24.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– सत्य बाबाले सचखण्ड स्थापन गर्नुहुन्छ , तिमी बाबाको समीप आएका छौ नरबाट नारायण बन्ने सच्चा सच्चा ज्ञान सुन्न।”

प्रश्न:–
तिमी बच्चाहरू आफ्नो गृहस्थ व्यवहारमा धेरै धेरै सम्हालिएर चल्नु छ– किन?

उत्तर:–
किनकि तिम्रो गति मत सबैको भन्दा न्यारा छ। यो तिम्रो गुप्त ज्ञान हो, त्यसैले विशाल बुद्धि बनेर सबैसँग सम्बन्ध निर्वाह गर्नु छ। मनभित्र सम्झनु छ– हामी सबै भाइ भाइ वा भाइबहिनी हौँ। बाँकी यस्तो होइन, स्त्रीले आफ्नो पतिलाई तिमी मेरा भाइ हौ भनुन्। यसबाट सुन्नेहरूले भन्छन्, यिनलाई के भयो। युक्तिले चल्नु छ।

ओम् शान्ति ।
रुहानी बाबा बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। रुहानी शब्द नभनी केवल बाबा भनियो भने पनि स्वतः स्पष्ट (अन्डरस्टुड) छ, उहाँ रुहानी बाबा हुनुहुन्छ। बाबा बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। सबैले आफूलाई भाइ भाइ त भन्छौ नै। त्यसैले बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। सबैलाई त सम्झाउनुहुन्न होला। गीतामा पनि लेखिएको छ भगवानुवाच। कोप्रति? सबै भगवानका बच्चाहरू हुन्। उहाँ भगवान बाबा हुनुहुन्छ, त्यसैले भगवानका बच्चाहरू सबै भाइ भाइ (ब्रदर्स) हुन्। भगवानले नै सम्झाउनुभएको होला। राजयोग सिकाउनुभएको होला। अहिले तिम्रो बुद्धिको ताला खुलेको छ, तिमीहरू सिवाय अरू कसैको यस्ता विचार चल्न सक्दैन। जजसलाई सन्देश मिल्दै जान्छ, उनीहरू स्कुलमा आउँदै जान्छन्, पढ्दै जान्छन्। उनीहरूले सम्झन्छन्, प्रदर्शनी त हेरियो अब गएर धेरै सुनौँ। सबैभन्दा पहिलो मुख्य कुरा हो ज्ञान सागर पतितपावन, गीता ज्ञानदाता शिव भगवानुवाच। उनीहरूलाई यो थाहा हुनुपर्छ– यिनीहरूलाई सिकाउने, सम्झाउने को हुनुहुन्छ। उहाँ परमात्मा (सुप्रिम सोल), ज्ञान सागर निराकार हुनुहुन्छ। उहाँ हुनुहुन्छ नै सत्य (ट्रुथ)। उहाँले सत्य नै बताउनुहुन्छ, फेरि त्यसमा कुनै प्रश्न उठ्नै सक्दैन। तिमीले सबै सत्यमाथि छोडिदियौ। पहिला सुरुमा त यसमा सम्झाउनु छ– हामीलाई परमपिता परमात्माले ब्रह्माद्वारा राजयोग सिकाउनुहुन्छ। यो राजकीय पद हो, जसलाई निश्चय हुन्छ– जो सबैको बाबा हुनुहुन्छ, उहाँ पारलौकिक बाबा बसेर सम्झाउनुहुन्छ, उहाँ नै सबैभन्दा ठुलो अधिकारी (अथोरिटी) हुनुहुन्छ। त्यसैले अर्को कुनै प्रश्न उठ्नै सक्दैन। उहाँ पतितपावन हुनुहुन्छ। उहाँ यहाँ आउँदा पक्कै पनि आफ्नो टाइममा आउनुहुन्छ होला। तिमीले पनि देख्यौ, यो त्यही महाभारत लडाइँ हो। विनाशपछि निर्विकारी (वाइसलेस) दुनियाँ हुनु छ। यो कुरा मानिसहरूलाई थाहा छैन– भारतवर्ष नै निर्विकारी थियो। यसमा बुद्धि चल्दैन। गोदरेजको ताला लागेको छ। त्यसको साँचो एक बाबासँग मात्रै छ, त्यसैले यो कुरा कसैलाई थाहा छैन– तिमीलाई पढाउने को हुनुहुन्छ। दादाले बुझेका छन्, त्यसैले आफ्नो भनाइ (टीका) राख्छन्, केही भन्छन्, त्यसैले पहिला सुरुमा यो सम्झाऊ– यसमा लेखिएको छ शिव भगवानुवाच। उहाँ त सत्य नै हुनुहुन्छ। बाबा नै ज्ञानको सागर (नलेजफुल) हुनुहुन्छ। उहाँले सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। यो शिक्षा अहिले तिमीलाई उहाँ बेहदको बाबाबाटै मिल्छ। उहाँ नै सृष्टिको रचयिता हुनुहुन्छ, उहाँले नै पतित सृष्टिलाई पावन बनाउनुहुन्छ। त्यसैले पहिला सुरुमा बाबाको परिचय नै दिनु छ। उहाँ परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ। उहाँले नरबाट नारायण बन्ने सच्चा ज्ञान दिनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ, बाबा सत्य हुनुहुन्छ, जुन बाबाले नै सचखण्ड बनाउनुहुन्छ। तिमी यहाँ आएकै हौ नरबाट नारायण बन्न। मानिसहरू वकिलको समीप गए भने सम्झन्छन्, हामी अधिवक्ता बन्न आएका हौँ। अहिले तिमीलाई निश्चय छ, हामीलाई भगवानले पढाउनुहुन्छ। कतिपयले निश्चय पनि गर्छन्, फेरि संशय बुद्धि हुन्छन्, अनि उनीहरूलाई सबैले भन्छन्, तिमीले त भन्थ्यौ– हामीलाई भगवानले पढाउनुहुन्छ। फेरि भगवानलाई छोडेर किन आयौ? संशय आएपछि नै भाग्छन्। कुनै न कुनै विकर्म गर्छन्। भगवानुवाच– काम महाशत्रु हो, त्यसमाथि विजय प्राप्त गरेपछि नै जगतजित बन्छौ। जो पावन बन्छन्, उनीहरू नै पावन दुनियाँमा जान्छन्। यहाँ हुन्छ नै राजयोगको कुरा, तिमी गएर राज्य गर्छौ। बाँकी जति आत्माहरू छन्, उनीहरू आफ्नो हिसाब चुक्ता गरेर फर्केर जान्छन्। यो कयामतको समय हो। अब बुद्धिले यो कुरा भन्छ– सत्ययुगको स्थापना पक्कै हुनु छ। पावन दुनियाँ सत्ययुगलाई भनिन्छ। बाँकी सबै मुक्तिधाममा जान्छन्। उनीहरूले फेरि आफ्नो पार्ट रिपिट गर्नु छ। तिमी पनि आफैले पुरुषार्थ गरिरहन्छौ, पावन बन्न र पावन दुनियाँको मालिक बन्नको लागि। मालिक त आफूलाई सम्झन्छौ नि! यहाँ प्रजा पनि मालिक हुन्छ। अहिले प्रजाले पनि भन्छन् नि– हाम्रो राष्ट्र। तिमीले बुझेका छौ, अहिले सबै नर्कवासी छन्। अहिले हामीले स्वर्गवासी बन्नको लागि राजयोग सिकिरहेका छौँ। सबै त स्वर्गवासी बन्दैनन्। बाबा भन्नुहुन्छ, भक्तिमार्ग पूरा हुन्छ, अनि मात्र म आउँछु। म नै आएर सबै भक्तहरूलाई भक्तिको फल दिनु छ। धेरैजसो (मेजोरिटी) त भक्तहरू छन् नि! सबैले पुकारिरहन्छन्, हे परमपिता परमात्मा (गड फादर)! भक्तहरूको मुखबाट हे परमपिता परमात्मा (ओ गड फादर), हे भगवान! यो भाव पक्कै निस्कन्छ। तर भक्ति र ज्ञानमा फरक छ। तिम्रो मुखबाट कहिल्यै हे ईश्वर, हे भगवान शब्द निस्कँदैन। मानिसहरूको त आधा कल्पसम्मको यस्तो बानी (प्राक्टिस) बसेको छ। तिमीलाई थाहा छ, उहाँ हाम्रो बाबा हुनुहुन्छ, तिमीले हे बाबा! कहाँ भन्नु छ र। तिमीले त बाबाबाट वर्सा लिनु छ। पहिला त यो निश्चय गर्नुछ– हामीले बाबाबाट वर्सा लिन्छौँ। बाबाले बच्चाहरूलाई वर्सा लिने अधिकारी बनाउनुहुन्छ। उहाँ त सच्चा बाबा हुनुहुन्छ नि! बाबालाई थाहा छ, मैले जुन बच्चाहरूलाई ज्ञान अमृत पिलाएर, ज्ञानचितामा बसालेर विश्वको मालिक देवता बनाएको थिएँ, उनीहरू नै कामचितामा बसेर भस्मीभूत भएका छन्। अब मैले फेरि ज्ञानचितामा बसालेर, घोर निद्राबाट जगाएर स्वर्गमा लैजान्छु।

बाबाले सम्झाउनुभएको छ– तिमी आत्माहरू त्यहाँ शान्तिधाम र सुखधाममा रहन्छौ। सुखधामलाई भनिन्छ वाइसलेस वर्ल्ड, सम्पूर्ण निर्विकारी दुनियाँ। त्यहाँ देवताहरू रहन्छन् र त्यो प्यारो घर (स्विट होम) शान्तिधाम हो, आत्माहरूको घर। सबै नाटकका कलाकारहरू (एक्टर्स) त्यस शान्तिधामबाट यहाँ पार्ट खेल्न आउँछन्। हामी आत्माहरू यहाँका बासिन्दा होइनौँ। ती नाटकका कलाकारहरू यहाँका बासिन्दा हुन्छन्। केवल घरबाट आएर पोशाक (ड्रेस) परिवर्तन गरेर पार्ट खेल्छन्। तिमीले त बुझेका छौ, हाम्रो घर शान्तिधाम हो, जहाँ हामी फेरि फर्केर जान्छौँ। सबै नाटकका कलाकारहरू रङ्गमञ्च (स्टेज) मा आउँछन्, अनि बाबा आएर सबैलाई लैजानुहुन्छ, त्यसैले उहाँलाई मुक्तिदाता, पथप्रदर्शक पनि भनिन्छ। बाबा दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ भने यति धेरै मानिसहरू कहाँ जान्छन्। विचार त गर– पतितपावनलाई बोलाउँछन् केका लागि? आफ्नो मृत्युको लागि। दुःखको दुनियाँमा रहन चाहँदैनन्, त्यसैले भन्छन् घर लैजानुहोस्। यी सबैले मुक्तिलाई नै मान्छन्। भारतवर्षको प्राचीन योग पनि कति प्रसिद्ध छ, वेलायतमा पनि प्राचीन राजयोग सिकाउन जान्छन्। क्रिस्चियनमा धेरै छन्, जसले संन्यासीहरूको मान गर्छन्। पिताम्बर वस्त्र (गेरु कफनी) को जुन पहिरन छ– त्यो हठयोगको पोशाक हो। तिमीले त घरबार छोड्नु छैन। न कुनै सेतो कपडाको बन्धन छ। तर सेतो राम्रो हो। तिमी भट्टीमा बसेका छौ, त्यसैले पोशाक पनि यही भएको छ। आजकाल सेतो मन पराउँछन्। मानिस मरे भने सेतो कपडा ओढाउँछन्। त्यसैले पहिला कसैलाई पनि बाबाको परिचय दिनु छ। दुई बाबा हुनुहुन्छ, यी कुराहरू बुझ्न टाइम लाग्छ। प्रदर्शनीमा त्यति सम्झाउन सक्दैनौ। सत्ययुगमा हुनुहुन्छ एक बाबा, यतिबेला हुनुहुन्छ तिम्रा तीन बाबा किनकि भगवान आउनुहुन्छ प्रजापिता ब्रह्माको तनमा। उहाँ पनि त सबैका बाबा हुनुहुन्छ। अच्छा अब तीनै बाबामा उच्च वर्सा कसको हुन्छ? निराकार बाबाले वर्सा कसरी दिने? उहाँले फेरि दिनुहुन्छ ब्रह्माद्वारा। ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ र ब्रह्माद्वारा वर्सा पनि दिनुहुन्छ। यस चित्रमा तिमीले धेरै राम्रोसँग सम्झाउन सक्छौ। शिवबाबा हुनुहुन्छ, फेरि यी प्रजापिता ब्रह्मा आदि देव, आदि देवी पनि छन्। यी आदि पिता (ग्रेट-ग्रेट ग्रान्ड फादर) हुन्। बाबा भन्नुहुन्छ, म शिवलाई आदि पिता भन्दैनन्। म सबैको बाबा हुँ। यी प्रजापिता ब्रह्मा हुन्। तिमी भयौ भाइबहिनी, तिमीहरूले आपसमा विकारी कुकर्म गर्न सक्दैनौ। दुवैको आपसमा विकारको कुदृष्टिले तानियौ भने फेरि गिर्छौ, बाबालाई भुल्छौ। बाबा भन्नुहुन्छ– तिमी मेरो बच्चा बनेर कालो मुख पार्छौ। बेहदको बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमीलाई यो नसा चढेको छ। जान्दछौ, गृहस्थ व्यवहारमा पनि रहनु छ। लौकिक सम्बन्धीहरूलाई पनि मुख देखाउनु छ। लौकिक बुबालाई तिमीले बाबु भन्छौ नि! उनीहरूलाई त तिमीले भाइ भन्न सक्दैनौ। सामान्यतया बुबालाई बुबा नै भन्छन्। बुद्धिमा हुन्छ– यहाँ हाम्रा लौकिक बुबा हुनुहुन्छ। ज्ञान त छ नि! यो ज्ञान धेरै विचित्र छ। आजकाल त नाम पनि लिन्छन् तर कुनै पाहुना (भिजिटर) आदि बाहिरका मानिसको सामुन्ने भाइ भनिदियौ भने उनीहरूले सम्झन्छन्, यिनीहरूको दिमाग बिग्रिएको रहेछ। यसमा धेरै युक्ति चाहिन्छ। तिम्रो ज्ञान गुप्त, सम्बन्ध पनि गुप्त छ। प्रायजसो स्त्रीहरूले पतिको नाम लिँदैनन्। पतिले स्त्रीको नाम लिन सक्छन्। यसमा धेरै युक्तिले चल्नु छ। लौकिकसँग पनि सम्बन्ध निर्वाह गर्नु छ। बुद्धि जानुपर्छ माथि। हामीले बाबाबाट वर्सा लिइरहेका छौँ। बाँकी काकालाई काका, बुबालाई बुबा भन्नुपर्छ नि! जो ब्रह्माकुमार-कुमारी बनेका छैनन्, उनीहरूले आफूलाई भाइबहिनी सम्झँदैनन्। जो बी. के. बनेका छन्, उनीहरूले नै यी कुराहरू बुझ्छन्। बाहिरका त पहिल्यै तर्सिन्छन्। यसलाई बुझ्न बुद्धि राम्रो चाहिन्छ। बाबाले त बच्चाहरूलाई विशाल बुद्धि बनाउनुहुन्छ। तिमी पहिला हदको बुद्धिमा थियौ। अहिले बुद्धि जान्छ बेहदमा। उहाँ हाम्रो बेहदको बाबा हुनुहुन्छ। यी सबै हाम्रा भाइबहिनी हुन्। तर घरमा सासुलाई सासु नै भन्छन्, बहिनी कहाँ भन्छन् र! घरमा बस्दा धेरै युक्तिले चल्नु छ, नत्र मानिसहरूले भन्छन्, यिनीहरूले त पतिलाई भाइ, सासुलाई बहिनी भनिदिन्छन्, यो के हो? यी ज्ञानका कुराहरू तिमीले नै जान्दछौ र अरू कसैले जान्दैनन्। भन्छन् नि– प्रभु हजुरको गति-मत हजुरले नै जान्नुहुन्छ। अब तिमी उहाँका बच्चा बन्यौ भने तिम्रो गति-मत तिमीले नै जान्दछौ। धेरै सम्हालिएर चल्नुपर्छ। कतै कोही नअल्मलिउन्।

प्रदर्शनीमा त पहिला सुरुमा तिमी बच्चाहरूले यो सम्झाउनु छ– हामीलाई पढाउने भगवान हुनुहुन्छ। अब तिमीले बताऊ भगवान को हुनुहुन्छ? निराकार शिव वा देहधारी श्रीकृष्ण। जुन गीतामा भगवानुवाच छ, त्यो महावाक्य शिव परमात्माले उच्चारण गर्नुभएको हो वा श्रीकृष्णले? श्रीकृष्ण त स्वर्गको पहिलो राजकुमार हुन्। यस्तो त भन्न सक्दैनन्– श्रीकृष्ण जयन्ती अर्थात् शिवजयन्ती। शिवजयन्तीपछि फेरि श्रीकृष्ण जयन्ती। शिवजयन्तीबाट स्वर्गको राजकुमार श्रीकृष्ण कसरी बने, त्यो बुझ्ने कुरा हो। शिवजयन्ती फेरि गीताजयन्ती फेरि तुरुन्तै श्रीकृष्ण जयन्ती हुन्छ किनकि बाबाले राजयोग सिकाउनुहुन्छ नि! तिमी बच्चाहरूको बुद्धिमा आएको छ नि! शिव परमात्मा नआउँदासम्म शिवजयन्ती मनाउन सक्दैनन्। शिवबाबा आएर कृष्णपुरी स्थापना नगर्दासम्म श्रीकृष्ण जयन्ती कसरी मनाइन्छ। श्रीकृष्णको जन्म त मनाउँछन् तर कहाँ बुझेका छन् र! श्रीकृष्ण प्रथम राजकुमार थिए भने पक्कै पनि सत्ययुगमा होलान् नि! देवीदेवताहरूको राजधानी पक्कै होला। केवल एक श्रीकृष्णलाई त बादसाही मिल्दैन नि! पक्कै पनि कृष्णपुरी होला नि! भन्छन् पनि कृष्णपुरी... अनि फेरि यो कंसपुरी हो। कृष्णपुरी नयाँ दुनियाँ, कंसपुरी पुरानो दुनियाँ हो। भन्छन्, देवता र असुरहरूको लडाइँ भयो। देवताहरूले जिते। तर यस्तो त होइन। कंसपुरी खतम भयो, त्यसपछि कृष्णपुरी स्थापन भयो नि! कंसपुरी पुरानो दुनियाँमा हुन्छ। नयाँ दुनियाँमा कहाँ यी कंस दैत्य आदि हुन्छन् र! यहाँ त हेर कति मानिसहरू छन्। सत्ययुगमा धेरै कम देवताहरू हुन्छन्। यो पनि तिमीले बुझ्न सक्छौ, अहिले तिम्रो बुद्धि चल्छ। देवताहरूले त कुनै लडाइँ गरेनन्। दैवी सम्प्रदाय सत्ययुगमा नै हुन्छन्। आसुरी सम्प्रदाय यहाँ छन्। बाँकी न देवताहरू र असुरहरूको लडाइँ भयो, न कौरवहरू र पाण्डवहरूको लडाइँ भएको हो। तिमीले रावणमाथि विजय प्राप्त गर्छौ। बाबा भन्नुहुन्छ– यी विकारहरूमाथि विजय प्राप्त गर्नु छ, अनि जगतजित बन्छौ। यसमा कुनै लडाइँ लड्नु छैन। लड्ने नाम लियौ भने हिंसक बन्छौ। रावणमाथि विजय पाउनु छ तर अहिंसक। केवल बाबालाई याद गरेमा हाम्रा विकर्म विनाश हुन्छन्। भारतवर्षको प्राचीन राजयोग प्रसिद्ध छ।

बाबा भन्नुहुन्छ– मसँग बुद्धिको योग लगायौ भने तिम्रा पाप भस्म हुन्छन्। बाबा पतित-पावन हुनुहुन्छ, त्यसैले बुद्धियोग उहाँ बाबासँग नै लगाउनु छ, अनि तिमी पतितबाट पावन बन्छौ। अहिले तिमीले यथार्थमा उहाँसँग योग लगाइरहेका छौ, यसमा लडाइँको कुनै कुरा नै छैन। जसले राम्रोसँग पढ्छन्, बाबासँग योग लगाउँछन्, उनीहरूले नै बाबाबाट वर्सा पाउँछन्– कल्प पहिलाजस्तै। यस पुरानो दुनियाँको विनाश पनि हुनेछ। सबै हिसाबकिताब चुक्ता गरेर जानेछन्। फेरि क्लास चढेपछि (ट्रान्सफर) नम्बरवार गएर बस्छन् नि! तिमीले पनि नम्बरवार गएर त्यहाँ राज्य गर्नेछौ। यी कति समझका कुराहरू छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यो कयामतको समय हो, यसै बेला सत्ययुगको स्थापना भइरहेको छ त्यसैले पावन पक्कै बन्नु छ। बाबा र बाबाको कार्यमा कहिल्यै संशय उठाउनुछैन।

२) ज्ञान र सम्बन्ध गुप्त छ, त्यसैले लौकिकमा धेरै युक्तिले विशाल बुद्धि बनेर चल्नु छ। कुनै यस्ता शब्द बोल्नुहुँदैन, जसले सुन्नेहरू अलमलिन्छन्।

वरदान:–
ज्ञानको प्रकाश र शक्तिद्वारा कमजोर संस्कारहरूलाई समाप्त गर्ने शक्तिसम्पन्न भव

ज्ञानबाट आफ्ना कमजोर संस्कारहरू थाहा त हुन्छ र त्यस कुराको समझानी मिलेपछि मात्र ती संस्कारहरू केही समयको लागि भित्र दबिन्छन् तर कमजोर संस्कार समाप्त गर्नको लागि ज्ञानको प्रकाश र शक्तिको थप बल (एक्स्ट्रा फोर्स) को आवश्यकता छ। यसको लागि मास्टर सर्वशक्तिमान्, मास्टर ज्ञानस्वरूप (नलेजफुल) को साथसाथै चेकिङ मास्टर बन। ज्ञानद्वारा स्वयंमा शक्ति भर, मनन शक्तिलाई बढाऊ, अनि शक्तिसम्पन्न बन्छौ।

स्लोगन:–
जहाँ सर्व प्राप्तिहरू छन्, त्यहाँ प्रसन्नता हुन्छ।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर।

दिइसकेपछि यो मैले यति दिएँ, मलाई यसबाट केही मान-सान वा महिमा मिल्नुपर्छ भन्ने सङ्कल्प आउँछ भने यो पनि लिने भावना भयो। दाताका बच्चाहरूले यो लिने सङ्कल्प गर्छन् भने पनि दाता भएनन्। यो लिनु पनि, दिने दाताको लागि सुहाउँदैन।