23.06.24 Avyakt Bapdada Nepali Murli 19.03.20 Om Shanti Madhuban
निर्माणता र
निर्मानताको सन्तुलनद्वारा आशीर्वादको खाता जम्मा गर
आज बापदादा आफ्ना होली
ह्याप्पी (पवित्र र खुसी) हंसहरूको सभामा आउनु भएको छ। चारैतिर होली हंस देखिइरहेको
छ। होली हंसहरूको विशेषतालाई सबैले राम्रोसँग जानेका छौ। सदा होली ह्याप्पी हंस
अर्थात् स्वच्छ र सफा दिल। यस्ता होली हंसहरूको स्वच्छ र सफा दिल हुनाले हर शुभ आशा
सहजै पूर्ण हुन्छ। यस्ता आत्मा सदा तृप्त हुन्छन्। श्रेष्ठ सङ्कल्प गर्यो अनि पूर्ण
भयो। मेहनत गर्नु पर्दैन। किन? बापदादालाई सबै भन्दा प्रिय, सबै भन्दा समीप सफा दिल
प्रिय छन्। सफा दिल सदा बापदादाको दिलतख्तनसीन, सर्व श्रेष्ठ सङ्कल्प पूर्ण हुनाले
वृत्तिमा, दृष्टिमा, बोलीमा, सम्बन्ध-सम्पर्कमा सरल र स्पष्ट समान देखिन्छन्।
सरलताको निसानी हो– दिल, दिमाग, बोली समान। दिलमा एक, बोलीमा अर्को– यो सरलताको
निसानी होइन। सरल स्वभावका सदा निर्माणचित, निरहङ्कारी, नि:स्वार्थी हुन्छन्।
होलीहंसका विशेषता– सरल चित्त, सरल वाणी, सरल वृत्ति, सरल दृष्टि।
बापदादाले यस वर्ष सबै
बच्चाहरूमा चालचलन र चेहरामा दुई विशेषताहरू हेर्न चाहनुहुन्छ। सबैले सोध्छन् नि–
अगाडि के गर्नु छ? यस सिजनको विशेष समाप्ति पछि के गर्नु छ? सबैले सोच्छौ नि यस पछि
के हुने छ! अब के गर्नु छ! सेवाको क्षेत्रमा त यथाशक्ति धेरैजसोले धेरै राम्रो
प्रगति गरेका छौ, अगाडि बढेका छौ। यस उन्नतिको लागि बापदादाले बधाई पनि दिनुहुन्छ।
धेरै राम्रो, धेरै राम्रो, धेरै राम्रो! साथसाथै रिजल्टमा एउटा कुरा देखियो, त्यो
के हो सुनाउँ? टिचरहरू सुनाउँ, डबल विदेशीहरू सुनाउँ? पाण्डवहरू सुनाउँ? हात उठाऊ
अनि मात्र सुनाउँछु, नत्र सुनाउँदिन। (सबैले हात उठाए) धेरै राम्रो। एउटा कुरा के
देखियो? किनकि आज वतनमा बापदादाको आपसमा रूहरिहान थियो, कसरी रूहरिहान गर्नुहुन्छ?
दुवैले एक-आपसमा कसरी रूहरिहान गर्नुहुन्छ? जसरी यहाँ यस दुनियाँमा तिमीहरूले
मोनोएक्टिङ्ग (एउटैले एकै दृश्यमा विभिन्न भूमिका निर्वाह गर्नु) गर्छौ नि! धेरै
राम्रो-राम्रो गर्छौ। तिमीहरूको साकारी दुनियाँमा त एक आत्माले दुईवटा पार्ट पनि
खेल्छ र बापदादा दुवै आत्माहरूको एउटै शरीर छ। फरक भयो नि! त्यसैले धेरै मजाको कुरा
हुन्छ।
आज वतनमा बापदादाको
रूहरिहान चल्यो, कुन कुरामा? तिमीहरू सबैले जान्दछौ– ब्रह्माबाबालाई केमा उमङ्ग
हुन्छ? राम्रोसँग जान्दछौ नि? ब्रह्माबाबाको उमङ्ग थियो– चाँडो भन्दा चाँडो होस्।
शिवबाबाले भन्नुभयो ब्रह्माबाबालाई– विनाश वा परिवर्तन गर्न त एक ताली पनि होइन,
चुट्कीको कुरा हो। तर तिमीहरूले पहिला १०८ होइन, आधा माला त बनाएर देऊ। अनि ब्रह्म
बाबाले के उत्तर दिनुभयो होला? बताऊ। (तयार भइरहेका छन्) राम्रो, आधा माला पनि तयार
भएको छैन? पूरा मालाको कुरा छोड, आधा माला तयार भएको छ? (सबै हाँसिरहेका छन्)
हाँस्नु मतलब केही छ! जसले भन्छौ आधा माला तयार छ, उनीहरूले एक हात उठाऊ। तयार भएको
छ? धेरै कम छन्। जसले सम्झन्छौ भइरहेको छ, तिनीहरूले हात उठाऊ। धेरैजसोले भन्छन्
भइरहेको छ र थोरै सङ्ख्याले भन्छन् भइसकेको छ। जसले तयार भएको छ भनी हात उठाएका छौ,
तिनलाई बापदादाले भन्नुहुन्छ आफ्नो नाम लेखेर दिनु। राम्रो कुरा हो नि! बापदादाले
नै देख्नुहुन्छ, अरू कसैले देख्दैन, बन्द हुन्छ। बापदादाले हेर्नुहुनेछ– यस्ता
राम्रो उम्मीदवार रत्न को को हुन्। बापदादाले पनि हुनुपर्छ भन्ने सम्झनुहुन्छ।
त्यसैले यिनीबाट नाम लिनु, यिनको फोटो खिच्नु।
त्यसोभए ब्रह्माबाबाले
के जबाफ दिनुभयो होला? तिमीहरू सबैले त राम्रो-राम्रो जबाफ दियौ। ब्रह्माबाबाले
भन्नुभयो– केवल यति समय लाग्छ, हजुरले चुट्की बजाउनासाथ उनीहरू तयार हुन्छन्। राम्रो
कुरा भयो नि! त्यसपछि शिवबाबाले भन्नुभयो– ठीक छ सारा माला तयार छ? आधा मालाको त
जबाफ मिल्यो, सारा मालाको लागि सोध्नुभयो। त्यसको लागि भन्नुभयो थोरै समय चाहिन्छ।
यो रूहरिहान चल्यो। किन थोरै समय चाहियो? रूहरिहानमा त प्रश्न उत्तर नै चल्छ नि।
किन थोरै समय चाहियो? कुनचाहिँ विशेष कमी छ, जसको कारण आधा माला पनि रोकिएको छ?
चारैतिरका बच्चाहरू हर एरिया, एरियाको इमर्ज गर्दै जानुभयो, जस्तै तिम्रा जोन छन्
नि, त्यसैगरी एक एक जोन होइन, जोन त धेरै ठुला ठुला छन् नि। त्यसैले एक एक विशेष
शहरलाई इमर्ज गर्दै जानुभयो र सबैको अनुहार हेर्दै जानुभयो, हेर्दाहेर्दै
ब्रह्माबाबाले भन्नुभयो– एक विशेषता अहिले चाँडो भन्दा चाँडो सबै बच्चाहरूले धारण
गरेमा माला तयार हुन्छ। कुनचाहिँ विशेषता? यही भन्नुभयो– जति सर्भिसमा उन्नति गरेका
छन्, सेवा गर्दै अगाडि बढेका छन्। राम्ररी अगाडि बढेका छन् तर एक कुराको सन्तुलन कम
छ। त्यो यही कुरा निर्माण गर्न त राम्ररी अगाडि बढेका छन् तर निर्माणको साथमा
निर्मान– त्यो हो निर्माणता र यो हो निर्मानता। मात्राको अन्तर छ। तर निर्माण र
निर्मान दुवैको सन्तुलनमा अन्तर छ। सेवाको उन्नतिमा निर्मानताको सट्टा कहिँ कहिँ,
कहिलेकाहीँ स्व-अभिमान पनि मिक्स हुन्छ। जति सेवामा अगाडि बढ्छन्, त्यति नै वृत्तिमा,
दृष्टिमा, बोलीमा, चालमा निर्मानता देखियोस्, यस सन्तुलनको अहिले धेरै आवश्यकता छ।
अहिलेसम्म जो सबै सम्बन्ध-सम्पर्कमा आउनेहरूबाट आशीर्वाद मिल्नुपर्छ त्यो आशीर्वाद
मिल्दैन। पुरुषार्थ जसैले जतिसुकै गरोस्, राम्रो छ तर पुरुषार्थको साथसाथै यदि
आशीर्वादको खाता जम्मा छैन भने दातापनको स्टेज, रहमदिल बन्ने स्टेजको अनुभूति
हुँदैन। आवश्यक छ– स्व पुरुषार्थ र साथसाथै बापदादा र परिवारका साना ठुलाको
आशीर्वाद। जुन यी आशीर्वाद छन्, यो पुण्यको खाता जम्मा गर्नु छ। यसले अङ्क थपिन्छ।
जतिसुकै सेवा गर, आफ्नो सेवाको धुनमा अगाडि बढ्दै जाऊ तर बापदादा सबै बच्चाहरूमा यो
विशेषता देख्न चाहनहुन्छ– सेवाको साथमा निर्मानता, मिलनसार– यो पुण्यको खाता जम्मा
हुन धेरै धेरै आवश्यक छ। फेरि नभन्नु– मैले त धेरै सेवा गरेँ, मैले त यो गरेँ, मैले
त यो गरेँ, मैले त यो गरेँ, तर नम्बर पछाडि किन? त्यसैले बापदादाले पहिला नै इसारा
दिनुहुन्छ– वर्तमान समयमा यो पुण्यको खाता धेरै नै जम्मा गर। यस्तो नसोच– यो त छ नै
यस्तो, यो त परिवर्तन नै हुँदैन। प्रकृतिलाई परिवर्तन गर्न सक्छौ, एडजस्ट (समायोजन)
गर्छौ नि प्रकृतिलाई? त्यसोभए के ब्राह्मण आत्मालाई एडजस्ट गर्न सक्दैनौ? अगेन्स्ट
(विरोधीहरू)लाई एडजस्ट गर– यो हो निर्माणता र निर्मानताको सन्तुलन। सुन्यौ!
लास्टमा होमवर्क त
दिइन्छ नि! केही त होमवर्क मिल्छ नि! त्यसैले बापदादा अर्को सिजनमा आउनु हुन्छ तर...
कन्डिसन राख्नुहुन्छ। हेर साकारको पार्ट पनि चल्यो, अव्यक्त पार्ट पनि चल्यो यति
समयसम्म अव्यक्त पार्ट चल्ने स्वप्नमा पनि थिएन। दुवै पार्ट ड्रामा अनुसार चले। अब
कुनै त कन्डिसन राख्नुपर्छ कि पर्दैन! के विचार छ? के यसरी नै चलिरहनेछ? किन? आज
वतनमा प्रोग्राम पनि सोधियो। त्यसैले बापदादाको रूहरिहानमा यो पनि चल्यो– यो
ड्रामाको पार्ट कहिलेसम्म? के कुनै डेट छ? (देहरादुनकी प्रेम बहिनीसँग) जन्मपत्री
सुनाऊ, कहिलेसम्म? अहिले यो प्रश्न उठेको छ, कहिलेसम्म? त्यसैले तर... को लागि ६
महिना त छँदैछ नि! ६ महिना पछि नै अर्को सिजन सुरु हुन्छ। त्यतिबेला बापदादाले
रिजल्ट हेर्न चाहनहुन्छ। साफ दिल, दिलमा कुनै पनि पुरानो संस्कारको, अभिमान अपमानको
महसुसताको दाग नहोस्।
बापदादासँग पनि दिलको
चित्र निकाल्ने मेसिन छ। यहाँ एक्सरेमा यो स्थूल दिल देखिन्छ नि। त्यहाँ वतनमा दिलको
चित्र धेरै स्पष्ट देखिन्छ। कति प्रकारका साना ठुला दाग केही मधुरा र केही स्पष्ट
देखिन्छन्।
आज होली मनाउन आएका
हौ नि! लास्ट टर्न हुनाले पहिला होमवर्क बताइदिएँ तर होलीको अर्थ अरूलाई पनि
सुनाउँछौ– होली मनाउनु अर्थात् जे भयो भयो भन्नु। होली मनाउनु अर्थात् दिलमा कुनै
पनि सानो ठुलो दाग नरहनु, बिल्कुल सफा दिल, सर्व प्राप्ति सम्पन्न। बापदादाले पहिला
पनि सुनाउनु भएको छ– बापदादाको बच्चाहरूसँग प्यार हुनाले एउटा कुरा राम्रो लाग्दैन।
त्यो हो मेहनत धेरै गर्छन्। यदि दिल सफा भएमा मेहनत हुँदैन, दिलाराम दिलमा
हुनुहुन्छ र तिमी दिलारामको दिलमा हुन्छौ। दिलमा बाबाको याद समाहित छ। कुनै पनि
रूपको माया, चाहे सूक्ष्म रूप होस्, चाहे रोयल रूप होस्, चाहे मोटो रूप होस्, कुनै
पनि रूपमा माया आउन सक्दैन। सपनामा मात्र, सङ्कल्पमा मात्र पनि माया आउन सक्दैन।
मेहनतमुक्त हुन्छौ नि! बापदादाले मनसामा पनि मेहनतमुक्त देख्न चाहनुहुन्छ।
मेहनतमुक्तले नै जीवनमुक्तको अनुभव गर्न सक्छन्। होली मनाउनु मतलब मेहनतमुक्त,
जीवनमुक्त अनुभूतिमा रहनु। अब बापदादा मनसा शक्तिद्वारा सेवालाई शक्तिशाली बनाउन
चाहनहुन्छ। वाणीद्वारा सेवा चलिरहेको छ, चलिरहने छ, तर यसमा समय लाग्छ। समय कम छ,
सेवा अहिले पनि धेरै छ। रिजल्ट तिमीहरू सबैले सुनायौ। अहिलेसम्म १०८ को माला पनि
निकाल्न सकिँदैन। १६ हजार, ९ लाख– यो त धेरै टाढाको कुरा भयो। यसको लागि फास्ट विधि
चाहिन्छ। पहिला आफ्नो मनसालाई श्रेष्ठ, स्वच्छ बनाऊ, एक सेकेन्ड पनि व्यर्थ नजाओस्।
अहिलेसम्म धेरैजसोको व्यर्थ सङ्कल्पको प्रतिशत रहेको छ। अशुद्ध होइन तर व्यर्थ छ
त्यसैले मनसा सेवा फास्ट गतिले हुन सक्दैन। अहिले होली मनाउनु अर्थात् मनसालाई
व्यर्थबाट पनि होली बनाउनु।
होली मनायौ? मनाउनु
अर्थात् बन्नु। दुनियाँकाले त भिन्न भिन्न रङ्गहरूले होली मनाउँछन् तर बापदादाले सबै
बच्चाहरू माथि दिव्य गुणहरूको, दिव्य शक्तिको, ज्ञान गुलाबको रङ्ग छर्किरहनु भएको
छ।
आज वतनमा अर्को पनि
समाचार थियो। एउटा त सुनाएँ– रूहरिहानको। अर्को यो थियो– जति पनि तिम्रा राम्रो
राम्रो सेवा साथी एडभान्स पार्टीमा गएका छन्, उनीहरूको आज वतनमा होली मनाउने दिन
थियो। तिमीहरू सबैलाई पनि कुनै मौका मिल्यो भने याद त आउँछ नि। आफ्ना दादीहरूको,
सखीहरूको, पाण्डवहरूको याद त आउँछ नि! एडभान्स पार्टीको धेरै ठुलो ग्रुप भएको छ। यदि
नाम निकालियो भने धेरै छन्। वतनमा आज सबै प्रकारका आत्माहरू होली मनाउन आएका थिए।
सबैले आ-आफ्नो पुरुषार्थको प्रारब्ध अनुसार भिन्न भिन्न पार्ट खेलिरहेका छन्।
एडभान्स पार्टीको पार्ट अहिलेसम्म गुप्त छ। तिमीहरूले सोच्छौ नि के गरिरहेका होलान्?
उनीहरूले तिमीहरूको आह्वान गरिरहेका छन्– सम्पूर्ण बनेर दिव्य जन्मद्वारा नयाँ
सृष्टिको निमित्त बनौँ। सबै आफ्नो पार्टमा खुसी छन्। यो स्मृति छैन– हामी
सङ्गमयुगदेखि आएका हौँ। दिव्यता छ, पवित्रता छ, परमात्म लगन छ तर ज्ञान स्पष्ट
इमर्ज छैन। न्यारापन छ, तर यदि ज्ञान इमर्ज भए त सबै दौडेर मधुबनमा त आउने थिए नि!
तर यिनीहरूको पार्ट न्यारा छ, ज्ञानको शक्ति छ। शक्ति घटेको छैन। निरन्तर
मर्यादापूर्वक घरको वातावरण, माता-पिताको सन्तुष्टता र स्थूल साधन पनि सबै प्राप्त
छन्। मर्यादामा धेरै पक्का छन्। नम्बरवार त छन् तर विशेष आत्माहरू पक्का छन्। महसुस
गर्छन्– हाम्रा पूर्व जन्म र पुनर्जन्म महान् रहेका छन् र रहनेछन्। अनुहार पनि सबैको
धेरैजसो एक रोयल परिवारका तृप्त आत्माहरू, भरपुर आत्माहरू, हर्षित आत्माहरू र
दिव्यगुण सम्पन्न आत्माहरू देखिन्छन्। यो त भयो उनीहरूको हिस्ट्री, तर वतनमा के भयो?
होली कसरी मनाइयो? तिमीहरूले देखेका छौ होला– होलीमा भिन्न भिन्न रङ्गका, सुक्खा
रङ्ग, थालीहरूमा भरेर राख्छन्। त्यस्तै वतनमा पनि सुक्खा रङ्ग हुन्छन् नि– यस्ता
धेरै महीन चम्किरहेका हीरा थिए तर भारी थिएनन्, जसरी रङ्गलाई हातमा उठाउँदा हल्का
हुन्छ नि! त्यसैगरी भिन्न-भिन्न रङ्गको हीराका थालीहरू भरिएका थिए। जब सबै आए,
त्यसपछि वतनमा स्वरूप कुनचाहिँ हुन्छ, जान्दछौ? लाइटको नै हुन्छ नि! देखेका छौ नि!
लाइटको प्रकाशमय काया त पहिला नै चम्किरहन्छ। बापदादाले सबैलाई उनीहरूकै सङ्गमयुगी
शरीरमा इमर्ज गर्नुभयो। सङ्गमयुगी शरीरमा इमर्ज भए अनि एक अर्कासँग मिलन मनाउन लागे।
एडभान्स पार्टीको जन्मको कुरा बिर्सेर सङ्गमको कुरा इमर्ज भयो। तिमीलाई थाहा छ– जब
सङ्गमयुगको कुरा एक आपसमा गर्छौ, त्यतिबेला कति खुसीमा आउँछौ। एक आपसमा धेरै खुसी
लेनदेन गरिरहेका थिए। बापदादाले पनि देख्नुभयो र सोच्नुभयो– यी बडो मौजमा छन्,
त्यसैले मिलन मनाउन दिउँ यिनीहरूलाई। आपसमा आफ्नो जीवनका धेरै कहानीहरू एक अर्कालाई
सुनाइरहेका थिए, बाबाले यस्तो भन्नुभयो, बाबाले यसरी मलाई प्यार गर्नुभयो, शिक्षा
दिनुभयो। बाबाले यस्तो भन्नुहुन्छ, बाबा-बाबा, बाबा-बाबा नै थियो। केही समय पछि के
भयो? सबैको संस्कारको बारेमा त तिमीहरूलाई थाहा छ। सबै भन्दा रमणीक को थियो यस
ग्रुपमा? (दिदी र चन्द्रमणी दादी) दिदी पहिला उठिन्। चन्द्रमणी दादीको हात समाएर
रास सुरु गरिदिइन्। दिदी जसरी यहाँ नसामा जान्थिन् नि, त्यसैगरी खुब नसामा रास गरिन्।
मम्मालाई बीचमा उभ्याएर गोलो घेरा लगाए, एक अर्कालाई लुकामारी गरे, धेरै खेले।
बापदादा पनि हेरी हेरी धेरै मुस्कुराइरहनु भएको थियो। होली मनाउन आएका थिए, खेले पनि।
केही समय पछि सबै बापदादाको अङ्कमालमा समाहित भए अनि सबै एकदम लभलीन भए। त्यसपछि
फेरि बापदादाले सबैमाथि भिन्न-भिन्न रङ्गहरूका जुन हीरा थिए, धेरै महीन थिए, जस्तै
कुनै चीजका चूरा हुन्छन् नि, त्यस्तै थिए, तर चमक धेरै थियो, त्यो बापदादाले सबैमाथि
छर्किनुभयो। चम्किला शरीर थिए नि त, ती माथि भिन्न-भिन्न रङ्गको हीरा पर्नाले सबै
एकदम सजिए। रातो, पहेँलो, हरियो... जुन सात रङ्ग भनिन्छ नि। ती सातै रङ्ग थिए। अनि
सबै यस्तो चम्किए, जुन सत्ययुगमा पनि यस्तो ड्रेस हुँदैन होला। सबै मौजमा त थिए नै।
फेरि एक अर्कालाई पनि छर्किन थाले। रमणीक बहिनीहरू पनि त धेरै थिए नि। धेरै धेरै
मौज मनाए। मौज पछि के हुन्छ? बापदादाले इनएडभान्स (पहिल्यै) सबैलाई भोग खुवाउनुभयो,
तिमीहरूले त भोलिपल्ट भोग लगाउँछौ नि तर बापदादाले मधुबनका, सङ्गमयुगका भिन्न-भिन्न
भोग सबैलाई खुवाउनुभयो र त्यसमा विशेष होलीको भोग कुनचाहिँ हुन्छ? (गेवर-जुलेबी)
तिमीहरूले गुलाबको फूल पनि तेलमा तार्छौ नि। यसरी भेराइटी सङ्गमयुगको नै भोग खुवाइयो।
तिमीहरूले भन्दा पहिला भोग उनीहरूले लिए, तिमीहरूलाई भोलि मिल्नेछ। अच्छा! मतलब धेरै
मनाए, नाचे, गाए। सबैले मिलेर वाह बाबा, मेरो बाबा, मीठो बाबाको गीत गाए। यसरी नाचे,
गाए, खाए अनि लास्टमा के हुन्छ? बधाई र बिदाइ। तिमीहरूले पनि मनायौ कि केवल सुन्यौ?
तर पहिला अहिले फरिस्ता बनेर प्रकाशमय कायाको बन। बन्न सक्छौ कि सक्दैनौ? शरीर मोटो
छ? होइन। सेकेन्डमा चम्किलो डबल लाइटको स्वरूप बन। बन्न सक्छौ? बिल्कुलै फरिस्ता। (बापदादाले
सबैलाई ड्रिल गराउनुभयो)
अहिले आफूमाथि भिन्न
भिन्न रङ्गहरूका चम्किरहेका हीरा सूक्ष्म शरीरमा लगाऊ र सदा यस्ता दिव्य गुणहरूका
रङ्ग, शक्तिका रङ्ग, ज्ञानका रङ्गले स्वयंलाई रङ्ग्याइराख। सबै भन्दा महान रङ्ग
बापदादाको सङ्गको रङ्गमा सदा रङ्गिइराख। यस्ता अमर भव। अच्छा!
यस्ता देश विदेशका
फरिस्ता स्वरूप बच्चाहरूलाई, सदा सफा दिल, प्राप्ति सम्पन्न बच्चाहरूलाई, सच्चा होली
मनाउनु अर्थात् अर्थ सहित चित्र प्रत्यक्ष रूपमा ल्याउने बच्चाहरूलाई, सदा निर्माणता
र निर्मानताको ब्यालेन्स राख्ने बच्चाहरूलाई, सदा आशीर्वादको पुण्यको खाता जम्मा
गर्ने बच्चाहरूलाई धेरै धेरै पदमगुणा याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको
रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
मधुरताद्वारा
बाबाको समीपताको साक्षात्कार गराउने महान् आत्मा भव
जुन बच्चाहरूको
सङ्कल्पमा पनि मधुरता, बोलीमा पनि मधुरता र कर्ममा पनि मधुरता छ, उनै बाबाको समीप
छन्। त्यसैले बाबा पनि उनीहरूलाई दिनहुँ भन्नुहुन्छ मीठा-प्यारा बच्चाहरू र
बच्चाहरूले पनि जबाफ दिन्छन्– मीठा-प्यारा बाबा। यो दिनहुँको मधुर बोलीले मधुरता
सम्पन्न बनाइदिन्छ। यस्तो मधुरतालाई प्रत्यक्ष गर्ने श्रेष्ठ आत्माहरू नै महान् हुन्।
मधुरता नै महानता हो। मधुरता छैन भने महानताको अनुभव हुँदैन।
स्लोगन:–
कुनै पनि
कार्य डबल लाइट बनेर गर्यौ भने मनोरञ्जनको अनुभव गर्नेछौ।