21.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– योग अग्निले पाप भस्म गरेर सम्पूर्ण सतोप्रधान बन्नु छ , कुनै पनि पाप कर्म गर्नुहुँदैन।”

प्रश्न:–
सत्ययुगमा उच्च पद कुन आधारमा मिल्छ? यहाँको कुन नियम सबैलाई सुनाउनुछ?

उत्तर:–
सत्ययुगमा पवित्रताको आधारमा उच्च पद मिल्छ। जसले पवित्रताको कम धारणा गर्छन्, उनीहरू सत्ययुगमा ढिलो आउँछन् र पद पनि सानो पाउँछन्। यहाँ कोही आउँदा उनीहरूलाई नियम सुनाऊ– दान दिए ग्रहण छुट्छ। ५ विकारको दान दियौ भने तिमी १६ कला सम्पूर्ण बन्छौ। तिमी बच्चाहरूले पनि आफ्नो दिललाई सोध– हामीभित्र कुनै विकार त छैन?

ओम् शान्ति ।
रुहानी बाबा रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ– अहिले स्वर्गको स्थापना भइरहेको छ भनेर मानिसहरूलाई कसरी सम्झाउने। ५ हजार वर्ष पहिला पनि भारतवर्षमा स्वर्ग थियो। त्यहाँ लक्ष्मीनारायणको राज्य थियो। विचार गर्नुपर्छ, त्यतिबेला कति मानिस थिए। सत्ययुगको आदिमा बढीमा ९-१० लाख होलान्। सुरुमा वृक्ष सानो नै हुन्छ। यतिबेला कलियुगको अन्त्य हो, त्यसैले कति ठुलो भएको छ, अब यसको विनाश पनि अवश्य हुनु छ। तिमी बच्चाहरूले जान्दछौ, यो त्यही महाभारत लडाइँ हो। यतिबेला नै गीताका भगवानले राजयोग सिकाउनुभयो र देवीदेवता धर्मको स्थापना गर्नुभयो। सङ्गममा नै अनेक धर्महरूको विनाश, एक धर्मको स्थापना भएको थियो। तिमी बच्चाहरूलाई यो पनि थाहा छ, आजभन्दा ५ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो, अरू कुनै धर्म थिएन। यस्तो नयाँ दुनियाँ स्थापन गर्न बाबा सङ्गममा आउनुहुन्छ। अहिले त्यो स्थापन भइरहेको छ। पुरानो दुनियाँ विनाश हुनेछ। सत्ययुगमा एउटै भारतखण्ड थियो अरू कुनै खण्ड थिएन। अहिले त कति खण्ड छन्। भारतखण्ड पनि छ तर यसमा आदि सनातन देवीदेवता धर्म छैन। त्यो प्रायः लोप भएको छ। अब फेरि परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना गरिरहनुभएको छ। बाँकी सबै धर्म विनाश हुन्छन्। यो त याद राख्नु छ, सत्ययुग त्रेतामा कुनै अरू राज्य थिएन अरू सबै धर्म अहिले आएका हुन्। कति दुःख, अशान्ति, मारामारी छ। महाभारी महाभारत लडाइँ पनि त्यही हो। एकातिर युरोपवासी यादव पनि छन्। ५ हजार वर्ष पहिला पनि यिनीहरूले मुसलहरूको (मिसाइलहरूको) आविष्कार गरेका थिए। कौरव पाण्डव पनि थिए। पाण्डवहरूतिर स्वयं परमपिता परमात्मा मद्दतगार हुनुहुन्थ्यो। सबैलाई यही भन्नुभयो– गृहस्थ व्यवहारमा रहेर मलाई याद गरेमा तिम्रो पाप बढ्दैन र विगतका विकर्म विनाश हुन्छन्।

अहिले बाबा सम्झाउनुहुन्छ, तिमी बच्चाहरू नै जो सत्ययुगमा सतोप्रधान थियौ, तिमीहरूले नै यतिबेला ८४ जन्म लिँदा लिँदा अब तिम्रो आत्मा तमोप्रधान बनेका छ। अब सतोप्रधान कसरी बन्ने। म पतितपावन बाबालाई याद गरेपछि मात्र सतोप्रधान बन्छौ। यस योग अग्निले नै पाप भस्म हुन्छन् र आत्मा सतोप्रधान बन्छ। त्यसपछि फेरि २१ जन्मको लागि स्वर्गको वर्सा पाउँछौ। बाँकी यस पुरानो दुनियाँको विनाश त हुनु नै छ। सत्ययुगमा भारतवर्ष श्रेष्ठाचारी थियो र सृष्टिको आदिमा धेरै कम मानिस थिए। भारतवर्ष स्वर्ग थियो, अरू कुनै खण्ड थिएनन्। अहिले अरू धर्म बढ्दा बढ्दा वृक्ष कति ठुलो भएको छ र तमोप्रधान, जीर्ण भएको छ। अब यस तमोप्रधान वृक्षको विनाश र नयाँ देवीदेवता धर्मको वृक्षको स्थापना अवश्य हुनुपर्छ। सङ्गममा नै त्यो विनाश र स्थापना हुन्छ। अहिले तिमी सङ्गममा छौ। अहिले आदि सनातन देवीदेवता धर्मको कलमी लागिरहेको छ। पतित मानिसहरूलाई बाबाले पावन बनाइरहनुभएको छ, तिनीहरू फेरि देवता बन्छन्। जो पहिलो नम्बरमा थिए, जसले ८४ जन्म लिएका छन्, तिनीहरू नै फेरि पहिलो नम्बरमा आउँछन्। सबैभन्दा पहिला सुरुमा देवीदेवताहरूको पार्ट थियो। तिनीहरू नै पहिला छुट्टिएका हुन्। फेरि तिनीहरूकै पार्ट पहिला हुनुपर्छ नि! सत्ययुगमा हुन्छन् नै सर्वगुण सम्पन्न... अहिले छ विकारी दुनियाँ, रातदिनको फरक छ। अहिले विकारी दुनियाँलाई निर्विकारी दुनियाँ कसले बनाउनुहुन्छ। पुकार्छन् पनि– हे पावन बनाउने बाबा आउनुहोस्! अहिले उहाँ आउनुभएको छ। बाबा भन्नुहुन्छ– मैले तिमीहरूलाई निर्विकारी बनाइरहेको छु। यस विकारी दुनियाँको विनाशको लागि लडाइँ हुनेछ। अब उनीहरूले भन्छन्, एक मत कसरी हुन्छ किनकि अहिले अनेक मत छन् नि! यति अनेक मतमतान्तरहरू भित्र एक धर्मको मत कसले स्थापन गर्नुहुन्छ। बाबा सम्झाउनुहुन्छ– अहिले एक मतको स्थापना भइरहेको छ। बाँकी सबै विनाश हुन्छन्। आदि सनातन देवीदेवता धर्मका आत्माहरू जुन पावन थिए, उनीहरू नै फेरि ८४ जन्म भोगेर अहिले पतित बनेका छन्। फेरि बाबा आएर तिमी बच्चाहरूलाई फेरि स्वर्गको वर्सा दिइरहनुभएको छ अर्थात् असुरबाट देवता बनाइरहनुभएको छ। तिमीले जसलाई पनि सम्झाउन सक्छौ– बाबा भन्नुहुन्छ, मलाई याद गरेमा तिमी पतितबाट पावन बन्छौ। अब तिमी ज्ञान चितामा बस। चितामा बसेमा तिमी पावन बन्छौ। फेरि द्वापरमा रावणराज्य भएपछि काम चितामा बस्दाबस्दै भ्रष्टाचारी दुनियाँ बनेको छ। आजभन्दा ५ हजार वर्ष पहिला देवीदेवताहरू थिए। मानिस थोरै थिए। अहिले त आत्माहरू कति आसुरी बनेका छन्। अरू धर्म पनि थपिएर वृक्ष ठुलो भएको छ। बाबा सम्झाउनुहुन्छ– वृक्ष जीर्ण भएको छ। अब फेरि मैले एक मतको राज्य स्थापन गर्नु छ।

यहाँका मानिसहरूले भन्छन् पनि– एक धर्म एक मत होस्। यहाँका मानिसहरूले भुलेका छन्, सत्ययुगमा एउटै धर्म थियो। यहाँ त अनेक धर्म छन्। अब बाबाले आएर फेरि एक धर्म स्थापन गरिरहनुभएको छ। तिमी बच्चाहरूले राजयोग सिकिरहेका छौ। अवश्य भगवानले नै राजयोग सिकाउनुहुन्छ। यो कसैलाई थाहा छैन। कोही प्रदर्शनीको उद्घाटन गर्न आउँदा उनीहरूलाई पनि सम्झाउनुपर्छ– तपाईंले केको उद्घाटन गर्नुहुन्छ। बाबाले यस भारतवर्षलाई स्वर्ग बनाइरहनुभएको छ। बाँकी नर्कवासी सबै विनाश हुन्छन्। विनाशभन्दा पहिला जसलाई बाबाबाट वर्सा लिनु छ, उनीहरूले आएर बुझ्नुछ। यो बी.के. को जुन आश्रम छ, यो हो क्वारेन्टाइन क्लास (नयाँ जिज्ञासुलाई छुट्टै राखेर ज्ञान सुनाउनु), यहाँ ७ दिन क्लास गर्नु छ जसले गर्दा ५ विकार निस्किन्छन्। देवताहरूमा यी ५ विकार हुँदैनन्। अब यहाँ ५ विकारको दान दिनु छ, अनि ग्रहण छुट्छ। दान दिए ग्रहण छुट्छ। फेरि तिमी १६ कला सम्पूर्ण बन्छौ। भारतवर्ष सत्ययुगमा १६ कला सम्पूर्ण थियो, अहिले त कुनै कला रहेको छैन। सबै कङ्गाल बनेका छन्।

कोही उद्घाटन गर्न आए भने भन, यहाँको नियम छ, बाबा भन्नुहुन्छ– ५ विकार दान दिए ग्रहण छुट्छ। तपाईं १६ कला सम्पूर्ण देवता बन्नुहुन्छ। पवित्रता अनुसार पद पाउनुहुन्छ। बाँकी कुनै न कुनै कला कम भयो भने जन्म पनि ढिलो लिनुहुन्छ। विकारहरूको दान दिनु त राम्रो हो नि! चन्द्रमालाई ग्रहण लाग्यो भने पहिला ब्राह्मणहरूले दान लिन्थे। अहिले त ब्राह्मण ठुला मानिस भएका छन्। बिचरा गरिब मानिसहरूले त भीख मागिरहन्छन्, पुराना कपडा आदि पनि लिइरहन्छन्। वास्तवमा ब्राह्मणले पुराना कपडा लिँदैनन्, उनीहरूलाई नयाँ दिइन्छ। त्यसैले अहिले तिमीले सम्झाउँछौ, भारतवर्ष १६ कला सम्पूर्ण थियो। अहिले कलियुगी भएको छ। ५ विकारको ग्रहण लागेको छ। अहिले तिमीहरूले यी ५ विकारको दान दिएर यो अन्तिम जन्म पवित्र रह्यौ भने नयाँ दुनियाँका मालिक बन्नेछौ। स्वर्गमा धेरै कम देवताहरू थिए। पछि वृद्धि भएको हो। अब त विनाश पनि सामुन्ने छ। बाबा भन्नुहुन्छ– ५ विकारको दान दियौ भने ग्रहण छुट्छ। अब तिमीले श्रेष्ठाचारी बनेर स्वर्गको सूर्यवंशी राज्य लिनु छ भने भ्रष्टाचारलाई छोड्नुपर्छ। ५ विकारको दान देऊ। आफ्नो दिललाई सोध– हामी सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी बनेका छौँ? नारदको उदाहरण छ नि! एउटा विकार भयो भने पनि कसरी लक्ष्मीलाई वरण गर्न सक्छौ। कोसिस गरिराख, अलोयलाई आगो लगाइराख। सुन गाल्नेबेलामा, गल्दा गल्दै यदि आगो सेलायो भने खाद निस्कँदैन, त्यसैले पूरा आगोमा गाल्छन्। फेरि कचरा छुट्टिएको देखेपछि साँचोमा हाल्छन्। बाबा अब स्वयं भन्नुहुन्छ– कुनै पनि विकारमा नजाऊ। तीव्र वेगले पुरुषार्थ गर। पहिला त पवित्रताको प्रतिज्ञा गर। बाबा हजुर पावन बनाउन आउनुभएको छ, हामी कहिल्यै विकारमा जाँदैनौँ। देहीअभिमानी बन्नु छ। बाबाले हामी आत्माहरूलाई सम्झाउनुहुन्छ। उहाँ परम आत्मा हुनुहुन्छ। तिमीलाई थाहा छ, हामी पतित छौँ। आत्मामा नै संस्कार हुन्छन्। म तिमीहरूको पिताले तिमी आत्माहरूसँग कुरा गर्छु। यस्तो कसैले भन्न सक्दैन– म तिम्रो पिता परमात्मा हुँ। म पावन बनाउन आएको छु। तिमी पहिला सुरुमा सतोप्रधान थियौ, फेरि सतो, रजो, तमोमा आयौ। अहिले तमोप्रधान बनेका छौ। यतिबेला ५ तत्त्व पनि तमोप्रधान छन्, त्यसैले दुःख दिन्छन्। हरेक चीजले दुःख दिन्छ। यिनै तत्त्व सतोप्रधान बनेपछि सुख दिन्छन्। त्यसको नाम नै हो– सुखधाम। यो हो दुःखधाम। सुखधाम हो बेहदको बाबाको वर्सा। दुःखधाम हो रावणको वर्सा, अब जति श्रीमतमा चल्छौ, त्यति श्रेष्ठ बन्छौ। कल्प कल्प यिनीहरूले यस्तै पुरुषार्थ गर्छन् भनेर फेरि प्रसिद्ध हुन्छौ। यो कल्प कल्पको बाजी हो। जसले धेरै पुरुषार्थ गरिरहेका छन्, उनीहरूले आफ्नो राज्य भाग्य लिइरहेका छन्। राम्ररी पुरुषार्थ गरेको छैन भने तेस्रो दर्जामा जान्छ। थाहा छैन गएर प्रजामा पनि के बन्छ। लौकिक पिताले पनि भन्छन्– तिमीले हाम्रो नाम बदनाम गरेका छौ, निस्क घरबाट बाहिर। बेहदको बाबाले पनि भन्नुहुन्छ– तिमीलाई यस्तो मायाको थप्पड लाग्छ, जसले गर्दा सूर्यवंशी चन्द्रवंशीमा आउँदै आउँदैनौ। आफैलाई चड्कन हान्छौ।

बाबाले त भन्नुहुन्छ– वारिस बन। राजतिलक लिन चाहन्छौ भने मलाई याद गर र अरूलाई पनि याद दिलाऊ, अनि तिमी राजा बन्छौ। नम्बरवार त हुन्छन् नि! कुनै वकिलले एक एक केसको लाखौँ रुपैयाँ कमाउँछन् र कोही कोहीलाई हेर लगाउनको लागि कोट पनि हुँदैन। पुरुषार्थमा आधारित हुन्छ नि! तिमीले पनि पुरुषार्थ गर्छौ भने उच्च पद पाउँछौ। मनुष्यबाट देवता बन्नु छ। चाहे मालिक बन, चाहे प्रजा बन। प्रजामा पनि नोकरचाकर बन्छन्। विद्यार्थीको चालचलनबाट टिचरले बुझ्छन्। अचम्म यो छ, पहिला आउनेहरूभन्दा पछि आउनेहरू तीक्ष्ण भएर जान्छन् किनकि अहिले दिनप्रतिदिन परिमार्जित पोइन्टहरू मिलिरहन्छन्। बाबाले कलमी लगाउँदै जानुहुन्छ। पहिला आउनेहरू त कति भागे। नयाँ थपिँदै जान्छन्। नयाँनयाँ पोइन्ट मिल्दै जान्छन्। धेरै युक्तिले सम्झाइन्छ। बाबा भन्नुहुन्छ– धेरै गुह्य गुह्य रमणीक कुराहरू सुनाउँछु, जसले गर्दा तिमी तुरून्तै निश्चयबुद्धि हुन्छौ। जहाँसम्म मेरो पार्ट छ, मैले तिमीलाई पढाइरहनेछु। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। कर्मातीत अवस्थामा पुगेपछि पढाइ पूरा हुन्छ। बच्चाहरूले पनि बुझ्छन्। अन्त्यमा परीक्षाको रिजल्ट थाहा हुन्छ नि! यस पढाइमा पहिलो नम्बरको विषय हो– पवित्रता। बाबाको याद नरहेसम्म, बाबाको सेवा नगर्दासम्म आराम लिनुहुँदैन। तिम्रो लडाइँ छ नै मायासँग। जलाउन त रावणलाई जलाउँछन् तर जान्दैनन्, यो को हो। विजयादशमी धेरै मनाउँछन्। अहिले तिमीलाई अचम्म लाग्छ– राम भगवानकी भगवती सीता चोरिइन्। फेरि बाँदरहरूको फौज लिए। यस्तो कहिल्यै हुन सक्छ र? केही पनि बुझ्दैनन्। त्यसैले प्रदर्शनीमा आउँदा, पहिला सुरुमा बताउनुपर्छ– भारतवर्षमा यी लक्ष्मीनारायणको राज्य थियो, त्यतिबेला कति मानिस होलान्। ५ हजार वर्षको कुरा हो। अहिले कलियुग छ, त्यही महाभारी महाभारत लडाइँ पनि छ, बाबाले आएर राजयोग सिकाउनुहुन्छ। विनाश पनि हुनेछ। यहाँ एक धर्म एक मत अथवा शान्ति कसरी हुन सक्छ। एक मत हुनको लागि जति मेहनत गर्छन् त्यति नै लड्छन्। बाबा भन्नुहुन्छ– अब म ती सबैलाई आपसमा लडाएर नौनी तिमीलाई दिन्छु। बाबा सम्झाउनुहुन्छ– जसले गर्छ, उसले पाउँछ। कुनै कुनै बच्चाहरू बाबाभन्दा पनि श्रेष्ठ बन्न सक्छन्। तिमी मभन्दा पनि धनवान् विश्वको मालिक बन्छौ। म बन्दिनँ। मैले तिमी बच्चाहरूको निष्काम सेवा गर्छु। म दाता हुँ। यस्तो कसैले नसम्झनु, हामीले शिवबाबालाई ५ रुपैयाँ दियौँ। तर शिवबाबाबाट स्वर्गमा ५ पदम लिन्छौ। अनि के यो दिनु भयो र! हामीले दिन्छौँ भन्ने ठान्दछौ भने यो त शिवबाबाको ठुलो अपमान भयो। बाबाले तिमीलाई कति श्रेष्ठ बनाउनुहुन्छ। तिमीले ५ रुपैयाँ शिवबाबाको खजानामा दिन्छौ। बाबाले तिमीलाई ५ करोड दिनुहुन्छ। कौडीबाट हिराजस्तो बनाइदिनुहुन्छ। यस्तो भ्रम (संशय) कहिल्यै ल्याउनुछैन– हामीले शिवबाबालाई दियौँ। उहाँ कति भोलानाथ हुनुहुन्छ। यो कहिल्यै ख्याल आउनुहुँदैन– हामीले बाबालाई दिन्छौँ। होइन, शिवबाबाबाट हामीले २१ जन्मको लागि वर्सा लिन्छौँ। शुद्ध विचारले दिएनौ भने कसरी स्वीकार हुन्छ। बुद्धिमा सबै कुराको समझ राख्नुपर्छ। ईश्वर अर्थ दान गर्छन्, उहाँ कुनै भोको हुनुहुन्छ र? हुनुहुन्न, सम्झन्छन् हामीलाई अर्को जन्ममा मिल्छ। अहिले बाबा बसेर तिमीलाई कर्म, अकर्म, विकर्मको गति सम्झाउनुहुन्छ। यहाँ जुन कर्म गर्छौ, त्यो विकर्म नै हुन्छ किनकि अहिले रावणराज्य हो। सत्ययुगमा कर्म अकर्म हुन्छ। मैले तिमीलाई अहिले त्यस दुनियाँमा ट्रान्सफर गर्छु, जहाँ तिमीबाट विकर्म हुँदैहुँदैन। बच्चाहरू धेरै हुन्छन्, फेरि तिम्रो पैसाले पनि के गर्छ र! म कच्चा सर्राफ होइन, जसले लिन्छु र काममा आउँदैन, फेरि भरेर दिनुपर्छ। म पक्का सर्राफ हुँ। भनिदिन्छु, आवश्यकता छैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) तीव्र वेगले पुरुषार्थ गरेर विकारहरूको खादलाई योगको अग्निमा गालिदिनु छ। पवित्रताको पूरा प्रतिज्ञा गर्नु छ।

२) कर्म-अकर्म-विकर्मको गतिलाई बुद्धिमा राखेर आफ्नो सबैथोक नयाँ दुनियाँको लागि ट्रान्सफर गरिदिनु छ।

वरदान:–
श्रीमतको आधारमा खुसी , शक्ति र सफलताको अनुभव गर्ने सर्व प्राप्तिसम्पन्न भव

जुन बच्चाहरूले स्वयंलाई ट्रस्टी सम्झेर श्रीमत अनुसार चल्छन्, श्रीमतमा अलिकति पनि मनमत वा परमत मिसाउँदैनन्, उनीहरूलाई निरन्तर खुसी, शक्ति र सफलताको अनुभूति हुन्छ। पुरुषार्थ वा मेहनत थोरै हुँदा पनि प्राप्ति धेरै भएमा भनिन्छ यथार्थ श्रीमतमा चल्नेहरू। तर मायाको रोयल रूपले ईश्वरीय मतमा मनमत वा परमतलाई मिसाइदिन्छ, त्यसैले सर्व प्राप्तिहरूको अनुभव हुँदैन। यसको लागि पर्खने र निर्णय गर्ने शक्ति धारण गरेमा धोका खाँदैनौ।

स्लोगन:–
बालक सो मालिक उही हो, जसले तपस्याको बलले भाग्यविधाता बाबालाई आफ्नो बनाउँछ।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

सन्तुष्टलाई सन्तुष्ट पार्नु, स्नेहीलाई स्नेह दिनु, सहयोगीको साथमा सहयोगी बन्नु– यो महावीरता होइन। तर कोही जतिसुकै असहयोगी बने पनि आफ्नो सहयोगको शक्तिले असहयोगीलाई सहयोगी बनाउनु, यसलाई महावीरता भनिन्छ। कमजोरलाई कमजोर सम्झेर नछोड। तर उसलाई बल दिएर बलवान् बनाऊ, कमजोरलाई हाइजम्प दिन सक्ने बनाऊ अनि भनिन्छ महावीर अथवा सबैमाथि उपकार गर्ने व्यक्ति।