25.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी यहाँ आएका छौ आफूसहित सारा दुनियाँलाई कायाकल्पतरु (पूर्ण रूपान्तरण) गर्न, यादबाट नै कायाकल्पतरु हुन्छ।”

प्रश्न:–
नर्कवासीबाट स्वर्गवासी बन्ने विधि कुन हो? अहिले तिमी बच्चाहरूलाई कसरी जीवनदान मिल्छ?

उत्तर:–
नर्कवासीबाट स्वर्गवासी बन्नको लागि अवश्य मर्नुपर्छ। बाबा भन्नुहुन्छ म आएको छु तिमीहरू सबैलाई मृत्यु दिन। तिम्रो यस देहलाई खतम गराएर बाँकी आत्माहरूलाई लैजान्छु। यही सच्चा जीवनदान हो। यसैको लागि यो महाभारत लडाइँ हुन्छ, जसमा सबैको विनाश हुन्छ। फेरि आत्माहरू पावन बनेर फर्केर घर जान्छन्। फेरि स्वर्गमा आउँछन्।

गीत:–
माता ओ माता...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीतको लाइन सुन्यौ। जगदम्बाको महिमा सुन्यौ। जगदम्बाको महिमा यहाँ भारतवर्षमा नै गायन गरिन्छ। जगदम्बा छन् भने जगत् पिता पनि अवश्य हुनुहुन्छ। जगदम्बा सरस्वतीलाई नै भनिन्छ। वास्तवमा उहाँको नाम एउटै हुनुपर्छ। तिम्रो पनि नाम एउटै छ नि! २-३ नाम त छैनन्। अहिले जगदम्बालाई अवश्य साकारमा देखाउँछन्, उनी अहिले शरीरधारी छन्। जगत् पिता पनि हुनुहुन्छ, जसलाई प्रजापिता पनि भनिन्छ। जसरी सारा जगतकी अम्बा छन्, त्यसरी नै सारा जगतका पिता हुनुहुन्छ। अवश्य दुवै जना यहाँ हुनुहुन्छ। दुवैको नाम पनि सुनाइयो। दुवै हुनुहुन्छ प्रजापिता र प्रजा माता। अब अर्का जगत् पिता भनिन्छ निराकार शिवबाबालाई। जो सबै आत्माहरूका पिता हुनुहुन्छ, उहाँको नाम नै हो परमपिता परमात्मा शिव। केवल ईश्वर वा परमात्मा भन्नुहुँदैन। उहाँको नाम रूप पनि छ नि, उहाँलाई गड फादर भनिन्छ। एक हुनुहुन्छ आत्माहरूका पिता, अर्का हुनुहुन्छ साकारी मनुष्य आत्माहरूका पिता र मम्मा। शिव हुनुहुन्छ आत्माहरूका पिता। आत्माले भन्छ उहाँ हाम्रो पिता हुनुहुन्छ। फेरि आत्मालाई यो साकार शरीर मिलेपछि भन्छन् ब्रह्माबाबा, त्यसैले दुई पिता हुनुभयो। एक शिवबाबा, अर्का प्रजापिता ब्रह्मा। शिवबाबाका बच्चा हुन् ब्रह्मा। एक निराकार पिता अर्का साकारी पिता। निराकार पितालाई भनिन्छ पतितपावन। ब्रह्मा वा सरस्वतीलाई पतितपावन भनिँदैन। पतितपावन त एउटै हुनुहुन्छ, यी दुईटा भए। सबैले पुकार्छन्– पतितपावन आउनुहोस्! त्यसैले दुई पिता हुनुभयो। शिवबाबा हुनुहुन्छ रचयिता। बाबाले नयाँ दुनियाँ रच्नुहुन्छ। त्यसैले सुरुमा ब्रह्मालाई अवश्य रच्नु पर्छ। विष्णु र शङ्करलाई कहिल्यै प्रजापिता भनिँदैन। ब्रह्मालाई नै प्रजापिता भनिन्छ। शिवबाबाले प्रजापिता ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। भन्छन् हामी शिवबाबाका बच्चा हौँ। शिवबाबाले यिनमा प्रवेश गरेर हामीलाई एडप्ट गर्नुभएको छ। उहाँले नै आत्माहरूलाई पावन बनाउनुहुन्छ, आत्मा नै पतित बनेको छ। यसकारण शरीर पनि पतित मिल्छ। सुनमा चाँदी, तामा, फलामको खाद मिसाउँछन् त्यसरी नै आत्मामा पनि खाद मिसिन्छ। वास्तवमा आत्मा पवित्र मुक्तिधाममा रहन्छ, जहाँ शिवबाबा पनि रहनुहुन्छ। अब शिवबाबा, प्रजापिता ब्रह्मा– एकलाई पिता, अर्कालाई दादा भनिन्छ। यो त तिमीलाई थाहा छ सबै मनुष्य मात्र शिवका सन्तान हुन्। फेरि शिववंशीहरू हुन् ब्रह्माकुमार-कुमारीहरू। शिवबाबा र दादा सँगसँगै हुनुहुन्छ। शिवबाबा यिनमा विराजमान हुनुहुन्छ, हामीलाई ब्राह्मण बनाएर राजयोग सिकाउनुहुन्छ, मनुष्यलाई देवता बनाउन। देवताहरू हुन्छन् सत्ययुगमा। देवताहरूलाई पतितपावन, ज्ञानको सागर भनिँदैन। ती देवताहरूलाई बाबा पनि भन्न सकिँदैन। अब तिमीहरू विष्णुपुरीका मालिक बनिरहेका छौ। विष्णुका दुई रूप लक्ष्मी नारायण हुन्, यो कुरा मनुष्यले जान्दैनन्। जसले भक्ति गर्छन् उनीहरूका दुई पिता अवश्य हुन्छन्। सत्ययुगमा एक पिता हुन्छन्। त्यहाँ यस्तो भन्दैनन्, हे परमपिता परमात्मा, दुःखहर्ता सुखकर्ता आउनुहोस्! त्यहाँ त देवीदेवताहरूको राज्य थियो। उनीहरूले कहिल्यै हे परमपिता परमात्मा, मुक्तिदाता भन्दैनन्। त्यहाँ कोही पतित दुःखी हुँदैहुँदैनन्, जसले पतितपावनलाई बोलाउँछन्। तिमीलाई थाहा छ भारतवर्षमा आजभन्दा ५ हजार वर्ष पहिला देवीदेवताहरूको राज्य थियो। पछि फेरि १२५० वर्षपछि हुन्छ रामसीताको राज्य। बाबाले सिद्ध गरेर बताउनुहुन्छ– सत्ययुग त्रेतामा तिमीले २१ जन्म लियौ। ब्राह्मण, देवता, क्षत्रिय... सबै भारतवर्षमा नै बन्छन्। बाबाले आएर पुरानो दुनियाँलाई नयाँ बनाउनुहुन्छ। पुनर्जीवित (रिजुभेनेट) गर्नुहुन्छ। पुनर्जीवन दिनुहुन्छ। अमर बनाउनुहुन्छ। तिमी बच्चाहरूलाई बाबा आएर अमरलोकका मालिक बनाउनुहुन्छ। भारतवर्ष अमरलोक हुँदा देवताहरूको राज्य थियो। अहिले तिमी देवताहरू नै सिँढी ओर्लिंदा-ओर्लिंदा मृत्युलोकमा आएर मालिक बनेका छौ। भन्छन् नि– हाम्रो भारतवर्ष, त्यसैले प्रजा पनि मालिक भए नि! तिमीले पनि भन्छौ हाम्रो भारतवर्ष। हामी भारतवर्षका मालिक थियौँ तर नर्कवासी थियौँ। देवताहरूले भन्छन् हामी स्वर्गवासी हौँ। तिमी पनि स्वर्गवासी थियौ फेरि ८४ जन्म भोगेर नर्कवासी बनेका छौ। यहाँ भारतभूमिमा नै शिवबाबाले जन्म लिनुहुन्छ। शिवरात्रि र शिवजयन्तीको गायन गरिन्छ। श्रीकृष्ण जयन्ती पनि मनाउँछन्, श्रीकृष्णको त बेला पनि बताउँछन्। फलानो समयमा माताको गर्भबाट उनको जन्म भयो। सत्ययुगमा पनि जन्म त अवश्य माताको गर्भबाट लिएका होलान्। श्रीकृष्ण जयन्ती हुन्छ सत्ययुग नयाँ दुनियाँमा, फेरि पुनर्जन्ममा आउन थाल्छन्। बाबाले केवल एकको कुरा गर्नुहुन्न। कृष्णपुरी अर्थात् विष्णुपुरी। राजाहरू ओर्लिए भने सारा वंश नै ओर्लिन्छ। त्यसमा राजारानी, प्रजा सबै आउँछन्। चन्द्रवंशीको राज्य सुरु भएपछि सूर्यवंशीको राज्य सकिएर वितेर जान्छ। ट्रान्सफर भएर चन्द्रवंशीहरूलाई राज्य मिल्छ फेरि वैश्यवंशीहरूलाई मिल्छ।

अहिले तिमीले बुझेका छौ– हामी ब्राह्मणकुलका चोटी (टुपी) हौँ। चोटीभन्दा माथि हुनुहुन्छ बाबा। हामी पहिला ब्राह्मण थियौँ फेरि शूद्र अथवा पैताला बन्यौँ। पैतालाबाट एकदम चोटी बन्छौँ। पहिला शिवबाबा फेरि हुन्छ चोटी। बाबाले तिमीहरूलाई ब्राह्मण बनाउनुभएको छ। अब तिमीले शिवबाबालाई बाबा बाबा भन्छौ। यस हिसाबले तिमीहरू नातिनातिना भयौ। तिमीलाई थाहा छ, हामी सबै ब्राह्मण-ब्राह्मणीहरू ब्रह्माका सन्तान हौँ। हामी सबै एक बाबाका बच्चा हौँ। भाइबहिनीले कहिल्यै विकारी कुकर्म (क्रिमिनल एसल्ट) गर्न सक्दैनन्। कति धेरै बच्चाहरू सबैले भन्छन् बाबा... त्यसैले यति सबै झुटा त हुन सक्दैनन्। सबैका पिता त उहाँ निराकार शिव र साकार प्रजापिता ब्रह्मा हुनुहुन्छ, बस्। एक पिताका बच्चा भाइबहिनी भयौ। तिमी पवित्र अवश्य बन्नु छ। स्त्री-पुरुष पवित्र कसरी बन्छन्, त्यसैले यो युक्ति ड्रामामा पहिल्यै निश्चित छ। यहाँ केवल ब्रह्माकुमार-कुमारीहरू छन्। कोही शूद्र कुमार-कुमारी छैनन्। उनीहरू हुन् पतित, शूद्र, तुच्छ बुद्धि किनकि बाबालाई चिन्दैनन्। भन्छन् ओ गड फादर। अच्छा, उहाँको कर्तव्य (अकुपेसन) थाहा छ? नाम, रूप, देश, काल बताऊ। उहाँको जीवन कहानी बताऊ। जान्दैनौ भने नास्तिक भयौ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई नै जान्दैनन्। यही पतित दुनियाँ हो। सत्ययुगलाई पावन दुनियाँ, कलियुगलाई पतित दुनियाँ भनिन्छ। यतिबेला सबै बिलकुलै तमोप्रधान छन्, यसलाई रौरव नर्क भनिन्छ। यसका पनि स्टेजहरू हुन्छन्। द्वापरदेखि नर्क बन्न सुरु हुन्छ फेरि वृद्धि हुन्छ। भक्ति पनि पहिला सतोप्रधान अव्यभिचारी थियो फेरि सतो, रजो, तमो हुन्छ। तिमीले देखेका हौला जहाँ ३ तिरका बाटा मिल्छन् त्यसलाई दोबाटो भनिन्छ। त्यसमा तेल आदि चढाउँछन्, त्यहाँ गएर ढोग्छन्। अब कहाँ शिवबाबाको पूजा कहाँ दोबाटोको पूजा। यसलाई भनिन्छ तमोप्रधान भक्ति। पानीको पनि पूजा गर्छन्, पतितपावनी गङ्गा भनेर धेरै गायन गर्छन्। अब पतितपावन को हुनुहुन्छ? पानीको गङ्गा कसरी पतितपावनी हुन सक्छ! त्यो त पानी हो नि! पतितपावन त बाबा हुनुहुन्छ। शिवजयन्ती पनि भारतभूमिमा हुन्छ भने अवश्य भारतभूमिमा नै आउनुहुन्छ होला– पतितहरूलाई पावन देवता बनाउन। ब्रह्मा तनमा आएर मनुष्यहरूलाई देवता बनाउनुहुन्छ। यहाँ तिमी आउँछौ नै पतितबाट पावन बन्न। जसरी तिम्रा दुई हात छन् त्यसरी नै तिनीहरूका पनि दुईटै हात हुन्छन्। ४-८ हात भएको कुनै मनुष्य हुँदैन। यी अलङ्कार दिएका हुन्। प्रवृत्ति देखाउनको लागि चतुर्भुज देखाएका हुन्। लक्ष्मीनारायणको पुरीलाई विष्णुपुरी भनिन्छ। वैष्णव शब्द पनि विष्णुबाट निस्किएको हो। देवताहरू वैष्णव थिए। वल्लभाचारी वैष्णव शाकाहारी हुन्छन्, तर उनीहरू कुनै निर्विकारी हुँदैनन्। उनीहरूका ठुला हवेलीहरू हुन्छन्। वैष्णवको अर्थ नै बुझ्दैनन्। विष्णुपुरीमा बस्नेहरूलाई वैष्णव भनिन्छ। वैष्णव पवित्रलाई भनिन्छ। राधाकृष्णका अलग्गै, लक्ष्मीनारायणका अलग्गै मन्दिर बनाइदिएका छन्। यहाँका मानिसहरूलाई थाहा नै छैन तिनीहरूमा के फरक छ। राधकृष्ण नै लक्ष्मीनारायण बन्छन्, यो कुरा कसैलाई पनि थाहा छैन। एउटा हो बाल्यकालको रूप। अर्को हो युवावस्थाको रूप। लक्ष्मीनारायणको बाल्यकालको कुनै चित्र छैन। लक्ष्मीनारायणलाई सत्ययुगमा, राधाकृष्णलाई द्वापरमा देखाएका छन्। अहिले तिमीले रचयिता बाबा र रचनाको आदि-मध्य-अन्त्यलाई जानेका छौ। बाबाले वृक्षको रहस्य पनि सम्झाउनुहुन्छ। ड्रामाको रहस्य पनि सम्झाउनुहुन्छ। वृक्षलाई देखेपछि बुझ्छन्, शङ्कराचार्य त कलियुगमा आउँछन्। संन्यासीहरूको वंश सत्ययुगमा त हुन सक्दैन। सबै भगवानका बच्चा हुन् त्यसैले ती सबै स्वर्गवासी हुनुपर्छ। तर स्वर्गवासी त सबै हुँदैनन्, केवल देवताहरू मात्रै हुन्छन्। अहिले तिमी ब्राह्मणवंशी बनेका छौ फेरि देवता बन्छौ। पवित्र अवश्य बन्नु छ।

तिमीलाई थाहा छ साना ठुला सबै ब्रह्माकुमार-कुमारी हुन्। दुवैले भन्छन्– बाबा हामी हजुरका बच्चा हौँ, ब्राह्मण हौँ। यी हुन् बापदादा– आदि देव ब्रह्मा र शिवबाबा। तिमीलाई थाहा छ हामी ब्रह्माबाबा र शिवबाबाको सामुन्ने बसेका छौँ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा पतितबाट पावन बन्छौ। हामीले वर्सा शिवबाबाबाट लिन्छौँ। शिवबाबा हाम्रो पिता पनि हुनुहुन्छ, पतितपावन पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। अहिले यो सङ्गमयुग पतितबाट पावन बन्ने मेला हो। पतितपावनद्वारा नै पावन बनिन्छ। सङ्गममा नदीहरू र सागरको मेला हुन्छ। नदीहरूको मेला त हुँदैन। अब ज्ञान सागर र तिमी आत्माहरू (बच्चाहरू) को मेला लाग्छ। तिमी आएका छौ– ज्ञान सागरको पासमा। तिमी ज्ञान गङ्गाहरू ज्ञान सागरबाट निस्किएका हौ। तिमीले ज्ञानस्नान गराएर पावन बनाउँछौ, योग सिकाउँछौ। सागरको परिचय दिएर तिमीले यहाँ मेलामा ल्याएका छौ। यतिबेला तिमी ब्राह्मण बन्दा तिम्रा ३ पिता हुन्छन्। लौकिक पिता पनि हुन्छन् र प्रजापिता पनि हुनुहुन्छ फेरि शिवबाबा पनि हुनुहुन्छ। भक्तिमार्गमा दुई पिता हुन्छन्। सत्ययुगमा एक पिता हुन्छन्। यी बुझ्नुपर्ने कुराहरू हुन्। अहिले तिम्रो आत्माले भन्छ मेरो त एक शिवबाबा अर्को कोही छैन। इष्टमित्र आदि हुँदाहुँदै पनि भन्छन् मेरो त एक शिवबाबा हुनुहुन्छ। उहाँको यादबाट नै पतितबाट पावन बन्नु छ। आत्माले जान्दछ उहाँ हाम्रो पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। बाबा हाम्रो आत्मालाई लिन आउनुभएको छ। बाबा ब्रह्मा तनमा प्रवेश गरेर हामी आत्माहरूलाई पावन बनाउनुहुन्छ। तिमीलाई लैजानको लागि बाबा आउनुभएको छ। म तिमी सबैलाई मृत्यु दिन आएको छु। नर्कवासीबाट स्वर्गवासी बन्नको लागि अवश्य मर्नुपर्छ नि! तिम्रो यस देहलाई खतम गराएर बाँकी आत्माहरूलाई लैजान्छु। बाबा भन्नुहुन्छ– तिमीलाई जीवनदान दिन्छु। यो महाभारत लडाइँ हो नि! सबैको विनाश हुन्छ। नत्र कसरी लैजान्छु। आत्माहरूलाई पवित्र बनाएर घर लैजान्छु। त्यो त शान्तिधाम हो। सत्ययुग आउँछ त्यसैले कलियुग अवश्य विनाश हुन्छ यसको लागि महाभारत लडाइँ प्रसिद्ध छ। लडाइँ हुन्छ पनि यो सङ्गममा जुनबेला तिमी मनुष्यबाट देवता बन्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) ज्ञान सागरमा ज्ञान स्नान गरेर स्वयंलाई पावन बनाउनु छ। इष्टमित्रहरूको साथमा रहेर पनि बुद्धिमा रहोस् मेरो त एक शिवबाबा अर्को कोही छैन।

२) विष्णुपुरीमा जानको लागि पक्का वैष्णव अर्थात् पवित्र बन्नु छ। नर्कबाट जीवन छँदै मरेर बुद्धियोग स्वर्गमा लगाउनु छ।

वरदान:–
एक लगन , एक भरोसा , एकरस अवस्थाद्वारा सदा निर्विघ्न रहने निवारणस्वरूप भव

सदा एक बाबाको लगन, बाबाको कर्तव्यको लगनमा यस्तो मग्न होऊ जसले गर्दा संसारमा कुनै पनि वस्तु वा व्यक्ति छ भन्ने पनि अनुभव नै नहोस्। यस्तो एक लगन, एक भरोसामा, एकरस अवस्थामा रहने बच्चाहरूले सदा निर्विघ्न रहेर चढ्तीकलाको अनुभव गर्छन्। उनीहरूले कारणलाई परिवर्तन गरेर निवारण रूप बनाइदिन्छन्। कारणलाई देखेर कमजोर बन्दैनन्, निवारणस्वरूप बन्छन्।

स्लोगन:–
प्रशंसाको आधारमा हुने प्रसन्नता अल्पकालको हुन्छ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

ज्वालास्वरूप स्थितिको अनुभव गर्नको लागि निरन्तर यादको ज्वाला प्रज्वलित रहोस्। यसको सहज विधि हो– सदा आफूलाई ‘सारथी’ र ‘साक्षी’ सम्झेर चल्नु। आत्मा यस रथको सारथी हो– यो स्मृतिले स्वतः नै यस रथ (देह) बाट वा कुनै पनि प्रकारको देहभानबाट न्यारा बनाइदिन्छ। स्वयंलाई सारथी सम्झेमा सर्व कर्मेन्द्रियहरू आफ्नो कन्ट्रोलमा रहन्छन्। सूक्ष्म शक्तिहरू “मन-बुद्धि-संस्कार’ पनि अर्डर प्रमाण रहन्छन्।