24.07.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबासँग
होलसेल व्यापार गर्न सिक , होलसेल व्यापार हो मनमनाभव , बाबा अल्फलाई याद गर्नु र
गराउनु , बाँकी सबै हो रिटेल।”
प्रश्न:–
बाबाले आफ्नो
घरमा कुन बच्चाहरूलाई स्वागत गर्नुहुन्छ?
उत्तर:–
जुन बच्चाहरू
राम्रोसँग बाबाको मतमा चल्छन्, अरू कसैलाई पनि याद गर्दैनन्, देह सहित देहका सबै
सम्बन्धहरूबाट बुद्धियोग तोडेर एकको यादमा रहन्छन्, यस्ता बच्चाहरूलाई बाबाले आफ्नो
घरमा स्वागत गर्नुहुन्छ। बाबा अहिले बच्चाहरूलाई फूल बनाउनु हुन्छ, फेरि फूल
बच्चाहरूलाई आफ्नो घरमा सत्कार गर्नुहुन्छ।
ओम् शान्ति ।
बच्चाहरू आफ्नो
बाबा र शान्तिधाम, सुखधामको यादमा बस्नु छ। आत्माले, बाबालाई नै याद गर्नु छ, यस
दु:खधामलाई भुल्नु छ। बाबा र बच्चाहरूको यो हो मीठो सम्बन्ध। यति मीठो सम्बन्ध अरू
कुनै पिताको हुँदैन। सम्बन्ध एउटा हुन्छ पितासँग फेरि टिचर र गुरुसँग हुन्छ। अहिले
यहाँ यी तीनै एउटै हुनुहुन्छ। यो बुद्धिमा याद रहनु पनि खुसीको कुरा हो नि। एउटै
बाबा मिल्नुभएको छ, जसले धेरै सहज मार्ग बताउनु हुन्छ। बाबालाई, शान्तिधाम र
सुखधामलाई याद गर, यस दु:खधामलाई भुलिदेऊ। घुमफिर गर तर बुद्धिमा यही याद रहोस्। यहाँ
त कुनै गोरखधन्दा आदि छैन। घरमा बसेका छौ। बाबाले मात्र ३ शब्द याद गर्न भन्नुहुन्छ।
वास्तवमा छ एक शब्द– बाबालाई याद गर। बाबालाई याद गर्नाले सुखधाम र शान्तिधाम दुवै
वर्सा याद आइहाल्छ। दिनेवाला त बाबा नै हुनुहुन्छ। याद गर्नाले खुसीको पारा चढ्छ।
तिमी बच्चाहरूको खुसी त नामी छ। बच्चाहरूको बुद्धिमा छ– बाबाले हामीलाई घरमा फेरि
स्वागत गर्नुहुन्छ, सत्कार गर्नुहुन्छ, तर उनीहरूलाई मात्र जो राम्रोसँग बाबाको मतमा
चल्छन् र अरू कसैलाई याद गर्नु हुन्न। देह सहित देहका सर्व सम्बन्धहरूबाट बुद्धियोग
तोडेर मामेकम् याद गर्नु छ। भक्तिमार्गमा त तिमीले धेरै सेवा गरेका छौ तर घर जाने
मार्ग मिल्दै मिल्दैन। अहिले बाबाले कति सहज मार्ग बताउनु हुन्छ, मात्र यो याद गर-
बाबा, बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान
सुनाउनु हुन्छ, जुन अरू कसैले सम्झाउन सक्दैन। बाबा भन्नुहुन्छ– अब घर जानु छ। फेरि
सबैभन्दा पहिला सत्ययुगमा आउने छौ। यस छि: छि: दुनियाँबाट अब जानु छ। बस्न त यहाँ
बसेका छौ तर यहाँबाट अब गयौ कि गयौ। बाबा पनि खुसी हुनुहुन्छ, तिमी बच्चाहरूले धेरै
समयदेखि बाबालाई निमन्त्रण गरेका हौ। अहिले फेरि बाबालाई स्वागत गरेका छौ। बाबा
भन्नुहुन्छ– मैले तिमीलाई फूल बनाएर फेरि शान्तिधाममा स्वागत गर्नेछु, तिमीहरू
नम्बरवार जान्छौ। कति सहज छ। यस्तो बाबालाई भुल्नु छैन। कुरा त धेरै मीठो र सिधा छ।
एउटै कुरा अल्फलाई याद गर। बिस्तारमा सम्झाउनु हुन्छ फेरि अन्त्यमा भन्नुहुन्छ–
अल्फलाई याद गर, दोस्रो न कोही। तिमी जन्मजन्मान्तरका प्रियतमा हौ एक प्रियतमको।
तिमीले गाउँदै आयौ– बाबा हजुर आउनु भयो भने हामी हजुरका नै बन्छौं। अब उहाँ आउनु
भएको छ त्यसैले एकको नै बन्नुपर्छ। निश्चयबुद्धि विजयन्ती। विजय पाउने छौ रावण माथि।
फेरि आउनु छ रामराज्यमा। कल्पकल्प तिमीले रावण माथि विजय पाउँछौ। ब्राह्मण बन्यौ अनि
रावण माथि विजय पायौ। रामराज्यमा तिम्रो हक छ। बाबालाई चिन्यौ अनि रामराज्य माथि हक
भयो। बाँकी पुरुषार्थ गर्नु छ उच्च पद पाउने। विजय मालामा आउनु छ। विजय माला लामो
छ। राजा बन्यौ भने सबैथोक मिल्छ। दास-दासीहरू सबै नम्बरवार बन्छन्। सबै एकनास
हुँदैनन्। कोही त धेरै नजिक रहन्छन्, जे राजा-रानीले खान्छन्, जे भण्डारामा बन्छ
त्यो सबै दास-दासीहरूलाई मिल्छ, जेलाई ३६ प्रकारको भोजन भनिन्छ। पदमपति पनि
राजाहरूलाई भनिन्छ, प्रजालाई पदमपति भनिदैन। त्यहाँ धनको पर्बाह हुँदैन। तर यो
निसानी देवताहरूको हुन्छ। जति याद गर्छौ त्यसै अनुसार सूर्यवंशीमा आउने छौ। नयाँ
दुनियाँमा आउनु छ नि। महाराजा-महारानी बन्नु छ। बाबाले ज्ञान दिनुहुन्छ नरदेखि
नारायण बन्ने, जसलाई राजयोग भनिन्छ। बाँकी भक्तिमार्गका शास्त्र पनि सबै भन्दा बढी
तिमीले पढेका छौ। सबै भन्दा बढी भक्ति तिमी बच्चाहरूले गरेका छौ। अहिले आएर बाबासँग
मिलेका छौ। बाबाले मार्ग त धेरै सहज र सिधा बताउनु हुन्छ– बाबालाई याद गर। बाबाले
बच्चे-बच्चे भनेर सम्झाउनु हुन्छ। बाबा बच्चाहरूमाथि बलिहार हुनुहुन्छ। वारिस हुन्
त्यसैले वारी (बलि) जानु पनि त पर्यो। तिमीले पनि भनेका थियौ बाबा हजुर आउनु भयो भने
हामी बलिहार जान्छौं। तन-मन-धन सहित कुर्बान हुन्छौं। तिमी एक पटक कुर्बान हुन्छौ,
बाबा २१ पटक हुनुहुन्छ। बाबाले बच्चाहरूलाई याद पनि दिलाउनु हुन्छ। यसबाट बुझ्न
सक्छन्– सबै बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार आ-आफ्ना भाग्य लिन आएका छन्। बाबा
भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! विश्वको बादसाही हाम्रो पुरस्कार स्वरूप प्राप्ति
हो। अब तिमीले जति पुरुषार्थ गर्छौ। जति पुरुषार्थ गर्छौ त्यति उच्च पद पाउने छौ।
पहिलो नम्बर नै अन्तिम नम्बरमा छन्। पहिलो नम्बरमा फेरि अवश्य जान्छन्। सारा
पुरुषार्थमा आधारित छ। बाबा बच्चाहरूलाई घर लैजान आउनु भएको छ। अब आफूलाई आत्मा
सम्झिएर बाबालाई याद गर्यौ भने पाप काटिँदै जान्छ। त्यो हो काम अग्नि, यो हो योग
अग्नि। काम अग्निमा जल्दा जल्दा तिमी कालो भएका छौ। एकदमै खाक (खरानी) भएका छौ। अब
म आएर तिमीलाई जगाउँछु। तमोप्रधानबाट सतोप्रधान बनाउने एकदमै सरल युक्ति बताउँछु। म
आत्मा हुँ, यति समय देह अभिमानमा रहनाको कारण तिमी उल्टो लट्केका थियौ। अब
देहीअभिमानी बनेर बाबालाई याद गर। घर जानु छ, बाबा लिनको लागि आउनु भएको छ। तिमीले
निमन्त्रण दियौ र बाबा आउनु भएको छ। पण्डा बनेर पतितहरूलाई पावन बनाएर तिमी सबै
आत्माहरूलाई लैजानुहुन्छ । आत्मा नै यात्रामा जानु पर्छ।
तिमी हौ पाण्डव सम्प्रदाय। पाण्डवहरूको राज्य थिएन। कौरवहरूको राज्य थियो। यहाँ त
अहिले रजाइँ पनि खतम भएको छ। अहिले भारतखण्डको कति नराम्रो हाल भएको छ। तिमी पूज्य
विश्वको मालिक थियौ अब पुजारी बनेका छौ। त्यसैले विश्वको मालिक कोही पनि छैन।
विश्वको मालिक केवल देवी-देवता नै बन्छन्। यी मानिसहरूले भन्छन्विश्वमा शान्ति होस्।
तिमीले सोध– विश्वमा शान्ति केलाई भन्छौ? विश्वमा शान्ति कहिले भएको थियो? संसारको
इतिहास-भूगोल दोहोरिइरहन्छ। चक्र घुमिरहन्छ। बताउनुहोस्– विश्वमा शान्ति कहिले भएको
थियो? तपाई कुनचाहिँ शान्ति चाहनुहुन्छ? कसैले बताउन सक्दैन। बाबा सम्झाउनु हुन्छ–
विश्वमा शान्ति त स्वर्गमा थियो, जसलाई प्याराडाइज (वैकुण्ठ) भनिन्छ।
क्रिस्चियनहरूले भन्छन्– अवश्य क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला प्याराडाइज थियो।
उनीहरूको बुद्धि न पारसबुद्धि बन्छ, न फेरि पत्थरबुद्धि बन्छ। भारतखण्ड निवासी नै
पारसबुद्धि र पत्थरबुद्धि बन्छन्। नयाँ दुनियाँलाई स्वर्ग भनिन्छ, पुरानोलाई त
स्वर्ग भनिदैन। बच्चाहरूलाई बाबाले नर्क र स्वर्गको रहस्य सम्झाउनु भएको छ। यो हो
रिटेल। होलसेलमा त केवल एक शब्द भन्नुहुन्छ– मामेकम् याद गर। बाबासँग नै बेहदको
वर्सा मिल्छ। यो पनि पुरानो कुरा हो, पाँच हजार वर्ष पहिला यहाँ स्वर्ग थियो। बाबाले
बच्चाहरूलाई सच्चा-सच्चा कहानी बताउनु हुन्छ। सत्य नारायणको कथा, तीजरीको कथा,
अमरकथा प्रख्यात छ। तिमीलाई पनि ज्ञानको तेस्रो नेत्र मिल्छ। त्यसलाई तीजरीको कथा
भनिन्छ। त्यो त भक्तिको पुस्तक बनाइदिएका छन्। अब तिमी बच्चाहरूलाई सबै कुरा
राम्रोसँग सम्झाइन्छ। रिटेल र होलसेल हुन्छ नि! यति ज्ञान सुनाउनु हुन्छ जुन
सागरलाई मसी बनायौ भने पनि अन्त्य हुँदैन– यो भयो रिटेल। होलसेलमा केवल भन्नुहुन्छ
मनमनाभव। शब्द नै एक छ, त्यसको अर्थ पनि तिमीले बुझेका छौ, अरू कसैले बताउन सक्दैन।
बाबाले कुनै संस्कृतमा ज्ञान दिनु भएको होइन। त्यो त जस्तो राजा हुन्छन् उनीहरूले
आफ्नो भाषा चलाउँछन्। भाषा त एक हिन्दी नै हुन्छ। फेरि संस्कृत किन सिक्नु पर्यो।
कति पैसा खर्च गर्छन्।
तिम्रो पासमा जो आए पनि उनलाई भन बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने
शान्तिधाम-सुखधामको वर्सा मिल्छ। यो बुझ्नु छ भने बसेर बुझ्नुहोस्। बाँकी हामीसँग
अरू कुनै कुरा छैन। बाबा अल्फले नै सम्झाउनु हुन्छ। अल्फबाट नै वर्सा मिल्छ।
बाबालाई याद गर्यौ भने पाप नाश हुन्छ फेरि पवित्र बनेर शान्तिधाममा जान्छौ। भन्छन्
पनि शान्ति देवा। बाबा नै शान्तिको सागर हुनुहुन्छ त्यसैले उहाँलाई नै याद गर्छन्।
बाबाले जुन स्वर्ग स्थापना गर्नुहुन्छ त्यो त यहाँ नै हुन्छ। सूक्ष्मवतनमा केही पनि
छैन। यो त साक्षात्कारको कुरा हो। यस्तो फरिस्ता बन्नु छ। बन्नु यहाँ नै छ। फरिस्ता
बनेर फेरि घर जान्छौ। राजधानीको वर्सा बाबाबाट मिल्छ। शान्ति र सुख दुवै वर्सा
मिल्छ। बाबा सिवाय अरू कसैलाई सागर भन्न सकिदैन। बाबा जो ज्ञानको सागर हुनुहुन्छ
उहाँले नै सबैको सद्गति गर्न सक्नुहुन्छ। बाबा सोध्नुहुन्छ– म तिम्रो पिता, टिचर,
गुरु हुँ, मैले तिम्रो सद्गति गर्छु, फेरि तिम्रो दुर्गति कसले गर्छ? रावणले। यो
दुर्गति र सद्गतिको खेल हो। कोही अलमलमा परेमा सोध्न सक्छ। भक्तिमार्गमा प्रश्न धेरै
उठ्छन्, ज्ञानमार्गमा प्रश्नको कुरै छैन। शास्त्रहरूमा त शिवबाबादेखि लिएर
देवताहरूको पनि कति ग्लानि गरिदिएका छन्, कसैलाई पनि छोडेका छैनन्। ड्रामा यस्तो पनि
बनेको छ, फेरि पनि ग्लानि गर्नेछन्। बाबा भन्नुहुन्छ– यो देवी-देवता धर्म धेरै सुख
दिनेवाला छ। फेरि यो दु:ख रहने छैन। बाबाले तिमीलाई कति समझदार बनाउनु हुन्छ। यी
लक्ष्मी-नारायण समझदार छन्, तब त विश्वको मालिक छन्। बेसमझ त विश्वको मालिक हुन
सक्दैनन्। पहिला त तिमी काँडा थियौ, अब फूल बनिरहेका छौ। त्यसैले बाबा पनि गुलाफको
फूल लिएर आउनु हुन्छ– यस्तो फूल बन्नु छ। स्वयं आएर फूलको बगैँचा बनाउनु हुन्छ। फेरि
रावण आउँछ काँडाको जङ्गल बनाउन। कति स्पष्ट छ। यो सबै स्मरण गर्नु छ। एकलाई याद
गर्नाले त्यसमा सबै आइहाल्छ। बाबाबाट वर्सा मिल्छ। यो धेरै ठुलो सम्पत्ति हो,
शान्तिको पनि वर्सा मिल्छ किनकि शान्तिको सागर उहाँ नै हुनुहुन्छ। लौकिक पिताको
यस्तो महिमा कहिल्यै गर्दैनन्। श्रीकृष्ण हुन् सबै भन्दा प्यारो। सबैभन्दा पहिलो
जन्म नै उनको हुन्छ त्यसैले सबै भन्दा धेरै प्रेम गर्छन्। बाबाले बच्चाहरूलाई नै
सारा घरको समाचार दिनुहुन्छ। बाबा पनि पक्का व्यापारी हुनुहुन्छ, मुस्किलले कसैले
यस्तो व्यापार गर्छ। होलसेल व्यापारी कोही मुस्किलले बन्छ। तिमी होलसेल व्यापारी हौ
नि! बाबालाई याद गरि नै रहन्छौ। कतिले रिटेलमा सौदा गरेर फेरि भुल्छन्। बाबा
भन्नुहुन्छ– निरन्तर याद गरिराख। वर्सा मिलेपछि फेरि याद गर्ने आवश्यकता हुँदैन।
लौकिक सम्बन्धमा पिता बुढो भएपछि कुनै कुनै बच्चाहरू पछाडिसम्म पनि सहयोगी बन्छन्।
कोही त सम्पत्ति मिल्यो कि उडाएर समाप्त गरिदिन्छन्। बाबा सबै कुराका अनुभवी छन्।
त्यसैले त बाबाले पनि यिनलाई आफ्नो रथ बनाउनु भएको छ। गरिबीको, सम्पन्नताको सबैमा
अनुभवी छन्। ड्रामा अनुसार यिनी एक मात्रै रथ हुन्। यो कहिल्यै परिवर्तन हुन सक्दैन।
ड्रामा बनेको छ, यसमा कुनै परिवर्तन हुन सक्दैन। सबै कुरा होलसेल र रिटेलमा सम्झाएर
फेरि अन्त्यमा भन्नुहुन्छ मनमनाभव, मध्याजी भव। मनमनाभवमा सबै आइहाल्छ। यो धेरै ठुलो
खजाना हो, यसबाट झोली भर्छन्। एक-एक अविनाशी ज्ञान रत्न लाखौं रुपियाँको छ। तिमी
पदमापदम भाग्यशाली बन्छौ। बाबा त सुख-दु:ख दुवै देखि अलग हुनुहुन्छ। साक्षी भएर
ड्रामा हेरिरहनु भएको छ। तिमीले पार्ट खेल्छौ। म पार्ट खेल्दा पनि साक्षी हुन्छु।
जन्ममरणमा आउँदिन। अरू त कोही यसबाट छुट्न सक्दैन, मोक्ष मिल्न सक्दैन। यो अनादि
बनीबनाऊ ड्रामा हो। यो पनि अद्भुत छ। यति सानो आत्मामा सारा पार्ट भरिएको छ। यो
अविनाशी कहिल्यै ड्रामा विनाश हुँदैन। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको दिलोज्यान, स्नेह र प्रेमले,
सेवाधारी बच्चाहरूलाई नम्बरवार पुरुषार्थ अनुसार याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी
बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जसरी बाबा बच्चाहरूमा समर्पित हुनुहुन्छ, त्यसैगरी तन-मन-धन सहित एक पटक बाबामा
समर्पित भएर २१ जन्मको वर्सा लिनु छ।
२) बाबाले जुन अविनाशी
अनमोल खजाना दिनुहुन्छ त्यसले आफ्नो झोली सदा भरपुर राख्नु छ। सदा यसै खुसी र नसामा
रहनु छ– हामी पदमापदम भाग्यशाली हौं।
वरदान:–
ब्राह्मण
जीवनको प्रोपर्टी र पर्सनालिटीको अनुभव गर्ने र गराउने विशेष आत्मा भव
बापदादा सबै ब्राह्मण
बच्चाहरूलाई स्मृति दिलाउनु हुन्छ ब्राह्मण बन्यौ– अहो भाग्य! तर ब्राह्मण जीवनको
वर्सा सम्पत्ति (प्रोपर्टी) सन्तुष्टता हो र ब्राह्मण जीवनको व्यक्तित्व (पर्सनालिटी)
प्रसन्नता हो। यस अनुभवबाट कहिल्यै वञ्चित रहनु हुँदैन। अधिकारी हौ। दाता, वरदाताले
खुला दिलले प्राप्तिको खजाना दिइरहनु भएको छ भने त्यसलाई अनुभवमा ल्याऊ र अरूलाई पनि
अनुभवी बनाऊ अनि भनिन्छ विशेष आत्मा।
स्लोगन:–
लास्ट समयलाई
सोच्नुको सट्टा लास्ट स्थितिलाई सोच।