23.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
सबैभन्दा पहिलो सबक (पाठ) हो– म आत्मा हुँ , शरीर होइन , आत्म अभिमानी भएर रह ्यौ
भने बाबाको याद रहनेछ।”
प्रश्न:–
तिमी
बच्चाहरूसँग कुन गुप्त खजाना छ, जुन मनुष्यहरूसँग छैन?
उत्तर:–
तिमीहरूलाई
भगवान बाबाले पढाउनुहुन्छ, त्यो पढाइको खुसीको गुप्त खजाना तिमीहरूसँग छ। तिमीलाई
थाहा छ– हामीले जे पढिरहेका छौँ, भविष्य अमरलोकको लागि हो, न कि मृत्युलोकको लागि।
बाबा भन्नुहुन्छ– बिहान सबेरै उठेर घुमफिर गर, केवल सबैभन्दा पहिलो पाठ याद गर्यौ
भने खुसीको खजाना जम्मा हुँदै जानेछ।
ओम् शान्ति ।
बाबा
बच्चाहरूसँग सोध्नुहुन्छ– प्यारा बच्चाहरू! आत्म-अभिमानी भएर बसेका छौ? आफूलाई आत्मा
सम्झेर बसेका छौ? हामी आत्माहरूलाई परमात्मा बाबाले पढाइरहनुभएको छ, बच्चाहरूलाई यो
स्मृति आएको छ– हामी देह होइनौँ, आत्मा हौँ। बच्चाहरूलाई देहीअभिमानी बनाउनको लागि
नै मेहनत गर्नुपर्छ। बच्चाहरू आत्म अभिमानी रहन सक्दैनन्। घरी घरी देह अभिमानमा
आइहाल्छन् त्यसैले बाबा सोध्नुहुन्छ– आत्म अभिमानी भएर बसेका छौ? आत्म अभिमानी छौ
भने बाबाको याद आउँछ, यदि देह अभिमानी छौ भने लौकिक सम्बन्धीहरू याद आउँछन्।
सबैभन्दा पहिला यो शब्द याद राख्नुपर्छ– हामी आत्मा हौँ। म आत्मामा नै ८४ जन्मको
पार्ट भरिएको छ। यो पक्का निश्चय गर्नुछ। हामी आत्मा हौँ। आधाकल्प तिमी देह अभिमानी
रहेका छौ। अहिले केवल सङ्गमयुगमा नै तिमी बच्चाहरूलाई आत्म अभिमानी बनाइन्छ। आफूलाई
देह सम्झनाले बाबाको याद आउँदैन, त्यसैले सबैभन्दा पहिला यो पाठ पक्का गर– हामी
आत्मा बेहदका बाबाका सन्तान हौँ। देहका पितालाई याद गर्न कहिल्यै सिकाइँदैन। अब बाबा
भन्नुहुन्छ– म पारलौकिक बाबालाई याद गर, आत्म अभिमानी बन। देह अभिमानी बन्नाले देहका
सम्बन्धहरू याद आउँछन्, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, यसमा नै मेहनत छ। यो
कसले सम्झाइरहनुभएको छ? हामी आत्माहरूका पिता, जसलाई सबैले याद गर्छन्– बाबा
आउनुहोस्, आएर यो दुःखबाट लिबरेट (मुक्त) गर्नुहोस्! बच्चाहरूलाई थाहा छ– यो
पढाइबाट हामीले भविष्यको लागि उच्च पद पाउँछौँ।
अहिले तिमी
पुरुषोत्तम सङ्गमयुगमा छौ। यो मृत्युलोकमा अब बिल्कुल रहनुछैन। यो हाम्रो पढाइ हो
नै भविष्य २१ जन्मको लागि। हामीले सत्ययुग अमरलोकको लागि पढिरहेका छौँ। अमर बाबाले
हामीलाई ज्ञान सुनाइरहनुभएको छ, त्यसैले यहाँ बसेको बेलामा सबैभन्दा पहिला आफूलाई
आत्मा सम्झेर बाबाको यादमा रहनुछ, जसबाट विकर्म विनाश हुन्छन्। हामी अहिले
सङ्गमयुगमा छौँ। बाबाले हामीलाई पुरुषोत्तम बनाइरहनुभएको छ। भन्नुहुन्छ– मलाई याद
गर्यौ भने तिमी पुरुषोत्तम बन्छौ। म आएको छु मनुष्यबाट देवता बनाउन। सत्ययुगमा तिमी
देवता थियौ, अहिले थाहा भएको छ– कसरी सिँढी ओर्लिएका हौ। हाम्रो आत्मामा ८४ जन्मको
पार्ट निश्चित भएको छ। दुनियाँमा कसैलाई थाहा छैन, त्यो भक्तिमार्ग अलग हो, यो
ज्ञानमार्ग अलग हो। जुन आत्माहरूलाई बाबाले पढाउनुहुन्छ, उनीहरूले जान्दछन्, अरू
कसैले जान्दैनन्। यो हो भविष्यको लागि गुप्त खजाना। तिमीले पढ्छौ नै अमरलोकको लागि,
न कि मृत्युलोकको लागि। अब बाबा भन्नुहुन्छ– बिहान उठेर घुमफिर गर। यो सबैभन्दा
पहिलो पाठ याद गर– हामी आत्मा हौँ, न कि शरीर। हाम्रो रुहानी बाबाले हामीलाई
पढाउनुहुन्छ। यो दुःखको दुनियाँ अब परिवर्तन हुनेछ। सत्ययुग सुखको दुनियाँ हो,
बुद्धिमा यसको सारा ज्ञान छ। यो हो रुहानी स्पिरिचुअल नलेज (आध्यात्मिक ज्ञान)। बाबा
ज्ञानको सागर स्पिरिचुअल फादर (आत्मिक पिता) हुनुहुन्छ। उहाँ देहीका पिता हुनुहुन्छ।
बाँकी त सबै देहका नै सम्बन्धी हुन्। अब देहका सम्बन्ध तोडेर एकसँग जोड्नुछ। गाउँछन्
पनि– मेरो त एक, दोस्रो न कोही। हामीले एक बाबालाई नै याद गर्छौँ। देहलाई पनि याद
गर्दैनौँ। यो पुरानो देह त छोड्नुछ। यो पनि तिमीलाई ज्ञान मिल्छ। यो शरीर कसरी
छोड्नुछ। याद गर्दागर्दै शरीर छोडिदिनुछ त्यसैले बाबा भन्नुहुन्छ– देहीअभिमानी बन।
आफूले निरन्तर अभ्यास गरिराख– बाबा, बीज र वृक्षलाई याद गर्नुछ। शास्त्रहरूमा यो
कल्पवृक्षको वृत्तान्त छ।
यो पनि बच्चाहरूलाई
थाहा छ– हामीलाई ज्ञान सागर बाबाले पढाउनुहुन्छ। कुनै मनुष्यले पढाउँदैनन्। यो पक्का
निश्चय गर्नुछ। पढ्नु त छ नि। सत्ययुगमा पनि देहधारीले पढाउँछन्, यहाँ देहधारी
हुनुहुन्न। उहाँले भन्नुहुन्छ– मैले पुरानो देहको आधार लिएर तिमीलाई पढाउँछु। कल्प
कल्प मैले तिमीहरूलाई यसरी नै पढाउँछु। फेरि कल्पपछि पनि यसरी नै पढाउनेछु। अब मलाई
याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्, म नै पतित-पावन हुँ। मलाई नै
सर्वशक्तिमान् भन्छन्। तर माया पनि कम छैन, त्यो पनि शक्तिमान् छ, कहाँबाट गिराएको
छ। अब याद आउँछ नि। ८४ को चक्रको पनि गायन छ। यो मनुष्यहरूको नै कुरा हो। धेरैले
सोध्छन्– जनावरहरूलाई के हुन्छ? अरे, यहाँ जनावरको कुरा छैन। बाबा पनि बच्चाहरूसँग
कुरा गर्नुहुन्छ, बाहिरकाले त बाबालाई चिन्दै चिन्दैनन्, अनि उनीहरूले के कुरा
गर्छन्। कसैले भन्छन्– हामी बाबासँग भेट्न चाहन्छौँ, अब जान्ने केही पनि होइनन्,
बसेर उल्टोसुल्टो प्रश्न गर्छन्। ७ दिनको कोर्स गरेपछि पनि पूरा केही बुझ्दैनन्– यहाँ
हाम्रो बेहदका बाबा हुनुहुन्छ। जो पुराना भक्त छन्, जसले धेरै भक्ति गरेका छन्,
उनीहरूको बुद्धिमा त ज्ञानका सबै कुरा बस्छन्। भक्ति कम गरेको रहेछ भने बुद्धिमा कम
बस्छ। तिमी हौ सबैभन्दा पुराना भक्त। गायन पनि गरिन्छ– भगवान भक्तिको फल दिनको लागि
आउनुहुन्छ। तर कसैलाई यो कहाँ थाहा छ र! ज्ञानमार्ग र भक्तिमार्ग बिल्कुलै अलग छन्।
सारा दुनियाँ भक्तिमार्गमा छ। करोडौँमा कोही आएर यो पढ्छन्। यो शिक्षा त धेरै मीठो
छ। ८४ जन्मको चक्रको विषयमा पनि मनुष्यले नै जान्नेछन् नि। तिमीले पहिला केही
जान्दैनथ्यौ, शिवलाई पनि चिन्दैनथ्यौ। शिवका मन्दिर कति धेरै छन्। शिवको पूजा गर्छन्,
जल चढाउँछन्, शिवाय नमः भन्छन्, किन पूजा गर्छन्, केही थाहा छैन। लक्ष्मी-नारायणको
पूजा किन गर्छन्, उनीहरू कहाँ गए, केही थाहा छैन। भारतवर्षवासी नै हुन् जसले आफ्नो
पूज्यलाई बिल्कुलै चिन्दैनन्। क्रिस्चियनहरूलाई थाहा छ– क्राइस्ट फलानो सम्वतमा आए,
आएर स्थापना गरे। शिवबाबालाई कसैले पनि चिन्दैनन्। पतित-पावन पनि शिवलाई नै भनिन्छ।
उहाँ नै उच्चभन्दा उच्च हुनुहुन्छ नि। उहाँको सबैभन्दा धेरै सेवा गर्छन्। उहाँ सबैका
सद्गतिदाता हुनुहुन्छ। हेर त तिमीलाई कसरी पढाउनुहुन्छ! बाबालाई बोलाउँछन् पनि– आएर
पावन बनाउनुहोस्। मन्दिरमा कति पूजा गर्छन्, कति धूमधाम गर्छन्, कति खर्च गर्छन्।
श्रीनाथको मन्दिरमा, जगन्नाथको मन्दिरमा गएर हेर। हुनुहुन्छ त एउटै। जगन्नाथको
सामुन्ने चामलको हण्डा (घ्याम्पो) चढाउँछन्। श्रीनाथमा त धेरै माल बनाउँछन्। फरक
किन हुन्छ? कारण चाहियो नि। श्रीनाथलाई पनि कालो, जगन्नाथलाई पनि कालो बनाइदिन्छन्।
कारण त केही पनि बुझ्दैनन्। जगत्-नाथ लक्ष्मी-नारायणलाई नै भनिन्छ वा राधे-कृष्णलाई
भनिन्छ? राधे-कृष्ण, लक्ष्मी-नारायणको सम्बन्ध के हो, यो पनि कसैलाई थाहा छैन। अहिले
तिमी बच्चाहरूलाई थाहा भएको छ– हामी पूज्य देवता थियौँ फेरि पुजारी बनेका छौँ।
चक्कर लगायौँ। अहिले फेरि देवता बन्नको लागि हामीले पढ्छौँ। यो कुनै मनुष्यले
पढाउँदैनन्। भगवानुवाच हो। ज्ञान सागर पनि भगवानलाई भनिन्छ। यहाँ त भक्तिका सागर
धेरै छन् जसले पतित-पावन ज्ञान सागर बाबालाई याद गर्छन्। तिमी पतित बन्यौ फेरि पावन
अवश्य बन्नुछ। यो हो नै पतित दुनियाँ। यो स्वर्ग होइन। वैकुण्ठ कहाँ छ, यो कसैलाई
थाहा छैन। भन्छन्– कोही वैकुण्ठ गयो। त्यसोभए तिमीले उनीहरूलाई नर्कको भोजन आदि किन
खुवाउँछौ? सत्ययुगमा त धेरै नै फलफूल आदि हुन्छन्। यहाँ के छ? यो हो नर्क। अहिले
तिमीलाई थाहा छ– हामीले बाबाबाट स्वर्गवासी बन्ने पुरुषार्थ गरिरहेका छौँ। पतितबाट
पावन बन्नुछ। बाबाले युक्ति त बताउनुभएको छ– कल्प कल्प बाबाले पनि युक्ति
बताउनुहुन्छ। मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। अहिले तिमीलाई थाहा छ– हामी
पुरुषोत्तम सङ्गमयुगमा छौँ। तिमीले नै भन्छौ– बाबा हामी ५ हजार वर्ष पहिला यस्ता
बनेका थियौँ। तिमीलाई नै थाहा छ– कल्प कल्प यो अमरकथा बाबाबाट सुन्छौँ। शिवबाबा नै
अमरनाथ हुनुहुन्छ। बाँकी यस्तो होइन– पार्वतीलाई बसाएर कथा सुनाउनुहुन्छ। त्यो हो
भक्ति। ज्ञान र भक्तिलाई तिमीले बुझेका छौ। ब्राह्मणहरूको दिन र फेरि ब्राह्मणहरूको
रात। बाबा सम्झाउनुहुन्छ– तिमी ब्राह्मण हौ नि। आदि देव पनि ब्राह्मण नै थिए, देवता
भनिँदैन। आदि देवसँग पनि जान्छन्, देवीहरूका पनि कति नाम छन्। तिमीले सर्भिस गरेका
छौ त्यसैले तिम्रो गायन छ, भारतवर्ष जो भाइसलेस (निर्विकारी) थियो त्यो फेरि भिसस (विकारी)
बन्छ। अहिले रावणराज्य हो नि।
अहिले सङ्गमयुगमा तिमी
बच्चाहरू पुरुषोत्तम बन्छौ, तिमीमाथि अविनाशी बृहस्पतिको दशा बसिसकेपछि तिमी
अमरपुरीको मालिक बन्छौ। बाबाले तिमीलाई पढाइरहनुभएको छ, मनुष्यबाट देवता बनाउनको
लागि। स्वर्गको मालिक बन्नुलाई बृहस्पतिको दशा भनिन्छ। तिमी स्वर्ग अमरपुरीमा त
अवश्य जानेछौ। बाँकी पढाइमा दशाहरू तल-माथि भइरहन्छन्। याद नै बिर्सिन्छ। बाबाले
भन्नुभएको छ– मलाई याद गर। गीतामा पनि छ भगवानुवाच– काम महाशत्रु हो। पढ्छन् पनि तर
विकारलाई कहाँ जित्छन् र! भगवानले कहिले भन्नुभयो? ५ हजार वर्ष भयो। अब फेरि भगवान
भन्नुहुन्छ– काम महाशत्रु हो, यसमाथि विजय पाउनुछ। यसले आदि-मध्य-अन्त्य दुःख दिन्छ।
मुख्य हो कामको कुरा, यसैमा गिरेपछि नै पतित भनिन्छ। अहिले थाहा भएको छ, यो चक्र
घुम्छ। हामी पतित बन्छौँ, फेरि बाबा आएर ड्रामा अनुसार पावन बनाउनुहुन्छ। बाबा
बारम्बार भन्नुहुन्छ– पहिला सुरुमा अल्फ (शिवबाबा) को कुरा याद गर, श्रीमतमा चल्नाले
नै तिमी श्रेष्ठ बन्छौ। यो पनि तिमीले बुझेका छौ– हामी पहिला श्रेष्ठ थियौँ फेरि
भ्रष्ट बन्यौँ। अब फेरि श्रेष्ठ बन्ने पुरुषार्थ गरिरहेका छौँ। दैवीगुण धारण गर्नुछ।
कसैलाई पनि दुःख दिनुछैन। सबैलाई मार्ग बताउँदै जाऊ, बाबा भन्नुहुन्छ– मलाई याद
गर्यौ भने पाप काटिन्छन्। पतित-पावन तिमीले मलाई नै भन्छौ नि। यो कसैलाई थाहा छैन–
पतित-पावनले कसरी आएर पावन बनाउनुहुन्छ। कल्प पहिला पनि बाबाले भन्नुभएको थियो– म
एकलाई याद गर। यो योग अग्नि हो, जसबाट पाप दग्ध हुन्छन्। खाद निस्केपछि आत्मा
पवित्र बन्छ। खाद सुनमा नै हाल्छन्। फेरि गहना पनि त्यस्तै बन्छ। अहिले तिमी
बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ– आत्मामा कसरी खाद परेको छ, त्यसलाई निकाल्नुछ।
बाबा, जसले तिमी बच्चाहरूलाई आएर देहीअभिमानी बनाउनुहुन्छ, उहाँको पनि ड्रामामा यो
पार्ट छ। पवित्र पनि बन्नुछ। तिमीलाई थाहा छ– सत्ययुगमा हामी वैष्णव थियौँ। पवित्र
गृहस्थ आश्रम थियो। अब हामी पवित्र बनेर विष्णुपुरीका मालिक बन्छौँ। तिमी डबल
वैष्णव बन्छौ। सच्चा सच्चा वैष्णव तिमी हौ। उनीहरू विकारी वैष्णव धर्मका हुन्। तिमी
निर्विकारी वैष्णव धर्मका हौ। अहिले एक त बाबालाई याद गर्छौ र जुन नलेज बाबामा छ,
त्यो तिमीले धारण गर्छौ। तिमी राजाहरूको राजा बन्छौ। ती राजाहरू बन्छन् अल्पकाल एक
जन्मको लागि। तिम्रो राज्य भाग्य हुन्छ २१ पिँढी अर्थात् फुल एज (पूरा युग) बिताउँछौ।
त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। तिमीले कालमाथि विजय पाउँछौ। समय भइसकेपछि
बुझ्छौ– अब यो पुरानो खाल (शरीर) छोडेर नयाँ लिनुछ। तिमीलाई साक्षात्कार हुनेछ।
खुसीका बाजाहरू बजिरहन्छन्। तमोप्रधान शरीरलाई छोडेर सतोप्रधान शरीर लिनु, यो त
खुसीको कुरा हो। त्यहाँ एभरेज (औसत) आयु १५० वर्ष हुन्छ। यहाँ त अकालमा मृत्यु
भइरहन्छ किनकि भोगी छन्। जुन बच्चाहरूको योग यथार्थ छ उनीहरूका सबै कर्मेन्द्रियहरू
योगबलले वशमा हुन्छन्। योगमा पूरा रहँदा कर्मेन्द्रियहरू शीतल हुन्छन्। सत्ययुगमा
तिमीलाई कुनै पनि कर्मेन्द्रियले धोका दिँदैनन्, कहिल्यै यस्तो भन्दैनौ–
कर्मेन्द्रियहरू वशमा छैनन्। तिमीले धेरै उच्चभन्दा उच्च पद पाउँछौ। यसलाई भनिन्छ
बृहस्पतिको अविनाशी दशा। वृक्षपति मनुष्य सृष्टिको बीजरूप बाबा हुनुहुन्छ। बीज माथि
छ, उहाँलाई याद पनि माथि नै गर्छन्। आत्माले बाबालाई याद गर्छ। तिमी बच्चाहरूलाई
थाहा छ– बेहदका बाबाले हामीलाई पढाउनुहुन्छ, उहाँ एक पटक मात्र अमरकथा सुनाउन
आउनुहुन्छ। अमरकथा भन, सत्यनारायणको कथा भन, त्यस कथाको अर्थ पनि बुझ्दैनन्।
सत्यनारायणको कथाबाट नरबाट नारायण बन्छन्। अमरकथाबाट तिमी अमर बन्छौ। बाबाले हरेक
कुरा स्पष्ट पारेर सम्झाउनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) योगबलले आफ्ना सबै कर्मेन्द्रियहरूलाई वशमा पार्नुछ। एक वृक्षपति बाबाको यादमा
रहनुछ। सच्चा वैष्णव अर्थात् पवित्र बन्नुछ।
२) बिहान उठेर पहिलो
पाठ पक्का निश्चय गर्नुछ– म आत्मा हुँ, शरीर होइनँ। हाम्रो रुहानी बाबाले हामीलाई
पढाउनुहुन्छ, यो दुःखको दुनियाँ अब परिवर्तन हुनेछ... यसरी बुद्धिमा सारा ज्ञान
स्मरण भइरहोस्।
वरदान:–
हर खजानालाई
कार्यमा लगाएर प पद मौँ को कमाइ जम्मा गर्ने पदमाप द म भाग्यशाली भव
हर सेकेन्ड पदमौँको
कमाइ जम्मा गर्ने वरदान ड्रामामा सङ्गमको समयलाई मिलेको छ। यस्ता वरदानलाई स्वयंको
लागि जम्मा गर र अरूलाई दान गर, यस्ता सङ्कल्पको खजानालाई, ज्ञानको खजानालाई, स्थूल
धन रूपी खजानालाई कार्यमा लगाएर पदमौँको कमाइ जम्मा गर किनकि यस समयमा स्थूल धन पनि
ईश्वर अर्थ समर्पण गर्नाले एक नयाँ पैसा एक रत्नसमान मूल्यको हुन्छ। त्यसैले यी सबै
खजानाहरूलाई स्वयंको लागि वा सेवाको लागि कार्यमा लगायौ भने पदमापदम भाग्यशाली
बन्नेछौ।
स्लोगन:–
जहाँ दिलको
स्नेह छ, त्यहाँ सबैको सहयोग सहजै प्राप्त हुन्छ।