– हामी दाताका बच्चा हौँ, एक सेकेन्ड पनि दिनेबाहेक अरू काम नहोस्, उनैलाई महादानी भनिन्छ। सदैव दिने द्वार खुला होस्, जसरी मन्दिरको ढोका सदैव खुला हुन्छ, त्यसैगरी दाताका बच्चाको दिने द्वार कहिल्यै बन्द नहोस्।