24.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीले आफ्नो जीवन डोरी एक बाबासँग बाँधेका छौ , तिम्रो कनेक्सन उहाँ एकसँग छ , एकसँग नै सम्बन्ध नि र्वाह गर् नुछ ।”

प्रश्न:–
सङ्गमयुगमा आत्माले आफ्नो डोरी परमात्मासँग जोड्छ, यसको रसमरिवाज अज्ञानमा कुन रीतिले चल्दै आइरहेको छ?

उत्तर:–
विवाहको समयमा स्त्रीको लगनगाँठो पतिसँग बाँध्छन्। स्त्रीले सम्झन्छन्– जीवनभर यिनैको साथी भएर रहनुछ। तिमीले त अब आफ्नो लगनगाँठो बाबासँग जोडेका छौ। तिमीलाई थाहा छ हाम्रो पालनपोषण आधाकल्पको लागि बाबाबाट हुन्छ।

गीत:–
जीवन डोर तुम्हीं संग बांधी...

ओम् शान्ति ।
हेर, गीतमा भन्छन्– जीवन डोरी तिमीसँग बाँधेँ। जसरी कुनै कन्याले आफ्नो जीवनको डोरी पतिसँग बाँध्छिन्। सम्झन्छिन्– जीवनभर उनैको साथी भएर रहनुछ। उनले नै पालनपोषण गर्नेछन्। यस्तो होइन– कन्याले उनको पालना गर्नुछ। होइन, जीवनभर उनले पालनपोषण गर्नेछन्। तिमी बच्चाहरूले पनि जीवन डोरी बाँधेका छौ। बेहदका बाबा भन, टिचर भन, गुरु भन, जेसुकै भन... यो आत्माहरूको जीवनको डोरी परमात्मासँग बाँध्ने कुरा हो। त्यो हो हदको स्थूल कुरा, यो हो सूक्ष्म कुरा। कन्याको जीवनको डोरी पतिसँग बाँधिन्छ। उनी उनको घर जान्छिन्। हेर, हरेक कुरा बुझ्ने बुद्धि चाहिन्छ। कलियुगमा हुन्छन् सबै आसुरी मतका कुराहरू। तिमीलाई थाहा छ– हामीले जीवनको डोरी एकसँग बाँधेका छौँ। तिम्रो कनेक्सन एकसँग छ। एकसँग नै सम्बन्ध निर्वाह गर्नुछ किनकि उहाँबाट हामीलाई धेरै राम्रो सुख मिल्छ। उहाँले त हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। त्यसैले यस्ता बाबाको श्रीमतमा चल्नुपर्छ। यो हो रुहानी डोरी। रुह आत्माले नै श्रीमत लिन्छ। आत्माहरूले आसुरी मत लिएका हुनाले नै तल गिरेका हुन्। अब रुहानी बाबाको श्रीमतमा चल्नुपर्छ।

तिमीलाई थाहा छ– हामीले आफ्नो आत्माको डोरी परमात्मासँग बाँध्छौँ, त्यसैले हामीलाई उहाँबाट २१ जन्म सदा सुखको वर्सा मिल्छ। त्यो अल्पकालको जीवन डोरीबाट त तल गिर्दै आएका छन्। यो २१ जन्मको लागि ग्यारेन्टी छ। तिम्रो कमाइ कति जबरजस्त छ, यसमा लापरबाही गर्नुहुँदैन। मायाले धेरै लापरबाही गराउँछ। यी लक्ष्मीनारायणले अवश्य कसैसँग जीवन डोरी बाँधेका थिए जसबाट २१ जन्मको वर्सा मिल्यो। तिमी आत्माहरूको परमात्मासँग जीवन डोरी बाँधिन्छ, कल्प कल्प। त्यसको त गणना हुँदैन। बुद्धिमा बस्छ– हामी शिवबाबाका बनेका छौँ, उहाँसँग जीवन डोरी बाँधेका छौँ। बाबा बसेर हरेक कुरा सम्झाउनुहुन्छ। तिमीलाई थाहा छ– कल्प पहिला पनि बाँधेका थियौँ। अहिले शिवजयन्ती मनाउँछन् तर कसको मनाउँछन्, यो थाहा छैन। शिवबाबा जो पतित-पावन हुनुहुन्छ उहाँ अवश्य सङ्गममा नै आउनुहुन्छ। यो कुरा तिमीलाई थाहा छ, दुनियाँलाई थाहा छैन त्यसैले गायन गरिएको छ– करोडौँमा कोही। आदि सनातन देवीदेवता धर्म प्रायः लोप भएको छ तर सबै शास्त्र कथा आदि छन्। यो धर्म छँदैछैन भने कसरी जान्ने। अहिले तिमीले जीवनको डोरी बाँधिरहेका छौ। आत्माहरूको परमात्मासँग डोरी जोडिएको छ, यसमा शरीरको कुनै कुरा छैन। घरमै बसिराखे पनि बुद्धिले याद गर्नुछ। तिमी आत्माहरूको जीवन डोरी बाँधिएको छ। लगनगाँठो बाँध्छन् नि। त्यो हो स्थूल लगनगाँठो, यो हो आत्माहरूको परमात्मासँग योग। भारतवर्षमा शिवजयन्ती पनि मनाउँछन् तर उहाँ कहिले आउनुभएको थियो, यो कसैलाई पनि थाहा छैन। श्रीकृष्णको जयन्ती कहिले हो, रामको जयन्ती कहिले हो, यो जान्दैनन्। प्यारा बच्चाहरू! तिमीले त्रिमूर्ति शिवजयन्ती शब्द लेख्छौ तर यस समयमा तीन मूर्ति त छैनन्। तिमीले भन्छौ– शिवबाबाले ब्रह्माद्वारा सृष्टि रच्नुहुन्छ भने ब्रह्मा साकारमा अवश्य हुनुपर्छ नि। बाँकी विष्णु र शङ्कर यस समयमा कहाँ छन्, जसलाई तिमीले त्रिमूर्ति भन्छौ। यो धेरै बुझ्ने कुरा हो। त्रिमूर्तिको अर्थ नै ब्रह्मा-विष्णु-शङ्कर हो। ब्रह्माद्वारा स्थापना, त्यो त यस समयमा हुन्छ। विष्णुद्वारा सत्ययुगमा पालना हुन्छ। विनाशको कार्य अन्त्यमा हुनुछ। भारतवर्षको आदि सनातन देवी-देवता धर्म एउटै हो। उनीहरू त सबै आउँछन् धर्म स्थापना गर्न। हरेकलाई थाहा छ– यो धर्म स्थापना भयो र त्यसको संवत् यो हो। फलानो टाइममा फलानो धर्म स्थापना भयो। भारतवर्षको विषयमा कसैलाई थाहा छैन। गीता जयन्ती, शिवजयन्ती कहिले भयो, कसैलाई थाहा छैन। श्रीकृष्ण र राधाको उमेमा २-३ वर्षको फरक होला। सत्ययुगमा अवश्य पहिला श्रीकृष्णले जन्म लिएका होलान् फेरि राधाले। तर सत्ययुग कहिले थियो, यो कसैलाई थाहा छैन। तिमीलाई पनि बुझ्नमा धेरै वर्ष लाग्यो, त्यसैले दुई दिनमा कसैले कति नै बुझ्न सक्छन् र। बाबाले त धेरै सहजै बताउनुहुन्छ, उहाँ बेहदका बाबा हुनुहुन्छ, अवश्य उहाँबाट सबैले वर्सा पाउनुपर्छ नि। हे परमपिता परमात्मा! भनेर याद गर्छन्। लक्ष्मीनारायणका मन्दिर छन्। यिनीहरूले स्वर्गमा राज्य गर्थे तर यिनीहरूलाई यो वर्सा कसले दिनुभयो? अवश्य स्वर्गका रचयिताले दिनुभएको होला। तर कहिले कसरी दिनुभयो, यो कसैले जान्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ– जुनबेला सत्ययुग थियो त्यतिबेला अरू कुनै धर्म थिएन। सत्ययुगमा हामी पवित्र थियौँ, कलियुगमा हामी पतित छौँ। त्यसैले सङ्गममा ज्ञान दिनुभएको होला, सत्ययुगमा होइन। त्यहाँ सत्ययुगमा त प्रारब्ध हुन्छ। अवश्य अघिल्लो जन्ममा ज्ञान लिएका होलान्। तिमीले पनि अहिले ज्ञान लिइरहेका छौ। तिमीलाई थाहा छ– आदि सनातन देवीदेवता धर्मको स्थापना बाबाले नै गर्नुहुन्छ। श्रीकृष्ण त सत्ययुगमा थिए, उनलाई यो प्रारब्ध कहाँबाट मिल्यो? लक्ष्मीनारायण नै राधाकृष्ण थिए, यो कसैले जान्दैनन्। बाबा भन्नुहुन्छ– जसले कल्प पहिला बुझेका थिए उनीहरूले नै बुझ्नेछन्। यहाँ कलमी लाग्छ। अत्यन्तै प्यारो वृक्षको कलमी लाग्छ। तिमीलाई थाहा छ– आजभन्दा ५ हजार वर्ष पहिला पनि बाबाले आएर मनुष्यबाट देवता बनाउनुभएको थियो। अहिले तिमी ट्रान्सफर भइरहेका छौ। पहिला ब्राह्मण बन्नुछ। बाजोली खेल्दा चोटी अवश्य आउँछ। अवश्य हामी अहिले ब्राह्मण बनेका छौँ। यज्ञमा त अवश्य ब्राह्मण चाहिन्छ। यो शिव वा रुद्रको यज्ञ हो। रुद्र ज्ञान यज्ञ नै भनिन्छ। श्रीकृष्णले यज्ञ रचेनन्। यस रुद्र ज्ञान यज्ञबाट विनाश ज्वाला प्रज्वलित हुन्छ। यो शिवबाबाको यज्ञ पतितहरूलाई पावन बनाउनको लागि हो। रुद्र शिवबाबा निराकार हुनुहुन्छ, मनुष्य तनमा नआएसम्म उहाँले यज्ञ कसरी रच्नुहुन्छ। मनुष्यले नै यज्ञ रच्छन्। सूक्ष्म वा मूलवतनमा यी कुराहरू हुँदैनन्। बाबा सम्झाउनुहुन्छ– यो सङ्गमयुग हो। लक्ष्मीनारायणको राज्य हुँदा सत्ययुग थियो। अब फेरि तिमी त्यस्तै बनिरहेका छौ। आत्माहरूको यो जीवनको डोरी परमात्मासँग छ। यो डोरी किन बाँधिएको हो? सदा सुखको वर्सा पाउनको लागि। तिमीलाई थाहा छ– बेहदका बाबाद्वारा हामी यी लक्ष्मीनारायण बन्छौँ। बाबाले सम्झाउनुभएको छ– तिमी सो देवीदेवता धर्मका थियौ। तिम्रो राज्य थियो। पछि तिमीले पुनर्जन्म लिँदा लिँदा क्षत्रिय धर्ममा आयौ। सूर्यवंशी राज्य गयो फेरि चन्द्रवंशी आए। तिमीलाई थाहा छ– हामीले कसरी यो चक्कर लगाउँछौँ। यति यति जन्म लियौँ। भगवानुवाच– हे प्यारा बच्चाहरू! तिमीले आफ्ना जन्महरूलाई जान्दैनौ, मैले जान्दछु। अब यस समयमा यस तनमा दुई मूर्ति हुनुहुन्छ। ब्रह्माको आत्मा र शिव परम आत्मा। यस समयमा दुई मूर्ति सँगसँगै हुनुहुन्छ– ब्रह्मा र शिव। शङ्कर त कहिल्यै पार्टमा आउँदैन्। बाँकी विष्णु सत्ययुगमा छन्। अहिले तिमी ब्राह्मण सो देवता बन्छौ। हम सो को अर्थ वास्तवमा यो हो। उनीहरूले भनिदिएका छन्– आत्मा सो परमात्मा। परमात्मा सो आत्मा। कति फरक छ। रावण आएपछि नै रावणको मत सुरु भयो। सत्ययुगमा त यो ज्ञान नै प्रायः लोप हुन्छ। यो सबै हुने ड्रामामा पहिल्यै निश्चित छ नि त्यसैले त बाबा आएर स्थापना गर्नुहुन्छ। अहिले हो सङ्गम। बाबा भन्नुहुन्छ– म कल्प कल्प, कल्पको सङ्गमयुगमा आएर तिमीलाई मनुष्यबाट देवता बनाउँछु। ज्ञान यज्ञ रच्छु। बाँकी जति पनि छन् ती यस यज्ञमा स्वाहा हुनुछ। यो विनाश ज्वाला यस यज्ञबाट प्रज्वलित हुनुछ। पतित दुनियाँको त विनाश हुनुछ। नत्र दुनियाँ कसरी पावन हुन्छ। तिमीले भन्छौ पनि– हे पतित-पावन आउनुहोस्! त्यसोभए पतित दुनियाँ र पावन दुनियाँ सँगसँगै हुन्छन् र? पतित दुनियाँको विनाश हुन्छ, यसमा त खुसी हुनुपर्छ। महाभारतको लडाइँ भएको थियो, जसबाट स्वर्गका गेट खुलेको थियो। भन्छन्– यो त्यही महाभारत लडाइँ हो। यो त राम्रो हो, पतित दुनियाँ खतम हुन्छ। शान्तिको लागि मरिहत्ते गर्न के आवश्यक छ? अहिले तिमीलाई जुन तेस्रो नेत्र मिलेको छ त्यो कसैसँग छैन। तिमी बच्चाहरू खुसी हुनुपर्छ– हामीले बेहदका बाबाबाट फेरि वर्सा लिइरहेका छौँ। बाबा हामीले अनेकपटक हजुरबाट वर्सा लियौँ। रावणले फेरि श्राप दियो। यी कुराहरू याद गर्न सहज छ। बाँकी सबै दन्त्यकथाहरू हुन्। तिमीलाई यति धनवान बनाएको थिएँ फेरि गरिब किन बन्यौ? यो सबै ड्रामामा पहिल्यै निश्चित छ। गायन गरिन्छ पनि– ज्ञान, भक्ति, वैराग्य। भक्तिबाट ज्ञान मिलिसकेपछि मात्र वैराग्य हुन्छ। तिमीलाई ज्ञान मिलेपछि भक्तिबाट वैराग्य भयो। सारा पुरानो दुनियाँबाट वैराग्य। यो त कब्रिस्तान हो। ८४ जन्मको चक्कर लगाएका छौ। अब घर जानुछ। मलाई याद गरेमा मेरो पासमा आउँछौ। विकर्म विनाश हुन्छन् र विकर्म विनाश गर्ने अरू कुनै उपाय छैन। योग अग्निबाट पाप भस्म हुन्छन्। गङ्गा स्नानले हुँदैनन्।

बाबा भन्नुहुन्छ– मायाले तिमीलाई फुल (मूर्ख) बनाइदिएको छ, अप्रिल फुल भन्छन् नि! अहिले म तिमीहरूलाई लक्ष्मीनारायणजस्ता बनाउन आएको छु। चित्र त धेरै राम्रा छन्– आज हामी के छौँ, भोलि हामी के बन्नेछौँ? तर माया कम छैन। मायाले डोरी बाँध्न दिँदैन। तानातान हुन्छ। हामीले बाबालाई याद गर्छौँ फेरि थाहा छैन के हुन्छ? बिर्सिन्छौँ। यसैमा मेहनत छ त्यसैले भारतवर्षको प्राचीन योग प्रसिद्ध छ। उनीहरूलाई वर्सा कसले दिनुभयो, यो कसैले बुझ्दैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिमीलाई फेरि वर्सा दिन आएको छु। यो त बाबाको काम हो। यस समयमा सबै नर्कवासी छन्। तिमी खुसी भइरहेका छौ। यहाँ कोही आएर बुझ्छे भने खुसी हुन्छन्, यो त अवश्य ठीक हो। ८४ जन्मको हिसाब छ। बाबाबाट वर्सा लिनुछ। बाबालाई थाहा छ– आधाकल्प भक्ति गरेर तिमी थाकेका छौ। मीठा बच्चाहरू! बाबाले तिम्रो सबै थकाइ मेटाइदिनुहुन्छ। अब भक्ति अन्धकार मार्ग पूरा हुन्छ। कहाँ यो दुःखधाम, कहाँ त्यो सुखधाम। म दुःखधामलाई सुखधाम बनाउन कल्पको सङ्गममा आउँछु। बाबाको परिचय दिनुछ। बाबाले बेहदको वर्सा दिनुहुन्छ। एकको नै महिमा छ। शिवबाबा हुनुहुन्नथ्यो भने तिमीलाई पावन कसले बनाउँथ्यो। ड्रामामा सबै पहिल्यै निश्चित छ। कल्प कल्प तिमीले मलाई बोलाउँछौ– हे पतित-पावन आउनुहोस्! शिवको जयन्ती हुन्छ। भन्छन्– ब्रह्माले स्वर्गको स्थापना गरे, फेरि शिवले के गर्नुभयो जसको शिवजयन्ती मनाउँछन्। केही पनि बुझ्दैनन्। तिम्रो बुद्धिमा एकदम ज्ञान बस्नुपर्छ। डोरी एक बाबासँग बाँधिएको छ भने फेरि अरू कसैसँग नबाँध। नत्र गिर्नेछौ। पारलौकिक बाबा अत्यन्तै साधारण हुनुहुन्छ। कुनै ठाँटबाँट छैन। ती बाबा त मोटरमा, एरोप्लेनमा घुम्छन्। यी बेहदका बाबा भन्नुहुन्छ– म पतित दुनियाँ, पतित शरीरमा बच्चाहरूको सेवाको लागि आएको छु। तिमीले बोलाएका छौ– हे अविनाशी सर्जन आउनुहोस्, आएर हामीलाई इन्जेक्सन लगाउनुहोस्! त्यही इन्जेक्सन लागिरहेको छ। बाबा भन्नुहुन्छ– योग लगायौ भने तिम्रा पाप भस्म हुनेछन्। बाबा हुनुहुन्छ नै ६३ जन्मको दुःखहर्ता। २१ जन्मको सुखकर्ता। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफ्नो बुद्धिको रुहानी डोरी एक बाबासँग बाँध्नुछ। एकको नै श्रीमतमा चल्नुछ।

२) हामीले सबैभन्दा मीठो वृक्षको कलमी लगाइरहेका छौँ त्यसैले पहिला स्वयंलाई धेरै धेरै मीठो बनाउनुछ। यादको यात्रामा तत्पर रहेर विकर्म विनाश गर्नुछ।

वरदान:–
मनन शक्तिद्वारा हर प्वाइन्टको अनुभवी बन्ने सदा शक्तिशाली मायाप्रुफ , विघ्नप्रुफ भव

जसरी शरीरको शक्तिको लागि पाचन शक्ति वा हजम गर्ने शक्ति आवश्यक छ त्यसैगरी आत्मालाई शक्तिशाली बनाउनको लागि मनन शक्ति चाहिन्छ। मनन शक्तिद्वारा अनुभवस्वरूप हुनु– यही सबैभन्दा ठुलो शक्ति हो। यस्ता अनुभवीले कहिल्यै धोका खान सक्दैनन्, सुने सुनाएका कुराहरूबाट विचलित हुन सक्दैनन्। अनुभवी सदा सम्पन्न रहन्छन्। उनीहरू सदा शक्तिशाली, मायाप्रुफ, विघ्नप्रुफ बन्छन्।

स्लोगन:–
खुसीको खजाना सदा साथमा रह्यो भने बाँकी सबै खजाना स्वतः आउनेछन्।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन

सफलता सम्पन्न बन्नको लागि– साधारण कार्यमा रहँदा पनि फरिस्ताको चाल र हाल होस्। यस्तो नभन– के गरौँ कुरा नै यस्तो थियो, काम नै यस्तो थियो, परिस्थिति यस्तो थियो, समस्या यस्तो थियो त्यसैले साधारणता आयो। कुनै पनि समय, कुनै पनि हालतमा तिम्रो अलौकिक स्वरूप हरेकलाई अनुभव होस्। जस्तो कुरा त्यस्तै आफ्नो स्वरूप नबनाऊ। कुराहरूले तिमीलाई परिवर्तन गर्न नसकुन् त्यसपछि सबैको समीप आउनेछौ र एकताको सङ्गठन बलियो हुनेछ।