25.05.25    Avyakt Bapdada     Nepali Murli    04.09.2005     Om Shanti     Madhuban


शिक्षा को साथै क्षमा र दया लाई अपनाऊ , आशीर्वाद दियौ र आशीर्वाद लियौ भने तिम्रो घर आश्रम बन्नेछ


आज बापदादाले सबै बच्चाहरूको मस्तकमा पवित्रताका रेखाहरू देखिरहनुभएको छ किनभने ब्राह्मण जीवनको आधार नै पवित्रता हो। पवित्रताका रेखाहरू कुन हुन्, जान्दछौ? पवित्रता सबैलाई प्रिय छ। पवित्रता सुख, शान्ति, प्रेम, आनन्दको जननी हो। पवित्रता मानवको सच्चा श्रृङ्गार हो। पवित्रता छैन भने मानव जीवनको मूल्य छैन। जसरी देखेका छौ– देवताहरू पवित्र हुन्छन्, त्यसैले नै माननीय र पूजनीय छन्। पवित्रता छैन त्यसैले मानव जीवन आजकाल कस्तो भएको छ देखिरहेका छौ। बापदादाले तिमीहरू सबै बच्चाहरूलाई ब्राह्मण जन्मको वरदान यही दिनुभयो– पवित्र भव, योगी भव। जुन आत्मामा पवित्रता छ, उसको चाल, चलन, चेहरा चम्कन्छ त्यसैले पवित्रता नै जीवनलाई श्रेष्ठ बनाउनेवाला हो। वास्तवमा तिमीहरू सबै बच्चाहरूको आदि स्वरूप नै पवित्रता हो। अनादि स्वरूप पनि पवित्रता हो। यस्ता पवित्र आत्माहरूको विशेषता उनीहरूको जीवनमा सदा पवित्रताको पर्सनालिटी (व्यक्तित्व) देखिन्छ। पवित्रताको वास्तविकता, पवित्रताको रोयल्टी (श्रेष्ठता) चेहरा र चालचलनमा देखिन्छ। यी रेखाहरू जीवनका श्रृङ्गार हुन्। रियल्टी (वास्तविकता) हो– म अनादि आदि स्वरूप हुँ, यो स्मृतिले समर्थ बनिन्छ। रोयल्टीहो– स्वयं पनि स्वमानमा र हरेकलाई सम्मान दिएर चल्नेवाला। पर्सनालिटी हो– सदा सन्तुष्टता र प्रसन्नता। स्वयं पनि सन्तुष्ट र अरूलाई पनि सन्तुष्ट पार्नेवाला। पवित्रताबाट प्राप्तिहरू पनि धेरै छन्। बापदादाले तिमीहरू सबै बच्चाहरूलाई के के प्राप्ति गराउनुभएको छ, त्यो जान्दछौ नि! कति खजानाले भरपुर पार्नुभएको छ, प्राप्तिहरूलाई स्मृतिमा राख्यौ भने भरपुर हुन्छौ।

सबैभन्दा पहिलो खजाना दिनुभएको छ– ज्ञानको खजाना। जसबाट जीवित रहँदै दु:ख अशान्तिबाट मुक्त भइन्छ। व्यर्थ सङ्कल्प, नकारात्मक सङ्कल्प, विकल्प, विकर्मबाट मुक्त भइन्छ। यदि कुनै पनि व्यर्थ सङ्कल्प वा विकल्प आउँछ भने पनि, ज्ञानको बलले विजयी बनिन्छ।

दोस्रो खजाना हो– याद, योग। जसबाट शक्तिहरूको प्राप्ति हुन्छ र शक्तिहरूको आधारमा सबै समस्याहरूलाई, सबै विघ्नहरूलाई सहजै पार गरिन्छ।

तेस्रो खजाना हो– धारणाहरूको, जसबाट सबै गुणहरूको प्राप्ति हुन्छ। र चौथो खजाना हो– सेवाको, जसबाट सेवा गर्नाले, जसको सेवा गर्छौ उसको आशीर्वाद मिल्छ, खुसी प्राप्त हुन्छ।

बाबाबाट सबै बच्चाहरूलाई यति खजाना प्राप्त हुन्छ। बाबाले सबैलाई एकैनासका खजाना दिनुहुन्छ, कसैलाई कम, कसैलाई ज्यादा दिनुहुन्न। तर लिनेवालाहरूमा फरक पर्छ। कुनै बच्चाहरूले त खजानालाई प्राप्त गरेर खान्छन्, पिउँछन्, मौज गर्छन् र फेरि मौजमै खतम गरिदिन्छन्। कुनै बच्चाहरूले खान्छन्, पिउँछन्, मौज गर्छन् र जम्मा पनि गर्छन्। त्यस्तै कुनै बच्चाहरूले कार्यमा पनि लगाउँछन् तर बढाउँदै जान्छन्। बढाउने चाबी हो– खजानालाई स्वप्रति र अरूहरूप्रति प्रयोग गर्नु। जसले प्रयोग गर्छ उसले बढाउँछ। त्यसैले आफूले आफ्नो दिललाई सोध– यी विशेष खजाना जम्मा छन्? जम्मा छन्, के भन्छौ? जम्मा छन् कि अलिअलि मात्र जम्मा छन्? जोसँग यी खजाना जम्मा छन् ऊ सदा भरपुर रहन्छ। हेर, कुनै पनि चिज भरपुर रहन्छ नि, त्यसपछि हलचल हुँदैन। यदि भरपुर छैन भने हलचल हुन्छ, हल्लिन्छ। कुनै पनि चिजलाई यदि पुरै रीतिले भरेनौ भने त्यो हल्लिन्छ, त्यसैले यहाँ पनि यदि सबै खजानाले भरपुर छैनौ भने हलचल हुन्छौ। सदा यो नशा रहोस्– बाबाको खजाना मेरो जन्मसिद्ध अधिकार हो। बाबाले दिनुभयो, तिमीले लियौ भने सबै खजाना कसका भए? तिम्रा भए नि। त्यसैले जोसँग खजाना छन्, ऊ कति नशामा रहन्छ? जस्तै राजाको सानो छोरा राजकुमार हुन्छ, उसलाई थाहा पनि हुँदैन कि पितासँग के के खजाना छन् तर नशा हुन्छ– पिताका खजाना मेरा खजाना हुन् र ऊ खजानाको खुसीमा हुन्छ। यदि खुसी कम हुन्छ भने त्यसको कारण के हुन्छ? बाबाले त खजाना दिनुभएको छ, सुन्यौ। तर एक हुन्छन् सुन्नेवाला, अर्का हुन्छन् समाहित हुनेवाला, जो समाहित हुनेवाला छन् उनीहरू नशामा रहन्छन्।

आज नयाँ नयाँ बच्चाहरू पनि आएका छन्। बापदादाले तिमी भाग्यशाली बच्चाहरूलाई, तिमीहरू सबैको भाग्यको बधाई दिइरहनुभएको छ। आफ्नो भाग्यलाई चिनेका छौ! चिनेका छौ? परमात्म प्यार, अविनाशी प्यार जुन केवल एक जन्म चल्दैन, अनेक जन्म सदैव नै प्यार कायम रहन्छ किनभने यो जुन समय चलिरहेको छ, यो समय पनि सङ्गमयुग भाग्यवान् युग हो। सत्ययुगलाई पनि भाग्यवान् भनिन्छ तर वर्तमान सङ्गमयुगको समय त्योभन्दा पनि भाग्यवान् छ। किन? यस सङ्गमयुगमा नै बाबाद्वारा अखण्ड भाग्यको वरदान, वर्सामा प्राप्त हुन्छ। त्यसैले यस्तो सङ्गमयुगमा, भाग्यवान् समयमा तिमीहरू सबै आफ्नो भाग्य लिनको लागि आइपुगेका छौ। बापदादाले बच्चाहरूलाई एउटा धेरै सहज पुरुषार्थको विधि सुनाउनुहुन्छ– सहज चाहन्छौ नि! मुस्किल त चाहँदैनौ नि! यी बच्चाहरूलाई (पुरानाहरूलाई) त भाग्यको सहज विधि मिलेको छ। मिलेको छ नि? सबैभन्दा सहज, अरू केही पनि गर्नुछैन, केवल एक कुरा गर्नुछ, एक कुरा त गर्न सक्छौ नि! सक्छौँ भन वा सक्दैनौँ भन! भन– हुन्छ हजुर। त्यसैले सबैभन्दा सहज विधि हो– अमृतवेलादेखि लिएर सबैलाई जोसुकै पनि मिल्छ, उसँग आशीर्वाद लेऊ र आशीर्वाद देऊ। चाहे क्रोधी नै आओस्, तर तिमीले उसलाई पनि आशीर्वाद देऊ र आशीर्वाद लेऊ किनभने आशीर्वाद तीव्र पुरुषार्थको धेरै सहज यन्त्र हो। जस्तो साइन्समा रकेट हुन्छ नि– त्यसले कति छिटो कार्य गर्छ। त्यस्तै आशीर्वाद दिनु र आशीर्वाद लिनु, यो पनि अघि बढ्ने एउटा धेरै सहज साधन हो। अमृतवेला बाबासँग सहज यादद्वारा आशीर्वाद लेऊ र सारा दिन आशीर्वाद देऊ र आशीर्वाद लेऊ, यो गर्न सक्छौ? गर्न सक्छौ भने हात उठाऊ। कसैले श्राप दियो भने के गर्छौ? तिमीलाई बारम्बार हैरान पार्यो भने? हेर, तिमी परमात्माका बच्चा दाताका बच्चा दाता हौ नि! मास्टर दाता त हौ। त्यसोभए दाताको काम के हुन्छ? दिनु। त्यसैले सबैभन्दा राम्रो चिज हो आशीर्वाद दिनु। जस्तोसुकै व्यक्ति होस्, तर हो त तिम्रो भाइ, बहिनी। परमात्माका बच्चा त भाइ-बहिनी हौ नि! परमात्माको बच्चा हो, मेरो ईश्वरीय भाइ हो, ईश्वरीय बहिनी हो, त्यसोभए उसलाई के दिन्छौ! श्राप दिन्छौ र? बाबाले कहिल्यै श्राप दिनुहुन्छ! दिनुहोला? दिनुहुन्छ? दिनुहुन्छ कि दिनुहुन्न? दिनुहुन्छ कि दिनुहुन्न भन। धेरै खुसी रहनेछौ। किन? यदि श्राप दिनेवालालाई पनि तिमीले आशीर्वाद दियौ भने, उसले देओस् नदेओस्, तर तिमीले आशीर्वाद लियौ भने किन दु:ख हुन्छ! बापदादाले तिमी आएका बच्चाहरूलाई एउटा वरदान दिनुहुन्छ– वरदान याद राख्यौ भने सदा खुसी रहनेछौ। वरदान सुनाऊँ? सुन्छौ!

वरदान:– हो– यदि तिमीलाई कसैले दु:ख दियो भने पनि तिमीले दु:ख लिनुछैन, उसले देओस् तर तिमीले नलिनु। किनभने दिनेवालाले त दियो, तर लिनेवाला त तिमी हौ नि! दिनेवाला, लिनेवाला होइन। यदि उसले नराम्रो चिज दियो, दु:ख दियो, अशान्ति दियो, त्यो त नराम्रो चिज हो नि। तिमीलाई दु:ख मन पर्छ? मन पर्दैन नि! त्यो तनराम्रो चिज भयो नि। त्यस्तोनराम्रो चिज लिइन्छ र? कसैले तिमीलाई नराम्रो चिज दियो भने तिमीले लिन्छौ? लिन्छौ? लिँदैनौ। त्यसोभए लिन्छौ किन? लिन त लिइहाल्छौ नि! यदि दु:ख लिन्छौ भने को दु:खी हुन्छ? तिमी हुन्छौ कि ऊ हुन्छ? लिनेवाला ज्यादा दु:खी हुन्छ। यदि अहिलेदेखि दु:ख लिँदैनौ भने तिम्रो आधा दु:ख त हट्यो, लिँदै लिँदैनौ नि! तिमीले दु:खको सट्टा उसलाई सुख दियौ भने आशीर्वाद मिल्छ नि। त्यसैले सुखी पनि रहनेछौ र आशीर्वादको खजाना पनि भरपुर हुँदै जानेछ। हरेक आत्मासँग, जस्तोसुकै होस् तिमीले आशीर्वाद लेऊ। शुभभावना, शुभकामना राख। कहिलेकाहीँ के हुन्छ? कसैले यस्तो काम गर्छ नि, तब कोसिस गर्छौ शिक्षा दिने। यसलाई ठीक पारिदिऊँ, शिक्षा दिन्छौ। शिक्षा देऊ तर शिक्षा दिने सर्वोत्तम विधि हो– क्षमाको रूप बनेर शिक्षा देऊ। केवल शिक्षा नदेऊ, रहम, क्षमा पनि गर र शिक्षा पनि देऊ। दुई शब्द याद राख– शिक्षा र क्षमा, रहम। यदि रहमदिल बनेर उसलाई शिक्षा दियौ भने तिम्रो शिक्षाले काम गर्नेछ। यदि रहमदिल बनेर दिएनौ भने, शिक्षा एक कानबाट सुन्छन् अर्को कानबाट निस्किन्छ। शिक्षा धारण हुँदैन। यस्तै हो नि? अनुभव छ? तिमी पनि कसैको टिचर त बन्दैनौ? टिचर बन्न छिटो आउँछ तर क्षमा गर्नु, दुवै साथसाथै हुनुपर्छ। अहिलेदेखि रहम, रहम गर्ने विधि हो शुभभावना, शुभकामना। जस्तो भनिन्छ नि सच्चा प्यारले पत्थरलाई पनि पानी बनाइदिन्छ... त्यस्तै क्षमा स्वरूपले शिक्षा दिनाले तिम्रो जुन कार्य यो नगरोस्, यो नहोस्, भन्ने चाहन्छौ त्यो प्रत्यक्ष देखिनेछ। तिम्रो रहमदिल बनेर शिक्षा दिने प्रभावले उसको कठोर दिल पनि परिवर्तन हुनेछ। त्यसोभए के वरदान मिल्यो? न दु:ख दिनु, न दु:ख लिनु। मन पर्यो? मन पर्यो भने अब दु:ख लिनुछैन। गल्ती गर्नुछैन। बाबाले दु:ख दिनुहुन्न भने फलो फादर त गर्नुछ नि? गरिरहेका छौ! कहिलेकाहीँ अलिकति गाली गर्छौ। गाली गर्नुछैन। रहम गर। रहमसँगै शिक्षा देऊ। बारम्बार कसैलाई गाली गर्नाले झन् जुन आत्मालाई गाली गर्छौ नि, ऊ दुस्मन बन्छ। घृणा आउँछ। परमात्मका बच्चा हौ नि! जसरी बाबा पतितलाई पनि पावन बनाउनेवाला हुनुहुन्छ, त्यसैगरी तिमीले दु:खीलाई सुख दिन सक्दैनौ? अब गएर ट्रायल (परीक्षण) गर्नु, ट्रायल गर्छौ नि! त्यसैले पहिला च्यारिटी बिगन्स एट होम (परिवर्तन आफैबाट सुरु गर्नुछ), परिवारमा यदि कसैले दु:ख दियो भने पनि त्यो दु:ख लिनुछैन। आशीर्वाद दिनु, रहमदिल बन्नु, पहिला घरवालाहरूलाई रहम गर। तिम्रो घरको प्रभाव तिम्रो इलाकामा पर्नेछ, इलाकाको प्रभाव देशमा पर्नेछ, देशको प्रभाव विश्वमा पर्नेछ। सहज छ नि! आफ्नो परिवारमा सुरु गर किनभने हेर एक जनाले पनि यदि क्रोध गर्यो भने घरको वातावरण के हुन्छ? घर जस्तो लाग्छ कि युद्धको मैदान जस्तो लाग्छ? त्यो समय राम्रो लाग्छ? लाग्दैन नि!

तिमीहरूको लागि पनि हो (आज भी.आइ.पीहरूसँग मधुबन निवासी समर्पित भाइ बहिनीहरू पनि अगाडि बसेका छन्) आआफ्ना साथीहरूसँग, आआफ्ना कार्यकर्ताहरूसँग न दु:ख लिनु, न दु:ख दिनु। आशीर्वाद दिनु र आशीर्वाद लिनु। यदि तिमीले अधिकारले यस्तो समयमा पनि दिलबाट मेरो बाबा! भन्यौ भने, परमात्मा बाबा! मेरो बाबा!... त्यसैले त उखान छ– भगवान सदा हाजिर हुनुहुन्छ। यदि तिमीले दिलबाट, अधिकारका रूपमा यस्तो समयमा मेरो बाबा भन्यौ भने, बाबा हजुर हाजिर हुनुहुनेछ, किनभने बाबा केको लागि हुनुहुन्छ? बच्चाहरूको लागि त हुनुहुन्छ। र अधिकारी बच्चालाई बाबाले सहयोग नदिनुहोला, यो हुनै सक्दैन। असम्भव। त्यसैले परिवर्तन गरेर जानु। जस्तो आयौ, त्यस्तै नजानु। परिवर्तन गरेरै जानु किनभने हेर, यति खर्च गरेर आएका छौ, टिकट त लाग्यो नि। खर्च पनि गर्यौ, समय पनि दियौ त्यसैले त्यसको मूल्य महत्व त राख्छौ नि! त्यसोभए मूल्य हो– स्वपरिवर्तनबाट पहिला घरको परिवर्तन, फेरि विश्वको, देशको परिवर्तन। तिम्रो घर आश्रम बनोस्। घर होइन, आश्रम। हुन त शास्त्रले पनि भन्छन् गृहस्थ आश्रम, तर आज आश्रम छैनन्। आश्रम छुट्टै छन्, घर छुट्टै छन्। त्यसैले घरलाई आश्रम बनाउनु। आशीर्वाद दिनु र लिनु यो आश्रमको कार्य हो। तिम्रो घर मन्दिर बन्नेछ। मन्दिरमा मूर्तिले के गर्छ? आशीर्वाद दिन्छ नि! मूर्तिको अगाडि गएर के भन्छौ? आशीर्वाद देऊ। मर्सी (दया), मर्सी भनेर चिच्याउँछौ। त्यसोभए तिमीले पनि के दिनुछ? आशीर्वाद। ईश्वरीय प्यार देऊ, आत्मिक प्यार देऊ। शरीरको प्यार होइन आत्मिक प्यार। आज प्यार छ भने स्वार्थको प्यार छ। सच्चा दिलको प्यार छैन। स्वार्थ भयो भने प्यार दिन्छन्, स्वार्थ भएन भने वास्ता गर्दैनन्। अब तिमीले के गर्छौ? आत्मिक प्यार दिनु, आशीर्वाद दिनु, न दु:ख लिनु, न दु:ख दिनु। हेर तिमीलाई मौका मिलेको छ, बापदादालाई पनि खुसी छ। यति जो पनि सबै आएका छन्, (भारतका करिब २५० भी.आइ.पी.हरू रिट्रीटमा आएका छन्) यति घर त आश्रम बन्छन् नि। बनाउँछौ नि? पक्का? कि अलिअलि कच्चा? जसले बुझ्छन् जेसुकै होस्, अलिकति त सहन गर्नुपर्छ, समाहित गर्ने शक्ति कार्यमा लगाउनुपर्छ, तर सहनशक्तिको फल ठुलो मीठो हुन्छ। सहन गर्नुपर्छ तर फल ठुलो मीठो हुन्छ। त्यसैले जसले पक्का प्रतिज्ञा गर्छौ, घर घरलाई स्वर्ग बनाउँछौँ, मन्दिर बनाउँछौँ, आश्रम बनाउँछौँ, उनीहरूले हात उठाऊ। देखासिकीमा नउठाउनु किनभने बापदादाले हिसाब लिनुहुन्छ नि फेरि। देखेर नउठाउनु। सच्चा सच्चा मनको हात, मनले हात उठाऊ। अच्छा। दादीहरू! यिनीहरूलाई यसको के पुरस्कार दिन्छौ? भन– दादी, यति मन्दिर बन्छन् भने तिमीले उनीहरूलाई के पुरस्कार दिन्छौ? (आफ्ना घरपरिवारहरूलाई लिएर आउनुहोस्) यो त पुरस्कार दिनुभएन, यो त काम सुनायौ। (बाबाले जे आज्ञा गर्नुहुन्छ)। हेर पुरस्कार त तिमीलाई मिल्नेछ, कुनै ठुलो कुरा होइन, तर... तर छ? तर भनुँ। तिमी गएपछि आफ्नो धारणाले परिवर्तन गर्नु र १५ दिनपछि, महिनापछि आफ्नो नतिजा लेख्नु, जसले एक महिना पनि न दु:ख लिन्छ, न दु:ख दिन्छ, उसलाई धेरै राम्रो पुरस्कार दिइनेछ। यदि तिमीहरू आयौ भने बधाई छ, यदि आउन सकेनौ भने पनि केन्द्रमा पठाइनेछ। अच्छा!

चारैतिरका देश विदेशका बच्चाहरूको याद बापदादालाई मिलेको छ। चाहे फोनद्वारा याद पठाएका छन्, चाहे पत्रद्वारा, चाहे दिलमा याद गरेका छन्, तब बापदादाले सबै बच्चाहरूलाई चाहे भारतका, चाहे विदेशका त्यसको रिटर्नमा पदमगुणा आशीर्वाद र यादप्यार दिइरहनुभएको छ। चारैतिरका परमात्म प्यारका अधिकारी बच्चाहरूलाई, चारैतिर सबै खजानाले भरपुर, निर्विघ्न, निर्विकल्प, निरव्यर्थ सङ्कल्प रहने श्रेष्ठ आत्माहरूलाई, साथसाथै सबै परिवर्तन गर्ने र गराउने उमङ्ग-उत्साहमा उड्ने बच्चाहरूलाई, साथसाथै बापदादालाई सच्चा दिलको समाचार दिने सच्चा दिल भएका बच्चाहरूलाई विशेष दिलारामको रूपमा, बाबाको रूपमा, टिचरको रूपमा, सद्गुरुको रूपमा पदमगुणा यादप्यार एवं नमस्ते।

वरदान:–
भ ट्कि रहेका आत्माहरूलाई यथार्थ लक्ष्य देखाउने चैतन्य लाइट-माइट हाउस भव

कुनै पनि भट्किरहेको आत्मालाई यथार्थ लक्ष्य देखाउनको लागि चैतन्य लाइट-माइट हाउस बन। यसको लागि दुई कुरा ध्यानमा रहोस्– १- हरेक आत्माको चाहनालाई परख गर्नु, जसरी योग्य डाक्टर उसलाई भनिन्छ जसले नाडी जान्दछ, त्यसैगरी परख गर्ने शक्तिलाई सदा प्रयोग गर्नु। २- सदा आफूसँग सबै खजानाको अनुभव कायम राख्नु। सदा यो लक्ष्य राख्नु– सुनाउनु छैन तर सर्व सम्बन्धहरूको, सर्व शक्तिहरूको अनुभव गराउनुछ।

स्लोगन:–
अरूलाई करेक्सन गर्नुको सट्टा एक बाबासँग ठीक कनेक्सन राख।