23.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी महान सौभाग्यशाली हौ किनकि तिमीलाई भगवानले त्यो पढाइ पढाउनुहुन्छ जुन पढाइ अहिलेसम्म कुनै ऋषिमुनिले पनि पढेका छैनन्।”

प्रश्न:–
ड्रामाको कुन भावी तिमी बच्चाहरूलाई थाहा छ, दुनियाँका मानिसहरूलाई थाहा छैन?

उत्तर:–
तिमीलाई थाहा छ– यस रुद्र ज्ञान यज्ञबाट विनाशज्वाला प्रज्वलित भएको छ। अब सारा पुरानो दुनियाँ यसमा स्वाहा हुन्छ। यो भावी कसैले टार्न सक्दैन। यो यस्तो अश्वमेध अविनाशी रुद्र यज्ञ हो जसमा सारा सामग्री स्वाहा हुन्छ फेरि हामी यस पतित दुनियाँमा आउँदैनौँ। यसलाई ईश्वरको भावी होइन, ड्रामाको भावी भनिन्छ।

गीत:–
मुखडा देख ले प्राणी...

ओम् शान्ति ।
तिमी बच्चाहरू पनि मानिस हौ। यो मानिसको सृष्टि हो। यस समयमा तिमीहरू ब्राह्मण धर्मका मानिस बनेका छौ। बाबाले शिक्षा दिनुहुन्छ आत्माहरूलाई। आत्मालाई अहिले आफ्नो स्वधर्मको विषयमा थाहा भएको छ– हामी आत्माले यस शरीरलाई चलाउँछौँ। यो आत्माको रथ हो। जसरी बाबा आएर यस रथमा सवार हुनुभएको छ, तिम्रो आत्मा पनि यस रथमा बसेको छ। केवल आत्माले यो ज्ञान भुलेको छ– हामी आत्मा शान्तस्वरूप हौँ। हाम्रो निवासस्थान नै मूलवतन हो। यो शरीर हामीलाई यहाँ मिल्छ। आफैसँग यस्ता यस्ता कुरा गर्नुछ। बाबा भन्नुहुन्छ– तिमी आत्मा शान्तस्वरूप हौ। तिमीले हामी शान्तिमा बसौँ भन्ने चाहन्छौ भने आफूलाई शान्तिधाम निवासी आत्मा सम्झ। यसरी थोरै समय शान्तिमा बस्न सक्छौ। मानिसहरूले शान्ति नै माग्छन्। मनलाई शान्ति चाहिन्छ– यो आत्माले भन्यो, तर मानिसहरूलाई यो थाहा छैन– म आत्मा हुँ। यो भुलेका छन्। एउटा कथा पनि छ नि– रानीको घाँटीमा हार थियो तर बाहिर खोज्थिन्। त्यसैले बाबाले पनि सम्झाउनुहुन्छ शान्ति त तिम्रो स्वधर्म हो। बच्चाहरूले बुझेका छौ– हामी आत्माहरू शान्तस्वरूप हौँ। यहाँ आएका छौँ पार्ट खेल्न। यी इन्द्रियहरूबाट अलग भयौ भने आत्मा शान्त हुन्छ। आत्मा आफ्नो स्वधर्म शान्तिमा जति चाह्यो त्यति बस्न सक्छ। हामी यस शरीरबाट काम नगरौँ चाहन्छौ भने शान्तिमा बस। यो हो सच्चा शान्ति, यसलाई तिमीले खोज्दैनौ। तिम्रो स्वधर्म नै शान्ति हो। अहिले यहाँ पार्ट खेलिरहेका छौ। बाबाबाट थाहा भएको छ, हामीले ८४ जन्महरूको पार्ट खेल्यौँ। यी ८४ जन्महरूको चक्रको विषयमा कसैलाई थाहा छैन। केवल तिमी बच्चाहरूले नै बुझेका छौ। पहिला हामी सूर्यवंशी राजा वा प्रजा थियौँ फेरि चन्द्रवंशी अनि वैश्य वंशी, अनि शूद्र वंशी बन्यौँ। अब फेरि हामी सूर्यवंशी बन्नुछ।

तिमी बच्चाहरूले सृष्टिको आदि-मध्य-अन्त्यलाई जानेका छौ, तिमी कति सौभाग्यशाली हौ। बाबाले त यथार्थ कुरा सम्झाउनुहुन्छ। यो हो नै सद्गतिमार्ग। सबैलाई यो सम्झाउनुछ– सर्वको सद्गतिदाता एक हुनुहुन्छ। अहिले तिमी बच्चाहरूले जानेका छौ, हामीलाई बाबा आएर २१ जन्महरूको लागि सद्गति प्राप्त गराइरहनुभएको छ। बाहिरका मानिसहरूले यी कुरा जान्दैजान्दैनन्। तिमी ब्रह्माकुमार-कुमारीहरूलाई मात्रै थाहा छ। कसैले सोध्छन्– तिमी बी. के. लाई के थाहा छ? परीक्षा त हुनु नै पर्छ– ब्राह्मण वा ब्राह्मणी हुन् वा होइनन्। यदि तिमी ब्रह्माका बच्चाहरू हौ भने सृष्टिचक्रलाई पक्कै जानेका छौ होला। रचयिता बाबालाई चिनेका छौ? ऋषिमुनि आदिले त रचयिता र रचनालाई जान्दैजान्दैनन्। अर्थात् तिनीहरू नास्तिक भए। तिमी पनि नास्तिक थियौ। तिमीले पनि रचयिता बाबा र रचनाको आदि-मध्य-अन्त्यलाई जानेका थिएनौ। स्कुलमा पहिला अनपढ नै आउँछन्। फेरि भन्छन् स्कुलमा यो यो पढेको छु। अहिले तिमी ईश्वरीय पढाइमा छौ। परमपिता परमात्माले तिमीलाई पढाइरहनुभएको छ। यो कुरा बुद्धिले बुझ्नुपर्छ। रचयिता त एक शिवबाबा नै हुनुहुन्छ। रुद्रले ज्ञान यज्ञ रचे यो कुरा शास्त्रहरूमा पनि छ। तर रुद्र र शिव परमात्मामा त केही फरक छैन। यो पनि हो, रुद्र ज्ञान यज्ञबाट विनाश ज्वाला निस्कियो। केवल रुद्र शिवको ठाउँमा श्रीकृष्णको नाम राखिदिएका छन्। हो त्यही गीता। भन्छन् यस ज्ञान यज्ञबाट विनाशज्वाला प्रज्वलित भयो। त्यसैले स्वराज्यको लागि यो ज्ञान यज्ञ हो। यसमा पुरानो दुनियाँ स्वाहा हुनुछ। यज्ञमा सारा आहुति अर्थात् सामग्री हाल्छन्। सबै स्वाहा गरिदिन्छन्। त्यसैले यस रुद्र ज्ञान यज्ञमा सारा पुरानो दुनियाँ स्वाहा हुन्छ। तिमीले अहिले राजयोग सिकिरहेका छौ। यस पतित दुनियाँमा फेरि आउँदैनौ। यो दुनियाँ फेरि खतम हुनुछ। तिमीलाई थाहा छ, प्राकृतिक प्रकोप आदि सबै हुन्छ। यो सारा ज्ञान तिम्रो बुद्धिमा बस्नुपर्छ। शिवबाबा भन्नुहुन्छ– मेरै बुद्धिमा सारा ज्ञान छ। बाबा सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। ऋषिमुनिले त भन्छन्, हामीले रचयिता र रचनालाई जान्दैनौँ। तिमीलाई कसैले सोध्छन् तिमीलाई के मिलेको छ? भन– जसलाई ठुला ठुला ऋषिमुनि आदिले भन्थे– हामी रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनौँ तर त्यो कुरा हामीले जान्दछौँ। रचयिता बाबाबाहेक रचनाको आदि-मध्य-अन्त्यको रहस्य अरू कसैले सम्झाउन सक्दैन। रचयिताले नै सम्झाउनुहुन्छ। तिमीलाई थाहा छ, मौरीहरूको पनि रानी हुन्छ। रानीको साथमा पछि पछि सबै मौरीहरू जान्छन्। रानी अर्थात् आमासँग उनीहरूको कति सम्बन्ध हुन्छ। बेहदको बाबा पनि आउनुहुन्छ त्यसैले सबै बच्चाहरूलाई साथमा लैजानुहुन्छ। तिमीलाई थाहा छ– बाबा आउनुभएको छ, हामी आत्माहरूलाई साथमा शान्तिधाममा लैजानुहुन्छ। फेरि हाम्रो सत्ययुगको पार्ट सुरुहुन्छ। जुन पार्ट खेल्नको लागि तिमीले यो देवीदेवता पद पाइरहेका छौ। यहाँ तिमी आउँछौ नै– मानिसबाट देवता पद पाउन। सबै गुण यहाँ धारण गर्नुछ। यी लक्ष्मीनारायणजस्ता बन्नुछ। यिनलाई दिव्यदृष्टिले बाहेक कसैले देख्न सक्दैन। अहिले तिमीलाई थाहा छ हामी सूर्यवंशी देवता बन्छौँ। तिम्रो बुद्धिमा छ, स्वर्गको राजधानी कसरी स्थापन हुन्छ। सत्ययुगमा थियो नै देवताहरूको राज्य तर देवताहरूको राज्यमा पनि फेरि राक्षस आदि देखाएका छन्। यो कसैलाई थाहा नै छैन। भारतवर्ष कति पवित्र थियो, महिमा पनि गाउँछन् सर्वगुण सम्पन्न...। उनीहरूको अगाडि शिर पनि झुकाउँछन्। मन्दिर पनि धेरै बनेका छन्। तर यो थाहा छैन, आदि सनातन देवीदेवता धर्म सत्ययुगको कहिले र कसरी स्थापन भयो? भारतवर्ष जो यति उच्च थियो, त्यो नीच कसरी बन्यो? यो कसैलाई पनि थाहा छैन। भन्छन् यो भावी बनिबनाउ छ। भावी कसको हो? त्यो पनि बुझ्दैनन्। ड्रामाको भावी सम्झे भने पो समझमा आउँछ। ड्रामाको रचयिता, डाइरेक्टर को हुनुहुन्छ? केवल भनिदिन्छन् ईश्वरको भावी। ड्रामा भन्नाले ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्नुपर्छ। केवल किताब पढेर कसैले गएर ड्रामा नहेरेसम्म ड्रामाको विषयमा थाहा पाउन सकिँदैन। जसरी अखबारमा पनि पढेका थियौ– एउटा श्रीकृष्ण चरित्रको ड्रामा बनेको छ। तर नहेरीकन कसैले कहाँ बुझ्न सक्छ र! हेरेपछि मात्र बुझ्छन् ड्रामामा यो सबै हुनुछ। तिमी बच्चाहरूले पनि ड्रामालाई अहिले जानेका छौ। मानिसहरूले भन्छन्– विश्वको इतिहास भूगोलको यो चक्र घुमिरहन्छ। तर कसरी घुम्छ, यो कसैलाई थाहा नै छैन। नाम पनि लेखिएका छन्– सत्ययुग, त्रेता, द्वापर, कलियुग फेरि सङ्गमयुग। तर मानिसहरूले सम्झेका छन्– युग युगमा आउनुहुन्छ। सत्ययुग त्रेताको पनि सङ्गम हुन्छ। तर त्यस सङ्गमको कुनै महत्त्व छैन। त्यहाँ त केही हुँदैन। यी कुरा तिमीलाई थाहा छ– सत्ययुगी सूर्यवंशीहरूले फेरि चन्द्रवंशीहरूलाई राज्य कसरी दिए? यस्तो होइन, चन्द्रवंशीहरूले सूर्यवंशीहरूमाथि विजय पाए। होइन, जो चन्द्रवंशीको राजा हुन्छन् उनीहरूलाई सूर्यवंशी राजा-रानीले राज्य भाग्यको तिलक दिएर तख्तमा बसाउँछन्। राजा राम, रानी सीताको टाइटल मिल्छ। कसले दियो? भनिन्छ सूर्यवंशीहरूले ट्रान्सफर गरे, अब तिमीले राज्य गर। जुन सीन तिमी बच्चाहरूले साक्षात्कारमा देखेका छौ। बाँकी कुनै लडाइँ आदि हुँदैन। जसरी कसैलाई राज्य दिइन्छ, त्यसरी नै दिन्छन्। उनीहरूको पाउ आदि धोएर उनीहरूलाई राज्य तिलक दिन्छन्। त्यहाँ त कुनै गुरु गोसाईं हुँदैनन्। अब तिमी बच्चाहरूको बुद्धिमा छ हामी दैवी स्वभावका बन्छौँ। सूर्यवंशी, चन्द्रवंशी राज्यमा हामी कति सुखी हुन्छौँ। बाबाले हामीलाई दुःखबाट निकालेर सुखमा लैजानुहुन्छ अरू कसैले सुखी बनाउन सक्दैन। साधुहरू आफैले पनि चाहन्छन्– हामी शान्तिधाममा जाऊँ। बाबा भन्नुहुन्छ– मैले यी साधुहरू आदिको पनि उद्धार गरेर सबैलाई शान्तिधाममा लैजान्छु। संन्यासी त आउँछन् नै द्वापरमा। स्वर्गमा हामी देवताहरू नै रहन्छौँ। त्यहाँ पनि सेक्सन अलग अलग छन्। सूर्यवंशीहरूको अलग, चन्द्रवंशीहरूको अलग फेरि पछि इस्लामी, बौद्धी, संन्यासी आदि जति पनि आउँछन्, सबैको सेक्सन अलग अलग बनेको छ। हामी राज्य गरेको बेलामा अर्को कोही थिएन। मूलवतनमा पनि यस्तो माला नम्बरवार बनेको छ। आदि सनातन देवीदेवता धर्मवालाहरूको हो पहिलो बिरादरी (वंशावली)। फेरि अरू बिरादरीहरू निस्कन्छन्। यो बिरादरी हो सबैभन्दा ठुलो र अरू जो धर्म स्थापक आउँछन्– सबै तिनीहरूबाट निस्किएका हुन्। तिमीले भन्छौ इस्लामीहरूको हो सेकेन्ड नम्बर बिरादरी। फेरि बौद्धीहरूको बिरादरी थर्ड नम्बर। हामी हौँ फस्ट बाँकी हदका र साना साना त लाखौँ होलान्। यहाँ त मुख्य छन् ४ बिरादरीहरू। पहिला सुरुमा हामी आउँछौँ फेरि इस्लामी, बौद्धी, क्रिस्चियन आदि आउँछन्। अहिले हामी तल गिरेका छौँ। हामीले नै ८४ जन्म लिएर पार्ट खेल्नुपर्छ। जो अहिले लास्टमा छन्, उनीहरू नै फेरि फस्टमा हुन्छन्। देवीदेवताहरू अहिले पतित भएका हुनाले आफूलाई देवीदेवता भन्न सक्दैनन्। देवताहरूलाई त पुज्छन् यसबाट सिद्ध हुन्छ– उनीहरूकै बिरादरीका हुन्। सिखहरूले गुरुनानकलाई मान्छन्, उनीहरूकै बिरादरीका हुन्। सत्ययुगमा पहिलो नम्बर हाम्रो बिरादरी हो। यो भन्दा उच्च बिरादरी कुनै हुँदैन। हामी उच्चभन्दा उच्च बिरादरीका हौँ। हामीले सबैभन्दा बढी सुख भोग्छौँ, फेरि हामी नै कङ्गाल बन्छौँ। सबैभन्दा बढी दुःखी हामीहरू हुन्छौँ। ॠण पनि हामीहरूले नै लिइरहन्छौँ। कति धनवान थियौँ, अहिले कति गरिब छौँ। सबैथोक गुमाइसकेका हुन्छौँ। यो हो नै दुःखधाम। अब बाबाले फेरि हामीलाई सुखधामका मालिक बनाउनुहुन्छ। बाँकी सबै जानेछन् शान्तिधाम। आधाकल्प तिमीले सुख भोग्छौ, बाँकी सबै शान्तिमा रहन्छन्। चाहन्छन् पनि– हामी मुक्तिमा जाऊँ। सुखलाई काग विष्टासमान सम्झन्छन्। उनीहरूलाई सुखधामको अनुभव नै हुँदैन। तिमीलाई अनुभव छ। महिमा पनि गाउँछन् तर पतित भएका हुनाले भुलेका छन्। अब बाबाले याद दिलाउनुहुन्छ– हे प्यारा बच्चाहरू! तिमी देवीदेवता धर्मका हौ। द्वापरदेखि नाम परिवर्तन गरिदिएका छन्। देवता धर्मका आत्माहरू नै पतित बने। गाइ पनि रहन्छन् हे पतित-पावन आउनुहोस्! बाबाले बताउनुभएको छ– तिमी कति जन्म पावन दुनियाँमा थियौ। कति जन्म पतित दुनियाँमा छौ। अब फेरि पावन दुनियाँमा जानुछ। यो पाठशालाहरूको पाठशाला हो, यज्ञहरूको यज्ञ हो। सारा पुरानो दुनियाँ यसमा खतम हुनुछ। होलिका जलाउँछन्, यी सबै पर्व अहिलेका हुन्। आत्मा जानेछ, बाँकी शरीर खतम हुनेछन्। यो ज्ञान कुनै संन्यासी आदिले दिन सक्दैनन्। गीतामा केही छ तर पिठोमा नुनजस्तै ज्ञान प्रायः लोप भएको छ। शिवबाबा भन्नुहुन्छ– मैले यो यज्ञ रचेको छु, यसमा तन-मन-धन सबै स्वाहा गर्छौ, जीवन छँदै मर्छौ। यो ज्ञान तिमीलाई अहिले मिलिरहेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सुखधाममा जानको लागि आफ्नो स्वभाव दैवी स्वभाव बनाउनुछ। ड्रामाको आदि-मध्य-अन्त्यको रहस्यलाई बुद्धिमा राखेर हर्षित रहनुछ। सबैलाई यही रहस्य सम्झाउनुछ।

२) स्वराज्य लिनको लागि यस बेहद यज्ञमा जीवन छँदै आफ्नो तन-मन-धन स्वाहा गर्नुछ। सबैथोक नयाँ दुनियाँको लागि ट्रान्सफर गर्नुछ।

वरदान:–
आफ्नो मस्तकद्वारा तेस्रो नेत्रको साक्षात्कार गराउने सच्चा योगी भव

यादगारमा योगीको मस्तकमा तेस्रो नेत्र देखाउँछन्। तिमी सच्चा योगी बच्चाहरू पनि आफ्नो मस्तकद्वारा तेस्रो नेत्रको साक्षात्कार गराउनको लागि सदा बुद्धिद्वारा एक बाबाको सङ्गतमा रहनुछ। एक बाबा दोस्रो हामी, तेस्रो न कोही, यस्तो स्थिति भइसकेपछि मात्र तेस्रो नेत्रको साक्षात्कार हुन्छ। यदि बुद्धिमा कुनै तेस्रो आयो भने फेरि तेस्रो नेत्र बन्द हुन्छ त्यसैले सदैव तेस्रो नेत्र खुला रहोस्– यसको लागि याद राख्नुछ, तेस्रो न कोही।

स्लोगन:–
प्रश्नचित्त बन्नु अर्थात् आफै हैरान हुनु र अरूलाई पनि हैरान पार्नु हो।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन

जसले जस्तो कर्म गर्छ उसको नाम पनि त्यस्तै हुन्छ। कर्म श्रेष्ठ छन् भने नाम हुन्छ श्रेष्ठमणि। श्रेष्ठमणि बन्नको लागि मन, वाणी, कर्ममा सरलता र सहनशीलता यी दुवै गुण आवश्यक छन्। सरलता छ सहनशीलता छैन भने पनि श्रेष्ठ भएन त्यसैले सरलता र सहनशीलता दुवै साथसाथै हुनुपर्छ।