25.06.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाले तिमीलाई नयाँ दुनियाँको लागि राजयोग सिकाइरहनुभएको छ , त्यसैले यो पुरानो दुनियाँको विनाश पनि अवश्य हुनुछ । ”

प्रश्न:–
मनुष्यहरूको कुनचाहिँ एउटा राम्रो बानी परेको छ तर त्यसबाट पनि प्राप्ति हुँदैन?

उत्तर:–
मनुष्यहरूको भगवानलाई याद गर्ने बानी परेको छ, कुनै कुरा भयो भने भनिदिन्छन्– हे भगवान! अगाडि शिवलिङ्ग आइहाल्छ तर यथार्थ पहिचान नभएको कारणले प्राप्ति हुँदैन। फेरि भनिदिन्छन् सुख-दुःख सबै उहाँले नै दिनुहुन्छ। तिमी बच्चाहरूले अहिले यस्तो भन्दैनौ।

ओम् शान्ति ।
बाबा जसलाई रचयिता भनिन्छ, कसको रचयिता? नयाँ दुनियाँको रचयिता। नयाँ दुनियाँलाई स्वर्ग वा सुखधाम भनिन्छ, नाम स्वर्ग भन्छन् तर बुझ्दैनन्। श्रीकृष्णको मन्दिरलाई पनि सुखधाम भन्छन्। अब त्यो त भयो सानो मन्दिर। श्रीकृष्ण त विश्वको मालिक थिए। बेहदको मालिकलाई मानौं हदको मालिक बनाइदिन्छन्। श्रीकृष्णको सानो मन्दिरलाई सुखधाम भन्छन्। बुद्धिमा यो आउँदैन– उनी त विश्वको मालिक थिए। भारतवर्षमा नै रहन्थे। तिमीलाई पनि पहिला केही थाहा थिएन। बाबालाई त सबै कुरा थाहा छ, उहाँले सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। अहिले तिमी बच्चाहरूले जान्दछौ, दुनियाँमा त यो पनि कसैलाई थाहा छैन– ब्रह्मा-विष्णु-शङ्कर को हुन्? शिव त हुनुहुन्छ उच्चभन्दा उच्च भगवान। अच्छा, फेरि प्रजापिता ब्रह्मा कहाँबाट आए? हुन् त मनुष्य नै। प्रजापिता ब्रह्मा त अवश्य यहाँ नै हुनुपर्छ नि, जसबाट ब्राह्मण पैदा हुन्छन्। प्रजापिता अर्थात् मुखबाट एडप्ट गर्नेवाला, तिमी हौ मुख वंशावली। अहिले तिमीलाई थाहा छ– कसरी ब्रह्मालाई बाबाले आफ्नो बनाएर मुख वंशावली बनाउनुभयो, यिनमा प्रवेश पनि गर्नुभयो फेरि भन्नुभयो– यी मेरो बच्चा पनि हुन्। तिमीलाई थाहा छ– ब्रह्मा नाम कसरी रह्यो, कसरी पैदा भए, यो अरू कसैलाई थाहा छैन। केवल महिमा गाउँछन्– परमपिता परमात्मा उच्चभन्दा उच्च हुनुहुन्छ, तर यो कसैको बुद्धिमा आउँदैन– उच्चभन्दा उच्च बाबा हुनुहुन्छ। उहाँ हामी सबै आत्माहरूका पिता हुनुहुन्छ। उहाँ पनि बिन्दु रूप नै हुनुहुन्छ, उहाँमा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। यो नलेज पनि तिमीलाई अहिले मिलेको छ। पहिला अलिकति पनि यो ज्ञान थिएन। मनुष्यहरूले केवल भनिरहन्छन् ब्रह्मा-विष्णु-शङ्कर, तर जान्दैनन् केही पनि। त्यसैले उनीहरूलाई नै सम्झाउनुछ। अहिले तिमी समझदार बनेका छौ। जान्दछौ– बाबा ज्ञानको सागर हुनुहुन्छ, जसले हामीलाई ज्ञान सुनाउनुहुन्छ, पढाउनुहुन्छ। यो राजयोग हो नै सत्ययुग नयाँ दुनियाँको लागि, त्यसैले अवश्य पुरानो दुनियाँको विनाश हुनुपर्छ। त्यसको लागि यो महाभारत लडाइँ हुन्छ। आधाकल्पदेखि तिमीले भक्तिमार्गका शास्त्र पढ्दै आएका छौ। अब त बाबाबाट डाइरेक्ट सुन्छौ। बाबा बसेर कुनै शास्त्र सुनाउनुहुन्न। जप तप गर्नु, शास्त्र आदि पढ्नु यी सबै भक्ति हुन्। अब भक्तहरूलाई भक्तिको फल चाहिन्छ किनकि मेहनत गर्छन् नै भगवानसँग मिल्नको लागि। तर ज्ञानबाट सद्गति हुन्छ। ज्ञान र भक्ति दुवै सँगसँगै चल्न सक्दैनन्। अहिले छ नै भक्तिको राज्य। सबै भक्त हुन्। हरेकको मुखबाट ओ गड फादर अवश्य निस्कन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबाले आफ्नो परिचय दिनुभएको छ, म सानो बिन्दु हुँ। मलाई नै ज्ञानको सागर भन्छन्। म बिन्दुमा सारा ज्ञान भरिएको छ। आत्मामा नै नलेज हुन्छ। अहिले तिमी बच्चाहरूले बुझेका छौ– उहाँलाई परमपिता परमात्मा भनिन्छ। उहाँ हुनुहुन्छ सुप्रिम सोल अर्थात् सबैभन्दा उच्च, पतित-पावन बाबा नै सुप्रिम हुनुहुन्छ नि। मनुष्यहरूले हे भगवान भन्छन् त्यतिबेला शिवलिङ्ग नै याद आउँछ। त्यो पनि यथार्थ रीतिले होइन। मानौँ एक प्रकारको बानी परेको छ– भगवानलाई याद गर्नुछ। भगवानले नै सुख-दुःख दिनुहुन्छ। अहिले तिमी बच्चाहरूले यस्तो भन्दैनौ। तिमीलाई थाहा छ– बाबा त सुखदाता हुनुहुन्छ। सत्ययुगमा सुखधाम थियो। त्यहाँ दुःखको नाम थिएन। कलियुगमा छ नै दुःख, यहाँ सुखको नाम नै छैन। उच्चभन्दा उच्च भगवान, उहाँ सर्व आत्माहरूका पिता हुनुहुन्छ। यो कसैलाई थाहा छैन– आत्माहरूका पिता पनि हुनुहुन्छ, भन्छन् पनि हामी सबै भाइ भाइ हौं। त्यसैले अवश्य सबै एक बाबाका बच्चा ठहरियौ नि। कसैले फेरि भनिदिन्छन्– उहाँ त सर्वव्यापी हुनुहुन्छ– तिमीमा पनि हुनुहुन्छ, ममा पनि हुनुहुन्छ...। अरे, तिमी त आत्मा हौ, यो तिम्रो शरीर हो फेरि तेस्रो चिज कसरी हुन सक्छ! आत्मालाई परमात्मा कहाँ भनिन्छ र! जीव आत्मा भनिन्छ। जीव परमात्मा भनिँदैन। फेरि परमात्मा सर्वव्यापी कसरी हुन सक्नुहुन्छ! बाबा सर्वव्यापी हुनुभएको भए फेरि फादरहुड (पितृभाव) हुन्थ्यो, फादरलाई फादरबाट वर्सा कहाँ मिल्छ र! पिताबाट त बच्चाले नै वर्सा लिन्छ। सबै फादर कसरी हुन सक्छन्! यति सानो कुरा पनि कसैको समझमा आउँदैन। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मैले आजभन्दा ५ हजार वर्ष पहिला तिमीलाई कति समझदार बनाएको थिएँ, तिमी एभरहेल्दी (सदा स्वस्थ), वेल्दी (सम्पन्न), समझदार थियौ। यसभन्दा ज्यादा समझदार कोही हुन सक्दैन। तिमीलाई अहिले जुन समझ मिल्छ यो फेरि त्यहाँ हुँदैन। त्यहाँ यो कहाँ थाहा हुन्छ र– हामी फेरि गिर्नेछौँ। यो थाहा भयो भने फेरि सुखको भासना नै आउँदैन। यो ज्ञान फेरि प्रायः लोप हुन्छ। यो ड्रामाको ज्ञान केवल अहिले तिम्रो बुद्धिमा छ। ब्राह्मण नै अधिकारी हुन्छन्। तिम्रो बुद्धिमा छ– अब हामी ब्राह्मण वर्णका हौं। ब्राह्मणहरूलाई नै बाबाले ज्ञान सुनाउनुहुन्छ। ब्राह्मणले फेरि सबैलाई सुनाउँछन्। गायन पनि छ– भगवानले आएर स्वर्गको स्थापना गर्नुभएको थियो, राजयोग सिकाउनुभएको थियो। हेर, श्रीकृष्ण जयन्ती मनाउँछन्, सम्झन्छन्– श्रीकृष्ण वैकुण्ठको मालिक थिए, तर उनी विश्वको मालिक थिए– यो बुद्धिमा आउँदैन। उनको राज्य भएको बेलामा अरू कुनै धर्म थिएन। सारा विश्वमा उनैको राज्य थियो र त्यो राज्य जमुनाको किनारमा थियो। अब तिमीलाई यो कसले सम्झाइरहनुभएको छ? भगवानुवाच। बाँकी उनीहरूले जेजति वेद-शास्त्र आदि सुनाउँछन् त्यो भक्तिमार्गको हो। यहाँ त स्वयं भगवानले तिमीलाई सुनाइरहनुभएको छ। अहिले तिमीले बुझेका छौ– हामी पुरुषोत्तम बनिरहेका छौँ। यो कुरा तिम्रो बुद्धिमा मात्रै छ– हामी शान्तिधामका निवासी हौं फेरि हामी आएर २१ जन्मको प्रारब्ध भोग्नेछौँ।

तिमी बच्चाहरू भित्र खुसीले गद्गद् हुनुपर्छ– बेहदका बाबा शिवबाबाले हामीलाई पढाइरहनुभएको छ, उहाँ ज्ञानको सागर हुनुहुन्छ, उहाँले सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। यस्ता बाबा हाम्रो लागि आउनुभएको छ, त्यसैले खुसीले गुदगुदी (उत्सुकता) हुन्छ। बाबालाई भन्छन्– बाबा, हामीले हजुरलाई आफ्नो वारिस बनाएका छौँ। बाबा बच्चाहरूमाथि कुर्बान जानुहुन्छ। बच्चाहरूले फेरि भन्छन्– भगवान, हजुर जब आउनुहुन्छ, हामी हजुरमाथि कुर्बान जानेछौँ अर्थात् बच्चा बनाउनेछौँ। यिनले पनि आफ्ना बच्चाहरूलाई नै वारिस बनाउँछन्। बाबालाई वारिस कसरी बनाउने? यो पनि गुह्य कुरा हो। आफ्नो सबै कुरा एक्सचेन्ज गर्नु– यसमा बुद्धिको काम छ। गरिबले त तुरुन्त एक्सचेन्ज गरिहाल्छन्, पूरा रीतिले ज्ञान नलिँदा सम्म धनवानले मुस्किलले मान्छन्।। यति हिम्मत हुँदैन। गरिबले त तुरुन्त भनिदिन्छन्– बाबा, हामीले त हजुरलाई नै वारिस बनाउनेछौँ। हाम्रो पासमा के छ र! वारिस बनाएर फेरि आफ्नो शरीर निर्वाह पनि गर्नुछ। केवल ट्रस्टी सम्झेर रहनुछ। युक्तिहरू धेरै बताइरहनुहुन्छ। बाबाले त केवल हेर्नुहुन्छ– कतै पापकर्ममा त पैसा बर्बाद गर्दैनन्? मनुष्यलाई पुण्य आत्मा बनाउनमा पैसा लगाउँछन्? सर्भिस पनि काइदापूर्वक गर्छन्? यो पूरा जाँच गर्नुहुन्छ, फेरि सबैलाई राय दिनुहुन्छ। यिनले पनि धन्दामा ईश्वर अर्थ निकाल्थे नि। त्यो त थियो इनडाइरेक्ट। अहिले बाबा डाइरेक्ट आउनुभएको छ। मनुष्यहरूले सम्झन्छन्– हामीले जेजति गर्छौँ त्यसको फल ईश्वरले अर्को जन्ममा दिनुहुन्छ। कोही गरिब दुःखी छ भने सम्झन्छन्– कर्म नै यस्तो गरेको रहेछ। राम्रो कर्म गरेका रहेछन् भने सुखी हुन्छन्। बाबाले तिमी बच्चाहरूलाई कर्मको गतिबारे सम्झाउनुहुन्छ, रावण राज्यमा तिम्रा सबै कर्म विकर्म नै हुन्छन्। सत्ययुग र त्रेतामा रावण नै हुँदैन त्यसैले त्यहाँ कुनै कर्म विकर्म हुँदैन। यहाँ जसले राम्रो कर्म गर्छन् त्यसको अल्पकालको लागि सुख मिल्छ। फेरि पनि कुनै न कुनै रोग, खिटपिट (द्वन्द) त हुन्छ नै किनकि अल्पकालको सुख हुन्छ। अहिले बाबा भन्नुहुन्छ– यो रावण राज्य नै खतम हुनुछ। रामराज्यको स्थापना शिवबाबाले गरिरहनुभएको छ।

तिमीलाई थाहा छ– यो चक्र कसरी घुम्छ। भारतवर्ष नै फेरि गरिब हुन्छ। भारतवर्ष आजभन्दा ५ हजार वर्ष पहिला स्वर्ग थियो, यी लक्ष्मी-नारायणको राज्य थियो। पहिलो गद्दी यिनको चलेको थियो। श्रीकृष्ण प्रिन्स फेरि स्वयंवर गरेपछि राजा बने। श्रीनारायण नाम रह्यो। यो पनि तिमीले अहिले जान्दछौ, त्यसैले तिमीलाई आश्चर्य लाग्छ। बाबा, हजुरले सारा रचयिता र रचनाको नलेज सुनाउनुहुन्छ। हजुरले हामीलाई कति उच्च शिक्षा पढाउनुहुन्छ! बलिहार जाऊँ, हामीले त एक बाबाबाहेक अरू कसैलाई याद गर्नुछैन। अन्त्यसम्म पढ्नुछ त्यसैले टिचरलाई अवश्य याद गर्नुछ। स्कुलमा टिचरलाई याद गर्छन् नि। ती स्कुलहरूमा त कति टिचरहरू हुन्छन्। हरेक कक्षाको टिचर अलग हुन्छन्, यहाँ त एकैजना टिचर हुनुहुन्छ। कति लभ्ली (प्यारा) हुनुहुन्छ! बाबा लभ्ली, टिचर लभ्ली... पहिला भक्तिमार्गमा अन्धश्रद्धाले याद गर्थे। अहिले त डाइरेक्ट बाबाले पढाउनुहुन्छ, त्यसैले कति खुसी हुनुपर्छ, फेरि पनि भन्छन्– बाबा, बिर्सन्छौं। थाहा छैन हाम्रो बुद्धिले हजुरलाई किन याद गर्दैन! गाउँछन् पनि– ईश्वरको गति-मति न्यारा छ। बाबा, हजुरको गति र सद्गतिको मत त बडो आश्चर्यजनक छ। यस्ता बाबालाई याद गर्नुपर्छ। स्त्रीले आफ्नो पतिको गुण गाउँछिन् नि। बडो राम्रो हुनुहुन्छ, यो यो उहाँको प्रोपर्टी छ, भित्र खुसी हुन्छ नि। उहाँ त पतिहरूका पति, पिताहरूका पिता हुनुहुन्छ, उहाँबाट हामीलाई कति सुख मिल्छ! अरू सबैबाट त दुःख मिल्छ। हो, टिचरबाट सुख मिल्छ किनकि पढाइबाट इन्कम (आम्दानी) हुन्छ। गुरु सदैव बनाइन्छ वानप्रस्थमा। बाबा पनि भन्नुहुन्छ– म वानप्रस्थमा आएको छु। यी पनि वानप्रस्थी, म पनि वानप्रस्थी। यी सबै मेरा बच्चाहरू पनि वानप्रस्थी हुन्। बाबा, टिचर, गुरु तीनैजना एउटैमा सँगसँगै हुनुहुन्छ। बाबा टिचर पनि बन्नुहुन्छ फेरि गुरु बनेर साथ लैजानुहुन्छ। उहाँ एक बाबाको नै महिमा छ, यी कुरा अरू कुनै शास्त्र आदिमा छैनन्। बाबाले हरेक कुरा राम्रोसँग सम्झाउनुहुन्छ। यसभन्दा उच्च नलेज कुनै हुँदैन, न जान्ने आवश्यकता हुन्छ। सबै कुरा जानेर हामी विश्वको मालिक बन्छौं, अरू ज्यादा के गर्नेछौँ! बच्चाहरूको बुद्धिमा यो ज्ञान भयो भने खुसी हुन्छन् र त्यही यादमा रहन्छन्। पुण्य आत्मा बन्नको लागि यादमा अवश्य रहनुपर्छ। मायाको धर्म हो तिम्रो योगलाई तोड्नु। योगमा नै मायाले विघ्न पार्छ। जसबाट बाबालाई बिर्सन्छौ। मायाका तुफान धेरै आउँछन्। यो पनि ड्रामामा निश्चित छ। सबैभन्दा अगाडि त यिनी छन्, त्यसैले यिनलाई सबै अनुभव हुन्छ। मसँग आए भने त सबैलाई सम्झाउँछु नि। यी सबै मायाका तुफान आउनेछन्। बाबासँग पनि आउँछन्। तिमीलाई पनि आउनेछन्। मायाका तुफान नै नआओस्, योग लागिरह्यो भने कर्मातीत अवस्था हुन्छ। फेरि हामी यहाँ रहन सक्दैनौं। कर्मातीत अवस्था भयो भने फेरि सबै जानेछन्। शिवको बरियाँत गायन गरिएको छ नि। शिवबाबा आउनुभयो तब हामी सबै आत्माहरू जान्छौं। शिवबाबा आउनुहुन्छ नै सबैलाई लैजान। सत्ययुगमा यति धेरै आत्माहरू कहाँ हुन्छन् र! अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) शिवबाबालाई आफ्नो वारिस बनाएर सबै कुरा एक्सचेन्ज गरिदिनुछ। वारिस बनाएर शरीर निर्वाह पनि गर्नुछ, ट्रस्टी सम्झेर रहनुछ। कुनै पनि पापकर्ममा पैसा लगाउनुछैन।

२) स्वयं ज्ञानका सागर बाबाले हामीलाई पढाइरहनुभएको छ त्यसैले मन खुसीले गद्गद् भइरहोस्। पुण्य आत्मा बन्नको लागि यादमा रहनुछ, मायाका तुफानहरूसँग डराउनुछैन।

वरदान:–
सत्यताको आधारमा एक बाबालाई प्रत्यक्ष गर्ने , निर्भय अथोरिटी स्वरूप भव

सत्यता नै प्रत्यक्षताको आधार हो। बाबालाई प्रत्यक्ष गर्नको लागि निर्भय र अथोरिटी स्वरूप बनेर बोल, सङ्कोचले होइन। जब अनेक मतवालाले केवल एउटा कुरा मान्नेछन्– हामी सबैका पिता एक हुनुहुन्छ र उहाँले नै अहिले कार्य गरिरहनुभएको छ, हामी सबै एकका सन्तान एक हौं र यो नै एउटै यथार्थ हो... तब विजयको झण्डा लहराउनेछ। यही सङ्कल्पले मुक्तिधाम जानेछौ र फेरि जब आआफ्नो पार्ट खेल्न आउनेछौ त्यसपछि पहिला यही संस्कार इमर्ज हुनेछ– गड इज वन (ईश्वर एक हुनुहुन्छ)। यही गोल्डेन एज (सत्ययुग) को स्मृति हो।

स्लोगन:–
सहन गर्नु नै स्वयंको शक्ति स्वरूपलाई प्रत्यक्ष गर्नु हो।