21.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बिहान सबेरै उठेर बाबासँग मीठा मीठा कुरा गर , विचार सागर मन्थन गर्नको लागि सबेरै को समय धेरै राम्रो हुन् छ।”

प्रश्न:–
भक्तहरूले पनि भगवानलाई सर्वशक्तिमान् भन्छन् र तिमी बच्चाहरूले पनि भन्छौ, तर दुवैमा अन्तर के छ?

उत्तर:–
उनीहरूले भन्छन्– भगवानले त जे चाह्यो त्यो गर्न सक्नुहुन्छ। सबै कुरा उहाँको हातमा छ। तर तिमीलाई थाहा छ, बाबाले भन्नुभएको छ– म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। ड्रामा सर्वशक्तिमान् छ। बाबालाई सर्वशक्तिमान् त्यसैले भनिन्छ किनकि उहाँसँग सबैलाई सदगति दिने शक्ति छ। यस्तो राज्य स्थापना गर्नुहुन्छ जसलाई कहिल्यै कसैले खोस्न सक्दैन।

ओम् शान्ति ।
कसले भन्नुभयो? बाबाले। ओम् शान्ति– यो कसले भन्नुभयो? दादाले। अब तिमी बच्चाहरूले यो कुरा जानेका छौ। उच्चभन्दा उच्चको महिमा त धेरै ठुलो छ। भनिन्छ– सर्वशक्तिमान् हुनुहुन्छ भने के गर्न सक्नुहुन्न। तर यी भक्तिमार्गकाले त सर्वशक्तिमानको अर्थ धेरै ठुलो निकाल्छन् होला। बाबा भन्नुहुन्छ– ड्रामा अनुसार सबै कुरा हुन्छ, मैले केही पनि गर्दिनँ। म पनि ड्रामाको बन्धनमा छु। केवल तिमीले बाबालाई याद गरेमा सर्वशक्तिमान् बन्छौ। पवित्र बनेमा तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले सिकाउनुछ। प्यारा बच्चाहरू! मलाई याद गरेमा विकर्म विनाश हुन्छन् त्यसपछि सर्वशक्तिमान् बनेर विश्वमा राज्य गर्नेछौ। शक्ति भएन भने कसरी राज्य गर्नेछौ। शक्ति मिल्छ योगबाट त्यसैले भारतवर्षको प्राचीन योगको धेरै गायन गरिन्छ। तिमी बच्चाहरू नम्बरवार याद गरेर खुसीमा आउँछौ। तिमीलाई थाहा छ– हामी आत्माहरूले बाबालाई याद गरेमा विश्वमा राज्य प्राप्त गर्न सक्छौँ। कसैको तागत छैन जसले खोस्न सक्छ। उच्चभन्दा उच्च बाबाको महिमा सबैले गर्छन् तर केही पनि बुझ्दैनन्। एउटा पनि मानिस छैन जसलाई यो थाहा छ– यो नाटक हो। यो नाटक हो भन्ने बुझेका भए त सुरुदेखि अन्त्यसम्म त्यो याद आउनुपर्छ। नत्र नाटक भन्नु नै गलत हुन्छ। भनिन्छ पनि– यो नाटक हो, हामी पार्ट खेल्न आएका हौँ। त्यसैले त्यो नाटकको आदि-मध्य-अन्त्यलाई पनि जान्नुपर्छ नि। यो पनि भनिन्छ– हामी माथिबाट आउँछौँ त्यसैले त वृद्धि हुँदै जान्छ नि। सत्ययुगमा त थोरै मानिसहरू थिए। यति सबै आत्माहरू कहाँबाट आए, यो कसैले बुझ्दैनन्– यो अनादि बनिबनाउ अविनाशी ड्रामा हो, जुन आदिदेखि अन्त्यसम्म दोहोरिइरहन्छ। तिमीले सुरुदेखि अन्त्यसम्म सिनेमा हेर फेरि रिपिट गरेरे हेरेमा चक्र अवश्य हुबहु रिपिट हुन्छ। अलिकति पनि फरक हुँदैन।

बाबाले मीठा-प्यारा बच्चाहरूलाई कसरी बसेर सम्झाउनुहुन्छ। बाबा कति मीठो हुनुहुन्छ। बाबा हजुर कति मीठो हुनुहुन्छ। बाबा बस्, अब त हामी जान्छौँ आफ्नो सुखधाममा। अहिले यो थाहा भयो– आत्मा पावन बन्यो भने दुध पनि त्यहाँ पावन मिल्छ। श्रेष्ठाचारी माताहरू धेरै मीठा हुन्छन्, समयमा बच्चालाई आफै दुध पिलाउँछन्। बच्चालाई रुने आवश्यकता हुँदैन। यसरी यसरी यो विचार सागर पनि मन्थन गर्नुपर्छ। सबेरै बाबासँग कुरा गर्दा धेरै मजा आउँछ। बाबा हजुरले कति राम्रो युक्ति बताउनुहुन्छ, श्रेष्ठाचारी राज्य स्थापना गर्ने। फेरि हामी श्रेष्ठाचारी माताहरूको गोदमा जान्छौँ। अनेक पटक हामी नै त्यो नयाँ सृष्टिमा गएका छौँ। अब हाम्रा खुसीका दिन आउँछन्। यो खुसीको खुराक हो त्यसैले गायन पनि छ– अतीन्द्रिय सुख सोध्नुछ भने गोप-गोपीहरूसँग सोध। अब हामीलाई बेहदका बाबा मिल्नुभएको छ। हामीलाई फेरि स्वर्गको मालिक श्रेष्ठाचारी बनाउनुहुन्छ। कल्प कल्प हामीले आफ्नो राज्य भाग्य लिन्छौँ। हार खान्छौँ फेरि जित्छौँ। अहिले बाबालाई याद गरेर नै रावणमाथि विजय पाउनुछ फेरि हामी पावन बन्छौँ। त्यहाँ लडाइँ, दु:ख आदिको नाम हुँदैन, कुनै खर्च हुँदैन। भक्तिमार्गमा जन्मजन्मान्तर कति खर्च गर्यौँ, कति धक्का खायौँ, कति गुरु बनायौँ। अब फेरि आधाकल्प हामीले कुनै गुरु बनाउँदैनौँ। शान्तिधाम, सुखधाम जान्छौँ। बाबा भन्नुहुन्छ– तिमी सुखधामका यात्री हौ। अब दु:खधामबाट सुखधाममा जानुछ। वाह हाम्रो बाबा! उहाँले हामीलाई कसरी पढाइरहनुभएको छ। हाम्रो यादगार पनि यहीँ छ। यो त धेरै आश्चर्यजनक कुरा हो। यो देलवाडा मन्दिरको त अपरम्पार महिमा छ। अहिले हामीले राजयोग सिक्छौँ। त्यसको यादगार त अवश्य बन्छ नि। यो हुबहु हाम्रो यादगार हो। बाबा, मम्मा र बच्चाहरू बसेका छन्। तल योग सिकिरहेका छन्, माथि स्वर्गको राज्य भाग्य छ। वृक्षमा पनि कति क्लियर छ। बाबाले कसरी साक्षात्कार गराउनुभयो फेरि बसेर चित्र बनाउन लगाउनुभयो। बाबाले नै साक्षात्कार गराउनुभयो र फेरि सुधार पनि गर्नुभयो। कति आश्चर्य छ। सारा ज्ञान नयाँ छ। कसैलाई पनि यो ज्ञानको विषयमा थाहा छैन। बाबाले नै बसेर सम्झाउनुहुन्छ, मानिसहरू कति तमोप्रधान बन्दै जान्छन्। मनुष्य सृष्टि बढ्दै जान्छ। भक्ति पनि वृद्धि हुँदा हुँदा तमोप्रधान बन्दैजान्छ। यहाँ अहिले तिमीले सतोप्रधान बन्ने पुरुषार्थ गर्छौ। गीतामा पनि मनमनाभव शब्द छ। केवल यो थाहा छैन– भगवान को हुनुहुन्छ। अब तिमी बच्चाहरूले सबेरै सबेरै उठेर विचार सागर मन्थन गर्नुछ– मानिसहरूलाई भगवानको परिचय कसरी दिने। भक्तिमा पनि मानिसहरू सबेरै सबेरै उठेर कोठामा बसेर भक्ति गर्छन्। त्यो पनि विचार सागर मन्थन भयो नि। अहिले तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। बाबाले तेस्रो नेत्र दिने कथा सुनाउनुहुन्छ। यसलाई नै फेरि तीजरीको कथा भनिदिएका छन्। तीजरीको कथा, अमरकथाको कथा, सत्य नारायणको कथा पनि प्रसिद्ध छन्। सुनाउने एक बाबा मात्रै हुनुहुन्छ जुन फेरि भक्तिमार्गमा चल्छ। ज्ञानबाट तिमी बच्चाहरू सम्पन्न बन्छौ, त्यसैले देवताहरूलाई पदमपति भनिन्छ। देवताहरू धेरै धनवान, पदमपति बन्छन्। कलियुगलाई पनि हेर र सत्ययुगलाई पनि हेर– रातदिनको फरक छ। सारा दुनियाँको सफाइ हुन टाइम लाग्छ नि। यो बेहदको दुनियाँ हो। भारतखण्ड हो नै अविनाशी खण्ड। यो कहिल्यै प्राय: लोप हुँदैन। एउटै खण्ड रहन्छ– आधाकल्प। फेरि अरू खण्ड इमर्ज हुन्छन् नम्बरवार। तिमी बच्चाहरूलाई कति ज्ञान मिल्छ। भन– विश्वको इतिहास भूगोलले कसरी चक्कर लगाउँछ– आएर बुझ्नुहोस्। प्राचीन ऋषिमुनिहरूको कति मान छ, तर उनीहरूलाई पनि सृष्टिको आदि-मध्य-अन्त्यको विषयमा थाहा छैन। उनीहरू हठयोगी हुन्। हो, बाँकी उनीहरूमा पवित्रताको तागत छ जसबाट भारतवर्षलाई थामेका छन्। नत्र भारतवर्ष के हुन्थ्यो थाहा छैन। भवनमा रङ्ग आदि लगाइन्छ नि अनि शोभा हुन्छ। भारतवर्ष महान् पवित्र थियो, अब त्यही पतित बनेको छ। त्यहाँ तिम्रो सुख पनि धेरै समय चल्छ। तिमीसँग धेरै धन हुन्छ। तिमी भारतवर्षमा नै रहन्थ्यौ। तिम्रो राज्य थियो, हिजोको कुरा हो। फेरि पछि अन्य धर्म आएका हुन्। उनीहरूले आएर केही परिवर्तन गरेर आफ्नो नाम प्रसिद्ध गरेका छन्। अहिले उनीहरू पनि सबै तमोप्रधान बनेका छन्। अब तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। यी सबै कुरा नयाँलाई सुनाउनुछैन। पहिला सुरुमा त बाबाको पहिचान दिनुछ। बाबाको नाम, रूप, देश, काल जान्नुहुन्छ? उच्चभन्दा उच्च बाबाको पार्ट त प्रसिद्ध छ नि। अहिले तिमीलाई थाहा छ– उहाँ बाबाले नै हामीलाई निर्देशन दिइरहनुभएको छ। तिमीले फेरि आफ्नो राजधानी स्थापना गरिरहेका छौ। तिमी बच्चाहरू मेरा मदतगार हौ। तिमी पवित्र बन्छौ। तिम्रो लागि पवित्र दुनियाँ अवश्य स्थापना हुनुछ। तिमीले यो लेख्न सक्छौ– पुरानो दुनियाँ परिवर्तन हुँदैछ। फेरि यो सूर्यवंशी-चन्द्रवंशी राज्य हुन्छ। फेरि रावण राज्य हुन्छ। चित्रहरूमा सम्झाउन धेरै मीठो लाग्छ, यिनीहरूमा तिथि मिति सबै लेखिएको छ। भारतवर्षको प्राचीन राजयोग अर्थात् याद। यादबाट विकर्म विनाश हुन्छन् र पढाइबाट पद मिल्छ। दैवीगुण धारण गर्नुछ। हो, यति अवश्य हो– मायाका तुफान आउँछन्। सबेरै उठेर बाबासँग कुरा गर्नु धेरै राम्रो हुन्छ। भक्ति र ज्ञान दुवैको लागि यो समय राम्रो छ। मीठा मीठा कुरा गर्नुपर्छ। अब हामी श्रेष्ठाचारी दुनियाँमा जान्छौँ। वृद्धहरूको दिलमा त यो हुन्छ नि– हामी शरीर छोडेर गर्भमा जान्छौँ। बाबाले कति नशा चढाउनुहुन्छ। बसेर यस्ता यस्ता कुरा गर्यौ भने पनि तिम्रो जम्मा हुन्छ। शिवबाबाले हामीलाई नर्कवासीबाट स्वर्गवासी बनाइरहनुभएको छ। पहिला सुरुमा हामी आउँछौँ, सारा अलराउन्ड पार्ट हामीले खेलेका छौँ। अब बाबा भन्नुहुन्छ– यो फोहोरी चोलालाई छोडिदेऊ। देहसहित सारा दुनियाँलाई भुलिदेऊ। यो हो बेहदको संन्यास। त्यहाँ पनि तिमी वृद्ध भयौ भने साक्षात्कार हुन्छ– हामी बच्चा बन्छौँ। खुसी हुन्छ। बाल्यकाल त सबैभन्दा राम्रो छ। बिहान बसेर यस्ता यस्ता विचार सागर मन्थन गर्नुछ। प्वइन्टहरू निस्कए भने तिमीलाई खुसी हुन्छ। खुसीमा घण्टा डेढ घण्टा बित्छ। जति प्र्याक्टिस हुँदैजान्छ त्यति खुसी बढ्दैजान्छ। धेरै मजा आउँछ र फेरि घुमफिर गर्दा पनि याद गर्नुछ। फुर्सद धेरै छ, हो विघ्न पर्छन्, त्यसमा कुनै शङ्का छैन। कामधन्दामा मानिसलाई निद्रा लाग्दैन। अल्छी मानिसहरू निदाउँछन्। तिमीले जति हुन सक्छ शिवबाबालाई नै याद गरिराख। तिम्रो बुद्धिमा हुन्छ– शिवबाबाको लागि हामी भोजन बनाउँछौँ। शिवबाबाको लागि हामीले यो कर्म गर्छौं। भोजन पनि शुद्धिसँग बनाउनुछ। यस्तो चीज नहोस् जसबाट झगडा हुन्छ। बाबाले स्वयं पनि याद गर्नुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बिहान सबेरै उठेर बाबासँग मीठा मीठा कुरा गर्नुछ। दिनहुँ खुसीको खुराक खाँदै अतीन्द्रिय सुखको अनुभव गर्नुछ।

२) सत्ययुगी राजधानी स्थापना गर्न बाबाको पूरा मदतगार बन्नको लागि पावन बन्नुछ, यादबाट विकर्म विनाश गर्नुछ, भोजन पनि शुद्धिसँग बनाउनुछ।

वरदान:–
दिव्यगुणहरूको आह्वानद्वारा सबै अवगुणहरूको आहुति दिने सन्तुष्ट आत्मा भव

जसरी दीपावलीमा विशेष सफाइ र कमाइको ध्यान राखिन्छ। त्यसैगरी तिमी पनि सबै प्रकारको सफाइ र कमाइको लक्ष्य राखेर सन्तुष्ट आत्मा बन। सन्तुष्टताद्वारा नै सबै दिव्य गुणहरूको आह्वान गर्न सक्नेछौ। फेरि अवगुणहरूको आहुति स्वत: हुन्छ। भित्र जुन कमजोरीहरू, कमीहरू, निर्बलता, कोमलता रहेका छन्, तिनलाई समाप्त गरेर अब नयाँ खाता सुरु गर र नयाँ संस्कारहरूको नयाँ वस्त्र धारण गरेर सच्चा दीपावली मनाऊ।

स्लोगन:–
स्वमानको सिटमा सदा सेट रहनुछ भने दृढ सङ्कल्पको बेल्ट राम्रोसँग बाँध।


मातेश्वरीजीका अनमोल महावाक्य :–

“ यो अविनाशी ईश्वरीय ज्ञान प्राप्त गर्नको लागि कुनै पनि भाषा सिक्नुपर्दैन”

हाम्रो जुन ईश्वरीय ज्ञान छ, त्यो धेरै नै सहज र मीठो छ, यसबाट जन्मजन्मान्तरको लागि कमाइ जम्मा हुन्छ। यो ज्ञान यति सहज छ जुन कुनै पनि महान् आत्मा, अहिल्या जस्ता पत्थरबुद्धि, कुनै पनि धर्मका मानिसहरू, बालकदेखि वृद्धसम्म कसैले पनि प्राप्त गर्न सक्छन्। हेर, यति सहज हुँदा पनि दुनियाँवालाहरूले यो ज्ञानलाई धेरै गाह्रो सम्झन्छन्। कसैले सम्झन्छन्– हामी धेरै वेद, शास्त्र, उपनिषद् पढेर ठुला ठुला विद्वान् बन्नको लागि फेरि भाषा सिक्नुपर्छ। धेरै हठयोग गरेपछि मात्रै प्राप्ति हुन सक्छ तर यो त हामीले आफ्नो अनुभवबाट जानिसकेका छौँ– यो ज्ञान धेरै नै सहज र सरल छ किनकि स्वयं परमात्माले पढाइरहनुभएको छ, यसमा न कुनै हठक्रिया, न जप तप, न शास्त्रवादी पण्डित बन्नु, न कुनै यसको लागि संस्कृत भाषा सिक्न आवश्यक छ, यो त स्वाभाविक रूपमा आत्माले आफ्नो परमपिता परमात्मासँग योग लगाउनु हो। ठीकै छ कसैले यो ज्ञानलाई धारण गर्न नसके पनि केवल योगबाट पनि धेरै फाइदा हुन्छ। यसबाट एक त पवित्र बनिन्छ, अर्को फेरि कर्मबन्धन भस्मीभूत हुन्छन् र कर्मातित बनिन्छ, यति तागत छ यो सर्वशक्तिमान् परमात्माको यादमा। ठीकै छ उहाँले आफ्नो साकार ब्रह्मा तनद्वारा हामीलाई योग सिकाइरहनुभएको छ तर याद फेरि पनि डाइरेक्ट ती ज्योतिस्वरूप शिव परमात्मालाई गर्नुछ, त्यो यादबाट नै कर्मबन्धनको मैलो उत्रन्छ। अच्छा, ओम् शान्ति।

अव्यक्त इसारा:– स्वयं र सबैप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

शान्तिको शक्तिको प्रयोग पहिला स्वप्रति उच्च स्थितिमा रहेर तनको व्याधिलाई हेर। यो शक्तिद्वारा कर्मबन्धनको रूप, मीठो सम्बन्धको रूपमा परिवर्तन हुन्छ। यो कर्मभोग, कर्मको कडा बन्धन साइलेन्सको शक्तिबाट पानीमा कोरिएको रेखा जस्तो अस्थायी अनुभव हुन्छ। भोग्नेवाला होइन, कर्मभोग भोगिरहेको छु– यो होइन तर साक्षी दृष्टा भएर यो हिसाबकिताबको दृश्य पनि हेरिरहनेछौ।