23.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– मुख्य
दुई कुरा सबैलाई सम्झाउनु छ– एक त बाबालाई याद गर्ने , दोस्रो ८४ को चक्रलाई बुझ्ने
अनि सबै प्रश्न समाप्त हुन्छन्।”
प्रश्न:–
बाबाको महिमामा
कुनचाहिँ शब्द आउँछ जुन श्रीकृष्णको महिमामा आउँदैन?
उत्तर:–
वृक्षपति एक
बाबा हुनुहुन्छ। श्रीकृष्णलाई वृक्षपति भनिँदैन। पिताहरूका पनि पिता वा पतिहरूका पनि
पति एक निराकारलाई भनिन्छ, श्रीकृष्णलाई होइन। दुवैको महिमा अलग अलग स्पष्ट पार।
प्रश्न:–
तिमी
बच्चाहरूले गाउँ गाउँमा कुनचाहिँ कुरा ढोलक बजाएर घोषणा गर्नु छ?
उत्तर:–
गाउँ गाउँमा ढोलक बजाएर घोषणा गरिदेऊ– मनुष्यबाट देवता, नर्कवासीबाट स्वर्गवासी कसरी
बन्न सकिन्छ, आएर बुझ्नुहोस्। स्थापना, विनाश कसरी हुन्छ, आएर बुझ्नुहोस्।
गीत:–
तुम्हीँ हो
माता, पिता तुम्हीँ हो.....।
ओम् शान्ति ।
यस गीतको पछिको
जुन लाइन आउँछ– तुम्हीं नईया, तुम्हीं खिवैया.... यो गल्ती हो। जसरी आफै पूज्य, आफै
पुजारी भन्छन्, यो पनि त्यस्तै हुन जान्छ। जो ज्ञानको चमकवाला हुन्छन् उनले तुरुन्त
गीतलाई बन्द गर्छन् किनकि बाबाको अपमान हुन्छ। अहिले तिमी बच्चाहरूलाई त ज्ञान
मिलेको छ। अरू मनुष्यलाई यो ज्ञान हुँदैन। तिमीलाई पनि अहिले नै यो ज्ञान मिल्छ।
फेरि कहिल्यै मिल्दैन। गीताका भगवानको ज्ञान पुरुषोत्तम बन्नलाई मिल्छ, यतिसम्म
बुझ्छन्। तर कहिले मिल्छ, कसरी मिल्छ, यो भुलेका छन्। गीता हो नै धर्म स्थापनाको
शास्त्र, अरू कुनै शास्त्र धर्म स्थापनाको लागि हुँदैनन्। शास्त्र शब्द पनि
भारतखण्डमा नै प्रयोगमा आउँछ। सर्व शास्त्रमयी शिरोमणि हो नै गीता। बाँकी ती सबै
धर्म त हुन् नै पछि आउनेवाला। तिनीहरूलाई शिरोमणि भनिदैन। बच्चाहरूले जानेका छौ–
वृक्षपति बाबा एउटै हुनुहुन्छ। उहाँ हाम्रो बाबा हुनुहुन्छ। पति पनि हुनुहुन्छ भने
सबैका पिता पनि हुनुहुन्छ। उहाँलाई पतिहरूका पति, पिताहरूका पिता भनिन्छ। यो महिमा
एक निराकारको गायन गरिन्छ। श्रीकृष्णको र निराकार बाबाको महिमालाई तुलना गरिन्छ।
श्रीकृष्ण त हुन् नै नयाँ दुनियाँका राजकुमार। उनले फेरि पुरानो दुनियाँमा
सङ्गमयुगमा राजयोग कसरी सिकाउँछन्! अहिले बच्चाहरूले जान्दछौ– हामीलाई भगवानले
पढाइरहनु भएको छ। तिमी पढेर यस्तै (देवी-देवता) बन्छौ। पछि फेरि यो ज्ञान हुँदैन।
प्राय: लोप हुन्छ। बाँकी पिठोमा नुन अर्थात् चित्र मात्र रहन्छन्। वास्तवमा कसैको
चित्र यथार्थ त छँदैछैन। पहिला बाबाको परिचय मिल्यो भने तिमीले भन्नेछौ– यो कुरा त
भगवानले सम्झाउनु हुन्छ। उहाँले त स्वयं नै बताउनु हुन्छ। तिमीले के प्रश्न सोध्छौ–
पहिला बाबालाई त चिन्नुहोस्।
बाबाले आत्माहरूलाई
भन्नुहुन्छ– मलाई याद गर। मात्रै दुई कुरा याद गर। बाबा भन्नुहुन्छ– मलाई याद गर अनि
८४ को चक्रलाई याद गर, पुग्यो। यी दुई मुख्य कुरा नै सम्झाउनु छ। बाबा भन्नुहुन्छ–
तिमीले आफ्नो जन्मलाई जान्दैनौ। ब्राह्मण बच्चाहरूलाई नै भन्नुहुन्छ, अरू त कसैले
पनि बुझ्न सक्दैनन्। प्रदर्शनीमा हेर कति भीड लाग्छ। सम्झन्छन्, यति धेरै मानिस
जान्छन् भने अवश्य केही हेर्ने चीज छ। भित्र पसेर बस्छन्। एक एकलाई बसेर सम्झाउँदा
त मुखै थाक्छ। तब के गर्नु पर्छ? प्रदर्शनी महिनाभरि चलिरहे त भन्न सकिन्छ– आज भीड
छ, भोलि पर्सी आउनुहोला। त्यो पनि जसलाई पढाइको चाहना छ अथवा मनुष्यबाट देवता बन्न
चाहन्छन्, उनलाई सम्झाउनु छ। एउटै यो लक्ष्मी-नारायणको चित्र अथवा ब्याज देखाउनु
पर्छ। बाबाद्वारा यो विष्णुपुरीको मालिक बन्न सक्नुहुन्छ, अहिले भीड छ आश्रममा
आउनुहोला। ठेगाना त लेखिएको हुन्छ। बाँकी यत्तिकै भनिदिन्छन्– यो स्वर्ग हो, यो
नर्क हो, यसबाट मनुष्यले के बुझ्न सक्छन्? समय व्यर्थ जान्छ। यिनी ठुला मानिस हुन्,
धनवान हुन् वा गरिब हुन्, त्यसै त पहिचान पनि हुँदैन,? आजकाल पोशाक आदि यस्तो
लगाउँछन् जसले गर्दा कसैलाई पनि छुट्याउन सकिन्न। पहिला सुरुमा त बाबाको परिचय दिनु
छ। बाबा स्वर्गको स्थापना गर्नेवाला हुनुहुन्छ। अब यो बन्नु छ। लक्ष्य-उद्देश्य
सामुन्ने छ। बाबा भन्नुहुन्छ– उच्च भन्दा उच्च म नै हुँ। मलाई याद गर, यो वशीकरण
मन्त्र हो। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ र
विष्णुपुरीमा आउने छौ। यति त अवश्य सम्झाउनु पर्छ। प्रदर्शनी ८-१० दिन राख्नुपर्छ।
तिमीले गाउँ गाउँमा ढोलक बजाएर घोषणा गरिदेऊ– मनुष्यबाट देवता, नर्कवासीबाट
स्वर्गवासी कसरी बन्न सकिन्छ, आएर बुझ्नुहोस्। स्थापना, विनाश कसरी हुन्छ, आएर
बुझ्नुहोस्। युक्तिहरू धेरै छन्।
तिमी बच्चाहरूलाई थाहा
छ– सत्ययुग र कलियुगमा रातदिनको फरक छ। ब्रह्माको दिन र ब्रह्माको रात भनिन्छ।
ब्रह्माको दिन नै विष्णुको, विष्णुको नै ब्रह्माको। कुरा एउटै हो। ब्रह्माका पनि ८४
जन्म, विष्णुका पनि ८४ जन्म। केवल यस धर्माऊ (सङ्गमयुगी) जन्ममा फरक पर्छ। यी कुरा
बुद्धिमा राख्नुपर्छ। धारणा हुँदैन भने कसरी कसैलाई सम्झाउन सक्छौ? यो सम्झाउन त
धेरै सहज छ। केवल लक्ष्मी-नारायणको चित्रको अगाडि मात्र यी कुरा सुनाऊ। बाबाद्वारा
यो पद पाउनु छ, नर्कको विनाश सामुन्ने खडा छ। उनीहरूले त आफ्नो मनुष्य मत नै
सुनाउँछन्। यहाँ त छ ईश्वीय मत, जुन हामी आत्माहरूलाई ईश्वरबाट मिलेको छ। निराकार
आत्माहरूलाई निराकार परमात्माको मत मिल्छ। बाँकी सबै हुन् मनुष्य मत। रातदिनको फरक
छ नि। संन्यासी, उदासी आदि कसैले पनि यो ज्ञान दिन सक्दैनन्। ईश्वरीय मत एकै समयमा
नै मिल्छ। जब ईश्वर आउनु हुन्छ अनि उहाँको मतबाट हामी यस्ता बन्छौं। उहाँ आउनु
हुन्छ नै देवी-देवता धर्मको स्थापना गर्न। यो प्वाइन्ट पनि धारणा गर्नुपर्छ, जुन
समयमा काम आउँछ। मुख्य कुरा अलिकति मात्रै सम्झायौ भने पनि पर्याप्त हुन्छ। एक
लक्ष्मी-नारायणको चित्रमा सम्झाउँदा पनि पर्याप्त हुन्छ। यो हो लक्ष्यको चित्र,
भगवानले यो नयाँ दुनियाँ रच्नुभएको छ। भगवानले नै पुरुषोत्तम सङ्गमयुगमा यिनीहरूलाई
पढाउनु भएको थियो। यस पुरुषोत्तम युगको बारेमा कसैलाई थाहा छैन। त्यसैले
बच्चाहरूलाई यी सबै कुरा सुनेर कति खुसी हुनुपर्छ। सुनेर फेरि सुनाउँदा अझै खुसी
हुन्छ। सेवा गर्नेलाई नै ब्राह्मण भनिन्छ। तिम्रो बगलमा सच्चा गीता छ। ब्राह्मणहरूमा
पनि नम्बरवार हुन्छन् नि। कुनै ब्राह्मण त धेरै प्रख्यात हुन्छन्, धेरै कमाउँछन्।
कसैलाई त खानलाई पनि मुस्किलले मिल्छ। कुनै ब्राह्मण त लखपति हुन्छन्। धेरै खुसी र
नसासाथ भन्छन्– हामी ब्राह्मण कुलका हौं। सच्चा सच्चा ब्राह्मण कुलको बारेमा त थाहै
छैन। ब्राह्मणलाई उत्तम मानिन्छ, त्यसैले त ब्राह्मणहरूलाई खुवाउँछन्। देवता,
क्षत्रिय वा वैश्य, शूद्र धर्मकालाई कहिल्यै खुवाउँदैनन्। ब्राह्मणहरूलाई नै
खुवाउँछन्। बाबा भन्नुहुन्छ– तिमीले ब्राह्मणहरूलाई राम्रोसँग सम्झाऊ। ब्राह्मणहरूको
पनि सङ्गठन हुन्छ, त्यो बुझेर जानुपर्छ। ब्राह्मण त प्रजापिता ब्रह्माका सन्तान
हुनुपर्छ, हामी उहाँका सन्तान हौं। ब्रह्मा कसका बच्चा हुन्, त्यो पनि सम्झाउनु
पर्छ। बुझ्नुपर्छ– कहाँ कहाँ उनीहरूका सङ्गठन छन्। तिमीले धेरैको कल्याण गर्न सक्छौ।
वानप्रस्थी नारीहरूका पनि सभा हुन्छन्। बाबालाई कहाँ समाचार दिन्छन् र– हामी कहाँ
कहाँ गयौं? सारा जङ्गलै जङ्गल बनेको छ, तिमी जहाँ गए पनि सकार गरेर आउने छौ। प्रजा
बनाएर आउने छौ, राजा पनि बनाउन सक्छौ। सेवा त धेरै छ। साँझ ५ बजे छुट्टी मिल्छ,
लिस्टमा नोट गरिदिनुपर्छ– आज यहाँ यहाँ जानु छ। बाबाले युक्तिहरू त धेरै बताउनु
हुन्छ। बाबाले बच्चाहरूसँग नै कुरा गर्नुहुन्छ। यो पक्का निश्चय हुनुपर्छ– म आत्मा
हुँ। बाबा, परमात्माले हामीलाई सुनाउनु हुन्छ। धारणा हामीले गर्नु छ। जस्तै शास्त्र
अध्ययन गरे भने फेरि संस्कार लिएर जान्छन्। अर्को जन्ममा पनि त्यो संस्कार इमर्ज
हुन पुग्छ। भनिन्छ– संस्कार लिएर आएको रहेछ। जसले धेरै शास्त्र पढ्छन् उनलाई अथोरिटी
भनिन्छ। उनले आफूलाई सर्वशक्तिमान् सम्झदैनन्। यो खेल हो, जुन बाबाले नै सम्झाउनु
हुन्छ, नयाँ कुरा होइन। ड्रामा बनिबनाउ छ, जुन बुझ्ने कुरा हो। मनुष्यहरूले पुरानो
दुनियाँ हो भन्ने जान्दैनन्। बाबा भन्नुहुन्छ– म आएको छु। महाभारत लडाइँ सामुन्ने
खडा छ। मनुष्य अज्ञान अन्धकारमा सुतेका छन्। अज्ञान भक्तिलाई भनिन्छ। ज्ञानका सागर
त बाबा मात्रै हुनुहुन्छ। जसले धेरै भक्ति गर्छन्, ती भक्तिका सागर हुन्। भक्तमाला
पनि छ नि। भक्तमालाको पनि नाम सङ्कलन गर्नुपर्छ। भक्तमाला द्वापरबाट कलियुगसम्म नै
हुन्छ। बच्चाहरू धेरै खुसी हुनु पर्छ। धेरै खुसी उसलाई हुन्छ जसले सारा दिन सेवा
गरिराख्छ।
बाबाले सम्झाउनु भएको
छ– माला त धेरै लामो हुन्छ, हजारौंको सङ्ख्यामा। जसलाई कसैले कहाँबाट, कसैले
कहाँबाट जप्छन्। केही त होला नि, जसकारण यति ठुलो माला बनाइएको छ। मुखबाट राम राम
भनिरहन्छन्। यो पनि सोध्नुपर्छ– कसलाई राम राम भनेर याद गर्नुहुन्छ? तिमी कहीँ पनि
सतसङ्ग आदिमा गएर मिस्सिएर बस्न सक्छौ। हनुमानको उदाहरण छ नि– जहाँ सतसङ्ग हुन्थ्यो,
त्यहाँ जुत्ताहरूमा गएर बस्थे। तिमीले पनि अवसर लिनुपर्छ। तिमीले धेरै सेवा गर्न
सक्छौ। सेवामा सफलता तब हुन्छ जब ज्ञानका प्वाइन्टहरू बुद्धिमा हुन्छन्। ज्ञानमा
मस्त हुन्छन्। सेवाका अनेक युक्तिहरू छन्। रामायण, भागवत आदिमा पनि धेरै कुरा छन्,
जसमा तिमीले दृष्टि दिन सक्छौ। केवल अन्धश्रद्धामा बसेर सतसङ्ग कहाँ गर्नु छ र? भन,
हामीले त तपाईँको कल्याण गर्न चाहन्छौं। त्यो भक्ति बिल्कुल अलग हो, यो ज्ञान अलग
छ। ज्ञान एक ज्ञानेश्वर बाबाले नै दिनुहुन्छ। सेवा त धेरै छ। केवल यति बताऊ–
सबैभन्दा उच्च को हुनुहुन्छ? सर्वोच्च एक भगवान नै हुनुहुन्छ, वर्सा पनि उहाँबाट
मिल्छ। बाँकी त हुन् रचना। बच्चाहरूलाई सेवाको सोख हुनुपर्छ। तिमीले राज्य गर्नु छ
भने प्रजा पनि बनाउनु छ। यो महामन्त्र कम कहाँ छ र– बाबालाई याद गर तब अन्त मति सो
गति हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाले जुन वशीकरण मन्त्र दिनुभएको छ, त्यो सबैलाई याद दिलाउनु छ। सेवाका भिन्न
भिन्न युक्तिहरू रच्नु छ। भीडमा आफ्नो समय बर्बाद गर्नु छैन।
२) ज्ञानका
प्वाइन्टहरू बुद्धिमा राखेर ज्ञानमा मस्त रहनु छ। हनुमान् जस्तै सतसङ्गमा गएर बस्नु
छ अनि फेरि उनीहरूको सेवा गर्नु छ। खुसीमा रहनको लागि सारा दिन सेवा गर्नु छ।
वरदान:–
‘म’ र
‘मेरोपन’ लाई बलि चढाउने सम्पूर्ण महाबली भव
हदको कुनै पनि व्यक्ति
वा वैभवसँगको लगाव– यही मेरोपन हो। यो मेरोपनलाई र ‘म गर्छु’, ‘मैले गरेँ’... यो
‘मेरो’ पनलाई सम्पूर्ण समर्पण गर्ने अर्थात् बलि चढाउने नै महाबली हुन्। जब हदको
‘मेरो’ ‘मेरो’ पन समर्पण हुन्छ तब सम्पूर्ण वा बाबासमान बन्नेछौ। ‘मैले गरिरहेको
छु’ होइन। ‘बाबाले गराइरहनु भएको छ’, ‘बाबाले चलाइरहनु भएको छ’। कुनै पनि कुरामा
‘म’ को सट्टा सदा नेचुरल भाषामा पनि ‘बाबा’ शब्द नै आओस्, ‘मेरो’ शब्द होइन।
स्लोगन:–
सङ्कल्पहरूमा
यस्तो दृढता धारण गर, जसले गर्दा सोचाइ र गराइ समान होस्।