22.02.26 Avyakt Bapdada Nepali Murli 05.02.2009 Om Shanti Madhuban
सेवा गर्दै डबल लाइट
स्थितिद्वारा फरिस्तापनको अवस्थामा रहेर अशरीरी बन्ने अभ्यास गर
आज बापदादाले
चारैतिरका बच्चाहरूका तीन रूप देखिरहनुभएको छ– जसरी बाबाका तीनरूप जान्दछौ, त्यसैगरी
बच्चाहरूका पनि तीन रूप देखिरहनुभएको छ। जुन यस सङ्गमयुगको लक्ष्य र लक्षण हो, पहिलो
स्वरूप ब्राह्मण, दोस्रो फरिस्ता, तेस्रो देवता। ब्राह्मण सो फरिस्ता, फरिस्ता सो
देवता। त्यसैले वर्तमान समयमा अहिले विशेष कुन लक्ष्य सामुन्ने रहन्छ? किनकि फरिस्ता
नबनी देवता बन्न सकिँदैन। त्यसैले वर्तमान समयमा र स्वयंको पुरुषार्थ प्रमाण अहिलेको
लक्ष्य यही हो– फरिस्ता बन्नु। सङ्गमयुगको सम्पन्नस्वरूप फरिस्ता सो देवता बन्नुछ।
फरिस्ताको परिभाषा जान्दछौ पनि, फरिस्ता अर्थात् पुरानो दुनियाँको सम्बन्ध, संस्कार,
सङ्कल्पबाट हल्का होऊ। पुराना संस्कार सबैमा हल्का हुन्। केवल आफ्नो संस्कार,
स्वभाव, संसारमा हल्कापन होइन, तर फरिस्ता अर्थात् सर्वको सम्बन्धमा आउँदा सर्वको
स्वभाव संस्कारमा हल्कापन। यस हल्कापनको निसानी के हो? ती फरिस्ता आत्मा सर्वको
प्यारा हुनेछन्। कसै कसैको प्यारा होइन, सबैको प्यारा। जसरी ब्रह्माबाबालाई हरेकले
सम्झन्छन्– मेरा हुनुहुन्छ। मेरा बाबा भन्छन्। त्यसैगरी फरिस्ता अर्थात् सर्वको
प्रिय। कति बच्चाहरूले सोच्छन्– ब्रह्माबाबा त ब्रह्मा नै हुनुहुन्थ्यो, तर तिमी
सबैले बाबा समान ब्राह्मण आत्माहरूमा देख्यौ तिमी सबैकी प्यारी दादी, जसलाई सबैले
प्यारले अनुभव गरिरह्यौ यिनी मेरी दादी हुन्। सबैतिर स्वभाव, संस्कार र यस पुरानो
संसारमा रहँदा न्यारी र प्यारी, सबैले अधिकारले भन्छन्– हाम्री दादी। त्यसको कारण
के हो? दादी स्वयं स्वभाव, संस्कारमा हल्का रहिन्। सबैलाई मेरोपन अनुभव गराइन्।
त्यसैले उनी उदाहरण भएर रहिन्। जगदम्बालाई पनि देख्यौ तर कतिले सोच्छन्– उनी त
जगदम्बा थिइन् नि। तर दादी तिमी ब्राह्मण परिवारजस्तै साथी थिइन्। उनीसँग यदि
पुरुषार्थको विषयमा सुन्यौ वा सोध्यौ भने उनको मुखमा सदैव एउटै भनाइ रहन्थ्यो– “अब
कर्मातीत बन्नुछ।” कर्मातीत बन्ने लगनमा अरूलाई पनि यही शब्द बारम्बार याद
दिलाइरहिन्। त्यसैले हरेक ब्राह्मणको अब लक्ष्य र लक्षण विशेष यही हुनुपर्छ, छन त
त्यस्तै छ तर नम्बरवार छ। यही लगन होस्– अब फरिस्ता बन्नु नै छ। फरिस्ता अर्थात् यो
देह, यो साकार देहबाट न्यारा, सदा लाइटको देहधारी। फरिस्ता अर्थात् यी
कर्मेन्द्रियहरूको राजा।
बापदादाले पहिला पनि
सुनाउनुभएको छ, सारा सृष्टिचक्रभित्र एउटै बापदादा हुनुहुन्छ जसले शुद्ध गर्वले
भन्नुहुन्छ– मेरो एक एक बच्चा राजा बच्चा हो, स्वराज्य अधिकारी हो। त्यसैले फरिस्ता
अर्थात् स्वराज्य अधिकारी। यस्तो स्वराज्य अधिकारी आत्मा, लाइटको स्वरूपधारी। जसले
पनि यस्तो लाइट र डबल हल्कापनको स्थितिमा स्थित भएर यदि कसैसँग पनि भेटे भने
हिँड्दा-डुल्दा पनि उनीहरूको मस्तकमा आत्मा ज्योतिको भान देखिन्छ। अब यो तीव्र
पुरुषार्थको लक्ष्य र लक्षण सदा इमर्ज राख। जसरी ब्रह्माबाबामा देख्यौ, यदि कोही पनि
मिल्यो, दृष्टि लियो भने कुरा गर्दागर्दै के देखिन्थ्यो? अन्त्यमा अनुभव गरेका थियौ
ब्रह्माबाबा कुरा गर्दागर्दै पनि मीठो अशरीरी स्थितिमा स्थित हुनुहुन्थ्यो। चाहे
जतिसुकै सेवा समाचार होस्, तर अरूलाई पनि सेकेन्डमा अशरीरीपनको अनुभव गराइरहनुभयो र
कुनै पनि मुरलीमा चेक गर त बारम्बार म अशरीरी आत्मा हुँ, आत्माको पाठ एउटै मुरलीमा
कति पटक याद गराइरहनुभयो। त्यसैले अहिले समय अनुसार साना साना विस्तारका कुराहरू,
स्वभाव संस्कारका कुराहरूले अशरीरी अवस्थाबाट टाढा लगिदिन्छन्। अब यसमा परिवर्तन
हुनुपर्छ।
बापदादाले देख्नुभयो–
सेवामा रिजल्ट राम्रो भइरहेको छ, सेवाको लागि धेरैजसोमा उमङ्ग-उत्साह छ, योजना पनि
बनाइरहन्छन्, सन्देश दिनु यो पनि आवश्यक छ र बापदादाले आज पनि भिन्न भिन्न वर्गको,
भिन्न भिन्न स्थानको सेवाको राम्रो रिजल्ट देख्नुभयो तर सेवाको साथै अशरीरीपनको
वायुमण्डलले मेहनत कम र प्रभाव धेरै पार्छ। सुनेको राम्रो त लाग्छ, तर वायुमण्डलबाट
अशरीरीपनको दृष्टिले अनुभव गर्छन् र अनुभव भुलिँदैनन्। त्यसैले अहिले सेवामा विशेष
फरिस्तापनको धुन थप गर। कुनै न कुनै शान्तिको, खुसीको, सुखको, आत्मिक प्रेमको अनुभव
गराऊ। चालचलनमा प्यार, प्रेम र जुन आदरसत्कार गर्छौ, सम्बन्धबाट, परिवारबाट, त्यो त
अनुभव गरेर जान्छन् तर अब वायुमण्डल र प्रकम्पनद्वारा अतीन्द्रिय सुखको अनुभूति,
शान्तिको रुहानी नसा अनुभव गराउने कुरामा विशेष ध्यानमा राख। विशेष अनुभव गराऊ, कुनै
न कुनै अनुभव गराऊ। जसरी यहाँको कार्य प्रणालीबाट प्रभावित भएर जान्छन्– यस्तो
परिवारको प्यारको कार्य प्रणाली अरू कतै पनि मिल्दैन, त्यसैगरी अहिले कुनै न कुनै
शक्तिको, कुनै न कुनै प्राप्तिको अनुभव गरेर जाऊन्।
अब ७०-७२ वर्ष पूरा
भइरहेको छ (सन्२००९मा), यति समयको रिजल्टमा के देखियो! मेहनत गरेका छौ, तर
अहिलेसम्म ब्रह्माकुमारीहरूले काम गरिरहेका छन्, ब्रह्माकुमारीहरूको ज्ञान राम्रो
छ। दिने दाता को हुनुहुन्छ! चलाउने को हुनुहुन्छ! स्रोत को हुनुहुन्छ! तिमी सबैका
बाबा शब्द सुनेर भन्छन् पनि– यिनीहरूको बाबा हुनुहुन्छ, तर उहाँ नै मेरो बाबा
हुनुहुन्छ भन्ने अनुभव गर्न बाँकी छ, बाबाको प्रत्यक्षता अहिले गुप्तरूपमा छ। बाबा
बाबा भन्छन्, तर मेरो बाबा, म बाबाको, बाबा मेरो, यो करोडौँमा कसैको मुखबाट
निस्कन्छ।
त्यसैले सङ्गमयुगको
लक्ष्य के हो? हामी सबै आत्माहरूका बाबा आउनुभयो, वर्सा त बाबाबाट मिल्छ नि! फरिस्ता
अवस्थाबाट त्यो प्रभाव वायुमण्डल फैलिन्छ। यिनीहरूको दृष्टिबाट लाइट मिल्छ,
यिनीहरूको दृष्टिमा रुहानियतको लाइट देखिन आउँछ, त्यसैले अहिले यही तीव्र
पुरुषार्थको लक्ष्य राख– म डबल लाइट फरिस्ता हुँ, हिँड्दाडुल्दा फरिस्तास्वरूपको
अनुभूतिलाई बढाऊ। अशरीरीपनको अनुभवलाई बढाऊ। सेकेन्डमा कुनै पनि सङ्कल्पहरूलाई
समाप्त गर्नमा, संस्कार स्वभावमा डबल लाइट। कति बच्चाहरूले भन्छन्– हामी त हल्का
रहन्छौँ तर हामीलाई अरूले चिन्दैनन्। तर यस्तो डबल लाइट फरिस्ता बन त्यसपछि डबल
लाइटको लाइट कसरी छिप्न सक्छ? सानो स्थूल लाइट टर्च होस् वा सलाईको काँटी होस्,
लाइट जहाँ पनि बल्छ, छिप्दैन। यो त रुहानी लाइट हो, त्यसैले आफ्नो वायुमण्डलबाट
उनीहरूलाई अनुभव गराऊ कि यिनीहरू को हुन्! हुन त जगदम्बा वा दादीले भनेनन् मलाई
चिन्दैनन्। दादी आफ्नो वायुमण्डलबाट सर्वकी प्यारी रहिन्, त्यसैले दादीको उदाहरण
दिइन्छ किनकि ब्रह्माबाबाको लागि पनि सोच्छन्– ब्रह्माबाबामा त शिवबाबा हुनुहुन्थ्यो,
शिवबाबाको लागि पनि सोच्छन् उहाँ त हुनुहुन्छ नै निराकार, न्यारा र निराकार, हामी त
स्थूल शरीरधारी हौँ। यति ठुलो सङ्गठनमा रहनेहरू हौँ, हरेकको संस्कारको बीचमा रहनेहरू
हौँ, संस्कारलाई मिलाउनु अर्थात् फरिस्ता बन्नु। संस्कारलाई देखेर कति बच्चाहरू
निराश पनि हुन्छन्, बाबा धेरै राम्रो, ब्रह्माबाबा धेरै राम्रो, ज्ञान धेरै राम्रो,
प्राप्तिहरू धेरै राम्रा, तर संस्कार स्वभाव मिलाउनु अर्थात् सर्वको प्यारा बन्नुछ।
कोही कोहीको प्यारा होइन, किनकि कति बच्चाहरूले भन्छन्– कोही कोहीसँग प्यार
विशेषतालाई देखेर पनि हुन्छ। यिनको भाषण धेरै राम्रो छ, यसमा फलानो विशेषता धेरै
राम्रो छ, वाणी धेरै राम्रो छ, फरिस्ता बन्नमा यो स्वभावबाट विघ्न आउँछ। प्यारा
बनाऊ, तर म आत्मा न्यारा हुँ यो अनुभव गरेर न्यारा स्टेजबाट प्यारा बनाऊ। विशेषताले
प्यारा होइन। यो यसको गुण मलाई धेरै राम्रो लाग्छ नि, त्यो गुण धारण गर तर त्यस
गुणको कारण केवल कसैको प्यारा बन्नु, त्यो गलत हो। फरिस्ता सबैको प्यारा। हरेकले
भनोस्– मेरो, आफ्नोपन अनुभव होस्। यस्तो फरिस्ता अवस्थामा विघ्न दुई चीजले पार्छन्।
एक त देह भान, त्यो त स्वाभाविक रूपमा सबैलाई अनुभव छ, फेरि फेरि ६३ जन्मको देहभान
प्रकट हुन्छ र अर्को हो देह अभिमान, देह भान र देह अभिमान, ज्ञानमा जति अगाडि जान्छौ,
त्यति स्वयंप्रति पनि कहिलेकाहीँ देह अभिमान आउँछ, त्यो अभिमानले तल गिराउँछ, देह
अभिमान केमा आउँछ? जति पनि कुनै विशेषता छन् नि, ती विशेषताको कारण अभिमान हुन्छ, म
केही कम छु र, मेरो भाषण सबैलाई मन पर्छ। मेरो सेवाको प्रभाव पर्छ, कुनै पनि कला,
मेरो ह्यान्डलिङ धेरै राम्रो छ, मेरो कोर्स गराइ धेरै राम्रो छ। कुनै न कुनै ज्ञानमा
अगाडि बढ्नमा, सेवामा अगाडि बढ्नमा यो अभिमान आफैप्रति पनि आउँछ र अर्काको गुण वा
कला वा विशेषता प्रति पनि प्यार हुन्छ। तर याद को आउँछ? देहभान नै याद आउँछ नि,
फलानाको बुद्धि धेरै राम्रो छ, मेरो व्यवस्थापन धेरै राम्रो छ, यो अभिमान सेवा वा
पुरुषार्थमा अगाडि बढ्नेहरूलाई अभिमानको रूपमा आउँछ। त्यसैले यो पनि चेक गर्नुछ र
अभिमानवालालाई अभिमान छ भने यसलाई चेक गर्ने साधन हो, अभिमानवालालाई अलिकति पनि
कसैले उसको विचारको, उसको रायको, उसको कलाको, उसको व्यवस्थापनको अपमान गरिदियो भने
त्यसपछि अपमान धेरै छिटो महसुस हुन्छ। अपमान महसुस भयो भने त्यसको अझै सूक्ष्म
निसानी क्रोधको अंश रोब पैदा हुन्छ। त्यसले फरिस्ता बन्न दिँदैन। त्यसैले वर्तमान
समयको हिसाबले बापदादाले फेरि इसारा दिइरहनुभएको छ, आफ्नो सङ्गमयुगको अन्तिम स्वरूप
फरिस्ता अब जीवनमा प्रत्यक्ष गर, साकारमा ल्याऊ। फरिस्ता बनेपछि अशरीरी बन्न धेरै
सहज हुन्छ। आफ्नो चेकिङ गर– आफ्नो विशेषता वा अरू कसैको विशेषतासँग सूक्ष्मरूपमा पनि
कुनै लगाव वा अभिमान त छैन? कति बच्चाहरूको अवस्था कुनै सानो कुरा पनि भयो भने
तलमाथि हुन्छ। दिलखुश (प्रसन्न), चेहरा खुस... त्यसको सट्टा वा चिन्तनयुक्त चेहरा
वा चिन्तित चेहरा हुन्छ र हिँड्दाहिँड्दै निराश पनि हुन्छन्। दिलखुशको सट्टा निराश।
त्यसैले बुझ्यौ, अब सङ्गमयुगको अन्तिम स्टेज आफ्नो फरिस्तापनको संस्कार इमर्ज गर।
जसरी ब्रह्मा बाबालाई देख्यौ, फलो फादर गर्नुछ नि। कुरा गर्दागर्दै अन्त्यमा कति
बच्चाहरूलाई अनुभव छ, सुनाउन आए समाचार तर समाचारभन्दा पर, आवाजभन्दा पर स्थितिको
अनुभव गरेका छन्, देखेका छन्। कति कुराहरूको समाचार सुनाउन, धेरै योजना बनाएर आउँछन्–
यो बताउँछु, यो बताउँछु, यो सोध्छु... तर सामुन्ने आउँदा जे भन्नुथियो त्यही भुल्छन्।
त्यसैले यो हो फरिस्ता अवस्था। त्यसैले आज के पाठ पक्का गरियो? म को हुँ? फरिस्ता।
कुनै कुराहरूबाट, कसैको विशेषताहरूबाट वा आफ्नो विशेषताबाट, देह अभिमानबाट पर डबल
लाइट फरिस्ता किनकि फरिस्ता नबनी देवताको उच्च पद मिल्दैन। सत्ययुगमा त आउँछौ, किनकि
बच्चा बनेका छौ, वर्सा त मिल्छ तर श्रेष्ठ पद मिल्दैन। जुन वाचा छ– सदा साथमा रहनेछौँ,
साथसाथै राज्य गर्नेछौँ, तख्तमा नबसे पनि राज्य अधिकारी बनौँ, त्यहाँको राज्य सभा
देखेका छौ नि। जति पनि राज्य सभाका अधिकारी छन्, उनीहरू तिलक र ताजधारी हुन्छन्,
राज्यको तिलक, राज्यको निसानी ताज हो। त्यसैले धेरै समयको स्वराज्य अधिकारी, बीच
बीचमा होइन। धेरै समयका स्वराज्य अधिकारी तख्तमा नबसे पनि राजपरिवारका अधिकारी
बन्छन्। अच्छा।
अच्छा, आज जो पहिलो
पटक आएका छौ, उनीहरू उठ। अच्छा, पौने सभा त उठेको छ। अच्छा, जति पनि पहिलो पटक आएका
छौ, तिमीहरू सबैलाई बाबासँग साकारमा भेटेकोमा पहिलो पटकको जन्मको बधाई छ। सबै आएका
बच्चाहरूलाई बापदादाको यही वरदान छ तिमीहरू कमसेकम आएका छौ तर धेरै ढिलो (टु लेट)
को समयमा तर नयाँ आएका बच्चाहरू प्रति एक विशेष वरदान छ कहिल्यै पनि यो सङ्कल्प
नगर्नु– हामी अगाडि कसरी जान सक्छौँ? धेरै ढिलो आउनेहरूलाई, अहिले त लेट आएका छौ,
टु लेट आएका छैनौ र अहिले तिमी सबैलाई विशेष बापदादा र निमित्त बनेका ब्राह्मण
परिवारका भाइबहिनीहरूको विशेष सहयोगको भावना छ यदि तिमीले थोरै समयलाई, एक एक
सेकेन्डलाई सफल गर्ने, किनकि थोरै समयमा धेरै पाउनुछ, एक सेकेन्ड पनि व्यर्थ
नगुमाउनु, कर्मयोगी बनेर चल्नु, कर्म नछोड्नु तर कर्ममा योग थप्दै, कर्म र योगको
ब्यालेन्स राख्नुछ। त्यसैले ब्यालेन्स राख्नेलाई ब्लेसिङ छुट्टै मिल्छ। त्यसैले जति
पनि लेट आएका छौ, टु लेट केही पछि हुनेछ, तिमीलाई मौका छ, थोरै समयमा धेरै
पुरुषार्थ गर्न सक्छौ। बापदादाले वरदान दिनुहुन्छ– हिम्मते बच्चे मददे बाप छँदैछ।
सबै चारैतिरका
बच्चाहरूलाई बापदादाको दिलको आशीर्वाद, पदमगुणा बधाई र शुभकामना दिइरहनुभएको छ र
आउन बाँकी अथवा जति पनि पत्र, इमेल पठाउँछौ तिनीहरू सेकेन्डभन्दा पनि कम समयमा
बापदादाको पासमा पुग्छन्। ती सबै पठाउनेहरूलाई पनि र बापदादाका प्यासी आत्माहरू,
बाँधेलीहरू जसले मार खानुलाई पनि गलाको हार बनाइदिन्छन्, यस्ता आत्माहरूलाई पनि
यादप्यार एवं नयाँ नयाँ स्नेही आत्माहरू जो अहिले कम छन् तर निस्किरहेका छन्। स्नेही
र सहयोगी डबल हुनुपर्छ। त्यसैले चारैतिरका सबै युवा, वृद्ध, बच्चा, माताहरू, पाण्डव,
सबैलाई शुभकामना छ। अच्छा।
(रुहानी बच्चाहरूको
रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
वरदान:–
साकार र
निराकार बाबाको साथद्वारा हर सङ्कल्पमा विजयी बन्ने सदा सफलमूर्त भव
जसरी निराकार आत्मा र
साकार शरीर दुवैको सम्बन्धबाट हर कार्य गर्न सक्छौ, त्यसैगरी निराकार र साकार बाबा
दुवैलाई साथमा वा सामुन्ने राख्दै हर कर्म वा सङ्कल्प गरेमा सफलमूर्त बन्नेछौ किनकि
बापदादा सम्मुख हुनुहुन्छ भने अवश्य उहाँसँग भेरिफाई गराएर निश्चय र निर्भयताले
गर्नेछौ। यसबाट समय र सङ्कल्पको बचत हुनेछ। केही पनि व्यर्थ जाँदैन, हरेक कर्म स्वतः
सफल हुनेछ।
स्लोगन:–
रुहानी स्नेह
सम्पत्तिभन्दा पनि अधिक मूल्यवान छ त्यसैले मास्टर स्नेहको सागर बन।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन
धर्मसत्तावालाहरूको
सामुन्ने पवित्रताको शक्ति र राज्य सत्तावालाहरूको अगाडि एकताको शक्तिलाई सिद्ध गर।
यी दुवै शक्तिहरूलाई सिद्ध गरेमा ईश्वरीय सत्ताको झण्डा धेरै सहजै लहराउँछ। अब यी
दुवै कुरातिर विशेष ध्यान जानुपर्छ। जति जति पवित्रता र एकताको शक्तिले उनीहरूको
समीप सम्पर्कमा आउँदै जान्छौ त्यति उनीहरू स्वयंले नै आफ्नो वर्णन गर्न थाल्छन्।