23.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी बाबाको पासमा आउँछौ रिफ्रेस हुन , बाबा मिलेपछि भक्तिमार्गका सबै थकान हट्छन्।”

प्रश्न:–
तिमी बच्चाहरूलाई बाबाले कुन विधिले रिफ्रेस गर्नुहुन्छ?

उत्तर:–
१) बाबाले ज्ञान सुनाई-सुनाई तिमीलाई रिफ्रेस गरिदिनुहुन्छ। २) यादद्वारा पनि तिमी बच्चाहरू रिफ्रेस हुन्छौ। वास्तवमा सत्ययुग हो सच्चा विश्राम पुरी। त्यहाँ कुनै अप्राप्त वस्तु हुँदैन, जसलाई प्राप्त गर्नको लागि परिश्रम गर्नु पर्छ। ३) शिवबाबाको गोदमा आउने बित्तिकै तिमी बच्चालाई विश्राम मिल्छ। सारा थकान हट्छ।

ओम् शान्ति ।
बाबा बसेर सम्झाउनु हुन्छ, साथमा यी दादाले पनि जान्दछन् किनकि बाबा बसेर यी दादाद्वारा सम्झाउनु हुन्छ। जसरी तिमीले जान्दछौ– त्यसैगरी यी दादाले पनि जान्दछन्। दादालाई भगवान भनिदैन, यो हो भगवानुवाच। बाबाले के सम्झाउनु हुन्छ? देहीअभिमानी भव किनकि आफूलाई आत्मा नसम्झी परमपिता परमात्मालाई याद गर्न सकिँदैन। अहिले त सबै आत्माहरू पतित छन्। पतितलाई नै मनुष्य भनिन्छ, पावनलाई देवता भनिन्छ। यी धेरै सहजै बुझ्नुपर्ने र बुझाउनु पर्ने कुरा हुन्। मनुष्यले नै पुकार्छन्– हे पतितलाई पावन बनाउनेवाला आउनुहोस्। देवी-देवताहरूले यसरी कहिल्यै भन्दैनन्। पतित-पावन बाबा पतितहरूको बोलावटमा आउनु हुन्छ। आत्माहरूलाई पावन बनाएर फेरि नयाँ पावन दुनियाँ पनि स्थापना गर्नुहुन्छ। आत्माले नै बाबालाई पुकार्छ। शरीरले त पुकार्दैन। पारलौकिक बाबा जो सदा पावन हुनुहुन्छ, उहाँलाई नै याद गर्छन्। यो हो पुरानो दुनियाँ। बाबाले नयाँ पावन दुनियाँ बनाउनु हुन्छ। कोही त यस्ता पनि छन् जसले भन्छन्– हामीलाई त यहाँ नै अपार सुख छ, धनमाल धेरै छन्। उनीहरूले सम्झन्छन्– हाम्रो लागि स्वर्ग यहीँ छ। उनीहरूले तिम्रो कुरा कसरी मान्छन्? कलियुगी दुनियाँलाई स्वर्ग सम्झनु– यो पनि बेसमझी हो। अवस्था कति जीर्ण भएको छ। तैपनि मनुष्यले भन्छन्– हामी त स्वर्गमा बसेका छौं। बच्चाहरूले सम्झाएनन् भने बाबा भन्नुहुन्छ– के तिमी पत्थरबुद्धि हौ? अरूलाई सम्झाउन सक्दैनौ? स्वयं पारसबुद्धि बनेको भए पो अरूलाई पनि बनाउँथे। पुरुषार्थ राम्रो गर्नुपर्छ। यसमा लाजको कुरा छैन। तर मनुष्यको बुद्धिमा आधाकल्पको जुन उल्टो मत भरिएको छ त्यसलाई त्यति छिटो भुल्दैनन्। जबसम्म बाबालाई यथार्थसँग चिन्दैनन् तबसम्म त्यो तागत आउन सक्दैन। बाबा भन्नुहुन्छ– यी वेद-शास्त्र आदिद्वारा मनुष्य केही पनि सुध्रिदैनन्। दिनप्रतिदिन अझै बिग्रिँदै आएका छन्। सतोप्रधानबाट तमोप्रधान नै बनेका छन्। यो कसैको पनि बुद्धिमा छैन– हामी नै सतोप्रधान देवी-देवता थियौं, कसरी तल गिर्यौं। कसैलाई अलिकति पनि थाहा छैन। फेरि ८४ जन्मको सट्टा ८४ लाख जन्म भनिदिएका छन्। त्यसैले कसरी थाहा हुन्छ। बाबा बाहेक ज्ञानको प्रकाश दिने अरू कोही छैन। सबै द्वार द्वार धक्का खाइरहन्छन्। तल गिर्दा-गिर्दा धरतीमा पुगेका छन्, सबै तागत समाप्त भएको छ। बुद्धिमा पनि तागत छैन जसकारण बाबालाई यथार्थ रूपमा जान्न सक्छन्। बाबा नै आएर सबैको बुद्धिको ताला खोल्नुहुन्छ। कति रिफ्रेस हुन्छन्। बाबाको पासमा बच्चाहरू रिफ्रेस हुन आउँछन्। घरमा विश्राम मिल्छ नि। बाबा मिलेपछि भक्ति मार्गको सबै थकान हट्छ। सत्ययुगलाई पनि विश्रामपुरी भनिन्छ। त्यहाँ तिमीलाई कति विश्राम मिल्छ। कुनै अप्राप्त वस्तु हुँदैन जसको लागि परिश्रम गर्न् पर्छ। यहाँ बाबाले पनि रिफ्रेस गर्नुहुन्छ भने यी दादाले पनि गर्छन्। शिवबाबाको गोदमा आउँदा कति विश्राम मिल्छ। विश्राम अर्थात् शान्ति। मनुष्यले पनि थाकेर विश्राम लिन्छन्। कोही कहाँ, कोही कहाँ विश्रामको लागि जान्छन् नि। तर त्यस विश्राममा रिफ्रेसमेन्ट छैन। यहाँ त बाबाले तिमीलाई कति ज्ञान सुनाएर रिफ्रेस बनाउनुहुन्छ। बाबाको यादद्वारा पनि कति रिफ्रेस हुन्छन् र तमोप्रधानबाट सतोप्रधान पनि बन्दै जान्छन्। सतोप्रधान बन्नको लागि यहाँ बाबाको पासमा आउँछौ। बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! बाबालाई याद गर। सारा सृष्टिको चक्र कसरी फिर्छ, सर्व आत्माहरूलाई विश्राम कसरी र कहाँ मिल्छ, यो कुरा बाबाले सम्झाउनु भएको छ। तिमी बच्चाहरूको कर्तव्य हो– सबैलाई बाबाको सन्देश दिनु। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी यस वर्साको मालिक बन्छौ। बाबाले यस सङ्गमयुगमा नयाँ स्वर्गको दुनियाँ रच्नुहुन्छ, जहाँ गएर तिमी मालिक बन्छौ। फेरि द्वापरमा माया रावणबाट तिमीलाई श्राप मिल्छ, अनि पवित्रता, सुख, शान्ति, धन आदि सबै समाप्त भएर जान्छ। कसरी बिस्तारै बिस्तारै समाप्त हुन्छ त्यो पनि बाबाले सम्झाउनु भएको छ। दु:खधाममा कुनै विश्राम कहाँ हुन्छ र। सुखधाममा विश्राम नै विश्राम हुन्छ। मनुष्यलाई भक्तिले कति थकाउँछ। जन्मजन्मान्तर भक्तिबाट कति थाक्छन्। कसरी एकदम कङ्गाल बनेका छौ, यो सारा रहस्य बाबाले बसेर सम्झाउनु हुन्छ। नयाँ नयाँ आउँदा उनीहरूलाई कति सम्झाउनु पर्छ। हर एक कुरामा मनुष्यले कति सोच्छन्। सम्झन्छन्, कहीँ जादु नलागोस्। अरे, तिमीले नै भन्छौ, भगवान जादुगर हुनुहुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– हो, म वास्तवमा जादुगर हुँ। तर त्यो जादु होइन, जसद्वारा मनुष्य भेडा-बाख्रा बन्छन्। यो त भेडासमान छ, यो कुरा बुद्धिद्वारा बुझिन्छ। गायन पनि त छ– सुरमण्डल के साज से... यस समयमा त सबै मानिस भेडा बाख्राजस्तै छन्। यी कुरा सबै यहाँका हुन्। अहिलेको नै गायन हो। कल्पको अन्त्यमा आइपुगेका छन् तापनि यी कुरालाई मनुष्यले बुझ्न सक्दैनन्। चण्डिकाको कति ठुलो मेला लाग्छ। उनी को थिइन्? भन्छन्– उनी एउटी देवी थिइन्। यस्तो नाम त त्यहाँ कुनै हुँदैन। सत्ययुगमा कति राम्रा सुन्दर नाम हुन्छन्। सत्ययुगी सम्प्रदायलाई श्रेष्ठाचारी भनिन्छ। कलियुगी सम्प्रदायलाई त कति फोहोरी टाइटल दिन्छन्। अहिलेका मनुष्यलाई श्रेष्ठ भनिदैन। देवताहरूलाई श्रेष्ठ भनिन्छ। गायन पनि छ– मनुष्य से देवता किये करत न लागि वार। मनुष्यबाट देवता, देवताबाट मनुष्य कसरी बन्छन्, यो रहस्य बाबाले तिमीलाई सम्झाउनु भएको छ। त्यसलाई दैवी दुनियाँ, यसलाई मनुष्य दुनियाँ भनिन्छ। दिनलाई उज्यालो, रातलाई अँध्यारो भनिन्छ। ज्ञान हो उज्यालो, भक्ति हो अँध्यारो। अज्ञान निद्रा भनिन्छ नि। तिमीले पनि सम्झन्छौ– पहिला हामीले केही जान्दैनथ्यौं त्यसैले नेति नेति भन्दथ्यौं अर्थात् हामी जान्दैनौं। अहिले तिमीले जान्दछौ– हामी पनि त पहिला नास्तिक थियौं। बेहदका बाबालाई नै जानेका थिएनौं। उहाँ हुनुहुन्छ असली अविनाशी बाबा। उहाँलाई सर्व आत्माहरूका पिता भनिन्छ। तिमी बच्चाहरूलाई थाहा छ– अहिले हामी उहाँ बेहदका बाबाको बनेका छौं। बाबाले बच्चाहरूलाई गुप्त ज्ञान दिनुहुन्छ। यो ज्ञान मनुष्यबाट कहीँ मिल्न सक्दैन। आत्मा पनि गुप्त छ, गुप्त ज्ञान आत्माले धारणा गर्छ। आत्माले नै मुखद्वारा ज्ञान सुनाउँछ। आत्माले नै गुप्त बाबालाई गुप्तमा याद गर्छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू देह अभिमानी नबन। देह अभिमानबाट आत्माको तागत समाप्त हुन्छ। आत्म अभिमानी बन्नाले आत्मामा तागत जम्मा हुन्छ। बाबा भन्नुहुन्छ– ड्रामाको रहस्यलाई राम्रोसँग बुझेर चल्नु छ। यस अविनाशी ड्रामाको रहस्यलाई जसले ठीकसँग जान्दछ, ऊ सदा हर्षित रहन्छ। यस समयमा मनुष्यहरूले माथि जाने कति कोसिस गर्छन्, सम्झन्छन्– माथि पनि दुनियाँ छ। शास्त्रमा माथि दुनियाँ छ भन्ने सुनेका छन्, त्यसैले हेर्न जाने कोसिस गर्छन्। त्यहाँ दुनियाँ बसाउने कोसिस गर्छन्। दुनियाँ त धेरै बसाएका छन् नि। भारतवर्षमा केवल एउटै आदि सनातन देवी-देवता धर्म थियो। अरू कुनै खण्ड आदि थिएन। फेरि कति बसाएका छन्। तिमीले विचार गर भारतवर्षको कति सानो टुक्रामा देवताहरू हुन्छन्। जमुनाको किनारमा नै परिस्तान थियो जहाँ यी लक्ष्मी-नारायणले राज्य गर्थे। कति सुन्दर शोभायमान, सतोप्रधान दुनियाँ थियो। स्वभाविक सुन्दरता थियो। आत्मामा नै सारा चमत्कार हुन्छ। श्रीकृष्णको जन्म कसरी हुन्छ, यो बच्चाहरूलाई देखाएको थिएँ। सारा कोठा प्रकाशित भए जस्तै हुन्छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ, अहिले तिमीले परिस्तानमा जानको लागि पुरुषार्थ गरिरहेका छौ। तर यस्तो होइन, तलाउमा डुबुल्की लगाउनाले परी बनिन्छ। यो सबै झुटो नाम राखिदिएका छन्। लाखौं वर्ष भनिदिनाले बिलकुलै सबै कुरा भुलेका छन्। अहिले तिमी अभुल बनिरहेका छौ नम्बरवार पुरुषार्थ अनुसार। विचार गरिन्छ– यति सानो आत्माले शरीरद्वारा कति ठुलो पार्ट खेल्छ, फेरि शरीरबाट आत्मा निस्किएर जाँदा हेर शरीरको के हाल हुन्छ। आत्माले नै पार्ट खेल्छ। यो कति महान् विचारको कुरा छ। सारा दुनियाँका आत्माहरूले आफ्नो कर्म अनुसार नै पार्ट खेल्छन्। केही पनि फरक पर्न सक्दैन। हुबहु सारा एक्ट फेरि रिपिट भइरहेको छ। यसमा संशय गर्न सकिँदैन। हर एकको बुद्धिमा फरक पर्न सक्छ किनकि आत्मा त मन-बुद्धि सहित छ नि। बच्चाहरूलाई थाहा छ– हामीले स्कलरसिप लिनु छ, त्यसैले दिलमा खुसी हुन्छ। यहाँ पनि त भित्र आउँदा नै लक्ष्य उद्देश्य सामुन्ने देखेपछि अवश्य खुसी हुन्छ। अहिले तिमीलाई थाहा छ– यहाँ हामी यस्तो (देवी-देवता) बन्नको लागि पढ्छौं। यस्तो कुनै स्कुल छैन जहाँ अर्को जन्मको लक्ष्य उद्देश्य देख्न सकिन्छ। तिमीले देख्छौ– हामी लक्ष्मी-नारायणजस्ता बनिरहेका छौं। अहिले हामी सङ्गमयुगमा छौं, भविष्यमा यी लक्ष्मी-नारायणजस्ता बन्नको लागि पढाइ पढिरहेका छौं। पढाइ कति गुप्त छ। लक्ष्य उद्देश्यलाई देखेर कति खुसी हुनुपर्छ। खुसीको सीमा छैन। स्कुल वा पाठशाला होस् त यस्तो। कति गुप्त छ, तर यो पाठशाला अनुपम छ। जति ठुलो पढाइ त्यति नै सुविधा हुन्छ। तर यहाँ तिमीले भुइँमा बसेर पढ्छौ। आत्माले पढ्नु छ, फेरि चाहे भुइँमा बसेर, चाहे सिंहासनमा, यस पढाइलाई पास गरेर गएर हामी यस्ता बन्छौं, यस खुसीले रमाइरहन्छौ। अहिले तिमी बच्चाहरूलाई बाबाले आएर आफ्नो परिचय दिनुभएको छ– म यिनमा कसरी प्रवेश गरेर तिमीहरूलाई पढाउँछु। बाबाले देवताहरूलाई त पढाउनुहुन्न। देवतालाई यो ज्ञान कहाँ हुन्छ? मनुष्य त अलमलिन्छन्– के देवताहरूमा ज्ञान छैन? देवताहरू नै यस ज्ञानले देवता बन्छन्। देवता बनेपछि फेरि ज्ञानको के आवश्यकता छ। लौकिक पढाइद्वारा ब्यारिस्टर बनेर गएर कमाइमा लाग्छन् फेरि ब्यारिस्टरी पढ्छन् र? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अविनाशी ड्रामाको रहस्यलाई यथार्थ रूपमा बुझेर हर्षित रहनु छ। यस ड्रामामा हरेक एक्टरको पार्ट आ-आफ्नो छ, जुन हुबहु खेलिरहेका छन्।

२) लक्ष्य र उद्देश्यलाई सामुन्ने राखेर खुसीमा रमाउनु छ। बुद्धिमा रहोस्– हामी यस पढाइद्वारा यस्तो लक्ष्मी-नारायण बन्छौं।

वरदान:–
याद र सेवाको शक्तिशाली आधारद्वारा तीव्रगतिले अगाडि बढ्ने मायाजित भव

ब्राह्मण जीवनको आधार याद र सेवा हो, यी दुवै आधार सदाशक्तिशाली भएमा तीव्रगतिले अगाडि बढिरहनेछौ। यदि सेवा धेरै छ र याद कमजोर छ वा याद धेरै राम्रो छ सेवा कमजोर छ भने पनि तीव्रगति प्राप्त गर्न सक्दैनौ। याद र सेवा दुवैमा तीव्रगति चाहिन्छ। याद र निःस्वार्थ सेवा साथसाथै भयो भने मायाजित बन्न सहज हुन्छ। हर कार्यमा, कार्यको समाप्ति पहिला सदा विजय देखा पर्छ।

स्लोगन:–
यस संसारलाई अलौकिक खेल र परिस्थितिलाई अलौकिक खेलौना समान सम्झेर चल।