23.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– रावणले
तिमीलाई धेरै पीडित बनाएको छ , अहिले तिमी भक्तहरूको रक्षक भगवान आउनुभएको छ तिम्रो
पीडालाई हटाउन ।”
प्रश्न:–
सपुत
बच्चाहरूका मुख्य दुई निसानीहरू सुनाऊ?
उत्तर:–
१- सपुत
बच्चाहरूले सदा मातापितालाई फलो गरेर तख्तनसिन बन्छन्। खूब पुरुषार्थमा लागिरहन्छन्।
२- उनीहरूको दिल बाबासँग धेरै सच्चा हुन्छ। सच्चा दिल भएका आत्माहरू सदा श्रीमतमा
चल्छन्। भित्र सच्चाई छैन भने यादमा रहन सक्दैनन्।
गीत:–
भोलेनाथ से
निराला...
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरूले यो भक्तिमार्गको गीत सुन्यौ। भक्तहरूले यस गीतको अर्थ जान्दैनन्। तिमी
भगवानको बच्चा बनेका छौ। भगवान भक्तहरूको रक्षक हुनुहुन्छ। तिमीहरू पनि भक्तहरूका
रक्षक हौ। तिमीहरूले भक्तहरूको रक्षा गर्छौ। कुनचाहिँ आपत हो जसले गर्दा भक्तहरूले
रक्षा गर्नको लागि भगवानलाई बोलाउँछन्? भक्तहरूलाई रावणले धेरै दुःख दिएको छ। रावण
सम्प्रदाय दुःखबाट पीडित छ। त्यसैले भोलेनाथलाई याद गर्छन्। त्यो हो रावण सम्प्रदाय,
यो हो राम सम्प्रदाय। भक्तहरूलाई यो थाहा नै छैन– हाम्रो रक्षक को हुनुहुन्छ? भन्न
त भन्छन्– भोलेनाथ रक्षक हुनुहुन्छ। तर उहाँले केको रक्षा गर्नुहुन्छ, यो जान्दैनन्।
तिमी बच्चाहरूले अहिले बुझेका छौ– भोलेनाथ शिवबाबाले नै बिग्रेकोलाई बनाउनुहुन्छ।
दुनियाँलाई त थाहा छैन, भगवान कसलाई भनिन्छ। भगवानको विषयमा थाहा भयो भने फेरि
भगवानको रचनाको आदि-मध्य-अन्त्यको विषयमा पनि थाहा हुन्छ। न भगवानलाई चिन्छन्, न
रचनाको बारेमा थाहा छ, त्यसैले यस्तो मनुष्य सम्प्रदायलाई अन्धो पनि भनिन्छ।
अर्कातिर तिमी छौ, जसलाई दिव्य दृष्टि मिलेको छ। अब तिम्रो नाम नै छ
ब्रह्माकुमार-कुमारीहरू। बोर्डमा पनि नाम लेखिएको छ– ब्रह्माकुमारी ईश्वरीय विश्व
विद्यालय। केवल ब्रह्माकुमारीहरू हुन सक्दैनन्। प्रजापिता ब्रह्मा हुनुहुन्छ नि।
पिताको साथमा बच्चा र बच्चीहरू दुवै हुन्छन्। प्रजापिता ब्रह्माका नै यति धेरै
बच्चाहरू हुन सक्छन्। त्यसैले बुझ्नुपर्छ– यिनी बेहदका पिता हुन्। तिमीलाई यो पनि
थाहा छ– ब्रह्मा-विष्णु-शङ्करको रचना बाबाले नै गर्नुहुन्छ, जसलाई निराकार भनिन्छ।
उहाँ हुनुभयो बेहदका पिता। यो पनि तिमीलाई थाहा छ– परमपिता परमात्माले ब्रह्माद्वारा
रचना रच्नुहुन्छ। यो सारा रचना उहाँको हो। वास्तवमा सबै मानिसहरू शिववंशी हुन्।
अहिले तिमीहरू आएर प्रजापिता ब्रह्माका सन्तान बनेका छौ। यो हो नयाँ रचना। परमपिता
परमात्माले ब्रह्माद्वारा रचना रच्नुहुन्छ, त्यसैले तिमीलाई ब्रह्माकुमार-कुमारीहरू
भनिन्छ। यति बेहदका बच्चाहरू छन्, अवश्य सबैले बेहदको वर्सा लिन्छन् होला। तिमी
बच्चाहरूलाई थाहा छ– हामी ब्रह्माकुमार-कुमारीहरूलाई शिवबाबाले एडप्ट गर्नुभएको छ।
शिवबाबा भन्नुहुन्छ– तिमी मेरा बच्चा हौ। तिमी आत्माहरू पनि निराकार थियौ। तर ज्ञान
त साकारमा हुनुपर्छ। तिमीलाई थाहा छ– हामी आदि सनातन देवी देवता धर्मका थियौँ।
ब्रह्माद्वारा यहीँ रचना हुन्छ। शिवजयन्ती पनि यहीँ मनाइन्छ। उहाँले यहाँ मगध देशमा
नै जन्म लिनुभएको हो। बाबा भन्नुहुन्छ– यो स्थान धेरै पवित्र स्वर्ग थियो। अहिले
यसलाई नर्क, मगध देश भनिन्छ। फेरि स्वर्ग बन्नेछ। तिमी बच्चाहरूको बुद्धिमा छ–
शिवबाबाले हामीलाई फेरि राजयोग सिकाएर पवित्र बनाउनुहुन्छ। गाउँछन् पनि– पतितपावन
भक्तहरूका रक्षक भगवान! भक्तहरूले नै पुकार्छन्। पतित भएर पनि आफूलाई पतित
सम्झँदैनन्। बाबाले सम्झाउनुहुन्छ– तिमी सबै पतित हौ। पावन दुनियाँ सत्ययुगलाई,
पतित दुनियाँ कलियुगलाई भनिन्छ। बाबाले तिमीलाई सबै सत्य कुरा नै बताउनुहुन्छ। लाखौँ
वर्षको त कुनै चीज हुँदैन। मानिसहरू घोर अन्धकारमा छन्, सम्झन्छन्– कलियुग त अझै
सानो बच्चा छ। तिमीलाई थाहा छ– मृत्यु सामुन्ने उभिएको छ। अँध्यारो र उज्यालोको
वर्णन सङ्गममा नै गरिन्छ। अब तिमी धेरै प्रकाशमा आएका छौ। सत्ययुगमा तिमीले यो
वर्णन गर्न सक्दैनौ। त्यहाँ यो ज्ञान नै हुँदैन। यतिबेला बाबा बसेर बच्चाहरूलाई
सम्झाउनुहुन्छ– तिमी सत्ययुगमा सूर्यवंशी घरानाका थियौ, फेरि अन्त्यमा आएर शूद्रवंशी
घरानाका बनेका छौ। अब फेरि ब्राह्मणवंशी बनेका छौ। अहिले तिमी हौ सर्वोत्तम
ब्राह्मण कुलका, तिमी हौ उच्चभन्दा उच्च। यो ईश्वरीय कुल हो नि। बाबाकहाँ आउँछौ अनि
बाबाले सोध्नुहुन्छ– कसकहाँ आएका हौ? तब भन्छन्– बाबाकहाँ आएका हौँ। बाबा दुई
हुनुहुन्छ– एक हुनुहुन्छ लौकिक, अर्का पारलौकिक। सबै सालिग्रामहरूका पिता एउटै शिव
हुनुहुन्छ। यो कुरा तिम्रो बुद्धिमा फुर्छ। हामी एक बाबाका बच्चा हौँ, जसबाट वर्सा
लिन्छौँ। निराकारले वर्सा त साकारद्वारा नै दिनुहुन्छ नि। बाबा स्वयम् भन्नुहुन्छ–
म साधारण तनमा आएर प्रवेश गर्छु। अब बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू!
देहीअभिमानी भव। आफूलाई आत्मा सम्झ। यो देह विनाशी छ, आत्मा अविनाशी छ। आत्माले नै
८४ जन्म लिनुपर्छ, न कि देहले। देह त परिवर्तन भइरहन्छ, फेरि अरू मित्र-सम्बन्धीहरू
मिल्छन्।
अहिले आत्माले बेहदको
बाबाबाट वर्सा लिनु छ– परमपिता परमात्माद्वारा। तिमीले नै यो ज्ञान सुनेर फेरि धारण
गर्छौ। संस्कार तिम्रो आत्मामा छ। आत्मामा नै संस्कार हुन्छ। यस्तो होइन– शरीरको
संस्कार भनिन्छ। होइन, तिम्रो आत्माको संस्कार तमोप्रधान छ। त्यसलाई अब परिवर्तन
गर्नुछ। काया कल्पतरु भनिन्छ। काया कल्पवृक्ष समान बन्छ। आयु पनि लामो हुन्छ।
तिमीलाई थाहा छ– यहाँ त आयु धेरै छोटो हुन्छ। छोटो आयुमा नै बसी बसी अकालमा मृत्यु
हुन्छ। अहिले तिमीले कालमाथि विजय पाउँछौ। त्यहाँ कालले कहिल्यै खाँदैन। शरीर
कहिल्यै अकालमा छुट्दैन। तिमीलाई थाहा छ– अब यो शरीर वृद्ध भएको छ, यसलाई छोडेर नयाँ
लिनु छ। शरीर छोड्ने समयमा पनि बाजा बज्नेछन्, जन्म लिने समयमा पनि बज्नेछन्। त्यहाँ
रुने कुरा नै हुँदैन। तिमीलाई कुमालकोटीको उदाहरण पनि सम्झाइएको छ। तिमी हौ
ब्राह्मण-ब्राह्मणीहरू। ब्राह्मणी र भ्रमरी (कुमालकोटी) को राशि मिल्छ। जुन काम
कुमालकोटीले गर्छ, त्यही काम तिमीले पनि गर्छौ। आश्चर्य छ नि। कुमालकोटी, कछुवाको,
सर्पको दृष्टान्त– यी सबै शास्त्रहरूमा छन्। संन्यासी आदिले पनि यो उदाहरण दिन्छन्।
अहिले तिमी बच्चाहरूले बाबाबाट यो सबै बुझिरहेका छौ। त्यो त भयो भक्तिमार्ग। विगतको
गायन गर्नुछ, यसको फेरि पछि गायन हुनेछ। यस समयमा नै बाबा यस तनमा आउनुहुन्छ,
यिनलाई (ब्रह्मालाई) भगवान भनिँदैन। त्यो त फेरि अन्धश्रद्धा हुन्छ। यस्ता पनि
मानिसहरू छन् जसले रामलाई, कृष्णलाई भगवान सम्झन्छन्। कृष्णको लागि, रामको लागि पनि
भनिदिन्छन्– उहाँ त सर्वव्यापी हुनुहुन्छ। कोही कृष्णपंथी, कोही राधा पंथी हुन्छन्।
राधा पंथीहरूले भन्छन्– सर्वत्र राधा नै राधा छन्। कृष्ण पंथीले भन्छन्– जता हेर्यो
कृष्ण नै कृष्ण छन्। राम पंथीले राम नै राम भन्छन्। सम्झन्छन्– राम कृष्णभन्दा ठुला
हुन् किनकि रामलाई त्रेतामा र कृष्णलाई द्वापरमा लगेका छन्। कति अज्ञान छ। अब बाबाले
तिमी बच्चाहरूलाई सम्झाइरहनुभएको छ, कति धेरै ब्रह्माकुमार-कुमारीहरू छन्, अवश्य
बेहदको बाबा हुनुहुन्छ होला। तिमीले जो कोहीसँग पनि सोध्न सक्छौ– कहिल्यै प्रजापिता
ब्रह्माको नाम सुन्नुभएको छ? बाबाले स्वर्गको नयाँ रचना रच्नुभएको छ। भनिन्छ पनि–
ब्रह्माद्वारा ब्राह्मण रचना हुन्छन्। तिमी सबै ब्राह्मणहरू ब्रह्माको मुख वंशावली
नबनेसम्म हजुरबुबाबाट वर्सा लिन सक्दैनौ। बेहदका बच्चाहरूले बेहदको वर्सा बाबाबाट
नै लिन्छन्। त्यो वर्सा पहिला पनि अवश्य लिएका थिए । अवश्य स्वर्गवासी थिए। अहिले
नर्कवासी बनेका छन्, अब फेरि प्रजापिता ब्रह्माद्वारा परमपिता परमात्माले विष्णुपुरी
स्वर्ग रचिरहनुभएको छ। कति सहज छ। शिवबाबा सोध्नुहुन्छ– पहिला तिमीलाई यो ज्ञान थियो?
यिनको (ब्रह्माको) आत्माले नै भन्छ– ममा यो ज्ञान थिएन। म पनि विष्णुको पुजारी थिएँ,
जो हामी पूज्य थियौँ सो अब आएर पुजारी बन्यौँ। अब फेरि बाबा आएर पुजारीबाट पूज्य
देवता बनाइरहनुभएको छ। तिमी बच्चाहरूलाई भित्र खुसी रहनुपर्छ। परमपिता परमात्माले
आएर हामीलाई एडप्ट गर्नुभएको छ। मानिसले मानिसलाई एडप्ट गर्छन् नि। धेरै मानिसहरू
हुन्छन्, जसको आफ्नो बच्चा हुँदैन अनि एडप्ट गर्छन्। अहिले बाबालाई थाहा छ– मेरा
बच्चाहरू सबै रावणका बनेका छन्, त्यसैले म आएर फेरि एडप्ट गर्नुपर्छ। बाबाले
ब्रह्माद्वारा आफ्ना बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ। यो एडप्ट गर्ने कार्य कति
आश्चर्यजनक छ। तिमीलाई मात्रै थाहा छ– शिवबाबाले हामीलाई ब्रह्माद्वारा एडप्ट
गर्नुभएको छ। शिवबाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई एडप्ट गरेको छु, तिमीलाई
बेहद सुखको वर्सा दिन। यी ब्रह्माले त त्यो सुख दिन सक्दैनन्। यिनी पनि मानिस हुन्
नि प्रजापिता ब्रह्मा। मानिसले यो ज्ञान दिँदैनन्। ज्ञानको सागर निराकार परमपिता
परमात्माले नै बसेर यो ज्ञान दिनुहुन्छ। ब्रह्मालाई अथवा विष्णुलाई ज्ञान सागर
भनिँदैन। यी तीनैको महिमा भिन्नै छ। ज्ञान सागर, पतितपावन एक बाबा हुनुहुन्छ। सारा
दुनियाँका मानिसहरूले उहाँलाई बोलाउँछन्। अङ्ग्रेजीमा पनि भन्छन्– उहाँ लिब्रेटर (मुक्तिदाता)
हुनुहुन्छ। जसबाट दुःख मिल्छ, त्यसबाट लिबरेट (मुक्त) गरिन्छ। बाबा पनि यहाँ आएर
रावणबाट लिबरेट गर्नुहुन्छ। रावणराज्य पनि यहीँ थियो। यहाँ नै रावणलाई जलाउँछन्।
जलाएर फेरि भन्छन्– सुनको लङ्का लुट्न जान्छौँ। उनीहरूलाई त केही थाहा छैन। रावण के
चीज हो, कहिलेदेखिको यो दुस्मन हो। सम्झन्छन्– रामको सीता चोरियो। यो बुझ्दैनन्–
हामी सबै सीताहरू हौँ। हामी रावणको जेलमा फसेका छौँ। यो ज्ञान कसैमा पनि छैन, उनीहरू
बसेर कथाहरू सुनाउँछन्।
शिवबाबा भन्नुहुन्छ–
म दूरदेशमा रहनेवाला आएको छु यस पराइ देशमा। यो पतित पुरानो दुनियाँ हो नि, यो हो
रावणको दुनियाँ। बोलाउँछन् पनि– हे बाबा आउनुहोस्, हामी पतित बनेका छौँ! बाबा
भन्नुहुन्छ– तिमीहरूलाई पावन बनाउन म यस पतित दुनियाँमा आउनुपर्छ। मलाई आउनु पनि
त्यो तनमा छ जो पहिलो नम्बरमा पावन थियो, जो सुन्दर थियो त्यही अब श्याम बनेको छ।
कति आश्चर्यजनक कुराहरू छन्। श्रीकृष्णलाई श्यामसुन्दर किन भन्छन्, यो कसैलाई थाहा
छैन। के एक श्रीकृष्णलाई मात्रै सर्पले डस्यो? सत्ययुगमा कहाँ सर्प आदि हुन्छन् र!
बाबा भन्नुहुन्छ– यो अन्तिम जन्म पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्नेछौ।
केवल मलाई याद गर र पवित्र बन। अल्फलाई याद गरेमा बे बादसाही तिम्रो हुनेछ। यो हो
सहज राजयोग, सहज राज्य भाग्य। बच्चा जन्मियो अनि वर्साको हकदार बन्यो। यहाँ पनि
बच्चाहरूलाई थाहा छ– हामी बाबाका बनेका छौँ त्यसैले हामी स्वर्गको राज्य भाग्यका
हकदार हौँ। अब बाबा भन्नुहुन्छ– तिमी सतोप्रधानबाट तमोप्रधान बनेका छौ। फेरि
सतोप्रधान बन्नुछ। योग र ज्ञान सिकाउनमा एक सेकेन्ड लाग्छ। बच्चा जन्मियो अनि वारिस
निश्चय गरियो। तिमी बाबाका बनेका छौ त्यसैले राजधानीको वर्सा तिम्रो हो। तर सबै त
राजारानी बन्दैनन्। यो हो राजयोग। राजारानी, प्रजा, धनवान, गरिब सबै चाहिन्छ,
त्यसैले रुद्रमाला पनि बनेको छ, जुन भक्तिमार्गमा जप्छन्। तिमीलाई थाहा छ– हामी
राजयोग सिक्न आएका छौँ। मातापितालाई फलो गरेर पहिला सुरुमा सूर्यवंशी, चन्द्रवंशी
बन्नेछौँ। सपुत बच्चा त्यो हो जो मातापितालाई फलो गरेर तख्तनसिन बन्छ। पुरुषार्थ
खूब गर्नुपर्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर तर मलाई याद गर्दैनौ, श्रीमतमा चल्दैनौ।
भित्र सच्चाई छैन। दिल सच्चा भयो भने श्रीमतमा चल्छौ, बाबालाई याद गरिरहन्छौ।
श्रीमतमा नै तिमीलाई हजुरबुबाबाट वर्सा मिल्छ। ब्रह्माले स्वर्गको वर्सा दिन
सक्दैनन्। हजुरबुबाको कमाइमा नातिको हक हुन्छ। पिताको कमाइका बच्चाहरू भागीदार
बन्छन्, त्यसैले हकदार हुन्। यहाँ तिमीलाई शिवबाबाबाट वर्सा मिल्छ। ज्ञान रत्न
बाबाबाट नै मिल्छन्।
तिमीलाई थाहा छ– हामी
ब्राह्मण नै फेरि देवीदेवता बन्नेछौँ। जगत अम्बा को हुन्? बाबा सम्झाउनुहुन्छ– यिनी
ब्राह्मणी थिइन्, ज्ञानज्ञानेश्वरी थिइन्, फेरि राजराजेश्वरी बन्छिन्। तिमी पनि
यस्तै बन्नेछौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) आत्मामा जुन तमोप्रधानताको संस्कार छ, त्यसलाई यादको बलद्वारा परिवर्तन गर्नुछ।
सतोप्रधान बन्नुछ।
२) बाबाबाट राज्य
भाग्यको वर्सा लिनको लागि सदा सपुत बच्चा बनेर श्रीमतमा चल्नुछ। सच्चा बाबासँग सच्चा
रहनु छ। मातापितालाई पूरा फलो गर्नुछ। ज्ञान रत्नहरूको दान गरिरहनु छ।
वरदान:–
आफ्नो
परिवर्तनद्वारा निरन्तर विजयको अनुभूति गर्ने सच्चा सेवाधारी भव
जसरी निरन्तर योगी
बनेका छौ त्यसैगरी निरन्तर विजयी बन्यौ भने सच्चा सेवाधारी बन्नेछौ किनकि विजयी
आत्माले हर सङ्कल्प, हर कदममा विजयको अनुभव गरेपछि उनीहरूको यो परिवर्तन देखेर स्वतः
अनेक आत्माहरूको सेवा हुन्छ। उनीहरूको नयनले रुहानियतको अनुभव गराउँछ, चालचलनले
बाबाको चरित्रहरूको साक्षात्कार गराउँछ, मस्तकबाट मस्तकमणिको साक्षात्कार हुन्छ।
यसरी आफ्नो अव्यक्त चेहराद्वारा सेवा गर्ने विशेष आत्मालाई नै सच्चा सेवाधारी
भनिन्छ।
स्लोगन:–
विशेषताहरू वा
गुणहरू दाताका देन हुन्, दातालाई हेर व्यक्तिलाई होइन।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
आत्मिक स्थितिको
अभ्यासद्वारा वायुमण्डललाई रुहानी बनायौ भने अरू सबै कुराहरू स्वतः ठीक हुनेछन्, सबै
एकमत र एकरस हुनेछन् फेरि माया पनि आउँदैन किनकि वायुमण्डल शक्तिशाली हुनेछ।
वायुमण्डललाई शक्तिशाली बनाउनको लागि यादको प्रोग्राम राख र आपसमा उन्नतिको लागि
रुहरिहानका क्लासहरू गर, स्नेह मिलन गर। धारणाका क्लासहरू राख अनि सफलता मिल्नेछ।