23.09.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– भित्र
मनमा दिन रात बाबा बाबा चलिरह्यो भने अपार खुसी हुन्छ , बुद्धिमा रहन्छ बाबा
हामीलाई कुबेरको खजाना दिन आउनु भएको छ।”
प्रश्न:–
बाबाले कुन
बच्चाहरूलाई इमान्दार फूल भन्नुहुन्छ? उनीहरूको निसानी सुनाऊ?
उत्तर:–
इमान्दार फूल
उनीहरू हुन् जो कहिल्यै पनि मायाको वश हुँदैनन्। मायाको द्वन्द्वमा आउँदैनन्। यस्ता
इमान्दार फूलहरूले लास्टमा आएर पनि फास्ट जाने पुरुषार्थ गर्छन्। उनीहरूले पुरानाले
भन्दा पनि अगाडि जाने लक्ष्य राख्छन्। आफ्नो अवगुणलाई निकाल्ने पुरुषार्थमा रहन्छन्।
अरूको अवगुणलाई हेर्दैनन्।
ओम् शान्ति ।
शिव भगवानुवाच।
उहाँ हुनु भयो रुहानी पिता किनकि शिव त सुप्रीम रुह (परम आत्मा) हुनुहुन्छ नि, आत्मा
हुनुहुन्छ नि। बाबाले त दिनदिनै नयाँ नयाँ कुरा सम्झाइरहनु हुन्छ। गीता सुनाउने
संन्यासी आदि धेरै छन्। उनीहरूले बाबालाई याद गर्न सक्दैनन्। ‘बाबा’ शब्द कहिल्यै
उनीहरूको मुखबाट निस्कन सक्दैन। यो शब्द हो नै गृहस्थीहरूको लागि। उनीहरू त हुन्
निवृत्ति मार्गका। उनीहरूले ब्रह्मलाई नै याद गर्छन्। मुखबाट कहिल्यै शिवबाबा
भन्दैनन्। चाहे तिमीले जाँच गर। सम्झ ठुला ठुला विद्वान् संन्यासी चिन्मयानन्द आदिले
गीता सुनाउँछन्, यस्तो होइन– उनीहरूले गीताका भगवान श्रीकृष्णलाई सम्झेर उनीसँग योग
लगाउन सक्छन्। लगाउँदैनन्। उनीहरू त फेरि पनि ब्रह्मसँग योग लगाउने ब्रह्मज्ञानी वा
तत्त्वज्ञानी हुन्। श्रीकृष्णलाई कसैले कहिल्यै बाबा भन्ने, यो हुनै सक्दैन।
त्यसोभए श्रीकृष्ण गीता सुनाउनेवाला बाबा त भएनन् नि। शिवलाई सबैले बाबा भन्छन्
किनकि उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। सबै आत्माहरूले उहाँलाई परमपिता परमात्मा
भनेर पुकार्छन्। उहाँ हुनुहुन्छ सुप्रीम, परम हुनुहुन्छ किनकि परमधाममा रहनुहुन्छ।
तिमीहरू सबै पनि परमधाममा रहन्छौ तर उहाँलाई परम आत्मा भनिन्छ। उहाँ कहिल्यै
पुनर्जन्ममा आउनुहुन्न। स्वयं भन्नुहुन्छ– मेरो जन्म दिव्य र अलौकिक छ। यसरी कुनै
रथमा प्रवेश गरेर तिमीलाई विश्वको मालिक बन्ने युक्ति बताउन्, यस्तो अरू कोही हुन
सक्दैन। त्यसैले बाबा भन्नुहुन्छ– म जे छु, जस्तो हुँ, मलाई कसैले पनि चिनेका छैनन्।
मैले जब आफ्नो परिचय दिन्छु तब चिन्न सक्छन्। यी ब्रह्मलाई अथवा तत्त्वलाई
मान्नेहरूले श्रीकृष्णलाई फेरि आफ्नो पिता कसरी मान्छन् र। आत्माहरू त सबै बच्चा
ठहरिए नि। श्रीकृष्णलाई सबैले पिता कसरी भन्छन्। श्रीकृष्ण सबैको पिता हुन्, यस्तो
कहाँ भन्छन्। हामी सबै भाइ भाइ हौं। यस्तो पनि होइन, श्रीकृष्ण सर्वव्यापी छन्। सबै
श्रीकृष्ण कहाँ हुन सक्छन् र! यदि सबै श्रीकृष्ण भए भने उनीहरूको पिता पनि हुनुपर्छ।
मनुष्यहरूले धेरै बिर्सिएका छन्। जानेका छैनन् त्यसैले त भन्नुहुन्छ– मलाई करोडौंमा
कसैले चिन्दछ। श्रीकृष्णलाई त जसले पनि चिन्न सक्छ। सबै बेलायतीले पनि उनलाई चिनेका
छन्। लर्ड श्रीकृष्ण भन्छन् नि। चित्र पनि छ, असली चित्र छैन। भारतवासीहरूबाट
सुन्छन्, यिनको पूजा धेरै हुन्छ। त्यसैले फेरि गीतामा श्रीकृष्ण भगवान लेखिदिएका छन्।
अब भगवानलाई कहीँ लर्ड (स्वामी) भनिन्छ र! लर्ड कृष्ण भन्छन् नि। लर्डको पदवी
वास्तवमा ठुला मानिसहरूलाई मिल्छ। तिनीहरूले त सबैलाई यो पदवी दिइरहन्छन्, यसलाई
भनिन्छ अन्धेर नगरी...। कुनै पनि पतित मनुष्यलाई लर्ड भनिदिन्छन्। कहाँ यी आजका
पतित मनुष्य, कहाँ शिव वा श्रीकृष्ण! बाबा भन्नुहुन्छ– जुन तिमीलाई ज्ञान दिन्छु,
त्यो फेरि गायब हुन्छ। म नै आएर नयाँ दुनियाँ स्थापना गर्छु। ज्ञान पनि मैले अहिले
नै दिन्छु। मैले जब ज्ञान दिन्छु तब नै बच्चाहरूले सुन्छन्। म बाहेक अरू कसैले
ज्ञान सुनाउन सक्दैनन्। जानेकै छैनन्।
के संन्यासीहरूले
शिवबाबालाई याद गर्न सक्छन्? उनीहरूले भन्न पनि सक्दैनन्– निराकार भगवानलाई याद गर।
कहिल्यै सुनेका छौ? धेरै पढेलेखेका मनुष्यहरूले पनि बुझ्दैनन्। अहिले बाबाले
सम्झाउनु हुन्छ श्रीकृष्ण भगवान होइनन्। मनुष्यहरूले त उनलाई नै भगवान भनिरहन्छन्।
कति फरक हुन गएको छ। बाबा त बसेर बच्चाहरूलाई पढाउनु हुन्छ। उहाँ पिता, टिचर, गुरु
पनि हुनुहुन्छ। शिवबाबा बसेर सबैलाई सम्झाउनु हुन्छ। नबुझ्नाले त्रिमूर्तिमा शिवलाई
राख्दै राख्दैनन्। ब्रह्मालाई राख्छन्, जसलाई प्रजापिता ब्रह्मा भन्छन्। प्रजालाई
रच्नेवाला। तर उनलाई भगवान भनिदैन। भगवानले प्रजा रच्नुहुन्न। सबै आत्माहरू त
भगवानका बच्चा हुन्। फेरि कोहीद्वारा प्रजा रच्नुहुन्छ। तिमीलाई कसले गोद लिनु भयो?
ब्रह्माद्वारा बाबाले गोद लिनु भयो। जब ब्राह्मण बन्छौ तब त देवता बन्छौ। यो कुरा त
तिमीले कहिल्यै सुनेका छैनौ। प्रजापिताको पनि अवश्य पार्ट छ। एक्ट चाहियो नि। यति
धेरै प्रजा कहाँबाट आउँछन्। कोख वंशावली पनि त हुन सक्दैन। ती कोख वंशावली
ब्राह्मणले भन्छन्– हाम्रो कुल (सरनेम) हो ब्राह्मण। नाम त सबैको अलग अलग छ।
प्रजापिता ब्रह्मा त भनिन्छ नै तब, जब शिवबाबा यिनमा प्रवेश गर्नुहुन्छ। यो नयाँ
कुरा हो। बाबा स्वयं भन्नुहुन्छ– मलाई कसैले चिनेका छैनन्, सृष्टिचक्रलाई पनि जानेका
छैनन्। त्यसैले त ऋषिमुनि सबैले नेति नेति भनेका छन्। न परमात्मालाई, न परमात्माको
रचनालाई जानेका छन्। बाबा भन्नुहुन्छ– जब म आएर आफ्नो परिचय दिन्छु तब नै जान्छन्।
त्यहाँ यी देवताहरूलाई हामीले यो राज्य कसरी पायौं? यो कहाँ थाहा हुन्छ र! यिनीहरूमा
ज्ञान हुँदैन। पद पायो फेरि ज्ञानको आवश्यकता नै हुँदैन। ज्ञान चाहिन्छ नै सद्गतिको
लागि। यिनीहरूले त सद्गति पाएका छन्। यी धेरै बुझ्नु पर्ने गहन कुरा हुन्। समझदारले
नै बुझ्छ। बाँकी जो वृद्ध माताहरू छन्, उनीहरूमा त यति बुद्धि छैन, त्यो पनि ड्रामा
योजना अनुसार हरेकको आफ्नो पार्ट छ। यस्तो त भन्दैनौ– हे ईश्वर बुद्धि दिनुहोस्!
सबैलाई एक समान बुद्धि मैले दिएँ भने त सबै नारायण बन्छन्। सबै एक अर्कामाथि गद्दीमा
बस्छन् र! हो, लक्ष्य-उद्देश्य हो यो बन्ने। सबैले पुरुषार्थ गरिरहेका छन् नरबाट
नारायण बन्ने। बन्छन् त पुरुषार्थ अनुसार नै। यदि सबैले हामी नारायण बन्छौं भने त
बाबालाई भित्र हाँसो लाग्छ नि। सबै एकनास बन्न कसरी सक्छन्! नम्बरवार त हुन्छन् नि।
नारायण द फस्ट, सेकेण्ड, थर्ड। जसरी एडवर्ड द फस्ट, सेकेण्ड, थर्ड... हुन्छन् नि।
हुन त यो लक्ष्य हो, तर स्वयं बुझ्न सक्छन् नि– चालचलन यस्तो छ भने के पद पाउने छन्?
पुरुषार्थ त अवश्य गर्नु छ। बाबा नम्बरवार फूल लिएर आउनु हुन्छ, नम्बरवार फूल दिन
पनि सक्नुहुन्छ तर यस्तो गर्नुहुन्न। निराश हुन्छन्। बाबालाई थाहा छ, देख्नुहुन्छ–
कसले धेरै सेवा गरिरहेका छन्, यो राम्रो फूल हो। पछाडि नम्बरवार त हुन्छन् नै। धेरै
पुराना पनि बसेका छन् तर उनीहरूमा नयाँ नयाँ, धेरै राम्रा फूल छन्। भन्छन्, ऊ
नम्बरवन इमान्दार फूल हो, कुनै मतभेद, ईर्ष्या आदि उसमा छैन। धेरैमा केही न केही
कमजोरी अवश्य छ। सम्पूर्ण त कसैलाई भन्न सकिँदैन। सोह्र कला सम्पूर्ण बन्नको लागि
धेरै मेहनत चाहिन्छ। अहिले कोही सम्पूर्ण बन्न सक्दैन। अहिले त राम्रा राम्रा
बच्चाहरूमा पनि ईर्ष्या धेरै छ। कमी कमजोरी त हुन्छ नि। बाबालाई थाहा छ– हरेकले कुन
कुन प्रकारको पुरुषार्थ गरिरहेका छन्। दुनियाँले के जान्दछन्। उनीहरूले त केही पनि
बुझ्दैनन्। धेरै कमले बुझ्छन्। गरिबले तुरुन्त बुझ्छन्। बेहदका बाबा आउनु भएको छ
पढाउन। उहाँ बाबालाई याद गर्नाले हाम्रो पाप काटिन्छ। हामी बाबाको पासमा आएका छौं,
बाबासँग नयाँ दुनियाँको वर्सा अवश्य मिल्छ। नम्बरवार त हुन्छन् नै, १०० देखि लिएर १
नम्बरसम्म तर बाबालाई जान्यो, अलिकति सुन्यो भने पनि स्वर्गमा अवश्य आउने छ। २१
जन्मको लागि स्वर्गमा आउनु के कम हो र! यस्तो होइन, कोही मर्यो भने भनिन्छ २१ जन्मको
लागि स्वर्गमा गयो। स्वर्ग छ नै कहाँ। कति भ्रमित बनाइदिएका छन्। ठुला-ठुला राम्रा
मानिसहरूले पनि भन्छन् फलानो स्वर्ग गयो। स्वर्ग भन्छन् केलाई? अर्थ केही पनि
बुझ्दैनन्। यो केवल तिमीले नै जानेका छौ। हौ तिमी पनि मनुष्य, तर तिमी ब्राह्मण
बनेका छौ। आफूलाई ब्राह्मण नै कहलाउँछौ। तिमी ब्राह्मणहरूको बापदादा एक हुनुहुन्छ।
त्यसैले तिमीले संन्यासीहरूसँग पनि तिमीले सोध्न सक्छौ– यो जुन महावाक्य वा
भगवानुवाच छ, देहसहित देहका सबै धर्म छोडेर म एकलाई याद गर, के यो श्रीकृष्णले भनेका
हुन् र– म एकलाई याद गर । तिमीले श्रीकृष्णलाई याद गर्छौ र? कहिल्यै पनि हो भन्ने
छैनन्। त्यहीँ नै प्रसिद्ध हुने थिए। तर बिचरा अबलाहरू जान्छन्, उनीहरूलेले के
जान्ने। उनीहरू आफ्नो अनुयायीहरूको अगाडि क्रोधित हुन्छन्। दुर्वासाको नाम पनि छ
नि। उनमा अहङ्कार धेरै हुन्छ। अनुयायीहरू धेरै छन्। भक्तिको राज्य छ नि। उनीहरूसँग
सोध्ने कसैमा तागत हुँदैन। नत्र उनीहरूलाई भन्न सक्छौ– तपाईँले त शिवबाबाको पूजा
गर्नुहुन्छ। अब भगवान कसलाई भन्नुहुन्छ? के ढुङ्गा माटोमा भगवान हुनुहुन्छ र? पछि
गएर यी सबै कुरा बुझ्छन्। अहिले कति नसा छ। हुन् सबै पुजारी। पूज्य भनिदैन।
बाबा भन्नुहुन्छ–
मलाई विरलै कसैले जानेका छन्। म जो हुँ, जस्तो हुँ– तिमी बच्चाहरूमा पनि विरलै कसैले
जस्ताको तस्तै जानेका छन्। उनीहरूलाई भित्र धेरै खुसी हुन्छ। यो त जान्दछौ नि–
बाबाले नै हामीलाई स्वर्गको बादसाही दिनुहुन्छ। कुबेरको खजाना मिल्छ। अल्लाह
अवलदीनको पनि खेल देखाउँछन् नि। यसो घोट्ने बित्तिकै खजाना निस्किएर आयो। धेरै खेल
देखाउँछन्– खुदा दोस्त बादसाहले के गर्थे, त्यसमा पनि कहानी छ। पुलमा जो आउँथ्यो
उसलाई एक दिनको राज्य दिएर बिदाइ गरिदिन्थे। यी सबै कथा हुन्। अहिले बाबा सम्झाउनु
हुन्छ– खुदा तिमी बच्चाहरूको दोस्त हुनुहुन्छ, यिनमा प्रवेश गरेर तिमीसँग खानु,
पिउनु हुन्छ, खेल्नु पनि हुन्छ। शिवबाबाको र ब्रह्माबाबाको रथ एउटै हो भने अवश्य
शिवबाबा पनि खेल्न त सक्नुहुन्छ नि। बाबालाई याद गरेर खेल्छन् भने दुवै यिनमा
हुनुहुन्छ। दुई हुनुहुन्छ नि– बाबा र दादा। तर कसैले पनि बुझ्दैनन्, भन्छन् रथमा
आउनु भयो, त्यसैले उनीहरूले फेरि घोडागाडीको रथ बनाइदिएका छन्। यस्तो पनि भनिदैन–
श्रीकृष्णमा शिवबाबा बसेर ज्ञान दिनुहुन्छ। उनीहरूले फेरि भनिदिन्छन् श्रीकृष्ण
भगवानुवाच। यस्तो त भन्दैनन् ब्रह्मा भगवानुवाच। यो हो रथ। शिव भगवानुवाच। बाबा
बसेर तिमी बच्चाहरूलाई आफ्नो र रचनाको आदि-मध्य-अन्त्यको परिचय, अवधि बताउनु हुन्छ।
जुन कुरा कसैले पनि जानेका छैनन्। जो समझदार हुन्छन् उनले बुद्धिले काम लिन्छन्।
संन्यासीहरूले त संन्यास गर्नु छ। तिमीले पनि शरीर सहित सबैथोक संन्यास गर्छौ,
जानेका छौ– यो पुरानो दुनियाँ हो, हामी त अब नयाँ दुनियाँमा जानु छ। हामी आत्मा
यहाँका निवासी होइनौं। यहाँ अभिनय गर्न आएका हौं। हामी परमधामका निवासी हौं। त्यहाँ
निराकारी वृक्ष कस्तो हुन्छ, यो पनि तिमी बच्चाहरूले जानेका छौ। सबै आत्माहरू त्यहाँ
रहन्छन्, यो अनादि ड्रामा बनि बनाऊ छ। कति करोडौं जीव आत्माहरू छन्। यति सबै कहाँ
रहन्छन्? निराकारी दुनियाँमा। बाँकी यी ताराहरू त आत्मा होइनन्। मनुष्यहरूले त यी
ताराहरूलाई पनि देवता भनिदिएका छन्। तर ती कुनै देवता होइनन्। ज्ञान सूर्य त हामीले
शिवबाबालाई भन्छौं। तिनीहरूलाई फेरि देवता कहाँ भनिन्छ र! शास्त्रहरूमा त के के कुरा
लेखिदिएका छन्। यो हो सबै भक्तिमार्गको सामग्री, जसबाट तिमी तलै गिर्दै आयौ। ८४
जन्म लिन्छौ भने अवश्य तल नै झर्छौ नि। अहिले यो हो कलियुगी दुनियाँ। सत्ययुगलाई
भनिन्छ सतोप्रधान दुनियाँ। त्यहाँ को बस्थे? देवताहरू। उनीहरू कहाँ गए– यो कसैलाई
पनि थाहा छैन। सम्झन्छन् पनि पुनर्जन्म लिन्छन्। बाबाले सम्झाउनु भएको छ– पुनर्जन्म
लिँदै लिँदै देवताबाट परिवर्तन भएर हिन्दु बनेका छन्। पतित बनेका छन् नि। अरू कसैको
पनि धर्म परिवर्तन हुँदैन। यिनीहरूको धर्म किन परिवर्तन हुन्छ– कसैलाई पनि थाहा छैन।
बाबा भन्नुहुन्छ– धर्मभ्रष्ट, कर्मभ्रष्ट भएका छन्। देवी-देवता हुँदा पवित्र जोडी
थिए। फेरि रावण राज्यमा तिमी अपवित्र बनेका छौ। देवी-देवता भन्न सक्दैनौ। त्यसैले
नाम हुन गयो हिन्दु। देवी-देवता धर्म श्रीकृष्ण भगवानले स्थापना गरेनन्। अवश्य
शिवबाबाले नै आएर गर्नुभयो। शिवजयन्ती, शिवरात्रि पनि मनाइन्छ तर उहाँले आएर के
गर्नुभयो, यो कसैलाई पनि थाहा छैन। एउटा शिवपुराण पनि छ। वास्तवमा शिवको एक गीता नै
हो, जुन शिवबाबाले सुनाउनु भएको हो, अरू कुनै शास्त्र होइन। तिमीले कुनै पनि हिँसा
गर्दैनौ। तिम्रो कुनै शास्त्र त बन्दैन। तिमी नयाँ दुनियाँमा जान्छौ। सत्ययुगमा कुनै
पनि शास्त्र, गीता आदि हुँदैन। त्यहाँ कसले पढ्छ। उनीहरूले त भनिदिन्छन्– यी
वेद-शास्त्र आदि परम्परादेखि चल्दै आएका हुन्। उनीहरूलाई केही पनि थाहा छैन–
स्वर्गमा कुनै शास्त्र आदि हुँदैनन्। बाबाले त देवता बनाइदिनु भयो, सबैको सद्गति भयो
फेरि शास्त्र पढ्ने के दरकार छ। त्यहाँ शास्त्र हुँदैनन्। अहिले बाबाले तिमीलाई
ज्ञानको चाबी दिनुभएको छ, जसले बुद्धिको ताल्चा खुलेको छ। पहिला ताल्चा एकदम बन्द
थियो, केही पनि बुझ्दैनथ्यौ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कसैसँग पनि ईर्ष्या आदि गर्नु छैन। कमी कमजोरी निकालेर सम्पूर्ण बन्ने पुरुषार्थ
गर्नु छ। पढाइबाट उच्च पद पाउनु छ।
२) शरीर सहित सबै कुरा
संन्यास गर्नु छ। कुनै पनि प्रकारको हिँसा गर्नु छैन। अहङ्कार राख्नु छैन।
वरदान:–
अविनाशी र
बेहदको अधिकारको खुसी वा नसाद्वारा सदा निश्चिन्त भव
दुनियाँमा धेरै मेहनत
गरेर अधिकार लिन्छन्, तिमीलाई विना मेहनत अधिकार मिल्यो। बच्चा बन्नु अर्थात्
अधिकार लिनु। “वाह! म श्रेष्ठ अधिकारी आत्मा”, यो बेहदको अधिकारको नसा र खुसीमा
रह्यौ भने सदा निश्चिन्त रहनेछौ। यो अविनाशी अधिकार निश्चित नै छ। जहाँ निश्चित
हुन्छ त्यहाँ निश्चिन्त हुन्छ। आफ्ना सबै जिम्मेवारीहरू बाबालाई दियौ भने सबै
चिन्ताहरूबाट मुक्त हुनेछौ।
स्लोगन:–
जो उदारचित्त,
विशालदिलका हुन्छन्, उनीहरू नै एकताको आधार हुन्।