25.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
तत्त्वहरूसहित सम्पूर्ण मनुष्य मात्रलाई परिवर्तन गर्ने विश्व विद्यालय (युनिभर्सिटी)
केवल एउटै छ , यहाँबाट नै सबैको सद्गति हुन्छ।”
प्रश्न:–
बाबामा निश्चय
हुने बित्तिकै तुरुन्तै कुन राय व्यवहारमा ल्याउनुपर्छ?
उत्तर:–
१- जुनबेला
बाबा आउनुभएको छ भन्ने निश्चय भयो, त्यसपछि बाबाको सबैभन्दा पहिलो राय यो हो– यी
आँखाले जेजति देख्छौ, त्यसलाई भुल। एक मेरो मतमा चल। यस रायलाई तुरुन्तै व्यवहारमा
ल्याउनुपर्छ। २- तिमीहरू बेहदको बाबाका बनेका छौ त्यसैले पतितहरूसँग तिमीहरूको
लेनदेन हुनुहुँदैन। निश्चय बुद्धि बच्चाहरूलाई कहिल्यै कुनै कुरामा संशय आउन सक्दैन।
ओम् शान्ति ।
यो घरको घर पनि
हो र विश्व विद्यालय पनि हो। यसलाई नै ईश्वरीय विश्व विद्यालय (गड फादरली वर्ल्ड
युनिभर्सिटी) भनिन्छ किनकि यस विश्व वद्यालयको पढाइबाट सारा दुनियाँका मनुष्य
मात्रको सद्गति हुन्छ। वास्तविक (रियल) विश्व विद्यालय यो हो। घरको पनि घर हो।
मातापिताको सामुन्ने बसेका छौ, फेरि विश्व विद्यालय पनि हो। यहाँ रुहानी बाबा (स्पिरिचुअल
फादर) बस्नुभएको छ। यो रुहानी ज्ञान हो, जुन रुहानी बाबाद्वारा मिल्छ। रुहानी ज्ञान
रुहानी बाबा बाहेक अरू कुनै मानिसले दिन सक्दैनन्। उहाँलाई नै ज्ञानको सागर भनिन्छ
र ज्ञानबाट नै सद्गति हुन्छ, त्यसैले ज्ञान सागर, सबैको सद्गतिदाता एक बाबा नै
हुनुहुन्छ। बाबाद्वारा सम्पूर्ण विश्व ब्रह्माण्ड (युनिभर्स) का मानिस त के हरेक
कुरा ५ तत्त्व पनि सतोप्रधान बन्छन्। सबैको सद्गति हुन्छ। यी धेरै बुझ्नुपर्ने
कुराहरू हुन्। अब सबैको सद्गति हुनु छ। पुरानो दुनियाँ र यस दुनियाँमा रहने सबै
परिवर्तन हुनेछन्। यहाँ जेजति देख्छौ, त्यो सबै परिवर्तन भएर नयाँ हुनेछ। भनिन्छ पनि–
यहाँ छ झुटो माया, झुटो काया... यो झुटखण्ड बन्छ। भारतवर्ष सचखण्ड थियो, अहिले
झुटखण्ड भएको छ। रचयिता र रचनाको बिषयमा मानिसहरूले जे भन्छन्, त्यो झुटो हो। अहिले
तिमीले बाबाबाट जानेका छौ– भगवानुवाच। भगवान एक बाबा हुनुहुन्छ नि! उहाँ निराकार
हुनुहुन्छ, वास्तवमा त सबै आत्माहरू निराकार हुन्, फेरि यहाँ साकार रूप लिन्छन्।
त्यहाँ निराकारी दुनियाँमा आकार हुँदैन। आत्माहरू मूलवतन वा ब्रह्म महतत्त्वमा
निवास गर्छन्। त्यो ब्रह्म महतत्त्व हामी आत्माहरूको घर हो। यो आकाश तत्त्व हो, जहाँ
साकारी पार्ट चल्छ। विश्वको इतिहास भूगोल दोहोरिन्छ, यसको अर्थ पनि बुझ्दैनन्, केवल
भन्छन् दोहोरिन्छ। सत्ययुग (गोल्डन एज), त्रेतायुग (सिल्भर एज)... फेरि के हुन्छ?
फेरि सत्ययुग पक्कै आउँछ। सङ्गमयुग एउटै हुन्छ। सत्ययुग, त्रेता वा त्रेता र
द्वापरको सङ्गम भनिँदैन, त्यो गलत हुन्छ। बाबा भन्नुहुन्छ– म कल्प कल्प, कल्पको
सङ्गमयुगमा आउँछु। मलाई पतित बनिसकेपछि मात्रै बोलाउँछन्। भन्छन्, बाबा हजुर पावन
बनाउन आउनुहोस्! पावन त हुन्छन् नै सत्ययुगमा। अहिले सङ्गम हो, यसलाई कल्याणकारी
सङ्गमयुग भनिन्छ। आत्मा र परमात्माको मिलनको सङ्गम, यसलाई कुम्भ पनि भनिन्छ।
उनीहरूले फेरि देखाउँछन् नदीहरूको मेला। दुई नदी त छन्, तेस्रो नदी फेरि गुप्त छ
भन्छन्। यो पनि झुटो हो। गुप्त नदी कुनै हुन सक्छ र? साइन्टिस्टहरूले पनि मान्दैनन्–
कुनै गुप्त नदी हुन सक्छ। तीर हान्यो गङ्गा निस्किन्, यो सबै झुटो हो। भनिएको छ
ज्ञान, भक्ति, वैराग्य। यी शब्द समातेका छन् तर अर्थ बुझ्दैनन्। पहिला सुरुमा हुन्छ
ज्ञान-दिन, सुख, फेरि हुन्छ भक्ति-रात दुःख। ब्रह्माको दिन, ब्रह्माको रात। अब त्यो
दिन रात एक त हुन सक्दैन, धेरै हुन्छन् नि! दिन हुन्छ आधा कल्पको, फेरि रात पनि
हुन्छ आधा कल्पको। फेरि हुन्छ सम्पूर्ण पुरानो दुनियाँबाट वैराग्य। बाबा भन्नुहुन्छ–
देहसहित जेजति पनि तिमीले यी आँखाले देख्छौ, तिनलाई ज्ञानद्वारा भुल्नु छ। कामधन्दा
आदि सबै गर्नु छ। बच्चाहरूलाई सम्हाल्नु छ। तर बुद्धिको योग एकसँग लगाउनु छ। आधा
कल्प तिमीहरू रावणको मतमा चल्छौ। अब बाबाका बनेका छौ भने जे गर्छौ, त्यो बाबाको
रायले गर। तिम्रो यतिका समयसम्म पतितहरूसँग लेनदेन चल्दै आएको छ, त्यसको परिणाम के
भयो। दिनप्रतिदिन पतित नै बन्दै आएका छौ किनकि भक्तिमार्ग नै गिर्तीकलाको मार्ग हो।
सतोप्रधान, सतो, रजो, तमोमा आउनु छ। गिर्नु नै छ पक्कै। यसबाट कसैले छुटाउन सक्दैन।
लक्ष्मीनारायणका पनि ८४ जन्म हुन्छन् भनेर बताएका छन् नि! अङ्ग्रेजीका शब्द धेरै
राम्रा छन्। गोल्डन एज, सिल्भर एज... यसरी खाद पर्दै जान्छ। यतिबेला आएर कलियुगी (आइरन
एजेड) बनेका छन्। सत्ययुग (गोल्डन एज) मा नयाँ दुनियाँ थियो, नयाँ भारतवर्ष थियो।
यी लक्ष्मीनारायणको राज्य थियो। हिजोको कुरा हो। शास्त्रहरूमा लेखिदिएका छन् लाखौँ
वर्ष। अब बाबा भन्नुहुन्छ, तिम्रा शास्त्र सही हुन् वा म सही हुँ? बाबालाई भनिन्छ–
वर्ल्ड अलमाइटी अथोरिटी। जसले वेद-शास्त्र धेरै पढ्छन्, उनीहरूलाई अधिकारी (अथोरिटी)
भनिन्छ। बाबा भन्नुहुन्छ– यी सबै भक्तिमार्गका अधिकारी हुन्। ज्ञानको लागि त मेरो
गायन गर्छन्– हजुर ज्ञानको सागर हुनुहुन्छ, हामी होइनौँ। मानिसहरू सबै भक्तिको
सागरमा डुबेका छन्। सत्ययुगमा कोही विकारमा जाँदैनन्। कलियुगमा त मानिसहरू
आदि-मध्य-अन्त्य दुःखी भइरहन्छन्। बाबाले कल्प पहिला पनि यसरी सम्झाउनुभएको थियो,
अब फेरि सम्झाइरहनुभएको छ। तिमी बच्चाहरूले बुझेका छौ, कल्प पहिला पनि बेहदको
बाबाबाट वर्सा लिएका थियौँ, अब फेरि पढेर त्यही वर्सा पाइरहेका छौँ। समय धेरै कम छ।
यो दुनियाँ त विनाश हुनेछ, त्यसैले बेहदको बाबाबाट पूरा वर्सा लिनुपर्छ। उहाँ बाबा,
टिचर, गुरु पनि हुनुहुन्छ। परमपिता, परम शिक्षक पनि हुनुहुन्छ। विश्वको इतिहास
भूगोल कसरी रिपिट हुन्छ, त्यसको सम्पूर्ण ज्ञान दिनुहुन्छ। यो ज्ञान अरू कसैले
सम्झाउन सक्दैन। अहिले तिमी बच्चाहरूले बुझेका छौ, ५ हजार वर्ष पहिलाजस्तै, उहाँ
त्यही गीताको भगवान हुनुहुन्छ, श्रीकृष्ण भगवान् होइनन्। मानिसलाई भगवान भनिँदैन।
भगवान त पुनर्जन्मरहित हुनुहुन्छ। यसलाई दिव्य जन्म भनिन्छ। नत्र म निराकारले बोल्छु
कसरी। मैले त पक्कै आएर पावन बनाउनु छ, त्यसैले युक्ति बताउनुपर्छ। तिमीहरूलाई थाहा
छ, हामी आत्मा अमर हौँ। रावण राज्यमा तिमी सबै देह अभिमानी बनेका छौ। सत्ययुगमा
देहीअभिमानी हुन्छन्। बाँकी परमात्मा रचयिता र उहाँको रचनालाई त्यहाँ पनि कसैले
जान्दैनन्। त्यहाँ हामी पनि फेरि यसरी गिर्नु पर्छ भन्ने थाहा भयो भने राज्य भाग्यको
खुसी नै हुँदैन, त्यसैले बाबा भन्नुहुन्छ– यो ज्ञान त्यहाँ प्रायः लोप हुन्छ,
त्यतिबेला तिम्रो सद्गति हुन्छ, फेरि ज्ञानको आवश्यकता नै हुँदैन। ज्ञानको आवश्यकता
नै दुर्गतिमा हुन्छ। यतिबेला सबै दुर्गतिमा छन्, सबै कामचितामा बसेर जलेर मरेका छन्।
बाबा भन्नुहुन्छ– मेरा प्यारा बच्चा आत्माहरू जो आएर शरीरद्वारा पार्ट खेल्छन्,
उनीहरू कामचितामा बसेर तमोप्रधान बनेका छन्। बोलाउँछन् पनि– हामी पतित बनेका छौँ।
पतित बन्छन् नै कामचिताबाट। क्रोध वा लोभबाट पतित बन्दैनन्। साधुसन्त आदि पावन
हुन्छन्, देवताहरू पावन हुन्छन्, त्यसैले पतित मानिस गएर उनीहरूलाई ढोग्छन्। गाउँछन्
पनि, हजुर निर्विकारी, हामी विकारी हौँ। निर्विकारी दुनियाँ, विकारी दुनियाँ भनिन्छ
नि! भारतवर्ष नै निर्विकारी दुनियाँ थियो। अहिले विकारी छ। भारतवर्षको साथसाथै सारा
विश्व नै विकारी छ। विकारी दुनियाँमा आजभन्दा ५ हजार वर्ष पहिला एउटै धर्म थियो,
पवित्रता थियो, त्यसैले शान्ति, समृद्धि तीनवटै थिए। पवित्रता सबैभन्दा पहिलो हो।
अहिले पवित्रता छैन, त्यसैले शान्ति र समृद्धी पनि छैन।
ज्ञानको सागर, सुखको
सागर, प्यारको सागर एक बाबा मात्र हुनुहुन्छ। तिमीलाई पनि त्यस्तै प्यारा
बनाउनुहुन्छ। यी लक्ष्मीनारायणको राजधानीमा सबै प्यारा छन्। मनुष्य मात्र, जनावर आदि
सबै प्यारा छन्। बाघ, बाख्राले सँगसँगै पानी पिउँछन्। यो एउटा दृष्टान्त हो। त्यहाँ
यस्तो फोहर गर्ने कुरा हुँदैन। यहाँ रोगव्याधि, लामखुट्टे आदि धेरै छन्। त्यहाँ
यस्तो कुरा हुँदैन। धनवान् मानिसहरूसँग फर्निचर पनि फस्टक्लास हुन्छन्। गरिबहरूका
फर्निचर पनि साधारण हुन्छन्। भारतवर्ष अहिले गरिब छ, कति फोहर भरिएको छ। सत्ययुगमा
कति सफाइ हुन्छ। सुनका महल आदि कति फस्टक्लास होलान्। वैकुण्ठका गाईहरू पनि हेर कति
फस्टक्लास हुन्छन्। श्रीकृष्णका गाईहरू कति राम्रा देखाउँछन्। कृष्णपुरीमा गाईहरू त
होलान् नि! त्यहाँका कुराहरू कति फस्टक्लास हुन्छन्। स्वर्ग त फेरि के होला! यस
पुरानो फोहोरी दुनियाँमा त धेरै किचडा छ। यो सबै यस ज्ञान यज्ञमा स्वाहा हुनेछ।
कस्ता कस्ता बमहरू बनाइरहन्छन्। बम फ्याँके भने आगो निस्कन्छ। आजकाल त ती बममा यस्ता
जीवाणु पनि राख्छन्, यसरी विनाश गर्छन्, जसबाट बेहदमा खतम हुन्छन्। हस्पिटल आदि त
रहँदैनन्, जहाँ औषधि आदि गर्न सकिन्छ। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई कुनै कष्ट
हुनुहुँदैन, त्यसैले भनिएको छ प्राकृतिक प्रकोप (नेचुरल क्यालेमिटीज), मुसलधारे
वर्षा हुन्छ। तिमी बच्चाहरूले विनाशको साक्षात्कार पनि गरेका छौ। बुद्धिले पनि भन्छ,
विनाश त पक्कै हुनु छ। कसैले भन्छ, विनाशको साक्षात्कार भयो भने मात्र मान्छौँ,
हुन्छ नमान, तिम्रो मर्जी। कसैले भन्छ, हामीले आत्माको साक्षात्कार गरेपछि मात्रै
मान्छौँ। हुन्छ आत्मा त बिन्दु हो। देख्यौ भने पनि के हुन्छ र! के यसबाट सद्गति
हुन्छ? भन्छन्– परमात्मा अखण्ड ज्योति स्वरूप, हजारौँ सूर्यभन्दा तेजोमय हुनुहुन्छ।
तर यस्तो होइन। गीतामा लेखिएको छ– अर्जुनले भने बस् भयो, मैले सहन गर्न सक्दिनँ।
यस्तो कुरा होइन। बाबालाई बच्चाहरूले देखेपछि भन्छन् हामीले सहन गर्न सक्दैनौँ,
यस्तो केही पनि होइन। जस्तो आत्मा छ, त्यस्तै परमपिता परमात्मा बाबा हुनुहुन्छ।
केवल उहाँ ज्ञानको सागर हुनुहुन्छ। तिमीमा पनि ज्ञान छ। बाबाले नै आएर पढाउनुहुन्छ,
अरू कुनै कुरा नै छैन, जसजसले जुन भावनाले याद गर्छन्, उनीहरूको त्यो भावना पूरा
गरिदिन्छु। त्यो पनि ड्रामामा पहिल्यै निश्चित छ। बाँकी भगवान कसैलाई मिल्न
सक्नुहुन्न। मिरा साक्षात्कारमा कति खुसी हुन्थिन्। अर्को जन्ममा पनि भक्तिनी बनेकी
होलिन्। वैकुण्ठमा त जान सक्दिनन्। अहिले तिमी बच्चाहरूले वैकुण्ठमा जाने तयारी
गरिरहेका छौ। जान्दछौ, हामी वैकुण्ठ, कृष्णपुरीका मालिक बनिरहेका छौँ। यहाँ त सबै
नर्कका मालिक छन्। इतिहास भूगोल रिपिट हुन्छ नि!
तिमी बच्चाहरूलाई थाहा
छ, हामीले आफ्नो राज्य-भाग्य फेरि लिइरहेका छौँ। यो राजयोग बल हो। बाहुबलका लडाइँहरू
त अनेकौँपटक, अनेकौँ जन्म चलेका छन्। योगबलबाट तिम्रो चढ्तीकला हुन्छ। तिमीहरूले
जान्दछौ, अवश्य स्वर्गको राजधानी स्थापना भइरहेको छ। जसले कल्प पहिला पुरुषार्थ
गरेका होलान्, उनीहरूले फेरि त्यसरी नै पुरुषार्थ गर्नेछन्। तिमी निराश (हर्टफेल)
हुनुहुँदैन। जो पक्का निश्चयबुद्धि छन्, उनीहरूलाई कहिल्यै संशय आउन सक्दैन।
संशयबुद्धि पनि पक्कै हुन्छन्। बाबाले भन्नुभएको छ, आश्चर्यवत् सुनन्ती, कथन्ती,
भागन्ती... अहो माया तिमीले यिनीहरूमाथि विजय प्राप्त गर्छौ। माया धेरै बलवान् छ।
राम्रा राम्रा फस्टक्लास सेवा गर्ने, सेन्टर चलाउनेहरूलाई पनि मायाले थप्पड मार्छ।
लेख्छन्, बाबा विवाह गरेर मुख कालो पारेँ। कामकटारीबाट मैले हार खाएँ। अब त बाबा
हजुरको सामुन्ने आउन लायक रहेनौँ। फेरि लेख्छन्, बाबा सामुन्ने आऊँ। बाबा
लेख्नुहुन्छ, कालो मुख बनायौ अब यहाँ आउन सक्दैनौ। यहाँ आएर के गर्छौ। तैपनि त्यहीँ
बसेर पुरुषार्थ गर। एकपटक गिरेपछि गिर्छ। यसरी तिनीहरूले राजकीय पद पाउन सक्दैनन्।
भनिन्छ नि– चढ्यो भने चाख्छ वैकुण्ठ रस, गिरेछ भने एकदम चण्डाल... हाडखोर भाँचिन्छन्।
५ तलाबाट गिर्छन्, फेरि कोही कोहीले सत्य कुरा लेख्छन्। कसैले त सुनाउँदै
सुनाउँदैनन्। इन्द्रप्रस्थका परीहरूको पनि उदाहरण छ नि! यो सबै ज्ञानको कुरा हो। यस
सभामा कुनै पतितलाई बस्ने हुकुम छैन। तर कुनै परिस्थितमा भने बसाउनुपर्छ। पतित नै त
आउँछन् नि! अहिले त हेर कति द्रौपदीहरूले पुकार्छन्, भन्छन् बाबा हामीलाई नग्न
हुनबाट बचाउनुहोस्। बाँधेलीहरूको पनि पार्ट चल्छ। कामेशु, क्रोधेशु हुन्छन् नि! धेरै
द्वन्द हुन्छ। बाबाकहाँ समाचार आउँछन्। बेहदको बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू!
यी विकारहरूमाथि विजय प्राप्त गर। अब पवित्र होऊ, मलाई याद गर, अनि ग्यारेन्टी छ
तिमीहरू विश्वको मालिक बन्छौ। पत्रिकाहरूमा पनि आफै छाप्छन्– कुनै प्रेरक छ, जसले
हामीबाट यी बमहरू आदि बनाउन लगाउँछ, यसबाट आफ्नै कुलको नाश हुनेछ। तर उनीहरूले पनि
के गर्ने, ड्रामामा पहिल्यै निश्चित छ, दिनप्रतिदिन बमहरू बनाउँदै जान्छन्। टाइम
धेरै त छैन नि! अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सत्ययुगी प्यारको राजधानीमा जानको लागि धेरै नै प्यारो बन्नु छ। राजकीय पदको लागि
पावन पक्कै बन्नु छ। पवित्रता सबैभन्दा पहिलो हो, त्यसैले काम महाशत्रुमाथि विजय
प्राप्त गर्नु छ।
२) यस पुरानो
दुनियाँबाट बेहदको वैरागी बन्नको लागि यी आँखाले देहसहित जेजति देखिन्छ, त्यसलाई
देखेर पनि देख्नु छैन। हरेक पाइलामा बाबाबाट राय लिएर चल्नु छ।
वरदान:–
सम्पूर्ण
वृक्षको ज्ञान स्मृतिमा राखेर तपस्या गर्ने सच्चा तपस्वी र सेवाधारी भव
भक्तिमार्गमा
देखाउँछन्– तपस्वीहरूले वृक्षमुनी बसेर तपस्या गर्छन्। यसको पनि रहस्य छ। तिमी
बच्चाहरूको निवास यस सृष्टिरूपी कल्पवृक्षको जरामा छ। वृक्षमुनी बसेमा सम्पूर्ण
वृक्षको ज्ञान बुद्धिमा स्वतः हुन्छ। त्यसैले सम्पूर्ण वृक्षको ज्ञान स्मृतिमा
राखेर साक्षी भएर यस वृक्षलाई हेर। अनि यसले नसा र खुसी दिलाउन्छ र यसबाट ब्याट्री
चार्ज हुन्छ। फेरि सेवा गर्दा पनि तपस्या साथसाथै हुन्छ।
स्लोगन:–
तनको रोग कुनै
ठुलो कुरा होइन तर मन कहिल्यै रोगी हुनुहुँदैन।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर।
दाताका बच्चाहरू सदा
सर्व सम्पत्तिवान् हुन्छन्। कहिल्यै भक्तपन वा भिखारीपनको संस्कार इमर्ज हुँदैन।
यस्तो सङ्कल्प पनि नआओस्– बाबाले मलाई केही मदत गर्नुभए हुन्थ्यो, आशीर्वाद दिनुभए
हुन्थ्यो। बाबा मलाई सहयोग चाहिन्छ, शक्ति चाहिन्छ। यो चाहिन्छ शब्द दाता, विधाता,
वरदाता बच्चाहरूको अगाडि सुहाउँदैन। दाताका बच्चाहरू सर्वशक्तिहरूले सम्पन्न हुन्छन्।
यही सम्पन्न स्थितिले सम्पूर्ण स्थितिलाई समीप ल्याउँछ।