24.05.26 Avyakt Bapdada Nepali Murli 28.02.2010 Om Shanti Madhuban
देहभानको ‘ मै-मै ’
को होली जलाएर परमात्म सङ्गको रङ्गको होली मनाऊ
आज होलीएस्ट (परमपवित्र)
बाबा आफ्ना होली बच्चाहरूसँग होली मनाउन आउनुभएको छ। चारैतिरका बच्चाहरू टाढा
टाढाबाट दिलको स्नेहमा समाहित भइरहेका छन्। बापदादाले चारैतिरका बच्चाहरूको मस्तकमा
भाग्यको सितारा चम्किरहेको देखिरहनुभएको छ। यति ठुलो भाग्य सारा कल्पमा अरू कसैको
पनि हुँदैन। यस सङ्गमयुगको प्राप्तिको आधारमा तिमी बच्चाहरू नै यति श्रेष्ठ पवित्र
बन्छौ जसबाट भविष्यमा तिमी डबल पवित्र बन्नेछौ। आत्मा पनि पवित्र र शरीर पनि पवित्र।
सारा कल्पमा चक्कर लगाएर हेर, कुनै धर्मात्मा पनि डबल पवित्र बनेका छैनन्। तिमी
बच्चाहरू डबल पवित्र पनि बन्छौ र डबल पवित्रताको निसानी डबल ताजधारी पनि बन्छौ।
आज होली सबैले
मनाउँछन् तर तिमी यस समयमा जुन डबल होली अर्थात् पवित्र बन्छौ, त्यसको यादगार
उत्सवको रूपमा यो होली मनाउँछन्। तिम्रै हरेक पाइला पाइलाको, जीवनको महत्त्व उत्सवको
रूपमा मनाउँछन्। तिमी यस सङ्गममा हरेक दिन, हरेक कदम उमङ्ग र उत्साहमा रहन्छौ,
त्यसैले तिम्रो उमङ्ग-उत्साहको यादगार यो उत्सवको रूपमा मनाउँछन्। उमङ्ग-उत्साह किन
हुन्छ? किनकि तिमीले परमात्माको सङ्गको रङ्गको होली मनाउँछौ। त्यसैले तिम्रो हरेक
कदम उत्सवको रूपमा मनाउँछन्। अहिले होलीमा पहिला जलाउँछन्, फेरि मनाउँछन्। तिमीले
पनि सङ्गममा अहिले आफ्नो पुरानो संस्कार स्वभावलाई योग अग्निमा जलाउँछौ किनकि आफ्नो
पुरानो संस्कारलाई नजलाएसम्म परमात्म सङ्गको रङ्ग लाग्न सक्दैन, परमात्म मिलन हुन
सक्दैन। त्यसैले तिमीले योग अग्निमा संस्कारहरूलाई जलायौ, फेरि परमात्म सङ्गको
रङ्गमा रङ्गियौ। आजकाल जलाउँछन् पनि अनि रङ्ग पनि लगाउँछन् तर तिम्रो आध्यात्मिक
रूपलाई स्थूल रूप दिइएको छ। उनीहरूले स्थूल आगो जलाउँछन्, स्थूल रङ्ग लगाउँछन् किनकि
अहिले देहभानको वृत्ति छ। तिमीले होली बन्छौ, उनीहरूले होली मनाउँछन्। सारा कल्पमा
कोही पनि आध्यात्मिक होली मनाएर डबल होली बनेनन्। त्यसैले तिमी सबै जति पनि जहाँबाट
आएका छौ, परमात्म सङ्गको होलीमा आएका छौ। परमात्म सङ्गको होली मनाउन आएका छौ। तिमीले
होलीको लागि भन्छौ– होली अर्थात् जुन कुरा भइसक्यो त्यो भइसक्यो। त्यसैले ड्रामा
अनुसार जे बितिसक्यो त्यसलाई भनिन्छ– भइसक्यो, जे बित्यो सो बित्यो। कुनै पनि
व्यर्थ कुरा चित्तमा ल्याउँदैनौ, भइसक्यो, यस्तो होली मनाइरहन्छौ नि। तिमी सबैले
होली अर्थात् पवित्र बन्ने पूर्ण पुरुषार्थ गरेर पवित्रता धारण गरेका छौ, त्यसैले
भविष्यमा तिमीलाई डबल पवित्रताको निसानी डबल ताज देखाउँछन्।
आजको दिनमा तिमी हरेक
बच्चाले के जलाएर जानेछौ? बापदादाले देख्नुभयो, जन्मदिनमा जुन बाबाले होमवर्क
दिनुभएको थियो– क्रोधलाई जन्मदिनमा जन्मदिनको उपहार देऊ। त्यसको केही बच्चाहरूको
रिजल्ट आज बापदादाकहाँ आइपुगेको छ। बच्चाहरूले कहाँ कहाँ अटेन्सन दिएका छन् त्यो
बापदादाले देख्नुभयो। तिमी सबैले पनि आफ्नो रिजल्ट निकाल्यौ होला। आज जति पनि बसेका
छौ, तिमीहरूले आफ्नो रिजल्ट निकालेका छौ। जसले आफ्नो रिजल्टमा कन्ट्रोल गरेर सफलताको
अनुभव गरेका छौ, तिमीहरूले हात उठाऊ। सफलता प्राप्त भयो? पुरै हात उठाऊ। टिचरहरूले
हात उठाऊ, फरेनरहरूले हात उठाऊ। (सबैले उठाए) अच्छा। बधाई छ। यसबाट तिमी सबैले आफैमा
हिम्मत राख्यौ र हिम्मतको फल प्राप्त हुन सक्छ, यो अनुभव गरेका छौ। त्यसोभए, के यस
अनुभवलाई पछि पनि लक्ष्य राखेर बारम्बार चेकिङ गर्दै अगाडि बढाउन चाह्यौ भने यो
क्रोधलाई उपहार दिन सम्भव हुन्छ भनेर सम्झन्छौ? सम्भव छ? पछि गएर पनि हुन सक्छ?
तिमीहरूले हात उठाऊ। अच्छा। हुन सक्छ? टिचरहरू हुन सक्छ? पाण्डवहरू हुन सक्छ? अच्छा।
सम्भव हुन सक्छ, होइन, हुनु नै छ, यसको लागि ताली बजाऊ। अच्छा। अहिले त धेरै दिन
भएको छैन तर अब हर तीन महिनापछि, आजदेखि तीन महिनामा अटेन्सन राखेर क्रोधको टेन्सन
खतम गर्न सक्छौ? गर्न सक्छौ? सक्छौ भने तिमीहरूले हात उठाऊ। अच्छा। यो खुसीको खबर त
धेरै राम्रो छ, किन? क्रोधको कारण के हुन्छ? क्रोधको बीज के हुन्छ? तिमीले सदा आफ्नो
भविष्यको स्वरूप सामुन्ने राख। तिम्रो भविष्य स्वरूप कति सजिसजाऊ हर्षित चेहरा छ।
बापदादालाई हेर, त्यसमा पनि ब्रह्माबाबालाई सामुन्ने ल्याऊ। किन? शिवबाबा त
हुनुहुन्छ नै निराकार तर ब्रह्माबाबा तिमीसमान साकार रूपधारी, तिमीसमान जिम्मेवारीको
ताजधारी, फेरि पनि सदा मुस्कुराइरहेको, प्रसन्न चेहरा थियो, किनकि उहाँले यी
विकारहरूमाथि विजय प्राप्त गरेर, शरीर छँदै कार्य गर्दा तिम्रो अगाडि उदाहरण
बन्नुभयो। तिम्रो जिम्मेवारी ब्रह्माबाबाको भन्दा धेरै छ? ब्रह्माबाबाको
जिम्मेवारीको अगाडि तिम्रो जिम्मेवारी त केही पनि होइन। अनि लास्टसम्म देख्यौ,
कर्मातीत भाइब्रेसनमा अव्यक्त फरिस्ता बन्नुभयो। त्यसोभए अहिले बापदादालाई दिएको
सौगात फिर्ता त लिँदैनौ नि! बापदादाले बुझ्नुभएको छ, कारोबारमा आउँदा कहीँ कहीँ
यस्तो परिस्थिति देखिन्छ। कतिले रिजल्टमा पनि लेखेका छन्– आवाज चर्को हुन्छ। मुडमा
अलिकति कडाइ आउँछ। तर यस्ता कुराहरू सामुन्ने आएपछि मात्रै त विजयी बन्ने चान्स
हुन्छ। कुराहरूको काम हो आउनु, तर तिम्रो ज्ञान हो– कुराहरूबाट पार भएर विजयी बन्नु।
त्यसोभए यो कुरा राम्रो लाग्यो? क्रोधलाई बिदाइ दिन्छौ, सदाको लागि वा तीन महिनाको
लागि? कति समयको लागि बिदाइ दिने हिम्मत छ? जसले सम्झन्छौ– सदाको लागि क्रोधजित
बन्न मुस्किल छैन, हुनु नै छ, तिमीहरूले हात उठाऊ। हुनु नै छ। अच्छा। बापदादा खुसी
हुनुहुन्छ, किन? तिम्रो लास्ट जन्ममा पनि तिम्रो महिमा के गाउँछन्? तिम्रो देवता
रूपको अगाडि तिम्रो महिमा ‘सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी’ भनेर गाउँछन्।
त्यसैले तिम्रो त्यस्तो बन्ने पार्ट अहिले सङ्गमयुगको नै गायन हो। बापदादाको दिलको
विशेष आशा छ, बताऊँ? शिर हल्लाऊ, बताऊँ? बापदादा अहिल्यैदेखि, अहिल्यैदेखि हरेक
बच्चालाई सदा फक्रिएको गुलाबको पुष्प देख्न चाहनुहुन्छ। सौभाग्यशाली, प्रसन्न।
कुराहरूको काम हो आउनु, यो पनि बुझ। कुराहरू आउनेछन् तर आफ्नो लक्ष्य लक्षणमा
ल्याउनु छ। आत्तिनु हुँदैन। त्यसैले जसरी अहिले भन्छन्– ब्रह्माकुमारीहरूले
पवित्रताको धेरै पाठ पढाउँछन्, त्यसैगरी प्रसिद्ध होऊ– ब्रह्माकुमारीहरूले
क्रोधमुक्त बनाउँछन्, किनकि क्रोधबाट मुक्त हुन सबैले चाहन्छन्। तनाव हुन्छ नि!
त्यसो त यो सबैले चाहन्छन् तर उनीहरूलाई त्यसको विधि आउँदैन। जसरी पवित्र बन्न
असम्भव सम्झन्थे तर अहिले तिमी सबैको अनुभवको आधारमा सम्झन्छन्– पवित्र रहन सकिन्छ।
त्यसैगरी अहिले यस वर्ष यो लहर फैलाऊ– क्रोधजित बन्न सकिन्छ, कुनै मुस्किल छैन।
यस्तो उदाहरणको अनुभव यथार्थ स्थितिमा ल्याऊ। बापदादाले देख्नुभएको छ, धेरै बच्चाहरू
कार्य गर्दा पनि क्रोधजित बनेका छन्। यस्ता दृष्टान्त तिम्रो परिवारमा, ब्राह्मण
परिवारमा बनेका छन्। त्यसोभए यस वर्ष के गर्नेछौ? होली मनाउन आएका हौ नि! त्यसोभए
होलीमा के गर्छौ? केही जलाउँछौ नि! त्यसोभए आजको होलीमा तिमीले के जलाउनेछौ?
क्रोधलाई त जलाउने भयौ, यसलाई पक्का जलाउनेछौ। तर बापदादाले देख्नुभयो, तनावमा
आउनुको कारण देह अभिमानको ‘म’ शब्द हो। देहभानको ‘म’, एउटा हो म आत्मा हुँ– यो ‘म’
हो, तर देहभानको ‘म’ शब्द अभिमानको पनि हुन्छ, अपमानको पनि हुन्छ र निराशाको ‘म’ ले
पनि तल झार्छ। त्यसैले आज क्रोधजितमा अगाडि बढ्नको लागि देहभानको ‘म’, यसलाई योग
अग्निमा जलाऊ। अनेक ‘म’ लाई जलाऊ र एक ‘म’ आत्मा हुँ, यस ‘म’ शब्दलाई पक्का बनाऊ र
बाँकी ‘म’ लाई आज योग अग्निमा जलाएर जाऊ। अनेक म छन् नि। त्यसोभए आज जलाउने होली
मनाउनेछौ! किनकि क्रोधको कारण धेरै तनाव हुन्छ। त्यसैले यस ‘म’ लाई समाप्त गर्नको
लागि आज आफै भित्र सङ्कल्प लेऊ। जलाउनु छ किनकि यो पनि त बोझ हो नि। त्यसोभए तिमी
ट्रेनमा जाऊ वा प्लेनमा जाऊ, तर यो बोझ यहीँ जलाएर जाऊ। ‘म’ लाई जलाउन सक्छौ? जसले
सम्झन्छौ– हिम्मतवान् बच्चालाई बाबाको मदत साथमा छँदैछ, अनि विजय पनि साथमा छ, जसले
यो सोच्छौ– मलाई विजयी बन्नु नै छ, तिमीहरूले हात उठाऊ। बन्नु नै छ। अच्छा। जो आज
भी. आई. पी. आएका छन्, तिनीहरूले हात उठाइरहेका छन्। जति भी. आई. पी. आएका छौ,
तिमीहरू उठ, खडा होऊ। हात उठाइरहेका छन्। ताली त बजाऊ। विजयी बन्नेछौ? हेर। जति पनि
विजयी बन्नेछन्, ती एक एकलाई माला पहिराइरहेको छु। बधाई छ, बधाई छ। अच्छा। अहिले जति
पनि भी. आई. पी. आएका छन्, सबै हिम्मतवान् छन्, त्यसैले बापदादाले वरदान दिइरहनुभएको
छ। यस समयमा तिमीहरू जति पनि एक जन्मको लागि कुनै पनि कार्यमा भी. आई. पी. बनेका छौ
तर बापदादाले तिमी हिम्मत भएका बच्चाहरूलाई, अब भी. आई. पी. भन्नुहुन्न, बच्चा
भन्नुहुन्छ। बापदादाले यो वरदान दिनुहुन्छ, ग्यारेन्टी दिनुहुन्छ– तिमी सबै २१ जन्म
भी. आई. पी. बन्नेछौ। यहाँ इलेक्सन (चुनाव), सेलेक्सन (छनौट) चल्दैन। त्यसैले सबैले
केवल एउटा कुरा नछोड– जसरी अहिले सम्बन्ध-सम्पर्कमा आएका छौ, त्यसैगरी यस ब्राह्मण
परिवारको कनेक्सनलाई नछोड। जति कनेक्सन (सम्बन्ध) राख्नेछौ, त्यति रिलेसन (नाता)
पक्का हुनेछ र बाबाको वरदान प्राप्त गर्ने नै छौ। त्यसोभए यो कुरा मन्जुर छ?
कनेक्सन राख्न मन्जुर छ? हात उठाऊ। अच्छा। (बापदादाले फूलहरूको माला लिएर अगाडि
सबैलाई देखाउनुभयो) यो माला तिमीहरू सबैले लगाउनु।
तिमी सबै नयाँ बच्चा
वा रियल गोल्ड (सक्कली सुन) बच्चा सदा बाबाका आज्ञाकारी छौ नि! त्यसैले आज यस मलाई
जलाएर नै जानु छ। जो पहिलो पटक आएका छौ, तिमीहरू उठ। अच्छा। बापदादाले पहिलो पटक
आउने बच्चाहरूलाई पहिलो पटक आएकोमा पदमगुणा बधाई दिइरहनुभएको छ। तर जसरी अहिले पहिलो
पटक आएका छौ, त्यसैगरी पहिलो नम्बर, फस्ट डिभिजनमा आउनु, पहिलो नम्बरमा त फिक्स छ
तर फस्ट डिभिजनमा आउन सक्छौ, यो हिम्मत छ? जसमा हिम्मत छ उनले हात उठाऊ । हेर,
सोचेर उठाऊ। अच्छा। त्यसैले लक्ष्य राख– हामी लास्ट आएका छौँ तर फास्ट जानेछौँ,
किनकि समयको कुनै भरोसा छैन। अहिले जे गर्नुछ, त्यो तीव्र पुरुषार्थी बनेर गर किनकि
धेरै समयको पुरुषार्थ तिमी सबैले थोरै समयमा पूरा गर्नुपर्छ। त्यसोभए हिम्मत छ? छ
हिम्मत? हात उठाऊ। हेर तिम्रो फोटो निस्किरहेको छ। बापदादाले यस्तो हिम्मत
भएकाहरूलाई बधाई दिनुहुन्छ– हिम्मत तिम्रो, मदत बाबाको। तर हिम्मत नहार्नु। आफ्नो
भाग्यको सितारा सदा चम्काइरहनु छ किनकि यस जन्मको तीव्र पुरुषार्थ, पुरुषार्थ होइन
तीव्र पुरुषार्थ, अनेक जन्महरूको भाग्य बनाउने आधार हो, त्यसैले हिम्मत कहिल्यै
नहार्नु। कुराहरू आउनेछन् तर कुरा महावीर होइन, तिमी सर्वशक्तिमानका बच्चा हौ,
तिम्रो अगाडि त्यो कुरा के हो! कुरा आउँछ र जान्छ। जो जान्छ, त्यसको पछाडि आफ्नो
तकदिर नगुमाउनु। अच्छा, बस्। त्यसैले सबैलाई बापदादाले स्नेहले बधाई दिइरहनुभएको छ,
कुन कुराको? हिम्मत राखेका छौ र बापदादा हरेक बच्चाको हिम्मतीलो सङ्कल्पमा खुसी
हुनुहुन्छ। त्यसोभए होली मनायौ? जलाउने होली त मनायौ र परमात्म सङ्गको रङ्गको होली
पनि मनायौ। जलायौ पनि, मनायौ पनि।
अब बापदादाले सबै
बच्चाहरूलाई एउटा ड्रिल गराउन चाहनुहुन्छ किनकि चारैतिरका परिस्थितिहरू छन्, कहाँ
कुनै परिस्थिति छ, कहाँ कुनै परिस्थिति छ, यस्तो चारैतिरका परिस्थितिहरूको बीचमा
तिमी एक सेकेन्डमा एकाग्र हुन सक्छौ? यस्तो प्राक्टिस स्वयममा अनुभव गर्छौ? वा सम्झ,
जुन समयमा तिमीलाई कारण-अकारण कुनै कुराप्रति व्यर्थ सङ्कल्पको तुफान आयो, यस्तो
समयमा तिमीले आफ्नो मन बुद्धिलाई एकाग्र बनाउन सक्छौ? यो एकाग्रताको शक्तिको ड्रिल
समयमा गरेर हेरेका छौ? यस्तो समयमा एक सेकेन्डमा एकाग्रताको शक्ति कार्यमा आउँदैन
भने पछि गएर यस्तो परिस्थिति बारम्बार आउनेछ। त्यसैले आज बापदादाले सेकेन्डमा
फुलस्टप अर्थात् एकाग्र स्थितिको अभ्यासमाथि अटेन्सन खिचाउन चाहनुहुन्छ किनकि
प्रकृतिले आफ्नो भिन्न भिन्न रङ्ग देखाउन सुरु गरिसकेको छ। चारैतिर के के भइरहेको
छ, त्यो तिमी सबैले धेरै जान्दछौ। त्यसैले यस्ता मन-बुद्धिलाई भट्काउने कुराहरू आउनु
नै छ, त्यसैले अहिले यो प्राक्टिस गर– मनलाई, बुद्धिलाई तिमीले एक सेकेन्डमा
परमधाममा टिकाउन सक्छौ? भर्खरै आफूलाई फरिस्ता रूपमा टिकाऊ। भर्खरै आफूलाई म
ब्राह्मण मास्टर सर्वशक्तिमान् स्थितिमा छु, यस मास्टर सर्वशक्तिमान् स्थितिमा
स्थित होऊ। (बापदादाले ड्रिल गराउनुभयो) यस्तो प्राक्टिस सारा दिनमा जहिले पनि समय
मिल्छ, बारम्बार मनलाई एकाग्र गरेर हेर। जे चाहन्छौ, जहाँ चाहन्छौ, त्यहाँ मन
एकाग्र होस्। पुरुषार्थमा एक मिनेट नलागोस्, एक सेकेन्डमा फुलस्टप, किनकि यस्तो
हलचलको समयको लागि अहिले तयारी गरिरहेको छ, त्यसैले माइन्ड कन्ट्रोल (मनलाई
नियन्त्रण) गर– मन मेरो हो, म मन होइन, मेरो मन हो भने मेरोमाथि म को (मेरो)
कन्ट्रोल छ? यो ड्रिल धेरै आवश्यक छ।
सबै जति पनि आएका छौ,
बापदादालाई एक एक बच्चा प्यारा छन्। किन? जस्तो भए पनि बापदादाले हरेक बच्चालाई
करोडौँमा कोही आत्मा देख्नुहुन्छ। चाहे पुरुषार्थमा कमजोर छन् तर बाबाका प्यारा
बनेका छन्। दिलबाट भन्छन्– मेरो बाबा! त्यसैले बाबाका पनि अति प्यारा छन्। केवल
बापदादाले एक कुरा फेरि याद दिलाइरहनुभएको छ– आफ्नो चेहरा सदा प्रसन्न, खुसीले
चम्किरहोस्। कुराहरू जाउन् तर खुसी नजाओस्। सङ्गमयुगको खुसी परमात्म गिफ्ट हो।
त्यसैले होली अर्थात् कुनै यस्ता कुराहरू आए भने याद गर्नु– होली मनाएर आएका छौँ,
अर्थात् जे बित्यो सो बित्यो, खुसी नजाओस्। परमात्म सौगात, खजाना खुसी हो।
बापदादाले सदा
भन्नुहुन्छ, यो स्लोगन सदा याद रहोस्– खुसी रहनु छ र खुसी बाँड्नुछ। जति बाँड्छौ
त्यति बढ्नेछ र प्रसन्न चेहराले हिँड्दाडुल्दा पनि स्वत: सेवा गरिरहनेछ। जसले पनि
देख्छ, उसले यही सोच्नेछ– केही मिलेको छ। त्यसैले आज होलीको दिलखुस मिठाई हो खुसी।
सबैले खायौ? सदा खाइरहनु छ। यसबाट कुनै बिमारी हुँदैन। अच्छा।
बापदादाले फेरि इसारा
दिइरहनुभएको छ– स्वपुरुषार्थ, स्वपुरुषार्थबाट स्वउन्नति र सेवाको उन्नति, दुवैतिर
अटेन्सन दिइराख, अगाडि बढिराख र सदा उडिराख, उडाइराख। अच्छा।
चारैतिरका बापदादाको
स्नेहमा समाहित भएका, याद र सेवामा अगाडिभन्दा अगाडि बढ्ने र बढाउने, अमृतवेला
सबैभन्दा राम्रो पावरफुल बनाउने र मनसा सेवाद्वारा रहमदिल, दयालु, कृपालु बनेर
आत्माहरूलाई केही न केही अञ्जली दिने आफ्नो यस विधिलाई अगाडि बढाउँदै जाऊ। बापदादाले
देख्नुभएको छ, हरेक बच्चा उमङ्ग-उत्साहमा रहन्छ तर अहिले त्यसमा के कुरा थप गर्छौ–
सदा शब्द थप गर। कहिलेकाहीँ शब्द डिक्सनरीबाट निकालिदेऊ। त्यसैले चारैतिरका
बच्चाहरूले होली पनि मनाए, जलाए पनि र सङ्गको रङ्ग पनि लगाए, जे बित्यो त्यो
बित्योको होली पनि मनाए, त्यसैले बापदादाले चारैतिरका बच्चाहरूलाई सम्मुख दिलमा
देखिरहनुभएको छ। बापदादाको पदम पदम गुणा याद-प्यार एवं नमस्ते। (रुहानी बच्चाहरूको
रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
वरदान:–
सदा फरमानको
तिलकलाई धारण गरेर फस्ट प्राइज लिने फरमानबरदार भव
जुन बच्चाहरूको
मस्तकमा आज्ञाकारीको स्मृतिको तिलक लागेको छ, एक सङ्कल्प पनि फरमान बिना गर्दैनन्,
उनीहरूलाई फस्ट प्राइज प्राप्त हुन्छ। जसरी सीतालाई लकिर भित्र बस्ने फरमान थियो,
त्यसैगरी हरेक कदम उठाउँदा, हरेक सङ्कल्प गर्दा बाबाको फरमानको लकिर भित्र रह्यौ भने
सदा सुरक्षित रहनेछौ। कुनै पनि प्रकारको रावणको संस्कारले आक्रमण गर्दैन र समय पनि
व्यर्थ जाँदैन।
स्लोगन:–
कसैसँग पनि
लगाव छ भने त्यो लगाव पुरुषार्थमा अवश्य लापर्बाह बनाउनेछ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
सदा एकको यादमा रहेर
एकरस अवस्था बनायौ भने वन-वन र वनमा आउनेछौ। बाहिर रहँदा पनि यही पाठ पक्का गर– “सी
फादर, फलो फादर”, अनि कहिल्यै कुनै परिस्थितिमा डगमग हुँदैनौ। ब्रह्माबाबाको
सामुन्ने जति पनि कुराहरू आए तर उहाँले कुराहरूलाई नदेखी एक बाबालाई नै देख्नुभयो,
त्यसैले नम्बरवन बन्नुभयो। त्यसैले फलो फादर।