25.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– पावन
बन्ने एकमात्र उपाय हो– बाबाको याद , यादको मेहनत नै अन्त्यमा काम आउँछ।”
प्रश्न:–
सङ्गममा कुन
तिलक दियौ भने स्वर्गको राजाइको तिलक मिल्छ?
उत्तर:–
सङ्गममा यही
तिलक देऊ– म आत्मा बिन्दु हुँ, म शरीर होइन। भित्र यही घोटिरहनु– म आत्मा हुँ, मैले
बाबाबाट वर्सा लिनुछ। बाबा पनि बिन्दु हुनुहुन्छ, म पनि बिन्दु हुँ। यस तिलकबाट
स्वर्गको राजाइको तिलक प्राप्त हुन्छ। बाबा भन्नुहुन्छ– म ग्यारेन्टी गर्छु, तिमीले
याद गर्यौ भने आधाकल्पको लागि रुनबाट छुट्छौ।
ओम् शान्ति ।
यो ख्याल हुनुपर्छ– म आत्माले बाबालाई पक्कै याद गर्नुछ तब पावन बन्न सक्छु। मेहनत
जे जति छ, त्यो यही हो, जुन मेहनत बच्चाहरूबाट हुँदैन। मायाले धेरै हैरान गर्छ। एक
बाबाको याद भुलाइदिन्छ, अरूको याद आउँछ। बाबा अथवा साजनलाई याद गर्दैनन्। यस्तो
साजनलाई त कम्तीमा ८ घण्टा याद गर्ने सेवा दिनुछ अर्थात् साजनलाई मदत दिनुछ– याद
गर्ने। अथवा बच्चाहरूले बाबालाई याद गर्नुपर्छ– यो हो धेरै ठुलो मेहनत। गीतामा पनि
छ मनमनाभव। बाबालाई याद गरिरहनु। उठ्दाबस्दा, हिँड्दाडुल्दा एक बाबालाई नै याद
गरिरहनु, अरू केही होइन। पछाडि यो याद नै काम आउँछ। आफूलाई आत्मा अशरीरी सम्झ, अब
हामी फर्केर जानुछ। यो मेहनत धेरै गर्नुछ। बिहान स्नान आदि गरेर फेरि एकान्तमा माथि
छतमा वा हलमा आएर बस। जति एकान्त होस् त्यति राम्रो हो। सदैव यही ख्याल गर– मैले
बाबालाई याद गर्नुछ। बाबाबाट पूरा वर्सा लिनुछ। यो मेहनत हरेक ५ हजार वर्षपछि तिमीले
गर्नुपर्छ। सत्ययुग, त्रेता, द्वापर, कलियुग– कहीँ पनि तिमीले यो मेहनत गर्नुपर्दैन।
यस सङ्गममा नै तिमीलाई बाबा भन्नुहुन्छ– मलाई याद गर, बस्। यही बेला हो जब बाबा
भन्नुहुन्छ– मलाई याद गर। बाबा आउनुहुन्छ पनि सङ्गममा र कहिल्यै बाबा आउनु नै हुन्न।
तिमीले पनि नम्बरवार पुरुषार्थ अनुसार बुझेका छौ। धेरै बच्चाहरूले बाबालाई भुल्छन्
त्यसैले धेरै धोका खान्छन्, रावण धेरै धोकेबाज छ। आधाकल्पको यही दुश्मन हो त्यसैले
बाबा भन्नुहुन्छ– दिनहुँ बिहान उठेर यो विचार सागर मन्थन गर र यही चार्ट राख– कति
समय मैले बाबालाई याद गरेँ! कति खिया उत्रियो होला! सारा आधार यादमाथि छ। बच्चाहरूले
पूरा कोसिस गर्नुछ, आफ्नो पूरा वर्सा पाउनको लागि। नरबाट नारायण बन्नुछ। यो हो सच्चा
सत्य नारायणको कथा। भक्तहरूले पूर्णिमाको दिन सत्य नारायणको कथा सुन्छन्। अहिले
तिमीलाई थाहा छ– १६ कला सम्पूर्ण बन्नुछ। त्यो बन्छौ सत्य बाबालाई याद गरे मात्र।
बाबा हुनुहुन्छ श्रीमत दिने। बाबा भन्नुहुन्छ– गृहस्थमा रहनु, कामधन्दा आदि जे पनि
गर। बाबालाई याद अवश्य गर्नुछ र पावन बन्नुछ। बस्। याद गरेनौ भने रावणबाट कहीँ न कहीँ
धोका खाइरहन्छौ त्यसैले मूल कुरा सम्झाउनुहुन्छ यादको। शिवबाबालाई याद गर्नुछ।
देहसहित देहका जो पनि सम्बन्धी छन् उनीहरूलाई भुलेर आफूलाई आत्मा निश्चय गर। बाबा
बारम्बार सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ। होइन भने फेरि
अन्त्यमा धेरै धेरै पछुताउँछौ। धेरै धोका खान्छौ। कुनै यस्तो जोडले थप्पड लाग्छ
जसकारण मायाले एकदम कालो मुख बनाइदिन्छ। बाबा आउनुभएको छ गोरो बनाउन। यस समयमा सबैले
एकअर्काको कालो मुख गरिरहन्छन्। गोरो बनाउने एकै बाबा हुनुहुन्छ, जसको यादबाट तिमी
गोरा स्वर्गको मालिक बन्छौ। यो हो नै पतित दुनियाँ। बाबा आउनु हुन्छ नै पतितहरूलाई
पावन बनाउन। बाँकी तिम्रो कामधन्दा आदिसँग बाबाको कुनै सम्बन्ध छैन। शरीर निर्वाह
अर्थ तिमीले जे गर्नुछ त्यो गर। बाबा त केवल भन्नुहुन्छ– मनमनाभव। तिमीले भन्छौ पनि
हामी कसरी पावन दुनियाँको मालिक बनौँ। बाबा भन्नुहुन्छ– केवल मलाई याद गर। बस्।
पावन बन्ने अरू कुनै उपाय छैन। जतिसुकै दानपुण्य आदि गरून्, जतिसुकै मेहनत गरून्।
चाहे आगोमाथि हिँड्ने कष्ट नै किन नगरून्, केही पनि काम आउन सक्दैन– सिवाय एक बाबाको
यादको। धेरै सिम्पल कुरा छ, यसलाई भनिन्छ– सहज योग। आफूलाई सोध– हामी आफ्नो
मीठा-प्यारा बाबालाई सारा दिनमा कति याद गर्छौँ! निद्रामा त कुनै पाप हुँदैन। अशरीरी
हुन्छौ। बाँकी दिनमा धेरै पाप भइरहन्छन् र पुराना पाप पनि धेरै छन्। यादको मेहनत
गर्नुछ । यहाँ आउँछौ भने यो मेहनत गर्नुछ। बाहिरका व्यर्थ सङ्कल्पहरूलाई उडाइदेऊ।
होइन भने वायुमण्डल बडो खराब गरिदिन्छन्। घरको, खेतीपातीको विचार चलिरहन्छ। कहिले
बच्चाहरूको याद पर्छन्, कहिले गुरुको याद आउँछ। सङ्कल्प चलिरह्यो भने वायुमण्डललाई
खराब गरिदिन्छन्। मेहनत नगर्नेहरूले विघ्न पार्छन्। यी यति मसिना कुरा हुन्। तिमीले
पनि अहिले बुझेका छौ– फेरि कहिल्यै जान्दैनौ। बाबाले अहिले नै वर्सा दिनुहुन्छ फेरि
आधाकल्पको लागि निश्चित हुन्छौ। लौकिक पिताको चिन्ता र बेहद बाबाको चिन्तामा कति
अन्तर छ। बाबा भन्नुहुन्छ– भक्ति मार्गमा मलाई कति चिन्ता रहन्छ। भक्तहरूले कति घरी
घरी याद गर्छन्। सत्ययुगमा कसैले पनि याद गर्दैनन्। बाबा भन्नुहुन्छ– तिमीलाई यति
सुख दिन्छु जसले गर्दा तिमीलाई मलाई त्यहाँ याद गर्ने आवश्यकता नै रहँदैन। हामीलाई
थाहा छ– हाम्रा बच्चाहरू सुखधाम, शान्तिधाममा बसेका छन्। अर्को कुनै मानिसले बुझ्न
सक्दैन। यस्तो बाबामा निश्चयबुद्धि हुनमा मायाले विघ्न पार्छ। बाबा भन्नुहुन्छ–
केवल मलाई याद गर्यौ भने तिमीमा जुन खाद परेको छ, चाँदी, तामा, फलाम... त्यो
निस्कन्छ। सत्ययुगबाट त्रेतायुगमा आउनाले पनि दुई कला कम हुन्छ। यी कुरा तिमी सुन्छौ
र बुझ्छौ। जो सच्चा ब्राह्मण हुन्छ उसलाई राम्रोसँग बुद्धिमा बस्छ, होइन भने बस्दैन।
याद टिक्दैन। सारा आधार बाबालाई याद गर्नुमा छ। बारम्बार भन्नुहुन्छ– प्यारा
बच्चाहरू, बाबालाई याद गर। यी बाबाले पनि भन्नुहुन्छ– शिवबाबालाई याद गर। शिवबाबा
स्वयं पनि भन्नुहुन्छ– म बाबालाई याद गर। आत्माहरूलाई भन्नुहुन्छ– हे बच्चाहरू। उहाँ
निराकार परमात्माले पनि आत्माहरूलाई भन्नुहुन्छ। मूल कुरा नै यो हो। कोही पनि आए भने
उनीहरूलाई पहिला-पहिला भन– अल्फलाई याद गर अरू कुनै झन्झट गर्नुछैन। केवल भन–
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यही भित्र घोट्नुछ। हामी आत्मा हौँ, गाउँछन्
पनि नि तुलसीदास चन्दन घिसे, तिलक देत रघुवीर... तिलक कुनै स्थूल कहाँ हो र।
तिमीलाई थाहा छ– तिलक वास्तवमा यस समयको यादगार हो। तिमी याद गरिरहन्छौ अर्थात्
राजाइको तिलक दिन्छौ। तिमीलाई राजाइको तिलक मिल्छ, डबल सिरताज बन्छौ। राजाइको तिलक
मिल्छ अर्थात् स्वर्गको महाराजा, महारानी बन्छौ। बाबा कति सहज तरिकाले बताउनुहुन्छ।
बस् केवल यो याद गर– हामी आत्मा हौँ, शरीर होइन। मैले बाबाबाट वर्सा लिनुछ।
तिमीलाई थाहा छ– म
आत्मा बिन्दु मिसल हुँ, बाबा पनि बिन्दु हुनुहुन्छ। बाबा ज्ञानको सागर, सुखको सागर
हुनुहुन्छ। उहाँले हामीलाई वरदान दिनुहुन्छ। यिनको छेउमा आएर बस्नुहुन्छ। गुरुले
आफ्नो शिष्यलाई छेउमा बसाएर सिकाउँछन्। उहाँ पनि छेउमा बस्नुभएको छ। बच्चाहरूलाई
केवल भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ, म एकलाई याद गर। सत्ययुगमा पनि तिमी आफूलाई
आत्मा सम्झन्छौ, तर बाबालाई जान्दैनौ। हामी आत्माले शरीर छोड्छौँ फेरि अर्को लिनुछ।
ड्रामा अनुसार तिम्रो पार्ट नै यस्तो छ त्यसैले तिम्रो आयु त्यहाँ ठुलो रहन्छ,
पवित्र रहन्छौ। सत्ययुगमा आयु ठुलो रहन्छ, कलियुगमा सानो हुन्छ। त्यहाँ छन् योगी,
यहाँ छन् भोगी। पवित्र हुन्छन् योगी। त्यहाँ रावण राज्य नै छैन। आयु ठुलो रहन्छ। यहाँ
आयु कति सानो हुन्छ, यसलाई कर्मभोग भनिन्छ। त्यहाँ अकालमा मृत्यु कहिल्यै हुँदैन।
त्यसैले बाबा भन्नुहुन्छ– बाबालाई चिनेका छौ भने श्रीमतमा चल। एक बाबालाई याद गर।
आफूलाई आत्मा सम्झ। हामी अब जानुछ, यो शरीर छोड्नुछ। बाँकी टाइम सेवामा लगाउनुछ।
तिमी बच्चाहरू धेरै
गरिब छौ त्यसैले बाबालाई दया लाग्छ। तिमी बुढीहरू, कुब्जाहरू आदिलाई कुनै कष्ट
दिनुहुन्न। बुढीलाई कुब्जा भनिन्छ। बुढीहरूलाई सम्झाइन्छ– बाबालाई याद गर। तिमीलाई
कसैले सोध्यो कहाँ जान्छौ? भन– गीता पाठशालामा जान्छौँ।
बच्चाहरूले प्रदर्शनी
आदिमा कति खर्च गर्छन्, लेख्छन् पनि फलानो राम्रो प्रभावित भयो। तर बाबा भन्नुहुन्छ–
एक जनाले पनि यस्तो लेख्दैन– अवश्य यस समयमा बेहदको बाबा यस ब्रह्माको तनमा आउनुभएको
छ, उहाँबाट नै स्वर्गको वर्सा मिल्नसक्छ। बाबाले बुझ्नुहुन्छ– एक जनालाई पनि निश्चय
भएको छैन। केवल प्रभावित हुन्छन्, यो ज्ञान धेरै राम्रो छ। सिँढी ठिक तरिकाले
देखाएका छन्। तर स्वयं योगमा रहेर तमोप्रधानबाट सतोप्रधान बनून्, त्यो गर्दैनन्।
केवल भन्छन्– ज्ञान धेरै राम्रो छ, परमात्माबाट वर्सा पाउने। तर स्वयं पाऊन्, त्यो
होइन। केही पनि पुरुषार्थ गर्दैनन्, प्रजा धेरै बन्छन्। बाँकी राजा बन्न् त्यो
मेहनत छ। हरेकले आफ्नो दिललाई सोध– हामी कहाँसम्म बाबाको यादमा हर्षित रहन्छौँ? हामी
फेरि सो देवता बन्छौँ। यस्ता-यस्ता कुरा आफैसँग एकान्तमा बसेर गर, प्रयास गरेर हेर।
बाबालाई याद गरिरह्यौ भने बाबा ग्यारेन्टी दिनुहुन्छ– तिमी आधाकल्प कहिल्यै रुँदैनौ।
अहिले तिमी भन्छौ– बाबा आएर हामीलाई रावण मायामाथि जित पहिराउनुहुन्छ। जसले जति
मेहनत गर्छन्, आफ्नै लागि नै गर्छन्। फेरि तिमी आउँछौ नयाँ दुनियाँमा। पुरानो
दुनियाँको हिसाबकिताब पनि चुक्ता गर्नुछ जब कि तिमीले तमोप्रधानबाट सतोप्रधान
बन्नुछ। पावन बन्ने युक्ति पनि बताउनुहुन्छ। यो हो महाविनाशको समय, सबैको विनाश
हुनुछ। नयाँ दुनियाँको स्थापना हुनुछ। तिमीलाई थाहा छ– हामी यस मृत्युलोकमा यो शरीर
छोडेर फेरि नयाँ दुनियाँ अमरलोकमा आउँछौँ। हामी पढ्छौँ नै नयाँ दुनियाँको लागि अरू
कुनै यस्तो पाठशाला छैन, जहाँ भविष्यको लागि पढाउँछन्। हो, जसले धेरै दानपुण्य
गर्छन् भने राजाको पासमा जन्म लिन्छन्। गोल्डेन स्पुन इन माउथ (मुखमा सुनको चम्चा)
भनिन्छ। सत्ययुगमा तिमीलाई मिल्छ, कलियुगमा पनि जो राजाहरूको पासमा जन्म लिन्छन्
उनीहरूलाई पनि मिल्छ तैपनि यहाँ त अनेक प्रकारका दुःख रहन्छन्। तिमीलाई त भविष्य २१
जन्मको लागि कुनै दुःख हुँदैन। कहिल्यै बिरामी पर्दैनौ, स्वर्गमा गोल्डेन स्पुन इन
स्वर्ग। यहाँ छ अल्पकालको लागि राजाइ। तिम्रो हो २१ जन्मको लागि। बुद्धिबाट
राम्रोसँग काम लिनुछ, फेरि सम्झाउनुछ। यस्तो होइन, भक्ति मार्गमा राजा बन्न सक्दैनन्।
कसैले कलेज अथवा हस्पिटल बनाउँछन् भने उनीहरूलाई पनि प्रतिफल मिल्छ। हस्पिटल
बनाउँछन् भने दोस्रो जन्ममा राम्रो तन्दुरुस्ती रहन्छ। भन्छन् नि– यिनलाई सारा आयुमा
ज्वरो पनि आएन। ठुलो आयु हुन्छ। धेरै दान आदि गरेका छन्, हस्पिटल आदि बनाउँछन् तब
आयु बढ्छ। यहाँ त योगबाट तिमी एभरहेल्दी-वेल्दी बन्छौ। योगबाट तिमी २१ जन्मको लागि
निरोगीपन पाउँछौ। यो त धेरै ठुलो हस्पिटल, धेरै ठुलो कलेज हो। बाबा हरेक कुरा
राम्रोसँग सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– जसलाई जहाँ मजा आउँछ, जहाँ दिल लाग्छ,
त्यहाँ गएर पढाइ पढ्न सक्छन्। यस्तो होइन, हाम्रो सेन्टरमा आऊन्, यिनको पासमा किन
जान्छन्। होइन, जसलाई जहाँ चाहिन्छ त्यहाँ जाऊन्। कुरा त एउटै हो। मुरली त पढेर
सुनाउँछन्। त्यो मुरली यहाँबाट जान्छ फेरि कसैले विस्तारबाट राम्रो सम्झाउँछन्,
कसैले केवल पढेर सुनाउँछन्। भाषण गर्नेहरूले राम्रो ललकार्छन् होला। कहाँ पनि भाषण
होस्– पहिला-पहिला बताऊ– शिवबाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद
गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन् र पावन बनेर पावन दुनियाँको मालिक बन्छौ। कति
सहज सम्झाउनुहुन्छ। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाहिरका व्यर्थ विचारहरूलाई छोडेर एकान्तमा बसेर यादको मेहनत गर्नुछ।
बिहान-बिहान उठेर विचार सागर मन्थन गर्नु र आफ्नो चार्ट हेर्नुछ।
२) जसरी भक्तिमा
दानपुण्यको महत्त्व छ, त्यसरी नै ज्ञान मार्गमा यादको महत्त्व छ। यादबाट आत्मालाई
एभरहेल्दी-वेल्दी बनाउनुछ। अशरीरी रहने अभ्यास गर्नुछ।
वरदान:–
कम्बाइन्ड
रूपको सेवाद्वारा आत्माहरूलाई समीप सम्बन्धमा ल्याउने कम्बाइन्ड रूपधारी भव
केवल आवाजद्वारा सेवा
गर्नाले प्रजा बन्दै गइरहेका छन् तर आवाजभन्दा पर स्थितिमा स्थित होऊ फेरि आवाजमा
आऊ, अव्यक्त स्थिति र फेरि आवाज यस्तो कम्बाइन्ड रूपको सेवाले वारिस बनाउँछ।
आवाजद्वारा प्रभावित भएका आत्माहरू अनेक आवाज सुन्नाले आवागमनमा आउँछन् तर
कम्बाइन्ड रूपधारी बनेर कम्बाइन्ड रूपको सेवा गर्यौ भने उनीहरूमाथि कुनै पनि रूपको
प्रभाव पर्न सक्दैन।
स्लोगन:–
साधनहरूमा
बेहदको वैराग्यवृत्तिको साधना मर्ज हुन नदेऊ।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन
जुन सहनशील बच्चाहरू
छन् उनीहरूले आफ्नो सहनशीलताको शक्तिबाट जस्तोसुकै कठोर संस्कार भएकोलाई, जस्तोसुकै
कठिन कार्यलाई शीतल बनाइदिन्छन् वा सहज बनाइदिन्छन्। सहनशीलताको गुण भएको व्यक्ति
गम्भीर हुन्छ र गहिराइमा जान्छ। ऊ कहिल्यै विचलित हुँदैन। गहिराइमा गएर सफलता
प्राप्त गर्छ।