23.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीलाई खिवैया मिल ्नुभए को छ य ता वारी बाट उता पार ी लैजानको लागि , तिम्रो पाउ अब यस पुरानो दुनियाँमा छैन , तिम्रो लङ्गर उठिसकेको छ।”

प्रश्न:–
जादुगर बाबाको वन्डरफुल जादुगरी कुन हो जुन अरू कसैले गर्न सक्दैन?

उत्तर:–
कौडीसमान आत्मालाई हीरासमान बनाइदिनु, माली बनेर काँडालाई फूल बनाइदिनु– यो धेरै वन्डरफुल जादुगरी हो जुन एक जादुगर बाबाले मात्रै गर्नुहुन्छ, अरू कसैले गर्न सक्दैन। मानिसहरू पैसा कमाउनको लागि केवल जादुगर कहलाउँछन्, तर बाबाले जस्तो जादु गर्न सक्दैनन्।

ओम् शान्ति ।
सारा सृष्टि चक्र वा ड्रामामा बाबा एकैपटक आउनुहुन्छ। अरू कुनै सत्सङ्ग आदिमा यस्तो जान्दैनन् होला। न त्यो कथा भन्नेवाला बाबा हुन्, न उनीहरू बच्चा हुन्। उनीहरू त वास्तवमा अनुयायी पनि होइनन्। यहाँ त तिमी बच्चाहरू पनि हौ, विद्यार्थी पनि हौ र अनुयायी पनि हौ। बाबाले बच्चाहरूलाई साथमा लानुहुनेछ। बाबा जानुहुनेछ अनि फेरि बच्चाहरू पनि यस फोहोरी दुनियाँबाट आफ्नो गुल गुल दुनियाँमा गएर राज्य गर्नेछन्। यो तिमी बच्चाहरूको बुद्धिमा आउनुपर्छ। यस शरीरभित्र रहने जुन आत्मा छ त्यो धेरै खुसी हुन्छ। तिम्रो आत्मा धेरै खुसी हुनुपर्छ। बेहदका बाबा आउनुभएको छ जो सबैका बाबा हुनुहुन्छ, यो समझ पनि केवल तिमी बच्चाहरूलाई छ। बाँकी सारा दुनियाँमा त सबै बेसमझ नै छन्। बाबा बसेर सम्झाउनुहुन्छ– रावणले तिमीलाई कति बेसमझ बनाइदिएको छ। बाबा आएर समझदार बनाउनुहुन्छ। सारा विश्वमाथि राज्य गर्न लायक, यति समझदार बनाउनुहुन्छ। यो स्टुडेन्ट लाइफ (विद्यार्थी जीवन) पनि एकैपटक हुन्छ, जब भगवान आएर पढाउनुहुन्छ। तिम्रो बुद्धिमा यो छ, बाँकी जो आफ्नो कामधन्दा आदिमा धेरै फसेर रहन्छन्, उनीहरूको बुद्धिमा कहिल्यै यो आउन सक्दैन– भगवानले पढाउनुहुन्छ। उनीहरूलाई त आफ्नो धन्दा आदि नै याद हुन्छ। त्यसैले तिमी बच्चाहरूले जानेका छौ– भगवानले हामीलाई पढाउनुहुन्छ त्यसैले कति हर्षित रहनुपर्छ। अरू सबै त पाई पैसावालाका बच्चा हुन्, तिमी त भगवानका बच्चा बनेका छौ, त्यसैले तिमी बच्चाहरूलाई अथाह खुसी हुनुपर्छ। कोही त धेरै हर्षित रहन्छन्। कसैले भन्छन्– बाबा मेरो मुरली चल्दैन, यो हुन्छ...। अरे, मुरली कुनै मुस्किल कहाँ हो र। जस्तै भक्तिमार्गमा साधुसन्त आदि कसैलाई सोध्छन्– हामी ईश्वरसँग कसरी मिलौँ? तर उनीहरूले जान्दैनन्। केवल औँलाले इसारा गर्छन्– भगवानलाई याद गर। बस्, खुसी हुन्छन्। उहाँ को हुनुहुन्छ– दुनियाँमा कसैले पनि जान्दैनन्। आफ्ना बाबालाई कसैले पनि चिन्दैनन्। यो ड्रामा नै यस्तो बनेको छ, फेरि पनि बिर्सिन्छन्। यस्तो होइन कि तिमीहरूमा सबैले बाबा र रचनालाई जान्दछन्। कहीँकहीँ त यस्तो आचरण गर्छन्, कुरै नगर। त्यो नशा नै उडेर जान्छ। अहिले तिमी बच्चाहरूको पाउ मानौँ पुरानो दुनियाँमा छँदैछैन। तिमीलाई थाहा छ– कलियुगी दुनियाँबाट अब पाउ उठेको छ, बोट (डुङ्गा) को लङ्गर उठाइएको छ। अहिले हामी गइरहेका छौँ, बाबाले हामीलाई कहाँ लानुहुनेछ– यो बुद्धिमा छ किनकि बाबा खिवैया पनि हुनुहुन्छ अनि वागवान (बगैँचाको मालिक) पनि हुनुहुन्छ। काँडालाई फूल बनाउनुहुन्छ। उहाँ जस्तो वागवान कोही छैन जसले काँडालाई फूल बनाइदिन्छ। यो जादुगरी कुनै कम कहाँ छ र। कौडीसमान आत्मालाई हीरासमान बनाउनुहुन्छ। आजकाल जादुगर धेरै निस्केका छन्, यो हो ठगहरूको दुनियाँ। बाबा सद्गुरु हुनुहुन्छ। भन्छन् पनि– सद्गुरु अकाल। धेरै अलापेर भन्छन्। अब जब स्वयं भन्छन्– सद्गुरु एक हुनुहुन्छ, सबैका सद्गतिदाता एक हुनुहुन्छ, फेरि आफूलाई गुरु किन कहलाउनुप र्ने? न उनीहरूले बुझ्छन्, न मानिसहरूले नै केही बुझ्छन्। यस पुरानो दुनियाँमा के नै छ र। बच्चाहरूलाई जब थाहा हुन्छ, बाबाले नयाँ घर बनाउँदै हुनुहुन्छ, तब यस्तो को होला जसले नयाँ घरसँग घृणा, पुरानो घरसँग प्रीत राख्ला। बुद्धिमा नयाँ घर नै याद हुन्छ। तिमी बेहदका बाबाका बच्चा बनेका छौ भने तिमीलाई स्मृति रहनुपर्छ– बाबाले हाम्रो लागि नयाँ दुनियाँ बनाउँदै हुनुहुन्छ। हामी त्यो नयाँ दुनियाँमा जान्छौँ। त्यो नयाँ दुनियाँका अनेक नाम छन्। सत्ययुग, हेविन, प्याराडाइज, वैकुण्ठ आदि... तिम्रो बुद्धि अब पुरानो दुनियाँबाट उठेको छ किनकि पुरानो दुनियाँमा दु:ख नै दु:ख छ। यसको नाम नै हो नर्क, काँडाको जङ्गल, रौरव नर्क, कंसपुरी। यसको अर्थ पनि कसैले जान्दैनन्। पत्थरबुद्धि छन् नि। भारतवर्षको हेर के हालत छ। बाबा भन्नुहुन्छ– यस समयमा सबै पत्थरबुद्धि छन्। सत्ययुगमा सबै पारसबुद्धि हुन्छन्, यथा राजा रानी तथा प्रजा। यहाँ त छ नै प्रजाको प्रजामाथि राज्य त्यसैले सबैको छाप (स्ट्याम्प) बनाइरहन्छन्।

तिमी बच्चाहरूको बुद्धिमा यो याद रहनुपर्छ। उच्च भन्दा उच्च हुनुहुन्छ बाबा। फेरि दोस्रो नम्बरमा उच्च को छ? ब्रह्मा, विष्णु, शङ्करको त कुनै उचाइ छैन। शङ्करको त पोसाक आदि नै कस्तो बनाइदिएका छन्। भनिदिन्छन्– उनले भाङ पिउँछन्, धतुरो खान्छन्...। यो त अपमान हो नि। यी कुराहरू हुँदैनन्। यिनीहरूले आफ्नो धर्मलाई नै बिर्सेका छन्। आफ्ना देवताहरूको लागि के के भनिरहन्छन्, कति बेइज्जती गर्छन्! तब बाबा भन्नुहुन्छ– मेरो पनि बेइज्जती, शङ्करको, ब्रह्माको पनि बेइज्जती। विष्णुको बेइज्जती हुँदैन। वास्तवमा गुप्त रूपमा उनीहरूको पनि बेइज्जती गर्छन्, किनकि विष्णु नै राधा कृष्ण हुन्। तर कृष्ण सानो बच्चा त महात्माभन्दा पनि उच्च गायन गरिन्छ। यिनी (ब्रह्मा) ले त पछि संन्यास गर्छन्, उनी त सानो बच्चा हुन्छन् नै पवित्र। पाप आदिलाई जान्दैनन्। त्यसैले उच्च भन्दा उच्च हुनुहुन्छ शिवबाबा, फेरि पनि बिचराहरूलाई थाहा छैन– प्रजापिता ब्रह्मा कहाँ हुनुपर्छ। प्रजापिता ब्रह्मालाई देखाउँछन् पनि शरीरधारी। अजमेरमा उनको मन्दिर छ। ब्रह्माका दाह्री जुँगा देखाइदिन्छन्, शङ्कर वा विष्णुका देखाउँदैनन्। त्यसैले यो समझको कुरा हो। प्रजापिता ब्रह्मा सूक्ष्मवतनमा कसरी हुन्छन्! उनी त यहाँ हुनुपर्छ। यस समयमा ब्रह्माका कति सन्तान छन्? लेखिएको छ– प्रजापिता ब्रह्माकुमार-कुमारीहरू यति धेरै छन् भने अवश्य प्रजापिता ब्रह्मा होलान्। चैतन्य छन् भने अवश्य केही गर्दा होलान्। के प्रजापिता ब्रह्माले केवल बच्चा नै पैदा गर्छन् वा अरू पनि केही गर्छन्। हुन त आदि देव ब्रह्मा, आदि देवी सरस्वती भन्छन् तर उनीहरूको पार्ट के हो, यो कसैलाई पनि थाहा छैन। रचयिता हुन् भने अवश्य यहाँ आएर गएका हुनुपर्छ। अवश्य ब्राह्मणहरूलाई शिवबाबाले एडप्ट गर्नुभएको होला। नत्र ब्रह्मा कहाँबाट आए? यी नयाँ कुराहरू हुन् नि। जबसम्म बाबा आउनुहुन्न तबसम्म कसैले जान्न सक्दैनन्। जसको जुन पार्ट छ त्यही खेल्छन्। बुद्धले के पार्ट खेले, कहिले आए, आएर के गरे– कसैले जान्दैनन्। तिमीले अहिले जानेका छौ– के उनी गुरु हुन्, टिचर हुन्, बाबा हुन्? होइनन्। उनले सद्गति त दिन सक्दैनन्। उनी त केवल आफ्नो धर्मका रचयिता ठहरिए, गुरु होइनन्। बाबाले बच्चाहरूलाई रच्नुहुन्छ। फेरि पढाउनुहुन्छ। बाबा, टिचर, गुरु तीनै हुनुहुन्छ। अरू कसैलाई कहाँ भन्नुहुन्छ र– तिमीले पढाऊ। अरू कसैसँग यो ज्ञान छँदैछैन। बेहदका बाबा नै ज्ञानका सागर हुनुहुन्छ। त्यसैले अवश्य ज्ञान सुनाउनुहुन्छ। बाबाले नै स्वर्गको राज्य-भाग्य दिनुभएको थियो। अहिले फेरि दिँदै हुनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमी फेरि ५ हजार वर्षपछि आएर मिलेका छौ। बच्चाहरूलाई भित्र खुसी छ– जसलाई सारा दुनियाँले खोजिरहेको छ, उहाँ हामीलाई मिल्नुभयो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी ५ हजार वर्षपछि फेरि आएर मिलेका छौ। बच्चाहरूले भन्छन्– हो बाबा, हामी हजुरसँग अनेक पटक मिलेका छौँ। ठीकै छ कसैले तिमीलाई जति नै कुटोस् पिटोस् भित्र त त्यो खुसी छ नि। शिवबाबासँग मिलेको याद त छ नि। यादबाट नै कति पाप काटिन्छन्। अबलाहरू, बाँधेलीहरूको त झन् धेरै काटिन्छन् किनकि उनीहरूले शिवबाबालाई धेरै याद गर्छन्। अत्याचार भयो भने बुद्धि शिवबाबातिर जान्छ। शिवबाबा रक्षा गर्नुहोस्। त्यसैले याद गर्नु राम्रो हो नि। ठीकै छ दिनहुँ कुटाइ खाऊन्, शिवबाबालाई याद गर्छन्, यो त भलाइ हो नि। यस्तो कुटाइमा त बलिहार जानुपर्छ। कुटाइ भयो भने याद गर्छन्। भन्छन्– गङ्गा जल मुखमा होस्, गङ्गाको तट होस्, तब प्राण तनबाट निस्कियोस्। तिमीलाई कुटे भने बुद्धिमा अल्फ र बेको याद होस्। बस्। बाबा भन्नाले वर्सा अवश्य याद आउँछ। यस्तो कोही पनि छैन होला, जसलाई बाबा भन्नाले वर्सा याद नहोस्। बाबासँगै सम्पत्तिको याद अवश्य आउँछ। तिमीलाई पनि शिवबाबाको याद सँगै वर्सा अवश्य याद आउँछ। उनीहरूले त तिमीलाई विषको लागि (विकारको लागि) पिटेर दिएर शिवबाबाको याद दिलाउँछन्। तिमीले बाबाबाट वर्सा पाउँछौ, पाप काटिन्छन्। यसमा पनि ड्रामामा तिम्रो लागि गुप्त कल्याण छ। जस्तै भनिन्छ– लडाइँ कल्याणकारी छ, त्यसैले यो पिटाइ पनि राम्रो भयो नि।

आजकाल बच्चाहरूलाई प्रदर्शनी मेलाको सर्भिस गर्नमा जोड दिइएको छ। नवनिर्माण प्रदर्शनीसँगसँगै लेखिदेऊ– गेट वे टु हेभेन (स्वर्ग जाने प्रवेशद्वार)। दुवै शब्द हुनुपर्छ। नयाँ दुनियाँ कसरी स्थापना हुन्छ, त्यसको एक्जिबिसन (प्रदर्शनी) हो भनेमा मानिसहरूलाई सुनेर खुसी लाग्नेछ। नयाँ दुनियाँ कसरी स्थापना हुन्छ, त्यसको लागि यी चित्र बनाइएका हुन्। आएर हेर्नुहोस्। गेट वे टु न्यु वर्ल्ड (नयाँ दुनियाँ जाने प्रवेशद्वार), यो शब्द पनि ठीक छ। यो जुन लडाइँ हुन्छ यसद्वारा गेट खुल्छन्। गीतामा पनि छ– भगवान आउनुभएको थियो, आएर राजयोग सिकाउनुभएको थियो। मनुष्यबाट देवता बनाउनुभयो भने अवश्य नयाँ दुनियाँ स्थापना भएको होला। मानिसहरूले चन्द्रमामा जाने कति कोसिस गर्छन्। देख्छन्– धरती नै धरती छ। मानिस केही पनि देखिँदैनन्। यति सुनाउँछन्। यसबाट फाइदा नै के! अहिले तिमी रियल साइलेन्स (वास्तविक शान्ति) मा जान्छौ नि। अशरीरी बन्छौ। त्यो हो साइलेन्स वर्ल्ड (शान्तिधाम)। तिमीले मृत्यु चाहन्छौ, शरीर छोडेर जान चाहन्छौ। बाबालाई पनि मृत्युको लागि नै बोलाउँछौ– आएर आफ्नो साथ मुक्ति-जीवनमुक्तिमा लैजानुहोस्। तर बुझ्छन् कहाँ र, पतित-पावन आउनु भयो भने मानौँ हामीले कालहरूको काललाई बोलाउँछौँ। अहिले तिमीले बुझेका छौ, बाबा आउनुभएको छ, भन्नुहुन्छ– हिँड जाऔँ घर अनि हामी घर जान्छौँ। बुद्धिले काम गर्छ नि। यहाँ कति बच्चाहरू होलान् जसको बुद्धि धन्दा आदितिर दौडिन्छ होला। फलाना बिरामी छ, के भयो होला। अनेक प्रकारका सङ्कल्प आउँछन्। बाबा भन्नुहुन्छ– तिमी यहाँ बसेका छौ, आत्माको बुद्धि बाबा र वर्सातिर रहोस्। आत्माले नै याद गर्छ नि। मानौँ कसैको बच्चा लण्डनमा छ, समाचार आयो– बिरामी छ। बस्, बुद्धि गइहाल्छ। फेरि ज्ञान बुद्धिमा बस्न सक्दैन। यहाँ बस्दाबस्दै बुद्धिमा उनीहरूको याद आइरहन्छ। कसैको पति बिरामी भयो भने स्त्रीको मनभित्र उथलपुथल हुन्छ। बुद्धि त जान्छ नि। त्यसैले तिमी पनि यहाँ बसेर सबै कुरा गर्दा पनि शिवबाबालाई याद गरिराख। यो पनि अहोसौभाग्य। जस्तै उनीहरूले पतिलाई अथवा गुरुलाई याद गर्छन्, तिमीले बाबालाई याद गर। तिमीले आफ्नो एक मिनेट पनि व्यर्थ गुमाउनु हुँदैन। बाबालाई जति याद गर्छौ, त्यति सर्भिस गर्दा पनि बाबाको नै याद आउँछ। बाबाले भन्नुभएको छ– मेरा भक्तहरूलाई सम्झाऊ। यो कसले भन्नुभयो? शिवबाबाले। श्रीकृष्णका भक्तहरूलाई के सम्झाउँछौ? उनीहरूलाई भन– श्रीकृष्णले नयाँ दुनियाँ स्थापना गर्दै हुनुहुन्छ। मान्छन्? क्रियेटर त गड फादर हुनुहुन्छ, श्रीकृष्ण कहाँ हुन् र। परमपिता परमात्माले नै पुरानो दुनियाँलाई नयाँ बनाउँदै हुनुहुन्छ, यो मान्छन् पनि। नयाँ सो पुरानो, पुरानो सो फेरि नयाँ हुन्छ। केवल समय धेरै भनिदिनाले मानिसहरू घोर अन्धकारमा छन्। तिम्रो लागि त अब हत्केलामा स्वर्ग छ। बाबा भन्नुहुन्छ– म तिमीलाई त्यस स्वर्गको मालिक बनाउन आएको हुँ। बन्छौ? वाह, किन बन्दैनौ! अच्छा, मलाई याद गर, पवित्र बन। यादबाट नै पाप भस्म हुन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– विकर्मको बोझ आत्मामाथि छ, न कि शरीरमाथि। यदि शरीरमाथि बोझ हुन्थ्यो भने शरीरलाई जलाउँदा त्यससँगै पाप पनि जल्थे। आत्मा त छ नै अविनाशी, त्यसमा केवल खोट पर्छ। जसलाई निकाल्नको लागि बाबाले एउटै युक्ति बताउनुहुन्छ– याद गर। पतितबाट पावन बन्ने युक्ति कति राम्रो छ। मन्दिर बनाउनेहरू, शिवको पूजा गर्नेहरू पनि भक्त हुन् नि। पुजारीलाई कहिल्यै पूज्य भन्न सकिँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जसलाई सारा दुनियाँले खोजिरहेको छ, उहाँ बाबा हामीलाई मिल्नुभयो– यही खुसीमा रहनुछ। यादबाट नै पाप काटिन्छन् त्यसैले कुनै पनि परिस्थितिमा बाबा र वर्सालाई याद गर्नुछ। एक मिनेट पनि आफ्नो समय खेर फाल्नुछैन।

२) यस पुरानो दुनियाँबाट बुद्धिको लङ्गर उठाउनुछ। बाबाले हाम्रो लागि नयाँ घर बनाउँदै हुनुहुन्छ, यो हो रौरव नर्क, कंस पुरी, हामी जान्छौँ वैकुण्ठपुरीमा। सदा यस स्मृतिमा रहनुछ।

वरदान:–
विहङ्ग मार्गको सेवाद्वारा विश्व परिवर्तनको कार्यलाई सम्पन्न गर्ने सच्चा सेवाधारी भव

विहङ्ग मार्गको सेवा गर्नको लागि सङ्गठित रूपमा “रूप र वसन्त” यी दुई कुराको सन्तुलन चाहिन्छ। जसरी वसन्त रूपले एउटै समयमा अनेक आत्माहरूलाई सन्देश दिने कार्य गर्छौ त्यसरी नै रूप अर्थात् याद बलद्वारा, श्रेष्ठ सङ्कल्पको बलद्वारा विहङ्ग मार्गको सर्भिस गर। यसको पनि नयाँ आविष्कार गर। साथसाथै सङ्गठित रूपमा दृढ सङ्कल्पले पुराना संस्कार, स्वभाव र पुरानो चालचलनको तील र जौ यज्ञमा स्वाहा गर तब विश्व परिवर्तनको कार्य सम्पन्न हुनेछ अथवा यज्ञको समाप्ति हुनेछ।

स्लोगन:–
बालक र मालिकपनको सन्तुलनद्वारा योजनालाई व्यावहारिक रूपमा ल्याऊ।