24.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban
“मीठे बच्चे– तिमी एक 
बाबाको डाइरेक्सनमा चलिरह्यौ भने बाबा तिम्रो जिम्मेवार हुनुहुन्छ। बाबाको 
डाइरेक्सन छ– हिँड्दा-डुल्दा मलाई याद गर।”
प्रश्न:– 
जो राम्रा 
गुणवान बच्चाहरू छन्, उनका मुख्य निसानी के हुन्छन्?
उत्तर:–
उनीहरूले 
काँडालाई फूल बनाउने राम्रो सेवा गर्छन्। कसैलाई पनि काँडा लगाउँदैनन्, आपसमा 
कहिल्यै लडाइँ गर्दैनन्। कसैलाई पनि दु:ख दिँदैनन्। दु:ख दिनु पनि काँडा लगाउनु हो।
गीत:– 
यह वक्त जा रहा 
है.....।
ओम् शान्ति ।
मीठा-प्यारा 
सिकीलधे रुहानी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार यस गीतको अर्थ बुझेका छौ। 
नम्बरवार त्यसैले भनिन्छ किनकि कसैले फस्ट ग्रेडमा बुझ्छन्, कसैले सेकेन्ड ग्रेडमा, 
कसैकसैले थर्ड ग्रेडमा। समझ पनि हर एकको आआफ्नो हुन्छ। निश्चयबुद्धि पनि हर एकको 
आफ्नो छ। बाबाले त सम्झाइरहनु हुन्छ, सदैव यस्तै सम्झ– शिवबाबाले यिनीद्वारा 
डाइरेक्सन दिनुहुन्छ। तिमी आधाकल्प आसुरी डाइरेक्सनमा चल्दै आएका हौ, अब यस्तो 
निश्चय गर– हामी ईश्वरीय डाइरेक्सनमा चल्यौं भने नाउ पार हुनसक्छ। यदि ईश्वरीय 
डाइरेक्सनलाई नबुझेर मनुष्यको डाइरेक्सन सम्झियौ भने अल्मलिन्छौ। बाबा भन्नुहुन्छ– 
मेरो डाइरेक्सनमा चल्यौ भने म जिम्मेवार छु नि। यिनीद्वारा जे जस्तो हुन्छ, उनको 
क्रियाकलापको म नै जिम्मेवार छु, त्यसलाई मैले ठीक पारिदिन्छु। तिमी केवल मेरो 
डाइरेक्सनमा चल। जसले राम्ररी याद गर्छन् उनीहरू नै डाइरेक्सनमा चल्छन्। कदम कदममा 
ईश्वरीय डाइरेक्सन बुझेर चल्यौ भने कहिल्यै घाटा हुँदैन। निश्चयमा नै विजय छ। धेरै 
बच्चाहरूले यी कुरालाई बुझ्दैनन्। थोरै ज्ञान आएपछि देह अभिमान आइहाल्छ। योग धेरै 
कम हुन्छ। ज्ञान त हो इतिहास-भूगोललाई जान्नु, यो त सजिलो छ। यहाँ पनि मनुष्यले कति 
विज्ञान आदि पढ्छन्। यो पढाइ त सजिलो छ, बाँकी मेहनत छ योगमा।
कसैले भन्छन्– बाबा म 
योगमा बहुत मस्त रहन्छु, बाबा मान्नुहुन्न। बाबाले हर एकको कर्मलाई हेर्नुहुन्छ। 
बाबालाई याद गर्ने त अति प्रिय हुन्छ। याद गर्दैनन् त्यसैले नै उल्टोसुल्टो काम 
हुन्छ। धेरै रातदिनको फरक छ। अहिले तिमीले यो सिँढीको चित्रमा पनि राम्ररी सम्झाउन 
सक्छौ। अहिले छ काँडाको जङ्गल। यो बगैँचा होइन। यो स्पष्ट पारेर सम्झाउनु पर्छ– यहाँ 
फूलको बगैँचा थियो। बगैँचामा कहिल्यै जङ्गली जनावर रहन्छन् र? त्यहाँ त देवी देवता 
रहन्छन्। बाबा त हुनुहुन्छ नै हाइएस्ट अथोरिटि र फेरि यी प्रजापिता ब्रह्मा पनि 
हाइएस्ट अथोरिटि ठहरिए। यी दादा हुन् सबैभन्दा ठुलो अथोरिटि। शिव र प्रजापिता 
ब्रह्मा। आत्मा हुन् शिवबाबाका बच्चाहरू र फेरि साकारमा हामी भाइ-बहिनी सबै हौं 
प्रजापिता ब्रह्माका बच्चाहरू। यी हुन् सबैका ग्रेट ग्रेट ग्रेण्ड फादर। यस्ता 
हाइएस्ट अथोरिटिको लागि भवन चाहियो। यस्तो तिमीले लेख्छौ फेरि हेर बुद्धिमा केही 
आउन सक्छ।
शिवबाबा र प्रजापिता 
ब्रह्मा, आत्माहरूका बाबा र सबै मनुष्य मात्रका बाबा। सम्झाउन यी प्वाइन्ट धेरै 
राम्रा छन्। तर बच्चाहरूले पूरै सम्झाउँदैनन्, भुल्छन्, ज्ञानको घमण्ड चढ्छ। बापदादा 
भन्दा पनि आफूलाई समझदार सम्झन्छन्। यी दादा भन्छन्, बरू मेरो कुरा नसुन। सदैव सम्झ 
शिवबाबाले सम्झाउनु हुन्छ, उहाँको मतमा चल। डाइरेक्ट ईश्वरले मत दिनुहुन्छ– यो यो 
गर, जिम्मेवार म छु। ईश्वरीय मतमा चल। यी ईश्वर कहाँ हुन् र? तिमीले ईश्वरसँग पढ्नु 
छ नि। सदैव सम्झ यो डाइरेक्सन ईश्वरले दिनुहुन्छ। यी लक्ष्मी-नारायण पनि यहाँका नै 
मनुष्य थिए। यी पनि सबै मनुष्य हुन्। तर यिनी शिवालयमा बस्ने भएकाले सबैले नमस्ते 
गर्छन्। बच्चाले पूरा सम्झाउँदैनन्, आफ्नो नसा चढ्छ। कमजोरी त धेरैमा छ नि। योग पूरा 
भयो भने मात्र विकर्म विनाश हुन्छ। विश्वको मालिक बन्नु कुनै सानीमाँको घर कहाँ हो 
र। बाबाले देख्नुहुन्छ– मायाले एकदम नाकबाट पक्डिएर नालीमा गिराइदिन्छ। बाबाको यादमा 
त धेरै खुसीमा प्रफुल्लित रहनुपर्छ। सामुन्नेमा लक्ष्य-उद्धेश्य खडा छ, म यी 
लक्ष्मी-नारायण जस्तै बनिरहेको छु। भुलेपछि खुसीको पारा चढ्दैन। भन्छन्– हामीलाई 
नेष्ठामा बसाउनुहोस्, बाहिर हामीले याद गर्न सक्दैनौं। यादमा रहँदैनन् त्यसैले 
कहिलेकाँही बाबाले पनि प्रोग्राम पठाउनु हुन्छ तर यादमा कहाँ बस्छन् र, बुद्धि 
यताउता भट्किइरहन्छ। बाबाले आफ्नो उदाहरण सुनाउँछन्– नारायणको कति पक्का भक्त थिएँ, 
जहाँतहिँ साथमा नारायणको चित्र रहन्थ्यो। फेरि पनि पूजाको समयमा बुद्धि यताउता 
भागिरहन्थ्यो। यसमा पनि यस्तै हुन्छ। बाबा भन्नुहुन्छ– हिँड्दा डुल्दा बाबालाई याद 
गर तर कसैले भन्छन्– कसैले नेष्ठा गराउनु भयो भने सहज हुन्छ। नेष्ठाको त कुनै अर्थ 
नै छैन। बाबा सदैव भन्नुहुन्छ– यादमा बस, कुनै बच्चाहरू नेष्ठामा बस्दा बस्दै 
ध्यानमा जान्छन्। न ज्ञान, न याद रहन्छ। कि त फेरि उङ्न थाल्छन्, धेरैको बानी परेको 
छ। यो त अल्पकालको शान्ति भयो। बाँकी सारा दिन अशान्ति हुन्छ। हिँड्दा डुल्दा 
बाबालाई याद गरेनौ भने पापको बोझ कसरी उत्रिन्छ? आधाकल्पको बोझ छ। यसमा नै धेरै 
मेहनत छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। लेख्न त बाबालाई धेरै बच्चाहरूले 
लेखेर पठाउँछन्– यति समय यादमा रहेँ तर याद भने रहँदैन। चार्टलाई बुझ्दैनन्। बाबा 
बेहदका बाबा हुनुहुन्छ। पतित पावन हुनुहुन्छ, त्यसैले खुसीमा रहनु पर्छ। यस्तो होइन, 
हामी त शिवबाबाका हौं नै। यस्ता पनि धेरै छन्, सम्झन्छन्– हामी त बाबाका हौं तर याद 
बिलकुल गर्दैनन्। यदि याद गर्थे भने त पहिलो नम्बरमा आउनु पर्ने हो। कसैलाई सम्झाउन 
पनि धेरै राम्रो बुद्धि चाहिन्छ। हामीले त भारतवर्षको महिमा गर्छौं। नयाँ दुनियाँमा 
आदि सनातन देवी-देवताहरूको राज्य थियो। अहिले छ पुरानो दुनियाँ, आइरन एज। त्यो 
सुखधाम, यो दु:खधाम। भारत गोल्डन एज हुँदा यी देवताहरूको राज्य थियो। भन्छन्– हामीले 
कसरी बुझौं यिनीहरूको राज्य थियो? यो ज्ञान धेरै अनौठो छ। जसको तकदिरमा जे छ, जसले 
जति पुरुषार्थ गर्छ त्यो देखिन्छ। तिमीले चालचलनबाट बुझेका छौ। हुन त कलियुगी पनि 
मनुष्य, सत्ययुगी पनि मनुष्य हुन्। फेरि उनीहरूका अगाडि गएर किन शिर झुकाउँछन्? 
यिनलाई स्वर्गको मालिक भन्छन् नि। कोही मर्यो भने भन्छन्– फलानो स्वर्गवासी भयो, यो 
पनि बुझ्दैनन्। अहिले त सबै नर्कवासी छन्। पुनर्जन्म पनि अवश्य यहाँ नै लिन्छन्। 
बाबाले हर एकको चालचलनद्वारा देखिरहनुहुन्छ। बाबालाई कति साधारण तरिकाले को कोसँग 
कुरा गर्नुपर्छ। सम्हाल गर्नुपर्छ, यो कुरा बाबाले कति स्पष्ट पारेर सम्झाउनु हुन्छ। 
बुझे भने कुरा धेरै ठीक लाग्छ। फेरि पनि किन ठुला ठुला काँडा बन्छन्। एक अर्कालाई 
दु:ख दिएपछि काँडा बन्छन्। बानी छोड्दैनन्। अहिले बागवान् बाबाले फूलको बगैँचा 
लगाउनु हुन्छ। काँडालाई फूल बनाइरहनु हुन्छ। उहाँको धन्दा नै यो हो। जो स्वयं नै 
काँडा छ भने फूल कसरी बनाउँछ? प्रदर्शनीमा पनि धेरै सावधानीसँग कसैलाई पठाउनु पर्छ।
राम्रा गुणवान 
बच्चाहरू तिनीहरू हुन् जसले काँडालाई फूल बनाउने राम्रो सेवा गर्छन्। कसैलाई पनि 
काँडा लगाउँदैनन् अर्थात् कसैलाई दु:ख दिँदैनन्। आपसमा कहिल्यै लडाइँ गर्दैनन्। तिमी 
बच्चाहरूले धेरै राम्ररी सम्झाउँछौ। यसमा कसैको अपमानको त कुरै छैन। अब शिवजयन्ती 
पनि आउँछ। तिमीले धेरै प्रदर्शनी गरिराख। साना साना प्रदर्शनीमा पनि सम्झाउन सक्छौ। 
एक सेकेण्डमा स्वर्गवासी बन अथवा पतित भ्रष्टाचारीबाट पावन श्रेष्ठाचारी बन। एक 
सेकेण्डमा जीवनमुक्ति प्राप्त गर। जीवनमुक्तिको पनि अर्थ बुझ्दैनन्। तिमीले पनि 
अहिले बुझ्छौ। बाबाद्वारा सबैलाई मुक्ति जीवनमुक्ति मिल्छ। तर ड्रामालाई पनि 
जान्नुपर्छ। सबै धर्मका स्वर्गमा आउँदैनन्। उनीहरू फेरि आआफ्नो स्थानमा जान्छन्। 
फेरि आआफ्नो समयमा आएर स्थापना गर्नेछन्। वृक्षमा कति स्पष्ट छ। एक सद्गुरु सिवाय 
अरू कोही सद्गतिदाता हुन सक्दैन। तर भक्ति सिकाउने त धेरै गुरु छन्। सद्गतिको लागि 
मनुष्य गुरु हुन सक्दैनन्। तर सम्झाउने पनि अक्कल चाहिन्छ, यसमा बुद्धिद्वारा काम 
लिनुपर्छ। ड्रामाको खेल कस्तो अनौठो छ। तिमीहरूमा पनि धेरै कम छन् जो यस नसामा 
रहन्छन्। अच्छा!
मीठे-मीठे सिकीलधे 
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी 
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
रात्रि क्लास: 
१८-०३-१९६८
तिमीलाई वास्तवमा 
शास्त्रहरूमा वादविवाद गर्ने कुनै आवश्यकता छैन। मूल कुरा हो नै यादको र सृष्टिको 
आदि, मध्य, अन्त्यलाई बुझ्नु छ। चक्रवर्ती राजा बन्नु छ। यस चक्रलाई केवल बुझ्नु छ, 
यसैको गायन छ सेकेण्डमा जीवनमुक्ति। आधाकल्प भक्ति चल्छ, यसमा तिमी बच्चाहरूलाई 
अनौठो लाग्छ होला। ज्ञान अलिकति पनि छैन। ज्ञान छ नै बाबासँग। बाबाद्वारा नै ज्ञान 
बुझ्नु छ। यहाँ बाबा कति असाधारण हुनुहुन्छ त्यसैले करोडौंमा कोही निस्कन्छन्। ती 
शिक्षकहरूले कहाँ यसरी भन्छन्। यहाँ बाबाले त भन्नुहुन्छ म नै बाबा, टिचर र गुरु 
हुँ। मनुष्यले यो सुनेर आश्चर्य मान्नेछन्। यो हामी सबैको जन्मभूमी हो किनकि यहाँ 
अम्बाको नाम धेरै प्रख्यात छ। अम्बाका मेला पनि धेरै लाग्छन्, अम्बा प्यारो शब्द 
हो। साना बच्चाहरूले पनि आमालाई प्यार गर्छन् नि किनि आमाले खुवाइ पियाइ गरेर 
स्याहार गर्छिन्। तर अम्बाका पिता पनि त हुनुपर्यो। यी त एडप्ट गरिएकी बच्ची हुन्। 
यिनका पति त छैनन्। यो नयाँ कुरा हो नि। प्रजापिता ब्रह्माले त अवश्य एडप्ट गर्छन् 
होला। यी सबै कुराहरू बाबा नै आएर तिमी बच्चाहरूलाई बुझाउनुहुन्छ। अम्बाको कति मेला 
लाग्छ, पूजा हुन्छ, किनकि बच्चीले धेरै सेवा गरेकी छन्। मम्माले जतिलाई पढाइन् होला, 
त्यति अरू कसैले पढाउन सकेन। मम्माको ख्याती धेरै छ, मेला पनि धेरै ठुलो लाग्छ। 
अहिले तिमी बच्चाहरूले जान्दछौ बाबा आएर नै रचनाको आदि, मध्य, अन्त्यको सारा रहस्य 
तिमी बच्चाहरूलाई सम्झाउनुभएको छ। तिमीहरूलाई बाबाको घरको विषयमा पनि थाहा भएको छ। 
बाबासँग पनि प्यार छ भने घरसँग पनि प्यार छ। यो ज्ञान तिमीलाई अहिले मिल्छ। यस 
पढाइबाट कति धेरै कमाइ हुन्छ। यसमा खुसी हुनुपर्छ नि। तर तिमी त छौ नै बिल्कुलै 
साधारण। बाबा आएर यो ज्ञान सुनाउनुहुन्छ, यो कुरा दुनियाँलाई थाहा छैन। बाबा नै आएर 
बच्चाहरूलाई सबै नयाँ नयाँ कुरा सुनाउनुहुन्छ। नयाँ दुनियाँ बन्छ बेहदको पढाइबाट। 
पुरानो दुनियाँसँग वैराग्य आउँछ। तिमी बच्चाहरूको मनमा ज्ञानको खुसी हुन्छ। बाबा र 
घरलाई याद गर्नु छ। घर त सबै जानै पर्छ। बाबाले त सबैलाई भन्नुहुन्छ नि, प्यारा 
बच्चाहरू! म तिमीहरूलाई मुक्ति जीवनमुक्तिको वर्सा दिन आएको छु। फेरि किन बिर्सिन्छौ। 
म तिमीहरूको बेहदको पिता हुँ। राजयोग सिकाउन आएको हुँ। अझै पनि तिमी मेरो श्रीमतमा 
चल्दैनौ! त्यसो हो भने त धेरै घाटा पर्छ। यो हो बेहदको घाटा। बाबाको हात छोड्यौ भने 
कमाइमा घाटा पर्न जान्छ। अच्छा गुडनाइट। ओम् शान्ति।
धारणाको लागि 
मुख्य सारः–
१) एक बाबाको यादद्वारा अति प्रिय बन्नु छ। हिँड्दा डुल्दा, कर्म गर्दा यादमा रहने 
अभ्यास गर्नु छ। बाबाको याद र खुसीमा प्रफुल्लित रहनु छ।
२) कदम कदम ईश्वरीय 
डाइरेक्सनमा चलेर हर कार्य गर्नु छ। आफ्नो देह अभिमानको नसा देखाउनु छैन। कुनै पनि 
उल्टोसुल्टो काम गर्नु छैन। अल्मलिनु छैन।
वरदान:– 
साधारण कर्म 
गर्दागर्दै पनि उच्च स्थितिमा स्थित रहने सदा डबल लाइट भव
जसरी बाबाले साधारण 
तन लिनुहुन्छ, जसरी तिमी बोल्छौ त्यसरी नै बोल्नुहुन्छ, त्यसरी नै हिँड्नुहुन्छ, 
हुन त कर्म साधारण छ, तर उहाँको स्थिति उच्च रहन्छ। त्यसैगरी तिमी बच्चाहरूको पनि 
स्थिति सदा उच्च होस्। डबल लाइट बनेर उच्च स्थितिमा स्थित भएर कुनै पनि साधारण कर्म 
गर। सदा यही स्मृतिमा रहोस् कि अवतरित भएर अवतार बनेर श्रेष्ठ कर्म गर्नका लागि आएका 
छौं त्यसपछि साधारण कर्म अलौकिक कर्ममा परिवर्तन हुनेछ।
स्लोगन:–
आत्मिक 
दृष्टि-वृत्तिको अभ्यास गर्नेहरूले पवित्रतालाई सहजै धारण गर्न सक्छन्।