24.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– अमृतबेला
आफ्ना अरू सबै सङ्कल्पहरूलाई बन्द गरेर एक बाबालाई प्यारले याद गर , बाबासँग मीठो
मीठो रुहरिहान गर।”
प्रश्न:–
तिमी
बच्चाहरूको हरेक कुरामा अर्थ छ, अर्थसहित शब्द कसले बोल्न सक्छ?
उत्तर:–
जो देहीअभिमानी
छ, उसैले हर बोली अर्थसहित बोल्न सक्छ। बाबाले तिमीलाई सङ्गममा जे पनि सिकाउनुहुन्छ,
त्यो अर्थसहित छ। देह अभिमानमा आएर मानिसहरू जे जति बोल्छन् त्यो सबै अर्थ बिनाको
अनर्थ हो। त्यसबाट कुनै फल निस्कँदैन, फाइदा हुँदैन।
गीत:–
नैन हीन को
राह दिखाओ प्रभु...
ओम् शान्ति ।
यी सबै गीत आदि
भक्ति मार्गका हुन्। तिम्रो लागि गीतहरूको आवश्यकता छैन। कुनै तकलिफको कुरा छैन।
भक्ति मार्गमा त धेरै तकलिफ छ। कति रसमरिवाज चल्छ– ब्राह्मण खुवाउने, यो गर्ने,
तीर्थ आदिमा धेरै कुरा गर्नुपर्छ। यहाँ बाबा आएर सबै तकलिफतहरूबाट छुटाइदिनुहुन्छ।
यसमा केही पनि गर्नुछैन। मुखले शिव शिव पनि भन्नुछैन। यो नियम अनुसार छैन, यसबाट
कुनै फल मिल्दैन। बाबा भन्नुहुन्छ– मनले यो बुझ्नु छ म आत्मा हुँ। बाबाले भन्नुभएको
छ मलाई याद गर, अन्तर्मुखी भएर बाबालाई नै याद गर्नुछ, तब बाबा प्रतिज्ञा
गर्नुहुन्छ तिम्रा पाप भस्म हुन्छन्। यो हो योग अग्नि, जसबाट तिम्रो विकर्म विनाश
हुन्छ फेरि तिमी फर्केर जानेछौ। इतिहास दोहोरिन्छ। यी सबै आफूसँग कुरा गर्ने
युक्तिहरू हुन्। आफूसँग रुहरिहान गरिराख। बाबा भन्नुहुन्छ– मैले कल्प कल्प तिमीलाई
यो युक्ति बताउँछु। यो पनि जान्दछौ– बिस्तारै बिस्तारै यो वृक्ष वृद्धि हुँदैजानेछ।
मायाको तुफान पनि यस समयमा आउँछ जब म आएर तिमी बच्चाहरूलाई मायाको बन्धनबाट छुटाउँछु।
सत्ययुगमा कुनै बन्धन हुँदैन। यो पुरुषोत्तम युग पनि अहिले अर्थसहित तिम्रो बुद्धिमा
छ। यहाँ हरेक कुरा अर्थसहित नै छ। देह अभिमानीले जे कुरा गर्नेछन् त्यो अनर्थ।
देहीअभिमानीले जे कुरा गर्नेछन् अर्थसहित। त्यसबाट फल निस्कनेछ।
अब भक्तिमार्गमा कति
कठिनाइ हुन्छ। सम्झन्छन् तीर्थ यात्रा गर्नु, यो गर्नु– यी सबै भगवानको पासमा पुग्ने
मार्ग हुन्। तर बच्चाहरूले अब बुझेका छौ– फर्केर कुनै एक जना पनि जान सक्दैन। पहिलो
नम्बरमा जो विश्वका मालिक लक्ष्मी-नारायण थिए, उनैका ८४ जन्म बताइन्छ। फेरि अरू कोही
कसरी छुट्न सक्छ। सबै चक्रमा आउँछन् भने कृष्णको लागि कसरी भन्ने कि उनी सदैव कायम
छँदैछन्। हो, कृष्णको नाम-रूप त गयो, बाँकी आत्मा त छँदैछ कुनै न कुनै रूपमा। यी सबै
कुरा बच्चाहरूलाई बाबा आएर सम्झाउनुभएको छ। यो पढाइ हो। विद्यार्थी जीवनमा ध्यान
दिनुछ। दिनहुँ आफ्नो चार्ट लेख्ने समय निश्चित गर। व्यापारी मानिसहरूलाई धेरै बन्धन
हुन्छ। नोकरी गर्नेहरूलाई बन्धन हुदैन। उनीहरूले त आफ्नो काम पूरा गरे, सकियो।
व्यापारीहरूसँग त कहिले ग्राहक आए भने सामान दिनु पर्छ। बुद्धियोग बाहिर जान्छ।
त्यसैले कोसिस गरेर समय निकाल्नुपर्छ। अमृतबेलाको समय राम्रो छ। त्यस समयमा बाहिरका
विचारहरूलाई बन्द (लकप) गरिदिनुपर्छ, कुनै पनि ख्याल नआओस्। बाबाको याद रहोस्।
बाबाको महिमामा लेखिदिनुपर्छ– बाबा ज्ञानको सागर, पतित-पावन हुनुहुन्छ। बाबाले
हामीलाई विश्वको मालिक बनाउनुहुन्छ, उहाँको श्रीमतमा चल्नुछ। सबैभन्दा राम्रो मत
मिल्छ मनमनाभव। अरू कसैले भन्न सक्दैन। कल्प कल्प तमोप्रधानबाट सतोप्रधान बन्ने यो
मत मिल्छ। बाबा केवल भन्नुहुन्छ– म एकलाई याद गर। यसलाई भनिन्छ– वशीकरण मन्त्र,
अर्थसहित याद गर्नाले नै खुसी हुन्छ। बाबा भन्नुहुन्छ– अव्यभिचारी याद चाहिन्छ।
जस्तै भक्तिमा एक शिवको पूजा अव्यभिचारी हो फेरि व्यभिचारी हुँदा अनेकौँको भक्ति
गर्छन्। पहिला थियो अद्वैत भक्ति, एकको भक्ति गर्थे। ज्ञान पनि एकको नै सुन्नुछ।
तिमी बच्चाहरूले जसको भक्ति गर्थ्यौ, उहाँ स्वयंले तिमीलाई सम्झाइरहनुभएको छ– मीठे
मीठे बच्चे अहिले म आएको छु, यो भक्ति मार्ग अब पूरा भयो। तिमीले नै पहिला सुरुमा
एक शिवबाबाको मन्दिर बनायौ। त्यस समयमा तिमी अव्यभिचारी भक्त थियौ, त्यसैले धेरै
सुखी थियौ फेरि व्यभिचारी भक्त बन्नाले द्वैतमा आयौ त्यसपछि अलिकति दु:ख हुन्छ। एक
बाबा त सबैलाई सुख दिनेवाला हुनुहुन्छ नि। बाबा भन्नुहुन्छ– म आएर तिमी बच्चाहरूलाई
मन्त्र दिन्छु। मन्त्र पनि एकको नै सुन, यहाँ देहधारी कोही पनि छैन। यहाँ तिमी आउँछौ
नै बापदादाको पासमा। शिवबाबाभन्दा उच्च कोही छैन। याद पनि सबैले उहाँलाई गर्छन्।
भारतवर्ष नै स्वर्ग थियो, लक्ष्मी-नारायणको राज्य थियो। उनीहरूलाई यस्तो कसले
बनाउनुभयो? जसको तिमीले फेरि पूजा गर्छौ। कसैलाई थाहा छैन महालक्ष्मी को हुन्!
महालक्ष्मीको अघिल्लो जन्म कुन थियो? तिमी बच्चाहरूलाई थाहा छ– उनी हुन् जगत अम्बा।
तिमीहरू सबै माताहरू हौ, वन्दे मातरम्। सारा जगतमा नै तिमीले आफ्नो पाउ राख्छौ।
भारत माता कुनै एकको नाम होइन। तिमीहरू सबैले शिवबाट शक्ति लिन्छौ, योग बलद्वारा।
शक्ति लिँदा मायाले हस्तक्षेप गर्छ। युद्धमा कसैले औँला उठाए भने बहादुर भएर
लड्नुपर्छ। यस्तो होइन कसैले औँला उठायो, तिमी फस्यौ, यो हो नै मायाको युद्ध। बाँकी
कुनै कौरव र पाण्डवहरूको युद्ध होइन, उनीहरूको त आपसमा युद्ध हुन्छ। मानिसहरू जब
लड्छन्, तब एक-दुई गज जमिनको लागि गर्धन नै काटिदिन्छन्। बाबा आएर सम्झाउनुहुन्छ–
यो सबै ड्रामा बनेको छ। रामराज्य, रावण राज्य, अहिले तिमी बच्चाहरूलाई यो ज्ञान छ–
हामी रामराज्यमा जानेछौँ, त्यहाँ अथाह सुख हुन्छ। नाम नै छ सुखधाम, त्यहाँ दु:खको
नामनिसान हुँदैन। अब बाबा आउनुभएको छ, यस्तो राज्यभाग्य दिन, त्यसैलेबच्चाहरूले कति
पुरुषार्थ गर्नुपर्छ। घरी घरी भन्छु– प्यारा बच्चाहरू! थाक्नु हुँदैन। शिवबाबालाई
याद गरिराख। उहाँ पनि बिन्दु हुनुहुन्छ, हामी आत्मा पनि बिन्दु हौँ, यहाँ पार्ट
खेल्न आएका छौँ, अब पार्ट पूरा भएको छ। अब बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने
विकर्म विनाश हुन्छ। विकर्म आत्मामा नै चढ्छ नि। शरीर त यहीँ खतम हुन्छ। कति
मानिसहरूले कुनै पाप कर्म गरे भने आफ्नो शरीरलाई नै खतम गरिदिन्छन्। तर यसबाट कुनै
पाप उत्रिँदैन । पाप आत्मा भनिन्छ। साधुसन्त आदिले त भनिदिन्छन्– आत्मा निर्लेप छ,
आत्मा सो परमात्मा, अनेक मत छन्। अहिले तिमीलाई एक श्रीमत मिल्छ। बाबाले तिमीलाई
ज्ञानको तेस्रो नेत्र दिनुभएको छ। आत्माले नै सबै कुरा जान्दछ। पहिला ईश्वरको बारेमा
केही जान्दैनथ्यौ। सृष्टिचक्र कसरी घुम्छ, आत्मा कति सानो छ, पहिला सुरुमा आत्मा
अनुभूति गराउनुहुन्छ। आत्मा अति सूक्ष्म छ, त्यसको साक्षात्कार हुन्छ, ती सबै
भक्तिमार्गका कुरा हुन्। ज्ञानका कुरा बाबाले नै सम्झाउनुहुन्छ। उहाँ पनि भृकुटीको
बीचमा आएर बस्नुहुन्छ, छेउमा। यो पनि तुरुन्तै बुझिहाल्छन्। यी सबै नयाँ कुरा हुन्,
जुन बाबाले नै बसेर सम्झाउनुहुन्छ। यो पक्का याद गर, नभुल। बाबालाई जति याद गर्छौ
त्यति विकर्म विनाश हुन्छ। विकर्म विनाश हुनुमा नै तिम्रो भविष्य आधारित छ। तिमी
बच्चाहरूका साथसाथै भारत खण्ड पनि सबैभन्दा सौभाग्यशाली छ, यो खण्ड जस्तो
सौभाग्यशाली अर्को कुनै खण्ड छैन। यहाँ बाबा आउनुहुन्छ। भारतखण्ड नै स्वर्ग थियो,
जसलाई अल्लाहको बगैँचा भनिन्छ। तिमीलाई थाहा छ– बाबाले फेरि यस खण्डलाई फूलहरूको
बगैँचा बनाइरहनुभएको छ, हामीले पढ्छौँ नै त्यहाँ जानको लागि। साक्षात्कार पनि गर्छौ,
यो पनि जान्दछौ– यो त्यही महाभारत लडाइँ हो, फेरि यस्तो लडाइँ कहिल्यै लाग्दैन। तिमी
बच्चाहरूको लागि नयाँ दुनियाँ पनि अवश्य चाहिन्छ। नयाँ दुनियाँ थियो नि, भारतवर्ष
स्वर्ग थियो। ५ हजार वर्ष भयो, लाखौँ वर्षको त कुरै छैन। लाखौँ वर्ष हुन्थ्यो भने
मानिसहरू अनगिन्ती हुन्थे। यो पनि कसैको बुद्धिमा बस्दैन– यति कसरी हुन सक्छ जब कि
यति जनसङ्ख्या छैन।
अहिले तिमीले बुझेका
छौ– आजभन्दा ५ हजार वर्ष पहिला हामीले विश्वमा राज्य गर्थ्यौँ, अरू खण्ड थिएनन्, ती
खण्ड पछि हुन्छन्। तिमी बच्चाहरूको बुद्धिमा यी सबै कुरा छन्, अरू कसैको बुद्धिमा
बिल्कुलै छैनन्। अलिकति मात्रै इसारा दियौ भने पनि बुझ्न सक्छन्। कुरा त अवश्य हो,
हामीभन्दा पहिला अवश्य कुनै धर्म थियो। अहिले तिमीले सम्झाउन सक्छौ– एक आदि सनातन
देवी-देवता धर्म थियो, त्यो प्रायः लोप भएको छ। कसैले आफूलाई देवता धर्मको भन्न
सक्दैनन्। बुझ्दै बुझ्दैनन्– हामी आदि सनातन देवी-देवता धर्मका थियौँ फेरि त्यो
धर्म कहाँ गयो? हिन्दु धर्म कहाँबाट आयो? कसैको पनि यी कुराहरूमा चिन्तन चल्दैन।
तिमी बच्चाहरूले सम्झाउन सक्छौ– बाबा त हुनुहुन्छ ज्ञानको सागर, ज्ञानको अथोरीटी।
त्यसैले अवश्य आएर ज्ञान सुनाउनुभएको हुनुपर्छ। ज्ञानबाट नै सद्गति हुन्छ, यसमा
प्रेरणाको कुरा छैन। बाबा भन्नुहुन्छ– जसरी अहिले आएको छु, त्यस्तै कल्प कल्प आउँछु।
कल्प पछि पनि आएर फेरि सबै बच्चाहरूसँग मिल्नेछु। तिमीले पनि यस्तै चक्र लगाउँछौ।
राज्य लिन्छौ फेरि गुमाउँछौ। यो बेहदको नाटक हो, तिमीहरू सबै कलाकार हौ। आत्मा
कलाकार भएर क्रियेटर, डाइरेक्टर, मुख्य कलाकारलाई चिन्दैन भने त्यो के कामको। तिमी
बच्चाहरूले जान्दछौ– कसरी आत्माले शरीर धारण गर्छ र पार्ट खेल्छ। अब फेरि फर्केर
जानुछ। अब यो पुरानो दुनियाँको अन्त्य हुन् छ। कति सहज कुरा छ। तिमी बच्चाहरूले नै
जान्दछौ– बाबा कसरी गुप्त बस्नुभएको छ। गोदरी में करतार देखा। अब देख्यौँ भनौँ वा
जान्यौँ भनौँ– कुरा एउटै हो। आत्मालाई साक्षात्कारमा देख्न सकिन्छ, तर त्यसबाट कुनै
फाइदा छैन। कसैको समझमा आउन सक्दैन। नौधा भक्तिमा धेरै साक्षात्कार गर्छन्, पहिला
तिमी बच्चाहरूले पनि कति साक्षात्कार गर्थ्यौ, धेरै कार्यक्रम आउँथे फेरि पछाडि यो
खेलपाल तिमीले देख्नेछौ। अब त बाबा भन्नुहुन्छ– पढेर होसियार बन। यदि पढेनौ भने फेरि
जब नतिजा निस्कनेछ तब शिर निहुरिनेछ, फेरि बुझ्नेछौ– हामीले कति समय खेर फाल्यौँ।
जति जति बाबाको यादमा रहनेछौ, यादको बलद्वारा पाप मेटिन्छन्। जति बाबाको यादमा
रहनेछौ त्यति खुसीको पारा चढ्छ।
मानिसहरूलाई यो थाहा
छैन– भगवानलाई किन याद गरिन्छ! भनिन्छ पनि– तिमी माता-पिता... अर्थ जान्दैनन्। अहिले
तिमीलाई थाहा छ, शिवको चित्रमा सम्झाउन सक्छौ– उहाँ ज्ञानको सागर, पतित-पावन
हुनुहुन्छ, उहाँलाई याद गर्नुछ। बच्चाहरूलाई थाहा छ– उहाँ बाबा आउनुभएको छ अपार
सुखको मार्ग बताउन। यो पढाइ हो। यसमा जसले जति पुरुषार्थ गर्छ त्यति उच्च पद पाउनेछ।
यिनी कोही साधुसन्त आदि होइनन्, जसको गद्दी चल्दै आएको होस्। यो त शिवबाबाको गद्दी
हो। यस्तो होइन– उहाँ जानुहुन्छ अनि अर्को कोही गद्दीमा बस्नेछ। बाबाले त सबैलाई
साथमा लैजानुहुनेछ। कति बच्चाहरूले व्यर्थ ख्यालातमा आफ्नो समय खेर फाल्छन्। सोच्छन्–
खुब धन जम्मा गरौँ, छोरा नातिले खानेछन्, पछि काम आउनेछ, बैङ्क लकरमा जम्मा गरौँ,
बालबच्चाले खाइरहनेछन्। तर कसैलाई पनि सरकारले छोड्नेछैन त्यसैले त्यसको धेरै ख्याल
नगरी आफ्नो भविष्य कमाइमा लाग्नुपर्छ। अब बच्चाहरूले पुरुषार्थ गर्नुछ। यस्तो होइन–
ड्रामामा होला तब गर्नेछौँ। पुरुषार्थ बिना खाना पनि मिल्दैन तर कसैको तकदिरमा छैन
भने फेरि यस्ता यस्ता विचार आइहाल्छन्। तकदिरमा नै छैन भने फेरि ईश्वरीय सेवा पनि
के गर्लान्। जसको तकदिरमा छ, उनीहरूले राम्रोसँग धारण गर्छन् र गराउँछन्। बाबा
तिम्रो टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ त्यसैले उहाँलाई याद गर्नुपर्छ।
सबैभन्दा प्रिय बाबा, टिचर र गुरु नै हुन्छन्। उहाँहरूलाई त याद गर्नुपर्छ। बाबाले
युक्तिहरू त धेरै बताउनुहुन्छ। तिमीले साधुसन्त आदिलाई पनि निमन्त्रण दिन सक्छौ।
अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) पुरुषार्थ गरेर आफ्नो भविष्यको कमाइमा लाग्नुछ, ड्रामामा छ भने गर्नेछौँ, यसो
भनेर पुरुषार्थहीन बन्नुछैन।
२) सारा दिनमा जे जति
पाप हुन्छन् वा कसैलाई दु:ख दिइन्छ भने नोट गर्नुछ। सच्चाइले बाबालाई सुनाउनु छ, सफा
दिलको बनेर एक बाबाको यादद्वारा सबै हिसाब चुक्ता गर्नुछ।
वरदान:–
ताज र तख्तलाई
सदा कायम राख्ने निरन्तर स्वतःयोगी भव
वर्तमान समयमा
बाबाद्वारा सबै बच्चाहरूलाई ताज र तख्त मिल्छ, अहिलेको यो ताज र तख्तले अनेक जन्मको
लागि ताज, तख्त प्राप्त गराउँछ। विश्वकल्याणको जिम्मेवारीको ताज र बापदादाको
दिलतख्त सदा कायम रह्यो भने निरन्तर स्वतःयोगी बनिन्छ। उनीहरूलाई कुनै पनि प्रकारको
मेहनत गर्ने कुरा हुँदैन। किनकि एक त सम्बन्ध समीपको छ, अर्को प्राप्ति अटुट छ। जहाँ
प्राप्ति हुन्छ त्यहाँ स्वतः याद हुन्छ।
स्लोगन:–
सरल
बुद्धिद्वारा योजनालाई व्यवहारमा ल्यायौ भने सफलता समाहित छ।