24.11.24 Avyakt Bapdada Nepali Murli 15.12.2002 Om Shanti Madhuban
समय अनुसार लक्ष्य र
लक्षणको समानताद्वारा बाबा समान बन
आज (बापदादा)
चारैतिरका सर्व स्वमानधारी बच्चाहरूलाई देखेर हर्षित भइरहनु भएको छ। यस सङ्गमा तिमी
बच्चाहरूलाई जुन स्वमान मिल्छ त्यसभन्दा ठुलो स्वमान सारा कल्पमा कुनै पनि आत्माले
प्राप्त गर्न सक्दैन। कति ठुलो स्वमान छ, यसलाई जान्दछौ? स्वमानको नसा कति ठुलो छ,
यो स्मृतिमा रहन्छ? स्वमानको माला धेरै ठुलो छ। एक एक दाना गन्दै जाऊ र स्वमानको
नसामा लवलीन होऊ। यी स्वमान अर्थात् टाइटलहरू स्वयं बापदादाद्वारा मिलेका हुन्।
परमात्माद्वारा स्वमान प्राप्त भएको छ त्यसैले यस स्वमानको रूहानी नसालाई कुनै
अथोरिटीले हल्लाउन सक्दैन किनकि अलमाइटी अथोरिटीद्वारा भएको प्राप्ति हो।
बापदादाले आज अमृतवेला
सारा विश्वका सर्व बच्चाहरूतर्फ चक्कर लगाउँदा देख्नुभयो– हरेक बच्चाको स्मृतिमा कति
स्वमानहरूको माला परेको छ। माला धारण गर्नु अर्थात् स्मृतिद्वारा त्यही स्थितिमा
स्थित रहनु। अब आफूलाई चेक गर– यो स्मृतिको स्थिति कहाँसम्म रहन्छ? बापदादाले
हेरिरहनु भएको थियो– स्वमानको निश्चय र त्यसको रूहानी नसा दुवैको ब्यालेन्स कति
रहन्छ? निश्चय हो– नलेजफुल बन्नु र रूहानी नसा हो– पावरफुल बन्नु। नलेजफुलमा पनि
दुई प्रकार देखियो– एउटा नलेजफुल। अर्को नलेजेबुल (ज्ञान स्वरूप)। अब आफैलाई सोध– म
को हुँ? बापदादाले जान्नुहुन्छ– बच्चाहरूको लक्ष्य धेरै उच्च छ। लक्ष्य उच्च छ नि,
उच्च छ? सबैले भन्छन् बाबा समान बन्नेछौँ। त्यसोभए जसरी बाबा उच्चभन्दा उच्च
हुनुहुन्छ, त्यसैगरी बाबा समान बन्ने लक्ष्य कति उच्च छ! लक्ष्य देखेर बापदादा धेरै
खुसी हुनुहुन्छ तर... तर केही बताऊँ ? तर के होला... त्यो टिचरहरू वा डबल फरेनरहरूले
सुन्छौ? बुझिहाल्यौ होला। बापदादाले लक्ष्य र लक्षण समान चाहनुहुन्छ। अब आफैलाई सोध–
लक्ष्य र लक्षण अर्थात् प्राक्टिकल स्थिति समान छ? किनकि लक्ष्य र लक्षण समान हुनु–
यही बाबा समान बन्नु हो। समय अनुसार यस समानतालाई समीप ल्याऊ।
वर्तमान समयमा
बापदादाले बच्चाहरूको एउटा कुरा देख्न सक्नुहुन्न। धेरै बच्चाहरूले भिन्न भिन्न
प्रकारले बाबा समान बन्ने मेहनत गर्छन्, बाबाको मोहब्बतको अगाडि मेहनत गर्ने
आवश्यकता नै छैन, जहाँ मोहब्बत छ त्यहाँ मेहनत हुँदैन। देह-अभिमान को उल्टो नसाको
नेचर बन्यो, नेचुरल बन्यो भने के देह-अभिमानमा आउन पुरुषार्थ गर्नुपर्छ? या ६३ जन्म
पुरुषार्थ गरियो? नेचर बन्यो, नेचुरल बन्यो। अहिले पनि कहिलेकाहीँ यही भन्छौ– देहीको
सट्टा देहमा आइहाल्छौँ। जसरी देह अभिमान, नेचर र नेचुरल रह्यो त्यसैगरी अब
देहीअभिमानी स्थिति पनि नेचुरल र नेचर होस्, नेचर परिवर्तन गर्न मुस्किल हुन्छ।
अहिले पनि कहिलेकाहीँ भन्छौ नि– मेरो भाव छैन, नेचर हो। त्यो नेचरलाई नेचुरल बनाएका
छौ भने बाबा समान नेचरलाई नेचुरल बनाउन सक्दैनौ! उल्टो नेचरको वशमा आइहाल्छौ र
यथार्थ नेचर बाबा समान बन्ने, यसमा मेहनत किन? बापदादा अहिले सबै बच्चाहरूको
देहीअभिमानी रहने नेचुरल नेचर देख्न चाहनहुन्छ। ब्रह्मा बाबालाई देख्यौ
हिँड्दा-डुल्दा कुनै पनि कार्य गर्दा देहीअभिमानी स्थिति नेचुरल नेचर थियो।
बापदादाले समाचार
सुन्नुभयो–
आजकाल विशेष दादीहरूले यो रूहरिहान गर्छन्– फरिस्ता अवस्था, कर्मातीत अवस्था, बाबा
समान अवस्था नेचुरल कसरी बनाऊँ? नेचर बनोस्, यो रूहरिहान गर्छौ नि! दादीलाई पनि यही
बारम्बार आउँछ नि– फरिस्ता बनुँ, कर्मातीत बनुँ, बाबालाई प्रत्यक्ष गरौँ। फरिस्ता
बन्नु वा निराकारी कर्मातीत अवस्था बन्ने विशेष साधन हो– निरहङ्कारी बन्नु।
निरहङ्कारी नै निराकारी बन्न सक्छ त्यसैले बाबाले ब्रह्माद्वारा लास्ट मन्त्र
निराकारीसँगै निरहङ्कारी भन्नुभयो। केवल आफ्नो देह वा अर्काको देहमा फस्नु, यसलाई
नै देह अहङ्कार वा देह-भान भनिएको छैन। यसमा देह अहङ्कार पनि छ, देह भान पनि छ।
आफ्नो देह वा अर्काको देहको भानमा रहनु, लगावमा रहनु– त्यसमा त मेजोरिटी पास छन्।
जो पुरुषार्थको लगनमा रहन्छन्, सच्चा पुरुषार्थी हुन्, ती यस मोटो रूपबाट पर छन्।
तर देह-भानका अनेक सूक्ष्म रूप छन्, यसको लिस्ट आपसमा निकाल्नु। बापदादाले आज
सुनाउनुहुन्न। आज यति नै इसारा पर्याप्त छ किनकि सबै समझदार छन्। तिमीहरू सबैले
जान्दछौ नि, यदि सबैलाई सोध्ने हो भने त सबै धेरै होसियारीले सुनाउनेछौ। तर
बापदादाले केवल सानो सहज पुरुषार्थ बताउनुहुन्छ– सदा मन-वचन-कर्म, सम्बन्ध-सम्पर्कमा
लास्ट मन्त्र तीन शब्दको (निराकारी, निरहङ्कारी, निर्विकारी) सदा याद राख। सङ्कल्प
गर्दा चेक गर– महामन्त्र सम्पन्न छ? त्यस्तै बोली, कर्म सबैमा केवल तीन शब्द याद
राख र समानता ल्याऊ। यो त सहज छ नि? सारा मुरली याद गर भन्दिन, तीन शब्द। यो
महामन्त्रले सङ्कल्पलाई पनि श्रेष्ठ बनाइदिनेछ। वाणीमा निर्माणता ल्याउनेछ। कर्ममा
सेवा भाव ल्याउनेछ। सम्बन्ध-सम्पर्कमा सदा शुभभावना, श्रेष्ठ कामनाको वृत्ति
बनाउनेछ।
बापदादा सेवाको
समाचार पनि सुन्नुहुन्छ, सेवामा आजकाल भिन्न भिन्न कोर्स गराउँछौ, तर अझै एउटा
कोर्स बाँकी छ। त्यो हो हरेक आत्मामा जति शक्ति चाहिन्छ, त्यो फोर्सको कोर्स गराउनु।
शक्ति भर्ने कोर्स, वाणीद्वारा सुनाउने कोर्स होइन, वाणीसँगै शक्ति भर्ने कोर्स पनि
होस्। जसले गर्दा केवल राम्रो राम्रो मात्र भन्दैनन् बरू राम्रो बन्छन्। यो वर्णन
गरून्– आज मलाई शक्तिको अँजुली मिल्यो। अँजुली जति अनुभव भयो भने पनि ती आत्माहरूका
लागि धेरै हो। कोर्स गराऊ तर पहिले आफैलाई कोर्स गराएर फेरि भन। सुन्यौ बापदादा के
चाहनुहुन्छ? लक्ष्य र लक्षणलाई समान बनाऊ। सबैको लक्ष्य देखेर बापदादा धेरै धेरै
खुसी हुनुहुन्छ। अब केवल समान बनाऊ, तब बाबा समान धेरै सहज बन्नेछौ।
बापदादाले त
बच्चाहरूलाई समानभन्दा पनि उच्च, आफूभन्दा पनि उच्च देख्नुहुन्छ। बापदादा
बच्चाहरूलाई सदा शिरको ताज भन्नुहुन्छ। ताज त शिरभन्दा पनि उच्च हुन्छ नि! टिचरहरू,
शिरका ताज हौ?
टिचरहरूसँग:–
हेर, कति टिचरहरू छन्।
एउटा ग्रुपमा यति टिचरहरू छन् भने हरेक ग्रुपमा कति टिचरहरू होलान्! टिचरहरूले
बापदादाको एउटा आशा पूरा गर्ने सङ्कल्प गरेका छौ तर सम्मुख ल्याएका छैनौ। जान्दछौ
कुन? एउटा त बापदादाले भन्नुभएको छ– अब वारिसहरूको माला बनाऊ। वारिसहरूको माला,
जेनरल माला होइन। अर्को– सम्बन्ध-सम्पर्कवालाहरूलाई माइक बनाऊ। तिमीले भाषण नगर तर
ती तिम्रो तर्फबाट मिडिया बनुन्। आफ्नो मिडिया बनाऊ। मिडियाले के गर्छ? उल्टो वा
सुल्टो आवाज फैलाउँछ नि! माइक यस्ता तयार होऊन् जसले मिडिया समान प्रत्यक्षताको
आवाज फैलाऊन्। तिमीले भन्छौ भगवान् आउनुभयो, भगवान् आउनुभयो.... त्यो त सामान्य
सम्झन्छन् तर तिम्रो तर्फबाट अरूले भनुन्, अथोरिटीवालाले भनुन्, पहिले तिमीहरूलाई
शक्तिहरूको रूपमा प्रत्यक्ष गरून्। जब शक्तिहरू प्रत्यक्ष हुनेछन् तब बाबा
प्रत्यक्ष हुनुहुन्छ। त्यसैले बनाऊ, मिडिया तयार गर। हेर्नेछु। गरेका छौ? ठीकैछ
कङ्गन नै सही, माला छोड, तयार गरेका छौ? हात उठाऊ जसले यस्तो तयार गरेका छौ?
बापदादाले हेर्नुहुनेछ कसले तयार गरेका छौ, राम्रो हिम्मत त राखेका छौ। सुन्यौ–
टिचरहरूले के गर्नु छ! शिवरात्रिमा वारिस क्वालिटी तयार गर। माइक तयार गर, तब फेरि
अर्को वर्ष शिवरात्रिमा सबैको मुखबाट शिवबाबा आउनुभयो, यो आवाज निस्कियोस्। यस्तो
शिवरात्रि मनाऊ। प्रोग्राम त धेरै राम्रो बनाएका छौ। प्रोग्राम सबैलाई पठाएका छौ
नि। प्रोग्राम त ठीक बनाएका छौ तर हरेक प्रोग्रामबाट कोही माइक तयार होस्, कोही
वारिस तयार होस्। यो पुरुषार्थ गर, भाषण गरियो गइयो, यस्तो होइन। यो त ६६औं वर्ष हो
र सेवाको ५०औं वर्ष पनि मनायौ। अब शिवरात्रिको डाइमण्ड जुबली मनाऊ। यी दुई प्रकारका
आत्माहरू तयार पार, अनि हेर नगरा बज्छ कि बज्दैन। नगरा तिमीहरूले कहाँ बजाउँछौ र।
तिमीहरू त देवीहरू हौ साक्षात्कार गराउनेछौ। नगरा बजाउनेहरू तयार पार, जसले
प्राक्टिकल गीत गाउँछन् शिव शक्तिहरू आइपुगे। सुन्यौ– शिवरात्रिमा के गर्नुछ! यतिकै
भाषण गरेर पूरा गर्नुहुँदैन। फेरि लेख्छौ– बाबा ५००-१०००, लाख मानिस आइपुगे, आइपुगे
अनि सन्देश दिइयो, तर वारिस कति निस्के, माइक कति निस्के, अब त्यो समाचार दिनु। जुन
अहिलेसम्म गर्यौ धरती बनायौ, सन्देश दियौ, त्यसलाई बाबा राम्रो भन्नुहुन्छ, त्यो
सेवा व्यर्थ गएको छैन, समर्थ भएको छ। प्रजा त बनेका छन्, रोयल फेमिली त बनेको छ तर
राजा रानी पनि त चाहिन्छ। राजा रानी तख्तवाला होइन, राजा रानीका साथ त्यहाँ दरबारमा
पनि राजा समान बस्छन्, त्यस्ता त बनाऊ। राज्य दरबार शोभायुक्त होस्। सुन्यौ,
शिवरात्रिमा के गर्नु छ। पाण्डवले सुनिरहेका छौ? हात उठाऊ। ध्यान दियौ। राम्रो।
ठुला-ठुला महारथी बसिरहेका छन्। बापदादा खुसी हुनुहुन्छ, यो पनि दिलको प्यार हो,
किनकि तिमीहरू सबैको सङ्कल्प चल्छ नि, प्रत्यक्षता कहिले हुनेछ, कहिले हुनेछ...
बापदादा सुनिरहनुहुन्छ। के सुन्यौ मधुबन निवासीले? मधुबन निवासीले सुन्यौं। मधुबन,
शान्तिवन, ज्ञान सरोवरवाला, सबै मधुबन निवासी हौ। अच्छा।
मधुबनबाट नगरा बज्नेछ,
कहाँबाट नगरा बज्नेछ? (दिल्लीबाट) मधुबनबाट होइन? भन चारैतिरबाट। एकातिरबाट मात्र
बज्ने छैन। मधुबनबाट पनि बज्नेछ, चारैतिरबाट बज्नेछ अनि मात्र कुम्भकर्णहरू
जाग्नेछन्। मधुबन निवासीहरूले जसरी सेवामा अथक भएर सेवाको पार्ट खेलिरहेका छौ नि,
त्यसैगरी यो मनसा सेवा पनि गरिराख। केवल कर्मणाले होइन, मनसा, वाचा, कर्मणा तीनै
सेवा, गर्दै पनि छौ र अझ धेरै गर्नु। राम्रो। मधुबन निवासीहरूले बिर्सेका छैनन्।
मधुबन निवासीले सोच्छन् बापदादा आउँदा मधुबनमा हुनुहुन्छ तर मधुबनको नाम लिनुहुन्न।
मधुबन त सदा याद नै छ। मधुबन हुँदैनथ्यो भने यहाँ आउँथें कहाँ! तिमी सेवाधारीहरूले
सेवा नगरेको भए यिनीहरूले खान्थे, बस्थे कसरी! त्यसैले मधुबन निवासीलाई बापदादाले
पनि दिलबाट याद गर्नुहुन्छ र दिलबाट आशीर्वाद दिनुहुन्छ। राम्रो। मधुबनसँग पनि
प्यार, टिचरहरूसँग पनि प्यार, मीठा-प्यारा आमाहरूसँग पनि प्यार र साथमा महावीर
पाण्डवहरूसँग पनि प्यार। पाण्डवहरूबिना पनि गति छैन यसैकारण चतुर्भुज रूपको धेरै
महिमा छ। पाण्डव र शक्तिहरू दुवैको कम्बाइन्ड रूप विष्णु चतुर्भुज हो। अच्छा।
मधुबन निवासी सबै
पाण्डवहरूलाई पनि नसा छ नि? विजयको नसा, अरू नसा होइन। राम्रो छ, पाण्डव भवनमा
मेजोरिटी पाण्डव छन्, पाण्डव हुँदैनथे भने तिमीहरू सबैलाई मधुबनमा मजा आउँदैनथ्यो
त्यसैले बलिहारी मधुबन निवासीहरूको जो तिमीहरूलाई मौजले राख्छन्, खुवाउँछन् र
उडाउँछन्। आज बापदादालाई अमृतवेलादेखि मधुबन निवासीको याद आइरहेको छ। चाहे यहाँ छन्,
चाहे माथि बसिरहेका छन्, चाहे मधुबन निवासी कोही पनि यहाँ ड्युटीमा छन् तर चारैतिरका
मधुबन निवासीहरूलाई बापदादाले अमृतवेलादेखि याद दिनुभएको छ। अच्छा।
बापदादाले जुन रूहानी
एक्सरसाइज दिनुभएको छ, त्यो दिनभरि कति पटक गर्छौ? र,कति समयमा गर्छौ? निराकारी र
फरिस्ता। बाबा र दादा, भर्खरै निराकारी, भर्खरै फरिस्ता स्वरूप। दुवैमा देह भान
हुँदैन। त्यसैले देह भानबाट पर हुनु छ भने यो रूहानी एक्सरसाइज काम गर्दा पनि आफ्नो
ड्युटी गर्दा पनि एक सेकेण्डमा अभ्यास गर्न सक्छौ। यो एक नेचुरल अभ्यास होस्– भर्खरै
निराकारी, भर्खरै फरिस्ता। अच्छा। (बापदादाले ड्रिल गराउनुभयो)
यसरी नै निरन्तर भव!
चारैतिरका बापदादाको यादमा मग्न रहने बाबा समान बन्ने लक्ष्यलाई लक्षणमा समान बनाउने,
जो कुना कुनामा साइन्सका साधनहरूबाट दिन-रात जागा भएर बसिरहेका छन्, ती बच्चाहरूलाई
पनि बापदादाले यादप्यार, बधाई र दिलको आशीर्वाद दिइरहनुभएको छ। बापदादाले
जान्नुहुन्छ– सबैको दिलमा यस समयमा दिलाराम बाबाको याद समाहित भएको छ। कुना कुनामा
बसिरहेका हरेक बच्चाहरूलाई बापदादाले पर्सनल नामबाट यादप्यार दिइरहनुभएको छ।
नामहरूको माला जप्यो भने रात पूरा हुनेछ। बापदादाले सबै बच्चाहरूलाई याद दिनुहुन्छ,
चाहे पुरुषार्थमा कुनै पनि नम्बर होस् तर बापदादाले सदा हरेक बच्चाको श्रेष्ठ
स्वमानलाई यादप्यार दिनुहुन्छ र नमस्ते गर्नुहुन्छ। यादप्यार दिने समयमा बापदादाको
सामु चारैतिरका हरेक बच्चाको याद हुन्छ। कुनै एक बच्चा पनि कुनै पनि कुनामा, गाउँमा,
सहरमा, देशमा, विदेशमा, जहाँ पनि होस्, बापदादाले उसलाई स्वमान याद दिलाउँदै
यादप्यार दिनुहुन्छ। सबै यादप्यारका अधिकारी हुन् किनकि बाबा! भनेपछि यादप्यारका
अधिकारी हुन् नै। तिमीहरू सबै सम्मुख बसेकाहरूलाई पनि बापदादाले स्वमानको मालाधारी
स्वरूपमा देखिरहनु भएको छ। सबैलाई बाबा समान स्वमान स्वरूपमा यादप्यार र नमस्ते।
रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
दादीजीसँग:–
ठीक भयौ, अहिले कुनै बिमारी छैन। भाग्यो। त्यो केवल देखाउनका लागि आयो जुन सबैले
हेरुन्– हामीमा पनि आयो भने कुनै ठुलो कुरा होइन। सबै दादीहरूले धेरै राम्रो पार्ट
खेलिरहेका छन्। बापदादा सबैको पार्ट हेरेर खुसी हुनुहुन्छ। (निर्मलशान्ता दादीसँग)
आदि रत्न हौनि! अनादि रूपमा पनि निराकारी बाबाको समीप हौ, साथसाथै रहन्छौ र आदि
रूपमा पनि राज्य दरबारको साथी हौ। सदा रोयल फेमिलीका पनि रोयल हौ र सङ्गमा पनि आदि
रत्न बन्ने भाग्य मिलेको छ। धेरै ठुलो भाग्य, भाग्य हो हैन? तिमीहरू उपस्थित रहनु
नै सबैका लागि वरदान हो। बोल कि नबोल, केही गर कि नगर तर तिमीहरूको उपस्थित रहनु नै
सबैका लागि वरदान हो। अच्छा, ओम् शान्ति।
वरदान:–
लौकिक अलौकिक
जीवनमा सदा न्यारा बनेर परमात्म साथको अनुभवद्वारा नष्टोमोहा भव
सदा न्यारा रहेको
निसानी हो प्रभु प्यारको अनुभूति र जति प्यार हुन्छ त्यति साथ रहनेछौ, अलग हुने छैनौ।
प्यार त्यसैलाई भनिन्छ जो साथ रहन्छ। जब बाबा साथ हुनुहुन्छ भने सर्व बोझ बाबालाई
दिएर आफू हल्का होऊ, यही विधि हो नष्टोमोहा बन्ने। तर पुरुषार्थको सब्जेक्टमा सदा
शब्दलाई अन्डरलाइन गर। लौकिक र अलौकिक जीवनमा सदा न्यारा बन अनि सदा साथको अनुभव
हुनेछ।
स्लोगन:–
विकार रूपी
सर्पहरूलाई आफ्नो शय्या बनायौ भने सहजयोगी बन्नेछौ।