23.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यो सङ्गमयुग चढ्ती कलाको युग हो , यसमा सबैको भलो हुन्छ । त्यसैले भनिन्छ– चढ्ती कला , तेरे भाने सर्व का भला।”

प्रश्न:–
बाबाले किन सबै ब्राह्मण बच्चाहरूलाई धेरै धेरै बधाई दिनुहुन्छ?

उत्तर:–
किनकि बाबा भन्नुहुन्छ– तिमी मेरा बच्चाहरू मनुष्यबाट देवता बन्छौ। अहिले तिमी रावणको जञ्जीरबाट छुट्छौ, तिमीले स्वर्गको राज्य भाग्य पाउँछौ, सम्मान सहित पास हुन्छौ, म हुन्नँ, त्यसैले बाबाले तिमीलाई धेरै धेरै बधाई दिनुहुन्छ। तिमी आत्माहरू पतङ्गा (चङ्गा) हौ, तिम्रो डोरी मेरो हातमा छ। मैले तिमीहरूलाई स्वर्गको मालिक बनाउँछु।

गीत:–
आखिर वह दिन आया आज...

ओम् शान्ति ।
यो अमरकथा कसले सुनाइरहनुभएको छ? अमरकथा भन, सत्यनारायणको कथा भन वा तीजरीको कथा भन– तीनैवटा मुख्य छन्। अहिले तिमी कसको सामुन्ने बसेका छौ र कसले तिमीलाई यो कथा सुनाइरहनुभएको छ? सतसङ्ग त यिनले पनि धेरै गरेका छन्। त्यहाँ त सबै मनुष्य देखिन्छन्। भन्छन्– फलाना संन्यासीले कथा सुनाउँछन्। शिवानन्दले सुनाउँछन्। यहाँ त धेरै सतसङ्ग छन्। गल्ली गल्लीमा सतसङ्ग छन्। माताहरूले पनि पुस्तक लिएर बस्छन् र सतसङ्ग गर्छन्। त्यसैले त्यहाँ मनुष्यलाई देख्नुपर्छ तर यहाँ त अनौठो कुरा छ। तिम्रो बुद्धिमा को हुनुहुन्छ? परमात्मा। तिमीले भन्छौ– अहिले बाबा सामुन्ने आउनुभएको छ। निराकार बाबाले हामीलाई पढाउनुहुन्छ। मनुष्यले भन्छन्– ईश्वर त नाम रूपबाट अलग हुनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– नाम रूपबाट अलग कुनै चीज छैन। तिमी बच्चाहरूलाई थाहा छ– यहाँ कुनै पनि साकार मनुष्यले पढाउँदैनन् र अन्यत्र जहाँसुकै गए पनि सारा विश्वमा साकारले नै पढाउँछन्। यहाँ त सुप्रीम बाबा हुनुहुन्छ, जसलाई निराकार परमपिता परमात्मा भनिन्छ, उहाँ निराकारले साकारमा बसेर पढाउनुहुन्छ। यो बिल्कुलै नयाँ कुरा भयो। जन्म-जन्मान्तर तिमीले सुन्दै आयौ– यिनी फलाना पण्डित हुन्, गुरु हुन्। धेरैभन्दा धेरै नाम छन्। भारतवर्ष त धेरै ठुलो छ। जे जति सिकाउँछन्, सम्झाउँछन्, ती सिकाउनेहरू मनुष्य नै हुन्। मनुष्य नै शिष्य बनेका छन्। अनेक प्रकारका मनुष्य छन्। फलानाले सुनाउँछन्। सदैव शरीरको नाम लिइन्छ। भक्तिमार्गमा निराकारलाई बोलाउँछन्– हे पतित-पावन आउनुहोस्! उहाँले नै आएर बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– कल्प कल्प सारा दुनियाँका मानिसहरू जो पतित बन्छन्, उनीहरूलाई पावन बनाउने एउटै निराकार बाबा हुनुहुन्छ। तिमीहरू यहाँ जति बसेका छौ, तिमीहरूमा पनि कोही कच्चा छौ, कोही पक्का छौ किनकि आधाकल्प तिमी देह अभिमानी बनेका थियौ। अब यस जन्ममा देही-अभिमानी बन्नुछ। तिम्रो देहमा रहेको जुन आत्मा छ, परमात्मा बसेर त्यसलाई सम्झाउनुहुन्छ। आत्माले नै संस्कार लिएर जान्छ। आत्माले इन्द्रियहरूद्वारा भन्छ– म फलानो हुँ। तर आत्म अभिमानी त कोही पनि छैनन्। बाबा सम्झाउनुहुन्छ– जो यस भारतवर्षमा सूर्यवंशी-चन्द्रवंशी थिए उनीहरू नै यस समयमा आएर ब्राह्मण बन्छन् फेरि देवता बन्छन्। मनुष्यलाई देह अभिमानी रहने बानी परेको छ, देही-अभिमानी रहन बिर्सन्छन्। त्यसैले बाबाले घरी घरी भन्नुहुन्छ– देही-अभिमानी बन। आत्माले नै भिन्न भिन्न चोला लिएर पार्ट खेल्छ। यी हुन् त्यस आत्माका इन्द्रियहरू। अब बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– मनमनाभव। बाँकी केवल गीता पढेर मात्र कुनै राज्य भाग्य कहाँ मिल्न सक्छ र? तिमीलाई यस समयमा त्रिकालदर्शी बनाइन्छ। रातदिनको फरक भएको छ। बाबा सम्झाउनुहुन्छ– मैले तिमीलाई राजयोग सिकाउँछु। श्रीकृष्ण त सत्ययुगका राजकुमार हुन्। जो सूर्यवंशी देवताहरू थिए, उनीहरूमा कुनै ज्ञान हुँदैन। ज्ञान त प्रायः लोप हुनेछ। ज्ञान हो नै सदगतिका लागि। सत्ययुगमा कोही पनि दुर्गतिमा हुँदैनन्। त्यो हो नै सत्ययुग। अहिले छ कलियुग। भारतवर्षमा पहिला सूर्यवंशी ८ जन्म, फेरि चन्द्रवंशी १२ जन्म। अहिलेको तिम्रो यो एक जन्म सबैभन्दा राम्रो जन्म हो। तिमी हौ प्रजापिता ब्रह्मामुख वंशावली। यो हो सर्वोत्तम धर्म। देवता धर्मलाई सर्वोत्तम धर्म भनिँदैन। ब्राह्मण धर्म सबैभन्दा उच्च छ। देवताहरूले त प्रारब्ध भोग्छन्।

आजकाल समाजसेवी धेरै छन्। तिम्रो हो रुहानी सेवा। त्यो हो जिस्मानी सेवा गर्नु। रुहानी सेवा एकैपटक हुन्छ। पहिला यी समाजसेवी आदि थिएनन्। राजारानीले राज्य गर्थे। सत्ययुगमा देवीदेवता थिए। तिमीहरू नै पूज्य थियौ फेरि पुजारी बन्यौ। लक्ष्मीनारायण द्वापरमा वाममार्गमा गएपछि मन्दिर बनाउँछन्, सबैभन्दा पहिला शिवको मन्दिर बनाउँछन्। उहाँ हुनुहुन्छ सबैको सदगतिदाता त्यसैले उहाँको पूजा अवश्य हुनुपर्छ। शिवबाबाले नै आत्माहरूलाई निर्विकारी बनाउनुभएको थियो नि। फेरि हुन्छ देवताहरूको पूजा। तिमी नै पूज्य थियौ फेरि पुजारी बन्यौ। बाबाले सम्झाउनुभएको छ– चक्रलाई याद गरिराख। सिँढी ओर्लंदै ओर्लंदै एकदमै जमिनमा आइपुगेका छौ। अब तिम्रो चढ्तीकला हुन्छ। भनिन्छ– चढ्तीकला, तेरे भाने सर्व का भला (तिम्रो चढ्ती कलामा सबैको भलो हुन्छ)। सारा दुनियाँका मनुष्य मात्रको अब मैले चढ्ती कला बनाउँछु। पतित-पावन आएर सबैलाई पावन बनाउनुहुन्छ। सत्ययुग हुँदा चढ्तीकला थियो र बाँकी सबै आत्माहरू मुक्तिधाममा थिए।

बाबा बसेर सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! मेरो जन्म यहीँ नै हुन्छ। शिवबाबा आउनुभएको थियो, यसको गायन गरिएको छ। अब फेरि आउनुभएको छ। यसलाई भनिन्छ राजस्व अश्वमेध अविनाशी रुद्र ज्ञान यज्ञ। स्वराज्य पाउनको लागि यज्ञ रचिएको छ। विघ्न पनि परेका थिए, अहिले पनि परिरहेका छन्। माताहरूमाथि अत्याचार हुन्छन्। भन्छन्– बाबा, यिनीहरूले हामीलाई नङ्गन बनाउँछन्। यिनीहरूले हामीलाई छोड्दैनन्। बाबा हाम्रो रक्षा गर्नुहोस्। देखाउँछन्– द्रौपदीको रक्षा भयो। अहिले तिमी २१ जन्मको लागि बेहदका बाबाबाट वर्सा लिन आएका छौ। यादको यात्रामा रहेर आफूलाई पवित्र बनाउँछौ। फेरि विकारमा गयौ भने समाप्त, एकदमै गिर्छौ, त्यसैले बाबा भन्नुहुन्छ– पवित्र अवश्य रहनुछ। जो कल्प पहिला पवित्र बनेका थिए उनीहरूले नै पवित्रताको प्रतिज्ञा गर्छन्। फेरि कोही पवित्र रहन सक्छन्, कोही रहन सक्दैनन्। मुख्य कुरा हो याद। याद गरिराख्यौ, पवित्र रह्यौ र स्वदर्शन चक्र घुमाइरह्यौ भने फेरि उच्च पद पाउँछौ। विष्णुका दुई रूपले राज्य गर्छन् नि। तर विष्णुसँग जुन शङ्ख चक्र देखाइएको छ, त्यो देवताहरूमा थिएन। लक्ष्मीनारायणमा पनि थिएन। विष्णु त सूक्ष्मवतनमा रहन्छन्, उनलाई चक्रको ज्ञानको आवश्यकता छैन। त्यहाँ मुभी (इसारा) चल्छ। अहिले तिमीलाई थाहा छ– हामी शान्तिधामका निवासी हौँ। त्यो हो निराकारी दुनियाँ। तर आत्मा के चीज हो, त्यो पनि मनुष्य मात्रले जान्दैनन्। भनिदिन्छन्– आत्मा सो परमात्मा। आत्माको लागि भन्छन्– एउटा चम्किरहेको सितारा हो, जुन भृकुटीको बीचमा रहन्छ। यी आँखाले देख्न सकिँदैन। चाहे कसैले जतिसुकै कोसिस गरून्, सिसा आदिमा बन्द गरेर राखुन्– हेरौँ आत्मा कसरी निस्कन्छ? कोसिस गर्छन् तर कसैलाई पनि थाहा हुँदैन– आत्मा के चीज हो, कसरी निस्कन्छ? बाँकी यति भन्छन्– आत्मा सितारा जस्तो छ। दिव्य दृष्टिबिना त्यसलाई देखिँदैन। भक्तिमार्गमा धेरैलाई साक्षात्कार हुन्छ। लेखिएको छ– अर्जुनलाई साक्षात्कार भयो, अखण्ड ज्योति हुनुहुन्छ। अर्जुनले भने– मैले सहन गर्न सक्दिनँ। बाबा सम्झाउनुहुन्छ– त्यति तेजोमय आदि केही छैन। जसरी आत्मा आएर शरीरमा प्रवेश गर्छ, त्यो कहाँ थाहा हुन्छ र? अब तिमीलाई पनि थाहा भएको छ– बाबा कसरी प्रवेश गरेर बोल्नुहुन्छ। आत्मा आएर बोल्छ। यो पनि ड्रामामा सबै पहिल्यै निश्चित गरिएको छ, यसमा कसैको तागतको कुरा छैन। आत्माले कुनै शरीर छोडेर जाँदैन। यो साक्षात्कारको कुरा हो। अनौठो कुरा हो नि। बाबा भन्नुहुन्छ– म पनि साधारण तनमा आउँछु। आत्मालाई बोलाउँछन् नि। पहिला आत्माहरूलाई बोलाएर उनीहरूसँग सोध्ने पनि गर्थे। अहिले त तमोप्रधान बनेका छन् नि। त्यसैले म गएर पतितहरूलाई पावन बनाऊँ भनेर नै बाबा आउनुहुन्छ। ८४ जन्म भन्छन् पनि। त्यसैले बुझ्नुपर्छ– जो पहिला आएका छन्, उनीहरूले नै अवश्य ८४ जन्म लिएका होलान्। उनीहरूले त लाखौँ वर्ष भनिदिन्छन्। अब बाबा सम्झाउनुहुन्छ– तिमीलाई स्वर्गमा पठाएको थिएँ। तिमीले गएर राज्य गरेका थियौ। तिमीहरूलाई नै स्वर्गमा पठाएको थिएँ। सङ्गममा राजयोग सिकाएको थिएँ। बाबा भन्नुहुन्छ– म कल्पको सङ्गमयुगमा आउँछु। गीतामा फेरि युगे युगे शब्द लेखिदिएका छन्।

अहिले तिमीलाई थाहा छ– हामी सिँढी कसरी ओर्लन्छौँ फेरि चढ्छौँ। चढ्तीकला फेरि गिरती कला। अहिले यो सङ्गमयुग हो सबैको चढ्तीकलाको युग। सबै चढ्छन्। सबै माथि नै जान्छन् फेरि तिमी आउँछौ स्वर्गमा पार्ट खेल्न। सत्ययुगमा अर्को कुनै धर्म थिएन। त्यसलाई भनिन्छ निर्विकारी विश्व। फेरि देवीदेवताहरू वाममार्गमा गएर सबै विकारी बन्न लाग्छन्, यथा राजारानी तथा प्रजा। बाबा सम्झाउनुहुन्छ– हे बच्चाहरू! तिमी निर्विकारी विश्वमा थियौ। अहिले हो विकारी विश्व। अनेक धर्म छन् बाँकी एक देवीदेवता धर्म छैन। अवश्य नभएको बेलामा नै फेरि देवीदेवता धर्म स्थापना हुन्छ। बाबा भन्नुहुन्छ– म आएर ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना गर्छु। यहीँ गर्छु नि। सूक्ष्मवतनमा त गर्दिनँ। लेखिएको छ– ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको रचना रच्नुहुन्छ। तिमीलाई यस समयमा पावन भनिँदैन। पावन बनिरहेका छौ। टाइम त लाग्छ नि। पतितबाट पावन कसरी बन्ने, यो कुनै पनि शास्त्रमा छैन। वास्तवमा महिमा त एक बाबाको हुन्छ। ती बाबालाई बिर्सिएकाले नै अनाथ बनेका छन्। आपसमा लडिरहन्छन्। फेरि भन्छन्– सबै मिलेर एक कसरी हुने। भाइ भाइ हुन् नि। बाबा त अनुभवी हुनुहुन्छ। भक्ति पनि यिनले पूरा गरेका छन्। सबैभन्दा धेरै गुरु बनाएका छन्। अब बाबा भन्नुहुन्छ– यिनीहरू सबैलाई छोड। अहिले म तिमीसँग मिलेको छु। सबैका सदगतिदाता, एक सत् श्री अकाल भन्छन् नि, अर्थ बुझ्दैनन्। धेरै पढिरहन्छन्। बाबा सम्झाउनुहुन्छ– अहिले सबै पतित छन् फेरि पावन दुनियाँ बन्नेछ। भारतवर्ष नै अविनाशी हो। यो कुरा कसैलाई थाहा छैन। भारतवर्षको कहिल्यै विनाश हुँदैन र कहिल्यै प्रलय पनि हुँदैन। यो जुन देखाउँछन्– सागरमा पीपलको पातमा श्रीकृष्ण आए। तर पीपलको पातमा त बच्चा आउन सक्दैन। बाबा सम्झाउनुहुन्छ– तिमीले बडो आरामसँग गर्भबाट जन्म लिन्छौ। त्यहाँ गर्भमहल भनिन्छ। यहाँ हुन्छ गर्भजेल। सत्ययुगमा हुन्छ गर्भमहल। आत्मालाई पहिलादेखि नै साक्षात्कार हुन्छ। यो तन छोडेर अर्को लिनुछ। त्यहाँ आत्म अभिमानी रहन्छन्। मनुष्यले त न रचयितालाई, न रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछन्। अहिले तिमीलाई थाहा छ– बाबा ज्ञानको सागर हुनुहुन्छ। तिमी मास्टर ज्ञान सागर हौ। तिमी (माता)हरू हौ नदी र यी गोपहरू हुन् ज्ञान मानसरोवर। यी ज्ञान नदीहरू हुन्। तिमी हौ सरोवर। प्रवृत्तिमार्ग चाहिन्छ नि। तिम्रो पवित्र गृहस्थ आश्रम थियो। अहिले पतित बनेको छ। बाबा भन्नुहुन्छ– यो कुरा सदा याद राख– हामी आत्मा हौँ। एक बाबालाई याद गर्नुछ। बाबाले आदेश दिनुभएको छ– कुनै पनि देहधारीलाई याद नगर। यी आँखाले जे जति देख्छौ, त्यो सबै खतम हुनेछ। त्यसैले बाबा भन्नुहुन्छ– मनमनाभव, मध्याजीभव। यो कब्रिस्तानलाई बिर्सँदै जाऊ। मायाका तुफान त धेरै आउँछन्, यसबाट डराउनुहुँदैन। धेरै तुफान आउनेछन् तर कर्मेन्द्रियहरूबाट विकर्म गर्नुहुँदैन। तिमीले बाबालाई बिर्सिएपछि तुफान आउँछ। यो यादको यात्रा एकैपटक हुन्छ। ती हुन् मृत्युलोकका यात्राहरू, अमरलोकको यात्रा यो हो। त्यसैले अब बाबा भन्नुहुन्छ– कुनै पनि देहधारीलाई याद नगर।

प्यारा बच्चाहरूले शिवजयन्तीका कति तार पठाउँछन्। बाबा भन्नुहुन्छ– ततत्वम्। तिमी बच्चाहरूलाई पनि बाबाले बधाई दिनुहुन्छ। वास्तवमा तिमीलाई बधाई छ किनकि मनुष्यबाट देवता तिमीहरू नै बन्छौ। फेरि जो सम्मान सहित पास हुन्छ उसलाई धेरै नम्बर र उच्च श्रेणी मिल्छ। बाबा तिमीलाई बधाई दिनुहुन्छ– अब तिमी रावणको जञ्जीरबाट छुट्छौ। सबै आत्माहरू चङ्गा हुन्। सबैको डोरी बाबाको हातमा छ। उहाँले सबैलाई लिएर जानुहुन्छ। बाबा सबैका सदगतिदाता हुनुहुन्छ। तिमीले स्वर्गको राज्य भाग्य पाउनको लागि पुरुषार्थ गरिरहेका छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सम्मानसहित पास हुनको लागि एक बाबालाई याद गर्नुछ, कुनै पनि देहधारीलाई होइन। यी आँखाले जे देखिन्छ, त्यसलाई देखेर पनि नदेखेको जस्तो गर्नुछ।

२) हामी अमरलोकको यात्रामा गइरहेका छौँ त्यसैले मृत्युलोकको केही पनि याद रहनु छैन, यी कर्मेन्द्रियहरूबाट कुनै पनि विकर्म गर्नुछैन, यो ध्यान राख्नुछ।

वरदान:–
आफ्नो शिक्षा स्वरूपद्वारा शिक्षा दिने शिक्षा सम्पन्न योग्य शिक्षक भव

योग्य शिक्षक उसलाई भनिन्छ जसले आफ्नो शिक्षास्वरूपद्वारा शिक्षा दिन्छ। उसको स्वरूप नै शिक्षा सम्पन्न हुन्छ। उसको हेराइ हिँडाइले पनि कसैलाई शिक्षा दिन्छ। जस्तै साकार रूपमा कदम कदम हर कर्म शिक्षकको रूपमा प्राक्टिकलमा देख्यौ, जसलाई अर्को शब्दमा चरित्र भनिन्छ। कसैलाई वाणीद्वारा शिक्षा दिनु त साधारण कुरा हो तर सबैले अनुभव सुन्न चाहन्छन्। त्यसैले आफ्नो श्रेष्ठ कर्म, श्रेष्ठ सङ्कल्पको शक्तिबाट अनुभव गराऊ।

स्लोगन:–
सङ्कल्पहरूको सिद्धि प्राप्त गर्नको लागि आत्म शक्तिको उडान भरिराख।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन

सङ्गठनलाई एकताको सूत्रमा बाँध्नको लागि वाणीको शक्तिमा विशेष ध्यान देऊ। वाणी सदा निर्मल होस्, थोरै बोल, बिस्तारै बोल र मीठो बोल। सम्मानजनक बोली नै बोल। अहिलेसम्म साधारण बोली ज्यादा छन्। तिम्रा ‘बोली अलौकिक होस्, फरिस्ताका बोली होस्’, हर बोली मधुर होस्। अहिले यस कुरालाई अन्डरलाइन गर त्यसपछि प्रत्यक्षता हुनेछ।