25.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
सङ्गमयुगमा नै तिमील े आत्म अभिमानी बन्ने मेहनत गर्नुपर्छ , सत्ययुग अथवा कलियुगमा
यो मेहनत हुँदैन।”
प्रश्न:–
श्रीकृष्णको
नाम उहाँका आमाबुबाभन्दा पनि अधिक प्रसिद्ध छ, किन?
उत्तर:–
१- किनकि
श्रीकृष्णभन्दा पहिला जसको पनि जन्म हुन्छ त्यो जन्म योगबलबाट हुँदैन। श्रीकृष्णका
आमाबुबाले कुनै योगबलबाट जन्म लिएका होइनन्। २- पूरा कर्मातित अवस्था भएका
राधा-कृष्ण नै हुन्, उनीहरूले नै सदगति पाउँछन्। सबै पाप आत्माहरू समाप्त भइसकेपछि
मात्र पावन नयाँ दुनियाँमा श्रीकृष्णको जन्म हुन्छ, त्यसलाई नै वैकुण्ठ भनिन्छ। ३-
सङ्गममा श्रीकृष्णको आत्माले, सबैभन्दा अधिक पुरुषार्थ गरेको हुनाले उनको नाम
प्रसिद्ध छ।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूलाई रुहानी बाबाले बसेर सम्झाउनुहुन्छ। ५ हजार वर्षपछि एकपटक मात्र
बच्चाहरूलाई आएर पढाउनुहुन्छ, पुकार्छन् पनि– हामी पतितहरूलाई आएर पावन बनाउनुहोस्।
त्यसैले सिद्ध हुन्छ– यो पतित दुनियाँ हो। नयाँ दुनियाँ, पावन दुनियाँ थियो। नयाँ
भवन सुन्दर हुन्छ। पुरानो टुटेफुटेको हुन्छ। वर्षामा गिर्छ। अहिले तिमी बच्चाहरूलाई
थाहा छ– बाबा आउनुभएको छ नयाँ दुनियाँ बनाउन। अहिले पढाइरहनुभएको छ। फेरि ५ हजार
वर्षपछि पढाउनुहुन्छ। कहिल्यै कुनै साधुसन्त आदिले आफ्ना अनुयायीहरूलाई यसरी
पढाउँदैनन्। उनीहरूलाई यो थाहै हुँदैन, न खेलको विषयमा थाहा हुन्छ किनकि निवृत्ति
मार्गका हुन् नि। बाबा बाहेक अरू कसैले पनि सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य
सम्झाउन सक्दैन। आत्म अभिमानी बन्नमा नै बच्चाहरूलाई मेहनत हुन्छ किनकि आधाकल्पमा
तिमी कहिल्यै आत्म अभिमानी बनेका छैनौ। अब बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ।
यस्तो होइन– आत्मा सो परमात्मा। होइन, आफूलाई आत्मा सम्झेर परमपिता परमात्मा शिवलाई
याद गर्नुछ। यादको यात्रा मुख्य हो, जसबाट नै तिमी पतितबाट पावन बन्छौ। यसमा कुनै
स्थूल कुरा हुँदैन। कुनै नाक कान आदि बन्द गर्नुछैन। मूल कुरा हो– आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर्नु। आधाकल्पदेखि तिम्रो देह अभिमानमा रहने बानी परेको छ।
पहिला आफूलाई आत्मा सम्झेमा मात्र बाबालाई याद गर्न सक्छौ। भक्तिमार्गमा पनि बाबा!
बाबा! भन्दै आउँछौ। बच्चाहरूलाई थाहा छ– सत्ययुगमा एउटै लौकिक पिता हुनुहुन्छ।
स्वर्गमा पारलौकिक बाबालाई याद गर्दैनन् किनकि त्यहाँ सुख हुन्छ। भक्तिमार्गमा फेरि
दुई पिता बन्छन्। लौकिक र पारलौकिक। दु:खमा सबैले पारलौकिक बाबालाई याद गर्छन्।
सत्ययुगमा भक्ति हुँदैन। त्यहाँ त हुन्छ नै ज्ञानको प्रारब्ध। यस्तो होइन– ज्ञान
हुन्छ। यस समयको ज्ञानको प्रारब्ध मिल्छ। बाबा त एकैपटक मात्र आउनुहुन्छ। आधाकल्प
बेहदका बाबाको सुखको वर्सा हुन्छ। फेरि लौकिक पिताबाट अल्पकालको वर्सा मिल्छ। यो
कुरा मानिसहरूले सम्झाउन सक्दैनन्। यो हो नयाँ कुरा, ५ हजार वर्षमा सङ्गमयुगमा
एकैपटक मात्र बाबा आउनुहुन्छ। कलियुग अन्त्य, सत्ययुग आदिको सङ्गम हुन्छ अनि मात्रै
नयाँ दुनियाँ फेरि स्थापना गर्न बाबा आउनुहुन्छ। नयाँ दुनियाँमा यी लक्ष्मी-नारायणको
राज्य थियो फेरि त्रेतामा रामराज्य थियो। बाँकी देवता आदिका जुन यति चित्र बनाएका
छन् ती सबै हुन् भक्तिमार्गका सामग्री। बाबा भन्नुहुन्छ– यी सबैलाई भुलिदेऊ। अब
आफ्नो घरलाई र नयाँ दुनियाँलाई याद गर।
ज्ञानमार्ग हो समझको
मार्ग, जसबाट तिमी २१ जन्म समझदार बन्छौ। यसमा कुनै दु:ख हुँदैन। सत्ययुगमा कहिल्यै
कसैले यस्तो भन्दैनन्– हामीलाई शान्ति चाहिन्छ। भनिन्छ नि– माग्नुभन्दा मर्नु बेस।
बाबाले तिमीलाई यस्तो धनवान बनाइदिनुहुन्छ जसबाट देवताहरूलाई भगवानसँग कुनै चीज
माग्ने आवश्यकता हुँदैन। यहाँ त आशीर्वाद माग्छन् नि। पोप आदि आउँदा कति आशीर्वाद
लिन जान्छन्। पोपले कतिको विवाह गराउँछन्। बाबाले त यो काम गर्नुहुन्न। भक्तिमार्गमा
जे बितेर गयो त्यही अहिले भइरहेको छ त्यही फेरि दोहोरिन्छ। दिनप्रतिदिन भारतवर्ष कति
गिर्दै जान्छ। अहिले तिमी छौ सङ्गममा। बाँकी सबै हुन् कलियुगी मानिस। यहाँ नआएसम्म
केही पनि बुझ्न सक्दैनन्, अहिले सङ्गमयुग हो वा कलियुग हो? एउटै घरमा बच्चाले
सम्झन्छ– म सङ्गममा छु, पिताले भन्छन्– हामी कलियुगमा छौं, त्यसपछि कति तकलिफ हुन्छ।
खानपान आदिको पनि झन्झट हुन्छ। तिमी सङ्गमयुगी हौ शुद्ध पवित्र भोजन खानेवाला।
देवताहरूले कहिल्यै प्याज आदि कहाँ खान्छन् र! यी देवताहरूलाई भनिन्छ नै निर्विकारी।
भक्तिमार्गमा सबै तमोप्रधान बनेका छन्। अब बाबा भन्नुहुन्छ– सतोप्रधान बन। कोही पनि
यस्तो छैन जसले बुझेको छ– आत्मा पहिला सतोप्रधान थियो फेरि तमोप्रधान बनेको छ किनकि
उनीहरूले त आत्मा निर्लेप छ भन्ने सम्झन्छन्। आत्मा नै परमात्मा हो, यस्ता यस्ता
कुरा भनिदिन्छन्। बाबा भन्नुहुन्छ– ज्ञान सागर म नै हुँ, जो यो देवी-देवता धर्मका
होलान् उनीहरू सबै आएर फेरि आफ्नो वर्सा लिन्छन्। अहिले कलमी लागिरहेको छ। तिमीले
बुझ्छौ– यिनी यति उच्च पद पाउन लायक छैनन्। घरमा गएर विवाह आदि गरेर विकारी
भइरहन्छन्। त्यसैले सम्झाइन्छ– उच्च पद पाउन सक्दैनन्। यहाँ राज्य भाग्य स्थापना
भइरहेको छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु, त्यसैले प्रजा
अवश्य बनाउनुपर्छ। नत्र राज्य कसरी पाउँछौ। यी गीताका शब्द हुन् नि– यसलाई भनिन्छ
नै गीताको युग। तिमीले राजयोग सिकिरहेका छौ– तिमीलाई थाहा छ– आदि सनातन देवी-देवता
धर्मको जग बसिरहेको छ। सूर्यवंशी-चन्द्रवंशी दुवै राज्य स्थापना भइरहेका छन्।
ब्राह्मण कुल स्थापना भइसकेको छ। ब्राह्मण नै फेरि सूर्यवंशी-चन्द्रवंशी बन्छन्।
जसले राम्रोसँग मेहनत गर्छन् उनीहरू नै सूर्यवंशी बन्छन्। जति पनि अरू धर्मका
मानिसहरू आउँछन् उनीहरू आउँछन् नै आफ्नो धर्मको स्थापना गर्न। उनीहरूभन्दा पछि त्यस
धर्मका आत्माहरू आइरहन्छन्, धर्मको वृद्धि हुँदै जान्छ। सम्झ कोही क्रिस्चियन रहेछन्
भने उनीहरूको बीजरूप क्राइस्ट ठहरिए। तिम्रो बीजरूप को हुनुहुन्छ? बाबा, किनकि
बाबाले नै आएर ब्रह्माद्वारा स्वर्गको स्थापना गर्नुहुन्छ। ब्रह्मालाई नै प्रजापिता
भनिन्छ। रचयिता भनिँदैन। यिनीद्वारा बच्चाहरू एडप्ट गरिन्छन्। ब्रह्मालाई पनि त
बाबाले नै रचना गर्नुहुन्छ नि। बाबा आएर प्रवेश गरेर यो रच्नुहुन्छ। शिवबाबा
भन्नुहुन्छ– तिमी मेरा बच्चा हौ। ब्रह्माले पनि भन्छन्– तिमी मेरा साकारी बच्चा हौ।
अहिले तिमीहरू काला विकारी बनेका छौ र फेरि ब्राह्मण बनेका छौ। यो सङ्गममा नै तिमीले
पुरुषोत्तम देवी-देवता बन्ने मेहनत गर्छौ। देवताहरूलाई र शुद्रहरूलाई कुनै मेहनत
गर्नुपर्दैन, तिमी ब्राह्मणहरूलाई मेहनत गर्नुपर्छ देवता बन्नको लागि। बाबा
आउनुहुन्छ नै सङ्गममा। यो हो धेरै छोटो युग त्यसैले यसलाई लीप युग भनिन्छ। यसलाई
कसैले जान्दैनन्। यसमा बाबालाई पनि मेहनत हुन्छ। यस्तो होइन– तुरुन्तै नयाँ दुनियाँ
बन्छ। तिमीलाई देवता बन्नमा टाइम लाग्छ। जसले राम्रो कर्म गर्छन् उनीहरूले राम्रो
कुलमा जन्म लिन्छन्। अहिले तिमी नम्बरवार पुरुषार्थ अनुसार पावन फूल बनिरहेका छौ।
आत्मा नै पावन बन्छ। अहिले तिम्रो आत्माले राम्रो कर्म सिकिरहेको छ। आत्माले नै
राम्रो वा नराम्रो संस्कार लैजान्छ। अहिले तिमीले पावन बनेर राम्रो घरमा जन्म लिँदै
जान्छौ। यहाँ जसले राम्रो पुरुषार्थ गर्छन्, उनीहरूले अवश्य राम्रो कुलमा जन्म
लिन्छन्। नम्बरवार त हुन्छन् नि। जस्तो जस्तो कर्म गर्छन् त्यस्तै जन्म लिन्छन्।
नराम्रो कर्म गर्नेहरू छाँटिएर बिल्कुल खतम भएपछि फेरि स्वर्ग स्थापना हुन्छ। जति
पनि तमोप्रधान छन् उनीहरू खतम हुन्छन्। फेरि नयाँ देवताहरू आउन सुरु हुन्छ।
भ्रष्टाचारी सबै खतम भइसकेपछि मात्र श्रीकृष्णको जन्म हुन्छ, त्यतिबेलासम्म हेरफेर
भइरहन्छ। कोही फोहोरी नरहेपछि मात्र श्रीकृष्ण आउँछन्, त्यतिबेलासम्म तिमीहरू
हेरफेर भइरहन्छौ। श्रीकृष्णलाई जन्म दिने (रिसिभ गर्ने) आमाबुबा पनि पहिलादेखि नै
चाहिन्छन् नि। त्यसपछि फेरि सबै राम्रा राम्रा रहन्छन्। बाँकी सबै जान्छन्, त्यसपछि
मात्रै त्यसलाई स्वर्ग भनिन्छ। तिमी श्रीकृष्णलाई स्वागत (रिसिभ) गर्नेहरू रहन्छौ।
हुन त तिम्रो जन्म विकारी हुन्छ किनकि रावण राज्य हो नि। शुद्ध जन्म त हुन सक्दैन।
सबैभन्दा पहिला श्रीकृष्णको जन्म नै पवित्र जन्म हुन्छ। त्यसपछि नयाँ दुनियाँ
वैकुण्ठ भनिन्छ। श्रीकृष्ण बिल्कुल पावन नयाँ दुनियाँमा आउँछन्। रावण सम्प्रदाय
बिल्कुल खतम हुन्छ। श्रीकृष्णको नाम उहाँका आमा-बुबाकोभन्दा पनि धेरै प्रसिद्ध
हुन्छ। श्रीकृष्णका आमा-बुबाको नाम त्यति प्रसिद्ध हुँदैन। श्रीकृष्णभन्दा पहिला
जसको जन्म हुन्छ त्यो योगबलबाट भएको जन्म भनिँदैन। यस्तो होइन– श्रीकृष्णका
आमा-बुबाले योगबलबाट जन्म लिएका हुन्छन्। होइन, यदि यस्तो हुन्थ्यो भने उनीहरूको पनि
नाम प्रसिद्ध हुन्थ्यो। त्यसैले सिद्ध हुन्छ– उनका आमा-बुबाले त्यति पुरुषार्थ गरेका
हुँदैनन् जति श्रीकृष्णले गरेका छन्। यी सबै कुरा पछि गएर तिमीले बुझ्दै जान्छौ।
पूरा कर्मातित अवस्थाका राधा-कृष्ण नै हुन्। उनीहरू नै सदगतिमा आउँछन्। पाप आत्माहरू
सबै खतम हुन्छन् त्यसपछि उनीहरूको जन्म हुन्छ फेरि भनिन्छ पावन दुनियाँ। त्यसैले
श्रीकृष्णको नाम प्रसिद्ध छ। आमा-बुबाको त्यति प्रसिद्ध हुँदैन। पछि गएर तिमीलाई
धेरै साक्षात्कार हुन्छन्। टाइम त बाँकी छ। तिमीले जसलाई पनि सम्झाउन सक्छौ– हामीले
यो बन्नको लागि पढिरहेका छौं। विश्वमा श्रीकृष्णको राज्य अहिले स्थापना भइरहेको छ।
हाम्रो लागि त नयाँ दुनियाँ हुनुपर्छ। अहिले तिमीलाई दैवी सम्प्रदाय भनिँदैन। तिमी
हौ ब्राह्मण सम्प्रदाय। देवता बन्नेवाला हौ। दैवी सम्प्रदाय बन्छौ त्यसपछि तिम्रो
आत्मा र शरीर दुवै स्वच्छ हुन्छन्। अब तिमी सङ्गमयुगी पुरुषोत्तम बन्नेछौ। यो सारा
मेहनतको कुरा हो। यादबाट विकर्माजित बन्नुछ। तिमीले स्वयं भन्छौ– याद गर्न घरी घरी
बिर्सिन्छ। बाबा पिकनिकमा बस्दा बाबालाई ख्याल हुन्छ। हामी यादमा रहेनौँ भने बाबाले
के भन्नुहुन्छ होला। त्यसैले बाबा भन्नुहुन्छ– तिमीले यादमा बसेर पिकनिक गर। कर्म
गर्दा बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन्, यसमा नै मेहनत छ। यादबाट आत्मा
पवित्र हुन्छ, अविनाशी ज्ञान धन पनि जम्मा हुन्छ। फेरि अपवित्र बन्यौ भने सारा
ज्ञान बगेर जान्छ। पवित्रता नै मुख्य हो। बाबाले त राम्रा राम्रा कुरा नै
सम्झाउनुहुन्छ। यो सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान अरू कसैमा पनि छैन। अरू जुन पनि
सतसङ्ग आदि छन् ती सबै हुन् भक्तिमार्गका।
बाबाले सम्झाउनुभएको
छ– भक्ति वास्तवमा प्रवृत्ति मार्गवालाहरूले नै गर्नुछ। तिमीमा त कति तागत हुन्छ।
घर बसेरै तिमीलाई सुख मिल्छ। सर्वशक्तिमान् बाबाबाट तिमीले यति धेरै तागत लिन्छौ।
पहिला संन्यासीहरूमा पनि तागत थियो, जङ्गलमा रहन्थे। अहिले त कति ठुला ठुला फ्ल्याट
बनाएर बस्छन्। उनीहरूमा अहिले त्यो तागत छैन। जसरी तिमीमा पनि पहिला सुखको तागत
हुन्छ। फेरि गुम हुन्छ। उनीहरूमा पनि पहिला शान्तिको तागत थियो, अब त्यो तागत रहेको
छैन। अगाडि त सत्य भन्थे– रचयिता र रचनालाई हामीले जान्दैनौँ। अहिले त आफूलाई भगवान
शिवोहम् भनेर बस्छन्। बाबा सम्झाउनुहुन्छ– यस समयमा सारा वृक्ष तमोप्रधान छ त्यसैले
सबैको उद्धार गर्न म आउँछु। यो दुनियाँ नै परिवर्तन गर्नुछ। सबै आत्माहरू फर्केर
जान्छन्। एउटा पनि छैन जसलाई यो थाहा हुन्छ– हाम्रो आत्मामा अविनाशी पार्ट भरिएको छ
जुन फेरि दोहोरिन्छ। आत्मा यति सानो छ, यसमा अविनाशी पार्ट भरिएको छ जुन कहिल्यै
विनाश हुँदैन। यसमा बुद्धि धेरै राम्रो पवित्र चाहिन्छ। त्यो अवस्था यादको यात्रामा
मस्त रहेपछि मात्रै हुन्छ। मेहनत सिवाय पद कहाँ मिल्छ र! त्यसैले गायन गरिन्छ– चढे
तो चाखे... कहाँ उच्चभन्दा उच्च राजाहरूको राजा डबल शिरताज, कहाँ प्रजा। पढाउने त
एक नै हुनुहुन्छ। यसमा समझ धेरै राम्रो चाहिन्छ। बाबाले बारम्बार सम्झाउनुहुन्छ–
यादको यात्रा हो मुख्य। मैले तिमीलाई पढाएर विश्वको मालिक बनाउँछु। त्यसैले टिचर
गुरु पनि हुनुहुन्छ। बाबा त हुनुहुन्छ नै टिचरहरूका टिचर, पिताहरूका पिता। यो कुरा
त तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो बाबा धेरै प्यारा हुनुहुन्छ। यस्ता बाबालाई त
धेरै याद गर्नुछ। पूरा पढ्नु पनि छ। बाबालाई याद गर्दैनौ भने पाप नष्ट हुँदैनन्।
बाबाले सबै आत्माहरूलाई साथमा लैजानुहुन्छ। बाँकी शरीर सबै खतम हुन्छन्। आत्माहरू
आआफ्नो धर्मको सेक्सनमा गएर निवास गर्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बुद्धिलाई पवित्र बनाउनको लागि यादको यात्रामा मस्त रहनुछ। कर्म गर्दा पनि एक
बाबाको याद राख्नुछ तब विकर्माजित बनिन्छ।
२) यो छोटो युगमा
मनुष्यबाट देवता बन्ने मेहनत गर्नुछ। राम्रा कर्म अनुसार राम्रा संस्कार धारण गरेर
राम्रो कुलमा जानुछ।
वरदान:–
आफ्नो रुहानी
लाइटद्वारा वायुमण्डललाई परिवर्तन गर्ने सेवा गर्ने वाला सहज सफलतामूर्त भव
जसरी साकार सृष्टिमा
जुन रङ्गको बत्ती बाल्छौ त्यही वातावरण हुन्छ। यदि हरियो बत्ती बाल्यौ भने चारैतिर
त्यही प्रकाश छाउँछ। रातो लाइट बाल्यौ भने यादको वायुमण्डल बन्छ। जब स्थूल लाइटले
वायुमण्डललाई परिवर्तन गरिदिन्छ भने तिमी लाइट हाउसले पनि पवित्रताको लाइट वा सुखको
लाइटबाट वायुमण्डल परिवर्तन गर्ने सेवा गरेमा सफलतामूर्त बन्छौ। स्थूल लाइट आँखाले
देखिन्छ, रुहानी लाइट अनुभवबाट जानिन्छ।
स्लोगन:–
व्यर्थ
कुराहरूमा समय र सङ्कल्प गुमाउनु– यो पनि अपवित्रता हो।
अव्यक्त इसारा:– स्वयं
र सबैप्रति मनसाद्वारा योगक ो शक्तिको प्रयोग गर
कुनै पनि खजाना कम खर्च गरेर अधिक प्राप्ति गर्नु, यही योगको प्रयोग हो। मेहनत कम
सफलता ज्यादा यो विधिले प्रयोग गर। जसरी समय वा सङ्कल्प श्रेष्ठ खजाना हुन्, त्यसैले
सङ्कल्प कमभन्दा कम खर्च हुन् तर प्राप्ति ज्यादा होस्। जुन साधारण व्यक्तिले दुई
चार मिनेट सङ्कल्प चलाएपछि, सोचेपछि सफलता वा प्राप्ति गर्न सक्छ त्यो तिमीले एक
दुई सेकेन्डमा गर्न सक्छौ, यसलाई भनिन्छ कम खर्चमा अधिक सफलता। खर्च कम गर तर
प्राप्ति १०० गुणा होस्, यसबाट समयको वा सङ्कल्पको जुन बचत हुन्छ, त्यो अरूको सेवामा
लगाउन सक्छौ, दानपुण्य गर्न सक्छौ, यही योगको प्रयोग हो।