24.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यस
महाभारत लडाइँमा पुरानो वृक्ष समाप्त हुनु छ त्यसैले लडाइँभन्दा पहिला बाबाबाट पूरा
पूरा वर्सा लेऊ।”
प्रश्न:–
गुप्त दानको
यति धेरै महत्त्व किन छ?
उत्तर:–
माताहरूको
यस्तो सङ्गठन हुनुपर्छ जसले देहीअभिमानी रहने पूरा पूरा पुरुषार्थ गर्छ, जसलाई पक्का
नसा हुनुपर्छ– हामी पावन बनेर पावन दुनियाँ बनाउनु छ। पतित बन्नुछैन। नष्टोमोहा
ग्रुप हुनुपर्छ अनि कसैले कमाल गरेर देखाउन सक्छ। कसैमा पनि मोहको अंश हुनुहुँदैन।
मोहको अंशले धेरै नोक्सान पारिदिन्छ।
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरूलाई थाहा छ– मीठा बाबा हामीलाई स्वर्गवासी बनाउन यहाँ आउनुभएको छ। यो कुरा
बच्चाहरूको बुद्धिमा छ। हरेकलाई यो कुरा सम्झाउनु छ– हामी आत्मा यस यादको यात्राबाट
पवित्र बन्छौँ। कति सहज उपाय छ, केवल बाबालाई याद गर्नु छ। तिमी बच्चाहरूलाई थाहा
छ, बाबाले एक सेकेन्डमा मुक्ति-जीवनमुक्तिको वर्सा दिनुहुन्छ। अहिले सबै जीवनबन्धमा
छन्, रावणराज्यको बन्धनमा छन्। यो कुरा बाबाले जान्नुहुन्छ र बच्चाहरूले जान्दछन्,
अरू कसैले जान्दैनन्। तिमी बच्चाहरूलाई निश्चय छ, बेहदका बाबालाई हामीले याद गरेकाछौँ
भने भित्र आत्मालाई धेरै खुसी हुनुपर्छ। जुन बाबालाई आधाकल्प याद गर्थ्यौँ– उहाँ
बाबा मिल्नुभयो। दुःखमा बाबाको सम्झना गरिरहन्छन्। तिमीले पनि बाबाको सम्झना गर्थ्यौ,
अहिले तिमी दुःखी भएर उहाँको सम्झना गर्दैनौ। जसलाई सारा दुनियाँले सम्झना गर्छ– उहाँ
बाबा आउनुभएको छ, यो कुरा तिमीलाई थाहा छ। बाबाले बारम्बार सम्झाउनुभएको छ– यहाँ
तिमी बस्दा यस्तो सम्झ– हामी आत्मा हौँ। बाबा परमधामबाट आउनुभएको छ। कल्प कल्प आफ्नो
वाचा अनुसार आउनुहुन्छ। बाबाको यो प्रतिज्ञा छ– तिमीले जुनबेला पुकार्छौ र आधाकल्प
जहिले पूरा हुन्छ अनि म आउनुपर्छ। कलियुगपछि सत्ययुग हुनु छ त्यसैले म आउनुपर्छ। यो
कुरा केवल तिमी बच्चाहरूलाई थाहा छ, यो सङ्गमयुग हो, यहाँ बाबा आउनुभएको छ। तिमी
बच्चाहरूले पनि सेवा गर्छौ, दिनप्रतिदिन परिचय दिँदै जान्छौ, बाबाको पहिचान सबैलाई
मिल्दैजान्छ। यहाँ बसेका छौ, तिमीहरूले जान्दछौ बेहदका बाबा शिवबाबा हामीलाई फेरि
बेहदको वर्सा दिन आउनुभएको छ। तिमीले बाबा बाबा भन्छौ नि! हामी शिवबाबाको पासमा आएका
छौँ। शिवबाबाले पनि भन्नुहुन्छ– म साधारण तनमा आएको छु, कल्प पहिलाजस्तै। यो कुरा
भुल्नुहुँदैन। मायाले यस्ता बाबाको याद बिर्साइदिन्छ, जसबाट पतितबाट पावन बन्नुपर्ने
हुन्छ। तिमीलाई थाहा छ, सबैको सद्गतिदाता एउटै सद्गुरु हुनुहुन्छ। सिखहरूले पनि
गाउँछन् सत श्री अकाल, पतितपावनलाई नै सद्गुरु भनिन्छ। पुकार्छन् पनि– हे पतितपावन!
आत्माले पुकार्छ। अहिले तिमीलाई थाहा छ हामी यहाँ आएका छौँ सामुन्ने बाबासँग मिल्न।
ठुला ठुला मानिसहरू एकअर्कासँग मिल्न जान्छन्, उनीहरूको कति महिमा हुन्छ। धुमधामले
स्वागतको लागि त खुसीका ब्यान्डबाजा आदि पनि बजाउँछन्। गुप्त भेषमा को यहाँ आउनुभएको
छ, यो कुरा तिमीले नै जानेका छौ। उहाँलाई भनिन्छ– दूरदेश निवासी मुसाफिर, यात्री।
तिमीलाई थाहा छ हामी
आत्माहरू परमधाममा निवासी हौँ। यहाँ मुसाफिर बनेर आएका छौँ पार्ट खेल्न। एक एक शब्द
जुन बाबाले सम्झाउनुहुन्छ, यो कुरा दुनियाँमा अरू कसैले जान्दैनन्। तिमीले बाबाबाट
यो ज्ञान सुनिरहेका छौ। त्यो ज्ञान राम्रोसँग धारण गर्नुपर्छ। बाबा सम्झाउनुहुन्छ
तिमी सबै मुसाफिर हौ, यस कर्मक्षेत्रमा। हामी शान्तिधाम निवासी हौँ फेरि यहाँ आवाजको
दुनियाँमा आउँछौँ। हामी शान्तिधामका मुसाफिर हौँ, ८४ जन्महरूको पार्ट यहीँ खेल्छौँ।
आखिर यो अन्त्यको समय हो। त्यसैले बाबा आउनुभएको छ– पुरानो सृष्टिलाई नयाँ बनाउन।
यो कुरा पनि तिमीलाई थाहा छ। चित्र पनि क्लियर छ, शिवबाबाले ब्रह्माद्वारा नयाँ
दुनियाँको स्थापना गर्नुहुन्छ। यस्तो त होइन श्रीकृष्णद्वारा स्थापना गर्नुहुन्छ,
विष्णुद्वारा स्थापना गर्नुहुन्छ। बाबा आउनु हुन्छ नै ब्रह्माद्वारा स्वर्ग रच्न।
बाबा आउनुभएको छ साधारण तनमा। यो हो नै पतित दुनियाँ, यहाँ एक जना पनि पावन छैन।
यतिबेला पहिलो नम्बरका लक्ष्मीनारायण पनि पतित बन्छन्। जो पावन थिए उनीहरू नै सारा
वंशसहित पतित बनेका छन्। तिमीलाई थाहा छ हामी जो देवता धर्मका थियौँ हामीहरू नै
अहिले शूद्र धर्मका बनेका छौँ। हुन त अमेरिका आदिमा ठुला ठुला धनवानहरू रहन्छन्। तर
सत्ययुगको सामुन्ने अमेरिका केही पनि होइन। यी सबै पछि बनेका हुन्। यो अल्पकालको
तडकभडक हो। विनाश त हुनु नै छ। तिमी बच्चाहरूलाई धेरै राम्रो नसा हुनुपर्छ। बाबा
जसले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ, उहाँलाई हामी बच्चाहरूले याद गर्दैनौँ,
कति आश्चर्य छ। मायाले याद गर्न दिँदैन। तिमी बच्चाहरूले अहिले यस्तो भन्छौ– बाबा
मायाले हामीलाई याद गर्न दिँदैन। अरे बाबा, जसले तिमीलाई २१ जन्मको लागि स्वर्गको
मालिक बनाउनुहुन्छ, उहाँलाई तिमीले याद गर्न सक्दैनौ? प्रजा पनि त स्वर्गका मालिक
बन्छन् नि! सबै सुखी हुन्छन्। अहिले त सबै दुःखी छन्। प्रधानमन्त्री, राष्ट्रपति
आदिलाई त रातदिन चिन्ता भइरहन्छ। लडाइँ आदिमा कति मरिरहन्छन्। तिमीलाई थाहा छ
महाभारत लडाइँ पनि प्रसिद्ध छ, तर त्यसमा के भएको थियो, यो कुरा कसैको बुद्धिमा छैन।
तिमीलाई बाबाले बुद्धिमा बसाउनुभएको छ। महाभारतको लडाइँमा सबै मरे! मनुष्य सृष्टि
कति ठुलो छ। आत्माहरूको पनि वृक्ष छ। वृक्ष पहिला नयाँ हुँदा धेरै सानो हुन्छ फेरि
वृद्धि हुँदै जान्छ। तिमीलाई थाहा छ पहिला देवता धर्म भएको बेलामा यो वृक्ष कति सानो
थियो। आदि सनातन देवता धर्म थियो। अहिले कति विविध धर्महरू छन्। यस महाभारत
लडाइँद्वारा यी सबैको विनाश हुनु छ। तर यो ज्ञान कसैमा छैन। भन्न त भन्छन् यो त्यही
लडाइँ हो तर यसबाट के हुनेछ, यो कसैलाई थाहा छैन। तिमी अहिले उज्यालोमा छौ। जान्दछौ
विनाश हुनु छ त्यसैले महाभारत लडाइँभन्दा पहिला आफ्नो वर्सा त लिइहालौँ। कुरा त धेरै
सहज छ। पवित्र बन र बाबालाई याद गर। धेरै बच्चीहरूमाथि अत्याचार हुन्छन्। तिमी
माताहरूको सङ्गठन हुनुपर्छ एकअर्कालाई बचाउनको लागि। तर देहीअभिमानी अवश्य
बन्नुपर्छ। हामी पावन त अवश्य बन्नु छ– यसमा पक्का नसा हुनुपर्छ। यस्तो नसामा
रहनेहरूले नै सम्झाउन सक्नेछन्। हामीले बाबालाई याद गर्नु छ, पवित्र बन्नु छ। हामी
स्वदर्शन चक्रधारी हौँ– यो नसा त रहनुपर्छ। हामीले रचयिता बाबा र रचनाको चक्रलाई
जान्दछौँ। अहिले हामीले बाबाबाट नयाँ दुनियाँ सत्ययुगको वर्सा लिनु छ। हामीले ८४
जन्म कसरी लिन्छौँ, यो कुरा सम्झाइराख। बाबा भन्नुहुन्छ मलाई याद गरेमा तिम्रा पाप
नष्ट हुन्छन्। पावन त अवश्य बन्नु छ। पावन अर्थात् पवित्र। काम महाशत्रु हो। हामीले
८४ जन्मको चक्र पूरा गरेकाछौँ, अब बाबाबाट वर्सा लिनु छ। बाबा भन्नुहुन्छ मलाई याद
गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। यहाँ त आउँछौ नै रिफ्रेस हुन। म तिम्रो बाबालाई
याद गर– २१ जन्मको वर्सा लिनु छ। कसैमा पनि मोहको रग हुनुहुँदैन। नष्टोमोहा बन्नु
छ। यस शरीरमा पनि मोह हुनुहुँदैन। यो त पुरानो छाला हो। तर यसको सम्हाल भने
गर्नुपर्ने हुन्छ, जसले गर्दा पढाइ पढ्न सकियोस्। तकलिफ भयो भने टालो हाल्नुपर्छ।
तिमीलाई थाहा छ यो पुरानो सडेको शरीर हो, यसलाई केही न केही भइरहन्छ। दुःख आत्मालाई
हुन्छ। जान्दछौ अब त यो शरीर छोड्नु छ। योगबलले यसलाई थमाउनु छ। बाबालाई याद गरिरहनु
छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ, बस्। अरू कुनै पनि लौकिक सम्बन्ध याद
आउनुहुँदैन। म देह होइन आत्मा हुँ। बाबा भन्नुहुन्छ म तिमी आत्माहरूलाई वर्सा दिन
आएको छु। आत्मा पवित्र हुन्छ अनि फेरि शरीर पनि राम्रो मिल्छ।
तिमीलाई थाहा छ अब
हाम्रो आत्मा पावन बन्नु छ। हामी पावन थियौँ त्यतिबेला यी लक्ष्मीनारायणजस्तै थियौँ।
यी लक्ष्मीनारायणले ८४ जन्म लिएका छन्। सारा सूर्यवंशी घरानाकाले ८४ जन्म लिएका छन्।
चन्द्रवंशीको लागि ८४ जन्म भनिँदैन। हो जो सुरुमा दासदासी बन्छन् उनीहरूले फेरि
त्रेतामा केही पद पाउँछन्, उनीहरूका ८४ जन्म हुन्छन् भनिन्छ। राजारानी, प्रजा जति
पनि दासदासीहरू आदि सूर्यवंशीमा आउँछन् तिनीहरूले नै ८४ जन्म लिन्छन्। यस प्रकारले
आफैसँग कुरा गर्नु छ। हामीले कसरी ८४ जन्म लिन्छौँ। विचार सागर मन्थन गर्नुपर्छ। जति
सकिन्छ बाबालाई र वर्सालाई याद गरिराख। हिँड्दाडुल्दा सम्झ– हामी बाबाका बच्चा हौँ।
कोही भेट भए भने पनि उनलाई बाबाको परिचय दिनु छ। यी चित्रहरूमा सारा ज्ञान छ। सबै
बताउनु छ। बाबा आउनुभएको छ ब्रह्मा तनमा। हामी सबै ब्रह्माकुमार-कुमारी हौँ नि! हामी
बी. के. लाई स्वर्गको मालिक बनाउन बाबा आउनुभएको छ। सबै आत्माहरूका पिता एक
हुनुहुन्छ। हामी ब्रह्माकुमार-कुमारी हौँ। आआफ्नो कार्ड पनि देखाउन सक्छौ। कतै अफिस
आदिमा पनि कार्ड देऊ, तर बुझ्न सक्दैनन् कि बी. के. को हुन्! अनेक प्रकारका विघ्न
आउँछन्। सरकारलाई पनि सम्झाइन्छ– यो हाम्रो परिवार हो। हाम्रा दादा र बाबा
हुनुहुन्छ। दादाद्वारा हामीले वर्सा लिइरहेका छौँ। यो याद राखेमा खुसी हुनुपर्छ,
सम्पत्ति त दादाको हो। नातिहरूको हक हुन्छ, बाँडेर पूरा अंश लिन्छन्।
तिमीलाई पनि थाहा छ–
शिवबाबाबाट ब्रह्माद्वारा हामीले वर्सा लिन्छौँ। यो कुरा याद राख्नुपर्छ। पढ्नु छ र
फेरि पढाउनु छ। बच्चाहरूको पालना गर्नु पिताको कर्तव्य हो। कुमार-कुमारीहरू बालिग
नबन्दासम्म पिताले तिनीहरूको सम्हाल गर्नुपर्छ। बच्चाहरूको काम हो पढ्नु। पढ्छन्
आफ्नो खुट्टामा उभिनको लागि। तिमीलाई थाहा छ– बाबाले हामीलाई पढाइरहनुभएको छ २१
जन्मको लागि। फेरि हामी आफ्नो खुट्टामा उभिन्छौँ। जति पढ्छौ त्यति उच्च पद पाउँछौ।
तिमीले स्वयं भन्छौ हामी यहाँ आउँछौँ श्री लक्ष्मी वा श्री नारायण बन्न। यो सत्य
नारायणको कथा हो नि! कसैलाई थाहा छैन यी लक्ष्मीनारायणले कसरी ८४ जन्म लिन्छन्।
राधाका भक्त रहेछन् भने भन्छन् राधा जहाँतहीँ छिन्, जता हेर्यो राधा नै राधा छिन्,
श्रीकृष्ण नै श्रीकृष्ण छन्, शिव नै शिव हुनुहुन्छ। यहाँ सबै कुरा मिसाएर गडबड
गरिदिएका छन्। ईश्वर, राधा, श्रीकृष्ण सबै सर्वव्यापी छन्। यी सबै ईश्वरका रूप हुन्।
भगवानले यी रूप धारण गर्नुभएको छ। जता हेर्यो उतै हजुर नै हजुर हुनुहुन्छ... एकदम
बेसमझ बनेका छन्। यो हो विकारी पतित दुनियाँ। सत्ययुग हो निर्विकारी पावन दुनियाँ।
निर्विकारी दुनियाँ (भाइसलेस वर्ल्ड) को अर्थ नै हो स्वर्ग। भन्छन् त्यहाँ बच्चाहरू
त हुन्छन् नि! उनीहरू कसरी पैदा हुन्छन्। बस्, प्रश्न नै यो सोध्छन्। भन्छन्
बच्चाहरू पैदा भएनन् भने सृष्टि कसरी बढ्छ! हरेक वर्ष जनसङ्ख्याको हिसाब निकाल्छन्
कति बढी मनुष्य भए। यो बताउँदैनन् यति मरे। त्यसैले तिमी बच्चाहरूले पहिला त आफ्नो
कल्याण गर्नु छ। म आत्मा हुँ– पहिला त यो निश्चय गर। बाबालाई याद गर्नु छ। अन्तकाल
जो नारायण सिमरे... तर नारायण सिमरे यी झुटा शब्द लेखेका छन्। अन्तकाल जो शिवबाबा
सिमरे... यही चिन्तामा जो मर्छ ऊ स्वर्गको नारायण बन्छ। अन्तकाल नारायण सिमरे किन
भन्छन्? उनीहरूले सम्झन्छन् श्रीकृष्णले ज्ञान दिएका थिए त्यसैले श्रीकृष्णलाई
सम्झना गर्ने भन्छन् नि। श्रीकृष्णलाई याद गर्छन्। नारायणको विषयमा कसैलाई थाहा छैन।
श्रीकृष्णको जयन्ती मनाउँछन्, तर राधाको जयन्ती कहाँ मनाउँछन्? श्रीकृष्णको जन्म
मनाउँछन्, नारायणको कहाँ जयन्ति कहाँ मनाउँछन्? विश्वका राजारानी (वर्ल्डका किङ
क्विन) लक्ष्मीनारायणको विषयमा कसैलाई थाहा नै छैन। प्रजापिता ब्रह्माका मुखवंशावली
होलान् नि! तिनीहरू कहाँ गए! भन्छन् ब्राह्मण देवीदेवताय नमः। ब्रह्माका मुखवंशावली
थिए नि! तिमी बच्चाहरूले बुझेका छौ ब्रह्माद्वारा शिवबाबाले ब्राह्मण धर्म स्थापना
गर्नुहुन्छ। ब्राह्मण धर्म ब्रह्माले रचेका होइनन्, शिवबाबाले रच्नुभएको हो। यिनी त
अहिले ब्रह्मा बनेका हुन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस पुरानो शरीरमा बसेर पढाइ पढेर २१ जन्मको लागि कमाइ गर्नु छ त्यसैले यसको
सम्हाल गर्नु छ। बाँकी यसमा मोहको नसा राख्नुछैन।
२) यस्तो अभ्यास गर्नु
छ जसले गर्दा अन्त्यकालमा एक शिवबाबाको मात्रै याद आओस्। अरू कुनै पनि चिन्तनमा
जानुछैन, आफ्नो कल्याण गर्नु छ।
वरदान:–
मास्टर
नलेजफुल बनेर अनभिज्ञतालाई समाप्त गर्ने ज्ञानस्वरूप , योगयुक्त भव
मास्टर नलेजफुल
बन्नेहरूमा कुनै पनि प्रकारको अनभिज्ञता हुँदैन, उनीहरूले यस्तो भनेर आफूलाई छुटाउन
सक्दैनन्, यस कुराको हामीलाई थाहा नै थिएन। ज्ञानस्वरूप बच्चाहरूमा कुनै पनि कुराको
अज्ञान हुन सक्दैन र जो योगयुक्त छन् उनीहरूलाई अनुभव हुन्छ मानौँ उनीहरूले
पहिलादेखि नै सबैथोक जान्दछन्। उनीहरूले यो जान्दछन्, मायाको छमछम, रिमझिम कम छैन,
माया पनि धेरै रौनकदार छ, त्यसैले त्यसबाट बचेर रहनु छ, जसले सबै रूपहरूबाट मायाको
ज्ञानलाई बुझेका छन् उनीहरूको लागि हार खान असम्भव छ।
स्लोगन:–
जो सदा
प्रसन्नचित्त छन् उनीहरू कहिल्यै प्रश्नचित्त हुन सक्दैनन्।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर
योगमा सदा लाइट हाउस
र माइट हाउस स्थितिको अनुभव गर। ज्ञान हो लाइट र योग हो माइट। ज्ञान र योग– दुवै
शक्तिहरू लाइट र माइट सम्पन्न हुन्, यसलाई भनिन्छ मास्टर सर्वशक्तिमान। यस्ता
शक्तिशाली आत्माहरूले कुनै पनि परिस्थितिलाई सेकेन्डमा पार गर्छन्। टाइम लाग्दैन।