25.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– चुस्त
विद्यार्थी बनेर राम्रो नम्बरमा पास हुने पुरुषार्थ गर , सुस्त विद्यार्थी नबन।
सुस्त ऊ हो , जसलाई सारा दिन मित्र-सम्बन्धी याद आउँछ।
प्रश्न:–
सङ्गमयुगमा
सबैभन्दा भाग्यवान् कसलाई भनिन्छ?
उत्तर:–
जसले आफ्नो
तन-मन-धन सबै सफल गर्यो वा गरिरहेको छ– ऊ नै भाग्यवान् हो। कोही कोही त धेरै कञ्जुस
हुन्छन्, फेरि बुझिन्छ यसको तकदिरमा छैन। विनाश खडा छ, केही त गरौं भन्ने बुझ्दैनन्।
भाग्यवान् बच्चाहरूले सम्झन्छन्– बाबा अहिले सम्मुख आउनु भएको छ, मैले आफ्नो सबैथोक
सफल गरुँ। हिम्मत राखेर अनेकौंको भाग्य बनाउने निमित्त बनुँ।
गीत:–
तकदिर जगाकर
आई हुँ...।
ओम् शान्ति ।
यहाँ त तिमी
बच्चाहरूले अहिले तकदिर बनाइरहेका छौ। गीतामा श्रीकृष्णको नाम लेखिदिएका छन्, भनिएको
छ– भगवानुवाच, मैले तिमीलाई राजयोग सिकाउँछु। अब श्रीकृष्ण भगवानुवाच त हुँदै होइन।
श्रीकृष्ण त लक्ष्य-उद्देश्य हो। शिव भगवानुवाच– म तिमीलाई राजाहरूका राजा बनाउँछु।
त्यो भन्दा पहिला अवश्य श्रीकृष्ण राजकुमार बन्छन्। बाँकी श्रीकृष्ण भगवानुवाच होइन।
श्रीकृष्ण त तिमी बच्चाहरूको लक्ष्य-उद्देश्य हो, यो पाठशाला हो। भगवानले पढाउनु
हुन्छ, तिमीहरू सबै राजकुमार-राजकुमारी बन्छौ।
बाबा भन्नुहुन्छ– धेरै
जन्महरूको अन्त्यको पनि अन्त्यमा मैले तिमीलाई यो ज्ञान सुनाउँछु, फेरि श्रीकृष्ण
बन्नको लागि। यस पाठशालाको टिचर शिवबाबा हुनुहुन्छ, श्रीकृष्ण होइनन्। शिवबाबाले नै
दैवी धर्मको स्थापना गरिरहनु भएको छ। तिमी बच्चाहरूले भन्छौ– हामी आएका हौं तकदिर
बनाउन। आत्माले जान्दछ–परमपिता परमात्माबाट म अहिले तकदिर बनाउन आएको छु। यो हो
राजकुमार-राजकुमारी बन्ने तकदिर। राजयोग हो नि। शिवबाबाद्वारा सबैभन्दा पहिला
स्वर्गका दुई पात, राधा-कृष्ण निस्किन्छन्। यो जुन चित्र बनाइएको छ, यो ठीक छ,
सम्झाउनको लागि राम्रो छ। गीताको ज्ञानबाटै तकदिर बन्छ। तकदिर बनेको थियो, फेरि
फुट्यो। धेरै जन्महरूको अन्त्यमा तिमी एकदम तमोप्रधान, भिखारी बन्यौ। अब फेरि
राजकुमार बन्नु छ। पहिला त अवश्य राधा-कृष्ण नै बन्छन्, फेरि उनीहरूको पनि राजधानी
चल्छ। केवल उनीहरू मात्रै त हुँदैनन्। स्वयंवरपछि राधा-कृष्ण नै फेरि
लक्ष्मी-नारायण बन्छन्। नरबाट राजकुमार वा नारायण बन्नु एउटै कुरा हो। तिमी
बच्चाहरूलाई थाहा छ– यी लक्ष्मी-नारायण स्वर्गका मालिक थिए। स्वर्ग अवश्य सङ्गममा
नै स्थापना भएको हुनुपर्छ, त्यसैले सङ्गमयुगलाई पुरुषोत्तम युग भनिन्छ। आदि सनातन
देवी-देवता धर्मको स्थापना हुन्छ, बाँकी अरू सबै धर्म विनाश हुनेछन्। सत्ययुगमा एउटै
मात्र धर्म थियो। त्यो इतिहास-भूगोल अवश्य फेरि दोहोरिनु छ। फेरि स्वर्गको स्थापना
हुन्छ। जसमा लक्ष्मी-नारायणको राज्य थियो, परिस्तान थियो, त्यहाँ अहिले त
कब्रिस्तान छ। सबै काम चितामाथि बसेर भस्म हुन्छन्। सत्ययुगमा तिमीले महल आदि बनाउने
छौ। यस्तो होइन, तलबाट कुनै सुनको द्वारिका वा लङ्का निस्केर आउने छ। द्वारिका
हुनसक्छ, लङ्का त हुने छैन। स्वर्णिम युग भनिन्छ रामराज्यलाई। जुन सच्चा सुन थियो,
त्यो सबै लुटेर लगे। तिमीले सम्झाउँछौ– भारतवर्ष कति धनवान थियो। अहिले त कङ्गाल छ।
कङ्गाल शब्द लेख्नु कुनै नराम्रो कुरा होइन। तिमीले सम्झाउन सक्छौ– सत्ययुगमा एउटै
धर्म थियो। त्यहाँ अरू कुनै धर्म हुनसक्दैन। कतिले भन्ने गर्छन्– यो कसरी हुनसक्छ,
केवल देवताहरू मात्रै हुन्छन् त? अनेक मतमतान्तर छन्, एउटा मिल्दैन अर्कोसँग। कति
आश्चर्य छ। कति धेरै कलाकार छन्। अहिले स्वर्गको स्थापना भइरहेको छ। हामी स्वर्गवासी
बन्छौं– यो याद रह्यो भने सदा हर्षितमुख रहन्छौ। तिमी बच्चाहरूलाई धेरै खुसी
हुनुपर्छ। तिम्रो लक्ष्य त उच्च छ नि। हामी मनुष्यबाट देवता, स्वर्गवासी बन्छौं।
स्वर्ग स्थापना भइरहेको छ– यो पनि तिमी ब्राह्मणहरूले नै जानेका छौ। यो पनि सदैव
याद रहनुपर्छ। तर मायाले घरी घरी भुलाइदिन्छ। तकदिरमा छैन भने सुध्रिँदैनन्।
आधाकल्पदेखि झुटो बोल्ने बानी परेको छ, त्यो हट्दैन। झुटोलाई पनि सम्पत्ति मानेर
राखेका छन्, छोड्दै छोड्दैनन्, त्यसैले बुझिन्छ– यिनको तकदिर यस्तै छ। बाबालाई याद
गर्दैनन्। याद पनि तब हुन्छ, जब पूरा ममत्व निस्किन्छ। सारा दुनियाँदेखि वैराग्य।
मित्र-सम्बन्धी आदिलाई देखेर पनि मानौं देखिँदैन। जानेका छौ– यी सबै नर्कवासी,
कब्रिस्तानी हुन्। यो सबै समाप्त हुनु छ। अब हामी फर्केर घर जानु छ, त्यसैले
सुखधाम-शान्तिधामलाई नै याद गर्छौं। हामी हिजो स्वर्गवासी थियौं, राज्य गर्थ्यौं,
त्यो गुमाइदियौं, फेरि हामीले राज्य लिन्छौं। बच्चाहरूले जान्दछौ– भक्तिमार्गमा कति
झुक्नुपर्ने, पैसा बर्बाद गर्नुपर्ने हुन्छ। चिल्लाइरहन्छन्, तर केही पनि मिल्दैन।
आत्माले पुकार्छ– बाबा आउनुहोस्, सुखधाममा लिएर जानुहोस्, त्यो पनि जब अन्त्यमा धेरै
दु:ख हुन्छ, तब याद गर्छन्।
तिमीले देख्छौ– अब यो
पुरानो दुनियाँ समाप्त हुनु छ। अहिले हाम्रो यो अन्तिम जन्म हो, यसमा हामीलाई सारा
ज्ञान मिलेको छ। ज्ञान पूरा धारण गर्नु छ। भूकम्प आदि अचानक जान्छ नि। हिस्दुस्तान,
पाकिस्तानको विभाजनमा कति मरे। तिमी बच्चाहरूलाई सुरुदेखि लिएर अन्त्यसम्मको सबै
थाहा छ। जे बाँकी रहेको छ, त्यो पनि थाहा हुँदै जान्छ। केवल एउटा सोमनाथको मन्दिर
मात्र सुनको थिएन, अरू पनि धेरैको महल, मन्दिर आदि सुनका हुनुपर्छ। फेरि के हुन्छ,
कहाँ गुम भएर जान्छ? के भूकम्पमा यसरी तल जान्छ, जसकारण निस्किँदै निस्किँदैन?
भित्रै सड्छ... के हुन्छ? पछि गएर तिमीलाई थाहा हुने छ। भन्छन्– सुनको द्वारिका तल
गयो। अहिले तिमीले भन्छौ– ड्रामामा त्यो तल गयो, फेरि चक्र घुमेर माथि आउने छ। त्यो
पनि फेरि बनाउनुपर्ने हुन्छ। यो चक्र बुद्धिमा स्मरण गरेर धेरै खुसी हुनुपर्छ। यो
चित्र त पकेटमा राख्नुपर्छ। यो ब्याज धेरै सेवा लायक छ। तर यति सेवा कसैले गर्दैनन्।
तिमी बच्चाहरूले रेलमा पनि धेरै सेवा गर्नसक्छौ, तर कसैले पनि रेलमा के के सेवा भयो,
त्यो कहिल्यै समाचार लेख्दैनन्। थर्ड क्लासमा पनि सेवा हुनसक्छ। जसले कल्प पहिला
बुझेका थिए, जो मनुष्यबाट देवता बनेका थिए, उनैले बुझ्छन्। मनुष्यबाट देवता भनेर
गायन गरिन्छ। यस्तो भनिदैन, मनुष्यबाट क्रिश्चियन वा मनुष्यबाट सिख। होइन।
मनुष्यबाट देवता बने अर्थात् आदि सनातन देवी-देवता धर्मको स्थापना भयो। बाँकी सबै आ
आफ्नो धर्ममा गए। कल्प वृक्षमा देखाइन्छ– फलानो फलानो धर्म फेरि कहिले स्थापना
हुन्छ? देवताहरू हिन्दु बने। हिन्दुबाट फेरि अरू अरू धर्ममा परिवर्तन भए। ती पनि
धेरै निस्किन्छन्, जो आफ्नो श्रेष्ठ धर्म-कर्मलाई छोडेर अर्को धर्ममा गएका छन्, ती
निस्केर आउने छन्। पछि थोरै बुझ्नेछन्, प्रजामा आउने छन्। देवी-देवता धर्ममा सबै कहाँ
आउँछन् र। सबै आआफ्नो सेक्सनमा जान्छन्। तिम्रो बुद्धिमा यी सबै कुरा छन्। दुनियाँमा
के के गरिरहन्छन्। अनाजको लागि कति प्रबन्ध गर्छन्। ठुला ठुला मेसिन लगाउँछन्। खास
केही पनि हुँदैन। सृष्टि तमोप्रधान बन्नु नै छ। सिँढी तल उत्रिनु नै छ। ड्रामामा जे
निश्चित छ, त्यो भइरहन्छ। फेरि नयाँ दुनियाँको स्थापना हुनु नै छ। वैज्ञानिकहरू,
जसले अहिले सिकिरहेका छन्, केही वर्षमा नै धेरै होसियार हुन्छन्। जसबाट फेरि त्यहाँ
धेरै राम्रा राम्रा चीज बन्छन्। यो विज्ञान त्यहाँ सुखदायक हुन्छ। यहाँ त सुख थोरै
छ, दु:ख धेरै हुन्छ। यी विज्ञानका चीजहरू निस्केको कति वर्ष भयो र। पहिला त यो
बिजुली, ग्याँस आदि केही पनि थिएन। अहिले त हेर के के भइसकेको छ। त्यहाँ त फेरि
सिक्दै सिकाउँदै जान्छन्। छिटो छिटो काम हुँदैजान्छ। यहाँ पनि हेर भवन कसरी बन्छन्।
सबैथोक तयार हुन्छ। कति तला बनाउँछन्। त्यहाँ यस्तो हुँदैन। त्यहाँ त सबैको आआफ्नो
खेती हुन्छ। कर आदि केही पनि लाग्दैन। त्यहाँ त अथाह धन हुन्छ। जमीन पनि धेरै हुन्छ।
नदीहरू त सबै हुन्छन्, बाँकी नहर हुँदैनन्, जुन पछि खनिन्छ।
हामीलाई डबल इञ्जिन
मिलेको छ। यसमा तिमी बच्चाहरूको मनमा कति खुसी हुनुपर्छ। उकालोमा चढ्दा रेलमा डबल
इन्जिन लगाइन्छ। तिमी बच्चाहरूले पनि अङ्गुली दिन्छौ नि। तिमी कति थोरै छौ। तिम्रो
महिमा पनि गायन गरिएको छ। तिमीलाई थाहा छ– हामी ईश्वरीय सेवाधारी हौं। श्रीमतमा सेवा
गरिरहेका छौं। बाबा पनि सेवा गर्न आउनु भएको छ। एक धर्मको स्थापना, अनेक अधर्मको
विनाश गराइदिनु हुन्छ, केही समयपछि देख्ने छौ– धेरै हङ्गामा हुन्छ। अहिले पनि
डराइरहेका छन्– कहीँ आपसमा लडेर बम नछोडिदिऊन्। झिल्काहरू त धेरै निस्किरहन्छन्। घरी
घरी आपसमा लडिरहन्छन्। बच्चाहरूले जानेका छौ– पुरानो दुनियाँ समाप्त हुनु नै छ। फेरि
हामी आफ्नो घर जान्छौं। अहिले ८४ को चक्र पूरा भएको छ। सबै सँगै जान्छन्। तिमीहरूमा
पनि थोरै छन्, जसलाई घरी घरी याद हुन्छ। ड्रामा अनुसार चुस्त र सुस्त दुवै प्रकारका
विद्यार्थीहरू छन्। चुस्त विद्यार्थीहरूले राम्रो अङ्क ल्याएर पास हुन्छन्। जो
सुस्त हुन्छन्, उनको त सारा दिन लडाइँ झगडा नै भइरहन्छ। बाबालाई याद गर्दैनन्। सारा
दिन मित्र-सम्बन्धी नै धेरै याद आइरहन्छ। यहाँ त सबैथोक बिर्सिनुपर्ने हुन्छ। हामी
आत्मा हौं, यो शरीररूपी पुच्छर लट्किएको छ। हामीले कर्मातीत अवस्था प्राप्त गर्छौं,
फेरि यो पुच्छर छुट्छ। कर्मातीत अवस्था बनोस्, अनि यो शरीर समाप्त होस्, यही फिक्र
छ। हामी श्यामबाट सुन्दर बनौं। मेहनत त गर्नुपर्छ नि। प्रदर्शनीमा पनि हेर कति
मेहनत गर्छन्। महेन्द्र (भोपाल)ले कति हिम्मत देखाएका छन्। एक्लै कति मेहनतले
प्रदर्शनी आदि गर्छन्। मेहनतको फल पनि त मिल्छ नि। एक जनाले कति कमाल गरेका छन्।
कतिको कल्याण गरेका छन्। मित्र-सम्बन्धी आदिको मदतले नै कति काम गरेका छन्। कमाल छ!
मित्र-सम्बन्धीहरूलाई सम्झाउँछन्– यो पैसा आदि सबै यस कार्यमा लगाउनुहोस्, राखेर के
गर्नुहुन्छ? हिम्मतसँग सेन्टर पनि खोले। कतिको भाग्य बनाए। यस्ता ५-७ निस्केमा कति
सेवा हुने थियो। कोही कोही त धेरै कञ्जुस हुन्छन्। फेरि बुझिन्छ– यिनको तकदिरमा छैन।
विनाश सामुन्ने खडा छ तर केही त गरौं भन्ने कुरा बुझ्दैनन्। अहिले मानिसहरूले जे
दान गर्छन् त्यो ईश्वर अर्थ, तर बाबालाई नचिनी गरिएको त्यस दानबाट त केही पनि
मिल्दैन। ईश्वर त अहिले आउनु भएको छ, स्वर्गको रजाइँ दिन। बाबालाई नचिनी दानपुण्य
गर्नेलाई पनि मिल्दैन। सङ्गममा जसले आफ्नो तन-मन-धन सबै सफल गरेका छन् वा गरिरहेका
छन्, उनै हुन् तकदिरवान्। तर तकदिरमा छैन भने बुझ्दै बुझ्दैनन्। तिमीलाई थाहा छ– ती
पनि ब्राह्मण हुन्, हामी पनि ब्राह्मण हौं। हामी हौं प्रजापिता ब्रह्माकुमार-कुमारी,
यति धेरै ब्राह्मण छौं। उनीहरू हुन् कोख वंशावली, तिमी हौ मुख वंशावली। शिवजयन्ती
सङ्गममा हुन्छ। अहिले स्वर्ग बनाउनको लागि बाबाले मन्त्र दिनुहुन्छ– मनमनाभव। मलाई
याद गर्यौ भने तिमी पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्छौ। यसरी युक्तिसँग पर्चा
छपाउनु पर्छ। दुनियाँमा मर्न त धेरै मर्छन् नि। जहाँसुकै पनि जो मरे भने त्यहाँ
पर्चा बाँड्नुपर्छ। बाबा जब आउनु हुन्छ, तब नै पुरानो दुनियाँको विनाश हुन्छ अनि
त्यसपछि स्वर्गको द्वार खुल्छ। यदि कोही सुखधाममा जान चाहेमा त्यसको लागि मन्त्र छ
मनमनाभव। यस्तो रसिलो छापिएका पर्चा सबैसँग हुनुपर्छ। मसानघाटमा पनि बाँड्न सक्छौ।
बच्चाहरूलाई सेवाको सोख हुनुपर्छ। सेवाका युक्तिहरू त धेरै बताएको छु। यो त
राम्रोसँग लेखिदिनुपर्छ। लक्ष्य-उद्देश्य त लेखिएको छ। बुझाउने युक्ति धेरै राम्रो
चाहिन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कर्मातीत अवस्था प्राप्त गर्नको लागि यस शरीररूपी पुच्छरलाई भुल्नु छ। एक बाबा
सिवाय कुनै मित्र-सम्बन्धी आदि याद नआओस्, यसमा मेहनत गर्नु छ।
२) श्रीमतमा ईश्वरीय
सेवाधारी बन्नु छ। तन-मन-धन सबै सफल गरेर आफ्नो श्रेष्ठ तकदिर बनाउनु छ।
वरदान:–
कर्मभोगरूपी
परिस्थितिको आकर्षणलाई पनि समाप्त गर्ने सम्पूर्ण नष्टोमोहा भव
अहिलेसम्म
प्रकृतिद्वारा बनेका परिस्थितिहरूले अवस्थालाई आफ्नोतर्फ केही न केही आकर्षित गर्छन्।
सबैभन्दा ज्यादा आफ्नो देहको हिसाबकिताब, बाँकी रहेको कर्मभोगको रूपमा आउने
परिस्थितिले आफ्नोतर्फ आकर्षित गर्छ– जब यो आकर्षण पनि समाप्त हुन्छ तब भनिने छ
सम्पूर्ण नष्टोमोहा। कुनै पनि देहको वा देहको दुनियाँको परिस्थितिले स्थितिलाई
हल्लाउन नसकोस्– यही सम्पूर्ण स्टेज हो। जब यस्तो स्टेजसम्म पुग्नेछौ तब सेकेन्डमा
आफ्नो मास्टर सर्वशक्तिमान् स्वरूपमा सहजै स्थित हुन सक्नेछौ।
स्लोगन:–
पवित्रताको
व्रत सबैभन्दा श्रेष्ठ सत्यनारायणको व्रत हो– यसमा नै अतीन्द्रिय सुख समाहित छ।