23.03.25 Avyakt Bapdada Nepali Murli 02.11.2004 Om Shanti Madhuban
स्व-उपकारी ब नेर
अपकारीमाथि पनि उपकार गर , सर्वशक्ति , सर्वगुण सम्पन्न सम्मानदाता बन
आज स्नेहका सागर
बाबाले आफ्ना चारैतिरका स्नेही बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ। चाहे साकार
रूपमा सम्मुख छौ, चाहे स्थूल रूपमा टाढा बसेका छौ तर स्नेहले सबैलाई बाबाको साथमा
बसेका छौ– यो अनुभव गराइरहेको छ। हर बच्चाको स्नेहले बाबालाई समीप अनुभव गराइरहेको
छ। तिमी सबै बच्चाहरू पनि बाबाको स्नेहमा सम्मुख पुगेका छौ। बापदादाले देख्नुभयो–
हर एक बच्चाको दिलमा बापदादाको स्नेह भरिएको छ। हर एकको दिलमा “मेरो बाबा” यही
स्नेहको गीत बजिरहेको छ। स्नेहले नै यस देह र देहको सम्बन्धबाट न्यारा बनाइरहेको छ।
स्नेहले नै मायाजीत बनाइरहेको छ। जहाँ दिलको स्नेह छ त्यहाँ माया टाढाबाटै भाग्छ।
स्नेहको सब्जेक्टमा सबै बच्चाहरू पास छौ। एउटा छ स्नेह, अर्को छ सर्वशक्तिमान्
बाबाद्वारा सर्वशक्तिहरूको खजानाको प्राप्ति।
आज बापदादाले एकातिर
त स्नेहलाई देखिरहनुभएको छ, अर्कातिर शक्ति सेनाका शक्तिहरूलाई देखिरहनुभएको छ। जति
स्नेह भरिएको छ त्यति नै सर्व शक्तिहरू पनि भरिएका छन्? बापदादाले सबै बच्चाहरूलाई
समान रूपले सर्व शक्तिहरू दिनुभएको छ, मास्टर सर्वशक्तिमान् बनाउनुभएको छ। कसैलाई
सर्व शक्तिमान्, कसैलाई शक्तिमान् बनाउनुभएको छैन। तिमीहरू सबैले पनि आफ्नो स्वमान
मास्टर सर्वशक्तिमान् भन्छौ। त्यसैले बापदादाले चारैतिरका बच्चाहरूसँग सोध्नुहुन्छ–
हर एकले आफूमा सर्व शक्तिहरूको अनुभव गर्छौ? सदा सर्व शक्तिहरूमाथि अधिकार छ? सर्व
शक्तिहरू बापदादाको वर्सा हुन्, त्यसैले आफ्नो वर्सामाथि अधिकार छ? छ अधिकार?
टिचरहरूले भन, अधिकार छ? सोचेर भन। पाण्डवहरू अधिकार छ? सदा छ वा कहिलेकाहीँ छ? जुन
समयमा जुन शक्तिको आवश्यकता छ त्यतिबेला तिमी शक्ति सेनाको अर्डरले त्यो शक्ति
हाजिर हुन्छ? समयमा हुन्छ हजुर भन्छ? सोच, हेर, अधिकारीले अर्डर गर्छ अनि शक्तिले
जी हजुर हाजिर भन्छ, जुनसुकै पनि शक्तिको आह्वान गर्छौ, जस्तो समय, जस्तो परिस्थिति
त्यस्तै शक्ति कार्यमा लगाउनसक्छौ। यस्ता अधिकारी आत्मा बनेका छौ? किनकि बाबाले
वर्सा दिनुभयो अनि वर्सालाई तिमीहरूले आफ्नो बनायौ, आफ्नो बनाएका छौ नि! आफ्नोमाथि
अधिकार हुन्छ। जुन समयमा जुन विधिबाट आवश्यकता हुन्छ, त्यस समयमा कार्यमा लागोस्।
मानौं समाहित गर्ने शक्तिको तिमीलाई आवश्यकता छ, अर्डर गर्छौ समाहितगर्ने शक्तिलाई,
तब तिम्रो अर्डर मानेर जी हजुर हाजिर हुन्छ? हुन्छ त्यतिबेला? शिर हल्लाऊ, हात
हल्लाऊ। कहिलेकाहीँ हुन्छ वा सदा हुन्छ? समाहित गर्ने शक्ति हाजिर हुन्छ तर १० पटक
समाहित गर्यौ अनि ११ औं पटक अलिकति तलमाथि हुन्छ? सदा र सहज हाजिर होस्, समय बितेपछि
नआओस्, गर्न त यो चाहन्थेँ तर यस्तो भयो, यसमा यस्तो नहोस्। यसलाई भनिन्छ सर्व
शक्तिहरूका अधिकारी। यो अधिकार बापदादाले त सबैलाई दिनुभएको छ, तर हेर्दा थाहा
हुन्छ– सदा अधिकारी बन्नमा नम्बरवार हुन्छौ। सदा र सहज होस्, नेचुरल होस्, नेचर होस्,
त्यसको विधि छ, जस्तै बाबालाई हजुर पनि भनिन्छ, भनिन्छ हजुर हाजिर हुनुहुन्छ। हाजिर
हजुर भनिन्छ। जुन बच्चा हजुरको हर श्रीमतमा हाजिर हजुर भनेर चल्छ, उसको अगाडि सर्व
शक्तिहरूले पनि हजुर हाजिर भन्छन् । हर आज्ञामा जी हजुर, हर पाइलामा जी हजुर। यदि
हर श्रीमतमा जी हजुर छैन भने हर शक्तिले पनि हर समय हाजिर हजुर भन्न सक्दैन। यदि
कहिलेकाहीँ बाबाको श्रीमत वा आज्ञाको पालन गर्छौ भने, शक्तिहरूले पनि तिम्रो
कहिलेकाहीँ हाजिर हुने अर्डरको पालन गर्छन्। त्यस समयमा अधिकारीको सट्टा अधीन बन्छौ।
बापदादाले यो रिजल्ट चेक गर्नुभयो, अनि के देख्नुभयो? नम्बरवार छौ। सबै नम्बरवन छैनौ,
नम्बरवार छौ। त्यस्तै सदा सहज छैनौ। कहिलेकाहीँ सहज हुन्छौ, कहिले मुस्किलले थोरै
शक्ति इमर्ज हुन्छ।
बापदादा हर एक
बच्चालाई बाबासमान भएको देख्न चाहनुहुन्छ। नम्बरवार देख्न चाहनुहुन्न। तिमीहरू सबैको
लक्ष्य पनि छ बाबासमान बन्ने। समान बन्ने लक्ष्य छ वा नम्बरवार बन्ने लक्ष्य छ? यदि
सोध्ने हो भने त सबैले भन्नेछौ समान बन्नुछ। त्यसैले चेक गर– सर्वशक्तिहरू छन्?
सर्वमा अण्डरलाइन गर। सर्व गुणहरू छन्? बाबासमान स्थिति छ? कहिले स्वयंको स्थितिले,
कहिले कुनै परिस्थितिले विजय त प्राप्त गर्दैन? परिस्थितिले विजय प्राप्त गर्छ भने
त्यसको कारण जान्दछौ नि? स्थिति कमजोर छ त्यसैले परिस्थितिले वार गर्न सक्छ। सदा
स्व-स्थिति विजयी रहोस्, त्यसको साधन हो– सदा स्वमान र सम्मानको ब्यालेन्स।
स्वमानधारी आत्मा स्वतः नै सम्मान दिने दाता हो। वास्तवमा कसैलाई पनि सम्मान दिनु,
दिनु होइन, सम्मान दिनु अर्थात् लिनु हो। सम्मानदाता स्वतः सबैको दिलमा माननीय नै
बन्छ। ब्रह्माबाबालाई देख्यौ– आदिदेव भएर, ड्रामाको फस्ट आत्मा भएर पनि सदा
बच्चाहरूलाई सम्मान दिनुभयो। आफूभन्दा पनि आत्माहरूद्वारा धेरै बच्चाहरूलाई मान
दिलाउनुभयो त्यसैले हर एक बच्चाको दिलमा ब्रह्माबाबा माननीय बन्नुभयो। मान दिनुभयो
वा मान लिनुभयो? सम्मान दिनु अर्थात् अर्काको दिलमा दिलको स्नेहको बीज रोप्नु।
विश्वको अगाडि पनि विश्व कल्याणकारी आत्मा हौ, यो तब अनुभव गर्छौ जब आत्माहरूलाई
स्नेहले सम्मान दिन्छौ।
बापदादाले वर्तमान
समयमा एक अर्कालाई सम्मान दिने आवश्यकता देख्नुभयो। सम्मानदाता नै विधाता आत्मा
देखिन्छ। सम्मानदाता नै बापदादाको श्रीमत (शुभभावना, शुभकामना) मान्ने आज्ञाकारी
बच्चाहरू हुन्। सम्मान दिनु नै ईश्वरीय परिवारको दिलको प्यार दिनु हो। सम्मानदाता
स्वमानमा सहजै स्थित हुनसक्छ। किन? सम्मानदाताले जुन आत्माहरूलाई सम्मान दिन्छ ती
आत्माहरूद्वारा जुन दिलको आशीर्वाद मिल्छ, त्यो आशीर्वादको भण्डारले सहजै र स्वतः
नै स्वमान याद दिलाउँछ। त्यसैले बापदादाले चारैतिरका बच्चाहरूलाई विशेष अण्डरलाइन
गराइरहनुभएको छ– सम्मानदाता बन।
बापदादाको पासमा
जोसुकै पनि बच्चा, जस्तोसुकै बच्चा पनि आयो, कमजोर आयो, संस्कारको वशमा आयो,
पापहरूको बोझ लिएर आयो, कडा संस्कार लिएर आयो, बापदादाले हर बच्चालाई कुन नजरले
हेर्नुभयो! यो मेरो सिकीलधा प्यारो बच्चा हो, ईश्वरीय परिवारको बच्चा हो। यसरी
सम्मान दिनुभयो अनि तिमी स्वमानधारी बन्यौ। त्यसैले फलो फादर। यदि सहजै सर्वगुण
सम्पन्न बन्न चाहन्छौ भने सम्मानदाता बन। बुझ्यौ! यो सहज छ नि? सहज छ वा मुस्किल छ?
टिचरहरूले के बुझ्यौ, सहज छ? कसैलाई सम्मान दिन सहज छ, कसैलाई मुस्किल छ वा सबैलाई
सम्मान दिन सहज छ? तिम्रो टाइटल हो– सर्व उपकारी। अपकार गर्नेमाथि पनि उपकार
गर्नेवाला। त्यसैले चेक गर– सर्व उपकारी दृष्टि, वृत्ति, स्मृति रहन्छ? अरूमाथि
उपकार गर्नु, स्वयंमाथि नै उपकार गर्नु हो। त्यसैले के गर्नुछ? सम्मान दिनुछ नि!
अलग अलग कुराहरूमा धारणा गर्नको लागि जुन मेहनत गर्छौ, त्यसबाट छुट्नेछौ किनकि
बापदादाले हेरिरहनुभएको छ, समयको गति तीव्र भइरहेको छ। समयले प्रतीक्षा गरिरहेको छ,
त्यसैले तिमीहरू सबैले प्रबन्ध गर्नुछ। समयको प्रतीक्षा समाप्त गर्नुछ। के प्रबन्ध
गर्नुछ? आफ्नो सम्पूर्णता र समानताको गति तीव्र बनाउनुछ। तीव्र गति बनाइरहेका छौ
होइन? तीव्रगतिलाई चेक गर– छ तीव्रगति?
बाँकी स्नेहले नयाँ
नयाँ बच्चाहरू पनि आइपुगेका छौ, बापदादा नयाँ नयाँ बच्चाहरूलाई देखेर खुसी
हुनुहुन्छ। जो पहिलो पटक आएका छौ उनले हात उठाऊ। धेरै छौ। बाबाको घरमा, आफ्नो घरमा
स्वागत छ, बधाई छ। अच्छा।
सेवाको टर्न कर्नाटकको
छ : –
कर्नाटकका उठ। सेवाको गोल्डेन चान्सको बधाई छ। हेर पहिलो नम्बर लिएका छौ त्यसैले
पहिलो नम्बर नै रहनुछ नि! पुरुषार्थमा, विजयी बन्नमा सबैमा पहिलो नम्बर लिनेवाला।
दोस्रो नम्बर नलिनु, पहिलो नम्बर। हिम्मत छ! हिम्मत छ? हिम्मत तिमीहरूको अनि हजार
गुणा मद्दत बाबाको। राम्रो चान्स लिएका छौ। आफ्नो पुण्यको खाता धेरै धेरै जम्मा
गर्यौ। अच्छा, कर्नाटकले मेगा प्रोग्राम गरेको छ? गरेका छैनौ, किन? किन गरेका छैनौ?
कर्नाटकले सबैमा पहिलो नम्बर लिनुपर्छ। (बैङ्गलोरमा गर्नेछौँ) अच्छा, जसले पनि ठुलो
प्रोग्राम गर्यौ ती उठ। कति प्रोग्रामहरू भए? (८-१० भइसकेका छन्) बापदादाले ठुलो
प्रोग्रामको ठुलो बधाई दिइरहनुभएको छ। जोन कति छन्! हर एक जोनले ठुलो प्रोग्राम
गर्नुपर्छ किनकि तिम्रो शहरमा गुनासो (उल्हना) गर्नेहरूले गुनासो गर्नेछैनन्। ठुलो
प्रोग्राममा तिमीले विज्ञापन पनि ठुलो गर्छौ नि, चाहे मिडियाद्वारा, चाहे पोस्टर,
होर्डिङ्ग आदि भिन्न भिन्न साधन अपनाउँछौ त्यसैले गुनासो कम हुनेछ। बापदादालाई यो
सेवा मनपर्छ तर... तर छ। प्रोग्राम त ठुला गर्यौ त्यसको त बधाई छ नै तर हर
प्रोग्रामबाट कम्तीमा पनि १०८ को माला त तयार हुनुपर्छ। त्यो कहाँ भएको छ? कम्तीमा
१०८, बढीमा १६ हजार। तर यति धेरै इनर्जी लगायौ, यति धेरै सम्पत्ति लगायौ, त्यसको
रिजल्टमा कम्तीमा १०८ त तयार हुनुपर्छ। सबैको एड्रेस त तिमीहरूसँग हुनुपर्छ। ठुलो
प्रोग्राममा जति पनि ल्याउनेवाला छौ, तिनीहरूसँग तिनको परिचय त रहन्छ नै त्यसैले
उनीहरूलाई फेरि समीप ल्याउनुपर्छ। यस्तो होइन– हामीले गर्यौं, तर जुनसुकै पनि कार्य
गरिन्छ त्यसको फल त निस्किनुपर्छ नि। त्यसैले हर एक ठुलो प्रोग्राम गर्नेहरूले
बापदादालाई यो रिजल्ट दिनुछ। चाहे भिन्न भिन्न सेन्टरमा जाऊ, जुन शहरको भए पनि त्यहाँ
जाऊ, तर रिजल्ट निस्किनुपर्छ। ठीक छ नि, हुन त सक्छ नि! अलिकति अटेन्सन दिने हो भने
त निस्किहाल्छ, १०८ त केही पनि होइन। तर बापदादा रिजल्ट हेर्न चाहनुहुन्छ, कम्तीमा
स्टुडेन्ट त बनोस्। सहयोगमा अगाडि आओस्, ककसले कति निकाल्छौ, त्यो रिजल्ट बापदादाले
यस सिजनमा हेर्न चाहनुहुन्छ। ठीक छ नि? पाण्डवहरू ठीक छ? त्यसैले हेर्नेछु नम्बरवन
को बन्छ? जतिसुकै पनि निकाल, निकाल अवश्य। के छ, प्रोग्रामहरू हुन्छन् तर अगाडिको
सम्पर्कमा थोरै अटेन्सन कम हुन्छ यो निकाल्न कुनै मुस्किल छैन। बाँकी बापदादा
बच्चाहरूको हिम्मत देखेर खुसी हुनुहुन्छ। बुझ्यौ? अच्छा।
अच्छा– अब सबैले एक
सेकेण्डमा, एक सेकेण्ड एक मिनेट होइन, एक सेकेण्डमा “म फरिस्ता सो देवता हुँ”– यो
मनसा ड्रिल सेकेण्डमा अनुभव गर। एक सेकेण्डमा यस्तो ड्रिल दिनमा बारम्बार गर। जसरी
शारीरिक ड्रिलले शरीरलाई शक्तिशाली बनाउँछ, त्यसैगरी यो मनको ड्रिलले मनलाई
शक्तिशाली बनाउँछ। म फरिस्ता हुँ, यस पुरानो दुनियाँ, पुरानो देह, पुरानो देहको
संस्कारबाट न्यारा फरिस्ता आत्मा हुँ। अच्छा!
चारैतिरका अति स्नेही,
सदा स्नेहको सागरमा लभलीन आत्माहरूलाई, सदा सर्व शक्तिहरूका अधिकारी श्रेष्ठ
आत्माहरूलाई, सदा बाबासमान बन्ने बाबाका प्यारा आत्माहरूलाई, सदा स्वमानमा रहने हर
आत्मालाई सम्मान दिने, सबैका माननीय बन्ने आत्माहरूलाई, सदा सर्व उपकारी
आत्माहरूलाई बापदादाको दिलको यादप्यार एवं दिलको आशीर्वाद स्वीकार होस्। साथसाथै
विश्वका मालिक आत्माहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
दादीजीसँग : –
सम्मान दिनमा नम्बरवन पास छौ। राम्रो छ, सबै दादीहरूसँग मधुबनको रौनक छ। (सभासँग)
यी सबैलाई दादीहरूसँग रौनक राम्रो लाग्छ नि। जसरी दादीहरूको रौनकले मधुबनमा रौनक
हुन्छ, त्यसैगरी तिमीहरू सबै दादी होइन, दिदीहरू अनि दादा त हौ। त्यसैले सबै दिदीहरू
अनि सबै दादाहरू, सबैले यो सोच्नुछ, गर्नुछ, जहाँसुकै बसे पनि त्यस स्थानमा रौनक
होस्। जसरी दादीहरूसँग रौनक छ, त्यसैगरी हर स्थानमा रौनक होस् किनकि दादीको पछाडि
दिदीहरू त छौ नि, कम छैनौ। दादा पनि छौ, दिदीहरू पनि छौ। त्यसैले कुनै पनि सेन्टरमा
रुखोपन हुनुहुँदैन, रौनक हुनुपर्छ। तिमी एक एक विश्वमा रौनक देखाउने आत्माहरू हौ।
त्यसैले जुनसुकै पनि स्थानमा छौ त्यो रौनकको स्थान देखियोस्। ठीक छ नि? किनकि
दुनियाँमा हदको रौनक छ अनि तिमी एक एकसँग बेहदको रौनक छ। स्वयम् खुसी, शान्ति अनि
अतीन्द्रिय सुखको रौनकमा हुनेछौ तब स्थान पनि रौनकमा आउनेछ किनकि स्थितिबाट स्थानमा
वायुमण्डल फैलिन्छ। त्यसैले सबैले चेक गर्नुछ–हामी जहाँ बस्छौं, त्यहाँ रौनक छ?
उदासी त छैन? सबै खुसीमा नाचिरहेका छौ? यस्तै छ नि! तिमी दादीहरूको त यही काम हो
नि! फलो दिदीहरू अनि दादाहरू। अच्छा!
सबैतिरबाट जुनसुकै पनि
स्नेही बच्चाहरूले बापदादालाई दिलमा याद गरिरहेका छौ वा पत्र, इमेलद्वारा याद पठाएका
छौ, ती चारैतिरका बच्चाहरूलाई बापदादाले टाढा देखिरहनुभएको छैन तर दिलतख्तमा
देखिरहनुभएको छ। सबैभन्दा समीप दिल छ। त्यसैले बापदादा दिलबाट याद पठाउनेहरूलाई,
केवल याद पठाएका छैनौ तर यादमा छौ, ती सबैलाई पनि दिल तख्तनसिन देखिरहनुभएको छ।
रेस्पोन्ड गरिरहनुभएको छ। टाढा बसेर पनि नम्बरवन तीव्र पुरुषार्थी भव।
वरदान:–
अलबेलापनको
निद्रालाई तलाक दिने निद्राजित , चक्रवर्ती भव
साक्षात्कार मूर्त
बनेर भक्तहरूलाई साक्षात्कार गराउनको लागि अथवा चक्रवर्ती बन्नको लागि निद्राजित बन।
विनाशकाललाई बिर्सिएपछि अलबेलापनको निद्रा आउँछ। भक्तहरूको पुकार सुन, दुःखी
आत्माहरूको दुःखको पुकार सुन, प्यासी आत्माहरूको प्रार्थनाको आवाज सुन्यौ भने
कहिल्यै पनि अलबेलापनको निद्रा आउनेछैन। त्यसैले अब सदा जागती ज्योती बनी अलबेलापनको
निद्रालाई तलाक देऊ र साक्षात्कार मूर्त बन।
स्लोगन:–
तन-मन-धन,
मन-वाणी-कर्म– कुनै पनि प्रकारले बाबाको कर्तव्यमा सहयोगी बन्यौ भने सहजयोगी बन्नेछौ।