22.12.24 Avyakt Bapdada Nepali Murli 17.03.2003 Om Shanti Madhuban
सदा आफ्नो स्वमानमा
रहनु , सम्मान दिनु , सबैको सहयोगी बन्नु र समर्थ बनाउनु
आज भाग्यविधाता
बापदादाले चारैतिरका हरेक बच्चाको मस्तकमा भाग्यका तीन रेखाहरू देखिरहनुभएको छ। एउटा
परमात्मा पालनाको भाग्यमानी रेखा, दोस्रो सत शिक्षकको श्रेष्ठ शिक्षाको भाग्यमान
रेखा, तेस्रो श्रीमतको चम्किरहेको रेखा। चारैतिरका बच्चाहरूको मस्तकबिच तीनैवटा
रेखाहरू निकै राम्ररी चम्किरहेका छन्। तिमीहरू सबैले पनि आफ्ना तीनै भाग्यका रेखाहरू
देखिरहेका छौ नि। जब भाग्यविधाता तिमी बच्चाहरूको पिता हुनुहुन्छ भने तिमीहरू सिवाय
श्रेष्ठ भाग्य अरू कसको हुन सक्छ! बापदादाले देखिरहनुभएको छ, विश्वमा अनेक करोड
आत्माहरू छन् तर ती करोडौँमध्ये ६ लाख परिवार... कति थोरै छन्! कोटीमा कुनै भयौ नि!
त्यसैगरी हरेक मानवको जीवनमा यी तीनै कुरा पालना, पढाइ र श्रेष्ठ मत, तीनै आवश्यक
छन्। तर यो परमात्मा पालना र देव आत्माहरू वा मानव आत्माहरूको मत, पालना, पढाइमा
रात-दिनको अन्तर छ। यो कति श्रेष्ठ भाग्य हो, जुन सङ्कल्पमा पनि थिएन तर अब हरेकको
दिलले गाउँछ– पायौँ। पायौ वा पाउनु छ? के भन्छौ? पायौ नि! बाबा पनि यस्ता बच्चाहरूको
भाग्य देखेर हर्षित हुनुहुन्छ। बच्चाहरूले भन्छन्– वाह बाबा वाह! र बाबा भन्नुहुन्छ–
वाह बच्चाहरू वाह! बस्, यही भाग्यलाई केवल स्मृतिमा मात्र राख्नु छैन तर सदा स्मृति
स्वरूप रहनु छ। धेरै बच्चाहरूले सोच्छन्– धेरै राम्रो छ तर सोचाइ स्वरूप बन्नु होइन,
स्मृति स्वरूप बन्नु छ। स्मृति स्वरूप सो समर्थ स्वरूप हो। सोचाइ स्वरूप समर्थ
स्वरूप होइन। बापदादा बच्चाहरूका भिन्न भिन्न लीलाहरू देखेर मुस्कुराइरहनुहुन्छ।
कोही कोही सोचाइ स्वरूप त रहन्छन्, तर सदा स्मृति स्वरूप रहँदैनन्। कहिले सोचाइ
स्वरूप, कहिले स्मृतिस्वरूप। जो स्मृति स्वरूप रहन्छन्, उनीहरू निरन्तर नेचुरल
स्वरूप रहन्छन्। जो सोचाइ स्वरूप रहन्छन्, उनीहरूले मेहनत गर्नुपर्छ। यो सङ्गमयुग
मेहनतको युग होइन, सर्व प्राप्तिका अनुभवहरूको युग हो।
६३ जन्मसम्म मेहनत
गर्यौ तर अब मेहनतको फल प्राप्त गर्ने युग अर्थात् समय हो। बापदादाले देखिरहनुभएको
थियो कि देहभानको स्मृतिमा रहन मेहनत गर्यौ र– म फलानो हुँ, म फलानो हुँ... यसको
लागि मेहनत गर्यौ? नेचुरल रह्यो नि! नेचर बन्यो नि बडी कन्सियसनेस (देह अभिमान)को!
यति पक्का नेचर बन्यो जसबाट अहिले पनि कहिलेकाहीँ धेरै बच्चाहरूलाई आत्म अभिमानी
बन्ने समयमा बडी कन्सियसनेसले आफूतिर आकर्षित गरिहाल्छ। सोच्छन्– म आत्मा हुँ, म
आत्मा हुँ, तर देहभान यस्तो नेचुरल रहन्छ, जसले बारम्बार नचाहँदा-नचाहँदै पनि
देहभानमा आइहाल्छन्। बापदादा भन्नुहुन्छ– अब मरजीवा जन्ममा आत्म अभिमान अर्थात्
देहीअभिमानी स्थिति पनि यसरी नै नेचर र नेचुरल होस्। मेहनत गर्न नपरोस्– म आत्मा
हुँ, म आत्मा हुँ। जस्तै कुनै पनि बच्चा पैदा हुन्छ र उसलाई थोरै समझमा आएपछि उसलाई
परिचय दिइन्छ– तिमी को हौ, कसको हौ, त्यसरी नै जब ब्राह्मण जन्म लियौ तब तिमी
ब्राह्मण बच्चाहरूलाई जन्मँदै के परिचय मिल्यो? तिमीहरू को हौ? आत्माको पाठ पक्का
गराइयो नि! त्यसैले यो पहिलो परिचय नेचुरल नेचर बनोस्। नेचर नेचुरल र निरन्तर रहन्छ,
याद गर्नुपर्दैन। यसरी हरेक ब्राह्मण बच्चाको अब समय अनुसार देहीअभिमानी स्टेज
नेचुरल होस्। धेरै बच्चाहरूको यो स्टेज छ, सोच्नुपर्दैन, स्मृति स्वरूप छन्। अब
निरन्तर र नेचुरल स्मृति स्वरूप बन्नु नै छ। सबै ब्राह्मणहरूको यही सानो लास्ट
अन्तिम पेपर हो– “नष्टोमोहा स्मृतिस्वरूप।”
त्यसोभए यस वर्ष के
गर्नेछौ? धेरै बच्चाहरूले सोध्छन्– यस वर्ष के विशेष लक्ष्य राखौँ? बापदादा
भन्नुहुन्छ– सदा देहीअभिमानी, स्मृति स्वरूप बन। जीवनमुक्ति त प्राप्त हुनु नै छ तर
जीवनमुक्त हुनुभन्दा पहिले मेहनतमुक्त बन। यो स्थितिले समयलाई समीप ल्याउनेछ र
तिमीहरूका सर्व विश्वका भाइ र बहिनीहरूलाई दु:ख, अशान्तिबाट मुक्त गर्नेछ। तिमीहरूको
यो स्थितिले आत्माहरूका लागि मुक्तिधामको ढोका खोल्नेछ। आफ्ना भाइबहिनीहरूमाथि दया
लाग्दैन! चारैतिर आत्माहरू कति चिच्याइरहेका छन्, तिमीहरूको मुक्तिले सर्वलाई मुक्ति
दिलाउनेछ। यो जाँच गर– नेचुरल स्मृति सो समर्थ स्वरूप कहाँसम्म बनेका छौ? समर्थ
स्वरूप बन्नाले नै व्यर्थलाई सहजै समाप्त गरिदिन्छ। बारम्बार मेहनत गर्नु पर्दैन।
अहिले यस वर्ष बापदादा
बच्चाहरूको स्नेहमा कुनै पनि बच्चाको कुनै पनि समस्यामा मेहनत देख्न चाहनुहुन्न।
समस्या समाप्त भएर समर्थ स्वरूपबाट समाधान । के यो हुन सक्छ? भन दादीहरू हुन सक्छ?
टिचरहरूले भन, हुन सक्छ? पाण्डवहरू हुन सक्छ? फेरि बहाना नबनाउनु, यो थियो नि, यो
भयो नि! यो नभएको भए हुँदैनथ्यो! बापदादाले धेरै मीठा मीठा खेलहरू देखिसक्नुभएको छ।
जेसुकै भए पनि, हिमालयभन्दा पनि ठुलो, सय गुणा समस्याको स्वरूप होस्, चाहे तनद्वारा,
चाहे मनद्वारा, चाहे व्यक्तिद्वारा, चाहे प्रकृतिद्वारा समस्या, पर-स्थिति तिमीहरूको
स्व-स्थितिको अगाडि केही पनि होइन र स्व-स्थितिको साधन हो– स्वमान। स्वमान नेचुरल
रूपमा होस्। याद गर्न नपरोस्, बारम्बार मेहनत गर्न नपरोस्, होइन-होइन म स्वदर्शन
चक्रधारी हुँ, म नूरे रत्न हुँ, म दिलतख्तनसीन हुँ... हुँ नै। अरू कोही हुनु छ र!
कल्पअघि को बनेका थिए? अरू बनेका थिए वा तिमीहरू नै बनेका थियौ? तिमीहरू नै थियौ,
तिमीहरू नै हौ, हरेक कल्प तिमीहरू नै बन्नेछौ। यो निश्चित छ। बापदादाले सबै
अनुहारहरू देखिरहनुभएको छ, यी त्यही कल्पअघिका हुन्। यस कल्पका हौ वा अनेक कल्पका
हौ? अनेक कल्पका हौ नि! हौ? हात उठाऊ जो हरेक कल्पका हौ? अब त निश्चित छ नि,
तिमीहरूलाई त पास भएको सर्टिफिकेट मिलिसकेको छ नि, कि लिनु छ? मिलिसकेको छ नि?
मिलिसकेको छ वा लिनु छ? कल्पअघि मिलिसकेको छ, अहिले किन मिल्ने छैन। यही स्मृति
स्वरूप बन कि सर्टिफिकेट मिलिसकेको छ। चाहे पास विथ अनरको, चाहे पासको, यो फरक त
हुनेछ, तर हामीहरू नै हौँ। यो पक्का छ नि! कि ट्रेनमा जाँदा जाँदै बिर्सनेछौ,
प्लेनमा जाँदा उड्नेछ? होइन।
जस्तै हेर यस वर्ष
दृढ सङ्कल्प गर्यौ शिवरात्रि चारैतिर उमङ्ग-उत्साहले मनाउनु छ, मनायौ नि! दृढ
सङ्कल्पले जे सोच्यो त्यो भयो नि! त्यसोभए यो कुन कुराको कमाल हो? एकता र दृढता।
सोचेका थियौ ६७ प्रोग्राम गर्ने, तर बापदादाले देख्नुभयो– त्योभन्दा पनि कति धेरै
बच्चाहरूले प्रोग्राम गरेका छन्। यो हो समर्थ स्वरूपको निसानी, उमङ्ग-उत्साहको
प्रत्यक्ष प्रमाण। स्वत: नै चारैतिर गर्यौ नि! यसरी नै सबै मिलेर एक-अर्कालाई
हिम्मत बढाएर यो सङ्कल्प गर– अब समयलाई समीप ल्याउनु नै छ। आत्माहरूलाई मुक्ति
दिलाउनु छ। तर तब हुनेछ जब तिमीहरूले सोचाइलाई स्मृति स्वरूपमा ल्याउनेछौ। बापदादाले
सुन्नुभएको छ– फरेनवालाहरूको पनि विशेष स्नेह मिलन वा मिटिङ छ र भारतवर्षकाहरूको पनि
मिटिङ छ। त्यतिबेला मिटिङमा केवल सेवाको प्लान मात्र नबनाउनु, बनाउनु तर ब्यालेन्सको
बनाउनु। एक-अर्काको यस्तो सहयोगी बन, जसबाट सबै मास्टर सर्वशक्तिमान् बनेर अगाडि
उड्दै जाऊन्। दाता बनेर सहयोग देऊ। कुराहरू नहेर, सहयोगी बन। स्वमानमा रहेर सम्मान
दिएर सहयोगी बन किनकि कुनै पनि आत्मालाई यदि तिमीहरूले दिलले सम्मान दियौ भने, त्यो
धेरै धेरै ठुलो पुण्य हो किनकि कमजोर आत्मालाई उमङ्ग-उत्साहमा ल्यायौ भने कति ठुलो
पुण्य भयो! गिरेकोलाई गिराउनु छैन, अङ्कमाल गर्नु छ अर्थात् बाहिरबाट अङ्कालमा होइन,
अङ्कमाल गर्नु अर्थात् बाबा समान बनाउनु। सहयोग दिनु। सोधिएको छ नि– यस वर्ष के के
गर्नु छ? बस्, सम्मान दिनु र स्वमानमा रहनु। समर्थ बनेर समर्थ बनाउनु। व्यर्थका
कुराहरूमा नजानु। जो कमजोर आत्मा छ, कमजोर नै छ, उसको कमजोरीलाई हेरिरह्यौ भने कसरी
सहयोगी बन्छौ! सहयोग दियौ भने दुआ मिल्नेछ। सबैभन्दा सहज पुरुषार्थ हो, अरू केही
गर्न सक्दैनौ भने पनि सबैभन्दा सहज पुरुषार्थ हो– दुआ देऊ, दुआ लेऊ। सम्मान देऊ र
महिमायोग्य बन। सम्मान दिनेवाला नै सर्वद्वारा माननीय बन्छ। र, जति अहिले माननीय
बन्छौ, त्यति नै राज्य अधिकारी र पूज्य आत्मा बन्नेछौ। दिँदै जाऊ, लिने होइन। लिने
अनि दिने, यो त बिजनेसवालाहरूको काम हो। तिमीहरू त दाताका बच्चा हौ। बाँकी बापदादा
चारैतिरका बच्चाहरूको सेवा देखेर खुसी हुनुहुन्छ, सबैले राम्रो सेवा गरेका छन्। तर
अझै अगाडि बढ्नु छ नि! वाणीद्वारा सबैले राम्रो सेवा गरे, साधनहरूद्वारा पनि राम्रो
सेवा गरे, रिजल्ट निकाले।
अनेक आत्माहरूको
उल्हना पनि समाप्त गरे। साथसाथै समयको तीव्र गतिको रफ्तार देखेर बापदादा यही
चाहनुहुन्छ– केवल थोरै आत्माहरूको सेवा मात्र गर्नु छैन, तर विश्वका सर्व आत्माहरूका
मुक्तिदाता निमित्त तिमीहरू हौ किनकि बाबाका साथी हौ, त्यसैले समयको रफ्तार अनुसार
अब एकै समयमा सँगसँगै तीन सेवाहरू गर्नु छ:–
१) वाणी, २) स्व
शक्तिशाली स्थिति र ३) श्रेष्ठ रूहानी भाइब्रेसन। जहाँसुकै सेवा गरे पनि त्यहाँ
यस्तो रूहानी भाइब्रेसन फैलाऊ, जुन भाइब्रेसनको प्रभावमा सहजै आकर्षित हुँदै जाऊन्।
हेर, अहिले लास्ट जन्ममा पनि तिमीहरू सबैका जडचित्रले कसरी सेवा गरिरहेका छन्? के
वाणीद्वारा बोल्छन्? भाइब्रेसन यस्तो हुन्छ, जसबाट भक्तहरूको भावनाको फल सहज मिल्छ।
भाइब्रेसन यस्तो शक्तिशाली होस्, भाइब्रेसनमा सर्व शक्तिहरूका किरणहरू फैलिउन्,
वायुमण्डल परिवर्तन होस्। भाइब्रेसन यस्तो चीज हो जसबाट दिलमा छाप लागिहाल्छ।
तिमीहरू सबैलाई अनुभव छ, यदि कुनै आत्माप्रति तिमीहरूको दिलमा कुनै राम्रो वा
नराम्रो भाइब्रेसन बस्न पुग्यो भने कति समयसम्म चल्छ? धेरै समयसम्म चल्छ नि!
निकाल्न चाहेर पनि निस्किँदैन, कसैको नराम्रो भाइब्रेसन बस्यो भने सहजै निस्किन्छ?
त्यसैले तिमीहरूका सर्व शक्तिहरूका किरणहरूको भाइब्रेसनले छापको काम गर्नेछ। वाणी
बिर्सन सकिन्छ, तर भाइब्रेसनको छाप सहजै निस्किँदैन। अनुभव छ नि! छ नि अनुभव?
यो गुजरातले, मुम्बईले
जुन उमङ्ग-उत्साह देखाए, त्यसलाई पनि बापदादा पदम-पदमगुणा बधाई दिनुहुन्छ। किन?
विशेषता के रह्यो? किन बधाई दिनुहुन्छ? फङ्सन त ठुला ठुला गरिरहन्छौ तर खास बधाई
किन दिइरहनुभएको छ? किनकि दुवैतिरको विशेषता रह्यो– एकता र दृढताको। जहाँ एकता र
दृढता छ, त्यहाँ एक वर्षको सट्टा एक महिना, वर्ष समान हो। सुन्यौ, गुजरात र मुम्बईले।
अच्छा।
अहिले सेकेन्डमा
ज्ञान सूर्य स्थितिमा स्थित भएर चारैतिरका भयभीत, हलचलमा भएका आत्माहरूलाई, सर्व
शक्तिहरूका किरणहरू फैलाऊ। धेरै भयभीत छन्। शक्ति देऊ। भाइब्रेसन फैलाऊ। अच्छा। (बापदादाले
ड्रिल गराउनुभयो)
चारैतिरका बच्चाहरूका
भिन्न भिन्न यादप्यार र समाचारका पत्र र इ-मेल बाबासँग पुगिसकेका छन्। हरेकले भन्छन्–
मेरो पनि याद दिनु, मेरो पनि याद दिनु। बापदादा भन्नुहुन्छ– हरेक प्यारा बच्चाहरूको
याद बापदादासँग पुगिसकेको छ। टाढा बसे पनि बापदादाको दिलतख्तनसीन छन्। तिमीहरू
सबैलाई जसले पनि भनेका छौ नि– याद दिनु, याद दिनु। त्यो याद बाबासँग पुगिसकेको छ।
यही बच्चाहरूको प्यार र बाबाको प्यारले बच्चाहरूलाई उडाइरहेको छ। अच्छा!
चारैतिरका अति
श्रेष्ठ भाग्यमान, करोडौंमा कोही विशेष आत्माहरूलाई, सदा स्वमानमा रहनेहरूलाई,
सम्मान दिनेहरूलाई, सर्भिसएबल बच्चाहरूलाई, सदा स्मृति स्वरूप सो समर्थ स्वरूप
आत्माहरूलाई, सदा अचल अडोल स्थितिको आसनमा स्थित सर्वशक्तिस्वरूप बच्चाहरूलाई
बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
दादीजीसँग:–
बापदादा तिमीहरूमाथि
विशेष खुसी हुनुहुन्छ। किन खुसी हुनुहुन्छ? विशेष यस कुरामा खुसी हुनुहुन्छ कि जसरी
ब्रह्माबाबाले सबैलाई अर्डर गर्नुहुन्थ्यो– यो गर्नु छ, अहिले गर्नु छ, त्यसैगरी
तिमीले पनि ब्रह्माबाबालाई फलो गर्यौ। (हजुर पनि मेरो साथमा हुनुहुन्छ) त्यो त
हुनुहुन्छ नै, निमित्त त तिमी बन्यौ नि। र, यस्तो दृढ सङ्कल्प गर्यौ, जसले चारैतिर
सफलता मिलेको छ, त्यसैले तिमीमा धेरै गुप्त रूहानी तागत भरिएको छ। स्वास्थ्य ठीक छ,
रूहानी शक्ति यति भरिएको छ जसकारण स्वास्थ्य केही पनि होइन। कमाल छ नि!
दादीहरूको मिलन देखेर
सबैको दिल हुन्छ– हामी पनि दादी भए त मिल्थ्यौँ नि। तिमीहरू पनि दादी बन्नेछौ। अहिले
बापदादाले दिलमा प्लान बनाउनुभएको छ, अहिले दिनुभएको छैन। त्यसैले जो सेवाका,
ब्रह्माबाबाको साकार समयमा सेवामा आदि रत्न निस्केका छन्, उनीहरूको सङ्गठन पक्का
बनाउनु छ। (कहिले गर्नुहुन्छ?) जब तिमीहरूले गर्छौ। यो ड्युटी तिमीहरूको (दादी
जानकीको) हो। तिमीहरूको दिलको सङ्कल्प पनि छ नि? किनकि जस्तै तिमी दादीहरूको एकता र
दृढताको सङ्गठन पक्का छ, त्यसरी नै आदि सेवाका रत्नहरूको सङ्गठन पक्का होस्, यसको
धेरैधेरै आवश्यकता छ किनकि सेवा त बढ्नु नै छ। सङ्गठनको शक्तिले जे चाह्यो त्यो
गर्न सक्छ। सङ्गठनको निसानीको यादगार हो पाँच पाण्डव। पाँच छन् तर सङ्गठनका निसानी
हुन्। अच्छा, अब जो साकार ब्रह्मा हुँदा सेवाका लागि सेन्टरमा रहेका थियौ, सेवामा
लागेका थियौ, तिमीहरू उठ। भाइहरू पनि छन्, पाण्डवहरूबिना कहाँ गति हुन्छ र। यहाँ त
थोरै छन् तर अरू पनि छन्। सङ्गठनलाई जम्मा गर्ने जिम्मेवारी यिनीहरूको (दादी जानकीको)
हो, यिनी (दादी) त ब्याकबोन हुन्। धेरै राम्रा राम्रा रत्न छन्। राम्रो। सबै ठीक छ।
केही न केही गर्दै गर, तिम्रो सङ्गठनको महानता छ। किल्ला मजबुत छ। अच्छा।
वरदान:–
स्वमानको सिटमा
सेट भएर हरेक परिस्थितिलाई पार गर्ने स दा विजयी भव
सदा आफ्नो यस स्वमानको
सिटमा स्थित रहने गर– म विजयी रत्न हुँ, मास्टर सर्वशक्तिमान् हुँ। तब जस्तो सिट
हुन्छ, त्यस्तै लक्षण आउँछ। कुनै पनि परिस्थिति सामुन्ने आओस्, सेकेन्डमा आफ्नो यस
सिटमा सेट भइहाल। सिटवालाहरूको नै अर्डर मानिन्छ। सिटमा रह्यौ भने विजयी बन्नेछौ।
सङ्गमयुग सदा विजयी बन्ने युग नै हो, यो युगलाई वरदान छ, त्यसैले वरदानी बनेर विजयी
बन।
स्लोगन:–
सर्व
आसक्तिहरूमाथि विजय प्राप्त गर्नेहरू नै शिवशक्ति पाण्डव सेना हुन्।