23.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
बाबासमान सच्चा सच्चा पैगम्बर वा सन्देशवाहक बन्नु छ, सबैलाई घर जाने सन्देश दिनु
छ।”
प्रश्न:–
आजकाल
मनुष्यहरूको बुद्धि सारा दिन कुन कुरा तिर भट्किन्छ?
उत्तर:–
फेसनतिर।
मनुष्यहरूलाई आकर्षित गर्नको लागि अनेक प्रकारका फेसन गर्छन्। यी फेसन (वेषभूषा) आदि
चित्रहरूबाट नै सिकेका हुन्। सम्झन्छन् पार्वतीले पनि यस्तै वेषभूषा लगाउँथिन्,
कपाल आदि बनाउँथिन्। बाबा भन्नुहुन्छ तिमी बच्चाहरूले यस पतित दुनियाँमा यस्तो
वेषभूषा लगाउनुछैन। तिमीलाई त मैले यस्तो दुनियाँमा लैजान्छु जहाँ स्वाभाविक
सुन्दरता हुन्छ। त्यहाँ वेषभूषा देखाउने आवश्यकता हुँदैन।
गीत:–
तुम्हीं हो
माता पिता...
ओम् शान्ति ।
प्यारा
बच्चाहरूले गीत सुन्यौ। महिमा गाउँदा बुद्धि माथितिर जान्छ। आत्माले नै पितालाई
भन्छ, उहाँ नै खिवैया हुनुहुन्छ, पतित पावन हुनुहुन्छ अथवा सच्चा सच्चा मेसेन्जर (सन्देशवाहक)
हुनुहुन्छ। बाबा आएर आत्माहरूलाई सन्देश दिनुहुन्छ, जसलाई मेसेन्जर वा पैगम्बर (ईश्वरीय
दूत) भनिन्छ, कोही साना वा ठुला पनि पैगम्बर वा मेशेन्जरहरू हुन्छन्। वास्तवमा
तिनीहरूले सन्देश वा पैगाम दिँदैनन्। यो त झुटो महिमा गरिदिएका छन्। तिमी बच्चाहरूले
बुझेका छौ एक बाबाबाहेक यस मनुष्य सृष्टिमा अरू कसैको महिमा छैन। त्यसपछि सबैभन्दा
बढी महिमा यी लक्ष्मीनारायणको हुन्छ किनकि यिनीहरू हुन् नयाँ दुनियाँका मालिक। यो
कुरा पनि भारतवर्षका मानिसहरूलाई थाहा छ। दुनियाँका मानिसहरूले केवल यति जान्दछन्,
भारतवर्ष प्राचीन स्थान हो। भारतवर्षमा नै भगवान-भगवती (गड गडेज) को राज्य थियो।
श्रीकृष्णलाई पनि भगवान (गड) भनिदिन्छन्। भारतवर्षका मानिसहरूले यिनीहरूलाई
भगवान-भगवती भन्छन्। तर यो कसैलाई थाहा छैन, यी भगवान-भगवतीले सत्ययुगमा राज्य
गर्छन्। भगवान शिवबाबाले भगवान भगवती (गड-गडेज) को राज्य स्थापना गर्नुभयो। बुद्धिले
पनि भन्छ हामी भगवानका बच्चा हौँ भने हामी पनि भगवान-भगवती हुनुपर्छ। सबै एउटै
बाबाका बच्चा हुन् नि। तर यिनलाई भगवान-भगवती भन्न सकिँदैन। उनीहरूलाई भनिन्छ
देवीदेवताहरू। यी सबै कुराहरू बाबा बसेर सम्झाउनुहुन्छ। सबैले भन्छन्, हामी पहिला
नयाँ दुनियाँमा थियौँ। नयाँ दुनियाँलाई त सबैले चाहन्छन्। बापुजीले पनि नयाँ दुनियाँ,
नयाँ रामराज्य चाहन्थे। तर रामराज्यको अर्थ एकदम बुझ्दैनन्। आजकाल मनुष्यहरूलाई
आफ्नो कति अहङ्कार छ। कलियुगमा छन् पत्थरबुद्धि, सत्ययुगमा हुन्छन् पारसबुद्धि। तर
यसको समझ कसैमा छैन। भारतवर्ष नै सत्ययुगमा पारसबुद्धि थियो। अब दुनियाँ कलियुगमा
पत्थरबुद्धि छ। मनुष्यले त यसलाई नै स्वर्ग सम्झन्छन्। भन्छन् स्वर्गमा विमान थिए,
ठुला ठुला महल थिए, ती त सबै अहिले नै छन्। साइन्सले कति उन्नति गरेको छ, यहाँ कति
सुख छ। कति वेषभूषा आदि छन्। बुद्धि सारा दिन वेषभूषाको पछाडि नै हुन्छ। बनावटी
सुन्दरताको लागि कसरी कपाल आदि बनाउँछन्! कति खर्च गर्छन्। यी सबै वेषभूषा निस्किएका
हुन् चित्रहरूबाट। सम्झन्छन्– पार्वतीलेजस्तै हामीले कपाल आदि बनाउँछौँ। यो सबै
आकर्षित गर्नको लागि नै बनाउँछन्। पहिला पारसी महिलाहरूले अनुहारमा कालो जाली
लगाउँथे जसले गर्दा कसैले देखेर आसिक नहोऊन्। यसलाई भनिन्छ पतित दुनियाँ।
गाउँछन् तिमी नै हौ
माता पिता तिमी नै हौ... तर यो कसलाई भन्नुपर्छ? मातापिता को हुनुहुन्छ– यो पनि
जान्दैनन्। मातापिताले अवश्य वर्सा दिनुभएको होला। बाबाले तिमी बच्चाहरूलाई सुखको
वर्सा दिनुभएको थियो। भन्छन् पनि बाबा हामीले त हजुरबाहेक अरू कसैसँग ज्ञान सुन्दैनौँ।
अहिले तिमीलाई थाहा भएको छ शिवबाबाको महिमा गायन गरिन्छ। ब्रह्माको आत्माले पनि
स्वयं भन्छ– म नै पावन थिएँ, अहिले पतित बनेको छु। ब्रह्माका बच्चाहरूले पनि यस्तै
भन्छन्, हामी ब्रह्माकुमार कुमारीहरू देवीदेवताहरू नै फेरि ८४ जन्मको अन्त्यमा पतित
बनेका छौँ। जो नम्बरवन पावन, उनै नम्बरवन पतित। जस्तो पिता त्यस्तै बच्चा। यिनले
स्वयं पनि भन्छन्, शिवबाबा पनि भन्नुहुन्छ म आउँछु– यिनको धेरै जन्महरूको अन्त्यमा,
जो पहिलो नम्बरमा पूज्य लक्ष्मीनारायणको घरानामा थिए। अहिले यो सङ्गम हो, तिमी
कलियुगमा थियौ, अब सङ्गमयुगी बनेका छौ। बाबा सङ्गममा नै आउनुहुन्छ, ड्रामा अनुसार
बच्चाहरूको पनि उन्नति हुन्छ। अहिले त बच्चाहरूलाई ज्ञान मिलेको छ। हामी नै देवता
थियौँ फेरि क्षत्रिय, वैश्य, शूद्र बनेका छौँ। तिमीले सारा चक्रलाई राम्रोसँग जानेका
छौ। यो त धेरै सहज छ, हामीले ८४ जन्म लियौँ। कैयौँको बुद्धिमा यो पनि बस्दैन।
विद्यार्थीहरू त नम्बरवार हुन्छन् नै! सही कुरा (राइट) देखि लिएर सुरु गर्छन्
फस्टक्लास, सेकेन्ड क्लास, थर्ड क्लास, बच्चीहरूले स्वयं पनि भन्छन् मेरो बुद्धि
थर्डक्लास छ। मैले कसैलाई सम्झाउन सक्दिनँ। बोल्ने मन त धेरै नै हुन्छ तर बोल्न
सक्दैनन्, बाबाले के गर्नुहुन्छ? यो भयो आफ्नो कर्मको हिसाबकिताब। अब बाबा
भन्नुहुन्छ– मैले तिमीलाई कर्म-अकर्म-विकर्मको गतिको ज्ञान सुनाउँछु। कर्म गर्नु छ,
यो त तिमी बच्चाहरूलाई थाहा छ। थर्डक्लास बुद्धि भएका बच्चाहरूले यी कुराहरूलाई
बुझ्न सक्दैनन्। यो हो नै रावण राज्य, तर यो कुरा कसैलाई थाहा छैन। रावण राज्यमा त
मनुष्यले विकर्म नै गर्छन् त्यसैले तल नै गिर्छन्। गुरु बनाइन्छ नै दुःखको दुनियाँमा।
मुक्तिमा लैजाउन् भनेर सद्गतिको लागि नै गुरु बनाउँछन्। त्यो हो निर्वाणधाम–
वाणीभन्दा परको स्थान, मनुष्यले आफूलाई वानप्रस्थी भन्छन्। त्यो त भन्नु मात्र हो।
वानप्रस्थीहरूको पनि सभा हुन्छ। सबैथोक सम्पत्ति आदि बच्चाहरूलाई दिएर गुरुको साथमा
गएर बस्छन्। खानपिन आदि त अवश्य बच्चाहरूले नै दिन्छन्। तर वानप्रस्थको अर्थ कसैले
पनि बुझ्दैनन्। कसैको बुद्धिमा यो आउँदैन, हामी निर्वाणधाममा जानु छ। आफ्नो घरमा
जानु छ। उनीहरूले कुनै घर सम्झँदैनन्। उनीहरूले त सम्झन्छन्– ज्योति ज्योतमा समाहित
हुन्छौँ। निर्वाणधाम त निवासस्थान हो। पहिला ६० वर्षपछि वानप्रस्थ लिन्थे, यो
नियमजस्तै थियो। अहिले पनि त्यस्तै गर्छन्। अब तिमीले सम्झाउन सक्छौ, वाणीभन्दा पर
त कोही पनि जान सक्दैनन्। यसको लागि त बाबालाई नै बोलाउँछन्, हे पतितपावन बाबा
आउनुहोस्, हामीलाई पावन बनाएर घर लैजानुहोस्! मुक्तिधाम आत्माहरूको घर हो। तिमी
बच्चाहरूलाई सत्ययुगको विषयमा पनि सम्झाइएको छ– त्यहाँ को हुन्छन्! कसरी वृद्धि
हुन्छ! जनसङ्ख्याको विषयमा पनि कसैलाई थाहा छैन। रामराज्यमा जनसङ्ख्या कति हुन्छ!
बच्चा आदि कसरी जन्मन्छन्? केही पनि बुझ्दैनन्। कुनै पनि विद्वान्, आचार्य, पण्डित
छैनन्, जसले यस ड्रामाको चक्रलाई कसैलाई सम्झाउन सक्छन्। ८४ लाखको चक्र कसरी हुन
सक्छ! कति गलत कुरा छन्। बिल्कुलै कुरा नै अल्झिएको छ। बाबा सम्झाउनुहुन्छ अहिले
तिमीलाई थाहा छ बाबाले कर्म-अकर्म-विकर्मको सारा रहस्य सम्झाउनुभएको छ। सत्ययुगमा
तिम्रा कर्म, अकर्म हुन्छन्। त्यहाँ कुनै नराम्रो कर्म हुँदैहुँदैन, त्यसैले कर्म,
अकर्म हुन्छन्। यहाँ मनुष्यले जुनसुकै पनि कर्म गर्छन् त्यो विकर्म नै हुन्छ।
तिमी बच्चाहरूलाई थाहा
छ अहिले हामी साना ठुला सबैको, सारा दुनियाँको वानप्रस्थ अवस्था हो। सबै वाणीभन्दा
पर जान्छन्। भन्छन् हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्!
तर दुनियाँ पावन नयाँ नबनेसम्म, यहाँ पतित दुनियाँमा त कोही पनि पावन रहन सक्दैन।
यो जे जति पतित दुनियाँ छ, सबै खतम हुनु छ। तिमीलाई थाहा छ हामी फेरि नयाँ दुनियाँमा
जानु छ। कसरी जान्छौँ? यो सारा ज्ञान हो। यो हो नयाँ ज्ञान, नयाँ दुनियाँ, अमरलोक
वा पावन दुनियाँको लागि। तिमी अहिले सङ्गममा बसेका छौ। यो पनि जान्दछौ अरू जे जति
मनुष्य छन्, ती सबै ब्राह्मण होइनन्, उनीहरू कलियुगमा छन्। हामी सबै सङ्गममा छौँ।
हामी सत्ययुगमा गइरहेका छौँ, अवश्य यो सङ्गमयुग हो। त्यो त हो नै स्वर्ग। त्यसलाई
सङ्गम भनिँदैन। सङ्गम हुन्छ अहिले। यो सङ्गमयुग सबैभन्दा छोटो छ। यसलाई लिप युग
भनिन्छ, जसमा मनुष्य पाप आत्माबाट धर्म आत्मा बन्छन् त्यसैले यसलाई धर्माऊ युग पनि
भनिन्छ। कलियुगमा सबै मनुष्य दुराचारी (अधर्मी) हुन्छन्। त्यहाँ त सबै धर्मात्मा
हुन्छन्। भक्तिमार्गको कति ठुलो प्रभाव छ। यस्ता पत्थरका मूर्तिहरू बनाउँछन्, जुन
देख्दा नै मन खुसी हुन्छ। त्यो हो पत्थर पूजा। पूजाको लागि शिवका मन्दिरमा कति टाढा
टाढा जान्छन्। शिवका चित्र त घरमा पनि राख्न सक्छन्। फेरि यति टाढा टाढा किन
भट्किनुपर्छ। यो ज्ञान अहिले तिम्रो बुद्धिमा आएको छ। अब तिम्रो आँखा खुलेको छ,
बुद्धिका ढोका खुलेका छन्। बाबाले ज्ञान दिनुभएको छ। परमपिता परमात्मा यस मनुष्य
सृष्टिको बीजरूप, ज्ञानको सागर, नलेजफुल हुनुहुन्छ। आत्माले पनि त्यो ज्ञान धारण
गर्छ। आत्मा नै राष्ट्रपति आदि बन्छ। मनुष्य त देह अभिमानी भएको कारण देहको नै महिमा
गरिरहन्छन्। अहिले तिमीले बुझेका छौ आत्माले नै सबैथोक गर्छ। तिमी आत्माहरूले ८४
जन्महरूको चक्कर लगाएर बिल्कुलै दुर्गति पाएका छौ। अहिले हामी आत्माले बाबालाई
चिनेका छौँ। बाबाबाट वर्सा लिइरहेका छौँ। आत्माले शरीर त अवश्य धारण गर्नुपर्छ।
शरीरबिना आत्माहरू कसरी बोल्छन्! कसरी सुन्छन्! बाबा भन्नुहुन्छ– म निराकार हुँ।
मैले पनि शरीरको आधार लिन्छु। तिमीलाई थाहा छ शिवबाबाले यस ब्रह्मा तनबाट हामीलाई
ज्ञान सुनाउनुहुन्छ। यी कुराहरू तिमी ब्रह्माकुमार कुमारीहरूले नै सम्झाउँछौ।
तिमीलाई अहिले ज्ञान मिलेको छ। ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना
हुन्छ। उहाँ बाबाले नै राजयोग सिकाइरहनुभएको छ, यसमा अन्योलमा पर्ने कुरै छैन।
शिवबाबाले हामीलाई सम्झाउनुहुन्छ फेरि हामीले अरूलाई सम्झाउँछौँ। हामीलाई पनि
सुनाउने शिवबाबा नै हुनुहुन्छ। अहिले तिमीले भन्छौ हामी पतितबाट पावन बनिरहेका छौँ।
बाबा सम्झाउनुहुन्छ अहिले यो पतित दुनियाँ नै हो, यहाँ रावणको राज्य छ नि! रावणले
पाप आत्मा बनाउँछ। यो कुरा अरू कसैलाई पनि थाहा छैन। जलाउन त रावणको पुत्ला जलाउँछन्
तर केही पनि बुझ्दैनन्। सीतालाई रावणले लग्यो, यो गर्यो... बसेर कति कथाहरू लेखेका
छन्। बसेर सुन्छन् अनि रुन्छन्। ती हुन् सबै दन्त्यकथाहरू। बाबाले हामीलाई
विकर्माजित बनाउनको लागि सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ म एकलाई याद गर। अन्त कतै
पनि बुद्धि नलगाऊ। शिवबाबाले हामीलाई आफ्नो परिचय दिनुभएको छ। पतितपावन बाबा आएर
आफ्नो परिचय दिनुहुन्छ। अब तिमीले बुझेका छौ बाबा कति मीठो हुनुहुन्छ जसले हामीलाई
स्वर्गको मालिक बनाइरहनुभएको छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कर्म, अकर्म र विकर्मको गतिलाई जानेर श्रेष्ठ कर्म गर्नु छ। ज्ञान दान गरेर
धर्मात्मा बन्नु छ।
२) यो वानप्रस्थ
अवस्था हो– यी अन्तिम घडीहरूमा पावन बनेर पावन दुनियाँमा जानु छ। पावन बन्ने सन्देश
सबैलाई दिनु छ।
वरदान:–
पास विद अनर
बन्नको लागि सबैद्वारा सन्तुष्टताको पासपोर्ट प्राप्त गर्ने सन्तुष्टमणि भव
जुन बच्चाहरू आफू
आफैसँग, आफ्नो पुरुषार्थ वा सेवाबाट, ब्राह्मण परिवारको सम्पर्कबाट सदा सन्तुष्ट
रहन्छन् उनीहरूलाई नै सन्तुष्टमणि भनिन्छ। सर्व आत्माहरूको सम्पर्कमा आफूलाई
सन्तुष्ट राख्न वा सबैलाई सन्तुष्ट पार्न– यसमा जो विजयी बन्छन् उनीहरू नै
विजयमालामा आउँछन्। पास विद अनर बन्नको लागि सबैद्वारा सन्तुष्टताको पासपोर्ट
मिल्नुपर्छ। यो पासपोर्ट लिनको लागि केवल सहन गर्ने वा समाहित गर्ने शक्ति धारण गर।
स्लोगन:–
रहमदिल बनेर
सेवाद्वारा निराश र थाकेका आत्माहरूलाई सहारा देऊ।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर
पावरफुल यादको लागि
सच्चा दिलको प्यार हुनुपर्छ। सच्चा दिल भएकाले सेकेन्डमा बिन्दु बनेर बिन्दुस्वरूप
बाबालाई याद गर्न सक्छन्। सच्चा दिल भएका बच्चाहरूले सच्चा साहेबलाई राजी गर्ने भएका
हुनाले, बाबाको विशेष आशीर्वाद प्राप्त गर्छन्, जसबाट सहजै एक सङ्कल्पमा स्थित भएर
ज्वालारूपको यादको अनुभव गर्न सक्छन्, पावरफुल भाइब्रेसन फैलाउन सक्छन्। सच्चाइको
शक्ति भएकाले दिमागले पनि समयमा युक्तियुक्त, यथार्थ कार्य गराउँछ, कुनै पनि उल्टो
कार्य हुन सक्दैन।