22.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीलाई नसा हुनुपर्छ– हाम्रा पारलौकिक पिताले विश्वको आश्चर्य अर्थात् स्वर्ग बनाउनुहुन्छ , जसको मालिक हामी बन्छौं।”

प्रश्न:–
बाबाको सङ्गबाट तिमीलाई के के प्राप्तिहरू हुन्छन्?

उत्तर:–
बाबाको सङ्गबाट हामी मुक्ति, जीवनमुक्तिका अधिकारी बन्छौं। बाबाको सङ्गले तारिदिन्छ (पार लगाइदिन्छ)। बाबाले हामीलाई आफ्नो बनाएर आस्तिक र त्रिकालदर्शी बनाउनुहुन्छ । हामीले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौं।

गीत:–
धीरज धर मनुआ.....

ओम् शान्ति ।
यो कसले भन्नुहुन्छ? बच्चाहरूलाई पिताले नै भन्नुहुन्छ, सबै बच्चाहरूलाई भन्नुहुन्छ किनकि सबै दु:खी छन्, अधैर्य छन्। बाबालाई याद गर्छन्– आएर दु:खबाट मुक्त गर्नुहोस्, सुखको मार्ग बताउनुहोस्। तर मनुष्यहरूलाई, त्यसमा पनि खास यहाँकालाई हामी धेरै सुखी थियौं यो याद छैन। भारतवर्ष अति प्राचीन अद्भुत भूमि थियो। विश्वको आश्चर्य भन्छन् नि। यहाँ मायाको राज्यमा ७ आश्चर्यको गायन गर्छन्। ती हुन् स्थूल आश्चर्य। बाबाले सम्झाउनुहुन्छ– यी मायाका आश्चर्य हुन्, जसमा दु:ख छ। राम, बाबाको आश्चर्य हो स्वर्ग। त्यही विश्वको आश्चर्य हो। भारतवर्ष स्वर्ग थियो, हीराजस्तो थियो। त्यहाँ देवी देवताहरूको राज्य थियो। यो कुरा सबै बिर्सिएका छन्। हुन त देवताहरूको अगाडि शिर झुकाउँछन्, पूजा गर्छन् तर जसको पूजा गर्छन्, उनीहरूको जीवनीलाई जान्नुपर्छ नि। यो कुरा बेहदका बाबा बसेर सम्झाउनुहुन्छ, यहाँ तिमी आएका छौ पारलौकिक बाबाको पास। पारलौकिक बाबा हुनुहुन्छ– स्वर्ग स्थापना गर्नेवाला। यो कार्य कुनै मनुष्यले गर्न सक्दैन। यिनलाई (ब्रह्मालाई) पनि बाबा भन्नुहुन्छ– हे श्रीकृष्णको पुरानो, तमोप्रधान आत्मा! तिमीले आफ्नो जन्मलाई जान्दैनौ। तिमी श्रीकृष्ण थियौ तब सतोप्रधान थियौ फेरि ८४ जन्म लिँदै लिँदै अहिले तिमी तमोप्रधान बनेका छौ, तिम्रा भिन्न भिन्न नाम राखिएको छ। अहिले तिम्रो नाम ब्रह्मा राखिएको छ। ब्रह्मा नै विष्णु वा श्रीकृष्ण बन्छन्। कुरा एउटै हो– ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा। ब्रह्मा मुखवंशावली ब्राह्मण नै फेरि देवता बन्छन्। फेरि तिनै देवी-देवता शूद्र बन्छन्। अहिले तिमी ब्राह्मण बनेका छौ। अहिले बाबा बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ, यो भगवानुवाच हो। तिमी विद्यार्थी हौ। त्यसैले तिमीलाई कति खुसी हुनुपर्छ। तर त्यति खुसी रहँदैन। धनवानहरू धनको नसामा धेरै खुसी रहन्छन् नि। यहाँ भगवानका बच्चा बनेका छन् तैपनि त्यति खुसीमा रहँदैनन्। बुझ्दैनन्, पत्थरबुद्धि छन् नि। तकदिरमा छैन भने ज्ञानको धारणा गर्न सक्दैनन्। अब तिमीलाई बाबाले मन्दिर लायक बनाइरहनु भएको छ। तर मायाको सङ्ग पनि कम छैन। गायन गरिएको छ– सङ्गले तार्छ, कुसङ्गले डुबाउँछ। बाबाको सङ्गले तिमीलाई मुक्ति-जीवनमुक्तिमा लैजान्छ तर रावणको सङ्गले तिमीलाई दुर्गतिमा लैजान्छ। ५ विकारको सङ्ग हुन्छ नि। भक्तिमा भन्छन् सत्सङ्ग तर सीँढी त तल उत्रिइरहन्छन्, सिँढीमा कसैलाई धक्का लाग्यो भने अवश्य पनि तलै गिर्छ नि! सबैका सद्गतिदाता एक बाबा मात्रै हुनुहुन्छ। जो भए पनि भगवानलाई माथि तिरै हुनुहुन्छ भनी देखाउँछन्। तर बाबा बिना बच्चाहरूलाई परिचय कसले दिन्छ? बाबाले नै आफ्ना बच्चाहरूलाई आफ्नो परिचय दिनुहुन्छ। उनीहरूलाई आफ्नो बनाएर सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान दिनुहुन्छ। बाबा भन्नुहुन्छ– म आएर तिमीलाई आस्तिक पनि बनाउँछु, त्रिकालदर्शी पनि बनाउँछु। यो नाटक (ड्रामा) हो, यो कुरा साधुसन्त आदिले जानेका छैनन्। ती हुन्छन् हदका नाटक, यो हो बेहदको। यो बेहदको नाटकमा हामीले सुख पनि धेरै देख्छौं अनि दु:ख पनि धेरै देख्छौं। यस नाटकका श्रीकृष्ण र क्रिश्चियनको पनि कस्तो हिसाबकिताब छ। उनीहरूले भारतलाई लडाएर राज्य लिए। अहिले तिमी लड्दैनौ। उनीहरू आपसमा लड्छन्, राज्यभाग्य तिमीलाई मिल्छ। यो ड्रामामा निश्चित छ। यी कुरा कसैले पनि जानेका छैनन्। ज्ञान दिने ज्ञानका सागर एक बाबा मात्रै हुनुहुन्छ, जसले सबैलाई सद्गति दिनुहुन्छ। भारतवर्षमा देवी-देवताहरूको राज्य थियो, त्यतिबेला सद्गति थियो। अरू सबै आत्माहरू मुक्तिधाममा थिए। भारतवर्ष सुनको थियो। तिमीले नै राज्य गर्थ्यौ। सत्ययुगमा सूर्यवंशी राज्य थियो। अहिले तिमीले सत्यनारायणको कथा सुन्छौ। यो नरबाट नारायण बन्ने कथा हो। यो पनि ठुला अक्षरमा लेखिदेऊ– सच्चा गीताबाट भारतवर्ष सत्यखण्ड, हीराजस्तो (वर्थ पाउण्ड) बन्छ। बाबा आएर सच्चा गीता सुनाउनुहुन्छ अनि हीराजस्तो बन्छ। सहज राजयोग सिकाएपछि सम्पन्न बन्छन्। बाबाले कहानी त धेरै सम्झाउनुहुन्छ, तर बच्चाहरूले देह अभिमानको कारण बिर्सिन्छन्। देहीअभिमानी बनेमा धारणा पनि हुन्छ। देह अभिमान भएमा धारणा हुँदैन।

बाबाले सम्झाउनुहुन्छ– मैले आफूलाई सर्वव्यापी छु कहाँ भन्छु र। मलाई भन्छन् पनि, हजुर माता-पिता... यसको अर्थ के हो? हजुरको कृपाबाट अथाह सुख। अहिले त धेरै दु:ख छ। यो गायन कुन समयको हो– यो पनि बुझ्दैनन्। जसरी पक्षीहरू चुँ -चुँ गरिरहन्छन्, अर्थ केही पनि हुँदैन। त्यसैगरी यी पनि चुँ-चुँ गरिरहन्छन्, अर्थ केही पनि हुँदैन। बाबा बसेर सम्झाउनुहुन्छ, यो सबै हो दुराचार (अनराइटियस)। कसले दुराचारी बनायो? रावणले। भारतखण्ड सत्यखण्ड थियो त्यतिबेला सबैले सत्य बोल्थे, चोरी ठगी आदि केही पनि हुँदैनथ्यो। यहाँ कति चोरी आदि गर्छन्। दुनियाँमा त ठगी नै ठगी छ। यसलाई भनिन्छ नै– पापको दुनियाँ, दु:खको दुनियाँ। सत्ययुगलाई भनिन्छ सुखको दुनियाँ। यो हो विकारी, वेश्यालय, सत्ययुग हो शिवालय। बाबा बसेर कति राम्ररी सम्झाउनुहुन्छ। नाम पनि कति राम्रो छ– ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय। अहिले बाबा आएर समझदार बनाउनुहुन्छ । भन्नुहुन्छ– यी विकारहरूलाई जित्यौ भने तिमी जगतजित बन्छौ। यो काम नै महाशत्रु हो। बच्चाहरूले बोलाउँछन् पनि त्यसैले ताकि हामीलाई देवी-देवता (गड-गडेज) बनाउनुहोस्।

बाबाको यथार्थ महिमा तिमी बच्चाहरूले मात्र जानेका छौ। मनुष्यले त न बाबालाई चिनेका छन्, न बाबाको महिमालाई जानेका छन्। तिमीले जानेका छौ– उहाँ प्यारका सागर हुनुहुन्छ। बाबाले तिमीलाई यति ज्ञान सुनाउनुहुन्छ, यही उहाँको प्यार हो। शिक्षकले विद्यार्थीलाई पढाएपछि विद्यार्थी केबाट के बन्छन्। तिमी बच्चाहरू पनि बाबा जस्तै प्यारको सागर बन्नुछ, जसलाई पनि प्यारले सम्झाउनुछ। बाबा भन्नुहुन्छ– तिमीले पनि एक अर्कालाई प्यार गर। पहिलो नम्बरको प्यार हो– बाबाको परिचय दिनु। तिमीले गुप्त दान गर्छौ। एक अर्कालाई घृणा पनि गर्नुहुँदैन। नत्र तिमीले पनि डण्डा खानुपर्नेछ। कसैलाई तिरस्कार गरेमा डण्डा खानुपर्छ। कहिल्यै पनि कसैसँग घृणा नगर, तिरस्कार नगर। देह अभिमानमा आउनाले नै पतित बनेका हौ। बाबाले देहीअभिमानी बनाएपछि पावन बन्छौ। सबैलाई यही सम्झाऊ– अब ८४ को चक्र पूरा भयो। जो सूर्यवंशी महाराजा-महारानी थिए, उनै फेरि ८४ जन्म लिएर उत्रिँदै उत्रिँदै अहिले जमीनमा तल आइपुगेका छन्। अहिले बाबाले फेरि महाराजा-महारानी बनाइरहनुभएको छ। बाबाले केवल भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने पावन बन्छौ। तिमी बच्चाहरूले दयावान बनेर सारा दिन सेवाको ख्याल चलाउनुपर्छ। बाबाले निर्देशन दिइरहनुहुन्छ– मीठे बच्चे, दयावान बनेर जो बिचरा दु:खी आत्माहरू छन् ती दु:खी आत्माहरूलाई सुखी बनाऊ। उनीहरूलाई धेरै छोटो पत्र लेख्नुपर्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर अनि वर्सालाई याद गर। एक शिवबाबाको मात्रै महिमा हो। मनुष्यहरूलाई बाबाको महिमाको बारेमा पनि थाहा छैन। आफ्नो भाषामा पनि चिट्ठी लेख्न सक्छौ। बच्चाहरूमा सेवा गर्ने पनि हौसला हुनुपर्छ। धेरै यस्ता पनि छन् जो आत्माघात गर्न पनि बस्छन्, उनीहरूलाई पनि तिमीले सम्झाउन सक्छौ– जीवघात महापाप हो। अहिले तिमी बच्चाहरूलाई श्रीमत दिने शिवबाबा हुनुहुन्छ। उहाँ हुनुहुन्छ, श्री श्री शिवबाबा। तिमीलाई श्री लक्ष्मी, श्री नारायण बनाउनुहुन्छ । श्री श्री त उहाँ एक मात्रै हुनुहुन्छ। उहाँ कहिल्यै चक्रमा आउनुहुन्न। तर तिमीलाई श्री को टाइटल मिल्छ। आजकाल त सबैलाई श्री को टाइटल दिइरहन्छन्। कहाँ ती निर्विकारी, कहाँ यी विकारी– रात दिनको फरक छ। बाबाले दिनहुँ सम्झाइरहनुहुन्छ– एक त देहीअभिमानी बन र अर्को सबैलाई सन्देश पुर्याऊ। तिमी पनि पैगम्बरका बच्चा हौ। सर्वका सद्गतिदाता एउटै बाबा हुनुहुन्छ। बाँकी धर्म स्थापकलाई कहाँ गुरु भनिन्छ र। सद्गति गर्ने एउटै हुनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कसैलाई पनि घृणा गर्नुछैन। दयालु बनेर दु:खी आत्माहरूलाई सुखी बनाउने सेवा गर्नु छ। बाबा समान मास्टर प्यारको सागर बन्नुछ।

२) “हामी भगवानका सन्तान हौं” यसै नसा र खुसीमा रहनुछ। कहिल्यै मायाको उल्टो सङ्गमा जानुछैन। देहीअभिमानी बनेर ज्ञानको धारणा गर्नुछ।

वरदान:–
बाबासमान वरदानी बनेर हरेकको दिललाई आराम दिने मास्टर दिलाराम भव

जो बाबासमान वरदानी मूर्त बच्चाहरू छन्, उनीहरूले कहिल्यै कसैको कमजोरीलाई हेर्दैनन्, उनीहरू सबैमाथि रहमदिल हुन्छन्। जसरी बाबाले कसैको कमजोरी दिलमा राख्नुहुन्न, त्यसरी नै वरदानी बच्चाहरूले पनि कसैको कमजोरी दिलमा धारण गर्दैनन्, तिनीहरू हरेकको दिललाई आराम दिने मास्टर दिलाराम हुन्छन्, त्यसैले साथी हुन् वा प्रजा, सबैले उनीहरूको गुणगान गर्छन्। सबैको अन्तरबाट यही आशीर्वाद निस्कन्छ कि यिनीहरू हाम्रा सदा स्नेही, सहयोगी हुन्।

स्लोगन:–
सङ्गमयुगमा श्रेष्ठ आत्मा त्यो हो जो सदा बेफिक्र बादसाह छ।

मातेश्वरीजीक ा अनमोल महावाक्य:–

१) ज्ञानी आत्माहरूको गल्तीबाट हुने १०० गुना दण्ड

यस अविनाशी ज्ञान यज्ञमा आएर साक्षात् परमात्माको हात समातेर फेरि कारण अकारण यदि उसबाट विकर्म भयो भने उसलाई सजाय धेरै ठुलो हुन्छ। जस्तै ज्ञान लिँदा उसलाई १०० गुना फाइदा छ, त्यस्तै ज्ञान लिएर कुनै भुल भयो भने फेरि १०० गुना दण्ड पनि मिल्छ। त्यसैले धेरै खबरदारी राख्नुपर्छ। भुल गरिरह्यौ भने कमजोर भइरहन्छौ। त्यसैले साना-ठुला भुललाई पक्रेर, अबका दिनमा परीक्षण गरेर अगाडि बढ्दै जाऊ। हेर, जस्तै समझदार ठुलो मानिसले नराम्रो काम गर्यो भने उसको लागि ठुलो सजाय मिल्छ र जो तल गिरेको मानिस छ उसले केही नराम्रो काम गर्यो भने उसको लागि यति सजाय हुँदैन। अहिले तिमी पनि परमात्माको बच्चा कहलाउँछौ त्यसैले यति नै तिमीले दैवीगुण धारण गर्नुछ, सच्चा बाबाको पासमा आएका छौ त्यसैले सच्चा भएर रहनुछ।

२) परमात्मा जा नि जाननहार कसरी हुनुहुन्छ ?

मानिसहरूले भन्छन् परमात्मा जानीजाननहार हुनुहुन्छ, तर जानीजाननहारको अर्थ यो होइन कि सबैको दिललाई जान्नुहुन्छ। तर सृष्टि रचनाको आदि-मध्य-अन्त्यलाई जान्नेवाला हुनुहुन्छ। परमात्मा रचयिता, पालनकर्ता र संहारकर्ता हुनुहुन्छ, यसको मतलब यो होइन कि परमात्माले पैदा गर्नुहुन्छ, खुवाउनुहुन्छ र मार्नुहुन्छ। मनुष्यले आफ्नो कर्मको हिसाबकिताबले जन्म लिन्छन्, यसको मतलब यो होइन– परमात्मा बसेर कसैको नराम्रो सङ्कल्प र राम्रो सङ्कल्पलाई जान्नुहुन्छ। त्यो त जान्नुहुन्छ– अज्ञानीहरूको दिलमा के हुन्छ। सारा दिन मायावी सङ्कल्प चलिरहन्छ र ज्ञानीको मनमा पनि सङ्कल्प चल्छन्, बाँकी एक एक सङ्कल्पलाई बसेर कहाँ रीड गर्नुहुन्छ र? बाँकी परमात्माले जान्नुहुन्छ, अहिले त सबैको आत्मा दुर्गतिमा पुगेको छ, उनीहरूको सद्गति कसरी हुनुछ, यो सारा परिचय जानीजाननहारलाई हुन्छ। अहिले मनुष्य जो कर्म भ्रष्ट बनेका छन्, उनीहरूलाई श्रेष्ठ कर्म गर्न सिकाउन र उनलाई कर्मबन्धनबाट छुट्कारा दिन, यो परमात्माले जान्नुहुन्छ। परमात्माले भन्नुहुन्छ– म रचयिता र मेरो रचनाको आदि-मध्य-अन्त्यको यो सारा ज्ञानलाई मैले जान्दछु, त्यो परिचय त तिमी बच्चाहरूलाई दिइरहेको छु। अहिले तिमी बच्चाहरू उहाँ बाबाको निरन्तर यादमा रहनुछ अनि मात्रै सर्व पापहरूबाट मुक्त हुन्छौ अर्थात् अमरलोकमा जान्छौ, वास्तवमा यस जान्नुलाई नै जानीजाननहार भनिनछ। अच्छा! ओम् शान्ति।