25.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाजोलीको खेल याद गर , यस खेलमा सारा चक्र , ब्रह्मा र ब्राह्मणहरूको रहस्य समाहित छ।”

प्रश्न:–
सङ्गमयुगमा बाबाबाट सबै बच्चाहरूलाई कुनचाहिँ वर्सा प्राप्त हुन्छ?

उत्तर:–
ईश्वरीय बुद्धिको। ईश्वरमा जुन गुण छन्, ती हामीलाई वर्सामा दिनुहुन्छ। हाम्रो बुद्धि हीरा जस्तो पारस बनिरहेको छ। अहिले हामी ब्राह्मण बनेर बाबाबाट अपार खजाना लिइरहेका छौं, सबै गुणहरूले आफ्नो झोली भरिरहेका छौं।

ओम् शान्ति ।
आज हो सद्गुरुबार, बृहस्पतिबार। दिनहरूमा पनि कुनै उत्तम दिन हुन्छ। बृहस्पतिको दिनलाई श्रेष्ठ भनिन्छ नि। बृहस्पति अर्थात् वृक्षपति दिवसमा स्कुल वा कलेजमा भर्ना हुन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यस मनुष्य सृष्टिरूपी कल्पवृक्षको बीजरूप हुनुहुन्छ बाबा, उहाँ अकालमूर्त हुनुहुन्छ। अकालमूर्त बाबाका अकालमूर्त बच्चाहरू। कति सहज छ। कठिनाइ केवल यादको यात्रामा छ। यादबाटै विकर्म विनाश हुन्छ। तिमी पतितबाट पावन हुन्छौ। बाबा सम्झाउनु हुन्छ– तिमी बच्चाहरूमाथि अविनाशी बेहदको दशा छ। एक हुन्छ हदको दशा अनि अर्को हुन्छ बेहदको। बाबा हुनुहुन्छ वृक्षपति। वृक्षबाट सबैभन्दा पहिला ब्राह्मण निस्कन्छन्। बाबा भन्नुहुन्छ– म वृक्षपति सत्-चित्-आनन्द स्वरूप हुँ। फेरि महिमा गाउँछन् ज्ञानका सागर, शान्तिका सागर...। तिमीलाई थाहा छ– सत्ययुगमा देवी-देवताहरू सबै शान्तिका, पवित्रताका सागर हुन्छन्। विश्व सुख-शान्ति-पवित्रताको सागर थियो, त्यसलाई भनिन्छ– विश्वमा शान्ति। तिमी हौ ब्राह्मण। वास्तवमा तिमी पनि अकालमूर्त हौ, हरेक आत्मा आफ्नो तख्तमा विराजमान छ। यी सबै चैतन्य अकाल तख्त हुन्। भृकुटीको बीचमा अकालमूर्त आत्मा विराजमान छ, जसलाई सितारा पनि भनिन्छ। वृक्षपति बीजरूपलाई ज्ञानको सागर भनिन्छ, त्यसैले अवश्य उहाँ आउनु पर्छ। सबैभन्दा पहिला ब्राह्मण हुनुपर्छ, प्रजापिता ब्रह्माका एडप्टेड बच्चाहरू। मम्मा पनि अवश्य हुनुपर्छ। तिमी बच्चाहरूलाई धेरै राम्ररी सम्झाउनु हुन्छ। जसरी बाजोली खेल्छन् हैन? त्यसको पनि अर्थ सम्झाइन्छ। बीजरूप शिवबाबा हुनुहुन्छ फेरि छन् ब्रह्मा। ब्रह्माद्वारा ब्राह्मण रचियो। यस समयमा तिमीले भन्छौ– हामी नै ब्राह्मण सो देवता...। पहिला हामी शूद्र बुद्धिका थियौं। अहिले फेरि बाबाले पुरुषोत्तम बुद्धि बनाउनु हुन्छ। हीरा समान पारस बुद्धि बनाउनु हुन्छ। यो बाजोलीको रहस्य पनि सम्झाउनु हुन्छ। शिवबाबा पनि हुनुहुन्छ, प्रजापिता ब्रह्मा र एडप्टेड बच्चाहरू सम्मुख बसेका छन्। अहिले तिमी कति विशालबुद्धि बनेका छौ। ब्राह्मण नै फेरि देवता बन्छन्। अहिले तिमी ईश्वरीय बुद्धिका बन्छौ, जुन ईश्वरमा गुणहरू छन्, त्यो तिमीलाई वर्सामा मिल्छ। सम्झाउँदा यो कुरा नबिर्स। बाबा ज्ञानका सागर हुनुहुन्छ, नम्बरवन। उहाँलाई ज्ञानेश्वर भनिन्छ, ज्ञान सुनाउने ईश्वर। ज्ञानबाटै सद्गति हुन्छ। पतितहरूलाई पावन बनाउनु हुन्छ, ज्ञान र योगद्वारा। भारतवर्षको प्राचीन राजयोग प्रसिद्ध छ किनकि कलियुगबाट सत्ययुग बनेको थियो। यो त सम्झाइएको छ– योग दुई प्रकारका हुन्छन्, त्यो हो हठयोग र यो हो राजयोग। त्यो हदको, यो हो बेहदको। ती हुन् हदका संन्यासी, तिमी हौ बेहदका संन्यासी। उनले घरबार छोड्छन्, तिमीले सारा दुनियाँको संन्यास गर्छौ। अहिले तिमी हौ प्रजापिता ब्रह्माका सन्तान। यो सानो नयाँ वृक्ष हो। तिमीलाई थाहा छ– पुरानोबाट नयाँ बनिरहेको छ। कलमी लागिरहेको छ। वास्तवमा हामीले बाजोली खेल्छौं। हम सो ब्राह्मण अनि फेरि हम सो देवता। ‘सो’ शब्द अवश्य लगाउनु पर्छ। केवल ‘हम’ होइन। हम सो शूद्र थियौं, हम सो ब्राह्मण बन्यौं। यो बाजोली बिल्कुल बिर्सिनु हुँदैन। यो त बिल्कुल सहज छ। साना साना बच्चाहरूले पनि सम्झाउन सक्छन्, हामीले ८४ जन्म कसरी लिन्छौं, सिँढी कसरी उत्रिन्छौं, फेरि ब्राह्मण बनेर चढ्छौं। ब्राह्मणबाट देवता बन्छौं।

अहिले ब्राह्मण बनेर धेरै महान् खजाना लिइरहेका छन्। झोली भरिरहेका छन्। ज्ञान सागर कुनै शङ्करलाई भनिदैन। उनले झोली भर्दैनन्। यो त चित्रकारहरूले बनाइदिएका हुन्। शङ्करको कुरा नै होइन। यी विष्णु र ब्रह्मा यहाँका हुन्। लक्ष्मी-नारायणको युगल रूपलाई माथि देखाएका छन्। यो हो यिनको (ब्रह्माको) अन्तिम जन्म। पहिला सुरुमा यी विष्णु थिए, फेरि ८४ जन्मपछि ब्रह्मा बनेका हुन्। यिनको नाम मैले ब्रह्मा राखेको हुँ। सबैको नाम परिवर्तन गरिदिएँ किनकि संन्यास गरे नि। शूद्रबाट ब्राह्मण बनेपछि नाम परिवर्तन गरियो। बाबाले धेरै रमणिक नाम राख्नुभयो। त्यसैले अब तिमीले जान्दछौ, देख्छौ, वृक्षपति यस रथमा बस्नुभएको छ। उहाँको यो अकालतख्त हो, यिनको पनि हो। उहाँले यो तख्त सापटी लिनु भएको छ। उहाँलाई त आफ्नो तख्त मिल्दैन। भन्नुहुन्छ– म यस रथमा विराजमान हुन्छु, पहिचान दिन्छु। म तिम्रो पिता हुँ, केवल जन्ममरणमा आउँदिन, तिमीहरू आउँछौ। यदि म पनि जन्ममरणमा आउने हो भने तिमीहरूलाई तमोप्रधानबाट सतोप्रधान कसले बनाउने? बनाउनेवाला त चाहिन्छ नि, त्यसैले नै मेरो यस्तै पार्ट छ। मलाई बोलाउँछौ पनि, हे पतित-पावन आउनुहोस्। निराकार शिवबाबालाई आत्माहरूले पुकार्छन् किनकि आत्माहरूलाई दु:ख छ। आएर पतितहरूलाई पावन बनाउनुहोस्! खासगरी यहाँका आत्माहरूले बोलाउँछन्। त्ययुगमा तिमी धेरै पवित्र सुखी थियौ, कहिल्यै पनि पुकार्दैनथ्यौ। त्यसैले बाबा स्वयं भन्नुहुन्छ– तिमीलाई सुखी बनाएर म फेरि वानप्रस्थमा बस्छु। त्यहाँ (सत्ययुगमा) मेरो कुनै आवश्यकता नै हुँदैन। भक्तिमार्गमा मेरो पार्ट हुन्छ, फेरि मेरो पार्ट आधाकल्प हुँदैन। यो त बिल्कुल सहज छ। यसमा कसैको प्रश्न उठ्न सक्दैन। गायन पनि छ– दु:ख में सिमरण सब करें...। सत्ययुग-त्रेतामा भक्तिमार्ग हुँदै हुँदैन। त्यहाँ ज्ञानमार्ग पनि भनिदैन। ज्ञान त मिल्छ नै सङ्गममा, जसबाट तिमीले २१ जन्म प्रारब्ध पाउँछौ। नम्बरवार पास हुन्छन्। फेल पनि हुन्छन्। तिम्रो यो युद्ध चलिरहेको छ। तिमीले देख्छौ– जुन रथमा बाबा विराजमान हुनुहुन्छ, तिनले त विजय प्राप्त गर्नेछन्। फेरि अनन्य बच्चाहरूले पनि विजय प्राप्त गर्नेछन्, जस्तै कुमारका छिन्, फलानी छिन्, अवश्य विजय प्राप्त गर्नेछन्। धेरैलाई आफू समान बनाउँछन्। त्यसैले बच्चाहरूले यो कुरा बुद्धिमा राख्नु छ– यो बाजोली हो। साना बच्चाहरूले पनि यो बुझ्न सक्छन्, त्यसैले बाबा भन्नुहुन्छ– बच्चाहरूलाई पनि सिकाऊ। उनलाई पनि बाबासँग वर्सा लिने हक छ। ठुलो कुरा त छैन। अलिकति पनि यस ज्ञानलाई जानेपछि ज्ञानको विनाश हुँदैन। स्वर्गमा त अवश्य आउने छन्। जसरी क्राइस्टले स्थापना गरेको क्रिस्चियन धर्म कति ठुलो छ। यो देवी-देवता त सबै भन्दा पुरानो र ठुलो धर्म हो, जुन दुई युगसम्म चल्छ, त्यसैले अवश्य तिनीहरूको सङ्ख्या पनि धेरै हुनुपर्छ। तर हिन्दु भनिदिएका छन्। भन्ने पनि गर्छन्– ३३ करोड देवताहरू। फेरि हिन्दु किन भन्छन्! मायाले बुद्धिलाई बिल्कुलै मारिदिएको छ, त्यसैले यो हाल भएको छ। बाबा भन्नुहुन्छ– मायालाई जित्नु कुनै कठिन कुरा होइन। तिमीले हरेक कल्प विजय प्राप्त गर्छौ। सेना हौ नि। बाबा मिल्नुभएको छ यी विकाररूपी रावणमाथि विजय प्राप्त गराउनको लागि।

तिमीमाथि अहिले बृहस्पतिको दशा छ। यहाँ नै दशा आउँछ। अहिले सबैमाथि राहुको दशा छ। बाबा वृक्षपति आउनु हुन्छ, त्यसैले अवश्य बृहस्पतिको दशा हुन्छ। यसमा सबै कुरा आउँछ। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई निरोगी काया मिल्छ, त्यहाँ मृत्युको नाम हुँदैन। अमरलोक हो नि। फलानो मर्यो, यस्तो भनिदैन। मर्ने नाम हुँदैन, एक शरीर छोडेर अर्को लिन्छन्। शरीर लिँदा र छोड्दा दुवैमा खुसी नै हुन्छ। चिन्ताको नाम हुँदैन। तिमीमाथि अहिले बृहस्पतिको दशा छ। सबैमाथि त बृहस्पतिको दशा हुन सक्दैन। विद्यालयमा पनि कोही पास हुन्छन्, कोही फेल हुन्छन्। यो पनि पाठशाला हो। तिमीले भन्छौ– हामीले राजयोग सिक्छौं, सिकाउनेवाला को हुनुहुन्छ? बेहदका बाबा। त्यसैले कति खुसी हुनुपर्छ, यसमा अरू कुनै कुरा छैन। पवित्रताको कुरा हो मुख्य। लेखिएको पनि छ– हे बच्चाहरू! देह सहित देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गर। यी गीताका शब्द हुन्। अहिले गीता अध्याय चलिरहेको छ। त्यसमा मानिसहरूले गडबड गरिदिएका छन्। आँटामा नुनजति सत्य छ। कुरा कति सहज छ, जुन सानो बच्चाले पनि बुझ्न सक्छ। फेरि पनि भुल्छौ किन? भक्तिमार्गमा पनि भन्ने गर्थ्यौ– बाबा हजुर आउनु भयो भने हामी हजुरको नै बन्छौं। दोस्रो न कोही। हामी हजुरको बनेर हजुरबाट पूरा वर्सा लिन्छौं। पिताको बन्छन् नै वर्सा लिनको लागि। एडप्ट हुन्छन्, जानेका छौ– पिताबाट हामीलाई के मिल्छ। तिमी पनि एडप्ट भएका छौ। जानेका छौ– हामीले बाबासँग विश्वको बादसाही, बेहदको वर्सा लिन्छौं। अरू कसैसँग ममत्व राख्ने छैनौं। मानौं, कसैको लौकिक पिता पनि छन्, उनीसँग कति होला? लाख, करोड होला। यहाँ बेहदका बाबाले तिमीलाई बेहदको वर्सा दिनुहुन्छ।

तिमी बच्चाहरूले आधाकल्प झुटा कथाहरू सुन्दै आयौ। अब सच्चा कथा बाबाबाट सुन्छौ। त्यसैले यस्तो बाबालाई याद गर्नुपर्छ। ध्यान दिएर सुन्नुपर्छ। ‘हम सो’ को अर्थ पनि सम्झाउनु पर्छ। उनीहरूले भन्ने गर्छन्– आत्मा सो परमात्मा। यो ८४ जन्मको कहानी त कसैले बताउन सक्दैन। बाबाको लागि भन्छन्– कुकुर, बिरालो सबैमा हुनुहुन्छ। बाबाको ग्लानि गर्छन् नि। यो पनि ड्रामामा निश्चित छ। कसैमाथि दोष लगाइँदैन। ड्रामा नै यस्तो बनेको छ। तिमीलाई जसले ज्ञानबाट देवता बनाउनु हुन्छ, उहाँलाई नै गाली गर्न थाल्छौ। तिमीहरूले यसरी नै बाजोली खेल्छौ। ड्रामा यस्तो पनि बनेको छ। म फेरि आएर तिमीमाथि पनि उपकार गर्छु। जान्दछु– तिम्रो पनि दोष छैन, यो खेल हो। कहानी तिमीलाई सुनाउँछु, यो हो सच्चा सच्चा कथा जसबाट तिमीहरू देवता बन्छौ। भक्तिमार्गमा फेरि धेरै कथाहरू बनाइदिएका छन्। लक्ष्य-उद्देश्य केही पनि छैन। ती सबै हुन् गिर्नको लागि। त्यस पाठशालामा विद्या सिकाउँछन् तैपनि शरीर निर्वाहको लागि त उद्देश्य छ नि। पण्डितहरूले आफ्नो शरीर निर्वाह अर्थ बसेर कथा सुनाउँछन्। मानिसहरूले उनको अगाडि पैसा राख्दै जान्छन्, प्राप्ति केही पनि हुँदैन। तिमीलाई त अहिले ज्ञान रत्न मिल्छ, जसबाट तिमी नयाँ दुनियाँको मालिक बन्छौ। त्यहाँ हरेक चीज नयाँ मिल्छ। नयाँ दुनियाँमा सबै कुरा नयाँ हुन्छ। हीरा जुहारत आदि सबै नयाँ हुन्छ। अब बाबा भन्नुहुन्छ– अरू सबै कुरा छोडेर तिमीले बाजोलीलाई याद गर। फकिरहरू पनि बाजोली खेल्दै तीर्थ जान्छन्। कोही पैदल पनि जान्छन्। अहिले त मोटर-हवाइजहाज पनि निस्केका छन्। गरिब त त्यसमा जान सक्दैनन्। कुनै धेरै श्रद्धावाला रहेछन् भने पैदल पनि जाने गर्छन्। दिनप्रतिदिन विज्ञानद्वारा धेरै सुख मिल्दै जान्छ। यो हो अल्पकालको सुख, तल गिरे भने कति नोक्सान हुन्छ। यी चीजहरूमा सुख हुन्छ अल्पकालको लागि। बाँकी फाइनल मृत्यु निश्चित छ। त्यो हो साइन्स। तिम्रो हो साइलेन्स। बाबालाई याद गरेपछि सबै रोग खतम हुन्छन्, निरोगी बन्छौ। अहिले तिमीले सम्झन्छौ– सत्ययुगमा सदा स्वस्थ थियौं। यो ८४ को चक्र घुमिरहन्छ। बाबा एकैपटक आएर सम्झाउनु हुन्छ, तिमीले मेरो ग्लानि गरेका छौ, आफैलाई थप्पड लगाएका छौ। ग्लानि गर्दा गर्दा तिमी शूद्र बुद्धि बन्यौ। सिक्ख धर्मकाले पनि भन्छन्– जप साहेबबाट सुख मिल्छ अर्थात् मनमनाभव। शब्द नै दुईवटा छन्, बाँकी धेरै टाउको दुखाउनु पर्ने आवश्यकता छैन। यो पनि बाबाले आएर सम्झाउनु हुन्छ। अहिले तिमीले जान्दछौ– साहेबलाई याद गरेपछि तिमीलाई २१ जन्मको सुख मिल्छ। उनले पनि त्यसको मार्ग बताउँछन्। तर पूरा मार्ग त जानेकै छैनन्। सिमर-सिमर सुख पाओ। तिमी बच्चाहरूलाई थाहा छ– वास्तवमा सत्ययुगमा बिमारी आदि दु:खको कुनै कुरा हुँदैन। यो त साधारण कुरा हो। त्यसलाई सत्ययुग सतोप्रधान दुनियाँ भनिन्छ। यसलाई कलियुग तमोप्रधान दुनियाँ भनिन्छ। सृष्टिको चक्र घुमिरहन्छ। कति राम्रोसँग सम्झाइन्छ। बाजोली हो, अहिले तिमी ब्राह्मण हौ, फेरि देवता बन्छौ। यी कुरा तिमीले बिर्सिन्छौ। बाजोली मात्र याद भए पनि यो ज्ञान सारा याद हुन्छ। यस्तो बाबालाई याद गरेर मात्रै राती सुत्नुपर्छ। तैपनि भन्छौ– बाबा बिर्सिन्छौं। मायाले घरी घरी भुलाइदिन्छ। तिम्रो लडाइँ हुन्छ मायासँग। फेरि आधाकल्प तिमीले त्यसमाथि राज्य गर्छौ। कुरा त सहज बताउँछु। नाम नै छ सहज ज्ञान, सहज याद। केवल बाबालाई याद गर, के कष्ट दिनुहुन्छ र! भक्तिमार्गमा त तिमीले धेरै मेहनत गर्यौ। साक्षात्कारको लागि शिर काट्नलाई तयार हुन्छन्, काशी कलवट खान्छन्। हो, जसले निश्चयबुद्धि भएर गर्छन्, उनको फेरि विकर्म विनाश हुन्छ। फेरि नयाँ हिसाबकिताब सुरु हुन्छ। तर मेरो पासमा आउँदैनन्। मेरो यादबाट विकर्म विनाश हुन्छ, नकि जीवघातबाट। मेरो पासमा त कोही आउँदैन। कति सहज कुरा छ। यो बाजोली त वृद्धहरूलाई पनि याद हुनु पर्छ, बच्चाहरूलाई पनि याद हुनु पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) वृक्षपति बाबासँग सुख-शान्ति-पवित्रताको वर्सा लिनको लागि आफैलाई अकालमूर्त आत्मा सम्झेर बाबालाई याद गर्नु छ। ईश्वरीय बुद्धि बनाउनु छ।

२) बाबासँग सच्चा कथा सुनेर अरूलाई सुनाउनु छ। मायाजित बन्नको लागि आफू समान बनाउने सेवा गर्नु छ। हामी कल्प कल्पका विजयी हौं, बाबा हाम्रो साथ हुनुहुन्छ– यो कुरा बुद्धिमा राख्नु छ।

वरदान:–
निर्बलबाट बलवान् बनेर असम्भवलाई सम्भव बनाउने हिम्मतवान् आत्मा भव

“हिम्मते बच्चे मदते बाप” यस वरदानको आधारमा हिम्मतको पहिलो दृढ सङ्कल्प गर्यौ। पवित्र बन्नु नै छ तब बाबाले पदमगुणा मदत दिनुभयो। तिमी आत्माहरू नै अनादि-आदि पवित्र हौ, अनेक पटक पवित्र बनेका छौ र बनि नै रहने छौ। अनेक पटकको स्मृतिले समर्थ बन्यौ। निर्बलबाट यति बलवान् बन्यौ जसले गर्दा च्यालेन्ज गर्छौ– विश्वलाई नै पावन बनाएर देखाउनेछौं। मानिसहरूले जुन कुरा ॠषिमुनी आदि महान् आत्माहरूले पनि प्रवृत्तिमा रहेर पावन रहन मुस्किल सम्झन्छन् त्यसलाई तिमीले अति सहज भन्छौ।

स्लोगन:–
दृढ सङ्कल्प गर्नु नै व्रत लिनु हो, सच्चा भक्तले व्रतलाई कहिल्यै तोड्दैन।