22.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– महावीर
बन , मायाका तुफानहरूसँग लड्नुको सट्टा अचल अडोल बन।”
प्रश्न:–
ब्रह्माबाबाको
सामुन्ने अनेकौँ हङ्गामा हुँदा पनि कहिल्यै खिन्न हुनुभएन– किन?
उत्तर:–
किनकि
ब्रह्माबाबालाई नसा थियो– मैले बाबाबाट वर्सा लिनु छ। यो त सबै कल्प पहिला अनुसार
भइरहेको छ, नयाँ केही पनि होइन। गाली त सबैभन्दा बढी बाबाले खानुभयो। फेरि
श्रीकृष्णलाई पनि गाली गर्छन्। मैले पनि गाली खानुपरेको छ भने के ठुलो कुरा भयो र!
दुनियाँलाई हाम्रा कुरा थाहा नै नभएका हुनाले अवश्य गाली गर्छन्, त्यसैले कुनै पनि
कुरामा ब्रह्माबाबा खिन्न हुनुभएन। त्यसैगरी फलो फादर।
गीत:–
भोलेनाथ से
निराला...
ओम् शान्ति ।
यो
भक्तिमार्गका मानिसहरूको गीत हो। ज्ञानमार्गमा गीत आदि गाइँदैन, न बनाइन्छ, न
आवश्यकता छ किनकि बाबाबाट सेकेन्डमा जीवनमुक्तिको वर्सा मिल्छ भनिएको छ। त्यसमा गीत
आदिको कुनै कुरा नै छैन। तिमीलाई थाहा छ, हामीलाई बेहदको बाबाबाट बेहदको वर्सा
मिल्छ। जुन भक्तिमार्गको रीतिरिवाज छ, त्यो यसमा आउन सक्दैन। बच्चाहरूले कविता आदि
बनाउँछन्, त्यो पनि अरूलाई सुनाउनको लागि। त्यो पनि तिमीले नसम्झाउँदासम्म कसैले
बुझ्न सक्दैन। अब तिमी बच्चाहरूलाई बाबा मिल्नुभएको छ भने खुसीको पारा चढ्नुपर्छ।
बाबाले ८४ जन्मको चक्रको ज्ञान पनि सुनाउनुभएको छ। यसमा खुसी हुनुपर्छ– अहिले हामी
स्वदर्शन चक्रधारी बनेका छौँ। बाबाबाट विष्णुपुरीका मालिक बनिरहेका छौँ।
निश्चयबुद्धि नै विजयन्ती। जसलाई निश्चय हुन्छ, उनीहरू सत्ययुगमा जान्छन् नै।
त्यसैले तिमी बच्चाहरूलाई सदा खुसी हुनुपर्छ, फलो फादर। तिमी बच्चाहरूलाई थाहा छ,
निराकार बाबा यस तनमा प्रवेश हुनुभएपछि यिनको जीवनमा पनि ठुला ठुला हङ्गामा भए।
भाइहरूमा झगडा, सहरमा झगडा, सारा सिन्धमा झगडा चल्यो। बच्चाहरू ठुला भए भने भन्छन्,
छिटो विवाह गर। विवाहविना कसरी काम चल्छ। गीता पढ्न छुटाउँदैनथे, गीताका भगवान शिव
हुनुहुन्छ भन्ने थाहा भएपछि त्यो गीता पढ्न छुट्यो। फेरि नसा चढ्यो– म त विश्वको
मालिक बन्छु। यो त शिव भगवानुवाच हो, त्यसैले त्यस गीतालाई छोडिदिए अनि फेरि
पवित्रतामा ठुलो हङ्गामा भयो। भाइ, काका, काकाका छोरा आदि कति थिए। यसमा बहादुरी
चाहिन्छ नि! तिमी हौ नै महावीर-महावीरनी। एक बाहेक अरू कसैको परवाह हुनुहुँदैन।
पुरुष हो रचयिता। रचयिता स्वयं पावन हुनुहुनुन्छ भने रचनालाई पनि पावन बनाउनु छ।
पवित्र हाँस र अपवित्र बकुल्ला कसरी सँगै रहन सक्छन्। रचयिताले त तुरून्त हुकुम
गर्नुहुन्छ, मेरो मतमा चल्नु छ भने चल, नत्र निस्क। तिमीलाई थाहा छ, लौकिक बच्चीको
विवाह भएको थियो। उनलाई ज्ञान मिल्यो, अनि भनिन् वाह! बाबा भन्नुहुन्छ पवित्र बन,
त्यसोभए म किन नबन्ने। पतिलाई जवाफ दिइन् – मैले विष दिन्नँ। बस्, यस कुरामा नै
धेरैको झगडा चल्यो। ठुला ठुला घरहरूबाट बच्चीहरू निस्किए, कसैको पनि परवाह गरेनन्।
कसैको तकदिरमा छैन भने पनि बुझ्न सक्दैनन्। पवित्र हुनु छ भने पवित्र होऊ, नत्र गएर
आफ्नो प्रबन्ध गर। यति हिम्मत पनि त चाहिन्छ नि! ब्रह्माबाबाको अगाडि कति हङ्गामा
भए। बाबा कहिल्यै खिन्न भएको देख्यौ! अमेरिकासम्म अखबारहरूमा निस्कियो। नथिङ न्यु।
यहाँ त कल्प पहिला अनुसार हुन्छ, यसमा डराउने कुरा के छ र। हामीले त आफ्नो बाबाबाट
वर्सा लिनु छ। आफ्नो रचनालाई बचाउनु छ। बाबालाई थाहा छ, सारा रचना यतिबेला पतित छ।
मैले नै सबैलाई पावन बनाउनु छ। बाबालाई नै सबैले भन्छन्– हे पतितपावन, मुक्तिदाता
आउनुहोस्! अनि उहाँलाई नै दया लाग्छ। रहमदिल हुनुहुन्छ नि! त्यसैले बाबा
सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू कुनै पनि कुरामा नडराऊ! डरायौ भने त्यति उच्च पद
पाउन सक्दैनौ। अत्याचार, माताहरूमाथि नै हुन्छ। यो पनि निसानी हो, द्रौपदीलाई नग्न
बनाउँछन्। बाबाले २१ जन्मको लागि नग्न हुनबाट बचाउनुहुन्छ। दुनियाँलाई यी कुरा थाहा
छैन। सद्गतिदाता त म हुँ नि। मानिसहरूको दुर्गति नहुँदासम्म म कसरी आएर सद्गति दिऊँ।
सृष्टि पतित तमोप्रधान पनि बन्नु छ। हरेक चीज नयाँबाट पुरानो अवश्य हुन्छ। पुरानो
घरलाई छोड्नैपर्छ। नयाँ दुनियाँ सत्ययुग, पुरानो दुनियाँ कलियुग। सदैव नयाँ त रहन
सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ, यो सृष्टिको चक्र हो। देवीदेवताहरूको राज्य फेरि
स्थापना भइरहेको छ। बाबा भन्नुहुन्छ– फेरि तिमीलाई गीता ज्ञान सुनाउँछु। यहाँ
रावणराज्यमा दुःख छ। रामराज्य केलाई भनिन्छ, यो पनि कसैलाई थाहा छैन र बुझ्दा पनि
बुझ्दैनन्। बाबा भन्नुहुन्छ– म स्वर्ग अथवा रामराज्यको स्थापना गर्न आएको छु। तिमी
बच्चाहरूले अनेकौँपटक राज्य लियौ र फेरि गुमायौ। यो कुरा सबैको बुद्धिमा छ।
सत्ययुगमा २१ जन्म हुन्छन्, त्यसलाई भनिन्छ २१ पिँढी अर्थात् वृद्ध भएपछि शरीर
छोड्छन्। कहिल्यै अकालमा मृत्यु हुँदैन। अहिले तिमी मानौँ त्रिकालदर्शी बनेका छौ।
अहिले तिमीलाई थाहा छ, हामीले जन्मजन्मान्तर भक्ति गर्छौँ। रावणराज्यमा पनि हेर कति
आडम्बर छ। यो हो अन्त्यको आडम्बर हो। रामराज्य सत्ययुगमा हुन्छ– त्यहाँ यी विमान आदि
सबै थिए, फेरि यी सबै हराए। फेरि यतिबेला यी सबै निस्किएका छन्। अहिले यी कुरा सबैले
सिकिरहेका छन्। जसले सिक्छन्, उनीहरूले संस्कार लिएर जान्छन्। फेरि आएर त्यहाँ
विमान बनाउँछन्। यिनले तिमीलाई भविष्यमा सुख दिन्छन्। यी विमान आदि भारतवर्ष
निवासीले पनि बनाउन सक्छन्। यो कुनै नयाँ कुरा होइन। बुद्धिमान छन् नि त! यो साइन्स
तिमीलाई फेरि काम लाग्नेछ। अहिले यो साइन्सबाट दुःख हुन्छ, फेरि त्यहाँ सुख हुनेछ।
त्यहाँ त हरेक चीज नयाँ हुनेछ। अहिले त नयाँ दुनियाँको स्थापना भइरहेको छ। बाबाले
नै नयाँ दुनियाँको राजधानी स्थापन गरिरहनुभएको छ। त्यसैले तिमी बच्चाहरू महावीर
बन्नुपर्छ। दुनियाँमा भगवान आउनुभएको छ भनेर कहाँ थाहा छ र!
बाबा भन्नुहुन्छ–
गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान पवित्र होऊ। यसमा डराउने कुरा छैन, बढीमा गाली
गर्लान्। यिनलाई पनि धेरै गाली गरेका हुन्। श्रीकृष्णले गाली खाए, यस्तो देखाउँछन्।
तर श्रीकृष्णले त गाली खान सक्दैनन्। गाली त कलियुगमा खान्छन्। अहिले तिम्रो जुन
रूप छ, फेरि कल्पपछि यहीबेलामा त्यस्तै रूप हुनेछ। बीचमा हुन सक्दैन। जन्म जन्म
अनुहार परिवर्तन हुँदै जान्छ। एउटा आत्मालाई ८४ जन्ममा उस्तै अनुहार मिल्न सक्दैन।
सतो, रजो, तमोमा आउँदै जान्छन्, अनुहार परिवर्तन हुँदैजान्छ। ड्रामा यस्तो बनेको छ।
८४ जन्ममा जुन अनुहारले जन्म लिएका छन्, त्यस्तै लिन्छन्। अब तिमीलाई थाहा छ,
यिनीहरूको अनुहार परिवर्तन भएर अर्को जन्ममा यिनीहरू लक्ष्मीनारायण बन्छन्। अहिले
तिम्रो बुद्धिको ताला खुलेको छ। अब यो हो नयाँ कुरा। बाबा पनि नयाँ, कुरा पनि नयाँ।
यी कुरा छिट्टै कसैको समझमा आउँदैनन्। तकदिरमा छ भने केही बुझ्छन्। महावीर कुनै
तुफानसँग डराउँदैनन्। त्यो अवस्था अन्त्यमा हुनु छ, त्यसैले भनिएको छ– अतीन्द्रिय
सुखको विषयमा सोध्नु छ भने गोपगोपीहरूलाई सोध। बाबा आउनुभएको छ नै तिमी बच्चाहरूलाई
स्वर्गको लायक बनाउन। कल्प पहिलाजस्तै नर्कको विनाश त हुनु नै छ। सत्ययुगमा त एउटै
धर्म हुन्छ। सबैले पनि एकता (वननेस) होस् भन्ने चाहन्छन्। एक धर्म हुनुपर्छ। यो पनि
कसैलाई थाहा छैन, रामराज्य, रावणराज्य छुट्टाछुट्टै हुन्। यहाँ विकारविना जन्म हुन
सक्दैन। विकारी छन् नि! अब बाबामा निश्चय छ भने श्रीमतमा पूरा रीतिले चल्नुपर्छ नि!
हरेकको नाडी पनि हेरिन्छ। त्यसै अनुसार सल्लाह पनि दिइन्छ। ब्रह्माबाबाले पनि
बच्चाहरूलाई भनिदिए– विवाह गर्नु छ भने गएर गर। धेरै इष्टमित्र आदि बसेका छन्,
उनीहरूले विवाह गराइदिन्छन्। त्यसैले हरेकको नाडी हेरिन्छ। सोध्छन् बाबा, यस हालतमा
छौँ, हामी पवित्र रहन चाहन्छौँ, हाम्रा इष्टमित्रहरूले हामीलाई घरबाट निकाल्न
चाहन्छन्। अब के गर्ने? यो सोध्छौ, पवित्र रहनु छ। यदि रहन सक्दैनौ भने गएर विवाह
गर। ठिकै छ, सम्झ कसैको मगनी भएको छ। कसैलाई खुसी पार्नु छ भने केही फरक पर्दैन।
लगनगाँठो बाँध्दा पनि भन्छन्– यी तिम्रो पति गुरु हुन्। अच्छा, त्यतिबेला तिमीले
उनीसँग लेखाउँदै जानुछ। मान्छौ म तिम्रो गुरु ईश्वर हुँ, लेख। अच्छा, अब म तिमीलाई
हुकुम दिन्छु, पवित्र रहनु छ। हिम्मत चाहिन्छ नि! लक्ष्य धेरै महान् छ। दुवै सँगै
कसरी रहन्छन्, यो सबैलाई देखाउनु छ। प्राप्ति धेरै जबरजस्त छ। प्राप्तिको विषयमा
थाहा नभएपछि आगो लाग्छ। बाबा भन्नुहुन्छ– यति ठुलो प्राप्ति हुन्छ भने एक जन्म
पवित्र होऊ, अनि यो के ठुलो कुरा भयो र! म तिम्रो पति ईश्वर हुँ। मेरो आज्ञामा
पवित्र रहनुपर्छ। बाबाले युक्तिहरू बताइदिनुहुन्छ। भारतवर्षमा यो नियम छ, स्त्रीलाई
भन्छन् पति तिम्रा ईश्वर हुन्, उनको आज्ञामा चल्नु छ। पतिको पाउ मिचिदिनु छ किनकि
सम्झन्छन् लक्ष्मीले नारायणको पाउ मिचिदिएकी थिइन्। यो बानी कहाँबाट सुरु भएको हो?
यी झुटा चित्रहरूबाट। सत्ययुगमा त यस्ता कुरा हुँदैनन्। नारायण कहिल्यै थाक्छन् र
लक्ष्मी बसेर पाउ मिचिदिन्छिन्? त्यहाँ थकाइको कुरा हुन सक्दैन। यो थकाइ त दुःखको
कुरा हुन्छ। त्यहाँ दुःख कहाँबाट आयो। त्यसैले कति झुटा कुरा लेखिदिएका छन्।
बाबालाई सानैदेखि वैराग्य हुन्थ्यो, त्यसैले भक्ति गर्थे।
बाबाले बच्चाहरूलाई
धेरै राम्रो युक्ति बताउनुहुन्छ। कुनै बच्चालाई इष्टमित्रहरूले हैरान पार्छन् भने
ठीकै छ विवाह गर। स्त्री तिम्री भइन्। फेरि कसैले केही गर्न सक्दैन। आपसमा मिलेर
पवित्र रहनु, साथी भयौ। विदेशमा वृद्ध भएपछि सम्हाल्नको लागि साथी राखिदिन्छन्।
विवाह दर्ता गर्छन्। विकारमा जाँदैनन्। अब तिमीलाई थाहा छ, हामी एक बाबाका बच्चा
हौँ, आपसमा भाइबहिनी भयौँ। दादाबाट वर्सा लिन्छौँ। बाबालाई पनि पतित दुनियाँमा
बोलाउँछन्। हे पतितपावन, सबै सीताहरूका राम। मानिसहरूले राम राम जप्छन् तर सीतालाई
कहाँ याद गर्छन् र! उनीभन्दा त लक्ष्मी ठुली हुन्। तर याद त एक बाबालाई गर्छन्।
तैपनि लक्ष्मीनारायणलाई चिन्छन्, शिवलाई त कसैले चिन्दैनन्। आत्मा बिन्दु हो भने
आत्माहरूको पिता पनि बिन्दु हुनुहुन्छ नि! आत्मामा सारा ज्ञान हुन्छ। उहाँलाई
भनिन्छ ज्ञानको सागर। तिमी आत्मा पनि ज्ञान सागर बन्छौ। ज्ञान सागर बसेर तिमी
आत्माहरूलाई सम्झाउनुहुन्छ। आत्मा चैतन्य हो। तिम्रो आत्मा ज्ञानको सागर बनिरहेको
छ। तिमीलाई सारा सृष्टिको आदि मध्य अन्त्यको ज्ञान छ। प्यारा बच्चाहरूले हिम्मत
राख्नुपर्छ। हामी बाबाको श्रीमतमा चल्नुपर्छ नि! बेहदको बाबाले बेहदका बच्चाहरूलाई
स्वर्गको मालिक बनाउनुहुन्छ, त्यसैले बाबा भन्नुहुन्छ– तिमीले पनि आफ्नो रचनालाई
मुठीमा (नियन्त्रण) राख। बच्चाले तिम्रो आज्ञा मान्दैन भने त्यो बच्चा, बच्चा होइन।
ऊ त कपुत ठहरियो। आज्ञाकारी, आदेश मान्ने बच्चा हो भने वर्साको हकदार बन्न सक्छ।
बेहदको बाबाले पनि भन्नुहुन्छ– मेरो श्रीमतमा चल्यौ भने तिमी यस्तो श्रेष्ठ बन्छौ।
नत्र प्रजामा जान्छौ। बाबा तिमीलाई नरबाट नारायण बनाउन आउनुभएको छ। यो हो सच्चा
सत्य नारायणको कथा। तिमी राज्य प्राप्त गर्न आएका हौ। अब मम्मा बाबा राजारानी बन्छन्
भने तिमीले पनि हिम्मत गर। बाबाले त अवश्य आफूसमान बनाउनुहुन्छ। प्रजा बन्नमा मात्रै
राजी हुनुहुँदैन। पुरुषार्थ गर्नु छ– हामीले बाबाबाट पूरा वर्सा लिन्छौँ, बलिहार
जान्छौँ। तिमीले उहाँलाई आफ्नो वारिस बनायौ भने उहाँले तिमीलाई २१ जन्मको लागि वर्सा
दिनुहुन्छ। बाबा बच्चाहरूमाथि बलिहार जानुहुन्छ। बच्चाहरूले भन्छन्– बाबा यो
तन-मन-धन सबै हजुरको हो। हजुर बाबा पनि हुनुहुन्छ अनि बच्चा पनि हुनुहुन्छ। त्वमेव
माता च पिता त्वमेव। एक बाबाको महिमा कति ठुलो छ। दुनियाँमा यी कुरा कसैलाई थाहा
छैन। सारा कुरा भारतवर्षकै हो। तिमी बच्चाहरूलाई थाहा छ, यो त्यही ५ हजार वर्ष
पहिलाको लडाइँ हो। अहिले स्वर्गको स्थापना भइरहेको छ। त्यसैले तिमी बच्चाहरू सदा
धेरै खुसीमा हुनुपर्छ। भगवानले तिमीलाई एडप्ट गर्नुभएको छ त्यसैले तिमीहरू खुसी
हुनुपर्छ। बाबाले फेरि तिमी बच्चाहरूको शृङ्गार गरिरहनुभएको छ। उहाँले पढाउनु पनि
हुन्छ– बेहदको बाबा, ज्ञानको सागर हुनुहुन्छ। हामीलाई सारा सृष्टिको आदि, मध्य,
अन्त्यको रहस्य सम्झाउनुहुन्छ। जसले बाबालाई नै चिन्दैनन्, उनीहरू हुन् नास्तिक।
तिमीले बाबा र रचनालाई जान्दछौ, तिमी हौ आस्तिक। लक्ष्मीनारायण आस्तिक हुन् कि
नास्तिक? तिमीले के भन्छौ? तिमी आफैले भन्छौ, सत्ययुगमा परमात्मालाई कसैले याद
गर्दैनन्। त्यहाँ हुन्छ सुख, त्यसैले सुखमा परमात्माको याद गर्दैनन् किनकि
परमात्मालाई चिन्दैनन्। यतिबेला तिमी आस्तिक बनेर वर्सा पाइरहेका छौ। फेरि त्यहाँ
याद नै गर्दैनौ। यहाँ याद गर्छन् तर उहाँलाई चिन्दैनन्, त्यसैले नास्तिक भनिन्छ।
त्यहाँ चिन्दा पनि चिन्दैनन्, त्यसैले याद पनि गर्दैनन्। उनीहरूलाई यो पनि थाहा
हुँदैन– यो वर्सा हामीलाई शिवबाबाबाट मिलेको हो। तर उनीहरूलाई नास्तिक भनिँदैन किनकि
पावन छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा चल्ने पूरा पूरा हिम्मत राख्नु छ। कुनै पनि कुरामा डराउनु वा खिन्न (नाराज)
हुनुछैन।
२) आफ्नो रचना आफ्नो
मुठीमा राख्नु छ। उनीहरूलाई विकारहरूबाट बचाउनु छ। पावन बन्ने सल्लाह दिनु छ।
वरदान:–
सदा बाबाको
सम्मुख रहेर खुसीको अनुभव गर्ने अथक र आलस्यरहित भव
कुनै पनि प्रकारको
संस्कार वा स्वभाव परिवर्तन गर्नमा निराश हुनु वा लापरबाहीपन आउनु पनि थाक्नु हो,
यसबाट अथक बन। अथकको अर्थ हो जसमा आलस्य हुँदैन। जुन बच्चाहरू यस्ता आलस्यरहित छन्,
उनीहरू सदा बाबाको सम्मुख रहन्छन् र खुसीको अनुभव गर्छन्। उनीहरूको मनमा कहिल्यै
दुःखको लहर आउन सक्दैन, त्यसैले सदा सम्मुख बस र खुसीको अनुभव गर।
स्लोगन:–
सिद्धिस्वरूप
बन्नको लागि हरेक सङ्कल्पमा पुण्य र बोलीमा आशीर्वाद जम्मा गर्दै जाऊ।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
जसको तिमीप्रति
शुभभाव छ, उनीहरूप्रति तिमीले पनि शुभभाव राख्छौ, उपकारीमाथि उपकार गर्छौ, यो कुनै
ठुलो कुरा होइन। तर कसैले तिमीलाई बारम्बार गिराउने कोसिस गर्छ, तिम्रो मनलाई
विचलित गराउँछ तैपनि तिम्रो उनीहरूप्रति सदा शुभचिन्तकको, अचल-अटल भाव होस्, कुराको
कारण भाव नबदलियोस्, कसैले अपकार गरोस्, तिमीले एक सेकेन्डमा अपकारलाई उपकारमा
परिवर्तन गरिदेऊ, अनि भनिन्छ कमाल।