23.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
मुखबाट सदैव ज्ञान रत्न निस्कनुपर्छ , तिम्रो अनुहार सदैव हर्षित रहनुपर्छ।”
प्रश्न:–
जुन बच्चाहरूले
ब्राह्मण जीवनमा ज्ञानको धारणा गरेका छन्, उनीहरूको निसानी के हुन्छ?
उत्तर:–
१. उनीहरूको
चालचलन देवतासमान हुन्छ, उनीहरूमा दैवीगुणको धारणा हुन्छ। २. उनीहरूलाई ज्ञानको
विचार सागर मन्थन गर्ने अभ्यास हुन्छ। उनीहरूले कहिल्यै आसुरी कुराको अर्थात्
फोहोरको मन्थन गर्दैनन्। ३. उनीहरूको जीवनबाट गाली गर्न र ग्लानि गर्न बन्द हुन्छ।
४. उनीहरूको अनुहार सदा हर्षित रहन्छ।
ओम् शान्ति ।
बाबा बसेर
ज्ञान र भक्तिको बिषयमा सम्झाउनुहुन्छ। यो त बच्चाहरूले बुझिसकेका छौ– भक्तिले सदगति
हुँदैन र सत्ययुगमा भक्ति हुँदैन। ज्ञान पनि सत्ययुगमा मिल्दैन। श्रीकृष्णले न भक्ति
गर्नुहुन्छ, न ज्ञानको मुरली बजाउनुहुन्छ। मुरली भन्नु नै ज्ञान दिनु हो। गायन पनि
छ नि– मुरलीमा जादु। त्यसैले अवश्य कुनै जादु होला नि! केवल मुरली बजाउनु, त्यो
मुरली त साधारण फकिरहरूले पनि बजाइरहन्छन्। यस मुरलीमा ज्ञानको जादु छ। अज्ञानलाई त
जादु भनिँदैन। मुरलीलाई जादु भन्छन्। मनुष्यबाट देवता ज्ञानले बन्छन्। सत्ययुग हुँदा
यस ज्ञानको वर्सा हुन्छ। त्यहाँ भक्ति हुँदैन। भक्ति हुन्छ द्वापरदेखि जुनबेला
देवताबाट मनुष्य बन्छन्। मनुष्यलाई विकारी, देवतालाई निर्विकारी भनिन्छ। देवताहरूको
सृष्टिलाई पवित्र दुनियाँ भनिन्छ। अहिले तिमी देवता बनिरहेका छौ। ज्ञान केलाई
भनिन्छ? एक त स्वयं वा बाबाको पहिचान र फेरि सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञानलाई
ज्ञान भनिन्छ। ज्ञानले सदगति हुन्छ। फेरि भक्ति सुरुहुन्छ त्यसपछि उतरतीकला भनिन्छ
किनकि भक्तिलाई रात, ज्ञानलाई दिन भनिन्छ। यो त जोसुकैको बुद्धिमा पनि बस्न सक्छ तर
दैवीगुण धारण गर्दैनन्। दैवीगुण भयो भने बुझिन्छ– ज्ञानको धारणा रहेछ। ज्ञानको धारणा
हुनेहरूको चालचलन देवतासमान हुन्छ। कम धारणा हुनेहरूको चालचलन मिसिएको हुन्छ। धारणा
छैन भने मानौँ ऊ बाबाको बच्चा नै होइन। मनुष्यले बाबाको कति ग्लानि गर्छन्।
ब्राह्मण कुलमा आएपछि गाली गर्न, ग्लानि गर्न बन्द हुन्छ। तिमीलाई ज्ञान मिल्छ,
त्यसमा आफूले विचार सागर मन्थन गरेमा अमृत मिल्छ। विचार सागर मन्थन नै गर्दैनन् भने
बाँकी के मन्थन हुन्छ? आसुरी विचार। त्यसबाट फोहोर नै निस्कन्छ। अहिले तिमी ईश्वरीय
विद्यार्थी हौ। जान्दछौ– मनुष्यबाट देवता बन्ने पढाइ पढिरहेका छौँ। देवताहरूले यो
पढाइ पढाउँदैनन्। देवताहरूलाई कहिल्यै ज्ञानको सागर भनिँदैन। ज्ञानको सागर त एकलाई
नै भनिन्छ। दैवीगुण पनि ज्ञानबाट धारण हुन्छन्। यो ज्ञान जुन तिमी बच्चाहरूलाई अहिले
मिल्छ, यो सत्ययुगमा हुँदैन। यी देवताहरूमा दैवीगुण हुन्छन्। तिमीले महिमा पनि गर्छौ–
सर्वगुण सम्पन्न...। त्यसैले अहिले तिमी त्यस्तै बन्नुछ। आफूसँग सोध्नुपर्छ– हामीमा
सबै दैवीगुण छन् वा कुनै आसुरी अवगुण छन्? यदि आसुरी अवगुण छन् भने त्यसलाई
निकालिदिनुपर्छ, त्यसपछि नै देवता भनिन्छ। नत्र सानो पद पाउनेछन्।
अहिले तिमी बच्चाहरूले
दैवीगुण धारण गर्छौ। धेरै राम्रा राम्रा कुराहरू सुनाउँछौ। यसलाई नै भनिन्छ
पुरुषोत्तम सङ्गमयुग, जुनबेला तिमी पुरुषोत्तम बनिरहेका छौ, त्यसैले वातावरण पनि
धेरै राम्रो हुनुपर्छ। मुखबाट कुनै पनि फोहोरी कुरा ननिस्कियोस्, नत्र भनिन्छ– यो
सानो पदको हो। बोलीचाली र वातावरणबाट तुरुन्तै थाहा हुन्छ। तिम्रो अनुहार सदैव
हर्षित हुनुपर्छ। नत्र तिमीमा ज्ञान छैन भनिन्छ। मुखबाट सदैव रत्न निस्कियोस्। यी
लक्ष्मीनारायण हेर, कति हर्षितमुख छन्। यिनीहरूका आत्माले ज्ञान रत्न धारण गरेका
थिए। मुखबाट सदैव ज्ञान रत्न निस्कन्छ। रत्न मात्रै सुन्दा सुनाउँदा कति खुसी हुन्छ।
ज्ञान रत्न जुन अहिले तिमीले लिन्छौ, फेरि यी सबै हीरा जुहारत बन्छन्। ९ रत्नको माला
कुनै हीरा जुहारतको होइन। यी ज्ञान रत्नहरूको माला हो। मनुष्यहरूले फेरि ती रत्न
सम्झेर औँठी आदि लगाउँछन्। यी ज्ञान रत्नहरूको माला पुरुषोत्तम सङ्गमयुगमा बन्छ। यी
रत्नले नै तिमीलाई भविष्यमा २१ जन्मको लागि मालामाल बनाउँछन्। यसलाई कसैले लुट्न
सक्दैन। यहाँ तिमीले यी हीरा जुहारत लगायौ भने तुरुन्तै कसैले लुटेर लैजान्छ।
त्यसैले आफूलाई धेरै धेरै समझदार बनाउनुछ। आसुरी अवगुणहरूलाई निकाल्नुछ। आसुरी
अवगुणले अनुहार नै यस्तो हुन्छ। क्रोधमा रातो रातो तामाजस्तो अनुहार हुन्छ। काम
विकार हुनेहरू त काला बन्छन्। त्यसैले बच्चाहरूले हरेक कुरामा विचार सागर मन्थन
गर्नुपर्छ। यो पढाइ हो नै धेरै धन पाउने। त्यो पढाइ कुनै रत्न कहाँ हो र। हो, पढाइ
पढेर ठुलो पदवी पाउँछन्। त्यसैले पढाइ काम लाग्यो, न कि पैसा। पढाइ नै धन हो। त्यो
हो हदको धन, फेरि यो हो बेहदको धन। हुन् दुवै पढाइ। अहिले तिमीले बुझ्छौ– बाबाले
हामीलाई पढाएर विश्वको मालिक बनाइदिनुहुन्छ। त्यो अल्पकाल क्षणभङ्गुरको पढाइ हो एक
जन्मको लागि। फेरि अर्को जन्ममा नयाँ तरिकाले पढ्नुपर्छ। त्यहाँ धनको लागि पढाइको
आवश्यकता पर्दैन। त्यहाँ त अहिलेको पुरुषार्थले अथाह धन मिल्छ। धन अविनाशी बन्छ।
देवताहरूसँग धन धेरै थियो, फेरि भक्तिमार्ग अर्थात् रावणराज्यमा आएपछि कति थियो, कति
मन्दिरहरू बनाइएका छन्। फेरि आएर मुसलमान आदिले धन लुटे। कति धनवान थिए! आजको
पढाइबाट त्यति धनवान कोही बन्न सक्दैनन्। तिमीले अहिले जान्दछौ– हामीले यति उच्च
पढाइ पढ्छौँ, जसबाट यी (देवीदेवता) बन्छौँ। त्यसैले हेर पढाइबाट, मनुष्य के बन्छन्!
गरिबबाट धनवान। अहिले विश्व पनि कति गरिब छ। धनवानहरूलाई त फुर्सत नै छैन। आफ्नो
अहङ्कार हुन्छ– म फलानो हुँ। यसमा अहङ्कार आदि मेटिनुपर्छ। हामी आत्मा हौँ,
आत्मासँग त धनदौलत, हीरा जुहारत आदि केही पनि हुँदैन। बाबाले पनि भन्नुहुन्छ–
देहसहित सबै सम्बन्ध छोड। आत्माले शरीर छोड्छ त्यसपछि धनसम्पत्ति आदि सबै खतम हुन्छ।
नयाँ तरिकाले पढेर फेरि धन कमाउँछ वा दानपुण्य राम्रो गरेको छ भने धनवानको घरमा
जन्म लिन्छ। भनिन्छ नि– पूर्व कर्मको फल हो। ज्ञानको दान गरेको होला वा कलेज,
धर्मशाला आदि बनाएको रहेछ भने त्यसको फल मिल्छ तर अल्पकालको लागि। यो दानपुण्य पनि
यहाँ गरिन्छ। सत्ययुगमा गरिँदैन। सत्ययुगमा राम्रा कर्म नै हुन्छन् किनकि अहिलेको
वर्सा मिलेको हुन्छ। त्यहाँ कसैको पनि विकर्म हुँदैन किनकि रावण नै हुँदैन।
गरिबहरूको पनि विकर्म हुँदैन। यहाँ त धनवानहरूको पनि विकर्म बन्छ, त्यसैले त यी
बिमारी आदि दुःख हुन्छन्। त्यहाँ विकारमा जाँदैनन् नै भने विकर्म कसरी हुन्छ? सबै
कुरा कर्ममाथि आधारित छ। यो माया रावणको राज्य हो, जसले गर्दा मनुष्य विकारी बन्छन्।
बाबा आएर निर्विकारी बनाउनको लागि पढाउनुहुन्छ। बाबाले निर्विकारी बनाउनुहुन्छ,
मायाले फेरि विकारी बनाइदिन्छ। रामवंशी र रावणवंशीको युद्ध चल्छ। तिमी बाबाका बच्चा
हौ, उनीहरू रावणका बच्चा हुन्। कति राम्रा राम्रा बच्चाहरूले मायाबाट हार खान्छन्।
माया धेरै बलवान छ। फेरि पनि आशा राख्छन्। अधमभन्दा अधम (बिलकुल पतित) को पनि
उद्धार गर्नुछ नि। बाबाले त सारा विश्वको उद्धार गर्नुछ। धेरै गिर्छन्। एकदमै चट
खातामा अधमभन्दा अधम बन्छन्। यस्ताको पनि बाबाले उद्धार गर्नुहुन्छ। अधम त सबै छन्
रावणराज्यमा, तर बाबाले बचाउनुहुन्छ। फेरि पनि गिरिरहन्छन्, त्यसपछि धेरै अधम बन्छन्।
उनीहरूको फेरि त्यति उन्नति हुँदैन। त्यो अधमपनाले भित्र खाइरहन्छ। जसरी तिमीले
भन्छौ– अन्तकालमा जो... उनीहरूको बुद्धिमा त्यो अधमपना नै आइरहन्छ। त्यसैले बाबा
बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, कल्प कल्प तिमी नै देवता बन्छौ। जनावर बन्छौ र?
मनुष्य नै बन्छन् र मनुष्यले नै जान्दछन्। यी लक्ष्मी-नारायणका पनि नाक, कान आदि
हुन्छन्, मनुष्य हुन् नि! तर दैवीगुणवाला हुन्, त्यसैले यिनीहरूलाई देवता भनिन्छ।
यिनीहरू यस्ता सुन्दर देवता कसरी बन्छन्, फेरि कसरी गिर्छन्, यस चक्रको बिषयमा
तिमीलाई थाहा भएको छ। जसले विचार सागर मन्थन गर्छन्, उनीहरूलाई धारणा पनि राम्रो
हुन्छ। विचार सागर मन्थन नै गर्दैनन् भने बुद्धु बन्छन्, मुरली चलाउनेको विचार सागर
मन्थन चलिरहन्छ। यस टपिकमा यो यो सम्झाउनुछ। स्वत: विचार सागर मन्थन चल्छ। फलाना
आउनेवाला छन्, उनीहरूलाई पनि उल्लासले सम्झाउँछौँ। हुन सक्छ, केही बुझ्नेछन्।
भाग्यमा हुन्छ। कसैले तुरुन्तै निश्चय गर्छन्, कसैले गर्दैनन्। आशा राखिन्छ। अहिले
नभए पछि गएर अवश्य बुझ्नेछन्। आशा राख्नुपर्छ नि! आशा राख्नु अर्थात् सेवाको सोख
हुनु। थाक्नुहुँदैन। चाहे कोही पढेर फेरि अधम बनेको छ, आउँछ भने अवश्य उसलाई भेटघाट
कक्षमा बसाउँछौँ। वा भन्छौँ– गइहाल? अवश्य सोध्छौँ– यति दिन किन नआएको? भन्छन्–
मायाबाट हार खाएँ। यस्ता धेरै आउँछन्। बुझेका हुन्छन्– ज्ञान धेरै राम्रो थियो तर
मायाले हराइदियो। स्मृति त रहन्छ नि। भक्तिमा त हार्ने र जित्ने कुरा नै हुँदैन। यो
ज्ञान धारण गर्नको लागि हो। अहिले तिमीले बाबाद्वारा सच्चा गीता सुन्छौ, जसबाट देवता
बन्छौ। ब्राह्मण नबनी देवता बन्न सकिँदैन। क्रिस्चियन, पारसी, मुसलमानमा ब्राह्मण
हुँदैनन्। यी सबै कुरा अहिले तिमीले बुझेका छौ।
तिमीले जान्दछौ–
अल्फलाई याद गर्नुछ। अल्फलाई याद गरेमा नै बादसाही मिल्छ। जहिले पनि तिमीले कसैलाई
भेट्दा भन– अल्फ अल्लाहलाई याद गर्नुहोस्। अल्फलाई नै उच्च भनिन्छ। औँलाले अल्फतिर
इसारा गर्छन् नि! अल्फलाई एक पनि भनिन्छ। भगवान् एउटै हुनुहुन्छ। बाँकी सबै त
बच्चाहरू हुन्। बाबा त सदैव अल्फ नै हुनुहुन्छ। बादसाही गर्नुहुन्न। ज्ञान पनि
दिनुहुन्छ, आफ्नो बच्चा पनि बनाउनुहुन्छ, त्यसैले बच्चाहरूलाई कति खुसीमा हुनुपर्छ।
बाबाले हाम्रो कति सेवा गर्नुहुन्छ। हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। फेरि स्वयं
त्यो नयाँ पवित्र दुनियाँमा आउनु नै हुन्न। पावन दुनियाँमा उहाँलाई कसैले
बोलाउँदैनन्। पतितले नै बोलाउँछन्। पावन दुनियाँमा आएर के गर्नुहुन्छ र! उहाँको नाम
नै छ पतितपावन, त्यसैले पुरानो दुनियाँलाई नयाँ बनाउने उहाँको कर्तव्य हो। बाबाको
नाम हो शिव, र सालिग्राम बच्चाहरूलाई भनिन्छ। उनीहरूको पूजा हुन्छ। शिवबाबा भनेर
सबैले याद गर्छन्। फेरि ब्रह्मालाई पनि बाबा भन्छन्। प्रजापिता ब्रह्मा त धेरैले
भन्छन् तर उहाँलाई यथार्थ रूपमा चिन्दैनन्। ब्रह्मा कसका बच्चा हुन्? तिमीले भन्छौ–
परमपिता परमात्मा शिवले उहाँलाई एडप्ट गर्नुभएको हो। यिनी त शरीरधारी हुन् नि! सबै
आत्माहरू ईश्वरका सन्तान हुन्। सबै आत्माहरूको आआफ्नो शरीर छ। सबैलाई आआफ्नो पार्ट
मिलेको छ, जुन खेल्नैपर्छ। यो परम्परादेखि चल्दै आएको छ। अनादि अर्थात् त्यसको आदि,
मध्य, अन्त्य छैन। मनुष्यले सुन्छन्– अन्त्य हुन्छ, त्यसपछि फेरि यसैमा अल्मलिन्छन्–
फेरि कसरी बनिन्छ होला? बाबा सम्झाउनुहुन्छ– यो अनादि हो। कहिले बनेको हो, यो
सोध्नुपर्ने होइन। प्रलय हुँदैहुँदैन। यो पनि गफ लगाइदिएका छन्। थोरै मनुष्य हुन्छन्,
त्यसैले भनिन्छ– मानौँ प्रलय भयो। बाबामा जुन ज्ञान छ, त्यो अहिले नै इमर्ज हुन्छ।
यसैको लागि भनिन्छ– सारा सागरलाई मसी बनाऊ... तैपनि पूरा हुँदैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो हर्षित अनुहारले बाबाको नाम प्रसिद्ध गर्नुछ। ज्ञान रत्न नै सुन्नु र
सुनाउनुछ। गलामा ज्ञान रत्नको माला भइरहोस्। आसुरी अवगुणहरूलाई निकालिदिनुछ।
२) सेवामा कहिल्यै
थाक्नुछैन। आशा राखेर सोखले सेवा गर्नुछ। विचार सागर मन्थन गरेर उल्लासमा रहनुछ।
वरदान:–
कन्फ्युज
हुनुको सट्टा लुज कनेक्सनलाई ठीक पा र्ने समस्यामुक्त भव
सबै समस्याहरूको मूल
कारण कनेक्सन लुज हुनु हो। केवल कनेक्सनलाई ठीक पारिदेऊ, त्यसपछि सर्व शक्तिहरू
तिम्रो अगाडि घुम्छन्। कनेक्सन जोड्नमा एक-दुई मिनेट लागिहाल्यो भने पनि हिम्मत
हारेर कन्फ्युज नहोऊ। निश्चयको फाउन्डेसनलाई नहल्लाऊ। म बाबाको, बाबा मेरो– यस
आधारले फाउन्डेसनलाई पक्का बनाऊ, त्यसपछि समस्यामुक्त बन्छौ।
स्लोगन:–
बीजरूप
अवस्थामा स्थित रहनु– यही पुरानो संस्कारहरूलाई परिवर्तन गर्ने विधि हो।
अव्यक्त इसारा:– यस
अव्यक्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
सेवामा वा आफ्नो
पुरानो संस्कारहरूलाई परिवर्तन गर्नमा सफलता मिलेन भने कुनै न कुनै विघ्नको वश
हुन्छौ। फेरि त्यसबाट मुक्त हुने इच्छा राख्छौ, तर बिना शक्ति यो इच्छा पूर्ण हुन
सक्दैन, त्यसैले अलङ्कारी रूप बन। शक्तिरूप धारण गर, त्यसपछि बन्धनमुक्त बन्छौ।