23.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– श्रीमत
अनुसार कल्याणकारी ब न्नुछ , सबैलाई सुखको बाटो देखाउ नुछ ।”
प्रश्न:–
कुनै पनि
प्रकारको लापर्बाही हुनाको मुख्य कारण के हो?
उत्तर:–
देह अभिमान।
देह अभिमानको कारणले नै बच्चाहरूबाट धेरै भुल हुन्छन्। उनीहरूले सेवा पनि गर्न
सक्दैनन्। उनीहरूबाट यस्तो कर्म हुन्छ, जसलाई सबैले घृणा गर्छन्। बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! आत्म अभिमानी बन। कुनै पनि अकर्तव्य नगर। क्षीरखण्ड भएर सेवाका
राम्रा राम्रा योजना बनाऊ। मुरली सुनेर धारण गर, यसमा बेपर्वाह नबन।
गीत:–
छोड़ भी दे
आकाश सिंहासन...
ओम् शान्ति ।
रुहानी
बच्चाहरूप्रति रुहानी बाबाको श्रीमत। अहिले म सबै सेन्टरका बच्चाहरूसँग कुरा
गरिरहेको छु। अब जुन त्रिमूर्ति, गोला, वृक्ष, सिँढी, लक्ष्मीनारायणका चित्र र
श्रीकृष्णको चित्र– यी ६ चित्र मुख्य हुन्। यो मानौँ पूरै प्रदर्शनी हो, यसमा सबै
सार आउँछ। जसरी नाटकका पर्दाहरू बनाइन्छन्, विज्ञापनका लागि। ती पर्दाहरू कहिल्यै
वर्षात आदिमा बिग्रिँदैनन्। त्यसैगरी यी मुख्य चित्रहरू बनाउनुपर्छ। बच्चाहरूलाई
श्रीमत मिल्छ रुहानी सेवा बढाउनको लागि, विश्वका मनुष्यहरूको कल्याण गर्नको लागि।
गायन पनि गर्छन्–बेहदका बाबा कल्याणकारी हुनुहुन्छ भने अवश्य कोही अकल्याणकारी पनि
होला। जसकारण बाबाले आएर फेरि कल्याण गर्नुपर्छ। रुहानी बच्चाहरू जसको कल्याण
भइरहेको छ, उनीहरूले यी कुराहरूलाई बुझ्न सक्छन्। जसरी हाम्रो कल्याण भएको छ त्यसरी
नै हामीले फेरि अरूको पनि कल्याण गरौँ। जसरी बाबालाई पनि चिन्तन चल्छ– कसरी कल्याण
गरूँ। युक्तिहरू बताइरहनुभएको छ। ६ बाई ९ साइजको सिटमा यी चित्रहरू बनाउनुपर्छ।
देहलीजस्ता सहरहरूमा अक्सर गरेर धेरै मनुष्य आउँछन्। जहाँ सरकारको सभा आदि हुन्छ।
सचिवालयतर्फ धेरै मानिस आउँछन्, त्यहाँ यी चित्रहरू राख्नुपर्छ। धेरैको कल्याण
गर्नका लागि बाबाले मत दिनुहुन्छ। यस्ता धेरै चित्र टिनमा बन्न सक्छन्। देहीअभिमानी
बनेर बाबाको सेवामा लाग्नुछ। बाबा राय दिनुहुन्छ– यी चित्र विभिन्न भाषामा
बनाउनुपर्छ। यी ६ चित्र मुख्य ठाउँमा राख्नुछ। यस्ता मुख्य स्थानहरूमा राखियो भने
तिमीकहाँ बुझ्नको लागि सयौँ आउनेछन्। तर बच्चाहरूमा देह अभिमान हुनाले धेरै भूलहरू
हुन्छन्। यस्तो कसैले नसम्झोस्– म पक्का देहीअभिमानी हुँ। गल्तीहरू त धेरै हुन्छन्,
सत्य बताउँदैनन्। सम्झाइन्छ, यस्तो कुनै अकर्तव्य नगर, जसले गर्दा यिनीहरूमा देह
अभिमान छ भन्ने जस्तो कुनै नराम्रो घृणा ल्याउँछ। तिमी सदैव युद्धको मैदानमा छौ। अरू
ठाउँ त १०-२० वर्षसम्म युद्ध चल्छ। तिम्रो मायासँग अन्त्यसम्म युद्ध चल्नुछ। तर यो
गुप्त छ, जसलाई कसैले जान्न सक्दैनन्। गीतामा जुन महाभारत लडाइँ छ, त्यो जिस्मानी
देखाइएको छ। तर यो रुहानी हो। रुहानी युद्ध हुन्छ पाण्डवहरूको। त्यो जिस्मानी युद्ध
हो, जो परमपिता परमात्मासँग विपरीत बुद्धि छन्। तिमी ब्राह्मण कुलभूषणहरूको
प्रीतबुद्धि छ। तिमीले अरू सङ्ग तोडेर एक बाबासँग सङ्ग जोडेका छौ। धेरैपटक देह
अभिमान आउनाले भुल्छन्, फेरि आफ्नै पद भ्रष्ट गरिदिन्छन्। फेरि अन्त्यमा धेरै
पछुताउनुपर्नेछ। केही गर्न सक्नेछैनन्। यो कल्प कल्पको बाजी हो। यस समयमा कुनै
अकर्तव्य कार्य गरेमा कल्पकल्पान्तरको लागि पद भ्रष्ट हुन्छ। ठुलो घाटा पर्छ।
बाबा भन्नुहुन्छ–
पहिला तिमी १०० प्रतिशत घाटामा थियौ। अब बाबाले १०० प्रतिशत फाइदामा लैजानुहुन्छ।
त्यसैले श्रीमतमा चल्नुछ। हरेक बच्चा कल्याणकारी बन्नुछ। सबैलाई सुखको बाटो
देखाउनुछ। सुख हुन्छ नै स्वर्गमा, नर्कमा दुःख छ। किन? यो हो विकारी दुनियाँ, त्यो
दुनियाँ निर्विकारी थियो, अब दुनियाँ विकारी बनेको छ, फेरि बाबाले निर्विकारी
बनाउनुहुन्छ। यी कुराहरू दुनियाँमा कसैले जान्दैनन्। त्यसैले मुख्य यी चित्रहरू
स्थायी स्थानहरूमा राख्नुपर्छ। पहिलो नम्बर दिल्ली मुख्य, दोश्रो मुम्बई र कोलकत्ता,
कसैलाई अर्डर दिएर सिटमा बनाउन सक्छौ। आगरामा पनि घुम्नको लागि धेरै जान्छन्।
बच्चाहरूले सेवा त धेरै राम्रो गरिरहेका छन्, अरू पनि केही कर्तव्य गरेर देखाउनुछ।
यी चित्र बनाउन कुनै मेहनत छैन। केवल अनुभव चाहिन्छ। राम्रा ठुला चित्र हुन्, जुन
जसले पनि टाढैबाट पढ्न सक्छन्। गोला पनि ठुलो बन्न सक्छ। सुरक्षित राख्नुपर्छ, जुन
कसैले नबिगारुन्। यज्ञमा असुरहरूका विघ्न पर्छन् किनकि यी नयाँ कुराहरू हुन्।
यिनीहरूले पसल थापेर बसेका छन्। अन्त्यमा सबैले बुझ्नेछन्– हामी ओर्लँदै आएका छौँ,
अवश्य केही कमी छ। बाबा हुनुहुन्छ नै कल्याणकारी। उहाँले नै बताउन सक्नुहुन्छ–
विश्वको कल्याण कसरी र कहिले भएको थियो। विश्वलाई तमोप्रधान कसले बनाउँछ, फेरि
सतोप्रधान कसले बनाउँछ, यो चक्र कसरी घुम्छ, यो कुरा कसैले जान्दैनन्। सङ्गमयुगलाई
पनि जान्दैनन्। सम्झन्छन्– भगवान युग युगमा आउनुहुन्छ। कहिले भन्छन्– भगवान त नाम
रूपभन्दा न्यारा हुनुहुन्छ। भारतवर्ष प्राचीन स्वर्ग थियो। यो पनि भन्छन्–
क्राइस्टभन्दा ३ हजार वर्ष पहिला देवताहरूको राज्य थियो, फेरि कल्पको अवधि लामो
बनाइदिएका छन्, त्यसैले बच्चाहरू देहीअभिमानी बन्ने धेरै मेहनत गर्नुछ। आधाकल्प
सत्ययुग र त्रेतामा तिमी आत्म अभिमानी थियौ तर परमात्म अभिमानी थिएनौ। यहाँ त फेरि
तिमी देह अभिमानी बनेका छौ। फेरि देहीअभिमानी बन्नुपर्छ। यात्रा शब्द पनि छ, तर
अर्थ बुझ्दैनन्। मनमनाभवको अर्थ हो– रुहानी यात्रामा बस। हे आत्माहरू, म बाबालाई
याद गर! श्रीकृष्णले त यस्तो भन्न सक्दैनन्। उनीमाथि कसैले कलङ्क लगाउन सक्दैन। यो
पनि बाबाले सम्झाउनुभएको छ– सिँढी जब ओर्लिएका छन्, त्यसपछि आधाकल्प काम चितामा
बसेर काला हुन्छन्। अहिले हो नै आइरन एज। उनीहरूको सम्प्रदाय कालो नै हुन्छ। तर
सबैको सेतो रूप कसरी बनाउने। चित्र आदि जति पनि बनाएका छन्, ती सबै अती अज्ञानताका
हुन्। त्यसलाई नै श्याम फेरि सुन्दर भन्नु... यो कसरी हुन सक्छ। उनीहरूलाई भनिन्छ
नै अन्धश्रद्धाले गुडियाको पूजा गर्ने। गुडियाको नाम, रूप, अकुपेसन आदि हुन सक्दैन।
तिमीले पनि पहिला पुतलीहरूको पूजा गर्थ्यौ नि। अर्थ केही पनि बुझ्दैनथ्यौ। त्यसैले
बाबाले सम्झाउनुभएको छ– प्रदर्शनीका मुख्य चित्र बनाउनु छ। कमिटी बनोस्, जसले
प्रदर्शनी पछाडि प्रदर्शनी गरिरहोस्। बन्धनमुक्त त धेरै छन्। कन्याहरू बन्धनमुक्त
छन्। वानप्रस्थी पनि बन्धनमुक्त छन्। त्यसैले बच्चाहरूले डाइरेक्सनलाई व्यवहारमा
ल्याउनुपर्छ। यी हुन् गुप्त पाण्डव। कसैको पनि पहिचानमा आउन सक्दैनन्। बाबा पनि
गुप्त, ज्ञान पनि गुप्त। त्यहाँ मनुष्यले मनुष्यलाई ज्ञान दिन्छन्। यहाँ परमात्मा
बाबाले ज्ञान दिनुहुन्छ आत्माहरूलाई। तर यो बुझ्दैनन्– आत्माले ज्ञान लिन्छ किनकि
उनीहरूले आत्मालाई निर्लेप भनिदिन्छन्। वास्तवमा आत्माले नै सबैथोक गर्छ। पुनर्जन्म
आत्माले लिन्छ, कर्मअनुसार। बाबाले यी सबै प्वइन्टहरू राम्रोसँग बुद्धिमा
राखिदिनुहुन्छ। सबै सेन्टरहरूमा नम्बरवार देहीअभिमानी छन्, जसले राम्रोसँग बुझ्छन्
र फेरि सम्झाउँछन्। देह अभिमानीले न केही बुझ्छन्, न सम्झाउन सक्छन्। मैले केही पनि
बुझ्दिनँ, यो पनि देह अभिमान हो। अरे, तिमी त आत्मा हौ। बाबा बसेर आत्माहरूलाई
सम्झाउनुहुन्छ। दिमाग नै खुल्नुपर्छ। तकदिरमा छैन भने खुल्दै खुल्दैन। त्यसैले
बाबाले सेवा गराउनुहुन्छ तर तकदिरमा छैन भने पुरुषार्थ पनि गर्दैनन्। छ धेरै सहज,
बाबा र वर्सालाई जान्नुछ। बेहदका बाबाबाट वर्सा मिल्छ। तिमी बच्चाहरू सबै देवीदेवता
(गड गडेज) थियौ। प्रजा पनि त्यस्तै थिए। यतिबेला पतित बनेका छन्। कति सम्झाइन्छ।
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मैले
तिमीलाई देवीदेवता बनाएँ। तिमी अहिले के बनेका छौ। यो हो कुम्भीपाक नर्क। विषय
वैतरणी नदीमा मनुष्य, जनावर, पन्छी आदि सबै उस्तै देखाउँछन्। यहाँ त मनुष्य झन्
बिग्रिएका छन्। मनुष्यहरूमा क्रोध पनि कति छ। लाखौँलाई मारिदिन्छन्। संसार जुन
वेश्यालय बनेको छ, फेरि यसलाई शिवालय शिवबाबाले नै बनाउनुहुन्छ। बाबाले कति
राम्रोसँग सम्झाउनुहुन्छ। डाइरेक्सन दिनुहुन्छ– यसरी यसरी गर। चित्र बनाऊ। फेरि जो
ठुला ठुला मनुष्य छन्, उनीहरूलाई सम्झाऊ। यो प्राचीन योग, प्राचीन ज्ञान सबैले
सुन्नुपर्छ। हल लिएर प्रदर्शनी लगाउनुछ। उनीहरूले त पैसा आदि केही नलिनु पर्ने हो।
फेरि पनि भन जति ठीक सम्झनुहुन्छ त्यति भाडा लिनुहोस्, आफैले चित्र त हेर्नुहोस्,
चित्र हेरे भने फेरि तुरुन्तै पैसा फिर्ता गरिदिनेछन्। केवल युक्तिले सम्झाउनुपर्छ।
अधिकार त उनीहरूकै हातमा हुन्छ नि। चाहे भने सबै थोक गर्न सक्छन्। उनीहरूले कहाँ
बुझ्छन् र, विनाश काले विपरीत बुद्धि। त्यसैले विनाश भए। पाण्डवहरूले त भविष्यमा पद
पाए। त्यो राज्य पनि पछि भविष्यमा हुनेछ। अहिले कहाँ हुन्छ र। यी भवन आदि सबै
भत्कनेछन्। अब बाबाले सम्झाउनुभएको छ– प्रदर्शनी पनि गर्नुपर्छ। खूब राम्रोसँग
कार्डमा निमन्त्रणा दिनुछ। तिमीले पहिला ठुलाबडाहरूलाई सम्झाऊ, अनि मदत पनि गर्नेछन्।
बाँकी सुतेर बस्नु हुँदैन। कति बच्चाहरू देह अभिमानमा सुतेर बसिरहेका हुन्छन्। कमिटी
बनाएर मिलनसार (क्षीरखण्ड) भएर योजना बनाउनुपर्छ। बाँकी मुरली पढेनौ भने धारणा कसरी
हुन्छ। यस्ता धेरै बेपर्बाह छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) देहीअभिमानी बनेर सेवाका भिन्न भिन्न युक्तिहरू निकाल्नुछ। आपसमा मिलनसार भएर
सेवा गर्नुछ। जसरी बाबा कल्याणकारी हुनुहुन्छ, त्यसैगरी कल्याणकारी बन्नुछ।
२) प्रीतबुद्धि बनेर
अरू सङ्ग तोडेर एक सङ्ग जोड्नुछ। यस्तो कुनै अकर्तव्य गर्नुछैन, जसबाट
कल्प-कल्पान्तरको लागि नोक्सान हुन्छ।
वरदान:–
बेहदको
वैराग्य वृत्तिद्वारा नष्टोमोहा स्मृति स्वरूप बन्ने अचल अडोल भव
जो सदा बेहदको
वैराग्य वृत्तिमा रहन्छन्, उनीहरू कहिल्यै कुनै पनि दृश्यलाई देखेर आत्तिँदैनन् वा
डगमगाउँदैनन्, सदा अचल अडोल रहन्छन् किनकि बेहदको वैराग्यवृत्तिबाट नष्टोमोहा
स्मृतिस्वरूप बन्छन्। यदि अलिकति केही देखेर अंश मात्र पनि हलचल भयो वा मोह उत्पन्न
भयो भने अङ्गद समान अचल अडोल भनिँदैन। बेहदको वैराग्यवृत्तिमा गम्भीरताको साथ
रमणीयता पनि समाहित छ।
स्लोगन:–
राज्य
अधिकारीको साथसाथै बेहदको वैरागी बनेर रहनु यही राजऋषिको निसानी हो।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
“ आत्मा कहिल्यै
परमात्माको अंश हुन सक्दैन”
धेरै मनुष्यले यस्तो
सम्झन्छन्– हामी आत्माहरू परमात्माका अंश हौँ, तर अंश त भनिन्छ टुक्रालाई। एकातिर
भन्छन्– परमात्मा अनादि र अविनाशी हुनुहुन्छ, फेरि यस्ता अविनाशी परमात्मालाई
टुक्रामा कसरी ल्याउँछन्! अब परमात्मा कसरी टुक्रिन सक्नुहुन्छ! आत्मा नै अजर अमर छ
भने अवश्य आत्मालाई पैदा गर्ने पनि अमर ठहरिनुभयो। यस्ता अमर परमात्मालाई टुक्रामा
ल्याउनु अर्थात् परमात्मालाई पनि विनाशी भनिदिएका छन् तर हामीलाई त थाहा छ– हामी
आत्मा परमात्माका सन्तान हौँ। त्यसैले हामी उहाँका वंशज ठहरियौँ अर्थात् बच्चा
ठहरियौँ, हामी फेरि अंश कसरी हुन सक्छौँ? त्यसैले परमात्माका महावाक्य छन्– प्यारा
बच्चाहरू! म आफू त अमर हुँ, जाग्दो ज्योति हुँ, म दियो हुँ, म कहिल्यै निभ्दिनँ र
सबै मनुष्य आत्माहरूको दियो बल्छ पनि र निभ्छ पनि। उनीहरू सबैलाई जगाउनेवाला फेरि म
हुँ किनकि लाइट र माइट दिनेवाला म नै हुँ, बाँकी यति अवश्य हो– म परमात्माको लाइट र
आत्माको लाइट दुवैमा फरक अवश्य छ। जसरी बल्ब हुन्छ, कुनै धेरै पावरवाला, कुनै कम
पावरवाला हुन्छ, त्यसैगरी आत्मा पनि कुनै धेरै पावरवाला, कुनै कम पावरवाला छ। बाँकी
परमात्माको पावर कसैभन्दा घटीबढी हुँदैन, त्यसैले त परमात्माको लागि भन्छन्,
परमात्मा सर्वशक्तिमान् अर्थात् सर्व आत्माहरूभन्दा उहाँमा शक्ति धेरै छ। उहाँ नै
सृष्टिको अन्त्यमा आउनुहुन्छ, यदि कसैले सम्झन्छ– परमात्मा सृष्टिको बीचमा
आउनुहुन्छ अर्थात् युगे युगे आउनुहुन्छ, त्यसोभए मानौँ परमात्मा बीचमा आउनुभयो भने
फेरि परमात्मा सबैभन्दा श्रेष्ठ कसरी हुनुभयो। यदि कसैले भन्छ– परमात्मा युगे युगे
आउनुहुन्छ, त्यसोभए के यस्तो सम्झौँ– परमात्माले घरी घरी आफ्नो शक्ति चलाउनुहुन्छ।
यस्ता सर्वशक्तिमानको शक्ति यतिसम्म छ, यदि बीचमा नै आफ्नो शक्तिले सबैलाई शक्ति
अथवा सद्गति दिनुहुन्छ भने फेरि उनीहरूको शक्ति कायम हुनुपर्छ, फेरि किन दुर्गति
पाउँछौ? त्यसैले यसबाट सिद्ध हुन्छ– परमात्मा युगे युगे आउनुहुन्न अर्थात् बीच बीचमा
आउनुहुन्न। उहाँ आउनुहुन्छ कल्पको अन्त्य समयमा र एकैपटक आफ्नो शक्तिले सबैको सद्गति
गर्नुहुन्छ। परमात्माले यति ठुलो सेवा गर्नुभएको छ भने उहाँको यादगार ठुलो शिवलिङ्ग
बनाएका छन् र यति पूजा गर्छन् भने अवश्य परमात्मा सत् पनि हुनुहुन्छ, चैतन्य पनि
हुनुहुन्छ र आनन्दस्वरूप पनि हुनुहुन्छ। अच्छा, ओम् शान्ति।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त होऊ”
व्यर्थ सङ्कल्प वा
संशयको मार्जिन हुँदाहुँदै पनि समर्थ सङ्कल्प चलोस्– सदा बाबा रक्षक हुनुहुन्छ,
कल्याणकारी हुनुहुन्छ। यस निश्चयले विजय अवश्य हुन्छ। त्यसैले प्रश्न चिन्हको टेढो
बाटो नलिएर सदा कल्याणको बिन्दु लगाऊ। फुलस्टप। यसै विधिबाट हर कुरा सहज पनि हुनेछ
र सिद्धि पनि प्राप्त हुनेछ।