24.03.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
ज्ञानले तिमीलाई शीतल बनाउँछ , यस ज्ञानद्वारा काम-क्रोधको अग्नि खतम हुन्छ ,
भक्तिद्वारा त्यो अग्नि खतम हुँदैन।”
प्रश्न:–
यादमा मुख्य
मेहनत कुनचाहिँ छ?
उत्तर:–
बाबाको यादमा
बस्दा देह पनि याद नआओस्। आत्म अभिमानी बनेर बाबालाई याद गर, यसमा नै मेहनत छ। यसमा
नै विघ्न पर्छ किनकि आधाकल्प देह अभिमानी रहेका छौ। भक्ति मतलब नै देहको याद।
ओम् शान्ति ।
तिमी
बच्चाहरूलाई थाहा छ– यादको लागि एकान्तको धेरै आवश्यकता छ। जति तिमी एकान्त वा
शान्तिमा बाबाको यादमा रहन सक्छौ त्यति समुहमा रहन सक्दैनौ। स्कुलमा बच्चाहरूले
पढ्दा पनि एकान्तमा गएर अध्ययन पार्छन्। यसमा पनि एकान्त चाहिन्छ। घुम्न गयौ भने पनि
त्यसमा यादको यात्रा मुख्य छ। पढाइ त बिलकुल सहज छ किनकि आधाकल्प मायाको राज्य आउने
बित्तिकै तिमी देह अभिमानी बन्छौ। पहिलो मुख्य शत्रु हो देह अभिमान। बाबालाई याद
गर्नुको सट्टा देहलाई याद गर्छन्। यसलाई देहको अहङ्कार भनिन्छ। यहाँ तिमी
बच्चाहरूलाई आत्मा अभिमानी बन भनिन्छ, यसमा मेहनत लाग्छ। अब भक्ति त छुट्यो। भक्ति
हुन्छ नै शरीरका साथ। तीर्थ आदिमा शरीरलाई लिएर जानुपर्छ। दर्शन गर्नुछ, यो यो
गर्नुछ। शरीर जानुपर्छ। यहाँ तिमीले यही चिन्तन गर्नुछ– हामी आत्मा हौं, हामीले
परमपिता परमात्मा बाबालाई याद गर्नुछ। जति याद गरिन्छ त्यति पाप काटिँदै जान्छ।
भक्तिमार्गमा त कहिल्यै पाप काटिँदैन। कोही वृद्ध छन् भने भित्र यो शङ्का हुन्छ–
हामीले भक्ति गरेनौं भने नोक्सान हुन्छ, नास्तिक बनिन्छ। भक्तिको मानौं आगो लागेको
छ, ज्ञानमा हुन्छ शीतलता। यसमा काम क्रोधको आगो खतम हुन्छ। भक्तिमार्गमा मनुष्यले
कति भावना राख्छन्, मेहनत पार्छन्। मानौं बद्रीनाथमा गइयो मूर्तिको साक्षात्कार भयो
फेरि के भयो! तुरुन्तै भावना बन्छ, फेरि बुद्धिमा बद्रीनाथकोभन्दा अरू कसैको याद
रहँदैन। पहिला त पैदल जान्थे। बाबा भन्नुहुन्छ– मैले अल्पकालको लागि मनोकामना पूरा
गरिदिन्छु, साक्षात्कार गराइदिन्छु। तर म यीद्वारा मिल्दिनँ। म विना वर्सा कहाँ
मिल्छ र! वर्सा त तिमीलाई मबाट नै मिल्नुछ नि। यी त सबै देहधारी हुन्। वर्सा एउटै
बाबा रचयिताबाट मिल्छ, बाँकी जेजति पनि जड अथवा चैतन्य छन् ती सारा रचना हुन्।
रचनाबाट कहिल्यै वर्सा मिल्न सक्दैन। पतित-पावन एउटै बाबा हुनुहुन्छ। कुमारीहरू त
सङ्गदोषबाट धेरै बच्नुछ। बाबा भन्नुहुन्छ– यस पतितपनाबाट तिमीले आदि-मध्य-अन्त्य
दु:ख पाउँछौ। अहिले सबै पतित छन्। तिमी अहिले पावन बन्नुछ। निराकार बाबा नै आएर
तिमीलाई पढाउनुहुन्छ। यस्तो कहिल्यै नसम्झ– ब्रह्माले पढाउँछन्। सबैको बुद्धि
शिवबाबातर्फ रहनुपर्छ। शिवबाबाले यिनीद्वारा पढाउनुहुन्छ। तिमी दादीहरूलाई पनि
पढाउनेवाला शिवबाबा हुनुहुन्छ। उहाँलाई के खातिरी गर्ने! तिमीले शिवबाबाको लागि
अङ्गुर , आँप लिएर आउँछौ, शिवबाबा भन्नुहुन्छ– म त अभोक्ता हुँ। तिमी बच्चाहरूको
लागि नै सबै कुरा हो। भक्तहरूले भोग लगाउँछन् र बाँडेर खान्छन्। मैले कहाँ खान्छु
र! बाबा भन्नुहुन्छ– म त आउँछु नै तिमी बच्चाहरूलाई पढाएर पावन बनाउन। पावन बनेर
तिमीले यति उच्च पद पाउँछौ। मेरो धन्दा यो हो। भनिन्छ नै शिव भगवानुवाच। ब्रह्मा
भगवानुवाच त भनिँदैन। ब्रह्मा उवाच पनि भनिँदैन। चलाउन त यिनले पनि मुरली चलाउँछन्
तर सदैव सम्झ शिवबाबाले चलाउनुहुन्छ। कुनै बच्चालाई राम्रो तीर लगाउनुछ भने स्वयं
प्रवेश गर्नुहुन्छ। भनिन्छ नि, ज्ञानको तीर तिखो हुन्छ। साइन्समा पनि कति पावर छ।
बम आदिको कति धमाका हुन्छ। तिमी कति साइलेन्समा रहन्छौ। साइन्समाथि साइलेन्सले विजय
पाउँछ।
तिमीहरूले यस
सृष्टिलाई पावन बनाउँछौ। पहिला त आफूलाई पावन बनाउनुछ। ड्रामा अनुसार पावन पनि बन्नु
नै छ, त्यसैले विनाश पनि निश्चित छ। ड्रामालाई बुझेर धेरै हर्षित रहनुपर्छ। अब हामी
जानुछ शान्तिधाम। बाबा भन्नुहुन्छ– त्यो तिम्रो घर हो। घरमा त खुसीसँग जानुपर्छ नि।
यसमा देहीअभिमानी बन्ने धेरै मेहनत गर्नुछ। यस यादको यात्रामा नै बाबा धेरै जोड
दिनुहुन्छ, यसमा नै मेहनत छ। बाबा सोध्नुहुन्छ– घुमफिर गर्दा याद गर्न सजिलो छ कि
एकै ठाउँमा बसेर याद गर्न सजिलो छ? भक्तिमार्गमा पनि कति माला फिराउँछन्, राम राम
जप्छन्। फाइदा त केही पनि छैन। बाबाले तिमी बच्चाहरूलाई बिलकुल सहज युक्ति
बताउनुहुन्छ– भोजन बनाऊ, जे काम गर्दा पनि बाबालाई याद गर। भक्तिमार्गमा
श्रीनाथद्वारेमा भोग बनाउनेको मुखमा पट्टी बाँधिदिन्छन्। अलिकति पनि आवाज नहोस्।
त्यो हो भक्तिमार्ग। तिमीले त बाबालाई याद गर्नुछ। उनीहरूले यति धेरै भोग लगाउँछन्
फेरि त्यो कहाँ कसैले खान्छ र! पण्डाहरूका कुटुम्ब हुन्छन् उनीहरूले खान्छन्। तिमीले
यहाँ जानेका छौ– हामीलाई शिवबाबाले पढाउनुहुन्छ। हामीलाई शिवबाबाले पढाउनुहुन्छ,
भक्तिमा कहाँ यो सम्झन्छन् र। हुन त शिव पुराण बनाइएको छ तर त्यसमा शिव पार्वती,
शिव शङ्कर सबै मिसाइदिएका छन्, त्यो पढेर कुनै फाइदा हुँदैन। हर एकले आफ्नो शास्त्र
पढ्नुपर्छ। हिन्दुहरूको हो एक गीता। क्रिस्चियनको बाइबल एउटा हुन्छ। देवी-देवता
धर्मको शास्त्र हो गीता। यसमा नै ज्ञान छ। ज्ञानलाई नै पढिन्छ। तिमीले ज्ञान पढ्नु
छ। लडाइँ आदिको कुरा जुन किताबहरूमा छ, त्यससँग तिम्रो कुनै काम छैन। हामी हौं
योगबलवाला फेरि बाहुबलवालाका कहानीहरू किन सुन्ने! तिम्रो वास्तवमा लडाइँ होइन।
तिमीले योगबलद्वारा ५ विकारमाथि विजय पाउँछौ। तिम्रो लडाइँ हो ५ विकारसँग। उनीहरू त
मनुष्यले मनुष्यसँग लडाइँ गर्छन्। तिमीले आफ्नै विकारसँग लडाइँ लड्छौ। यो कुरा
संन्यासी आदिले सम्झाउन सक्दैनन्। तिमीलाई कुनै ड्रिल आदि पनि सिकाइँदैन। तिम्रो
ड्रिल हुन्छ नै एक। तिम्रो हो नै योगबल। यादको बलबाट ५ विकारमाथि विजय पाउँछौ। यी ५
विकार दुस्मन हुन्। तिनमा पनि नम्बरवन हो देह अभिमान। बाबा भन्नुहुन्छ– तिमी त आत्मा
हौ नि। तिमी आत्मा आउँछौ, आएर गर्भमा प्रवेश गर्छौ। म त यस शरीरमा विराजमान भएकोछु।
म कुनै गर्भमा कहाँ जान्छु र! सत्ययुगमा तिमी गर्भ महलमा रहन्छौ। फेरि रावण राज्यमा
गर्भ जेलमा जान्छौ। म त प्रवेश गर्छु। यसलाई दिव्य जन्म भनिन्छ। ड्रामा अनुसार मलाई
यसमा आउनुपर्छ। यिनको नाम ब्रह्मा राख्छु किनकि मेरा बनेका छन् नि। एडप्ट हुनेको
नाम कति राम्रा राम्रा राख्छन्। तिमीहरूमा पनि धेरै राम्रा राम्रा नाम राखियो।
सन्देशीद्वारा लिस्ट धेरै वन्डरफुल आएको थियो। बाबालाई सबै नाम कहाँ याद छ र!
नामसँग त कुनै काम छैन। शरीरको नाम राखिन्छ नि। अहिले त बाबा भन्नुहुन्छ– आफूलाई
आत्मा सम्झ, बाबालाई याद गर। पुग्यो। तिमीलाई थाहा छ– हामी पूज्य देवता बन्छौं फेरि
राज्य गर्छौं। फेरि भक्तिमार्गमा हाम्रै चित्र बनाउने छन्। देवीहरूका धेरै चित्र
बनाउँछन्। आत्माहरूको पनि पूजा हुन्छ। माटोका शालिग्राम बनाउँछन् फेरि रातमा
फुटाउँछन्। देवीहरूलाई पनि सजाएर, पूजा गरेर फेरि समुद्रमा फ्याँक्छन्। बाबा
भन्नुहुन्छ– मेरो पनि रूप बनाएर, खुवाएर, पियाएर फेरि मलाई भनिदिन्छन्–
ढुङ्गा-पत्थरमा हुनुहुन्छ। सबैभन्दा दुर्दशा त मेरो पार्छन्। तिमी कति गरिब बनेका
छौ। गरिबले नै फेरि उच्च पद पाउँछन्। धनवानले मुस्किलले पढ्छन्। बाबाले पनि
धनवानहरूबाट यति लिएर के गर्नुहुन्छ र! यहाँ त बच्चाहरूको थोपा थोपाबाट यी भवन आदि
बन्छन्। भन्छन्– बाबा मेरो एउटा इँट लगाइदिनुहोस्। सम्झन्छन्– त्यसको सट्टा मलाई
सुन चाँदीको महल मिल्छ। त्यहाँ त सुन धेरै हुन्छ। सुनका इँटा हुन्छन् त्यसैबाट त
भवन बन्छन्। त्यसैले बाबा प्रेमसँग भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब मलाई याद गर,
अब नाटक पूरा हुन्छ।
बाबाले गरिब
बच्चाहरूलाई धनवान बन्ने युक्ति बताउनुहुन्छ– मीठे बच्चे, तिमीसँग जे जति छ त्यो
ट्रान्सफर गरिदेऊ। यहाँ त केही पनि रहनुछैन। यहाँ जसले ट्रान्सफर गर्छन्, त्यो
तिमीलाई नयाँ दुनियाँमा सय गुणा भएर मिल्छ। बाबा केही माग्नुहुन्न। उहाँ त दाता
हुनुहुन्छ, यो युक्ति बताइन्छ। यहाँ त सबै माटोमा मिल्नुछ। केही ट्रान्सफर गरिदियौ
भने तिमीलाई नयाँ दुनियाँमा मिल्छ। यस पुरानो दुनियाँको यो विनाशको समय हो। यो केही
पनि काममा आउनेछैन, त्यसैले बाबा भन्नुहुन्छ– घर घरमा युनिभर्सिटी कम हस्पिटल खोल,
जसबाट हेल्थ र वेल्थ मिल्छ। यही मुख्य हो। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
रात्रि क्लास: १२- ०
३ -६९
यस समयमा तिमी साधारण
गरिब माताहरूले पुरुषार्थ गरेर उच्च पद पाउँछौ। यज्ञमा मदत आदि पनि माताहरूले धेरै
गर्छन्, पुरुषहरू धेरै कम छन् जो मदतगार बन्छन्। माताहरूलाई वारिसपनाको नशा रहँदैन।
उनीहरूले बिऊ रोपिरहन्छन्, आफ्नो जीवन बनाइरहन्छन्। तिम्रो ज्ञान हो यथार्थ, बाँकी
हो भक्ति। रूहानी बाबा नै आएर ज्ञान दिनुहुन्छ। बाबालाई चिन्ने हो भने बाबाबाट वर्सा
अवश्य लिने थिए। तिमीलाई बाबाले पुरुषार्थ गराइरहनुहुन्छ, सम्झाइरहनुहुन्छ। समय
व्यर्थ नगुमाऊ। बाबालाई थाहा छ– कोही राम्रा पुरुषार्थी छन्, कोही मिडियम, कोही
थर्ड। बाबासँग सोध्यौ भने बाबाले झट्ट बताइदिनुहुन्छ– तिमी फस्ट हौ, सेकेन्ड हौ वा
थर्ड हौ। कसैलाई ज्ञान दिँदैनौ भने थर्ड क्लास ठहरियौ। प्रमाण दिएनौ भने त बाबाले
अवश्य भन्नुहुन्छ नि। भगवान आएर जुन ज्ञान सिकाउनुहुन्छ त्यो फेरि प्राय: लोप हुन्छ।
यो कसैलाई पनि थाहा हुँदैन। ड्रामाको योजना अनुसार यो भक्तिमार्ग हो, यसद्वारा कसैले
मलाई प्राप्त गर्न सक्दैन। सत्ययुगमा कोही जान सक्दैन। अहिले तिमी बच्चाहरूले
पुरुषार्थ गरिरहेका छौ। कल्प पहिलाजस्तै जसले जति पुरुषार्थ गरेको छ, त्यति
पुरुषार्थ गरिरहन्छ। बाबाले बुझ्न सक्नुहुन्छ, आफ्नो कल्याण कसले गरिरहेका छन्।
बाबाले त भन्नुहुन्छ– सदा यी लक्ष्मी नारायणको चित्रको अगाडि आएर बस। बाबा हजुरको
श्रीमत अनुसार यो वर्सा हामीले अवश्य लिन्छौं। आफूसमान बनाउने सेवाको सोख अवश्य
चाहिन्छ। सेन्टरलाई पनि लेख्छु, यति वर्ष पढ्यौ कसैलाई पढाउन सक्दैनौ भने बाँकी के
पढ्यौ! बच्चाहरूले उन्नति त गर्नु पर्यो नि। बुद्धिमा सारा दिन सेवाको विचार
चल्नुपर्छ।
तिमी वानप्रस्थी हौ
नि। वानप्रस्थीहरूका पनि आश्रम हुन्छन्। वानप्रस्थीहरूको पासमा जानुपर्छ, उनलाई
मर्नुभन्दा पहिला लक्ष्य त बताइदेऊ। वाणीभन्दा पर तिम्रो आत्मा जान्छ कसरी! पतित
आत्मा त जान सक्दैन। भगवानुवाच, मामेकम् याद गर्यौ भने तिमी वानप्रस्थमा जान्छौ।
वनारसमा पनि सेवा धेरै छ। धेरै साधुहरू काशीबासको लागि त्यहाँ रहन्छन्, सारा दिन
भनिरहन्छन् शिवकाशी विश्वनाथ गङ्गा। तिम्रो मनमा सदैव खुसीको ताली बजिरहनुपर्छ।
विद्यार्थी हौ नि! सेवा पनि गर्छौ, पढ्छौ पनि। बाबालाई याद गर्नुछ, वर्सा लिनुछ।
हामी अब शिवबाबाको पासमा जान्छौं। यो हो मनमनाभव। तर धेरैलाई याद रहँदैन। परचिन्तन
गरिरहन्छन्। मूल कुरा हो यादको। यादले नै खुसीमा ल्याउँछ। चाहन त सबैले चाहन्छन्–
विश्वमा शान्ति होस्। बाबा पनि भन्नुहुन्छ– उनीहरूलाई सम्झाऊ– विश्वमा शान्ति अहिले
स्थापना भइरहेको छ, त्यसैले बाबाले लक्ष्मी-नारायणको चित्रलाई धेरै महत्त्व
दिनुहुन्छ। भन, यो दुनियाँ स्थापना भइरहेको छ, जहाँ सुख-शान्ति, पवित्रता सबै थियो।
सबैले भन्छन्– विश्वमा शान्ति होस्। पुरस्कार पनि धेरैलाई मिलिरहन्छ। विश्वमा शान्ति
स्थापना गर्नेवाला त मालिक हुनुपर्छ नि। उनीहरूको राज्यमा विश्वमा शान्ति थियो। एक
भाषा, एक राज्य, एक धर्म थियो। बाँकी सबै आत्माहरू निराकारी दुनियाँमा थिए। यस्तो
दुनियाँ कसले स्थापना गर्नुभएको थियो! शान्ति कसले स्थापना गर्नुभएको थियो!
विदेशीहरूले पनि जान्दछन्– यहाँ प्याराडाइज (स्वर्ग) थियो, यिनीहरूको राज्य थियो।
विश्वमा शान्ति त अहिले स्थापना भइरहेको छ। बाबाले सम्झाउनुभएको थियो– प्रभातफेरिमा
पनि यी लक्ष्मी-नारायणको चित्र निकाल। जसद्वारा सबैको कानमा आवाज पुगोस्– यो राज्य
स्थापना भइरहेको छ। नर्कको विनाश सामुन्ने खडा छ। यो त जानेका छन्– ड्रामा अनुसार
सायद अझै बाँकी छ। ठुलाबडाको तकदिरमा अहिले छैन। फेरि पनि बाबा पुरुषार्थ
गराइरहनुहुन्छ। ड्रामा अनुसार सेवा चलिरहेको छ। अच्छा। गुडनाइट।
धारणाको लागि
मुख्य सारः–
१) सङ्गदोषबाट आफ्नो धेरै धेरै सम्हाल गर्नुछ। कहिल्यै पतितको सङ्गतमा आउनु हुँदैन।
शान्तिको शक्तिद्वारा यस सृष्टिलाई पावन बनाउने सेवा गर्नुछ।
२) ड्रामालाई
राम्रोसँग बुझेर हर्षित रहनुछ। आफ्नो सबैथोक नयाँ दुनियाँको लागि ट्रान्सफर गर्नुछ।
वरदान:–
बाबाद्वारा
सफलताको तिलक प्राप्त गर्ने सदा आज्ञाकारी , दिलतख्त नसिन भव
भाग्यविधाता बाबाले
दिनहुँ अमृतवेलामा आफ्ना आज्ञाकारी बच्चाहरूलाई सफलताको तिलक लगाउनुहुन्छ। आज्ञाकारी
ब्राह्मण बच्चाहरूले कहिल्यै मेहेनत वा मुस्किल शब्द मुखबाट त के सङ्कल्पमा पनि
ल्याउन सक्दैनन्। उनीहरू सहजयोगी बन्छन्। त्यसैले कहिल्यै पनि दिलशिकस्त नबन तर सदा
दिलतख्तनसिन बन, रहमदिल बन। अहम् भाव र वहम् भावलाई समाप्त गर।
स्लोगन:–
विश्व
परिवर्तनको डेट नसोच, स्वयंको परिवर्तनको घडी निश्चित गर।