23.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीले
रुहानी बाबाबाट नयाँ नयाँ रुहानी कुराहरू सुनिरहेका छौ , तिमीलाई थाहा छ , जसरी हामी
आत्माहरूले आफ्नो रूप परिवर्तन गरेर आएका छौँ , त्यसैगरी बाबा पनि आउनुभएको छ।”
प्रश्न:–
साना साना
बच्चाहरूले बाबाको ज्ञानमा राम्रोसँग ध्यान दिए भने कुन टाइटल लिन सक्छन्?
उत्तर:–
रुहानी लिडर
को। साना बच्चाहरूले कुनै हिम्मतको काम गरेर देखाए, बाबाबाट जे सुन्छन् त्यसमा
ध्यान दिए र अरूलाई सम्झाए भने उनीहरूलाई सबैले धेरै प्यार गर्छन्। बाबाको नाम पनि
प्रसिद्ध हुन्छ।
गीत:–
छोड भी दे
आकाश सिंहासन....
ओम् शान्ति ।
तिमी
बच्चाहरूले बोलायौ, बाबाले जवाफ दिनुभयो– यथार्थमा बच्चाहरूले के भन्छन्, बाबा हजुर
फेरि रावण राज्यमा आउनुहोस्! शब्दहरू पनि छ नि– फेरि मायाको छायाँ परेको छ। माया
रावणलाई भनिन्छ। त्यसैले पुकार्छन्– रावण राज्य आएको छ, अब फेरि आउनुहोस्। रावणको
राज्यमा यहाँ धेरै दुःख छ। हामी धेरै दुःखी, पाप आत्मा बनेका छौँ। अहिले बाबा
यथार्थमा हुनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ, फेरि त्यही महाभारत लडाइँ पनि
सामुन्ने छ। बाबाले ज्ञान र राजयोग सिकाइरहनुभएको छ। बोलाउँछन् पनि, हे निराकार
परमपिता परमात्मा, निराकारबाट आएर साकारी रूप लिनुहोस्, रूप परिवर्तन गर्नुहोस्!
बाबा सम्झाउनुहुन्छ, तिमी पनि त्यहाँ ब्रह्म महतत्त्व वा निराकारी दुनियाँका
बासिन्दा हौ। तिमीले पनि रूप परिवर्तन गरेका छौ। यो कुरा कसैलाई थाहा छैन। जुन आत्मा
निराकार छ, उसैले आएर साकार शरीर धारण गर्छ। त्यो निराकारी दुनियाँ हो। यो साकारी
दुनियाँ हो र त्यो आकारी दुनियाँ हो। त्यो भिन्नै हो। तिम्रो बुद्धिमा छ, हामी
शान्तिधाम वा निर्वाणधामबाट आउँछौँ। बाबाले पहिला सुरुमा नयाँ रचना रच्नुपर्दा
सूक्ष्मवतनलाई नै रच्नुहुन्छ। सूक्ष्मवतनमा अहिले तिमी जान सक्छौ, फेरि कहिल्यै जाने
कुरा हुँदैन। पहिला सुरुमा तिमी सूक्ष्मवतन हुँदै आउँदैनौ। सिधै आउँछौ। अहिले तिमी
सूक्ष्मवतनमा आउनजान सक्छौ। हिँडेर आदि जाने कुरा होइन। तिमी बच्चाहरूलाई यो
साक्षात्कार हुन्छ। मूलवतनको पनि साक्षात्कार हुन सक्छ तर त्यहाँ जान सक्दैनौ।
वैकुण्ठको पनि साक्षात्कार हुन सक्छ, तर सम्पूर्ण पवित्र नबनेसम्म त्यहाँ जान
सक्दैनौ। तिमीले यस्तो भन्न सक्दैनौ– हामी सूक्ष्मवतनमा जान सक्छौँ। तिमीले
साक्षात्कार गर्न सक्छौ। शिवबाबा र दादा अनि तिमी बच्चाहरू छौ। तिमी बच्चाहरूले कसरी
नयाँ नयाँ रुहानी कुराहरू सुन्छौ। यी कुराहरू दुनियाँमा कसैलाई थाहा छैन। भन्न त
निराकारी दुनियाँ भन्छन् तर त्यो कस्तो हुन्छ यो थाहा हुँदैन। पहिला त आत्मालाई नै
चिन्दैनौ भने निराकारी दुनियाँलाई फेरि के जान्दछौ! बाबाले पहिला सुरुमा आएर आत्मा
अनुभूति गराउनुहुन्छ। तिमी आत्मा हौ, फेरि रूप परिवर्तन गरेका छौ अर्थात्
निराकारबाट साकारमा आएका छौ।
अहिले तिमीले बुझेका
छौ, तिम्रो आत्माले ८४ जन्म कसरी भोग्छ। त्यो सारा पार्ट रेकर्ड अनुसार आत्मामा
भरिएको छ। पहिला यी कुराहरू सुनाउनुहुन्थ्यो। बाबा भन्नुहुन्छ– अहिले तिमीलाई गुह्य
रमणीक कुराहरू सुनाउँछु। जुन तिमीलाई पहिला थाहा थिएन, त्यो अहिले थाहा भएको छ। नयाँ
नयाँ प्वइन्टहरू बुद्धिमा आउँदै जान्छन्, त्यसैले अरूलाई पनि तुरुन्तै सम्झाउन सक्छौ।
दिनप्रतिदिन यो ब्राह्मणहरूको वृक्ष बढ्दैजान्छ। यही फेरि दैवी वृक्ष बन्नु छ,
ब्राह्मणहरू नै वृद्धि हुँदैजान्छन्। हेर्दा कति थोरै देखिन्छन्। जसरी विश्वको
नक्सामा कुनै देशलाई हेर्दा कति सानो देखिन्छ। वास्तवमा त्यो देश कति ठुलो हुन्छ।
त्यसैगरी ज्ञानको लागि भनिन्छ– मनमनाभव अर्थात् अल्फलाई याद गर। बीज कति सानो हुन्छ।
वृक्ष कति ठुलो निस्कन्छ। त्यसैले यो ब्राह्मण कुल पनि सानो छ, यो वृद्धि हुँदै
जान्छ। तिम्रो बुद्धिमा छ– हामी यतिबेला ब्राह्मण हौँ, फेरि देवता बन्छौँ। ८४ जन्मको
सिँढी त धेरै राम्रो छ। तिमी बच्चाहरूले सम्झाउन सक्छौ, जसले ८४ जन्म लिन्छन्,
उनीहरू नै आएर बुझ्छन्, फेरि कसैले ८४, कसैले ८० जन्म पनि लिन्छन् होला। यो त
जान्दछौ, हामी यस दैवी कुलका हौँ। हामी सूर्यवंशी घरानाका बन्छौँ। फेल भयौँ भने फेरि
ढिलो आउँछौँ। सबै सँगसँगै त आउँदैनौ। हुन त ज्ञान धेरैले लिइरहन्छन् तर सँगसँगै त
आउँदैनन् नि! जान्छन् सँगसँगै, आउँछन् थोरै थोरै, यो त समझको कुरा हो नि! सबैले कसरी
सँगसँगै ८४ जन्म लिन्छन्। बाबा फेरि आएर गीताको ज्ञान सुनाउनुहोस् भनेर नै बाबालाई
बोलाउँछन्। त्यसैले सिद्ध हुन्छ, महाभारत लडाइँ हुने बेलामा नै आएर गीताको ज्ञान
सुनाउनुहुन्छ। त्यसलाई नै राजयोग भनिन्छ। अहिले तिमीले राजयोग सिकिरहेका छौ। कल्प
कल्प, ५ हजार वर्षपछि बाबा आएर तिमीलाई ज्ञान दिनुहुन्छ। सत्य नारायणको कथा सुन्छन्
नि! यिनीहरू कहाँबाट आए, फेरि कहाँ गए! यो कुरा जान्दैनन्। बाबा सम्झाउनुहुन्छ,
प्यारा बच्चाहरू! जुन यो रावणको छायाँ परेको छ, यसबाट ड्रामा अनुसार रावण राज्य अब
खतम हुनु छ। सत्ययुगमा रामराज्य हुन्छ र यतिबेला रावण राज्य छ।
अहिले तिमीले बुझेका
छौ, हामीले जुन ज्ञान पाएका छौँ, त्यो यस दुनियाँमा अरू कसैसँग छैन। हाम्रो यो नयाँ
पढाइ हो नयाँ दुनियाँको लागि। गीतामा श्रीकृष्णको नाम लेखिएको छ, त्यो त पुरानो कुरा
भयो नि! तिमीले अहिले नयाँ कुरा सुनिरहेका छौ। भन्छन्, यो शिव भगवानुवाच त कहिल्यै
सुनेनौँ, हामीले त श्रीकृष्ण भगवानुवाच सुन्दै आएका थियौँ। तिमीले नयाँ दुनियाँको
लागि हरेक कुरा नयाँ सुन्छौ। यो कुरा सबैलाई थाहा छ, भारतवर्ष प्राचीन भूमि हो। तर
कहिले थियो, यी लक्ष्मीनारायणको राज्य कसरी चल्यो, यिनीहरूले कसरी राज्य पाए, फेरि
त्यो राज्य कहाँ गयो, यी कुरा कसैको पनि बुद्धिमा आउँदैन। के भयो, जसले गर्दा
यिनीहरूको राज्य समाप्त भयो। कसले विजय प्राप्त गरेको हो, केही पनि बुझ्दैनन्,
उनीहरूले त सत्ययुगमा लाखौँ वर्ष हुन्छन् भनिदिन्छन्, लक्ष्मीनारायणले लाखौँ वर्ष
राज्य गरे होलान्, यो हुन सक्दैन। त्यसो भए त सूर्यवंशी राजाहरू धेरै हुने थिए।
कसैको पनि त नाम छैन। १२५० वर्षको सम्बन्धमा कसैलाई थाहा छैन, फेरि लक्ष्मीनारायणको
राज्य कहाँसम्म चल्यो, यो पनि कसैलाई थाहा छैन भने फेरि लाखौँ वर्षको कुरा कसलाई
कसरी थाहा हुन सक्छ। कसैको बुद्धिले पनि काम गर्दैन। अहिले तिमी साना सानाले
तुरुन्तै सम्झाउन सक्छौ। यो धेरै सहज छ। यो भारतवर्षको कथा हो, सम्पूर्ण कथा हो।
सत्ययुग त्रेतामा पनि यहाँका मानिसहरू राजा थिए। छुट्टा छुट्टै चित्र पनि छन्। यहाँ
त हजारौँ वर्ष हुन्छ भनिदिन्छन्, बाबा भन्नुहुन्छ– यो ५ हजार वर्षको मात्रै कथा हो।
आजभन्दा ५ हजार वर्ष पहिला लक्ष्मीनारायणको राज्य थियो, उनीहरूकै राजवंश (डाइनेस्टी)
थियो, फेरि उनीहरूले पनि पुनर्जन्म लिनुपर्छ। साना साना बच्चीहरू बसेर यति थोरै
सम्झाए भने पनि सम्झन्छन्, अनि सबैले भन्नेछन् यिनीहरूले त धेरै राम्रो ज्ञान पढेका
रहेछन्। यो रुहानी ज्ञान (स्पिरिचुअल नलेज) रुहानी बाबा (स्पिरिचुअल फादर) बाहेक अरू
कसैसँग छैन। तिमीले भन्छौ, हामीलाई पनि रुहानी बाबा आएर पढाउनुभएको हो। आत्माले
शरीरद्वारा सुन्छ। आत्माले नै भन्छ– म फलानो बन्छु। सेल्फ (आत्मा) लाई मानिसहरूले
अनुभूति गर्दैनन्। हामीलाई बाबाले अनुभूती गराउनुभएको छ। हामी आत्माले पूरा ८४ जन्म
लिन्छौँ। यस्ता यस्ता कुराहरू बसेर सम्झायौ भने भन्छन्, यिनीहरूसँग त धेरै राम्रो
ज्ञान छ। ईश्वर ज्ञानको सागर हुनुहुन्छ नि! गाउँछन् पनि, ईश्वर ज्ञानको सागर
हुनुहुन्छ, आनन्दको सागर, मुक्तिदाता, मार्गदर्शक (गाइड) हुनुहुन्छ तर उहाँले कहाँ
लैजानुहुन्छ, यो कुरा कसैलाई थाहा छैन। यो कुरा तिमी बच्चाहरूले सम्झाउन सक्छौ।
रुहानी बाबा ज्ञानको सागर हुनुहुन्छ, उहाँलाई आनन्दको सागर भनिन्छ। मानिसहरू धेरै
दुःखी भइसकेपछि आएर मुक्त गर्नुहुन्छ। एउटा रावणको राज्य हुन्छ। स्वर्ग स्थापक
परमपिता परमात्मा (हेभिनली गड फादर) भनिन्छ। नर्क (हेल) लाई रावण राज्य भनिन्छ। यो
ज्ञान कसैलाई बसेर सुनायौ भने तुरुन्तै भन्छन्, गएर यो ज्ञान सबैलाई सुनाऊ। तर धारणा
धेरै राम्रो हुनुपर्छ। प्रदर्शनीका चित्रहरूको पत्रिका (म्यागजिन) पनि छ, अरूले पनि
यो ज्ञान बुझे भने यसमा धेरै सेवा गर्न सक्छन्।
यी बच्चीले (जयन्ती
दिदी) पनि लन्डनमा गएर त्यहाँ आफ्ना टिचरलाई सम्झाउन सक्छिन्। त्यहाँ लन्डनमा यो
सेवा गर्न सक्छिन्। दुनियाँमा ठगी धेरै छ नि! रावणले सबैलाई एकदम ठग बनाइदिएको छ।
तिमी बच्चाहरूले सारा विश्वको इतिहास भूगोल सम्झाउन सक्छौ। लक्ष्मीनारायणको राज्य
कति समय चल्यो, फेरि फलानो संवत्बाट इस्लामी, बौद्धी, क्रिस्चियन आउँछन्। वृद्धि
हुँदै हुँदै विविध (भेरायटी) धर्महरूको वृक्ष कति ठुलो हुन्छ। आधा कल्पपछि अरू धर्म
आउँछन्। यस किसिमका कुराहरू यिनले बसेर सुनाइन् भने सुन्नेहरूले यिनलाई भन्छन्, यिनी
त रुहानी लिडर हुन्, यिनमा रुहानी ज्ञान (स्पिरिचुअल नलेज) छ। यिनले फेरि भन्छिन्–
यो ज्ञान त भारतभूमीमा मिलिरहेको छ। रुहानी परमपिता परमात्मा (स्पिरिचुअल गड फादर)
ले यो ज्ञान दिइरहनुभएको छ। उहाँ बीजरूप हुनुहुन्छ। यो उल्टो वृक्ष हो। बीज, बाबा
ज्ञानको सागर हुनुहुन्छ। बीजलाई वृक्षको ज्ञान हुन्छ नि! यो विविध धर्महरूको (भेरायटी
रिलिजन) को वृक्ष हो। भारतवर्षको देवता धर्म (डीटी रिलिजन), यस धर्मलाई नै भनिन्छ।
पहिला हुन्छ लक्ष्मीनारायणको राज्य, फेरि हुन्छ रामसीताको राज्य। आधाकल्प यो देवता
धर्म चल्छ, फेरि पछि आउँछन् इस्लामी... वृक्ष वृद्धि हुँदैजान्छ। यसरी गएर यी
बच्चीले भाषण गर्छन् र सम्झाउँछन्– यो वृक्ष कसरी प्रकट (इमर्ज) हुन्छ। यो सृष्टि
चक्र कसरी घुम्छ, हामीले सम्झाउन सक्छौँ। वेलायतमा त अरू कोही छैनन्। यी बच्चीले
गएर सम्झाउनुछ– अहिले कलियुग (आइरन एज) को अन्त्य हुन्छ, सत्ययुग (गोल्डन एज) आउने
छ, अनि उनीहरू धेरै खुसी हुनेछन्। बाबाले युक्ति बताइरहनुहुन्छ, यसमा ध्यान
दिनुपर्छ। साना बच्चाहरूलाई धेरै मान मिल्छ। सानोले कुनै हिम्मतको काम गरे भने
उनीहरूलाई धेरै प्यार गर्छन्। बाबालाई यो लाग्छ– यस्ता यस्ता बच्चाहरूले यसमा
अटेन्सन दिए भने रुहानी लिडर बन्छन्। रुहानी परमपिता परमात्मा नै बसेर ज्ञान
दिनुहुन्छ। श्रीकृष्णलाई परमपिता परमात्मा (गड फादर) भन्नु भुल हो। परमात्मा त
निराकार हुनुहुन्छ। हामी सबै आत्माहरू भाइ भाइ (ब्रदर्स) हौँ, उहाँ बाबा हुनुहुन्छ।
कलियुगमा आएर सबै दुःखी भइसकेपछि मात्र बाबा आउनुहुन्छ। फेरि कलियुग भएपछि सत्ययुग
स्थापन गर्न बाबालाई आउनुपर्छ। प्राचीन भारतवर्ष सुखधाम थियो, स्वर्ग (हेभिन) थियो।
धेरै कम मानिसहरू थिए। बाँकी यति सबै आत्माहरू कहाँ थिए। शान्तिधाममा थिए नि!
त्यसैले यसरी सम्झाउनुपर्छ। यसमा डराउने कुरा छैन, यो त कथा हो। कथा खुसीले बताइन्छ।
विश्वको इतिहास भूगोल कसरी रिपिट हुन्छ, त्यसलाई कथा पनि भन्न सकिन्छ। ज्ञान पनि
भन्न सकिन्छ। तिमीलाई त यो पक्का याद हुनुपर्छ। बाबा भन्नुहुन्छ– मेरो आत्मामा
सम्पूर्ण वृक्षको ज्ञान छ, जुन मैले रिपिट गर्छु। ज्ञानका सागर बाबाले बच्चाहरूलाई
ज्ञान दिइरहनुभएको छ। यिन (जयन्ती दिदी) ले गएर ज्ञान दिइन् भने भन्छन्, तपाईंले
अरूलाई पनि बोलाउनुहोस्। भन, हो बोलाउन सक्छौँ किनकि उनीहरूले जान्न चाहन्छन्–
भारतवर्षको प्राचीन राजयोग के हो! जसबाट भारतवर्ष स्वर्ग बन्यो– त्यो कसैले
सम्झाउनुछ। अब संन्यासीले के सुनाउँछन्? रुहानी ज्ञान केवल गीतामा छ। त्यसैले
उनीहरूले गएर गीता नै सुनाउँछन्। कति गीता पढ्छन्, कण्ठ गरिरहन्छन्। के यो रुहानी
ज्ञान हो? यो त बनाइएको मानिसको नाममा हो। रुहानी ज्ञान त मानिसले दिन सक्दैनन्।
तिमीले अहिले यो फरक बुझेका छौ– त्यस गीतामा र जुन बाबाले सुनाउनुहुन्छ त्यसमा
रातदिनको फरक छ। यो ज्ञान दिनुभयो शिव पिता (फादर) ले र नाम राखिदिएका छन्
श्रीकृष्णको। सत्ययुगमा श्रीकृष्णलाई यो ज्ञान हुँदैन। ज्ञानको सागर बाबा मात्रै
हुनुहुन्छ। कति अनौठा कुराहरू छन्। श्रीकृष्णको आत्मा सत्ययुगमा हुँदा त उनमा यो
ज्ञान हुँदैन। धागो कति अल्झिएको छ। यी बच्चीहरू सबै वेलायतमा गएर नाम निकाल्न
सक्छन्। भाषण गर्न सक्छन्। भन, विश्वको ज्ञान हामीले तपाईंलाई दिन सक्छौँ। ईश्वरले
स्वर्ग स्थापन कसरी गर्नुहुन्छ, त्यो स्वर्गबाट फेरि नर्क कसरी बन्छ, त्यो कुरा
हामीले तपाईंलाई सम्झाउँछौँ। यो कुरा बसेर लेख्नुछ, फेरि हेर्नुछ हामीले कुनै
प्वइन्ट भुल्यौँ कि? फेरि याद गरेर लेख्नुछ। यसरी अभ्यास (प्राक्टिस) गरे भने धेरै
राम्रो लेख्छन्, धेरै राम्रो सम्झाउँछन्, अनि नाम प्रसिद्ध हुन्छ। यहाँबाट पनि
बाबाले कसैलाई बाहिर पठाउन सक्नुहुन्छ। यिनले गएर सम्झाइन् भने पनि धेरै राम्रो छ।
७ दिनमा पनि धेरै होसियार हुन सक्छन्। बुद्धिमा धारण गर्नु छ, बीज र वृक्ष, विस्तार
(डिटेल) मा सम्झाउनु छ। चित्रहरूमा धेरै राम्रोसँग सम्झाउन सक्छन्। सेवामा रुचि
हुनुपर्छ। यसबाट धेरै उच्च पद प्राप्त हुनेछ। ज्ञान धेरै सहज छ। यो पुरानो फोहोरी
दुनियाँ हो। स्वर्गको अगाडि यो पुरानो दुनियाँ मानौँ गोबरसमान छ, यसबाट दुर्गन्ध
आउँछ। त्यो सुनको दुनियाँ हो, यो गोबरको दुनियाँ हो। तिमी बच्चाहरूलाई थाहा छ, अहि
हामी यो शरीर छोडेर गएर राजकुमार-राजकुमारी बन्छौँ। यसरी स्कुलमा पढ्न जानेछौँ।
त्यहाँ यस्ता विमान हुनेछन्, सम्पूर्ण सुरक्षित (फुल प्रुफ) हुनेछन्। बच्चाहरूको
मनभित्र यो खुसी रह्यो भने कहिल्यै पनि कुनै कुरामा रुनु पर्दैन। तिमीले बुझेका छौ
नि– हामी राजकुमार-राजकुमारी बन्छौँ। त्यसैले तिमीलाई किन मनभित्र खुसी हुँदैन।
भविष्यमा यस्तो स्कुलमा जानेछौँ, यो यो गर्नेछौँ। थाहा छैन तिमी बच्चाहरूले किन
भुल्छौ। यसमा धेरै नसा चढ्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस पुरानो फोहोरी गोबरसमान दुनियाँलाई बुद्धिबाट भुलेर सत्ययुगी दुनियाँलाई याद
गर्दै अपार खुसी वा नसामा रहनु छ। कहिल्यै पनि रुनुछैन।
२) बाबाले जुन गुह्य
रमणीक कुराहरू सुनाउनुहुन्छ, तिनलाई धारण गरेर सबैलाई सम्झाउनु छ। रुहानी लिडरको
टाइटल लिनु छ।
वरदान:–
स्वमानमा
स्थित रहेर देह अभिमानलाई समाप्त गर्ने सफलतामूर्त भव
जुन बच्चाहरू स्वमानमा
स्थित रहन्छन्, उनीहरूले नै बाबाको हरेक आदेशको सहजै पालना गर्न सक्छन्। स्वमानले
भिन्न भिन्न प्रकारको देह अभिमानलाई समाप्त गरिदिन्छ। तर स्वमानबाट स्व शब्द भुलेर
मान, शानमा आयौ भने एक शब्दको गल्तीले अनेक गल्तीहरू हुन थाल्छन्, त्यसैले मेहनत
धेरै र प्रत्यक्ष फल कम मिल्छ। तर सदा स्वमानमा स्थित रह्यौ भने पुरुषार्थ वा सेवामा
सहजै सफलतामूर्त बन्छौ।
स्लोगन:–
तपस्या गर्नु
छ भने समयलाई बचाऊ, बहाना नगर।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर।
जति दाता बन्छौ, त्यति
भरिँदै जान्छौ। भण्डारा भरपुर छ भने किन दाता नबन्ने, यसलाई नै भनिन्छ निरन्तर
रुहानी सेवाधारी। विश्व महाराजन बन्नको लागि केवल ज्ञानदाता बन्ने होइन। यसको लागि
स्नेह र सहयोग पनि दिनु छ। यो हाई जम्प मार्छौ भने सबै कुरामा सहजै श्रेष्ठ बन्छौ।