24.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


पवित्रता रूपी गुणलाई धारण गरेर डाइरेक्टरको डाइरेक्सनमा चलिरह्‍यौ भने दैवी किङ्गडममा आउनेछौ

(प्रात: क्लासमा सुनाउनको लागि जगदम्बा माँको मधुर महावाक्य)

ओम् शान्ति ।
यस दुनियाँलाई नाटक पनि भनिन्छ, ड्रामा भन, नाटक भन, खेल भन कुरा एउटै हो। जुन नाटक हुन्छ, त्यो एउटै कथा हुन्छ। त्यसको बीचमा धेरै उप-कथा देखाउँछन् तर स्टोरी (कथा) एउटै हुन्छ। यसै प्रकारले यो बेहद विश्व ड्रामा छ, यसलाई नाटक पनि भनिन्छ, जसमा हामी सबै एक्टर (कलाकार)हरू हौँ। अहिले हामी एक्टरहरू हौँ त्यसैले एक्टरहरूलाई नाटकको बारेमा पूरा जानकारी हुनुपर्छ– कुन स्टोरीमा यो सुरु हुन्छ, हाम्रो यो पार्ट कहाँबाट सुरु भयो र कहाँसम्म पूरा हुन्छ, फेरि त्यसमा समय प्रति समय कुन कुन एक्टरहरूको कसरी कसरी पार्ट हुन्छ र त्यसको डाइरेक्टर, रचयिता को हुनुहुन्छ र यस नाटकमा हीरो हीरोइन पार्ट कसको छ, यी सबै कुराको ज्ञान हुनुपर्छ। केवल नाटक भन्नाले त काम चल्दैन। नाटक हो त्यसैले नाटकका हामी एक्टरहरू पनि हौँ। यदि कुनै ड्रामाको एक्टर हो र हामीले उसँग सोध्यौँ– यसको स्टोरी के छ, यो कहाँबाट सुरु हुन्छ, कहाँ पूरा हुन्छ! यदि उसले भन्छ मलाई थाहा छैन, यसलाई के भनिन्छ? भनिन्छ यसलाई यति पनि थाहा छैन तर भन्छ म एक्टर हुँ! एक्टरलाई त सबै कुराको जानकारी हुनुपर्छ नि। नाटकको सुरु हुन्छ भने त्यसको अन्त्य पनि अवश्य हुन्छ। यस्तो होइन सुरु भएको छ त्यसैले चलि नै रहन्छ। यी सबै कुरालाई बुझ्नु छ। यस बेहदको नाटकको जो रचयिता हुनुहुन्छ, उहाँलाई थाहा छ– कसरी यस नाटकको सुरुआत भयो, यसमा मुख्य मुख्य एक्टरहरू को हुन् र सबै एक्टरहरूमा हीरो र हीरोइनको पार्ट कसको छ, यो सबै कुरा बाबाले सम्झाइरहनु भएको छ।

यो सबै ज्ञान जो दिनहुँ क्लासमा आउँछन् र सुन्छन् उनैले बुझ्छन्, उनीहरूलाई थाहा छ– यसको प्रथम डाइरेक्टर र रचयिता को हुनुहुन्छ? रचयिता भनिन्छ सुप्रीम सोल (परमपिता परमात्मा)लाई, तर उहाँ पनि एक्टर हुनुहुन्छ, उहाँको एक्टिङ्ग कुनचाहिं हो? डाइरेक्टरको। उहाँ एकैपटक आएर एक्टर बन्नुहुन्छ। अहिले डाइरेक्टर बनेर एक्ट (अभिनय) गरिरहनु भएको छ। उहाँले भन्नुहुन्छ– यस नाटकको सुरुआत मैले गर्छु, कसरी? जुन प्युरिफाइड (पावन) सत्ययुगी दुनियाँ हो, जसलाई नयाँ दुनियाँ भनिन्छ, त्यो नयाँ विश्व मैले क्रिएट (रचना) गर्छु। अहिले तिमीहरू सबै जति पनि पवित्रतालाई धारण गरेर डाइरेक्टरको डाइरेक्सनमा चलिरहेका छौ, तिमी सबै एक्टरहरू अहिले प्युरिफाइड बनिरहेका छौ, फेरि यिनै एक्टरहरूद्वारा अनेक जन्मको चक्र चल्नु छ। यो कुरा बाबाले नै सम्झाउनु हुन्छ– अहिले पवित्र भएका मनुष्यहरू अरू जन्ममा दैवी किङ्गडममा जान्छन्। त्यो किङ्गडम दुई युग सूर्यवंशी चन्द्रवंशी रूपमा चल्छ फेरि ती सूर्यवंशी चन्द्रवंशी एक्टरहरूको पार्ट जब पूरा हुन्छ अनि फेरि थोरै तल गिर्छन् अथवा वाम मार्गमा आउँछन्। फेरि अरू धर्महरूको पालो आउँछ इब्राहिम, बुद्ध, फेरि क्रिश्चियन– यी सबै धर्म स्थापकले नम्बरवार आएर आ-आफ्नो धर्म स्थापना गर्छन्।

यसरी हेर, नाटकको स्टोरी कहाँबाट सुरु भयो, कहाँ पूरा हुन्छ। त्यसको बीचमा यी अरू अरू उप-कथा कसरी चल्छन्, यो सबै वृत्तान्त बाबा बसेर सम्झाउनु हुन्छ। अहिले यो नाटक पूरा हुनु छ, त्यो नाटक त तीन घण्टामा पूरा हुन्छ, यसलाई ५ हजार वर्ष लाग्छ। बाँकी त्यसको लागि थोरै वर्ष बाँकी छ, बस् अब त्यसको तयारी भइरहेको छ। अब यो नाटक पूरा भएर फेरि दोहोरिन्छ। यो सारा वृत्तान्त बुद्धिमा हुनुपर्छ, यसैलाई ज्ञान भनिन्छ। अहिले हेर बाबा आएर नयाँ भारतखण्ड, नयाँ दुनियाँ बनाइरहनु भएको छ। भारतवर्ष नयाँ हुँदा, दुनियाँ यति ठुलो थिएन। आज भारतवर्ष पुरानो भएकाले दुनियाँ पनि पुरानो छ। बाबा आएर भारतवर्ष जुन अविनाशी खण्ड हो, आफ्नै प्राचीन स्थान हो। अहिले खण्ड भनिन्छ किनकि अरू खण्डहरूमा यो पनि एक टुक्रा जस्तै भएको छ। तर वास्तवमा सारा विश्व सारा पृथ्वीमा एक भारतखण्डको राज्य थियो, जसलाई भनिन्थ्यो प्राचीन भारतवर्ष। त्यस समयको भारतवर्षको गायन भएको छ, सुनको चिडिया। सारा पृथ्वीमा केवल भारतखण्डको नै कन्ट्रोल थियो, एक राज्य थियो, एक धर्म थियो। त्यतिबेला पूरा सुख थियो, अहिले कहाँ छ? त्यसैले बाबा भन्नुहुन्छ– यसको विनाश गरेर फेरि एक राज्य, एक धर्म र उही प्राचीन नयाँ भारतवर्ष नयाँ दुनियाँ बनाउँछु। बुझ्यौ? त्यस दुनियाँमा कुनै दुःख हुँदैन, कुनै रोग हुँदैन, कहिल्यै कसैको अकालमा मृत्यु हुँदैन। यस्तो जीवन पाउनको लागि पुरुषार्थ गर। फोकटमा कहाँ मिल्छ। केही त मेहनत गर्नुपर्छ। बीज रोपेपछि पाइन्छ। नरोपी कसरी पाइन्छ? यो कर्मक्षेत्र हो, यस खेतमा कर्मद्वारा रोप्नु छ। जुन कर्म हामीले रोप्छौँ, त्यसको फल पाउँछौँ। बाबाले कर्मको बीज रोप्न सिकाइरहनु भएको छ। जस्तै खेती गर्न सिकाउँछन् नि, कसरी बीज खसाल्ने, कसरी त्यसलाई सम्हाल गर्ने, त्यसको पनि ट्रेनिङ्ग दिन्छन्। त्यस्तै बाबा आएर हामीलाई कर्मको खेतको लागि, कर्मलाई कसरी रोप्ने, त्यसको ट्रेनिङ्ग दिइरहनु भएको छ– आफ्नो कर्मलाई उच्च बनाऔँ, राम्रो बीज रोपौँ अनि फल राम्रो मिल्छ। कर्म राम्रो भयो भने फेरि जुन रोपिन्छ त्यसको फल राम्रो मिल्छ। यदि कर्म रूपी बीजमा तागत छैन, कर्म नराम्रो रोप्यौँभने के फल मिल्नेछ? यसबाट जे खाइरहेका हुन्छौ अनि रोइरहेका हुन्छौ। जे खान्छौ त्यसमा नै रोइरहेका हुन्छौ, दुःख र अशान्ति हुन्छ। केही न केही रोग आदि तलमाथि भइ नै रहन्छ, सबै कुराले मनुष्यलाई दु:खी बनाउँछ नि त्यसैले बाबा भन्नुहुन्छ– अहिले तिम्रो कर्मलाई मैले उच्च क्वालिटी (स्तर)को बनाउँछु, जस्तो बीज त्यस्तै क्वालिटीको हुन्छ। त्यस क्वालिटीलाई रोपियो भने त्यसको फल राम्रो निस्कन्छ। यदि बीज राम्रो क्वालिटीको भएन भने फेरि राम्रो क्वालिटीको फल मिल्दैन। त्यसैले हाम्रो कर्मको पनि राम्रो क्वालिटी चाहिन्छ नि। अहिले बाबाले हाम्रो कर्म रूपी बीजलाई राम्रो क्वालिटीको बनाउनुहुन्छ। यदि त्यो श्रेष्ठ क्वालिटीको बीज रोपियो भने श्रेष्ठ फल मिल्नेछ। त्यसैले आफ्नो कर्मको जुन सीड (बीज) छ, त्यो राम्रो बनाऊ र फेरि राम्रो रोप्न सिक। यो सबै चीजलाई बुझेर अब आफ्नो पुरुषार्थ गर।

अच्छा, अब दुई मिनट साइलेन्स। साइलेन्सको मतलब आई एम सोल (म आत्मा हुँ), पहिला साइलेन्स (मौन)मा र पछाडि आवाजमा आइन्छ। अहिले बाबा भन्नुहुन्छ– फेरि जानु छ शान्तिको संसारमा, त्यसैले साइलेन्स, शान्ति आफ्नो स्वधर्म हो। त्यस साइलेन्समा जानको लागि भन्नुहुन्छ– यस देहको र देह सहित देहको सम्बन्धहरूको अब अट्याचमेन्ट (लगाव) छोड, त्यसबाट डिट्याच (न्यारा) होऊ। सन अफ सुप्रीम सोल (हे परमात्माका सन्तान), अब मलाई याद गरेर मेरो धाममा आऊ। अब घर जाने कुरामा ध्यान देऊ, अहिल्यै आउने ख्याल नगर। अन्त मति सो गति। अब केहीमा पनि अट्याचमेन्ट नहोस्। अब त शरीरको पनि अट्याचमेन्ट छोडिदेऊ। बुझ्यौ? यस्तो आफ्नो धारणा बनाउनु छ। अच्छा, अब साइलेन्स। चल्दाफिर्दा पनि साइलेन्स, बोल्दा पनि साइलेन्स। बोल्दा कसरी साइलेन्स हुन्छ? थाहा छ? बोल्ने समयमा हाम्रो बुद्धियोग आफ्नो त्यस आई एम सोल, फस्ट प्युअर सोल (पहिला पवित्र आत्मा) अथवा साइलेन्स सोल (शान्त आत्मा), यो याद राख्नु। बोल्ने समयमा हामीमा यो ज्ञान हुनुपर्छ– आई एम सोल, यस अङ्गद्वारा बोल्दैछु। आफ्नो यो प्राक्टिस हुनुपर्छ, मानौँ म यसको आधार लिएर बोलिरहेको छु। अहिले आँखाको आधार लिएर हेर्छु। जेको आवश्यकता हुन्छ त्यसको आधार लिएर काम गर। यस्तो आधार लिएर काम गरेमा धेरै खुसी हुन्छ, फेरि कुनै नराम्रो काम पनि हुँदैन। अच्छा!

यस्ता बापदादा र माँका मीठे-मीठे अति राम्रा, सदा साइलेन्सको अनुभूति गर्ने बच्चाहरूप्रति याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। अच्छा।

सन्देशीको तनद्वारा अलमाइटी पिताद्वारा उच्चारित महावाक्य (मातेश्वरीजी प्रति)

१) हे शिरोमणी राधे बेटी! तिमी निश दिन (निरन्तर) म समान दिव्य कार्यमा तत्पर भएर अर्थात् वैष्णव शुद्ध स्वरूप भएर, शुद्ध सेवा गरिरहेकी छौ त्यसैले साक्षात् मेरो स्वरूप हौ। जुन बच्चाहरू आफ्नो पिताको फुटस्टेप (कदमहरू)मा चल्दैनन्, उनीहरूदेखि म बिल्कुल टाढा छु किनकि बच्चा भएपछि अवश्य पिता समान हुनुपर्छ। यो काइदा अहिले स्थापना हुन्छ, जुन सत्ययुग त्रेतासम्म चल्छ, त्यहाँ जस्तो पिता त्यस्तै बच्चा। तर द्वापर कलियुगमा जस्तो पिता त्यस्तै बच्चा हुँदैनन्। अहिले बच्चालाई बाबा समान बन्न परिश्रम गर्नुपर्छ, तर त्यहाँ त नेचुरल यस्तो काइदा बनेको हुन्छ, जस्तो पिता त्यस्तै बच्चा। जुन अनादि काइदा यस सङ्गम समयमा ईश्वर पिताले प्रत्यक्ष भएर स्थापना गर्नुहुन्छ।

२) मधुर मालीको मधुर मीठी दिव्य पुरुषार्थी बेटी, अहिले तिमी धेरै रमणीक स्वीटनेस बन्नु र बनाउनु छ। अब विश्व सोभरन्टी (सत्ता)को चाबी सेकेन्डमा प्राप्त गर्ने र गराउने कुरा तिम्रो हातमा छ। हेर, अलमाइटी (सर्वशक्तिमान्) जो हरेक जीव प्राणीको मालिक हुनुहुन्छ, उहाँ जब यथार्थमा यस कर्मक्षेत्रमा आउनु भएको छ, तब सारा सृष्टि ह्‍याप्पी हाउस (सुखधाम) बन्छ। यस समयमा उही जीव प्राणीहरूका मालिकले अव्यक्त रीतिसँग सृष्टिलाई चलाइरहनु भएको छ। तर जब उहाँ प्रत्यक्ष रूपमा देहधारी बनेर मालिकपनले कर्मक्षेत्रमा आउनुहुन्छ, तब सत्ययुग त्रेताको समयमा सबै जीव प्राणी सुखी बन्छन्। त्यहाँ सत्यको दरबार खुलिरहन्छ। जसले ईश्वरीय सुख प्राप्त गर्नको लागि पुरुषार्थ गरेका छन्, उनीहरूलाई त्यहाँ सदाको लागि सुख प्राप्त हुन्छ। यस समयमा सबै जीव प्राणीहरूलाई सुखको दान मिल्दैन, पुरुषार्थले नै प्रारब्धलाई खिच्छ। जसको ईश्वरसँग योग छ, उनीहरूलाई ईश्वरद्वारा सम्पूर्ण सुखको दान मिल्छ।

३) ओहो! तिमी त्यही शक्ति हौ, जसले आफ्नो ईश्वरीय तागतको रङ्ग देखाएर यस आसुरी दुनियाँको विनाश गरेर दैवी दुनियाँको स्थापना गरिरहेकी छौ, फेरि पछाडि सबै शक्तिको महिमा निस्कनेछ। अहिले त्यो तागत तिमीहरूमा भरिइरहेको छ। तिमी सदा आफ्नो ईश्वरीय बल र रुहाबको पदमा रहने गर्‍यौ भने सदा अपार खुशी रहनेछौ। नित्य हर्षित मुख। तिमीलाई नसा हुनुपर्छ– म को हुँ! कसको हुँ? मेरो कति सौभाग्य छ? कति ठुलो पद छ? अहिले तिमीले पहिला सेल्फ (स्वयं)को स्वराज्य प्राप्त गर्छौ फेरि सत्ययुगमा युवराज बन्नेछौ। त्यसैले कति नसा हुनुपर्छ! यस आफ्नो भाग्यलाई देखेर खुसीमा रहने गर, आफ्नो लक (भाग्य)लाई हेर उहाँबाट कति ठुलो चिठ्ठा मिल्छ। ओहो, कति श्रेष्ठ तिम्रो लक जस लकद्वारा वैकुण्ठको चिठ्ठा मिल्छ। बुझ्यौ, लकीएस्ट दैवी फूल बच्ची?

४) यस मनोहर सङ्गम समयमा स्वयं निराकार परमात्माले साकारमा आएर यो ईश्वरीय फ्याक्ट्री खोल्नु भएको छ, जहाँबाट कुनै पनि मनुष्यले आफ्नो विनाशी कखपन देखि अविनाशी ज्ञान रत्न लिन सक्छ। यो अविनाशी ज्ञान रत्नहरूको खरीददारी अति सूक्ष्म छ, जसलाई बुद्धिले खरीद गर्नु छ। यो कुनै स्थूवस्तुले होइन, जुन यी नयनहरूले देखिन्छ, तर अति महीन गुप्त छिपेको हुनाले यसलाई कसैले पनि लुट्न सक्दैन। यस्तो सर्वोत्तम ज्ञान खजाना प्राप्त गरेर अति निरसङ्कल्प, सुखदायक अवस्था हुन्छ। जबसम्म कसैले यो अविनाशी ज्ञान रत्न खरीद गर्दैन, तबसम्म निश्चिन्त, बेफिक्र, निरसङ्कल्प रहन सक्दैन। त्यसैले यी अविनाशी ज्ञान रत्नहरूको कमाइ गरेर आफ्नो बुद्धि रूपी सूक्ष्म तिजोरीमा धारण गरेर नित्य निश्चिन्त रहनु छ। विनाशी धनमा त दुःख समाहित छ र अविनाशी ज्ञान धनमा सुख समाहित छ।

५) जसरी सूर्यले सागरको जललाई खिचेर लिन्छ, जुन फेरि उच्च पहाडहरूमा पुगेर बर्सिन्छ, त्यसैगरी यहाँ पनि डाइरेक्ट ईश्वरद्वारा वर्षा बर्सिन्छ। भन्छन् शिवका जटाहरूबाट गङ्गा निस्कन्छ। अहिले यिनको मुख कमलद्वारा ज्ञान अमृतधारा बर्सिरहेको छ, जसलाई नै अविनाशी ईश्वरीय धारा भनिन्छ, जसबाट तिमी भगीरथ पुत्र पावन भएर अमर बनिरहेका छौ। यो शिरताज बनाउने अद्‌भुत मन्डली हो, यहाँ जति पनि नर र नारी आउँछन्, ती शिरताज बन्छन्। दुनियाँलाई पनि मन्डली भनिन्छ। मन्डल अर्थात् स्थान, अहिले यो मन्डली कहाँ टिकेको छ? ओम् आकारमा अर्थात् अहम् स्वधर्ममा र सारा दुनियाँ स्वधर्मलाई भुलेर प्रकृतिको धर्ममा टिकेका छन्। तिमी शक्तिहरू फेरि प्रकृतिलाई भुलेर आफ्नो स्वधर्ममा टिकेका छौ।

६) यस दुनियाँमा सबै मनुष्यले निराकार ईश्वरलाई याद गर्छन्, जसलाई आफ्नो नयनले देखेका पनि छैनन्, उहाँ निराकारमा उनीहरूको यति धेरै प्यार हुन्छ, भन्छन् हे ईश्वर मलाई आफैमा लीन गरिदिनुहोस्! तर कस्तो आश्चर्य छ! जब साकारमा जो स्वयं ईश्वर प्रत्यक्ष हुनु भएको छ, तर उहाँलाई चिनेका छैनन्। ईश्वरका धेरै प्रिय भक्तहरूले यस्तो भन्छन्– जहाँ देख्छु त्यहीँ तिमी नै तिमी छौ, हुन त तिनले देखेका पनि छैनन् तर बुद्धियोगद्वारा यही महसुस गर्छन्– ईश्वर सर्वत्र हुनुहुन्छ। तर तिमीहरूले अनुभवले भन्छौ– स्वयं निराकार ईश्वर वास्तवमा साकारमा यहाँ आउनु भएको छ। भन्नुहुन्छ अहिले सहजै तिमी आएर मसित मिल्न सक्छौ। तर कति मेरा बच्चाहरूले पनि साकारमा प्रभु पितालाई चिनेकै छैनन्। उनलाई निराकार अति मीठो लाग्छ तर उहाँ निराकार, जो अहिले साकारमा प्रत्यक्ष हुनुहुन्छ, उहाँको यदि परिचय लिएमा कति प्राप्ति गर्न सक्छन्, किनकि प्राप्ति त फेरि पनि साकारद्वार हुन्छ। बाँकी जसले ईश्वरलाई टाढा निराकार सम्झन्छन् र देख्छन्, उनलाई केही प्राप्ति हुँदैन। तिनीहरू भए भक्त, तिनमा कुनै ज्ञान छैन। अहिले साकार प्रभु पितालाई जान्ने ज्ञानी प्यारा बच्चाहरू, सर्व दैवी गुणहरूको सुगन्धले भरिएका स्वीट फ्लावर(पुष्प)हरूले आफ्नो प्रभु पितामा आफ्नो जीवन नै चढाइदिन्छन्, जसबाट उनलाई जन्मजन्मान्तर सम्पूर्ण दैवी दिव्य सुन्दर तन प्राप्त हुन्छ।

७) सेल्फलाई जानेपछि नै तिमीलाई सही गलत, सत्य असत्यको परख हुन्छ। यस ईश्वरीय ज्ञानद्वारा वचन ट्रुथ (सत्य) हुन्छ, जसबाट कसैको सङ्गदोष चढ्न सक्दैन। सङगदोषको छाया उसमाथि पर्छ जो स्वयं अज्ञानवश छ। यस समयमा सत्यको जमाना छँदैछैन त्यसैले कसैको वचनमा भरोसा नराखेर उनीहरूसँग लिखत लेखाएर लिइन्छ। मनुष्यहरूको बोली असत्य निस्कन्छ, यदि सत्य भए त उनको महावाक्य पुजिन्थ्यो। जस्तै हेर डिभाइन फादरका सत्य महावाक्यहरूका शास्त्र बनेका छन्, जसको गायन र पूजन चल्छ। उहाँका सत्य महावाक्यको धारणा गर्नाले ईश्वरीय क्वालिटी आउँछ। केवल यति मात्र होइन, कसैले त पढ्दा पढ्दै श्रीकृष्णको, ब्रह्माको साक्षात्कार पनि गर्छन्।

ओहो, होली हृदय कमल, होली हस्त कमल, होली नयन कमल छोरी राधे, तिम्रो सारा काया पलट कमलफूल समान कोमल कञ्चन बनेको छ। तर पहिला जब सोल (आत्मा) कञ्चन बन्छ तब सारा तन कञ्चन प्युअर (पवित्र) बन्छ। जुन होली कोमल तनमा नै अति आकर्षण भरिएको छ। तिमी आफ्नो परमेश्वर पिताद्वारा अज्ञान तपतलाई बुझाए ज्ञान तेजलाई जगाएर अति शीतल रूप बनेकी छौ। स्वयं शीतल रूप बनेर फेरि अन्य साथीहरूलाई पनि यस्तो सच्चा शीतलता दान दिनको लागि यस मनोहर सङ्गम समयमा निमित्त बनेकी छौ। तिम्रा जड चित्रहरूद्वारा पनि सारा दुनियाँलाई शीतलता र शान्तिको दान मिलिरहन्छ। अहिले तिमीले सारा सृष्टिलाई सैल्वेसन (मुक्ति)मा ल्याएर अन्त्यमा आफ्नो दिव्य तेज देखाएर, न्यु वैकुण्ठ गोल्डेन गुलशन (बगैँचा)मा गएर विश्राम गर्नेछौ। अच्छा!

वरदान:–
“बाबा” शब्दको चाबीद्वारा सबै खजाना प्राप्त गर्ने भाग्यवान् आत्मा भव

अरू कुनै पनि ज्ञानको विस्तारलाई जान्न नसके पनि वा सुनाउन नसके पनि एक “बाबा” शब्द दिलले मान्यौ र दिलले अरूलाई सुनायौ भने विशेष आत्मा बन्छौ, दुनियाँको अगाडि महान् आत्माको स्वरुपमा गायन योग्य बन्छौ किनकि एक “बाबा” शब्द सर्व खजानाहरूको वा भाग्यको चाबी हो। चाबी लगाउने विधि हो दिलले जान्नु र मान्नु। दिलैदेखि बाबा भन्यौ भने खजाना सदा हाजिर हुने छ।

स्लोगन:–
बापदादामा स्नेह छ भने स्नेहमा पुरानो दुनियाँलाई कुर्बान गरिदेऊ।