24.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा आ
उनुभ एक ो छ तिमीहरूको ब्याट्री चार्ज गर्न , जति तिमी यादमा रहन्छौ त्यति ब्याट्री
चार्ज हुँदै जा न्छ।”
प्रश्न:–
तिमीहरूको
सत्यको डुङ्गालाई आँधीबेहरी किन लाग्छ?
उत्तर:–
किनकि यस समयमा
आर्टिफिसियल (बनावटी) धेरै निस्किएका छन्। कसैले आफूलाई भगवान भन्छन्, कसैले
रिद्धि-सिद्धि देखाउँछन्, त्यसैले मनुष्यले सत्यलाई परख गर्न सक्दैनन्। सत्यको
डुङ्गालाई हल्लाउने कोसिस गर्छन्। तर तिमीलाई थाहा छ– हाम्रो सत्यको डुङ्गा कहिल्यै
डुब्न सक्दैन। आज जसले विघ्न पार्छन्, उनीहरूले भोलि बुझ्छन्– सदगतिको मार्ग यहीँ
मिल्छ। सबैको लागि यो एउटै पसल हो।
ओम् शान्ति ।
रुहानी
बच्चाहरूप्रति वा रुहहरूप्रति किनकि रुह वा आत्माले कानद्वारा सुन्छ। धारणा आत्मामा
हुन्छ। बाबाको आत्मामा पनि ज्ञान भरिएको छ। बच्चाहरू आत्म अभिमानी बन्नुछ यस जन्ममा।
द्वापर युगदेखि भक्तिमार्गका ६३ जन्म तिमी देह अभिमानमा रहन्छौ। आत्मा के हो, यो
थाहा हुँदैन। आत्मा अवश्य छ। आत्माले नै शरीरमा प्रवेश गर्छ। दु:ख पनि आत्मालाई नै
हुन्छ। भनिन्छ पनि– पतित आत्मा, पावन आत्मा। पतित परमात्मा शब्द कहिल्यै सुनिएको
छैन। सबैभित्र परमात्मा हुनुहुन्थ्यो भने पतित परमात्मा भनिन्थ्यो। त्यसैले मुख्य
कुरा हो– आत्म अभिमानी बन्नु। आत्मा कति सानो छ, त्यसमा कसरी पार्ट भरिएको छ, यो
कसैलाई पनि थाहा छैन। तिमीले त नयाँ कुरा सुन्छौ। यो यादको यात्रा पनि बाबाले नै
सिकाउनुहुन्छ, अरू कसैले सिकाउन सक्दैन। मेहनत पनि छ यसैमा। घरी घरी आफूलाई आत्मा
सम्झनुछ। जस्तै हेर यो इमर्जेन्सी लाइट आएको छ, जुन ब्याट्रीबाट चल्छ। यसलाई फेरि
चार्ज गर्छन्। बाबा सबैभन्दा ठुलो पावर हुनुहुन्छ। आत्माहरू कति धेरै छन्। सबैलाई
त्यो पावरले भर्नुछ। बाबा सर्वशक्तिमान् हुनुहुन्छ। हामी आत्माहरूको उहाँसँग योग
भएन भने ब्याट्री कसरी चार्ज हुन्छ? सारा कल्प लाग्छ डिस्चार्ज हुनमा। अहिले फेरि
ब्याट्रीलाई चार्ज गर्नुछ। बच्चाहरूले जान्दछन्– हाम्रो ब्याट्री डिस्चार्ज भएको छ,
अब फेरि चार्ज गर्नुछ। कसरी? बाबा भन्नुहुन्छ– मसँग योग लगाऊ। यो त धेरै सहजै बुझ्ने
कुरा हो। बाबा भन्नुहुन्छ– मसँग बुद्धियोग लगायौ भने तिमीहरूको आत्मामा पावर भरिएर
सतोप्रधान बन्छ। पढाइ त कमाइ नै हो। यादबाट तिमी पावन बन्छौ। आयु लामो हुन्छ।
ब्याट्री चार्ज हुन्छ। हरेकले हेर्नुछ– बाबालाई कति याद गर्छु। बाबालाई बिर्सिनाले
नै ब्याट्री डिस्चार्ज हुन्छ, कसैको पनि सच्चा कनेक्सन (सम्बन्ध) छैन। सच्चा
कनेक्सन तिमी बच्चाहरूको नै छ। बाबालाई याद नगरी ज्योति कसरी बल्छ? ज्ञान पनि केवल
एक बाबाले नै दिनुहुन्छ। तिमीलाई थाहा छ– ज्ञान हो दिन, भक्ति हो रात । फेरि रातबाट
वैराग्य हुन्छ, फेरि दिन सुरु हुन्छ। बाबा भन्नुहुन्छ– रातलाई बिर्स, अब दिनलाई याद
गर। स्वर्ग दिन हो, नर्क रात हो। तिमी बच्चाहरू अब चैतन्यमा छौ, यो शरीर त विनाशी
छ। यो शरीर माटोको बन्छ, माटोमा मिल्छ। आत्मा त अविनाशी छ नि। बाँकी ब्याट्री
डिस्चार्ज हुन्छ। अहिले तिमी कति समझदार बन्छौ। तिमीहरूको बुद्धि घरमा जान्छ।
त्यहाँबाट हामी आएका हौँ। यहाँ सूक्ष्मवतनको विषयमा त थाहा भयो। त्यहाँ विष्णुका ४
भुजाहरू देखाउँछन्। यहाँ त ४ भुजा हुँदैन। यो कसैको पनि बुद्धिमा हुँदैन–
ब्रह्मा-सरस्वती फेरि लक्ष्मी-नारायण बन्छन्, त्यसैले विष्णुका ४ भुजा देखाइदिएका
छन्। यो कुरा बाबा सिवाय अरू कसैले सम्झाउन सक्दैन। आत्मामा नै संस्कार भरिन्छ।
आत्मा नै तमोप्रधानबाट फेरि सतोप्रधान बन्छ। आत्माहरूले नै बाबालाई पुकार्छन्– ओ
बाबा हामी डिस्चार्ज भयौँ, अब हजुर आउनुहोस्! हामीलाई चार्ज हुनुछ। अब बाबा
भन्नुहुन्छ– जति याद गर्छौ त्यति तागत आउँछ। बाबासँग धेरै लभ (प्रेम) हुनुपर्छ। बाबा
हामी हजुरका हौँ, हजुरसँगै घर जानेवाला हौँ। जस्तै माइतीघरबाट ससुरालीले लैजान्छन्
नि। यहाँ तिमीलाई दुई बाबा मिल्नुभएको छ, श्रृङ्गार गराउने। श्रृङ्गार पनि राम्रो
चाहिन्छ अर्थात् सर्वगुण सम्पन्न बन्नुछ। आफैसँग सोध्नुछ, ममा कुनै अवगुण त छैन।
हुन त मनसामा आँधीबेहरी आउँछ, कर्मणाबाट त केही गर्दिनँ? कसैलाई दु:ख त दिन्नँ? बाबा
दु:खहर्ता, सुखकर्ता हुनुहुन्छ। हामीले पनि सबैलाई सुखको मार्ग बताउँछौँ। बाबाले
धेरै युक्तिहरू बताइरहनुहुन्छ। तिमी त सेना हौ। तिमीहरूको नाम नै छ प्रजापिता
ब्रह्माकुमार-कुमारीहरू, कोही पनि भित्र आए भने सबैभन्दा पहिला त यो सोध– तपाई
कहाँबाट आउनु भएको हो? कहाँ आउनुभएको छ? भन्छन्– हामी बी.के. कहाँ आएका हौँ। अच्छा
ब्रह्मा को हुनुहुन्छ? प्रजापिता ब्रह्माको नाम कहिल्यै सुन्नुभएको छ? हो
प्रजापिताका त तपाई पनि बच्चा हुनुहुन्छ। प्रजा त सबै हुनुभयो नि। बाबा तपाईहरूका
पिता हुनुहुन्छ, तपाईले केवल उहाँलाई चिन्नुहुन्न। ब्रह्मा पनि अवश्य कसैका बच्चा
होलान् नि। उनका पिताको कुनै शरीर त देखिँदैन। ब्रह्मा-विष्णु-शङ्कर यी तीनैभन्दा
माथि शिवबाबा हुनुहुन्छ। त्रिमूर्ति शिव भनिन्छ, तीनैका रचयिता। माथि एक शिवबाबा,
फेरि छन् यी तीन। जस्तै सिजरा (वंशावली) हुन्छ नि। ब्रह्माका पिता अवश्य भगवान नै
हुनुहुन्छ। उहाँ आत्माहरूका पिता हुनुहुन्छ। अच्छा, फेरि ब्रह्मा कहाँबाट आए। बाबा
भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर, यिनको नाम राख्छु ब्रह्मा। तिमी बच्चाहरूको नाम
राखेँ, भने यिनको पनि नाम राखेँ ब्रह्मा। भन्नुहुन्छ– यो मेरो दिव्य अलौकिक जन्म
हो। तिमी बच्चाहरूलाई त एडप्ट गर्छु। तर यिनमा प्रवेश गर्छु र फेरि तिमीलाई ज्ञान
सुनाउँछु त्यसैले यिनी भए बापदादा। जसमा प्रवेश गरेँ उनको आत्मा त छ नि। उनको छेउमा
आएर बस्छु। दुई आत्माहरूको पार्ट त यहाँ धेरै चल्छ। आत्मालाई बोलाए भने आत्मा कहाँ
आएर बस्छ। अवश्य ब्राह्मणको छेउमा आएर बस्छ। यहाँ पनि दुई आत्माहरू छन्– बाबा र दादा।
यिनको लागि बाबा भन्नुहुन्छ– यिनले आफ्ना जन्महरूलाई जान्दैनौ। तिमीलाई पनि
भन्नुहुन्छ– तिमीले आफ्ना जन्महरूलाई जान्दैनथ्यौ। अब स्मृति आएको छ– कल्प कल्प ८४
को चक्कर लगायौ, फेरि फर्केर जान्छौ। यो सङ्गमयुग हो। अब ट्रान्सफर (स्थानान्तरण)
हुन्छौ। योगबाट तिमी सतोप्रधान बन्छौ, ब्याट्री चार्ज हुन्छ। फेरि सत्ययुगमा आउँछौ।
बुद्धिमा सारा चक्र घुमिरहन्छ। विस्तारमा त जान सकिँदैन। वृक्षको पनि आयु हुन्छ,
फेरि सुक्छ। यहाँ पनि सबै मनुष्य सुकेजस्तै छन्। सबैले एकअर्कालाई दु:ख दिइरहन्छन्।
अब सबैको शरीर खतम हुन्छ। बाँकी आत्माहरू जान्छन्। यो ज्ञान बाबा विना अरू कसैले
दिन सक्दैन। बाबाले नै विश्वको बादसाही दिनुहुन्छ, उहाँलाई कति याद गर्नुपर्छ। यादमा
नरहेमा मायाको थप्पड लाग्छ। सबैभन्दा कडा थप्पड हो विकारको। युद्धको मैदानमा तिमी
ब्राह्मण नै छौ नि, त्यसैले तिमीलाई नै आँधीबेहरी आउँछ। तर कुनै विकर्म गर्नुछैन।
विकर्म गऱ्यौ भने हार खायौ। बाबासँग सोध्छन्– यो गर्नुपर्छ। बच्चाहरूले हैरान पारे
भने रिस उठ्छ। बच्चाहरूलाई राम्रोसँग सम्हालेनौ भने रिसाउँछन्। कोसिस गरेर थप्पड
नलगाऊ। श्रीकृष्णको लागि पनि देखाउँछन् नि– ओखलमा बाँधे। डोरीले बाँधे, खाना दिएनन्।
रुँदारुँदै आखिर भन्छन्– अच्छा अब गर्दिनँ। बच्चा हो फेरि पनि गर्छ, शिक्षा दिनुछ।
बाबाले पनि बच्चाहरूलाई शिक्षा दिनुहुन्छ– प्यारा बच्चाहरू! कहिल्यै विकारमा नजाऊ,
कुल कलङ्कित नबन। लौकिकमा पनि कुनै बच्चा कपुत रहेछ भने आमा-बुवाले भन्छन् नि– यो
के कालो मुख पार्छौ। कुललाई कलङ्क लगाउँछौ। हारजित, जितहार, हुँदाहुँदै आखिरमा जित
हुन्छ। सत्यको डुङ्गा हो, आँधीबेहरी धेरै आउँछन् किनकि बनावटी धेरै निस्किएका छन्।
कसैले आफूलाई भगवान भन्छन्, कसैले के भन्छन्। रिद्धि-सिद्धि पनि धेरै देखाउँछन्।
साक्षात्कार पनि गराउँछन्। बाबा आउनुहुन्छ नै सबैको सदगति गर्न। फेरि न त यो जङ्गल
हुन्छ, न जङ्गलमा बस्नेहरू हुन्छन्। अहिले तिमी सङ्गमयुगमा छौ, तिमीलाई थाहा छ– यो
पुरानो दुनियाँ कब्रिस्तान भइसकेको छ। कसैले मर्नेवालासँग कहाँ दिल लगाउँछन् र, यो
दुनियाँ त जसरी पनि गइहाल्छ। विनाश जसरी पनि भइहाल्छ। बाबा आउनुहुन्छ नै नयाँ दुनियाँ
पुरानो भएपछि मात्र। बाबालाई राम्रोसँग याद गऱ्यौ भने ब्याट्री चार्ज हुन्छ। हुन त
वाणी त धेरै राम्रा राम्रा चलाउँछन्। तर यादको जौहर भएन भने त्यो तागत हुँदैन।
तरबार जौहरदार हुँदैन। बाबा भन्नुहुन्छ– यो कुनै नयाँ कुरा होइन। ५ हजार वर्ष पहिला
पनि आउनु भएको थियो। बाबा सोध्नुहुन्छ– अगाडि कहिल्यै मिलेका थियौ? त्यसपछि भन्छन्–
कल्प पहिला मिलेका थियौँ। कसैले फेरि भनिदिन्छन्– ड्रामाले आफै पुरुषार्थ गराउँछ।
अच्छा अब ड्रामाले पुरुषार्थ गराइरहेको छ नि, त्यसैले गर। एकै ठाउँमा बसेर त
जानुछैन। जसले कल्प पहिला पुरुषार्थ गरेका छन्, उनीहरूले गर्छन्। अहिलेसम्म जो आएका
छैनन्, उनीहरू आउनुछ। जो ज्ञानमा चल्दा-चल्दै भागे, विवाह आदि गएर गरे, उनीहरूको पनि
ड्रामामा पार्ट रहेछ भने आएर फेरि पुरुषार्थ गर्छन्, कहाँ जान्छन्। बाबाको पासमा नै
सबै आउनुपर्छ। लेखिएको छ– भीष्मपितामह आदि पनि अन्त्यमा आउँछन्। अहिले त कति घमण्ड
छ फेरि उनीहरूको त्यो घमण्ड पूरा हुन्छ। तिमीले पनि हर ५ हजार वर्षपछि पार्ट खेल्छौ,
राज्य भाग्य लिन्छौ, गुमाउँछौ। दिनप्रतिदिन सेन्टरहरू बढ्दै जान्छन्। भारतवर्ष
निवासी जो खास देवी-देवताका पुजारी छन् उनीहरूलाई सम्झाउनुछ, सत्ययुगमा देवी-देवता
धर्म थियो त्यसैले उनीहरूको पूजा गर्छन्। क्रिस्चियनहरूले क्राइस्टको महिमा गर्छन्,
हामीले आदि सनातन देवी-देवता धर्मको महिमा गर्छौँ। त्यो कसले स्थापना गर्नुभयो।
उनीहरूले सम्झन्छन्– श्रीकृष्णले स्थापना गर्नुभयो त्यसैले त उहाँको पूजा गरिरहन्छन्।
तिमीहरूमा पनि नम्बरवार छौ। कसैले कति मेहनत गर्छन्, कसैले कति। देखाउँछन् नि–
गोवर्धन पर्वतलाई औँलामा उठाइदिए।
अहिले यो पुरानो
दुनियाँ हो, सबै चीजबाट तागत निस्किएको छ। सुन पनि खानीबाट निस्कँदैन, स्वर्गमा त
सुनको महल बन्छ, अहिले त गभर्मेन्ट हैरान हुन्छ किनकि ऋण दिनुपर्छ। त्यहाँ त अथाह
धन हुन्छ। पर्खालमा पनि हीरा-जुहारत जडिएका हुन्छन्। हीरा जडानको सौख हुन्छ। त्यहाँ
धनको कमी हुँदैन। कारुनको खजाना हुन्छ। अल्लाह अवलदीनको एक खेल देखाउँछन्। ताली
बजाउनासाथ महल निस्कन्छ। यहाँ पनि दिव्यदृष्टि मिल्नाले स्वर्गमा जान्छन्। त्यहाँ
प्रिन्स-प्रिन्सेस (राजकुमार-राजकुमारी) को पासमा मुरली आदि सबै चीज हीराका हुन्छन्।
यहाँ त कोही त्यस्तो चीज लगाएर बस्यो भने लुटेर लैजान्छन्। छुरा हानेर पनि लैजान्छन्।
त्यहाँ यी कुरा हुँदैनन्। यो दुनियाँ नै धेरै पुरानो फोहोरी छ। यी लक्ष्मी-नारायणको
दुनियाँ त वाह-वाह थियो। हीरा-जुहारतका महल थिए। एक्लै त हुँदैनन् नि। त्यसलाई
भनिन्थ्यो स्वर्ग, तिमीलाई थाहा छ– अवश्य हामी स्वर्गका मालिक थियौँ। हामीले यो
सोमनाथको मन्दिर बनाएका थियौँ। यो जान्दछन्– हामी के थियौँ फेरि भक्तिमार्गमा कसरी
मन्दिर बनाएर पूजा गऱ्यौँ। आत्मालाई आफ्नो ८४ जन्मको ज्ञान छ। कति हीरा-जुहारत थिए,
ती सबै कहाँ गए। बिस्तारै-बिस्तारै सबै खतम हुँदै गए। मुसलमान आए, यति धेरै लुटेर
लगे जुन चिहानमा गएर हीरा लगाए, ताज महल आदि बनाए। फेरि ब्रिटिस गभर्मेन्टले
त्यहाँबाट खनेर लग्यो। अहिले त केही पनि छैन। भारतवर्ष बेगर (गरिब) छ, ऋण नै
लिइरहन्छन्। अन्न, चिनी आदि केही मिल्दैन। अब विश्वलाई परिवर्तन गर्नुछ। तर
त्यसभन्दा पहिला आत्माको ब्याट्रीलाई सतोप्रधान बनाउनको लागि चार्ज गर्नुछ। बाबालाई
याद अवश्य गर्नुछ। बुद्धिको योग बाबासँग होस्, उहाँबाट नै त वर्सा मिल्छ। मायाको
लडाइँ यसैमा नै हुन्छ। पहिला यी कुरा तिमीले कहाँ बुझ्दथ्यौ र। जस्ता अरू त्यस्तै
तिमी थियौ। तिमी अहिले सङ्गमयुगी हौ र ती सबै कलियुगी हुन्। मनुष्यले भन्छन्–
यिनीहरूलाई त जे आउँछ त्यही भनिरहन्छन्। तर सम्झाउने युक्तिहरू पनि हुन्छन् नि।
बिस्तारै बिस्तारै तिमीहरूको वृद्धि हुँदै जान्छ। अहिले बाबाले ठुलो युनिभर्सिटी (विश्व
विद्यालय) खोलिरहनुभएको छ। यसमा सम्झाउनको लागि चित्र त चाहिन्छ नि। पछि गएर
तिमीहरूसँग यी सबै चित्र ट्रान्सलाइट (पारदर्शी) का बन्छन् जसबाट फेरि तिमीलाई
सम्झाउनमा पनि सहज हुन्छ।
तिमीलाई थाहा छ–
हामीले आफ्नो बादसाही फेरि स्थापना गरिरहेका छौँ, बाबाको याद र ज्ञानबाट। मायाले
बीचमा धेरै धोका दिन्छ। बाबा भन्नुहुन्छ– धोकाबाट बचिराख। युक्तिहरू त
बताइरहनुहुन्छ। मुखबाट केवल यत्ति भन– बाबालाई याद गरेमा तिमीहरूको विकर्म विनाश
हुन्छ र तिमी यी लक्ष्मी-नारायण बन्छौ। यी ब्याज आदि भगवानले स्वयं बनाउनुभएको हो,
त्यसैले यिनको कति कदर हुनुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सर्व गुणहरूले आफ्नो श्रृङ्गार गर्नुछ, कहिल्यै कसैलाई दु:ख दिनुछैन। सबैलाई
सुखको मार्ग बताउनुछ।
२) सारा दुनियाँ
कब्रिस्तान भइसकेको छ त्यसैले यसमा दिल लगाउनुछैन। स्मृति रहोस्– अहिले हामी
ट्रान्सफर भइरहेका छौँ, हामी त नयाँ दुनियाँमा जानुछ।
वरदान:–
माया वा
विघ्नहरूबाट सुरक्षित रहने बापदादाको छत्रछायाको अधिकारी भव
जुन बापदादाका सिकिलधे
बच्चाहरू छन् उनीहरूलाई बापदादाको छत्रछाया अधिकार रूपमा प्राप्त हुन्छ। यस
छत्रछायामा आउने मायाको तागत हुँदैन। उनीहरू सदा मायामाथि विजयी बन्छन्। यो यादरूपी
छत्रछायाले सर्व विघ्नहरूबाट सुरक्षित बनाइदिन्छ। कुनै पनि प्रकारको विघ्न
छत्रछायामा रहनेका नजिक आउन सक्दैन। छत्रछायामा रहनेहरूको लागि मुस्किलभन्दा
मुस्किल कुरा पनि सहज हुन्छ। पहाडसमान कुरा कपाससमान अनुभव हुन्छ।
स्लोगन:–
प्रभु प्रिय,
लोक प्रिय र स्वयं प्रिय बन्नको लागि सन्तुष्टताको गुण धारण गर।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
विशेष यादको
यात्रालाई पावरफुल बनाऊ, ज्ञानस्वरूपको अनुभवी बन। तिमी श्रेष्ठ आत्माहरूको शुभ
वृत्ति वा कल्याणको वृत्ति र शक्तिशाली वातावरणले अनेक तड्पिरहेका, भौँतारिरहेका,
पुकार गर्ने आत्माहरूलाई आनन्द, शान्ति र शक्तिको अनुभूति गराउँछ।