25.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफूले आ फै लाई सोध– म कर्मेन्द्रियजित बनेको छु ? कुनै पनि कर्मेन्द्रियले मलाई धोका त दिँदैन ? ”

प्रश्न:–
कर्मातीत बन्नको लागि तिमी बच्चाहरूले आफूले आफैसँग कुन चाहिँ प्रतिज्ञा गर्नुछ?

उत्तर:–
आफैसँग प्रतिज्ञा गर– मेरो कुनै पनि कर्मेन्द्रिय कहिल्यै पनि चलायमान हुनेछैन। मैले आफ्ना कर्मेन्द्रियहरू वशमा पार्नुछ। बाबाले जति पनि निर्देशन दिनुभएको छ, तिनलाई व्यवहारमा ल्याउनु नै छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कर्मातीत बन्नुछ भने कुनै पनि कर्मेन्द्रियद्वारा विकर्म नगर। माया धेरै शक्तिशाली छ। आँखाहरू धोकेबाज छन् त्यसैले आफूलाई सम्हाल।

ओम् शान्ति ।
प्यारा बच्चाहरू! आत्म अभिमानी भएर बसेका छौ? आफैलाई सोध, हरेक कुरा आफैलाई सोध्नुपर्छ। बाबा युक्ति बताउनुहुन्छ– आफैलाई सोध, आत्म अभिमानी भएर बसेका छौ? बाबालाई याद गरेका छौ? किनकि यो तिम्रो रुहानी सेना हो। त्यो सेनामा सदैव जवान नै भर्ना हुन्छन्। यस सेनाका जवान १४-१५ वर्षका पनि छन् भने ९० वर्षका वृद्ध पनि छन्, साना बच्चाहरू पनि छन्। यो सेना मायामाथि विजय प्राप्त गर्नको लागि हो। हरेकले मायामाथि विजय प्राप्त गरेर बाबाबाट बेहदको वर्सा पाउनुछ किनकि मायालाई जित्न धेरै कठिन छ। बच्चाहरूले स्वयं पनि जान्दछन्, माया धेरै शक्तिशाली छ। हरेक कर्मेन्द्रियले धेरै धोका दिन्छ। सबैभन्दा पहिला बढी धोका दिने कुन चाहिँ कर्मेन्द्रिय हो? आँखाहरूले नै सबैभन्दा बढी धोका दिन्छन्। आफ्नी पत्नी हुँदाहुँदै पनि अर्की कुनै सुन्दरी देखे भने त्यसले तुरुन्तै तान्छ। आँखाहरूले बढी धोका दिन्छन्। उनलाई हात लगाऊँ भन्ने दिल हुन्छ। बच्चाहरूलाई सम्झाइन्छ– सदैव बुद्धिले यो सम्झ, हामी ब्रह्माकुमार-कुमारीहरू भाइबहिनी हौँ, यसमा मायाले धेरै गुप्त धोका दिन्छ त्यसैले यो चार्टमा पनि लेख्नुपर्छ– आज दिनभरिमा कुन कुन कर्मेन्द्रियले मलाई धोका दिए? सबैभन्दा ठुला दुस्मन यी आँखाहरू हुन्। त्यसैले यो लेख्नुपर्छ– फलानीलाई देखेँ, मेरो दृष्टि गयो। सुरदासको पनि उदाहरण छ नि। उनले आफ्ना आँखा निकालिदिए। आफ्नो जाँच गरेमा थाहा हुन्छ यी आँखाहरूले बढी धोका दिन्छन्। आफ्नी पत्नीलाई पनि छोडेर कोही राम्री देखे भने तिनैमाथि आकर्षित (फिदा) हुन्छन्। कोही गाउनमा सिपालु छन्, शृङ्गार राम्रो रहेछ भने आँखाहरू तुरुन्तै चलायमान भइहाल्छन् त्यसैले बाबा भन्नुहुन्छ– यी आँखाहरूले धेरै धोका दिन्छन्। गर्न त सेवा पनि गर्छन् तर आँखाहरूले धेरै धोका दिन्छन्। यस दुस्मनको पूरा जाँच गर्नुछ। होइन भने सम्झ, हामीले आफ्नो पद भ्रष्ट गर्नेछौँ। जो समझदार बच्चाहरू छन् उनीहरूले आफ्नो साथमा डायरीमा नोट गर्नुपर्छ– फलानीलाई देखेँ अनि मेरो दृष्टि गयो, फेरि आफूलाई आफैले सजाय देऊ। भक्तिमार्गमा पनि पूजाको टाइममा बुद्धि अरू अरू तिर भाग्यो भने आफैलाई चिमोट्छन्। त्यसैले जहिले पनि यस्ती कुनै स्त्री आदि अगाडि आउँछन् भने तर्किनुपर्छ। उभिएर हेर्नुहुँदैन। आँखाले धेरै धोका दिन्छन् त्यसैले संन्यासीहरू आँखा बन्द गरेर बस्छन्। स्त्रीलाई पछाडि, पुरुषलाई अगाडि राख्छन्। कति यस्ता पनि हुन्छन् जसले स्त्रीलाई बिल्कुलै हेर्दैनन्।

तिमी बच्चाहरूले त धेरै मेहनत गर्नुछ। विश्वको राज्य भाग्य लिनु कुनै कम कुरा कहाँ हो र। उनीहरूले त १०, १२, २० हजार, एक दुई, लाख-करोड जम्मा गर्छन् र खतम भइहाल्छन्। तिमी बच्चाहरूलाई त अविनाशी वर्सा मिल्छ। सबैथोक प्राप्त हुन्छ। यस्तो कुनै चिज हँदैन जसको प्राप्तिको लागि धेरै मेहनत गर्नुपर्छ। कलियुगको अन्त्य र सत्ययुगको आदिमा रातदिनको फरक छ। यहाँ त केही पनि छैन।

अहिले तिम्रो यो पुरुषोत्तम सङ्गमयुग हो। पुरुषोत्तम शब्द अवश्य लेख्नुछ। मनुष्य से देवता किये... तिमी अहिले ब्राह्मण बनेका छौ। मानिसहरू त बिल्कुलै घोर अन्धकारमा छन्। धेरै छन् जसले स्वर्गलाई देख्न सक्दैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिम्रो धर्म धेरै सुखदायक छ। मानिसहरूलाई कहाँ केही थाहा छ र! भारतवर्षका मानिसहरूले पनि भुलेका छन्, स्वर्ग के चिज हो। क्रिस्चियनहरूले पनि आफै भन्छन्– स्वर्ग थियो। यी लक्ष्मीनारायणलाई भगवान भगवती (गड गडेज) भन्छन् नि। त्यसैले अवश्य गड, भगवानले नै यस्तो बनाउनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– मेहनत धेरै गर्नुछ। दिनहुँ आफ्नो पोतामेल हेर। कुन चाहिँ कर्मेन्द्रियले मलाई धोका दियो? मुखले पनि धेरै धोका दिन्छ। पहिला कचहरी हुन्थ्यो। सबैले आफ्नो भुल बताउँथे। मैले फलानो चिज लुकाएर खाएँ। ठुला घरका राम्रा राम्रा बच्चाहरूले बताइदिन्छन्, यसरी यसरी मायाले आक्रमण गर्छ। लुकाएर खानु पनि चोरी हो। त्यो पनि शिवबाबाको यज्ञको चोरी– यो त धेरै नराम्रो बानी हो। कक्खको चोर सो लखको चोर। मायाले एकदम नाकमा समात्छ। यो बानी धेरै नराम्रो हो। नराम्रो बानी भयो भने हामी के बन्नेछौँ! स्वर्गमा जानु कुनै ठुलो कुरा होइन। तर त्यसमा फेरि पद पनि त छ नि। कहाँ राजा कहाँ प्रजा। कति फरक छ। त्यसैले कर्मेन्द्रियहरूले पनि धेरै धोका दिन्छन्। तिनको सम्हाल गर्नुछ। उच्च पद पाउनुछ भने बाबाको निर्देशनमा पूरा चल्नुछ। बाबाले निर्देशन दिनुहुन्छ, माया फेरि बीचमा आएर विघ्न पार्छ। बाबा भन्नुहुन्छ– यो कुरा नभुल, होइन भने अन्त्यमा धेरै पछुताउनेछौ। फेल भएको फेरि साक्षात्कार पनि हुन्छ। अहिले तिमीले भन्छौ– हामी नरबाट नारायण बन्नेछौँ। तर आफैलाई सोध, आफ्नो पोतामेल (चार्ट) निकाल। धेरै छन्, जसले मुस्किलले बुझेर व्यवहारमा ल्याउँछन्। तर बाबा भन्नुहुन्छ– यसबाट तिम्रो धेरै उन्नति हुन्छ। दिनभरिको पोतामेल निकाल्नुपर्छ। यी आँखाहरूले धेरै धोका दिन्छन्। कसैलाई देख्यौ भने ख्याल आउँछ, यिनी त धेरै राम्री छिन्, फेरि कुरा गर्छन्। दिल हुन्छ– उनलाई केही सौगात दिऊँ, यो खुवाऊँ, त्यही चिन्तन चलिरहन्छ। बच्चाहरूले सम्झन्छन्– यसमा धेरै ठुलो मेहनत छ। कर्मेन्द्रियहरूले धेरै धोका दिन्छन्। रावण राज्य हो नि। बाबा भन्नुहुन्छ– त्यहाँ चिन्ताको कुनै कुरा हुँदैन किनकि रावण राज्य नै हुँदैन। चिन्ताको कुरा नै हुँदैन। त्यहाँ पनि चिन्ता भयो भने फेरि नर्क र स्वर्गमा फरक नै के रह्यो र?

तिमी बच्चाहरूले धेरै धेरै उच्च पद पाउनको लागि भगवानसँग पढ्छौ। बाबा सम्झाउनुहुन्छ– मायाले निन्दा गराउँछ। तिमीले अपकार गर्छौ मैले उपकार गर्छु। प्यारा बच्चाहरू! तिमीले कुदृष्टि राख्यौ भने आफ्नै नोक्सान पार्नेछौ। तिम्रो लक्ष्य धेरै ठुलो छ त्यसैले बाबा भन्नुहुन्छ– आफ्नो पोतामेल हेर। कुनै विकर्म त गरेनौ? कसैलाई धोका त दिएनौ? अब विकर्माजित बन्नुछ। विकर्माजित सम्बतको विषयमा तिमी बच्चाहरू बाहेक अरू कसैलाई थाहा छैन। बाबाले सम्झाउनुभएको छ– विकर्माजित सम्बत सुरु भएको बेलादेखि अहिले ५ हजार वर्ष भयो, फेरि विकर्म गर्छन् अनि वाममार्गमा जान्छन्। कर्म, अकर्म, विकर्म शब्द त छन् नि। मायाको राज्यमा मानिसले जे जति कर्म गर्छन्, त्यो विकर्म नै बन्छ। सत्ययुगमा विकार हुँदैन। त्यसैले त्यहाँ कुनै पनि विकर्म हुँदैन। यो पनि तिमीलाई थाहा छ– किनकि तिमीहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। तिमी त्रिनेत्री बनेका छौ। त्रिकालदर्शी, त्रिनेत्री बनाउने बाबा हुनुहुन्छ। तिमी आस्तिक बनेका छौ त्यसैले त्रिकालदर्शी बनेका छौ। सारा ड्रामाको रहस्य तिम्रो बुद्धिमा छ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन, ८४ को चक्र, फेरि अरू धर्म वृद्धि हुन्छन्। उनीहरूले कुनै सद्गति गर्न सक्दैनन्। उनीहरूलाई गुरु पनि भन्न सकिँदैन। सबैको सद्गति गर्ने एउटै बाबा हुनुहुन्छ। अहिले सबैको सद्गति हुनुछ। उनीहरूलाई धर्म स्थापक भनिन्छ, गुरु भनिदैन। धर्म स्थापकहरू धर्म स्थापन गर्नको लागि निमित्त बनेका हुन्। बाँकी उनीहरूले कहाँ सद्गति गर्छन् र! उनीहरूलाई याद गरेर कुनै सद्गति हुन सक्दैन। विकर्म विनाश हुन सक्दैन। त्यो सबै भक्ति हो। बाबा सम्झाउनुहुन्छ– मायालाई जित्न धेरै कठिन छ, यसमाथि नै लडाइँ हुन्छ। तिमी शिवशक्ति पाण्डव सेना हौ। तिमी सबै पण्डाहरू हौ। तिमीले शान्तिधाम, सुखधामको मार्ग बताउँछौ। मार्गदर्शक तिमी हौ। भन्छौ– बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ र फेरि अर्कातर्फ कुनै पाप कर्म गरेमा सय गुणा पाप लाग्छ। जति सकिन्छ कुनै विकर्म गर्नुहुँदैन। कर्मेन्द्रियहरूले धेरै धोका दिन्छन्। बाबाले हरेकको चालचलनबाट बुझ्नुहुन्छ। बच्चाहरूलाई मायाको तुफान आउँछ। स्त्री पुरुषको भानले नै तुफान ल्याउँछ। त्यसैले यी आँखाहरूमा कति कब्जा (अधिकार) राख्नुपर्छ। हामी त शिवबाबाका बच्चा हौँ। बाबासँग प्रतिज्ञा गरेर राखी पनि बाँध्छन् तैपनि मायाले धोका दिइहाल्छ, फेरि छुट्न सक्दैनन्। कर्मेन्द्रिय वशमा भए भने कर्मातीत अवस्था हुन सक्छ। भन्न त सहज छ– हामी लक्ष्मीनारायण बन्नेछौँ तर समझ पनि चाहिन्छ नि। बाबा भन्नुहुन्छ– निर्देशनलाई व्यवहारमा ल्याऊ। बाबा बाबा भनिराख। बाबाबाट हामीले पूरा वर्सा लिन्छौँ। यस्तो टिचर कहिल्यै पनि कहीँ पनि मिल्नुहुन्न। यी सबै कुरा देवताहरूलाई पनि थाहा हुँदैन भने पछाडिका अन्य धर्मकाले फेरि कसरी जान्न सक्छन्। बाबा भन्नुहुन्छ– मैले केही भनेँ भने पनि यही सम्झ– यो शिवबाबाले भन्नुहुन्छ। यस्तो नसम्झ, यी दादाले भन्छन्। यिनी त मेरा रथ हुन्, यिनले के गर्छन्, तिमी बच्चाहरूलाई राज्य भाग्य मैले दिन्छु। यी रथले कहाँ दिन्छन् र। यिनी त बिल्कुलै साधारण हुन्। यिनले पनि बाबाबाट वर्सा लिन्छन्। जसरी तिमीले पुरुषार्थ गर्छौ त्यसरी नै यिनले पनि पुरुषार्थ गर्छन्। यिनी पनि विद्यार्थी जीवनमा छन्। यो रथ भाडामा लिइएको हो, यो तमोप्रधान छ। तिमीले पूज्य देवता बन्नको लागि, मानिसबाट देवता बन्नको लागि पढ्छौ। कसैको तकदिरमा छैन भने भन्छन्– मलाई त संशय छ, शिवबाबा आएर कसरी पढाउनुहुन्छ! मेरो त समझमै आउँदैन। बाबाको याद नगरी विकर्म विनाश हुन सक्दैन। पूरा सजाय खानुपर्नेछ। यहाँ राज्य स्थापन भइरहेको छ। राजाहरूका कति दासीहरू हुन्छन्। बाबा त राजाहरूको सम्पर्कमा आएका छन्। राजाहरूले दासीहरू दाइजोमा दिन्छन्। यहाँ नै यति दासीहरू छन् भने सत्ययुगमा कति होलान्। यहाँ पनि राजधानी स्थापन भइरहेको छ।

बाबालाई थाहा छ बच्चाहरूले के के गरिरहेका छन्। हरेकको पोतामेलबाट बाबाले बताउन सक्नुहुन्छ। यस समयमा मरे भने के बन्छन्! अन्त्यमा सबैले नम्बरवार कर्मातीत अवस्था पाउँछन्। त्यसैले यो कमाइ हो। कमाइमा मानिस कति व्यस्त रहन्छन्। खाना खाइरहन्छन्, टेलिफोन कानमा हुन्छ। यस्ता मानिसले त ज्ञान लिन सक्दैनन्। यहाँ गरिब साधारण नै आउँछन्। धनवानहरूले त– फुर्सत कहाँ छ र भन्छन्। अरे, केवल बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ। त्यसैले बाबा मीठा-प्यारा बच्चाहरूलाई बारम्बार सम्झाउनुहुन्छ। हरेकलाई यो सन्देश दिनुछ जसले गर्दा कसैले पनि हामीलाई के थाहा शिवबाबा आउनुभएको छ नभनुन्। बस् दिनभरि बाबा बाबा नै भनिरख। कति बच्चीहरूले धेरै याद गर्छन्। शिवबाबा भन्दा नै कति बच्चाहरूलाई प्रेमका आँसु आउँछन्। कहिले गएर भेटौँला! देखेका छैनन् तैपनि तड्पिरहन्छन् तर देखेकाहरूले फेरि मान्दैनन्। उनीहरू टाढै बसेर आँसु बगाइरहन्छन्। आश्चर्य छ नि। ब्रह्माको पनि धेरैलाई साक्षात्कार हुन्छ। पछि गएर धेरैलाई साक्षात्कार हुनेछ। मानिसलाई मर्ने बेलामा सबै आएर भन्छन्– भगवानलाई याद गर। तिमीले पनि शिवबाबालाई याद गर। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पुरुषार्थमा थप सुधार (मेकअप) गरिराख। मौका मिल्छ भने सुधार गर। कमाइ कति ठुलो छ। कोही कोही त यस्ता छन् जसलाई जतिसुकै सम्झाए पनि बुद्धिमा बस्दैन। बाबा भन्नुहुन्छ– यस्तो बन्नुहुँदैन। आफ्नो कल्याण गर। बाबाको श्रीमतमा चल। तिमीलाई बाबाले पुरुषहरूमा उत्तम बनाउनुहुन्छ। यो लक्ष्य-उद्देश्य हो। बाबाले सेवाको लागि कति युक्तिहरू बताइरहनुहुन्छ। सन्देश त सबैलाई दिनुछ, जसबाट यिनीहरूले त अवश्य सत्य भन्छन् भन्ने बुझून्। यस लडाइँबाट नै सारा विश्वमा सुखशान्ति हुन्छ। यस्ता यस्ता पर्चाहरू सबै भाषामा छपाउनुपर्छ। विश्व कति ठुलो छ। हरेकलाई थाहा हुनुपर्छ जसले गर्दा यस्तो कसैले नभनोस्, हामीलाई त थाहै भएन। तिमीले भन्नेछौ– अरे, हवाईजहाजबाट पर्चा खसाल्यौँ, अखबारमा छपायौँ तर तपाई जाग्नुभएन। यो पनि देखाइएको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) स्वयंमा जे जति नराम्रा बानीहरू छन्, तिनको जाँच गरेर तिनलाई निकाल्नको लागि मेहनत गर्नुपर्छ। आफ्नो सच्चा सच्चा पोतामेल राख्नुछ। बाबाको निर्देशनमा चल्नुछ।

२) यस्तो कुनै कर्म गर्नुहुँदैन, जसबाट बाबाको नाम बदनाम हुन्छ। आफ्नो उन्नतिको ख्याल राख्नुछ। अलिकति पनि कुदृष्टि राख्नुछैन।

वरदान:–
स्थूल वा सूक्ष्ममा हरेक फरमानको पालना गर्ने सम्पूर्ण फरमानबरदार भव

स्थूल फरमान (आदेश) पालना गर्ने शक्ति तिनै बच्चाहरूमा आउन सक्छ जसले सूक्ष्म फरमान पालना गर्छन्। सूक्ष्म र मुख्य फरमान हो– निरन्तर यादमा बस्नु वा मन-वचन-कर्मले पवित्र बन्नु। सङ्कल्पमा पनि अपवित्रता वा अशुद्धता नहोस्। सङ्कल्पमा पनि पुराना अशुद्ध संस्कारले टच गर्छन् भने सम्पूर्ण वैष्णव वा सम्पूर्ण पवित्र भनिँदैन। त्यसैले कुनै एक सङ्कल्प पनि फरमानविना नचलोस् तब भनिन्छ सम्पूर्ण फरमानबरदार।

स्लोगन:–
बाबालाई चिनेर दिलबाट बाबा भन्नु नै सबैभन्दा ठुलो विशेषता हो।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

एकरस स्थिति बनाउनको लागि कर्मयोगी बन। कर्मयोगीको अगाडि कोही जस्तोसुकै आए पनि ऊ स्वयं सदा न्यारा र प्यारा रहन्छ। ज्ञानद्वारा बुझ्दछ– यिनको यो पार्ट चलिरहेको छ। उसले राम्रोलाई राम्रो सम्झेर साक्षी भएर हेर्छ र नराम्रोलाई रहमदिल बनेर रहमको दृष्टिले परिवर्तन गर्ने शुभभावनाले साक्षी भएर हेर्छ, यही रहम एकरस स्थिति बनाउने साधन हो।