22.09.24    Avyakt Bapdada     Nepali Murli    18.01.2002     Om Shanti     Madhuban


स्नेहको शक्तिद्वारा सर्मथ बन , सर्व आत्माहरूलाई सुख-शान्तिको अँजुली देऊ


आज समर्थ बाबा आफ्ना स्मृति स्वरूप, समर्थ स्वरूप बच्चाहरूसँग मिल्नको लागि आउनु भएको छ। आज विशेष चारैतिरका बच्चाहरूमा स्नेहको लहर लहराइरहेको छ। विशेष ब्रह्मा बाबाको स्नेहको यादमा समाहित भएका छन्। यो स्नेह हर बच्चाको यस जीवनको वरदान हो। परमात्म स्नेहले नै तिमीहरू सबैलाई नयाँ जीवन दिएको हो। हरेक बच्चालाई स्नेहको शक्तिले नै बाबाको बनायो। यो स्नेहको शक्तिले सबै सहज बनाइदिन्छ। स्नेहमा समाहित भयौ भने कुनै पनि परिस्थिति सहज अनुभव गर्छौ। बापदादा पनि भन्नुहुन्छ– सदा स्नेहको सागरमा समाहित होऊ। स्नेह छत्रछाया हो, जुन छत्रछाया भित्र कुनै मायाको छाया पनि पर्न सक्दैन। सहजै मायाजित बन्छौ। जो निरन्तर स्नेहमा रहन्छ, उसलाई कुनै पनि कुराको मेहनत गर्नु पर्दैन। स्नेहले सहजै बाबा समान बनाइदिन्छ। स्नेहको पछाडि जे पनि समर्पित गर्न सहज हुन्छ।

त्यसैले आज पनि अमृतवेलादेखि हरेक बच्चाले बाबालाई स्नेहको माला लगाए र बाबाले पनि स्नेही बच्चाहरूलाई स्नेहको माला लगाउनुभयो। जसरी यो विशेष स्मृति दिवसमा अर्थात् स्नेहको दिनमा स्नेहमा समाहित रहेका थियौ, त्यसैगरी सदा समाहित होऊ, तब मेहनतको पुरुषार्थ गर्नु पर्दैन। एउटा छ स्नेहको सागरमा समाहित हुनु र अर्को छ स्नेहको सागरमा थोरै समयको लागि डुबुल्की लगाउनु। कति बच्चाहरू डुबिरहँदैनन्, चाँडै बाहिर निस्केर आउँछन् त्यसैले सहज पनि मुस्किल हुन्छ। त्यसोभए समाहित गर्न आउँछ त? समाहित हुनुमा नै मज्जा छ। ब्रह्मा बाबाले सदा बाबाको स्नेह दिलमा समाहित गर्नुभयो, यसको यादगार कलकत्तामा देखाएका छन्। (गङ्गा सागरमा समाहित हुन्छ)।

अब बापदादा सबै बच्चाहरूबाट यही चाहनुहुन्छ– बाबाको प्यारको सबुत समान बनेर देखाऊ। सदा सङ्कल्पमा सामर्थ्य होस्, अब व्यर्थको समाप्ति समारोह मनाऊ किनकि व्यर्थले समर्थ बन्न दिँदैन र तिमी निमित्त बनेका बच्चाहरू सदा समर्थ नबनेसम्म विश्वका आत्माहरूलाई सामर्थ्य कसरी दिलाउनेछौ! सर्व आत्माहरू शक्तिहरूबाट बिल्कुल खाली भएर शक्तिको भिखारी बनिसकेका छन्। हे समर्थ आत्माहरू! यस्ता भिखारी आत्माहरूलाई यो भिखारीपनबाट मुक्त गर। आत्माहरूले तिमी समर्थ आत्माहरूलाई पुकारिरहेका छन्– हे मुक्तिदाताका बच्चाहरू, मास्टर मुक्तिदाताहरू! हामीलाई मुक्ति दिनुहोस्। के यो आवाज तिम्रो कानमा पर्दैन? सुनिदैन? अहिलेसम्म आफूलाई नै मुक्त गर्नमा व्यस्त छौ र? विश्वका आत्माहरूको बेहद स्वरूपले मास्टर मुक्तिदाता बन्नाले स्वयं स-साना कुराहरूबाट स्वतः नै मुक्त हुन्छौ। अब समय हो आत्माहरूको पुकार सुन्ने। पुकार सुनिन्छ वा सुनिदैन? परेसान आत्माहरूलाई सुख-शान्तिको अञ्जली देऊ। यही हो ब्रह्माबाबालाई फलो गर्नु।

आज विशेष ब्रह्माबाबालाई धेरै याद गर्यौ नि! ब्रह्माबाबाले पनि सबै बच्चाहरूलाई स्मृति र सामर्थ्य स्वरूपले याद गर्नुभयो। कति बच्चाहरूले ब्रह्माबाबासँग रूहरिहान गर्दै मीठा-मीठा गुनासा पनि सुनाए–हजुर यति चाँडै किन जानुभयो? अर्को गुनासो सुनाए– हामी सबै बच्चाहरूसँग छुट्टी लिएर किन जानु भएन? तब ब्रह्माबाबाले भन्नुभयो– मैले पनि शिवबाबासँग सोधें मलाई अचानक किन बोलाउनु भएको? बाबाले भन्नुभयो– यदि तिमीलाई छुट्टी लिएर आऊ भनेको भए के तिमीले बच्चाहरूलाई छोड्न सक्थ्यौ वा बच्चाहरूले तिमीलाई छोड्न सक्थे? तिमी अर्जुनको यही त यादगार छ। अन्त्यमा पनि नष्टोमोहा स्मृति स्वरूप नै रहेका थियौ। तब ब्रह्माबाबा मुस्कुराएर भन्नुभयो, यो त कमाल थियो जुन बच्चाहरूले पनि बुझेनन्– गइरहनु भएको छ र ब्रह्माले पनि बुझेनन् गइरहेको छु। सम्मुख भए तापनि दुवैतर्फ चुप थिए किनकि समय अनुसार सन सोज फादरको पार्ट ड्रामामा निश्चित थियो, यसलाई भनिन्छ वाह ड्रामा वाह! सेवाको परिवर्तन निश्चित थियो। ब्रह्माबाबालाई बच्चाहरूको ब्याकबोन बन्नु थियो। त्यसैले अव्यक्त रूपमा फास्ट सेवाको पार्ट खेल्नु नै थियो।

विशेष आज डबल विदेशीहरूले धेरै मीठा-मीठा गुनासाहरू सुनाएका छन्। डबल विदेशीहरूले गुनासाहरू राखे? डबल विदेशीहरूले ब्रह्माबाबालाई भने केवल दुई तीन साल हजुर रोकिएको भए हामीले देख्न त पाउँथ्यौं। तब ब्रह्माबाबाले हाँसेर भन्नुभयो, रमाइलो गर्नुभयो– त्यसोभए ड्रामासँग कुरा गर, ड्रामाले यस्तो किन गर्यो? तर यो लास्ट सो फास्टको उदाहरण बन्नु नै थियो– चाहे भारतवर्षमा, चाहे विदेशमा, त्यसैले अब लास्ट सो फास्टको प्रत्यक्ष सबुत देखाऊ। जसरी आज समर्थ दिवस मनायौ, त्यसैगरी अब हर दिन समर्थ दिवस होस्। कुनै पनि प्रकारको हलचल नहोस्। जो ब्रह्माबाबाले आजको दिन तीन शब्दमा शिक्षा दिनुभयो (निराकारी, निर्विकारी र निरहङ्कारी)। यी तीन शब्दहरूको शिक्षा स्वरूप बन। मनसामा निराकारी, वाचामा निरहङ्कारी, कर्मणामा निर्विकारी। सेकेण्डमा साकार स्वरूपमा आऊ, सेकेण्डमा निराकारी स्वरूपमा स्थित होऊ। यो अभ्यास सारा दिनमा पटक पटक गर। यस्तो होइन, केवल यादमा बस्ने समयमा निराकारी स्टेजमा स्थित हुने हो, बीच बीचमा समय निकालेर यो देहभानबाट न्यारा निराकारी आत्मा स्वरूपमा स्थित हुने अभ्यास गर। कुनै पनि कार्य गर, कार्य गर्दै पनि यो अभ्यास गर– म निराकार आत्माले यी साकार कर्मेन्द्रियहरूको आधारले कर्म गराइरहेको छु। निराकारी स्थिति करावनहार स्थिति हो। कर्मेन्द्रियहरू करनहार हुन्, आत्मा करावनहार हो। निराकारी आत्म स्थितिले निराकारी बाबा स्वतः नै याद आउँछ। जसरी बाबा करावनहार हुनुहुन्छ त्यसैगरी म आत्मा पनि करावनहार हुँ, त्यसैले कर्मको बन्धनमा बाँधिने छैनौ, न्यारा रहनेछौ किनकि कर्मको बन्धनमा फस्नाले नै समस्या आउँछ। सारा दिनमा चेक गर– करावनहार आत्मा बनेर कर्म गराइरहेको छु? अच्छा। अब मुक्ति दिलाउने मेसिनरी तीव्र बनाऊ।

अच्छा– यस पटक जो यस कल्पमा पहिलो पटक आएका छौ, उनीहरूले हात उठाऊ। नयाँ नयाँ आएका बच्चाहरूलाई बापदादा विशेष यादप्यार दिइरहनु भएको छ, समयमा बाबालाई चिनेर बाबाबाट वर्साको अधिकारी बन्यौ। सदा आफ्नो यस भाग्यलाई याद राख्नु– मैले बाबालाई चिनिसकेँ।

अच्छा– डबल विदेशीहरूले हात उठाऊ। धेरै राम्रो। डबल विदेशीहरूलाई बापदादा भन्नुहुन्छ– ब्रह्माको सङ्कल्पबाट जन्मेका हुन्। एक छन् डाइरेक्ट मुखद्वारा वंशावली र अर्का छन् सङ्कल्पद्वारा वंशावली। त्यसैले सङ्कल्प शक्ति धेरै महान छ। जसरी सङ्कल्प शक्ति फास्ट छ, त्यसैगरी तिम्रो रचना डबल विदेशीहरू फास्ट पुरुषार्थ र फास्ट प्रारब्ध अनुभव गर्नेवाला हुन्, त्यसैले सारा ब्राह्मण परिवारमा डबल विदेशीहरू डबल सिकीलधे हुन्। भारतवर्षका भाइ बहिनीहरू तिमीहरूलाई देखेर खुसी हुन्छन्, वाह डबल विदेशीहरू वाह! डबल विदेशीहरूलाई खुसी हुन्छ हैन? कति खुसी छौ? धेरै खुसी छ? कुनै यस्तो चीज नै छैन, जससँग तुलना गर्न सकियोस्। विदेशमा पनि सुनिरहेका छन्, देखि पनि रहेका छन्। राम्रो छ, यो विज्ञानको साधन तिमीलाई बेहदको सेवा गर्न धेरै साथ दिनेछ र सहज सेवा गराउनेछ। तिम्रो स्थापनाको कनेक्सनदेखि नै यो विज्ञानको पनि तीव्रगति भएको छ।

अच्छा– सबै पाण्डवहरू समर्थ छौ नि? कमजोर त छैनौ, सबै समर्थ छौ? त्यस्तै शक्तिहरू, बाबा समान छौ? शक्ति सेना हौ। शक्तिहरूको शक्ति मायाजित बनाउनेवाला हो। अच्छा।

आज विशेष शृङ्गार गर्नेवाला पनि आएका छन् (कलकत्ताका भाइ बहिनीहरू फूल लिएर आएका छन्, सबै ठाउँमा फूलहरूले धेरै राम्रो शृङ्गार गरेका छन्) यो पनि स्नेहको निसानी हो। राम्रो छ, आफ्नो स्नेहको सबुत दियौ। ठीक छ। टिचरहरूले हात उठाऊ। हर ग्रुपमा टिचरहरू धेरै आउँछन्। टिचरहरूलाई राम्रो मौका मिल्छ। सेवाको प्रत्यक्ष फल मिल्छ। राम्रो छ, अब आफ्नो फिचर (स्वरूप)द्वारा सबैलाई फ्यूचर (भविष्य)को साक्षात्कार गराऊ। सुन्यौ, के गर्नु छ? अच्छा।

मधुवन निवासीहरूले हात उठाऊ। धेरै राम्रो। मधुवन निवासीलाई धेरै मौका मिल्छ त्यसैले बापदादा भन्नुहुन्छ– मधुवन निवासी हुन् रुहानी चान्सलरहरू। चान्सलर हौ नि? सेवा गर्नु पर्नेछ। फेरि पनि सबैलाई मधुवन निवासीले राजी त गर्छन् हैन! त्यसैले बापदादा मधुवन निवासीलाई कहिल्यै पनि बिर्सिनुहुन्न। मधुवन निवासीहरूलाई खास याद गर्नुहुन्छ। मधुवन निवासीलाई किन याद गर्नुहुन्छ? किनकि अधिकांश मधुवन निवासी बाबाको प्यारमा पास छन्। अधिकांशको बाबासँग अटुट प्यार छ। कम छैनन् मधुवनवाला, धेरै राम्रा छन्।

इन्दौर जोनका सेवाधारी आएका छन्:– इन्दौर जोन हात उठाऊ। धेरै छन्, राम्रो छ। सेवा गर्नु अर्थात् समीप आउने फल खानु। सेवाको मौका लिनु अर्थात् पुण्य जम्मा गर्नु। आशीर्वाद जम्मा गर्नु। सबै सेवाधारीहरूले आफ्नो पुण्यको खाता जम्मा गरे। यो आशीर्वाद वा पुण्यले एक्स्ट्रा लिफ्टको काम गर्छ।

अच्छा– देश वा विदेशमा जो टाढा बसेर पनि समीप छन्, सबै बच्चाहरूलाई बापदादाले स्नेह दिवसको रिटर्नमा पदमगुणा स्नेहको यादप्यार दिइरहनु भएको छ। बापदादाले देख्नुहुन्छ– कहाँ कति बज्छ, कहाँ कति समय हुन्छ तर जागती ज्योति अथक बनेर सुनिरहेका छन् र खुसी भइरहेका छन्। बापदादाले बच्चाहरूको खुसी देखिरहनु भएको छ। भन, सबै खुसीमा नाचिरहेका छौ नि? सबैले शिर हल्लाइरहेका छन्, हो बाबा। जनक बच्ची पनि धेरै मीठो मुस्कुराइरहेकी छिन्। त्यसो त सबैलाई बाबाको याद छ तर कतिको नाम लिने। अनेक बच्चा छन् त्यसैले बापदादा भन्नुहुन्छ– हरेक बच्चाले आफ्नो नामले व्यक्तिगत यादप्यार स्वीकार गरिरहेका छौ र गरिरहनु। अच्छा, अब एक सेकेण्डमा निराकारी स्थितिमा स्थित होऊ। (बापदादाले ड्रिल गराउनुभयो)

लिभिङ्ग भ्याल्युजको (जीवन मूल्य) ट्रेनिङ्ग चलिरहेको छ:– यो राम्रो, सेवाको साधन हो। लिभिङ्ग भ्याल्युको तालिम गराउँदा-गराउँदै आफ्नो लभली लिभिङ्ग (प्यारो जीवन) को अभ्यास बढाउँदै जाऊ।

बापदादाले आज गुल्जार बच्चीलाई एउटा कुरा भनिरहनु भएको छ, विशेष बधाई दिइरहनु भएको छ– ब्रह्मा तनको सेवा यस रथले पनि ३३ वर्ष पुरा गरिन्। यो पनि ड्रामामा पार्ट थियो। बाबाको मदत र बच्चीको हिम्मत, दुवै मिलेर पार्ट खेल्छन्। अच्छा!

सर्व सदा स्नेहको सागरमा समाहित भएका, सदा लभमा लीन रहने, सदा करावनहार आत्मा स्वरूपमा स्थित रहने, सदा तीन शब्दहरूको “शिव मन्त्र” लाई प्रत्यक्ष जीवनमा ल्याउने, सदा बाबा समान मास्टर मुक्तिदाता बनेर विश्वका आत्माहरूलाई मुक्ति दिलाउने यस्ता सर्वश्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

दादीजीसँग:– आजको दिन बाबाले बच्चाहरूलाई विशेष विश्वको सम्मुख प्रत्यक्ष गर्नुभयो। बाबा करावनहार बन्नुभयो र बच्चाहरूलाई करनहार बनाउनुभयो। राम्रो छ, यो स्नेहको लहरले सबैलाई समाहित गरिदिन्छ। शरीरलाई चलाउने विधि आइसक्यो हैन! चलाउँदा-चलाउँदै बाबा समान अव्यक्त बन्नेछौ। सहज पुरुषार्थ हो– आशीर्वाद। सारा दिनमा कोही पनि नाराज नहोस्, आशीर्वाद मिलोस्– यो हो फस्ट क्लास पुरुषार्थ। सहज पनि छ, फस्ट पनि छ। ठीक छ नि! शरीर जस्तोसुकै होस् तर आत्मा त शक्तिशाली छ नि! जो तिमी सबै बच्चाहरूले १४ वर्ष तपस्या गर्यौ, त्यो तपस्याको बलले सेवा गराइरहेको छ। अहिले त तिम्रा धेरै साथी बनेका छन्। राम्राराम्रा सेवाका साथी छन्। तिमीलाई देखेर खुसी हुन्छन्, यही धेरै हो। ठीक छ।

वरिष्ठ भाइजीहरूसँग:– ड्रामा अनुसार जुन सेवाका योजना बन्छन्, ती राम्रा बनिरहेका छन् र हरेक सदा सङ्गठनमा स्नेह वा आशीर्वाद लिनको लागि बालक सो मालिकको पाठ पक्का गरेमा एक अर्कालाई अगाडि बढाउँदै, एक अर्काका विचारहरूलाई पनि सम्मान दिँदै अगाडि बढ्यौ भने सफलता नै सफलता छ। सफलता त हुनु नै छ। तर अहिले जो निमित्त आत्माहरू हुन् उनीहरूलाई विशेष स्नेहको सम्बन्धमा ल्याउनु, यी सबैको पुरुषार्थलाई तीव्र बनाउनु छ। स्नेह, निःस्वार्थ स्नेह, जहाँ निःस्वार्थ स्नेह छ तिनले सम्मान दिन्छन् पनि, लिन्छन् पनि। वर्तमान समयमा स्नेहको मालामा सबैलाई मिलाउनु, यही विशेष आत्माहरूको कार्य हो र यसरी स्नेहले संस्कारहरूलाई परिवर्तन पनि गराउन सक्छ। ज्ञान हरेकको पासमा छ तर स्नेहले जस्तैसुकै संस्कार भएकालाई समीप ल्याउन सक्छ। केवल स्नेहका दुई शब्द सदाको लागि उनको जीवनको सहारा बन्न सक्छन्। निःस्वार्थ स्नेहले चाँडो माला तयार गरिदिन्छ। ब्रह्माबाबाले के गर्नुभयो? स्नेहले आफ्नो बनाउनुभयो। आज यसको आवश्यकता छ। यस्तै हो नि !

(सोनीपतको लागि मिटिङ्ग भइरहेको छ, त्यहाँ अनुभूति गराउनको लागि साधनहरूको उपयोग कसरी गर्ने) उनले त योजना बनाइरहेका छन्, हरेकका सङ्कल्प, विचारहरूलाई जुन विशेष अधिकांशले स्वीकार गर्नेछन्, त्यो बनाऊ। अनुभूति तब गराउन सक्नेछौ जब अनुभूति स्वरूप बन्नेछौ। अच्छा।

वरदान:–
दृढताको शक्तिद्वारा सफलता प्राप्त गर्ने त्रिकालदर्शी आसनधारी भव

दृढताको शक्ति श्रेष्ठ शक्ति हो, जसले अलबेलापनको शक्तिलाई सहजै परिवर्तन गरिदिन्छ। बापदादाको वरदान छ– जहाँ दृढता छ त्यहाँ सफलता निश्चित छ। केवल जस्तो समय, त्यही विधिले सिद्धि स्वरूप बन। कुनै पनि कर्म गर्नुभन्दा पहिला त्यसको आदि-मध्य-अन्त्यलाई सोचेर बुझेर कार्य गर र गराऊ अर्थात् त्रिकालदर्शी आसनधारी बनेमा अलबेलापन समाप्त हुन्छ। सङ्कल्प रूपी बीज शक्तिशाली दृढता सम्पन्न भएमा वाणी र कर्ममा सहज सफलता निश्चित छ।

स्लोगन:–
सदा सन्तुष्ट रहेर सर्वलाई सन्तुष्ट पार्ने नै सन्तुष्टमणि हो।