25.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो ड्रामाको खेल एक्युरेट चलिरहेको छ , जसको जुन पार्ट जुन घडी हुनुपर्छ , त्यही रिपीट भइरहेको छ , यो कुरा यथार्थ रीतिले बुझ्नुछ।”

प्रश्न:–
तिमी बच्चाहरूको प्रभाव कहिले निस्कन्छ? अहिलेसम्म कुन शक्तिको कमी छ?

उत्तर:–
योगमा मजबुत भएपछि मात्रै प्रभाव निस्कन्छ। अहिले त्यो जौहर छैन। यादबाट नै शक्ति मिल्छ। ज्ञान तरबारमा यादको जौहर हुनुपर्छ, जुन अहिलेसम्म कम छ। यदि आफूलाई आत्मा सम्झेर बाबालाई याद गरिराख्यौ भने डुङ्गा पार हुन्छ। यो सेकेन्डको मात्र कुरा हो।

ओम् शान्ति ।
रुहानी बच्चाहरूलाई रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। रुहानी बाबा उहाँ एकलाई नै भनिन्छ। बाँकी सबै आत्माहरू हुन्। उहाँलाई परम आत्मा भनिन्छ। बाबा भन्नुहुन्छ– म पनि आत्मा हुँ। तर म परम सुप्रीम सत्य हुँ। म नै पतित-पावन, ज्ञानको सागर हुँ। बाबा भन्नुहुन्छ– म आउँछु नै भारतवर्षमा, बच्चाहरूलाई विश्वको मालिक बनाउन। तिमी नै मालिक थियौ नि। अहिले स्मृति आएको छ। बच्चाहरूलाई स्मृति दिलाउनुहुन्छ– तिमी सबैभन्दा पहिला सत्ययुगमा आयौ फेरि पार्ट खेल्दै खेल्दै, ८४ जन्म भोगेर अब अन्त्यमा आएका छौ। तिमीले आफूलाई आत्मा सम्झ। आत्मा अविनाशी छ, शरीर विनाशी छ। आत्माले नै देहको साथमा रहेर आत्माहरूसँग कुरा गर्छ। आत्म अभिमानी भएर रहँदैनन् भने अवश्य देह अभिमान छ। म आत्मा हुँ, यो सबै बिर्सिएका छन्। भन्छन् पनि– पाप आत्मा, पुण्य आत्मा, महान् आत्मा। उनीहरू फेरि परमात्मा त बन्न सक्दैनन्। कसैले पनि आफूलाई शिव भन्न सक्दैन। शरीरको शिव नाम त धेरैको छ। आत्मा शरीरमा प्रवेश गरेपछि मात्रै नाम राखिन्छ किनकि शरीरबाट नै पार्ट खेल्नुपर्ने हुन्छ। त्यसैले मनुष्य फेरि शरीरको भानमा आउँछन्, म फलाना हुँ। अहिले बुझ्छन्– हो म आत्मा हुँ। हामीले ८४ को पार्ट खेल्यौँ। अहिले हामीले आत्मालाई चिनेका छौँ। हामी आत्मा सतोप्रधान थियौँ, फेरि अहिले तमोप्रधान बनेका छौँ। बाबा आउनुहुन्छ नै सबै आत्माहरूमा खिया परेपछि मात्र। जसरी सुनमा मिसावट हुन्छ नि। तिमी पहिला सच्चा सुन थियौ फेरि चाँदी, तामा, फलाम मिसिएर तिमी बिल्कुलै काला भएका छौ। यो कुरा अरू कसैले सम्झाउन सक्दैन। सबैले भनिदिन्छन्– आत्मा निर्लेप छ। मिसावट कसरी हुन्छ, यो पनि बाबाले बच्चाहरूलाई सम्झाउनुभएको छ। बाबा भन्नुहुन्छ– म आउँछु नै भारतवर्षमा। सबै बिल्कुलै तमोप्रधान बनिसकेपछि आउँछु। एक्युरेट समयमा आउँछु। जसरी ड्रामामा एक्युरेट खेल चल्छ नि। जुन पार्ट जुन घडीमा हुनुपर्ने हो त्यही समयमा फेरि रिपीट हुन्छ, त्यसमा अलिकति पनि फरक पर्न सक्दैन। त्यो हो हदको ड्रामा, यो हो बेहदको ड्रामा। यी सबै धेरै बुझ्ने महिन कुरा हुन्। बाबा भन्नुहुन्छ– तिमीहरूको जुन पार्ट बित्यो, त्यो ड्रामा अनुसार। कुनै पनि मनुष्य मात्रले न रचयितालाई, न रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछन्। ऋषिमुनिले पनि नेती नेती भन्दै गए। अब तिमीलाई कसैले सोध्यो– रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ? तिमीले तुरुन्त भन्छौ– हो, त्यो पनि तपाईले केवल अहिले मात्रै जान्न सक्नुहुन्छ फेरि कहिल्यै जान्न सक्नुहुन्न। बाबाले सम्झाउनुभएको छ– तिमीले मात्रै म रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। अच्छा, यी लक्ष्मी-नारायणको राज्य कहिले होला, उनीहरूले यो कुरा जान्दछन् होला? जान्दैनन्, यिनीहरूमा कुनै ज्ञान हुँदैन। यो त आश्चर्य हो। तिमीले भन्छौ– हामीमा ज्ञान छ, यो पनि तिमीले जान्दछौ। बाबाको पार्ट पनि कल्पमा एक पटकको हो। तिमीहरूको लक्ष्य उद्देश्य नै हो– यी लक्ष्मी-नारायण बन्ने। बनिसकेपछि फेरि पढाइको आवश्यकता हुँदैन। वकिल बन्यो भने त्यो बन्यो। बाबा जो पढाउनेवाला हुनुहुन्छ, उहाँलाई याद त गर्नुपर्छ। तिमीलाई सबै सहज बनाइदिनुभएको छ। बाबाले बारम्बार तिमीलाई भन्नुहुन्छ– पहिला आफूलाई आत्मा सम्झ। म बाबाको हुँ। पहिला तिमी नास्तिक थियौ, अहिले आस्तिक बनेका छौ। यी लक्ष्मी-नारायणले पनि आस्तिक बनेर नै यो वर्सा लिएका हुन्, जुन अहिले तिमी लिइरहेका छौ। अहिले तिमी आस्तिक बनिरहेका छौ। आस्तिक-नास्तिक यी शब्द यस समयका हुन्। त्यहाँ यी शब्द नै हुँदैनन्। सोध्ने कुरा नै हुन सक्दैन। यहाँ प्रश्न उठ्छ त्यसैले त सोध्छन्– रचयिता र रचनालाई जान्दछौ? तब भनिदिन्छन्, जान्दैनौँ। बाबाले नै आएर आफ्नो परिचय दिनुहुन्छ र रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। रचयिता बाबा बेहदका मालिक हुनुहुन्छ। बच्चाहरूलाई सम्झाइएको छ– अरू धर्म स्थापक पनि यहाँ अवश्य आउँछन्। तिमीलाई साक्षात्कार गराइएको थियो– इब्राहिम, क्राइस्ट आदि कसरी आउँछन्। उनीहरू त अन्त्यमा धेरै आवाज निस्किएपछि मात्रै आउँछन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देहसहित देहका सबै धर्महरूलाई त्यागेर मलाई याद गर। अहिले तिमी सम्मुख बसेका छौ। आफूलाई देह सम्झनुछैन, म आत्मा हुँ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गरिराख्यौ भने बेडा पार हुन्छ। सेकेन्डको कुरा हो। मुक्तिमा जानको लागि नै आधाकल्प भक्ति गर्छन्। तर कुनै पनि आत्मा फर्केर जान सक्दैन।

५ हजार वर्ष पहिला पनि बाबाले यो कुरा सम्झाउनुभएको थियो अहिले पनि सम्झाउनुहुन्छ। श्रीकृष्णले यी कुरा सम्झाउन सक्नुहुन्न। उहाँलाई बाबा पनि भनिँदैन। बाबा हुनुहुन्छ– लौकिक, अलौकिक र पारलौकिक। हदका बाबा लौकिक, बेहदका बाबा हुनुहुन्छ– पारलौकिक, आत्माहरूका। र एक यी हुन् सङ्गमयुगी आश्चर्यजनक बाबा, यिनलाई अलौकिक भनिन्छ। प्रजापिता ब्रह्मालाई कसैले याद नै गर्दैनन्। उहाँ हाम्रो ग्रेट-ग्रेट ग्र्यान्ड फादर (जिजुबाजे) हुनुहुन्छ, यो बुद्धिमा आउँदैन। भन्छन् पनि– आदि देव, एडम... तर भन्ने मात्र। मन्दिरहरूमा पनि आदि देवको चित्र छ नि। तिमी त्यहाँ गयौ भने बुझ्छौ– यो त हाम्रो यादगार हो। बाबा पनि बस्नुभएको छ, हामी पनि बसेका छौँ। यहाँ बाबा चैतन्यमा बस्नुभएको छ, त्यहाँ जड चित्र राखेका छन्। माथि स्वर्ग पनि ठीक छ, जसले मन्दिर देखेका छन् उनीहरूलाई थाहा छ– बाबाले हामीलाई अहिले चैतन्यमा राजयोग सिकाइरहनुभएको छ। फेरि पछि मन्दिर बनाउँछन्। यो स्मृतिमा आउनुपर्छ– यी सबै हाम्रा यादगार हुन्। अब हामी यी लक्ष्मी-नारायण बनिरहेका छौँ। थियौँ, फेरि सिँढी ओर्लंदै आयौँ, अब फेरि हामी घर गएर रामराज्यमा आउँछौँ। पछि हुन्छ रावणराज्य फेरि हामी वाममार्गमा जान्छौँ। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ– यस समयमा सबै मनुष्य मात्र पतित छन् त्यसैले पुकार्छन्– हे पतित-पावन आएर हामीलाई पावन बनाउनुहोस्! दु:ख हरेर सुखको मार्ग बताउनुहोस्। भन्छन् पनि– भगवान अवश्य कुनै भेषमा आउनुहुन्छ। तर कुकुर-बिरालो, ढुङ्गा-माटो आदिमा त आउनुहुन्न। गाइएको छ– भाग्यशाली रथमा आउनुहुन्छ। बाबा स्वयं भन्नुहुन्छ– म यस साधारण रथमा प्रवेश गर्छु। यिनले आफ्नो जन्महरूलाई जान्दैनन्, तिमीले अहिले जान्दछौ। यिनको धेरै जन्महरूको अन्त्यमा वानप्रस्थ अवस्था भएपछि म प्रवेश गर्छु। भक्तिमार्गमा पाण्डवहरूका धेरै ठुला ठुला चित्र बनाएका छन्, रङ्गुनमा बुद्धको पनि धेरै ठुलो चित्र छ। यति ठुलो कुनै मनुष्य कहाँ हुन्छ र। बच्चाहरूलाई त अब हाँसो उठ्दो हो, रावणको चित्र कस्तो बनाएका छन्। दिनप्रतिदिन ठुलो बनाउँदै जान्छन्। यो के चीज हो, जुन हरेक वर्ष जलाउँछन्। यस्तो कुनै दुस्मन होला! दुस्मनको नै चित्र बनाएर जलाउँछन्। अच्छा, रावण को हो, कहिले दुस्मन बन्यो जसलाई हरेक वर्ष जलाउँदै आएका छन्? यो दुस्मनको बारेमा कसैलाई पनि थाहा छैन। त्यसको अर्थ कसैले बिल्कुलै जान्दैनन्। बाबा सम्झाउनुहुन्छ– त्यो रावण सम्प्रदाय नै हो, तिमी राम सम्प्रदाय हौ। अब बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान बन र मलाई याद गरिराख। भन्छन्– बाबा हाँस र बकुल्ला सँगै कसरी रहन सक्छन्, झगडा हुन्छ। त्यो त अवश्य हुन्छ, सहन गर्नुपर्छ। यसमा ठुला युक्तिहरू पनि छन्। बाबालाई भनिन्छ रांझू रमजबाज (युक्ति बताउने)। सबैले उहाँलाई याद गर्छन् नि– हे भगवान दु:ख हरण गर्नुहोस्, रहम गर्नुहोस्, लिबरेट (मुक्त) गर्नुहोस्! उहाँ मुक्तिदाता बाबा सबैका एउटै हुनुहुन्छ। तिमीहरूसँग जोसुकै आए पनि उनीहरूलाई छुट्टा छुट्टै सम्झाऊ, कराचीमा एक एकलाई छुट्टा छुट्टै बसाएर सम्झाउँथ्यौ नि।

तिमी बच्चाहरू योगमा मजबुत भएपछि फेरि तिमीहरूको प्रभाव निस्कन्छ। अहिले अझै त्यो जौहर छैन। यादबाट शक्ति मिल्छ। पढाइबाट शक्ति मिल्दैन। ज्ञान तरबार हो, त्यसमा यादको जौहर लगाउनुछ। त्यो शक्ति कम छ। बाबाले दिनहुँ भनिरहनुहुन्छ– प्यारा बच्चाहरू! यादको यात्रामा रहेमा तिमीलाई तागत मिल्छ। पढाइमा त्यति तागत हुँदैन। यादबाट तिमी सारा विश्वको मालिक बन्छौ। तिमीले आफ्नो लागि नै सबै कुरा गर्छौ। धेरै आए फेरि गए। माया पनि दुश्तर (कठिन) छ। धेरै आउँदैनन्, तिनले भन्छन्– ज्ञान त धेरै राम्रो छ, खुसी पनि हुन्छ। बाहिर गयो खतम। अलिकति पनि टिक्न दिँदैन। कोही कोहीलाई धेरै खुसी हुन्छ। ओहो! अब बाबा आउनुभएको छ, हामी त जान्छौँ आफ्नो सुखधाम। बाबा भन्नुहुन्छ– अहिले पूरा राजधानी स्थापना नै कहाँ भएको छ र। तिमी यस समयमा ईश्वरीय सन्तान हौ फेरि देवता बन्छौ। डिग्री कम भयो नि। मिटरमा प्वाइन्टहरू हुन्छन्, यति प्वाइन्ट कम। तिमी अहिले एकदमै उच्च बन्छौ फेरि घट्दै घटदै तल आउँछौ। सिँढी तल ओर्लनु नै छ। अब तिमीहरूको बुद्धिमा सिँढीको ज्ञान छ। चढ्तीकला, सबैको भलो। फेरि बिस्तारै बिस्तारै उतरती कला हुन्छ। सुरुदेखि लिएर यो चक्रलाई राम्रोसँग बुझ्नुछ। यस समयमा तिमीहरूको चढ्तीकला हुन्छ किनकि बाबा साथमा हुनुहुन्छ नि। ईश्वर जसलाई मनुष्यले सर्वव्यापी भनिदिन्छन्, उहाँ बाबाले मीठा-प्यारा बच्चाहरू भनिरहनुहुन्छ र बच्चाहरूले फेरि बाबा बाबा भनिरहन्छन्। बाबा हामीलाई पढाउन आउनुभएको छ, आत्माले पढ्छ। आत्माले नै कर्म गर्छ। म आत्मा शान्तस्वरूप हुँ। यो शरीरद्वारा कर्म गर्छु। अशान्त शब्द नै दु:ख परेपछि भनिन्छ। बाँकी शान्ति त हाम्रो स्वधर्म हो। धेरैले भन्छन्– मनमा शान्ति होस्। अरे आत्मा त स्वयं शान्तस्वरूप हो, आत्माको घर नै हो शान्तिधाम। तिमीले आफूलाई बिर्सिएका छौ। तिमी त शान्तिधामका निवासी थियौ, शान्ति त्यहीँ मिल्छ। आजकाल भन्छन्– एक राज्य, एक धर्म, एक भाषा होस्। वन कास्ट, वन रिलिजन, वन गड (एक जाति, एक धर्म, एक ईश्वर)। अब सरकारले पनि लेख्छ– ईश्वर एक हुनुहुन्छछ, फेरि सर्वव्यापी किन भन्छन्? ईश्वर एक हुनुहुन्छ, यो त कसैले मान्दै मान्दैनन्। त्यसैले अब तिमीले फेरि यो लेख्नुछ। लक्ष्मी-नारायणको चित्र बनाउँछौ, माथि लेखिदेऊ– सत्ययुगमा यिनीहरूको राज्य हुँदा एक ईश्वर, एक दैवी राज्य थियो। तर मनुष्यले केही बुझ्दैनन्, अटेन्सन दिँदैनन्। अटेन्सन उसको जान्छ जो हाम्रो ब्राह्मण कुलको हुन्छ। अरू कसैले बुझ्दैनन् त्यसैले बाबा भन्नुहुन्छ– छुट्टा छुट्टै बसाऊ फेरि सम्झाऊ। फारम भरायौ भने थाहा हुन्छ किनकि कोही कसलाई मान्नेवाला हुन्छ, कोही कसलाई। सबैलाई सँगै कसरी सम्झाउँछौ। आआफ्नो कुरा सुनाउन थाल्छन्। सबैभन्दा पहिला त सोध्नुपर्छ– कहाँ आउनु भएको हो? बी.के. को नाम सुन्नुभएको छ? प्रजापिता ब्रह्मासँग तपाईको के सम्बन्ध छ? कहिल्यै उहाँको नाम सुन्नुभएको छ? तपाई प्रजापिता ब्रह्माको सन्तान हुनुहुन्न, हामी त यथार्थमा उहाँका सन्तान हौँ। हुनुहुन्छ तपाई पनि तर बुझ्नुहुन्न। सम्झाउनको लागि ठुलो युक्ति चाहिन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) मन्दिर आदि देख्दा सदा यो स्मृति रहोस्– यी सबै हाम्रै यादगार हुन्। अब हामी यस्ता लक्ष्मी-नारायण बनिरहेका छौँ।

२) गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान रहनुछ। हाँस र बकुल्ला साथमा छन् भने धेरै युक्तिले चल्नुछ। सहन पनि गर्नुछ।

वरदान:–
एकता र सन्तुष्टताको सर्टिफिकेटद्वारा सेवाहरूमा सदा सफलतामूर्त भव

सेवाहरूमा सफलतामूर्त बन्नको लागि दुई कुरा ध्यानमा राख्नुछ– एक-संस्कारहरूलाई मिलाउने युनिटी (एकता) र अर्को स्वयं पनि सदा सन्तुष्ट होऊ तथा अरूलाई पनि सन्तुष्ट पार। सदा एक अर्कामा स्नेहको भावनाले, श्रेष्ठताको भावनाले सम्पर्कमा आयौ भने यी दुवै सर्टिफिकेट मिल्छन्। फेरि तिमीहरूको यथार्थ जीवन बाबाको स्वरूपको दर्पण बन्छ र त्यो दर्पणमा बाबा जो हुनुहुन्छ जस्तो हुनुहुन्छ त्यस्तै देखिन्छौ।

स्लोगन:–
आत्म स्थितिमा स्थित भएर अनेक आत्माहरूलाई जीवनदान दियौ भने आशीर्वाद मिल्छ।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

जसरी अग्निमा कुनै पनि चीज राख्यो भने नाम, रूप, गुण सबै परिवर्तन हुन्छ, त्यसैगरी बाबाको यादको लगनको अग्निमा रह्यौ भने परिवर्तन हुन्छौ। मनुष्यबाट ब्राह्मण बन्छौ, फेरि ब्राह्मणबाट फरिस्ता सो देवता बन्छौ। लगनको अग्निबाट यस्तो परिवर्तन हुन्छ जसमा आफ्नोपन केही पनि रहँदैन, त्यसैले यादलाई नै ज्वालारूप भनिएको हो।