25.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– म आत्मा हुँ भन्ने पक्का पक्का निश्चय गर। आफूलाई आत्मा सम्झेर हरेक कार्य सुरु गर्यौ भने बाबाको याद आउँछ , पाप हुँदैन।”

प्रश्न:–
कर्मातीत स्थिति प्राप्त गर्नको लागि हरेकले कुनचाहिँ मेहनत गर्नुपर्छ? कर्मातीत स्थितिको समीपताको लक्षण के हो?

उत्तर:–
कर्मातीत बन्नको लागि यादको बलबाट आफ्ना कर्मेन्द्रियहरूलाई वश पार्ने मेहनत गर। म निराकार आत्मा निराकार बाबाको सन्तान हुँ, यो अभ्यास गर। सबै कर्मेन्द्रियहरू निर्विकारी बन्नु– यो हो जबरजस्त मेहनत। जति कर्मातीत अवस्थाको निकट आउँदै जान्छौ, त्यति अङ्ग-अङ्ग शीतल, सुगन्धित हुँदै जान्छन्। विकारी दुर्गन्ध निस्कन्छन्। अतीन्द्रिय सुखको अनुभव हुँदै जान्छ।

ओम् शान्ति ।
शिव भगवानुवाच। यो त बच्चाहरूलाई बताइरहनु पर्दैन यो कसको लागि भनिएको हो। बच्चाहरूले जानेका छौ– शिवबाबा ज्ञानका सागर हुनुहुन्छ। मनुष्य सृष्टिका बीजरूप हुनुहुन्छ। त्यसैले अवश्य पनि उहाँले आत्माहरूसँग कुरा गर्नुहुन्छ। बच्चाहरूले जानेका छौ– शिवबाबाले पढाइरहनु भएको छ। बाबा शब्दबाट बुझिन्छ– परम आत्मालाई नै बाबा भनिन्छ। सबै मनुष्य मात्रले उहाँ परम आत्मालाई नै पिता भन्छन्। बाबा परमधाममा रहनु हुन्छ। सबै भन्दा पहिला यि कुरामा निश्चय हुनुपर्छ। आफूलाई आत्मा सम्झनु छ र यसमा पक्का निश्चय हुनुपर्छ। बाबाले जे सुनाउनु हुन्छ, त्यो आत्माले नै धारणा गर्छ। जुन ज्ञान परमात्मामा छ, त्यो आत्मामा पनि आउनुपर्छ। जुन फेरि मुखबाट वर्णन गर्नुपर्ने हुन्छ। जे जति पढाइ पढ्छौ, त्यो आत्माले नै पढ्छ। आत्मा निस्किएपछि पढाइ आदिको केही पनि ज्ञान हुँदैन। आत्माले संस्कार लिएर जान्छ, गएर अर्को शरीरमा बस्छ। त्यसैले आफूलाई आत्मा हुँ भन्ने पक्का-पक्का सम्झनु पर्छ। देह अभिमान अब छोड्नु पर्छ। आत्माले सुन्छ, आत्माले धारणा गर्छ। आत्मा यसमा नहुने हो भने शरीर चल्न पनि सक्दैन। अब तिमी बच्चाहरूमा यो पक्का-पक्का निश्चय हुनुपर्छ– परम आत्माले हामी आत्माहरूलाई ज्ञान दिइरहनु भएको छ। हामी आत्माहरूले पनि शरीरद्वारा सुन्छौं र परमात्माले शरीरद्वारा सुनाइरहनु भएको छ– यही कुरा घरी घरी बिर्सिन्छौ। देह याद आउँछ। यो पनि जानेका छौ– राम्रो वा नराम्रो संस्कार आत्मामा नै हुन्छ। मद्यपान गर्नु, फोहोरी कुरा गर्नु... यो काम पनि कर्मेन्द्रियहरूद्वारा आत्माले गर्छ। आत्माले नै यी कर्मेन्द्रियहरूद्वारा यति धेरै अभिनय गर्छ। सबै भन्दा पहिला आत्म अभिमानी अवश्य बन्नु छ। बाबाले आत्माहरूलाई नै पढाउनु हुन्छ। आत्माले नै फेरि यो ज्ञान साथमा लैजान्छ। जसरी त्यहाँ परम आत्मा ज्ञान सहित रहनु हुन्छ, त्यसैगरी तिमी आत्माहरूले फेरि यो ज्ञान साथैमा लैजान्छौ। मैले तिमी बच्चाहरूलाई यो ज्ञान सहित लैजान्छु। फेरि तिमी आत्माहरू पार्टमा आउनु पर्छ। तिम्रो पार्ट हो नयाँ दुनियाँमा प्रारब्ध भोग्नु। ज्ञान बिर्सिन्छ। यो कुरा राम्रोसँग धारणा गर्नु छ। सबै भन्दा पहिला यो धेरै पक्का निश्चय हुनुपर्छ– म आत्मा हुँ, धेरैले यो बिर्सिन्छन्। आफैले धेरै मेहनत गर्नु छ। विश्वको मालिक बन्नु छ भने मेहनत नगरी कहाँ बनिन्छ र! घरी घरी यसै प्वाइन्टलाई बिर्सिन्छन् किनकि यो ज्ञान नयाँ हो। जब आफूलाई आत्मा भन्ने बिर्सिएर देह अभिमानमा आउँछन् अनि केही न केही पाप हुन्छ। देहीअभिमानी बनेपछि कहिल्यै कुनै पाप हुँदैन। पाप काटिन्छ। फेरि आधाकल्प कुनै पाप हुँदैन। त्यसैले यो निश्चय हुनुपर्छ– म आत्माले पढ्छु देहले होइन। पहिला जिस्मानी मनुष्य मत प्राप्त हुन्थ्यो, अहिले बाबाले श्रीमत दिइरहनु भएको छ। यो नयाँ दुनियाँको बिलकुलै नयाँ ज्ञान हो। तिमीहरू सबै नयाँ बन्छौ, यसमा अल्मलिने कुरै छैन। अनेकौं पटक तिमी पुरानोबाट नयाँ, नयाँबाट पुरानो बन्दै आएका छौ, त्यसैले राम्रोसँग पुरुषार्थ गर्नु छ।

म आत्माले कर्मेन्द्रियहरूद्वारा यो कर्म गर्छु। अफिस आदिमा पनि आफूलाई आत्मा सम्झेर कर्मेन्द्रियहरू द्वारा काम गरिरहने हो भने सिकाउनेवाला बाबाको अवश्य पनि याद आउँछ। आत्माले नै बाबालाई याद गर्छ। पहिला पनि मैले भगवानलाई याद गर्छु भन्थ्यौ तर आफूलाई साकार सम्झेर निराकारलाई याद गर्थ्यौ। आफूलाई निराकार सम्झेर निराकारलाई कहिल्यै पनि याद गर्दैनथ्यौ। अहिले तिमीले आफूलाई निराकार सम्झेर निराकार बाबालाई याद गर्नु छ। यो विचार सागर मन्थन गर्ने कुरा हो। लेख्न त कसै कसैले लेख्छन्– म २ घण्टा बाबाको यादमा रहन्छु। कसैले त भन्छन् मैले सदैव शिवबाबाको याद गर्छु। तर सदैव कसैले पनि याद गर्न सक्दैन। यदि त्यसरी याद गर्ने भए पहिला नै कर्मातीत अवस्था हुने थियो। कर्मातीत अवस्था त धेरै ठुलो मेहनतबाट हुन्छ। यस अवस्थामा सबै विकारी कर्मेन्द्रियहरू वशमा हुन्छन्। सत्ययुगमा सबै कर्मेन्द्रियहरू निर्विकारी बन्छन्। अङ्ग अङ्ग सुगन्धित हुन्छन्। अहिले अङ्गहरू दुर्गन्धित फोहोरी छन्। सत्ययुगको त धेरै महिमा छ। त्यसलाई भनिन्छ हेविन, नयाँ दुनियाँ, वैकुण्ठ। त्यहाँको अनुहार, ताज आदि यहाँ कसैले बनाउन सक्दैन। हुन त तिमीले देखेर आउँछौ। तर यहाँ त्यो बनाउन सकिँदैन। त्यहाँ त स्वाभाविक सुन्दरता हुन्छ त्यसैले तिमी बच्चाहरू यादबाटै पावन बन्नु छ। धेरै यादको यात्रा गर्नु छ। यसैमा धेरै मेहनत छ। याद गर्दागर्दै कर्मातीत अवस्थामा पुगेपछि सबै कर्मेन्द्रियहरू शीतल हुन्छन्। अङ्ग अङ्ग धेरै सुगन्धित हुन्छन्, दुर्गन्ध हुँदैन। अहिले त सबै कर्मेन्द्रियहरूमा दुर्गन्ध छ। यो शरीर कुनै कामको छैन। तिम्रो आत्मा अहिले पवित्र बनिरहेको छ। शरीर त पवित्र हुन सक्दैन। त्यो तब बन्नेछ जब तिमीलाई नयाँ शरीर मिल्छ। अङ्ग अङ्गमा सुगन्ध हुनु– यो महिमा देवताहरूको हो। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। बाबा आउनु भएको छ, त्यसैले खुसीको पारा चढ्नु पर्छ।

बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। गीताका शब्द कति स्पष्ट छन्। बाबाले भन्नु पनि भएको छ– जो मेरा भक्त छन्, जो गीतापाठी छन्, तिनीहरू अवश्य श्रीकृष्णको पुजारी हुनुपर्छ। त्यसैले बाबाले भन्नुहुन्छ, देवताका पुजारीहरूलाई ज्ञान सुनाऊ। मनुष्यले शिवको पूजा त गर्छन् तर फेरि भन्छन् सर्वव्यापी। ग्लानि गरे पनि मन्दिरमा दिनहुँ जान्छन्। शिवका मन्दिरमा धेरै जान्छन्। धेरै सिँढी चढेर माथि जान्छन्, शिवका मन्दिर उच्च स्थानमा नै बनाएका हुन्छन्। शिवबाबाले पनि त आएर सिँढीका बारेमा बताउनु हुन्छ। उहाँको नाम उच्च, स्थान पनि उच्च छ। कति माथि जान्छन्। बद्रीनाथ, अमरनाथ त्यहाँ शिवका मन्दिर छन्। शिवबाबा उच्च चढाउनेवाला हुनुहुन्छ त्यसैले उहाँको मन्दिर पनि धेरै उच्च बनाउँछन्। यहाँ गुरु शिखरको मन्दिर पनि अग्लो पहाडमा बनाएका छन्। उच्च बाबाले बसेर तिमीलाई पढाउनु हुन्छ। दुनियाँमा अरू कसैलाई पनि शिवबाबाले आएर पढाउनु हुन्छ भन्ने थाहा छैन। उनीहरूले त सर्वव्यापी भनिदिन्छन्। अहिले तिम्रो सामुन्ने लक्ष्य-उद्देश्य पनि रहेको छ। बाबा सिवाय अरू कसले भन्छ– यो तिम्रो लक्ष्य-उद्देश्य हो। यहाँ बाबाले नै तिमी बच्चाहरूलाई बताउनु हुन्छ। तिमीले सत्य नारायणको कथा पनि सुन्छौ। उनीहरूले त पहिला के के भयो, जे बितेर गयो त्यसको कथा बताउँछन्। जसलाई कहानी भनिन्छ। यहाँ उच्च भन्दा उच्च बाबाले सबै भन्दा ठुलो कहानी सुनाउनु हुन्छ। यो कथाले तिमीलाई धेरै उच्च बनाउँछ। यो सदैव याद राख्नु छ र धेरैलाई सुनाउनु छ। कथा सुनाउनको लागि तिमीले प्रदर्शनी वा म्युजियम बनाउँछौ। ५ हजार वर्ष पहिला भारतखण्ड मात्रै थियो। यहाँ देवताहरूले राज्य गर्थे। यो हो सच्चा सच्चा कहानी अरू कसैले बताउन सक्दैन। यो वास्तविक कहानी हो जुन चैतन्य वृक्षपति बाबा बसेर सम्झाउनु हुन्छ, जसद्वारा तिमी देवता बन्छौ। यसमा पवित्रता मुख्य हो। पवित्र नबनी धारणा हुँदैन। शेरनीको दुधको लागि सुनको बर्तन चाहिन्छ, तब मात्र धारणा हुन सक्छ। यो कान त बर्तन जस्तै हो। यो सुनको बर्तन हुनुपर्छ। अहिले पत्थरको छ। सुनको बनेपछि धारणा हुन सक्छ। बडो ध्यानसँग सुन्नु र धारणा गर्नु छ। कहानी त सहज छ जुन गीतामा लेखिएको छ। उनीहरूले कथा सुनाएर कमाइ गर्छन्। सुन्नेहरूबाट उनीहरूको कमाइ हुन्छ। यहाँ तिम्रो पनि कमाइ छ। दुइटै कमाइ चलिरहन्छन्। दुवै व्यापार हुन्। पढाउँछौ पनि। भनिन्छ मनमनाभव, पवित्र बन। यस्तो अरू कसैले भन्न सक्दैन, न मनमनाभव रहन्छन्। कुनै पनि मनुष्य यहाँ पवित्र हुन सक्दैन किनकि यो भ्रष्टाचारको रचना हो। रावण राज्य कलियुगको अन्त्यसम्म चल्नु छ, त्यसमा पवित्र बन्नु छ। पावन भनिन्छ देवताहरूलाई, नकि मनुष्यलाई। संन्यासीहरू पनि मनुष्य हुन्, उनीहरूको हो निवृत्ति मार्गको धर्म। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पवित्र बन्छौ। भारतवर्षमा प्रवृत्ति मार्गको नै राज्य चलेको छ। निवृत्ति मार्गवालासँग तिम्रो कुनै सम्बन्ध छैन। यहाँ त स्त्री-पुरुष दुवै पवित्र बन्नु छ। दुवै पाङ्ग्रा चले भने ठिक हुन्छ, नत्र झगडा हुन्छ। पवित्रताका विषयमा नै झगडा हुन्छ। अरू कुनै सतसङ्गमा कहिल्यै पवित्रताको विषयमा झगडा भएको सुनिएको छैन। यो पनि एकैपटक जब बाबा आउनु हुन्छ अनि झगडा हुन्छ। साधुसन्त आदिले कहाँ भन्छन् र– अबलाहरूमाथि अत्याचार हुन्छ! यहाँ बच्चीहरूले पुकार्छन्– बाबा हामीलाई बचाउनुहोस्। बाबाले पनि सोध्नु हुन्छ– नङ्गन त हुँदैनौ? किनकि काम महाशत्रु हो नि। एकदमै गिर्छन्। यो काम विकारले सबैलाई कौडीतुल्य बनाएको छ। बाबा भन्नुहुन्छ– ६३ जन्म तिमी वेश्यालयमा रहन्छौ, अब पावन बनेर शिवालयमा जानु छ। यो एक जन्म पवित्र बन्यौ, शिवबाबालाई याद गर्यौ भने शिवालय स्वर्गमा जानेछौ। फेरि पनि काम विकार कति जबरजस्त छ। कति हैरान पार्छ, आकर्षण हुन्छ। आकर्षणलाई हटाउनु पर्छ। फर्केर जानु छ भने पवित्र अवश्य पनि बन्नु पर्छ। शिक्षक कहीँ बसिरहन्छन् र! पढाइ थोरै समय चल्छ। बाबा बताउनु हुन्छ, मेरो त यो रथ हो। रथको आयु बताइन्छ। बाबा भन्नुहुन्छ– म त सदैव अमर छु, मेरो नामै अमरनाथ हो। पुनर्जन्म लिन्न त्यसैले अमरनाथ भन्छन्। तिमीलाई आधाकल्पको लागि अमर बनाउनु हुन्छ। फेरि पनि तिमीले पुनर्जन्म लिन्छौ। त्यसैले अब तिमी बच्चाहरू जानु छ माथि। मुख त्यतातिर, पाउ यतातिर गराउनु पर्छ। फेरि यतातिर मुख किन घुमाउनु पर्यो! भन्छन्– बाबा गल्ती भयो, मुख यतातिर भयो। त्यसैले मानौँ उल्टो बन्छन्।

तिमी बाबालाई बिर्सिएर देह अभिमानी बन्छौ अनि उल्टो बन्छौ। बाबाले सबै कुरा बताउनु हुन्छ। बाबासँग तागत दिनुहोस्, शक्ति दिनुहोस् भनेर केही पनि माग्नु छैन। बाबाले त मार्ग बताउनु हुन्छ– योगबलबाट यस्तो बन्नु छ। तिमी योगबलबाट यति धनवान बन्छौ जसबाट २१ जन्म कहिल्यै पनि कसैसँग माग्नु पर्ने आवश्यकता नै पर्दैन। तिमीले बाबासँग यति धेरै लिन्छौ। सम्झन्छौ बाबाले त अथाह कमाइ गराउनु हुन्छ, भन्नुहुन्छ– जे चाहन्छौ त्यो लेऊ। यी लक्ष्मी-नारायण हुन् सर्वोच्च। त्यसैले जे चाहन्छौ त्यो लेऊ। पूरा पढेनौ भने प्रजामा जान्छौ। प्रजा पनि बनाउनु पर्छ। पछि गएर तिम्रा सङ्ग्रहालय धेरै हुन्छन् र तिमीलाई ठुला ठुला हल प्राप्त हुन्छन्, कलेज मिल्नेछन् जहाँ तिमीले सेवा गर्नेछौ। यी जति विवाह व्रतबन्धको लागि हल बनाउँछन् ती पनि तिमीलाई अवश्य मिल्नेछन्। तिमीले सम्झाउँछौ– शिव भगवानुवाच, म तिमीलाई यस्तो पवित्र बनाउँछु, अनि ट्रस्टीहरूले हल दिन्छन्। भन भगवानुवाच– काम महाशत्रु हो, जसबाट दु:ख पाएका छौं। अब पावन बनेर पावन दुनियाँमा जानु छ। तिमीलाई हलहरू प्राप्त भइरहन्छन्। पछि भनिन्छ– धेरै ढिला भयो (टु लेट)। बाबा भन्नुहुन्छ– मैले तिमीसँग यतिकै मफतमा कहाँ लिन्छु, जुन फेरि भरेर दिन परोस्। बच्चाहरूको पाइ पाइबाट तलाउ भरिन्छ। अरू सबैको त माटोमा मिल्छ। बाबा सबै भन्दा ठुलो सराफी पनि हुनुहुन्छ। सुनार, धोबी, कालिगढ पनि हुनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबाले जुन सच्चा-सच्चा कथा सुनाउनु हुन्छ, त्यो ध्यानपूर्वक सुन्नु र धारणा गर्नु छ, बाबासँग केही पनि माग्नु छैन। २१ जन्मको लागि आफ्नो कमाइ जम्मा गर्नु छ।

२) फर्केर घर जानु छ, त्यसैले योगबलबाट शरीरको आकर्षण समाप्त गर्नु छ। कर्मेन्द्रियहरूलाई शीतल बनाउनु छ। यो देहको भान छोड्ने पुरुषार्थ गर्नु छ।

वरदान:–
एक स्थानमा रहेर अनेक आत्माहरूको सेवा गर्ने लाइट-माइट सम्पन्न भव

जसरी लाइट हाउसले एक स्थानमा स्थित भएर पनि टाढा-टाढाको सेवा गर्छ। त्यसैगरी तिमीहरू सबै एक स्थानमा रहेर पनि अनेकौँको सेवा अर्थ निमित्त बन्न सक्छौ। यसमा केवल लाइट-माइटले सम्पन्न बन्ने आवश्यकता छ। मन-बुद्धि सदैव व्यर्थ सोच्नबाट मुक्त होस्, मनमनाभव मन्त्रको सहज स्वरूप होस्– मन्सा शुभभावना, श्रेष्ठकामना, श्रेष्ठ वृत्ति र श्रेष्ठ भाइब्रेसनले सम्पन्न होस् तब यो सेवा सजिलै गर्न सक्छौ। यो नै मनसा सेवा हो।

स्लोगन:–
अब तिमी ब्राह्मण आत्माहरू माइट बन र अरू आत्माहरूलाई माइक बनाऊ।